Author: रुरु संचार मिडिया प्रा.लि

  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाने

    काठमाडौं ।
    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्।

    अध्यक्ष प्रचण्डको सचिवालयले भारतको एक राजनीतिक कार्यक्रममा भोलि त्यसतर्फ जान लागेको जानकारी दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओको नेपाल भ्रमण लगत्तै अध्यक्ष प्रचण्डको भारत भ्रमण हुन लागेको हो।

    उनको भ्रमण आकस्मिक नभएको सचिवलायले जनाएको छ। तर वाम एकताका लागि जोड दिएको चिनियाँ टोलीको भ्रमण लगत्तै अध्यक्ष भारत भ्रमणमा जानुलाई महत्वका साथ हेरिएको छ।

    व्यक्तिगत भ्रमण भनिए पनि उनले भारतका कतिपय राजनीतिक व्यक्ति एवं गुप्तचर निकायका उच्च व्यक्तिहरुसँग भेटवार्ता गर्ने स्रोतको दाबी छ। यद्यपी उनले भारतमा गर्ने भेटघाटलाई गोप्य राखिएको छ।

    प्रचण्डको केही समयदेखि भारतसँगको सम्बन्धमा तिक्तता आएको बताइन्छ। उनले भारतको सत्ताधारी पार्टीसँग आफ्नो पार्टी र व्यक्तिगत सम्बन्ध पुनर्स्थापना गर्न प्रयास गरिरहेका छन्।

  • तपाईको आजको राशिफल (असार ३० गते बिहिवार)

    तपाईको आजको राशिफल (असार ३० गते बिहिवार)

    तपाईको आजको राशिफल (असार ३० गते बिहिवार)

    ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?

    तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

    https://www.youtube.com/watch?v=W5OL28mQJqI

  • आज २०९ औँ भानुजयन्ती :विविध कार्यक्रम गरी मनाइँँदै

    आज २०९ औँ भानुजयन्ती :विविध कार्यक्रम गरी मनाइँँदै

    काठमाडौं ।
    असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी बुधबार २०९औँ भानुजयन्ती मनाइँँदै छ।

    आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०८ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।

    भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए।

    रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। भनिन्छ, जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो।

    भानुजयन्तीको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन्।

  • आज आषाढ शुक्ल पूर्णिमा : गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदै

    आज आषाढ शुक्ल पूर्णिमा : गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदै

    काठमाडौं ।
    आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी बुधबार गुरुपूर्णिमा मनाइँदैछ।

    गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ।

    मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ।

    वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ। ​व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ।

    ‘जसले अरुलाई आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्’, स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन्।’

    ​बुधबार नै पुराणका रचनाकार महर्षि व्यासको जन्मजयन्ती मनाइँदैछ। व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको वेदका ज्ञाता बताउँछन्।

    बुधबार पूर्णिमा तिथि ४७ घडी ४४ पला अर्थात् मध्यरात १२ बजेर २४ मिनेटसम्म रहेको पञ्चांगमा उल्लेख छ।

  • नागरिकता सम्बन्धी नयाँ विधेयक आज संसद बैठकमा पेश हुँदै

    नागरिकता सम्बन्धी नयाँ विधेयक आज संसद बैठकमा पेश हुँदै

    काठमाडौं ।
    सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी नयाँ विधेयक आज संसद बैठकमा पेश हुँदैछ।
    आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने संभावित कार्यसूची छ।

    चार वर्षदेखि संसदमा विचाराधीन रहेको विधेयक सरकारले फिर्ता लिएर नयाँ विधेयक संसदमा दर्ता गरेको हो। यो विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवाल, शेरबहादुर तामाङ र डा. भीमबहादुर रावलले प्रस्तुत गरेको विरोधका सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

    संसद सचिवालयका अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।

    यसैगरी, राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९’ संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

  • आज यि चार प्रदेशमा भारी वर्षाको सम्भावना

    आज यि चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं ।
    जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको जनाएको छ।

    प्रदेश १ मा पनि केही बेरमै वर्षा हुनसक्ने देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

    दिउँसो पनि देशभर नै सामान्य बदली रहने छ। प्रदेश १, र बागमती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने यी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

    चार प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेगरान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

