असार-२४,२०८०
माण्डवी गाउँपालिका-४ ,प्युठान।
नेरा आधारभुत विद्यालय माण्डवी गाउँपालिका-५ जुजुनेटाका शिक्षक टोप बहादुर मल्ल र समाजसेवी सुवास खड्काले यज्ञश्वरी आधारभुत विद्यालय माण्डवी गाउँपालिका-४ सल्लिखर्कमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाइ नि:शुल्क रुपमा विद्यालयको पोसाक सहित आवश्यक शैक्षिक सामाग्री वितरण गर्नु भएको छ।आज विद्यायमा आयोजित एक कार्यक्रमका विच शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको हो।विद्यालयमा अध्ययनरत १३ जना विपन्न विद्यार्थीहरुलाई सहयोग स्वरुप सामाग्री हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल गाहाले बताउनु भयो।विद्यार्थीको शैक्षिक क्षेत्रमा उहाँहरुले गर्नु भएको महत्त्वपूर्ण सहयोग प्रति विद्यालयले खुसी व्यक्त गर्दै हार्दिक आभार समेत प्रकट गरेको छ।शिक्षक मल्ल र समाजसेवी खड्का विगत लामो समय देखि समाज सेवामा समर्पित हुदै आउनु भएको छ।
Author: रुरु संचार मिडिया प्रा.लि
-

शिक्षक मल्ल र समाजसेवी खड्का द्वारा विद्यार्थीलाई पोशाक सहित शैक्षिक सामग्री वितरण
-

जापनमा नागोया क्षेत्रीय समितिको गठन
चुरामणि तिमिल्सिना असार २४
हार्दिक बधाई तथा शूभकामना
———————————
प्रवास नेपाली सम्पर्क विभाग जापानकोचूबुक्षेत्र नागोयाक्षेत्रिय समिति गठन भएकोछ ।पार्टी उप सभापति तथा प्रतिनिधि सभा सदस्य माननीय डोल प्रसाद आर्याल ज्यूको प्रमुख अथित्यता तथा राष्ट्रीय स्वतन्त्र पार्टी केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य डा.तोशीमा कार्किज्यूको विशिष्टअथित्यतामा सुसम्मपन भएकोछ ।चूबू क्षेत्रको नागोया क्षेत्रिय समितिमा चयनहूनुहुने निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना व्यक्त गर्दछौ ।।
१-सभापति – हरी श्रेष्ठ
२-उप सभापति -बिकाश लमसाल
३-महा मन्त्री -सरोज बडाल
४-सह महामन्त्री- शन्नत खानाल
५-कोषाध्यक्ष -भोला अधिकारी
६-सह कोषाध्यक्ष- अनिल ज्ञवाली
७-प्रवक्ता-सोनम दोर्जे शेर्पा
८-सदस्य-निर्मल राई(संगठन विभाग प्रमुख)
९-सदस्य -शुशील न्यौपाने(संगठन विभाग सचिव)
१०-सदस्य -केदार प्र न्यौपाने
११-सदस्य -भगवान अधिकारी(खेलकूद विभाग प्रमुख)
१२-सदस्य दिवस सापकोटा (प्रचार प्रसार विभाग प्रमुख चुबू)
१३-सदस्य- चन्द्र प्रसाद भुशाल-(प्रचार प्रसार विभाग सचिव)
१४-सदस्य -श्रीकान्त घिमिरे
१५-सदस्य -श्याम राज नगरकोटि
१६-सदस्य- रोशन राई
१७-सदस्य-दीपेन्द्र कुमार थापा
१८-सदस्य -सुमन पौड़ेल
१९-सदस्य -सूर्य प्रसाद वागले
२०-सदस्य-दुर्गा प्रसाद गिरी
२१-सदस्य-नारायण पोखरेल सदस्य रहनु भएको छ । -

