पाल्पा – नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । घर्तीमगर सर्वसम्मत रुपमा निर्वाचत हाे ।
यस्तै उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा दिपक विश्वकर्मा र मीना जिसी निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि घर्तीमगर र पोखरेलको दावी रहेको थियो । तर सहमतिमा पदाधिकारी टुङ्गिएको नेताहरूले बताएका छन् । अध्यक्षमा निर्वाचित घर्तीमगर यसअघि एमाले जिल्ला कमिटिको सचिव र तिनाउ गाउँपालिकाको अध्यक्ष भइसक्नुभएको छ ।
पदाधिकारीसहित १०५ जनाको जिल्ला समिति सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको छ । निर्वाचन समितिले केही बेरमै निर्वाचित समिति घोषणा गर्ने तयारी गरेको एमालेका नेताहरूले बताएका छन् ।
शुक्रबारदेखि तानसेनमा जारी अधिवेशनमा ४५० बढी प्रतिनिधि सहभागीभएका थिए । अधिवेशनको उद्घाटन एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो ।
Category: राजनीति
-

नेकपा एमाले पाल्पाकाे अध्यक्षमा घर्ती विजयी
-

नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न
भदौ १० रिडी
नेकपा एमाले सत्यवती गाउँपालिका पार्टि ,जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट तथा बिस्तारित बैठक सम्पन्न ।
नेकपा एमाले ले सत्यवती गाउँपालिकामा आफ्ना पार्टिका नेता निर्वाचित जनप्रतिनिधि र कार्यकर्ता बिच भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । भदौ १ गते देखि ८ गते सम्म सत्यवति गाउँपालिकाका ८ वटा वडाहरुमा आफ्नो कार्यक्रम पार्टि का केन्द्रीय सदस्य तथा क्लस्टर ईन्चार्ज कमरेड गणेश खनालको प्रमुख आतित्यथामा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रदेश कमिटि सदस्य चिन्तामणि पाण्डेय, प्रदेश सदस्य तथा सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे , सत्यवती गाउँपालिका अनेमा संघ अध्यक्ष तथा सत्यवती गाउपालिका उपाध्यक्ष निरमाया तरामु , जिल्ला कमिटि सदस्य द्दय युवराज न्यौपाने र गुणदेव कुंवर , जिल्ला कमिटि सचिवालय सदस्य तथा सत्यवती गाउपालिका ईन्चार्ज अमर सिंह सिजापति ,जिल्ला कमिटि सदस्य रुक बहादुर राना, होम राना, माया थापा सह ईन्चार्ज ठग प्रसाद ज्ञवालि पार्टि अध्यक्ष भिमलाल पाण्डे, पार्टि पालिका सचिब डिल्लिराज भट्टाराई र सत्यवति लुम्बिनी सम्पर्क मञ्चका अध्यक्ष सहित तत् वाडका पार्टि अध्यक्ष, सचिब र निर्वाचित वाड अध्यक्षहरु सदस्य हरु तथा कार्यपालिका सदस्य हरुको उपस्थिती भएको थियो ।
