Category: सुरक्षा

  • रिडीमा नागरिक सुनुवाइ : जनताका गुनासा सुन्दै समाधानमा जुट्ने प्रतिबद्धता

    रिडीमा नागरिक सुनुवाइ : जनताका गुनासा सुन्दै समाधानमा जुट्ने प्रतिबद्धता

    रिडीमा नागरिक सुनुवाइ : जनताका गुनासा सुन्दै समाधानमा जुट्ने प्रतिबद्धता

    चुरामणि तिमिल्सिना  रिडी बैशाख  २९

    रिडी बजार अन्तर्गत रुरुक्षेत्र गाउँपालिका वडा नं. १ मा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय रिडी को आयोजना तथा वडा नं. १ को व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको हो।कार्यक्रममा स्थानीयवासीले आफ्नो क्षेत्रका विभिन्न समस्या तथा सरोकारका विषय खुला रूपमा उठाएका थिए। प्रहरी प्रशासनले समुदायसँग प्रत्यक्ष संवाद गर्दै प्रहरीका गतिविधि, असल अभ्यास, मासिक उपलब्धि तथा शान्ति–सुरक्षासम्बन्धी कामकारबाहीबारे जानकारी गराएको थियो। साथै, प्रहरीका कमजोरी तथा सुधार गर्नुपर्ने पक्षबारे समेत सुझाव संकलन गरिएको जनाइएको छ।
    नागरिकहरूले बजार क्षेत्रमा देखिएका विद्युत समस्या, सडक छेउमा अव्यवस्थित रूपमा राखिने व्यापारिक सामग्री, रुख कटान, सरसफाइ, इन्टरनेटका अव्यवस्थित तार, बजार सौन्दर्यकरण तथा कालीगण्डकी नदी मा विद्युतीय माध्यमबाट माछा मार्ने कार्य रोक्नुपर्ने विषय उठाएका थिए।
    यसैगरी, बजार क्षेत्रमा बढ्दो ध्वनि प्रदूषण, ट्राफिक व्यवस्थापन तथा बाँदर आतंकका कारण स्थानीयवासीलाई समस्या भइरहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो। स्थानीयले बाँदर आतंकका कारण बजार क्षेत्रमा आवतजावत गर्न समेत कठिन भएको गुनासो गरेका थिए।

    कार्यक्रममा बोल्दै ज्ञानबहादुर माझी ले प्रहरी कार्यालयसँग सम्बन्धित विषयमा नागरिकलाई स्पष्ट जानकारी गराउँदै उठाइएका समस्याको समाधानका लागि वडा कार्यालयसँग समन्वय गरेर काम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    त्यस्तै, वडा अध्यक्ष नवराज बिक ले बजारको सौन्दर्यकरणका लागि इन्टरनेट सेवा प्रदायकसँग छलफल गरिने, स्वास्थ्य तथा सरसफाइका समस्या टोल विकास संस्था र प्रहरीसँग सहकार्य गरेर समाधान गरिने तथा पार्टी पौवा र धर्मशालालाई व्यवस्थित गरी अतिथि सत्कारका लागि प्रयोग गरिने बताउनुभयो।
    उहाँले कालीगण्डकी ए जलविद्युत आयोजना सँग नियमित जलप्रवाहका विषयमा छलफल गरिने तथा विद्युत व्यवस्थापन सुधारका लागि वितरण केन्द्र रिडी र जिल्ला विद्युत कार्यालय गुल्मीसँग सहकार्यलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।
    कार्यक्रमको अर्को विशेष पक्ष के रह्यो भने सार्वजनिक सुनुवाइमा सडक, खानेपानी र शिक्षाजस्ता विषयमा खासै गुनासा नआएको स्थानीयले बताएका थिए। बरु नागरिकहरूले कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भएको भन्दै यस्ता सुनुवाइ हरेक तीन महिनामा आयोजना गर्नुपर्ने सुझाव दिएका थिए।


