प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा सोमबार राती ७ वजे एक घरमा चोरी भएको छ ।
झिमरुक ५, ढाडा बजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगर सहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताउनु भयो । टिभी र ल्यापटप नेसनल बोर्डिङ स्कुल नजिक फेला परेको छ ।
घरमा पदम खड्काको बुहारी संगिता खड्का रहेको र उनलाई एक्कासि अपरिचित ब्यक्तिले नसालु पदार्थ सुघाएर बेहोस बनाएपछि चोरी गरेर भागेको स्थानीयले बताएका छन् । संगिता खड्का घरमा चिच्याएपछी स्थानयले थाहा पाएपछि चोर भगेको स्थानीयले बताएका छन् । चोरी गर्ने ब्यक्तिको खोजी भैरहेपनी फेला परेको छैन । संगिता खड्का अहिलेसम्म बेहोस भएकोले उनलाई उपचारको लागि जिल्ला अस्पताल प्युठानको इमर्जेन्सी वाडमा उपचार भैरहेको बिनोद पोख्रेलले जानकारी दिनु भयो ।
प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हिन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
Category: स्टोरी
-

प्युठानमा चोरीका घटनाले उग्र रुप लिदै!
-

नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने
काठमाडौं– नेपालमा पहिलो पटक टाइफाइडविरुद्ध खोप लगाइने भएको छ ।
१५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागिएको हो ।
यही चैत २५ देखि वैशाख १८ सम्म देशभर खोप अभियान सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप लगाउने उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जान मन्त्रालयले अनुरोध गरेको छ ।
टाइफाइड तथा म्यादे ज्वरो ज्यानै जाने जोखिममा पार्न सक्ने संक्रामक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जिवाणु स्वस्थ्य व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्छ ।
यो रोग सबै उमेर समूहको व्यक्तिमा लागेको पाइए पनि विशेष गरी १५ वर्षमुनिका बालबालिकामा धेरै जोखिम हुने गरेको छ ।
अबदेखि जन्मेको १५ महिनापछि दादुरा रुबेलासँगै टाइफाइडविरुद्धको खोप पनि लगाइने छ। सरकारले राष्ट्रिय खोप तालिकाअनुसार नियमित खोप कार्यक्रममा राखेको छ ।
टाइफाइड जस्ता पानीजन्य रोगबाट बच्न पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउने, खाना खानुअघि र दिसापिसाव गरेपछि, खाना बनाउनु वा छुनुअघि, बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले मिचिमिच हात धुनुपर्ने चिकित्सकहरूको सुझाव छ ।
यस्ता व्यक्तिले खोप लगाउनु हुँदैन
यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेका वा कुनै खाना वा अन्य बस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा लिनु हुँदैन् । साथै हालै मात्र उच्च ज्वरो आएको वा सिकिस्त भएको अवस्थामा पनि खोप लगाउन नहुने चिकित्सकको भनाइ छ । तर, बिरामी ठिक भइसकेपछि भने खोप लिन सकिनेछ । -

के एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्दैछन् ?
काठमाडौं– विश्वकै सर्वाधिक धनाढ्य अर्बपति एवम् टेस्ला कम्पनीका प्रमुख एलन मस्कले नयाँ सामाजिक सञ्जाल खोल्नेबारे गम्भीर विचार गरिरहेको बताएका छन् ।
मस्कले ट्विट गर्दै यस्तो बताएका हुन् । एकजना ट्विटर प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ दिँदै मस्कले ओपन सोर्स (खुला श्रोत) एल्गोरिदममा आधारित रहेर वाक् स्वतन्त्रतालाई प्राथमिकता दिई नयाँ सामाजिक सञ्जाल खोल्ने विषयमा गम्भीर विचार गरिरहेको बताए ।
आफैँ पनि ट्विटरमा निकै सक्रिय रहने मस्कले बेला बेला ट्विटरको आलोचना गर्दै आएका छन् । ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्तको पालना गर्न असफल भएका कारण लोकतन्त्रलाई हानी पुर्याइरहेको उनको धारणा छ ।
यसअघि उनले ट्विटरमा ट्विटरले वाक् स्वतन्त्रताका सिद्धान्त पालना गरे/नगरेको विषयमा ‘पोल’ गरेका थिए । ‘यो पोलको परिणाम निकै महत्वपूर्ण हुनेछ । कृपया ध्यान दिएर मत दिनुहोला ।’ उनको ट्विटमा उल्लेख थियो । उक्त ‘पोल’ मा ७० प्रतिशतले ट्विटरले यस्तो नगरेको मत दिएका थिए ।
पछिल्लो समय धेरै सेलिब्रेटी, राजनीतिक नेताहरु र धनाढ्यहरुले सामाजिक सञ्जालले वाक् स्वतन्त्रता कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् ।
यसअघि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्ट पनि ट्विटरले हटाइदिएको थियो । ट्विटरले आफ्नो अकाउण्ट हटाइदिएपछि ट्रम्प आफैँले ‘ट्रुथ’ नामक सामाजिक सञ्जाल स्थापना गरेका थिए ।