- १-८ गते सम्म सञचालित कार्यक्रम मा
पार्टि केन्दिय सदस्य ले पार्टि को केन्द्रीय निति तथा कार्यक्रम हरु को बारेमा पार्टि कार्यकर्ता हरुलाई प्रशिक्षण गर्नु भएको थियो उक्त कार्यक्रम मा दिएको प्रशिक्षण बाट त्यहाका कार्यकर्ता निकै उत्साहित भएको भएको कार्यक्रम मा उपस्थित कार्यकर्ता ले जानकारि दिनुभएको छ र पार्टि ले यस्तै कार्यक्रम हरु बेला बेला मा पार्टि ले ल्याउन पनि पार्टि नेतृत्व लाई सुझाब दिएका छन त्यस्तै गरि पार्टि बाँट निर्वाचित जनप्रतिनिध् को कार्यशैली प्रति पनि सन्तुष्टि भएको त्यहाका कार्यकर्ता ले जानकारि गराएका छन भने पालिका र वडबाट एमालेबाट निर्वाचित प्रतिनिधि ले गरेको कार्यक्रम हरु राम्रो संग प्रचार प्रचार गर्नु पर्ने सुझाब दिएका छन पार्टि लाई र जनप्रतिनिधि लाई बिपक्ष ले गरेको घेराबन्दी लाई राम्रो संग चिर्न को लागि पार्टि र पार्टि का जनवर्गिय संगठन हरु एकजुट भई जुरुक्क उठ्न पर्ने निष्कर्ष निकालेको छ।
उक्त कार्यक्रम का प्रमुख अथिति क.गणेश खनाल ले पार्टिबाट निर्वाचित जनप्रतिनिधी लाई जनताको काममा अझै लाग्न सुझाब दिनुभएको छ, भने पार्टि लाई अझै मझबुत र बलियो बनाउनको लागि आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको जानकारि दिनुभएको छ साथै प्रदेश सभा सदस्य चिन्तामणि पाण्डे ले मेरो पाँच बर्षे कार्यकाल आफ्ना जनता को जिवनस्तर बढाउन र यस क्षेत्र विकस को लागि समर्पण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यसै गरि गा पा अध्यक्ष र उपाध्यक्ष ले सत्यवती का जनता को लागि र यस क्षेत्र को विकाश को लागि कुनै पनि लोभ प्रलोभन मा नपरि काम गर्ने बताउनु भएको छ अफुहरु निर्वाचित भएको नै सत्यवती को सम्बृद्दि को लागि भएको जानकारि गराउदै यस क्षेत्र मा रहनु भएका सम्पुर्ण पार्टि र पार्टि का कार्यकर्ता लाई सत्यवती सम्बृद्द बनाउन सहयोग गर्न अनुरोध गर्नु भएको छ। यस्तै कार्यक्रममा प्रचार बिभाग प्रमुख बालकृष्ण भण्डारीले आफ्ना बिचार प्रकट गर्नी भएको थियो।
२०८०/५/१ देखि सत्यवति गाउँपालिका वाड १ बाट शुरु भएको कार्यक्रम सत्यवती ८ भार्सेमा समापन भएको हो । यस अबधिमा ८ वटै वाड मा पार्टि का कार्यकर्ता को उल्लेखेनिय उपस्थित रहेको थियो ।कार्यक्रम मा सबै वाड वाट १०००भन्दा अगुवा कार्यकर्ता को उपस्थित रहेको थियो ।