    रिडी बजारमा पटक–पटक विद्युत अवरुद्ध हुँदा व्यवसाय तथा विद्युतीय उपकरणमा असर परेको भन्दै स्थानीयले विद्युत प्राधिकरणप्रति गुनासो गरेका थिए। त्यसको जवाफ दिँदै वितरण केन्द्र प्रमुख शिशिर ज्ञवाली ले जनताको सेवामा कार्यालय समयभन्दा बाहिर समेत निरन्तर खटिएको उल्लेख गर्दै समस्या समाधानका लागि विद्युत वितरण केन्द्र तम्घास सँग समन्वय भइरहेको र चाँडै सुधार हुने विश्वास व्यक्त गर्नुभयो।

  • रुरुक्षेत्र गाउँपालिका १ रिडी बजार हर्न निषेध र गति सिमित क्षेत्र

    रुरुक्षेत्र गाउँपालिका १ रिडी बजार हर्न निषेध र गति सिमित क्षेत्र

    रुरुक्षेत्र गाउँपालिका १ रिडी बजार हर्न निषेध र गति सिमित क्षेत्र

    चुरामणि तिमिल्सिना रिडी गुल्मी  बैशाख  १७

    रिडी जिल्ला प्रहरी कार्यालय गुल्मी , जिल्ला ट्राफिक कार्यालय गुल्मी, गुल्मी उद्योग बाणिज्य सँघ रिडी शाखा र वडा कार्यालयको पहलमा रिडी बजारमा अर्थात् फूलको मुखमै होडिड् बोर्ड राखिएको छ । बिहिबार सचेतना कार्यक्रम जगाउँदै यो कार्यक्रम गरिएको हो। बजार प्रवेश गर्ने क्रममा अत्याधिक मात्रामा हरन बजाउने साइड  मिच्ने  स्पिड लगायत अन्य समस्याहरू पटकपटक दोहोरिएकाले यो कार्यक्रम थालिने गरिएको उद्योग वाणिज्य संघ रिडी गुल्मीका अध्यक्ष ताराप्रसाद सुवेदीले जानकारी दिनुभयो यो।

    बजारलाई नमुना शान्त र हरन निषेध धित क्षेत्र गराउनका निम्ति वाणिज्य सङ्घको बैठकमा पटकपटक कुरा उठिसकेपछि कार्यान्वयनमा लगेको उहाँले बताउनुभयो यता प्रहरीले पनि यस्तो अभ्यास गर्दा बजार सुरक्षित दुर्घटना कम र अन्य महानुभावहरूलाई पनि शान्त वातावरण हुने भएकोले बजार क्षेत्रका लागि अत्यन्तै उपयोगी भएको बताएको छ

    । यस्तै वडा नम्बर १ का वडाध्यक्ष नवराज बिकज्यूले विभिन्न संघसंस्थाले यस्तै रचनात्मक क्रियाकलापहरू बजार क्षेत्रमा गरिरहेको सचेतना जगाउने काममा प्रहरी निरन्तर खटिरहेको तथा विभिन्न क्षेत्रमा प्रहरीको योगदानको विषयमा चर्चा गर्दै धन्यवाद। व्यक्त गर्नुभएको थियो। उहाँले उद्योगको वाणिज्य सङ्घ क्लब तथा संघ संस्थासँग वडाले मिलेर काम गर्दा समाजमा सन्देश प्रवाह राम्रो हुने र सकारात्मक प्रभाव पर्ने भएकोले आफू विभिन्न संघ संस्थासँग काम गर्न तयार भएको बताउनुभयो।

  • कोटिहोममा देवि प्रतिभाको प्रवचनलले  भक्तजन  मन्त्रमुग्ध

    कोटिहोममा देवि प्रतिभाको प्रवचनलले भक्तजन मन्त्रमुग्ध

    कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

    जेष्ठ   १४   पोखरा

    पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वर सँगै भक्तजनको भेट्नेको ताती नै लागेको छ ।

    देवी प्रतिभाले बिहानको समयमा भक्तजनमा भेट दिने गरेकी छन् । जसले गर्दा भक्तजनले उनलाई घण्टौँ कुरेर प्रत्यक्षे भेट्ने गरेका छन् । कोटिहोममा जव देवी प्रतिभाले प्रवचन सुरु हुन्छ, तब भक्तहरू आनन्दित भएर पुरै समय कथा श्रवण गर्ने गरेका छन् । यसैले पनि महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा भक्तजनको उपस्थिति मन लोभ्याउँदो खालको छ ।

    सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै भक्तजनलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् । उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौँ भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ ।

    भक्तजनको अपार प्रेमलाई देखेर भारतमा कथा विश्राम गरे व्यासपिठ बाट उठेर हजारौँ किलोमिटर यात्रा गरेर विश्राम पनि नगरी सिधा पुन कथा वाचन गर्न आएको बताउँदै गर्दा भक्तजनलाई भावुक बनाएको थियो ।

    ‘जुन प्रेमले महाराजश्रीले बोलाउनुभयो मलाई त यस्तो लाग्छ जुन दिन म जाँदै थिए यहाँबाट पूज्य महाराजश्रीले भन्नुभएको थियो कि देवी जी आज यस्तो लागेको छ जस्तो आफ्नो बहिनिलाई बिदाइ गर्दैछु’ उनले भक्तजनलाई भनिन् ‘त्यो भाव महाराजश्री को थियो महाराजश्री बोलाउनुभयो अनि हजुरहरूले बोलाउनुभयो, र म यहाँ आए । हजुरहरूको मायाले मलाई यहाँ आउन मजवुद भए ।’

    कथा वाचनका क्रममा एक वार जोड से वोल दि जे न, थोडा प्यार से वोल न जी,  पोखरावाला वोल दो न  भन्ने उनको मधुर स्वरले भक्तजनलाई कोटिहोम आउन बाध्य बनाउने गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    उनीसँगै नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीले जेठ १७ देखि जेठ २६ गतेसम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।

    बौद्धिक अनुष्ठान फाउन्डेसन, काभ्रे नेपालबाट नारायण प्रपन्न आचार्य, सञ्जय कोइराला, हरि प्रपन्न आचार्य,  शिव दत्त रेग्मी , प्रिया दासी लगायत जनप्रतिनिधि, समाजसेवी उद्योग व्यवसायीले कोटिहोमको दर्शन गरेका थिए ।

    कोटिहोममा दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा १७ बाट १ लाख १ हजार ११, याम कुमारी गुरुङ स–परिवार पोखरा ८ बाट ५१  हजार  ५१, महा विष्णु प्रधान पोखरा १४ बाट २५ हजार २ सय ५२, मातृकेश्वर एकता भवन समूह पोखरा २५ हेमजाबाट ३० हजार ५, विष्णु भट्टराई पोखरा ५ बाट २५ हजार ५ सय ५५, शिवलाल पराजुली पोखरा ६ बाट २५ हजार ५, खहरे आमा समूह पोखरा ६ बाट २५ हजार ५ सय ५, रानाभाट समाज इकाई स परिवार पोखरा १७ बाट २५ हजार ५ सय ५५, चेतनशील पुन महिला समूह बाट ३० हजार ८ सय २५, नमुना आदर्श आमा समूह पोखरा ५ बाट २५ हजार ५ सय ५५, देविस्थान आमा समूह  पोखरा २५ हेमजा बाट २५ हजार ५ सय ५५, नमुना आदर्श आमा समूह पोखरा कास्की बाट १५ हजार १ सय १५ रकम सहयोग भएको छ ।

    आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।

    ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा आज ३१ जना प्रतियोगीले आफ्ना भनाई राखेका थिए ।

    प्रतियोगितामा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि (बुधवार) डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिने भएका छन् । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिन विद्यार्थीलाई आग्रह गरिएको छ।

    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको छ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

  • रातो प्लेटलाइ कडाइ गर्दै  गुल्मीका  ट्राफिक प्रहरी

    रातो प्लेटलाइ कडाइ गर्दै गुल्मीका ट्राफिक प्रहरी

    चुरामणि तिमिल्सिना साउन ३

    गुल्मीमा चल्ने रातो पिलेटलाई कडाइ साथ चेक जाच गरिएको छ । बुधबार  बिहान रिडी बसपार्कमा अस्थायी ट्राफिक प्रहरी पोष्टले हरेक राता पिलेट लाई सम्झाइ बुझाइ गर्दै पहिलो चरणमा सामान्य जरिवाना गरि मात्र पठाइएको वरिष्ठ ट्राफिक हवल्दार नन्द बहादुर शाहीले जानकारी दिनु भयो । केहि दिन अगाडी ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीले संयुक्त रुपमा जनचेतना संगै सडक दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरेर जनचेतना फैलाइयको थियो ।