समाजसेवि डम्बर श्रेष्ठले नातिनी जन्मेको अवसर देखि पितृको सम्झना गर्दै गुरुकुल देखि बिद्यालय सम्म सहयोग गर्नु भयो
चुरामणि तिमिल्सिना असार २३
रुरुक्षेत्र गाउँपालिका वडा नं. ४ रानीबास निवासी डम्बर श्रेष्ठले शनिवार रुरुक्षेत्रमा रहेका ३ विद्यालयमा विभिन्न शीर्षकमा खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएको छ । स्व. पिता दल बहादुर श्रेष्ठ र माता मानकुमारी श्रेष्ठको सम्झनामा संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा रहेको गुरुकुलमा रहेका बटुकहरुलाई दैनिक भोजन गर्ने सामाग्रीहरु हस्तान्तरण गर्नुभएको हो। यस्तै वडा नं.१ मै रहेको अटिजम पाठशालामा पनि विद्यार्थीहरुलाई भोजन गराउनको लागि दाल ,चामल,बिस्कुट, आलु लगायतका सामग्री हस्तान्तरण गर्नुभयो ।हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल बिक, समाजसेवी असोक श्रेष्ठ, मुक्त प्रसाद श्रेष्ठ तथा बिष्णु प्रसाद भण्डारी रहनुभएको थियो। सामाग्री ग्रहण गर्दै पाठशालाका अध्यक्ष रामलाल बिक र अटिजमका व्यवस्थापक बिष्णु प्रसाद भणडारीले यस्ता गुरुकुल र विद्यार्थी लाई यसरी दैनिकी भोजनका लागि सामाग्री प्रदान गरेर पुन्य आर्जन गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नु भयो । गुरुकुलको पनि प्रशस्त श्रोत नभएको अवस्था र अटिजमको आर्थिक अवस्था कम भएको आफुले सुन्दै र समाचारमा हेरिरहेकोले आज यो अवसर पारेर यो कार्यक्रम यहाँ ल्याउन समय मिलेको र आगामी दिनमा पनि यस्ता संघसस्थालाई निरन्तर सहयोग प्रदान गरी दानदाताको पहिचान कायम गर्ने समाजसेवी मुक्त प्रसाद श्रेष्ठले बताउनु भयो।

यस्तै डम्बर श्रेष्ठले नातिनी जन्मेको सुअवसरमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं. ६ रिमुवामा रहेको जनज्याति माध्यमिक विद्यालयमा रहेका दृष्टिविहीन छात्रछात्राहरुलाई दैनिकी भोजनको निम्ति चामल, आलु, तेल, नुन, बिस्कुट लगायतका सामाग्री विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोमनाथ पौडेल र विद्यालयका प्रधानाध्यपक भुवनेस्वर भुसाललाई सहयोग हस्तान्तरण गर्नुभयाे । कार्यक्रममा अध्यक्ष पौडेलले यसरी पुत्री प्राप्त गरेको यो अवसरमा यसरी विद्यालयमा नै आएर सामग्री हस्तान्तरण गर्नुभएकोमा दाता परिवार र संयोजन गर्नुहुने समाजसेवी मुक्त प्रसाद श्रेष्ठलाई धन्यवाद प्रदान गर्दै आभार प्रकट गर्नुभयो। यता दाता श्रेष्ठले यस्ता अवसरमा हरेक विद्यालय, संघसंस्था, मठमन्दिरलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि यसरी नै कार्यक्रमको आयोजना गरिने डम्बर श्रेष्ठले बताउनु भयो।

यस्तै आज धार्मिक क्षेत्रमा निरन्तर रुपमा लागेर सूचना तथा सञ्चार क्षेत्रमा उल्लेखनीय भूमिका प्रदान गर्दै आएको रुरु धार्मिक सेवा सन्चार प्रा. लि. को केन्द्रीय कार्यालयलाई मासिक रुपमा लाग्ने ईन्टरनेट खर्च समेत उहाँले प्रदान गर्नुभयो । सहयोग रकम हस्तान्तरण गर्नुभएकोमा दान दाता परिवारलाई धन्यवाद तथा पितृको आशिर्वादले परिवारको अबका दिन सुखमय रुपमाअगाडी बढ्ने कुरा राख्दै पितृको बैकुण्ठ बासको कामना समेत प्रा.लि.ले गरेको छ ।