- १-८ गते सम्म सञचालित कार्यक्रम मा
-

माओवादी केन्द्र गुल्मीको संयोजकमा केसी
गुल्मी भदौ २
नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा युवराज केसीलाई तोकिएको छ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनलाई संयोजक तोकेको हो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका केसी नेकपा माओवादी केन्द्रमा बौद्धिक नेताका रुपमा परिचित छन् ।
साउन ३० गते दाङको देउखुरीमा बसेको । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको बैठकले उनी सहित ४ जनालाई संयोजक तोकेको हो । यस भन्दा पहिले नेकपा माओवादी केन्द्र गुल्मीको जिल्ला समन्वय समितिको संयोजकमा बुद्धि जिसी थिए । उनी प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएर जिल्ला बाहिर बस्नु पर्ने भएपछि केसीलाई संयोजक तोकिएको हो । उनले जिम्मेवारी तोकिएर आए पछि संगठनलाई थप सुदृढीकरण गर्ने बताए ।
-

छत्रकोटका न्यौपानेले गरे नेकपा एमाले छोडेको घोषणा गरेका छन
युवा संघ गुल्मी कमिटीका पुर्व सचिव तथा पालिका कमिटी सचिवालय सदस्य राम कृष्ण न्यौपानेले आफ्नो सामाजिक सन्जाल बाट विभिन्न बुदामा उल्लेख गर्दै आफुले काम गर्दै आयको पाटि नेकपा एमाले आजै बाट छोडेको प्रेस बक्तब्यमा मा उल्लेख गरेका हुन । करिव १० बर्ष निरन्तर रुपमा पाटिमा दिनरात भनेर लाग्दा पनि आफुलाइ पाटिले बेवास्ता गरेको आफुले राखेका योजनाहरु कहिलै पनि समर्थन नगरेको पाटि भित्र आन्तरिक रुपमा आर्थिक मौलाउदै गयको पटक पटक पाटिले केन्द्रमा नेतृत्व गर्दा जन भावना अनुसरण काम गर्न नसकेको जस्ता महत्त्वपूर्ण विषयलाई समेटीएको छ।
प्रेस व्क्तव्य
विषय :- दल त्याग सम्बन्धमा ।
विगत एक दशक देखि सक्रिय रुपमा काम गरेको पार्टी नेकपा (एमाले)आजैका मिति देखि परित्याग गरेको छु ।
कारण :-
१) पटक पटक स्थानिय सरकारको नेतृत्व गरिरहदा पनि गाउँ समाजका आवस्यकता अनुसारका आवज उठाउदा , माग गर्दा साथै विभिन्न कार्यहरुको प्रपोजल पेश गर्दा समेत वेवास्ता गर्ने गरेको ।
२) पार्टी पटक पटक सरकारको नेतृत्व गरिरहदा जनभावना तथा देशको आवश्यकता भन्दा बाहिर गायर काम गरेको । mcc र spp जस्ता अनावस्यक सम्झौता का पछाडि लागेको ।
३) पार्टी भित्र आन्तरिक आर्थिक अनियमितता दिन प्रतिदिन मौलाउदै गयको ।
४) पाटी नेतृत्व को केहि अनुकुलता नमिले विभिन्न तरिका बाट दवाव श्रीजना गर्ने गरेको ।
५) जिल्ला तथा पालिका नेतृत्व नीति सिद्धान्त बाट विचलित भै पुर्वाग्रहि सोच र सतही निर्णय गर्न मा व्यस्त भयको ।
६) पार्टी विधान विपरित अबैध तरिकाले कार्वाही गर्ने प्रयास गरेको …..आदि ।
साथै ,मेरो आग्रह र प्रभावमा परि अन्य दल परित्याग गरि नेकपा ( एमाले ) मा समाहित हुनु भयका सम्पुर्ण साथिहरु को उज्ज्वल भविश्यको कामना गर्दछु र आगामी दिनमा आइपर्ने हरेक समस्या मा क्षमता ले सक्ने सहयोग सदैब गर्ने प्रण गर्दछु ।
नेकपा ( एमाले ) मा रहि अनेक कार्य सम्पादन गर्ने क्रममा कोहि कसै प्रती जान अन्जानमा चोट पुगेको भय क्षमायाचना गर्दछु ।
आगामी दिनमा सचेत र जिम्मेवार नागरिक को तह बाट निम्न पुजीवादी चिन्तन ले ग्रसित समाज मा व्यापक पुजिको विकास गरि उत्पादन ,रोजगारी श्रीजना ,स्व रोजगारी श्रीजना गर्ने अभियानमा अनवरत रुपमा लागिरहने छु ।
अन्तमा ,
परिवर्तीत समय अनुसार आफुलाइ पनि परिवर्तन गरि समुन्नत गाउँ र सभ्य समाज निर्माण अभियान मा सहकार्य गर्नुहुन आम जनसमुदाय हार्दिक अनुरोध गर्दछु ।
रामकृष्ण न्यौपाने
छत्रकोट ४ दिगाम गुल्मी (more…) -

रिडीमा चाडबाड लक्षित नागरिक सहायता कक्षको स्थापना
चुरामणि तिमिल्सिना
हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं,शुभ दिपावली, तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरी रिडीमा नागरिक सहायता कक्षको स्थापना गरिएको छ ।चाडबाडको समयमा यात्रुहरुको सहजताको लागी अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले स्थानिय बासिन्दा ,पत्रकार र यात्रुहरुको बिच रिडी बसपार्कमा नागरिक सहायता कक्षको शुभारम्भ गरिएको हो ।
पर्वका बेलामा यातायातमा बढी मात्रामा यात्रुहरुको चाप हुने र महत्त्वपूर्ण सामग्री सहित घर फर्किने समय भएकोले यात्रुहरुलाइ सुबिधा तथा सहज वातावरणमा गन्तव्य सम्म पुर्याउन नागरिक सहयता कक्षको स्थापना गरिएको अस्थायी ट्राफिक प्रहरी पोस्टका वरिष्ट हवल्दार नन्द बहादुर शाहिले जानकारी दिनुभयो।