    जानकारी हुँदा हुँदै पनि सवारी धनीले नियम बिपरित यात्री ओसारपसार गर्ने क्षमता भन्दा बढी सामान ढुवानी गर्ने इजाजत पत्र बिना नै सडकम्मा सवारी चलाउने नियम भन्दा माथी आफु खुसी आफ्नो फाइदाका लागि छत राख्ने गरेकाललागी आफुहरुले नियममा नै रहेर कारबाही गरेको वरिष्ठ हवलदार शाहीले जानकारी दिनुभयो ।

    चेक जाच गर्दै सहायक ट्राफिक हवलदार बाबुराम आचार्यले आफू खुशी यसरि कारबाहि गर्ने ,छत निकाल्ने यात्री ओराल्ने यातायात पटक पटक रोक्ने जस्ता कामहरु नियममा रहेर कार्यालयले पठाएको आदेस अनुसार गरेको बताउनु भयो ।

  • ट्राफिक प्रहरीले यातायात चालक लाई आँखा चेक देखि स्वास्थ चेक जाच गर्दै

    ट्राफिक प्रहरीले यातायात चालक लाई आँखा चेक देखि स्वास्थ चेक जाच गर्दै

    जेष्ठ  २१

    रेसुङ्गा नगरपालिका वडा नं ४ अर्खले स्थित  जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रनानि कृष्ण प्रसाद आचार्य समेतको टोलिले तम्घास-सिमलटारी सडक खण्डमा बिहान ७:३० बजेदेखि १०:३० बजेसम्मको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्ली र गुल्मी यातायात प्रालि को आयोजना र नेपाल नेत्रज्योति संघ गुल्मी, गुल्मी मोडल हस्पिटल प्रालि गुल्मी   नेपाल पत्रकार महासंघ गुल्मीको सहयोगमा कार्यक्रम गरिएको हो

    । सडक  खण्डमा संचालित ८५ (पन्चासी) वटा साना-ठूला सवारी साधनका चालकहरुको आँखा परीक्षण एवंम स्वास्थ्य परीक्षण कार्यका साथै उक्त सवारी साधनहरुको दक्ष प्राविधिकद्वारा यान्त्रीक परीक्षण कार्य सम्पन्न गरिएको, उक्त परीक्षणवाट ६ जना चालकहरुमा उक्त रक्तचापको समस्या तथा ५ जना चालकहरुमा आँखामा समस्या (Colour Defect) देखिएको तथा सवारीहरुमा समेत समय-समयमा मर्मत सम्भार, समिसिङ्ग, टाइराइड, टायर लगायतको समस्या देखिएकोमा उक्त समस्या तत्काल सुधार गर्न र समय समयमा आँखा, स्वास्थ्य एवंम सवारी परीक्षण गरी “आफू बाँचौ र अरुलाई पनि वचाऔं” भन्ने मुल मर्मलाई सदैव ध्यानमा राखी सवारी चलाउन सुझाव दिईएको छ ।

    । पछील्लो समयमा जिल्ला  ट्राफिक  प्रहरी  कार्यालयले  सडकमा चेक जाच   सुचना  प्रवाहा  यात्रु लाई  ट्राफिक  सचेतना  जगाउने  प्रशिक्षण कार्यक्रम लाई  निरन्तरता दिदै  आयको छ ।