-

कानुनका कुरा पढाउदै सत्यवतीमा २ दिने क्षमता बिकास तालिम सम्पन्न
चुरामणि तिमिल्सिना असार २३
सत्यवती गाउँपालिकामा दुई दिने लक्षित बर्गका लागि क्षमता बिकास तालिमको औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । गाउँपालिकाको सभाहलमा सन्चालित तालिममा ६५ जनाको सहभागीता रहेको थियो। गाउँपालिकाको आयोजना रहेको तालिममा काठमाडौका कानुन व्यावसायि गोबिन्द पुन मगरले प्रशिक्षण गर्नु भएको थियो। पालिका उपाध्यक्ष निरमाया तरामुको अध्यक्षतामा सन्चालित कार्यक्रममा वडा न २ क वडा अध्यक्ष खडग वीर थापा वडा न ७ का वडा अध्यक्ष लोक बहादुर बुढाथोकी, स्वास्थ शाखा प्रमुख सुर्य राना यस्तै कार्यपालिका सदस्यहरु समेतको आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा उपाध्यक्ष निरमाया तरामुले आदिवासी जनजातीहरुले संस्कृतिको संरक्षण गरेको र यससँगै हरेक क्षेत्र बिकासका लागि क्षमता बिकासको भावनात्मक आवश्यकता बुझेर यो कार्यक्रम राखिएको भन्नुभयो उहाँले थप्दै जन जाति वर्गहरुका लागि पालिकाले बजेट नै बिनियोजन गरेर रोजगा आत्म निर्भर सक्षम र निर्धक्क तरिका ले आफ्ना भनाइ समेत राख्ने बनाउने र जनजातिका कुरा लाई केन्द्र सम्म पुर्याउन सक्ने बनाउने उद्देशले कार्यक्रम को आयोजना गरिएको बताउनु भयो।

कार्यक्रममा सहभागीबाट टोपला थापा देवि श्रेष्ठ बुद्धि बहादुर तरामु रधातान्द माझीले यश अवधिमा आफुले सिकेका कुराहरु लाई समाजमा पुर्याइ हरेक टोल बस्तीमा सचेतना कार्यक्रम गर्दै अगाडी बढाउने प्रतिबद्धता जायर गर्नुभयो
कार्यक्रमको सन्चालन रोजगार शाखा प्रमुख सुबास आचार्यले गर्नु भएको थियो।
-

पाल्पामा मोटर साईकल स्कुटरको लाईसनको परिक्षा सुरु
पाल्पाबाट मोटर साईकल स्कुटरको लाईसनको परीक्षा सुरु ।
असार २३पाल्पाबाट पहिलो पटक दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्रको परीक्षा सुरु भएको छ ।
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले हिजो शुक्रबारदेखि दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिएको हो ।कार्यालयले पाल्पामा पहिलो पटक मोटरसाइकल तर्फ वर्ग ९ए० र स्कुटरतर्फ वर्ग ९के० को नयाँ लाइसेन्स जारी गर्न लिखित परीक्षा लिएको जनाएको छ । पहिलो दिन लिखित परीक्षामा २०० जना परिक्षार्थीहरू सहभागी भएको कार्यालयले जनाएको छ ।
परीक्षार्थीले लिखित परीक्षामा ६० अङ्क ल्याएमा पास हुने व्यबस्था रहेको छ । लिखित परिक्षामा पास भएका परिक्षार्थीले ट्रायल परीक्षा दिन पाउने छन ।
पाल्पाको यातायात सेवा कार्यालयमा सवारी चालक अनुमति पत्रको लागि देशभरका जुनसुकै स्थानका व्यक्तिहरूले मोबाईल कम्प्युटरबाट सजिलै आवेदन दिन सक्नेछन् । यातायात कार्यालय बुटवलमा सेवाग्रहीको अत्यधिक चाप बढेपछि लुम्बिनी प्रदेश यातायात व्यवस्था विभागले पाल्पामा पनि दुई पाङ्ग्रे सवारी साधनको परीक्षाको लागि व्यवस्था मिलाएको हो ।
-