पर्वका बेला यातायात वालाले बढी भाडा असुल गर्ने,यातायातको गति छिटो गर्ने ,यात्रीका गुनासा बढ्ने ,बिच बाटोमा नै यात्री अलपत्र पर्ने हुँदा जिल्लाका विभिन्न स्थानमा यसरी नागरिक सहायता कक्षनै स्थापना गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका ट्राफिक प्रमुख कृष्ण प्रसाद आचार्यले बताउनु भयो । उहाँले हरेक चोक तथा बढि भिडभाड हुने स्थानमा ट्राफिक प्रहरी खटेर चेकजाँच कार्य लाई अगाडी बढाउन सबै ट्राफिक प्रहरी हरुलाई निर्देशन समेत दिनुभएको छ ।यता ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक एमलाल बन्जाडेले चाडबाडको समयमा जुनसुकै स्थानमा पनि विभिन्न प्रकारका घटना तथा चोरी डकैती हरु बढ्ने ,बारुद पडकाउन ,डर त्रास देखाइ लुट्पाट गर्ने गिरोहनै सक्रिय हुने हुदाँ स्थानिय लाई घर बाहिर जाँदा सामाग्री सहित घरको गेट राम्रो शीत बन्द गर्न, सिसि क्यामेरा भए सन्चालन गर्न, नयाँ मान्छे तथा सङकास्पत कोहि व्यक्तिहरु भएमा प्रहरी लाई तत्काल खबर गर्ने मदिरा तथा पिय पदार्थ को ब्यापार नगर्ने जस्ता विषयमा सचेत गराउनु भयो ।
-

कार्यसम्पादनमा जिप्रका गुल्मी सर्वोत्कृष्ट
गुल्मी ।
गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरुमा सवोत्कृष्ट भएको हो ।बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मुल्याङकनमा गुल्मीलाई देशैभरीका जिल्ला प्रशासन कार्यालयहरु मध्ये सर्वोत्कृष्ट ठहराएको हो ।
कार्यसम्पादन मूल्यांकनमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय गुल्मीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सहसचिव पुण्यविक्रम पौडेल रहनुभएको छ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुसँग गरेको कार्यसम्पादन सम्झौताको आधारमा कार्यान्वयनको अवस्थाको मूल्यांकन गरेर बर्षै पिच्छे गृह मन्त्रालयले नतिजा सार्वजनिक गर्दै आएको छ ।
सो समितिले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह,लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचकहरूलाई मुल्यांकनलाई आधार मानी प्रत्येक बर्ष प्रतिवेदन तयार गर्दैैै आएको छ ।
जसअनुुसार ९७ प्रतिशत अंकसहित अर्घाखाँची प्रशासन दोस्रो, नवलपरासीपूर्व प्रशासन ९६.७५ प्रतिशतसहित तेस्रो स्थानमा रहन सफल भएका छन भने रूकुम पश्चिम प्रशासन ९६.५ सहित चौंथो नम्बरमा परेको छ ।
यसैगरी, हुम्ला जिल्ला प्रशासन पाँचौं नम्बरमा पर्न सफल भएको छ भने हुम्लासँगै समान ९५ प्रतिशत अंक नै पाएको डडेलधुरा पनि पाचौं स्थानमा रहन सफल भएको गृह मन्त्रालयले जनाएको छ।
-

रुरु क्षेत्र गाउँपालिकामा गत आर्थिक बर्षको प्रगती समिक्षा
रीडि ।
रुरु क्षेत्र गाउँपालिका गुल्मीले आर्थिक बर्ष २०७८ /०७९ को वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।समिक्षा कार्यक्रममा पालिका भित्रका सबै वडाले गरेका काम प्रगति समस्या वार्षिक रुपमा गर्ने कार्ययोजना प्रस्तुत भएको थियो।

सबै वडाको प्रतिबेदन केलाउदा बसाई सराइ वृद्धि भएको ,योजना सन्पन्न गर्न सहज नभएको ,उपभोक्ता समितीमा बस्न नमान्नु ले योजना सम्पन्मा ढिलाइ ,उपभोक्ताले तालिम लाई ब्यबहारमा लागू नगर्दा समस्या भोग्नु परेको कार्यक्रममा वडा न १ का वडा सचिव राम प्रसाद ज्ञवालीले बताउनु भयो।

