रेन्बो बोडिङ्गमा कक्षा ८ का बिद्यार्थीको प्रथम त्रैमासिक परिक्षाको नतिजा विशेलषण

चुरामणी तिमिल्सीना ।
रेन्बो इन्लिस बोडिङ स्कुल रुरु क्षेत्र गाउँपालिका गुल्मीले कक्षा ८ का बिद्यार्थीको प्रथम त्रैमासिक परिक्षाको नतिजा विशेलषण कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यार्थी अभिभावक र बिषयगत शिक्षकहरु बिच कार्यक्रम गरेको हो। बोडिङ स्कूलका प्रधानाध्यापक योजन खत्रीले कार्यक्रम माथी प्रकाश पार्दै गुणस्तरीय नतिजा ल्याउन , बिद्यार्थीको कमजोरी पन तथा सफल पक्षको जानकारी गराउन , बिद्यार्थी लाई मोबाइलबाट टाढा राख्न बिद्यार्थीहरु माथिल्लो तह सम्म पुग्दा नतिजामा कमि हुन नदिन कार्यक्रमको आयोजना गरिएको बताउनु भयो।

विशलेषण कार्यक्रममा अभिभावक मिना पुन र बिधयालयका शिक्षक तथा अभिभावक तिर्थ लाल श्रेष्ठले यो कार्यक्रम अभिभावक र बिद्यार्थीका लागि बहुउपयोगी भएकोले आगामी दिनहरुमा पनि हरेक तहका बिद्यार्थीका अभिभावक शिक्षक र बिद्यार्थी बिच आबस्यक रहेकाले कार्यक्रम प्रभावकारी भएको बताउदै बिद्यार्थीहरुले मोबाइल बढी प्रयोग गरेकाले यश लाई न्यूनीकरण गर्न अन्य विधि अपनाउन समेत कार्यक्रममा चर्चा गर्नु भएको थियो ।

बोडिङले यस्तै कार्यक्रम गत बुधबार कक्षा १० का बिद्यार्थी अभिभावक र शिक्षक बिच पनि गरेको प्रधानाध्यापक खत्रीले बताउनुभयो । कार्यक्रमको सहजीकरण सहायकप्रधानाध्यापक यज्ञ प्रसाद ज्ञवाली र सिर्जना कमल अर्यालले गर्नु भएको थियो ।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 838

Leave a Reply

Your email address will not be published. Required fields are marked *