रुरु क्षेत्रमा बृक्षारोपण कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना असार २३
नेपालकै चारधाम मध्यको एक धाम रुरु क्षेत्रमा खाली क्षेत्र तथा पहिरो प्रभावित क्षेत्र तथा सडकका किनारामा पिपल, बर, स्वामी साथै फुलका बिरुवा लगाइएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नं १ को वडा कार्यालय र रुरु टोल बिकास संस्थाको संयोजकत्वमा कार्यक्रम गरिएको हो । बृक्षारोपण कार्यक्रममा जन प्रतिनिधि, स्थानीय संघ संस्था, क्लब, आमा समूह , बित्तिय संस्था तथा बजार बासिको सहभागीतामा भिरालो र पहिरो क्षेत्रमा बृक्षारोपण गरिएको हो ।

पिपलको बोट रोप्दै वडा नं १ का वडा अध्यक्ष नवराज बि.कले यो क्षेत्र धार्मिक क्षेत्र भएकोले यहाँ धार्मिक तथा पुजापाठमा प्रयोग हुने बोट बिरुवा फुलहरु रोप्दा सौन्दर्यता पनि प्रदान हुने पहिरो रोकथाम नदि कटानमा पनि कमि आउने हुँदा पालिकाको नीति कार्यक्रममा पनि समाबेश भएकोले यसरी यो अभियान सुरु गरिएको बताउनु भयो।
यता टोल संयोजक प्रेम भण्डारीले रुरु लाई हराभरा बनाउन र महत्त्वपूर्ण बोट बिरुवा, लामो समय टिकाउ हुने फुलहरु लगाउन आवस्यक समेत र यस कार्यलाई पनि स्थानीय तहले कार्यक्रम समाबेश गर्नु पर्ने बताउनु भयो ।
-
गुल्मिको भट्कुवामा ३ दिने खाद्य प्रशोधन तालिम उद्घाटन
चुरामनि तिमिल्सिना असार २२
गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भट्कुवामा ३ दिने खाद्य प्रशोधन तथा उत्पादन तालिमको औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना र वडा नं १ रिडीको व्यवस्थापनमा तालिम आयोजना गरिएको हो । कार्यपालिका सदस्य लक्ष्मी भट्टराई को अध्यक्षमा सन्चालित तालिममा वडा नं १ का वडा अध्यक्ष नवराज बि.क. प्रमुख अतिथी रहनुभएको थियो । यस्तै घरेलुु तथा साना उद्योग कार्यालय तम्घासका प्रशिक्षक त्रिबिक्रम ज्ञवाली विशिष्ट अतिथी रहनुभएको थियो ।
इ
गाउँघरमा अत्यधिक रुपमा जङगली जनावर बादर, राते, मृग, दुम्सी, कालिजले बाली लगाउदा लगाउदै माटोबाट नै निकाल्ने मकै हुनसाथ मकै नै भाचिदिने जस्ता क्रियाकलापले आफुहरु निकै नै हैरानीमा परेकोले घरेलु कार्यलयलाई यो तालिम उक्त क्षेत्रमा ल्याउन आग्रह गरेको वडा सदस्य सुशीलश्रेष्ठले बताउनु भयो । अब यो तालिम पछी यस भट्कुवा क्षेत्रमा बैकल्पिक बालिको रुपमा अदुवा बेसारलाई प्रशोधन गरेर सानै भएपनि उद्योग संचालन गरि लेभलिङ गरेर बजार सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष नवराज बिकले बताउनुभयो । यस क्षेत्रमा धेरै किसिमका नगदे बालीको सम्भावना भएता पनि अहिले सम्म कुनै पनि उद्योग सन्चालन नभएकोले यो तालिम पश्चात् सबैको सहयोगमा उद्योग नै सन्चालन गर्ने वडाको लक्ष्य समेत रहेको बताउनु भयो । गाउँ घरमा प्रसस्त मात्रामा कच्चा पदार्थ पाइने र यसलाई प्रशोधन गरेर बजारमा पुर्याउन सकेमात्र पनि किसानको जीवन स्तरमा वृद्धि हुने र राम्रो आम्दानीको श्रोत हुने कुरामा आफु ढुक्क रहेको तालिमका प्रशिक्षक त्रिबिक्रम ज्ञवालीले बताउनु भयो ।
तालिममा महिला समुह स्थानीय बौद्धिक महानुभावहरु समाजसेवीहरुको आतिथ्यता रहेको थियो । कार्यक्रमको सन्चालन वडा सदस्य सुशील श्रेष्ठले गर्नु भएको थियो भने तालिम आइतबार सम्म चल्ने छ । -