कार्यक्रममा यस्तै पालिकाका विभिन्न शाखाहरु प्रमुख हरुले गरेका कामको प्रगती विवरण काम गर्ने तरिका शैली वर्ष भरी गर्ने कामको तयारीका विषयमा चर्चा गरेका थिए।कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली उपाध्यक्ष मिना गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडयाल सबै वडाका वडा अध्यक्षहरु कार्यापालिकाका सदस्य पत्रकार ,अन्य कर्मचारीको सहभागीता रहेको थियोे ।

कार्यक्रममा पालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत बिच कार्य सम्पदान सम्झौता , यस्तै पालिका अध्यक्ष र वडाका अध्यक्ष बिच कार्य सम्पादन सम्झौता समेत सम्पन्न भएको हो।सम्झौता गर्न बाकी रहेका विभिन्न साखाका प्रमुखहरु सित अधिकृत पौडयाल ले बैठकमा सम्झौता गर्ने कार्यक्रममा बताउनु भयो।
कार्यक्रमलाई समपन गर्दै अध्यक्ष ज्ञवालीले बिकासका योजनाहरु लाई ढिला सुस्ती नगरी समयमा सक्ने ,काममा अटेर गरी भुक्तानी लिन आउनेलाई निकासा नदिने ,कर्मचारी प्रशासन लाई चुस्तदुरुस्तका साथ राख्ने ,भएका समस्यालाई क्रमै सित आबस्यकता अनुसार पूरा गर्ने , बेरुजु न आउने तरीकाले कार्यसम्पादान गर्ने ,शिक्षा स्वास्थ सरसफाइ , बजार अनुगमन जस्ता विषयमा जनता लाई सजकता जस्ता विषयमा चनाखो बनाउने प्रतिबद्धता जायर गर्नु भयो ।

कार्यक्रमको सन्चालन पालिकाका कर्मचारी दामोदर ज्ञवालीले गर्नु भएको थियो। -

सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गर्यो :एमाले उपाध्यक्ष नेम्वाङ
बुटवल ।
नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले सरकारले छापामार शैलीमा निर्वाचनको मिति घोषणा गरेको बताएका छन् ।उनले संसदीय पद्धति र परम्परामा निर्वाचन घोषणाजस्तो महत्त्वपूर्ण कुरामा प्रमुख प्रतिपक्षसँग सल्लाह नगरी निर्णय नहुने भए पनि सरकारले प्रमुख प्रतिपक्षसँग कुनै सल्लाह नगरी निर्वाचनको घोषणा गरेको बताए ।
प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष नेम्वाङले नागरिक दबाब र एमालेको माग थेग्न नसकेर सरकारले छापामार शैलीमा निर्वाचनको घोषणा गरे पनि एमाले खुसी भएको स्पष्ट पारे ।
उनले मंसिर ४ गते निर्वाचनमा सम्पूर्ण बहिखाता बोकेर निर्वाचनमा जाने बताए ।‘एमाले सम्पूर्ण बहिखाता बोकेर जनतामा जान्छ,’उनले भने,‘निष्पक्ष, भयरहित निर्वाचन गराउने विषयमा एमालेको सरकारलाई सहयोग रहने छ ।’
उपाध्यक्ष नेम्वाङले एमालेको आधिकारिक धारणा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी नै रहेको बताए ।
अहिलेको गठबन्धन सरकार दूषित रहेको टिप्पणी गर्दै उनले संसारभर चलेको संसदीय मूल्यमान्यताविपरीत नेपालमा सत्तापक्षले प्रमुख प्रतिपक्षका विरुद्ध घेराबन्दी गरिरहेको बताए ।
-

प्रतिनिधि र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा हुने
काठमाण्डौ ।
सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनको हिजो बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चरकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको कार्यकालको विषयमा अहिले सरकारमा छलफल भइरहेको र प्रतिनिधि सभाका सदस्य,सभामुख,उपसभामुखले चुनावका निम्ति निर्वाचन आयोगमा
गएर आफ्नो उम्मेदवारीको मनोनयन गरेपछि स्वतः प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने बताउनुभयो । -

पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस आज
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औँ स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी उनको योगदानको चर्चा गर्दैछन्।१९८१ असार १५ गते रामेछापको भंगेरीमा मध्यमवर्गीय परिवारमा जन्मिएका पुष्पलाल नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित छन्। उनले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइँ लडे।
दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि का पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २उनले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।
पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा भएको थियो।
पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना भएको छ। यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भएको छ।