    राति पनि देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव छ।

  • सर्पले डस्दा दाङमा एक जनाको ज्यान गयो

    सर्पले डस्दा दाङमा एक जनाको ज्यान गयो

    दाङ ।
    सर्पले डस्दा दाङमा एक जनाको ज्यान गएको छ । अर्का एक जना बिरामी भएका छन् ।

    सर्पले डस्दा दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुमाललाई हिजो आफ्नै बारीमा सर्पले डसेको थियो ।

    यस्तै सर्पले डस्दा घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदीप बुढामगर बिरामी परेका छन् । मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

  • रुपन्देहीमा तीन बालिकाको डुबेर मृत्यु

    रुपन्देहीमा तीन बालिकाको डुबेर मृत्यु

    बुटवल ।
    रुपन्देहीमा मंगलबार तीन जना बालिकाको डुबेर मृत्यु भएको छ ।

    रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको हो ।

    उनीहरु खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    त्यस्तै ,
    रुपन्देहीकै समरीमाई गाउँपालिका–५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँ स्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी छन् । बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

  • बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई अब स्थानीय उपहार

    बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई अब स्थानीय उपहार

    बुटवल ।
    भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् ।

    स्थानीयले बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादन गरेर पर्यटकलाई दिने तयारी गरेका हुन् । त्यसको आर्थिक तथा प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गर्ने छन् ।यसरी उत्पादन हुने उपहार पर्यटकलाई बिक्री वितरण गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ ।

    लुम्बिनीमा बिक्री वितरण हुने बुद्धसँग सम्बन्धित सामग्री स्थानीय उत्पादन भएपछि आर्थिक र सामाजिक रूपमा लुम्बिनीवासी मजबुद हुने लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले बताए ।

    स्थानीय बासिन्दाले पवित्र लुम्बिनीको माटो–पानी प्रयोग गरेर उपहार सामग्री बनाउन सुरु गरेका छन् । यसले लुम्बिनीको प्रचार हुने छ । लुम्बिनी प्रदेश सरकारको सहयोग र लुम्बिनी होटल संघको सहकार्यमा बुद्ध जन्मस्थलको माटो र पानी प्रयोग गरेर विभिन्न उपहार सामग्री बनाउन सिकाइको छ ।

    पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशअन्तर्गत रहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले स्थानीयवासीलाई सो तालिम दिएपछि बुद्ध उपहार उत्पादनमा सम्भव देखिएको लुम्बिनी विकास कोषले जनाएको छ । रासस

  • प्रदेश मातहत प्रहरी ल्याउन समायोजन कुर्दै लुम्बिनी प्रदेश सरकार

    प्रदेश मातहत प्रहरी ल्याउन समायोजन कुर्दै लुम्बिनी प्रदेश सरकार

    बुटवल ।
    असार १५ गते प्रदेश प्रहरी ऐन ल्याएको लुम्बिनी प्रदेश सरकार सो ऐन कार्यान्वयनका लागि संघीय सरकारबाट प्रहरी समायोजन कहिले होला भन्दै कुर्न थालेको छ ।

    प्रदेशमा सुरक्षाको प्रत्याभूति दिलाउन ऐन प्रभावकारी हुने भए पनि प्रहरी समायोजन नहुँदा ऐनअनुसार प्रदेश सरकारमातहत प्रहरी आउन सकेको छैन ।

    ऐनमा प्रदेश प्रहरीको नेतृत्व अतिरिक्त महानिरीक्षक (एआईजी)ले गर्ने व्यवस्था छ । ऐनअनुसार प्रदेशले डीआईजीसम्म बढुवा गर्न पाउने छ । संघ सरकारले प्रहरी समायोजन नगर्दासम्म ऐन कार्यान्वयन हुन सक्दैन ।

    नेपालको संविधान २०७२ को धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रहरी संगठन रहने व्यवस्था छ । सोही अनुसार प्रदेश प्रहरी ऐन बनाएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

    प्रहरी ऐन कार्यान्वयनका लागि हालै सातै प्रदेशका मन्त्रीहरूको जनकपुरमा आयोजित भेलाले छिटै संघ सरकारलाई दबाब दिने निर्णय गरेको बताउदै उनले प्रधानमन्त्रीलाई भेटेर कार्यान्वयन लागि छलफल गरिने समेत जानकारी दिएका छन् ।