  • सडकमै स्वास्थ  परिक्षण देखी  सचेतना जगाउदै ट्राफिक  प्रहरी

    सडकमै स्वास्थ परिक्षण देखी सचेतना जगाउदै ट्राफिक प्रहरी

    हुमाकन्त पोखरेल  जेष्ठ  १९

    गुल्मीका सार्वजनिक यातायातका चालकमा रक्तचाप र सवारीमा यान्त्रिक समस्या देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले बिहीबार तम्घासबाट बुटबल र काठमाडौका छुटेका सार्वजनिक यातायात, स्थानीय स्कूल बसहरु, ट्रक, अटोरिक्सा, जीप लगायत गरी ३५ सवारीको यान्त्रिक र चालकको स्वास्थ्य परीक्षण गरेको थियो । जसमा चालकमा रक्तचाप र गाडीमा विभिन्न यान्त्रिक समस्या देखिएको हो । कतिपय चालकमा उच्च रक्तचाप र कतिपयमा न्यून भएकोले उपचार गराउन सुझाव समेत दिइएको छ । ‘केही चालकहरुले रक्तचापको औषधी नियमित रुपमा सेवन नगरेको, औषधी सेवन गर्दा समय नमिलाएको जस्ता समस्या देखियो ।’ चालकको स्वास्थ्य परीक्षण गरेका गुल्मी मोडल अस्पतालका स्वास्थ्यकर्मी भुवन रानाले भने, ‘औषधी नियमित सेवन गर्न र पूर्ण स्वास्थ्य परीक्षण गराउन सुझाए दिइएको छ ।’


    सवारीमध्ये अधिकाशंको ब्रेकमा समस्या देखिएको छ । त्यसैगरी मुविल कम भएको, टायरको समस्या भएको लगायतका समस्या देखिएको अटोमेकानिकल घनश्याम पााण्डेले बताए । सवारीमा देखिएका यस्ता समस्याले जुनसुकै समयमा पििन सवारी बिग्रन सक्ने र यसले दुर्घटनाको जोखिम बढाउने पाण्डेको भनाई छ ।
    जिल्ला ट्राफिक प्रमुख कृष्ण प्रसाद आचार्यले सवारी चालकहरुलाई यथाशिघ्र सवारी मर्मत गर्न सुझाव दिएको बताए ।

    जिल्लामा सवारी दुर्घटना न्यूनिकरणको लागि चालकको स्वास्थ्य र सवारीको यान्त्रिक परीक्षण गरेको उनको भनाई छ । अब अन्यत्र ठाउँमा जाने सवारीको लागि पनि परीक्षण गर्ने योजना रहेको आचार्यले बताए ।

  • प्युठानमा चोरीका घटनाले उग्र रुप लिदै!

    प्युठानमा चोरीका घटनाले उग्र रुप लिदै!

    प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा सोमबार राती ७ वजे एक घरमा चोरी भएको छ ।
    झिमरुक ५, ढाडा बजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगर सहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताउनु भयो । टिभी र ल्यापटप नेसनल बोर्डिङ स्कुल नजिक फेला परेको छ ।
    घरमा पदम खड्काको बुहारी संगिता खड्का रहेको र उनलाई एक्कासि अपरिचित ब्यक्तिले नसालु पदार्थ सुघाएर बेहोस बनाएपछि चोरी गरेर भागेको स्थानीयले बताएका छन् । संगिता खड्का घरमा चिच्याएपछी स्थानयले थाहा पाएपछि चोर भगेको स्थानीयले बताएका छन् । चोरी गर्ने ब्यक्तिको खोजी भैरहेपनी फेला परेको छैन । संगिता खड्का अहिलेसम्म बेहोस भएकोले उनलाई उपचारको लागि जिल्ला अस्पताल प्युठानको इमर्जेन्सी वाडमा उपचार भैरहेको बिनोद पोख्रेलले जानकारी दिनु भयो ।
    प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हिन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

  • रिडीमा चाडबाड लक्षित नागरिक  सहायता कक्षको स्थापना

    रिडीमा चाडबाड लक्षित नागरिक सहायता कक्षको स्थापना

    चुरामणि तिमिल्सिना
    हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं,शुभ दिपावली, तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी रिडीमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।

    चाडबाडको समयमा यात्रुहरुको सहजताको लागी अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले स्थानिय बासिन्दा ,पत्रकार र यात्रुहरुको बिच रिडी बसपार्कमा नागरिक सहायता कक्षको शुभारम्भ गरिएको हो ।

    पर्वका बेलामा यातायातमा बढी मात्रामा यात्रुहरुको चाप हुने र महत्त्वपूर्ण सामग्री सहित घर फर्किने समय भएकोले यात्रुहरुलाइ सुबिधा तथा सहज वातावरणमा गन्तव्य सम्म पुर्याउन नागरिक सहयता कक्षको स्थापना गरिएको अस्थायी ट्राफिक प्रहरी पोस्टका वरिष्ट हवल्दार नन्द बहादुर शाहिले जानकारी दिनुभयो।