संस्थागत विद्यालयतर्फ रेन्वो इङलिस बोडिङ स्कूल जिल्लामा प्रथम
सूर्य सुनार असार २२, गुल्मी
गुल्मीमा एसईई नतिजामा संस्थागत विद्यालयतर्फ बलेटक्सारमा रहेको रेन्बो इङलिस बोडिङ्ग स्कूल जिल्ला प्रथम भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका – ४ बलेटक्सारमा रहेको विद्यालय पहिलो भएको हो ।यस विद्यालयका विद्यार्थी निरज श्रेष्ठ ३.९५ जिपिए प्राप्त गर्दै विद्यालयलाई संस्थागततर्फ जिल्लामा प्रथम बनाउन सफल हुनुभएको हो । सामुदायिक तथा संस्थागत विद्यालयतर्फ यस विद्यालय जिल्लामा द्वितीय भएको छ ।
यस विद्यालयबाट ३३ जना विद्यार्थीले एसईई दिएका थिए । परीक्षामा सहभागी सबै विद्यार्थीहरु उत्तिर्ण भएसँगै विद्यालयले शतप्रतिशत नतिजा ल्याएको प्रधानाध्यापक योजन खत्रीले जानकारी दिनुभयो ।विद्यालयमा ३.८५ लालप्रसाद पन्थ ३.७०, जेनिसा पन्थ अमिसा अचार्य ३.६५, रन्जित रेग्मी र कृष्णप्रसाद पन्थले लिएका छन् ।
त्यस्तै समग्रमा विद्यालयमा ३.६० देखी ४ जिपिए ९ जनाले लिएका छन् । ३.२० देखी ३.६० जिपिए ९ जना, २.८० देखी ३.२० जिपिए १० जना, २.४० देखी २.८० जिपिए ४ जना र १.६ देखी २ जिपिए १ जनाले लिएको विद्यालयका प्रधानाध्यपक खत्रीले बताउनुभयो ।विद्यालयले २०७८ को एसइइमा ३.९० अङ्क लिइ जिल्ला दोस्रो भएको थियो । निरन्तर रुपमा एसइइमा उत्कृष्ट नतिजा लिन सफल भएको छ ।
विद्यालयका प्रधानाध्यपक योजन खत्रीले जिल्लामा संस्थागत विद्यालयतर्फ एसईईमा पहिलो हुन पाउँदा निकै खशी लागेको बताउँदै यो नतिजालाई सधै यथावथ राख्न आफू लाग्ने बताउनुभयो । साथै विद्यालय सबैको नजरमा राम्रो र गुणस्तरिय शिक्षा दिने भएको प्रति खुशी व्यक्त गर्नुभएको थियो । -

सत्यवतीमा लक्षित बर्गको लागि क्षमता बिकास तालिम उद्घाटन
चुरामणि तिमिल्सिना असार २२
सत्यवती गाउँपालिकामा दुई दिने लक्षित बर्गका लागि क्षमता बिकास तालिमको औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गाउँपालिकाको सभाहलमा सन्चालित तालिममा ६५ जना सहभागी रहेका छन । गाउँपालिकाको आयोजना रहेको तालिममा गोबिन्द पुन मगरले प्रशिक्षण गर्नु भएको छ ।

उद्घाटनशत्रमा गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामु , यस्तै वडा न ६ अध्यक्ष बिष्णु प्रसाद भण्डारी वडा न ७ का वडा अध्यक्ष लोक बहादुर बुढाथोकी, वडा ८ का वडा अध्यक्ष होम बहादुर राना समेतको आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डे ले आदिवासी जनजाती क्षमता बिकाससंगै रोजगारीमा जोडिदै आफ्नो पालिका लाई समृद्ध पालिका बनाउन र सबैलाई हातेमालो गरेर अगाडी बढेमा आयआर्जन समेत हुने बताउनु भयो ।
यस्तै कार्यक्रममा उपाध्यक्ष निरमायाले आदिवासी जनजातीहरुले संस्कृतिको संरक्षण गरेको र यससँगै हरेक क्षेत्र बिकासका लागि क्षमता बिकासको भावनात्मक आवश्यकता बुझेर यो कार्यक्रम राखिएको भन्नुभयो । नेपाल मगर संघ सत्यवती गाउँपालिका अध्यक्ष टोपला थापा मगरले शुभकामना दिनुभयो भने स्वागत मन्तव्य कार्यपालिका सदस्य कमला पचभैया र सन्चालन रोजगार शाखा प्रमुख सुबास आचार्यले गर्नुभएको हो। तालिम भोलि सम्म सन्चालन हुने छ । -

