Author: रुरु संचार मिडिया प्रा.लि

  • गुल्मीको  रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक  सुचना व्यवस्थापन  प्रणाली सम्बन्धि  ५दिने तालिमको शुभारम्भ

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको शुभारम्भ

    चुरामणि  तिमिल्सिना   जेष्ठ  १६

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको औपचारिक कार्यक्रमका साथ रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले उत्घाटन गर्नु भएको हो। मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको हो। शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम गरिएको हो। उत्घाटन सत्रमा बोल्दै अध्यक्ष ज्ञवालीले हरेक शिक्षकहरु राजनीति बाट टाडै रहनु पर्ने गुणस्तर वृद्धि गर्न पुरानो प्रबृधि भन्दा नयाँ प्रबिधिका साथ कक्षा सन्चालन गरिनुपर्ने हरेक दिन शिक्षकहरुले नयाँ सोच बिचार र फरक सैलिमा बिद्यार्थी सामु जान आग्रह गर्नु भयो।

    यस्तै उपाध्यक्ष मिना देवि गौतमले हरेक शिक्षकहरु लगन शिल अनुसासित भएर योजनाका साथ अगाडी बढ्न आग्रह गर्नु भयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले कम्प्युटरमा प्रबिस्ट गर्दा ठिक तरिकाले डाटालाई प्रबिस्ट गर्नु पर्ने ,सुचना सहि राख्नु पर्ने ,धेरै जनाको भर्दा अलमल हुने हुँदा सम्बन्धित बिद्यालय नै काम आफैले गर्दा सुचना ठिक हुने हुदा यस्को अभ्यास गर्न र तालिम पछी आफैले यो गर्न आवस्यक रहेको बताउनु भयो।

     

     

    तालिममा वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल शिक्षा समितिका सदस्य तोयनारायण ज्ञवाली, नारायण ज्ञवाली , शिक्षा शाखा प्रमुख झविलाल बिक लगायतको आथित्यता रहेको थियो। तालिमामा भैरवहा शिक्षक तालिम केन्द्रिका प्रशिक्षक हरि बिस्ट प्रशिक्षण दिने कार्यक्रम रहेको छ तालिम २० गते सन्चालन हुने छ ।

  • रुरु क्षेत्र गाउँपालिकामा   शिक्षकहरुको ५ दिने तालिमको  समापन

    रुरु क्षेत्र गाउँपालिकामा शिक्षकहरुको ५ दिने तालिमको समापन

    चुरामणि   तिमिल्सिना जेष्ठ  १६

    मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आधारभुत तह (६-८)र माध्यमिक तह(९-१०) मा अध्यापन गर्ने विज्ञान र गणित विषयका शिक्षकहरूको लागि ५ दिने पेसागत क्षमता विकास तालिमको औपचारिक कार्यक्रमका साथ प्रमाणपत्र बितरण गर्दै समापन गरिएको छ।

    रुरु क्षेत्र गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा आयोजनामा कार्यक्रम गरिएको हो। ३३ जना विषयगत शिक्षकहरुको सहभागी रहेको तालिममा बिज्ञान विषय तर्फ शिक्षा तालिम केन्द्र भैरहवका शाखा अधिकृत मनोज सिर्मल महेन्द्र नमुना माद्यामिक बिद्यालय तम्घासका शिक्षक गिरि प्रसाद खनाल यस्तै गणित विषय तर्फ महेन्द्र माध्यमिक बिद्यालय तम्घासका शिक्षक युवराज ज्ञवाली र न्यु होराइज कलेज बुटवलका शिक्षक गोपाल प्रसाद आचार्यले प्रशिक्षण गर्नु भएको थियो।

    समापन सत्रमा पालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सन्चालित कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल शिक्षा समिति सदस्यहरु शेष नारायण पौडेल, तोयनारायण ज्ञवाली , नारायण ज्ञवाली यस्तै शिक्षा शाखा प्रमुख झबिलाल बिकको आथित्यता रहेको थियो ।तालिम समापन सत्रमा बोल्दै अध्यक्ष ज्ञवालीले तालिममा सिकेका कुराहरु लाई कक्षा शिक्षण गर्दा ब्यबहारिक रुपमा प्रयोग गर्दै लैजान आग्रह गर्दै सम्पुर्ण शिक्षक हरु लाई राजनितिमा नहुमि शिक्षाको गुणस्तर वृद्धि गर्न कार्य योजनाका साथ अगाडी बढन आग्रह गर्नु भयो।

