महाशिवरात्रिको अवसरमा दिब्रुङ्गस्थित लोकेश्वर महादेव मन्दिरमा प्रथम भजन महोत्सव आयोजना हुने

चुरामणि  तिमिल्सिना रिडी   माघ १७ नेपालकै पवित्र पावनभूमि लोकेश्वर महादेव मन्दिर तथा परमानन्द संन्यास आश्रम, धर्मद्वारी दिब्रुङ्ग, गुल्मीमा प्रथम भजन महोत्सव आयोजना हुने भएको छ। हिन्दुहरूको महान पर्व महाशिवरात्रिको पावन अवसरमा यही फाल्गुण ३ गते महोत्सव सञ्चालन हुन लागेको हो।…

रुरु गौसेवा आश्रममको पाचौं साधारण सभा सम्पन्न

चुरामणि तिमिल्सिना  रिडी पुस २१ रुरु गौ सेवा आश्रम तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको पाँचौं वार्षिक साधारण सभा शनिबार गौ आश्रममा सम्पन्न भएको हो। आश्रम व्यवस्थापन समितिका अध्यक्ष राजु मल्लको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय…

३० वर्षपछि दिदी–भाइको पुनर्मिलन : भाइटिकाको भावनाले गदगद परिवार

३० वर्षपछि दिदी–भाइको पुनर्मिलन : भाइटिकाको भावनाले गदगद परिवार पाल्पा चुरामणि तिमिल्सिना   कार्तिक  ६ आज शुभ दीपावली अर्थात् भाइटिका लगाउने पवित्र दिन। परम्पराअनुसार दिदीबहिनीहरू टाढा भए पनि भाइटीका नजिकिँदै गर्दा महिनौँअघिदेखि नै माइत आउने तयारी थाल्ने चलन रहँदै आएको छ।…

रुरुधाम रिडीमा मंसिर ९ गते एघारौँ भजन महोत्सव तथा दोहोरो शंख प्रतियोगिता हुने

रुरुधाम रिडीमा मंसिर ९ गते एघारौँ भजन महोत्सव तथा दोहोरो शंख प्रतियोगिता हुने पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरुधाम रिडीमा आगामी मंसिर ९ गते एघारौँ भजन महोत्सव तथा दोहोरो शंख प्रतियोगिता हुने भएको छ। रुरु धार्मिक सेवा सञ्चार प्रालिको आयोजनामा…

विश्वकै पहिलो :गुल्मीको रुपाकोटमा १लाख ध्वजा अर्पण हुँदै

चुरामणि तिमिल्सिना रिडी असोज  १ गुल्मी चन्द्रकोट गाउँपालिका–७ रुपाकोटस्थित ऐतिहासिक महालक्ष्मी देवी देउराली मन्दिरमा यस वर्षको बडा दशैंलाई लक्षित गरी १ लाख ध्वजा अर्पण गर्ने तयारी तीव्र रूपमा भइरहेको छ। स्थानीयवासीका अनुसार देवी देउराली मातालाई भक्तिका साथ ध्वजा अर्पण गरेपछि…

गुल्मीको चन्द्रकोटमा इतिहासकै पहिलो धजा महोत्सव, १ लाख धजा अर्पण गर्ने तयारी

  चुरामणि तिमिल्सिना रिडी भदौ २८ गुल्मीको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटमा बडा दशैंको अवसर पारेर सम्बत इतिहासमै पहिलोपटक धजा महोत्सव आयोजना हुने भएको छ। धार्मिक तथा पौराणिक दृष्टिले महत्त्वपूर्ण महालक्ष्मी देवी देउराली मन्दिर परिसरमा १ लाख धजा अर्पण गर्ने विशेष कार्यक्रमको…

रिडीमा शोभा भागवती माताको परम्परागत रथयात्रा सम्पन्न

  चुरामणि तिमिल्सिना  रिडी भदौ  १६ रुरु क्षेत्रधाम रिडीमा रहेको शोभा भागवती माताको रथयात्रा निकालिएको छ। रिडी बजारस्थित भागवती मन्दिरको विभिन्न धार्मिक कार्यक्रम गरी परिक्रमा गराइएको थियो। स्थानीयवासी सुवर्णलाल कक्षपतिका अनुसार परम्परागत रूपमा सञ्चालन हुँदै आएको रथयात्रामा विगतका केही वर्षयता…

सनातन धर्मावलम्बी महिलाहरु आज उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी तीज पर्व मनाउँदै

भदौँ-१० भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व सनातन धर्मावलम्बी महिलाहरु मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्।   भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिन भर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा रहेको छ। सत्ययुगमा हिमालय…

पाल्पाको अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता भाद्र ६ गते आयोजना हुँदै

अर्गलीमा मौलिक तीज गीत प्रतियोगिता २०८२ भाद्र ६ गते हुने चुरामणि तिमिल्सिना भाद्र २ रिडी तानसेन नगरपालिका–१४ अर्गालीस्थित शैलोच्य इङ्गलिश बोडिङ स्कुलले महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा यस वर्ष पनि मौलिक तीज गीत प्रतियोगिता २०८२ आयोजना गर्ने भएको छ।…

ठाडा बाटामा अवस्थित राधाकृष्ण मन्दिरको उद्घाटन हुँदै

चुरामणि तिमिल्सिना   श्रावण ३१ रुरु क्षेत्र–१ ठाडाबाटमा राधाकृष्ण मन्दिरको उत्घाटन आज हुदै गुल्मी, रुरु क्षेत्र गाउँपालिका–१ ठाडाबाटमा निर्माण गरिएको राधाकृष्ण मन्दिरकोआज कृष्ण जन्माष्टमीको दिन, भव्य समारोहका बीच विधिवत् रूपमा उद्घाटन हुने भएको छ। स्थानीय बासिन्दा, देश–विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरू,…