सत्यवति-४मा एक घर एक धारा मार्फत ७३घरधुरी लाभान्वित
सत्यवति-४मा एक घर एक धारा मार्फत ७३घरधुरी लाभान्वित
चुरामणि तिमिल्सिना
असार-२२,२०८०
सत्यवति गाउँपालिका गुल्मी।
गुल्मीको सत्यवती गाउँपालिका वडा नं.-४ मा एक घर एक धारा कार्यक्रम अन्तर्गत ढाणगैरा खानेपानीको उत्घाटन गरिएको छ। औपचारिक कार्यक्रमका साथ पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी टिकाराम पाण्डे र विशिष्ट अतिथि एवम् उपाध्यक्ष निरमाया तरामुले पानीको धारा खोलेर उत्घाटन गर्नु भएको हो। यस्तै उहाँहरुले सामुदायिक भवनको पनि रिबन काटेर उत्घाटन गरेर भवन समुदायलाई हस्तान्तरण गर्नु भएको छ।
गाउँपालिकाले प्रदान गरेको ४० लाखको लागतमा सम्पन्न उक्त खानेपानी आयोजनाबाट ७३ घर धुरी लाभान्वित भएका छन्। २ वर्ष यता देखि सञ्चालन भएको खानेपानी आयोजना बिगत वर्ष बजेटको अभावमा पूरा हुन सकेको थिएन। गाउँपालिकाले आ.व.२०७९/०८०मा थप रकम विनियोजन गरेपछि एक घर धारा कार्यक्रम सम्पन्न भएको वडा नं.-४ का वडा अध्यक्ष पिताम्बर ज्ञवालीले जानकारी दिनु भयो।
कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष पाण्डेले बिगतका दिनहरुमा यश भेगका जनताहरुले खानेपानीको समस्या भोगेता पनि अब कुनि पनि समस्या न आउने बताउदै यस भेगमा कुवा पधेरो र पोखराको पानी पनि खान नपर्ने लिन जान पर्ने समस्याको हल समेत भएको बताउदै वडा वासिलाइ बधाई समेत दिनु भयो ।
यता उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी निरमाया तरामुले सत्यवतीका हरेक नागरिक लाई स्वच्छ पिउनेपानी खुवाउने, हरेकका घर घरमा एक घर एक खानेपानी धारा पुर्याउन पालिकाले अभियान नै थालेको बताउदै पानीको धार बाट कोहि पनि बन्चित नहुन आग्रह समेत गर्नु भयो।
कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर क्षेत्रीले काम सम्पदान भए सम्मका गतिविधि प्रस्तुत गर्दै आफ्नो टोलमा यो योजना सफल पार्न सहयोग गर्नु भएकोमा पालिका प्रती धन्यवाद प्रकट गर्नु भयो।आफ्नो घरको पानीकको धारा खोल्दै दल बहादुर नेपालीले आसा पनि नगरेको काम आज पूरा हुँदा टाडा पानी लिन जान पर्ने बाध्यता सदैका लागि अन्त्य भएकोले अब ढुक्क तरिकाले समयमा घर आगनमा पानी भरिने बताउनु भयो। उपभोक्ता समितिका सदस्य बाबुराम ज्ञवालीको स्वागत मनतव्य रहेको कार्यक्रममा शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद भण्डारी , पुर्व श्रोत ब्यक्ति फणीन्द्र राज ज्ञवाली यस्तै समाज सेविहरु ,उपभोक्ता समितिका पदाधिकारीहरुको आथित्यता रहेको थियो। कार्यक्रमको सञ्चालन पितम्बर ज्ञवालीले गर्नु भएको थियो।