    पर्वका बेला यातायात वालाले बढी भाडा असुल गर्ने,यातायातको गति छिटो गर्ने ,यात्रीका गुनासा बढ्ने ,बिच बाटोमा नै यात्री अलपत्र पर्ने हुँदा जिल्लाका विभिन्न स्थानमा यसरी नागरिक सहायता कक्षनै स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका ट्राफिक प्रमुख कृष्ण प्रसाद आचार्यले बताउनु भयो । उहाँले हरेक चोक तथा बढि भिडभाड हुने स्थानमा ट्राफिक प्रहरी खटेर चेकजाँच कार्य लाई अगाडी बढाउन सबै ट्राफिक प्रहरी हरुलाई निर्देशन समेत दिनुभएको छ ।

    यता ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक एमलाल बन्जाडेले चाडबाडको समयमा जुनसुकै स्थानमा पनि विभिन्न प्रकारका घटना तथा चोरी डकैती हरु बढ्ने ,बारुद पडकाउन ,डर त्रास देखाइ लुट्पाट गर्ने गिरोहनै सक्रिय हुने हुदाँ स्थानिय लाई घर बाहिर जाँदा सामाग्री सहित घरको गेट राम्रो शीत बन्द गर्न, सिसि क्यामेरा भए सन्चालन गर्न, नयाँ मान्छे तथा सङकास्पत कोहि व्यक्तिहरु भएमा प्रहरी लाई तत्काल खबर गर्ने मदिरा तथा पिय पदार्थ को ब्यापार नगर्ने जस्ता विषयमा सचेत गराउनु भयो ।

  • आज नागपञ्चमी पर्व : मूलढोकामा नागको तस्विर  टाँसेर मनाइदैं

    आज नागपञ्चमी पर्व : मूलढोकामा नागको तस्विर टाँसेर मनाइदैं

    काठमाडौं ।
    सनातन धर्मावलम्बी मंगलबार नागपञ्चमी पर्व मनाउँदैछन्।

    यो दिन विधिपूर्वक नागको पूजा गर्नाले नाग प्रसन्न हुने र वर्षभरि विषालु जीवको भय नहुने विश्वास छ। नागपूजनका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ।

    चट्याङले घरमा कुनै किसिमको हानि नोक्सानी नपु¥याओस् भन्ने उद्देश्यले बज्रवारकहरूको पूजा गरिन्छ।

    मूलढोकामा नागको तस्विर टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। विशेषगरी गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो,धानको लाबा आदि वस्तु चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रमा उल्लेख छ।

    एकातिर भगवान् शिवको गहनाको रूपमा सर्प रहेका छन् भने अर्कातिर भगवान् विष्णुको आसनको रूपमा शेषनाग रहेका छन्।यसैले हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिएको छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी नागका आठ प्रकार रहेको उल्लेख छ।

    कृषिप्रधान मुलुक भएकाले सर्प र मानिसबीचको दूरी हटाउन यो पर्वको महत्त्व रहेको छ। साथै नाग वा सर्पको बासस्थानको रूपमा रहेका पानीका स्रोतलाई स्वच्छ र पवित्र राख्न यो दिनले प्रेरित गर्छ।

  • बाँके प्रहरी द्धारा दुई फरार प्रतिवादी पक्राउ

    बाँके प्रहरी द्धारा दुई फरार प्रतिवादी पक्राउ

    नेपालगञ्ज ।
    बाँके प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

    लागुऔषध मुद्दामा अदालतले सजाय तोकेका कोहलपुरका अजयकुमार चौधरी र सुदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

    कोहलपुर नगरपालिका वडा नं. १५ का अजयलाई जिल्ला अदालतले २०७८ मंसिर ८ गते नौ महिना २१ दिनको कैद सजाय सुनाएको थियो।

    त्यस्तै,
    कोहलपुर नगरपालिका वडा नं. १० का सुदिपलाई अदालतले २०७८ माघ ३० गते २८ दिनको कैद सजाय तोकेको थियो।

    फैसला हुँदादेखि नै फरार रहेका दुवै जनालाई सोमबार प्रहरीले पक्राउ गरी अदालत समक्ष बुझाएको छ।