    तालिम पछी अनुभव प्रस्तुत गर्दै टिकारम पौडेल केदार पौडेलले यो तालिम निकै प्रभावकारी भएकले तालिम्मा सिकेका कुराहरु लाई आफुहरुले ब्यबहारमा उतार्ने प्रतिबद्धता जायर गर्नु भएको थियो ।कार्यक्रमको सहजीकरण शाखाका प्राबिधिक सहायक तेज बहादुर कुमालले गर्नु भएको थियो।

  • गुल्मीको  चन्द्रकोटमा   विविध  कार्यक्रमका साथ  गणतन्त्र  दिवस मनाइयो

    गुल्मीको चन्द्रकोटमा विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइयो

    जेष्ठ  १५  पालिकाबाट

    चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा १६ औ गणतन्त्र दिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ। झण्डोत्वलन सहित सुरू भएको कार्यक्रममा साँस्कृतिक तथा परम्परागत बाजागाजा तथा गणतन्त्र दिवस झल्काउने प्लेकार्ड सहित जनप्रतिनिधि, विभिन्न राजनितिक दल, बैङ्क तथा वित्तिय संस्था, विद्यालय एवम् क्याम्पस, विद्यार्थीहरू, नागरिक समाज, संघ संस्था, आमा समूहहरू, यूवा क्लव लगायत समाहित हुँदै सचेतनामूलक प्रभातफेरी गरिएको थियो भने दोश्रो चरणमा विविध कार्यक्रम संचालन भएको थियो।

    गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीको प्रमुख आतित्थ्यता रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालको स्वागत मनतव्य सहित सुरू भएको उक्त कार्यक्रममा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला तथा आधारभूत तह स्तरीय निबन्ध लेखन प्रतियोगिता संचालन भएको थियो।

    कार्यक्रममा वक्तृत्वकला तर्फ श्री ज्ञानोदय नमुना मावि तुराङ्गका समिक्षा सापकोटा प्रथम, श्री उदय मावि शान्तिपुरका प्रिस्मा गौतम द्वितीय तथा श्री शारदा मावि दिव्रुङ्ग सराङ्गका शान्ति गौतम तृतिय हुनुभएको थियो भने निबन्ध लेखन प्रतियोगितामा ज्ञानोदय नमुना मावि तुराङ्गका विशाल गौतम प्रथम, श्री ग्वाघा मावि ग्वाघाका रोशनी पुन द्वितीय तथा श्री उदय मावि शान्तिपुरका सुदिप खत्री तृतिय भएका थिए। दुवै प्रतियोगितामा विजेतालाई क्रमशः नगद रू १०,०००/-, ६,०००/- र ४,०००/- र प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी गणतन्त्र दिवसकै अवसरमा कर्मचारी-शिक्षक- स्वास्थ्यकर्मी विचको मैत्रीपूर्ण भलिवल प्रतियोगिता संचालन भएकोमा शिक्षकको समूह विजेता बन्न सफल भएकोमा विजयी समूहलाई शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि द्रोण बहादुर खत्रीले स्थानीय सरकारको अपेक्षित भुमिका र सेवा प्रवाहलाई चुस्त बनाउदै लैजाने कुरामा जोड दिनु भएको थियो भने कार्यक्रमका अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले गणतन्त्रको सुदृढीकरण गर्दै जराधार सम्म यसका प्रतिफलहरूको अनुभूति दिलाउन विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै जन जिविकालाई अझ सहज बनाउदै लगिने र यसका लागि गाउँपालिका सदैव तत्पर रहेको बताउनुभयो।

  • रुरु क्षेत्र  गाउँपालिकामा  वडा वडामा  घुम्ती  स्वास्थ  सेवा शिविर

    रुरु क्षेत्र गाउँपालिकामा वडा वडामा घुम्ती स्वास्थ सेवा शिविर

    चुरामणि तिमिल्सिना  जेष्ठ  १५

    रुरुक्षेत्र गाउँपालिका गुल्मीमा एकिकृत घुम्ती स्वास्थ शिविर सम्पन्न भएको छ । रुरु क्षेत्र गाउँपालिका स्वास्थ शाखाको आयोजना तथा गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो। घुम्ती सिबिर बाट ६७७ जनाले सेवा लियका स्वस्थ शाखा प्रमुख छत्रबहादुर अधिकारीले जानकारी दिनु भयो । सिबिरमा पाठेघरको जाचमा ३१२ जना पाठेघरको क्यान्सर शङकास्पथ ८ जना अन्य समस्या भएका ९६ जना रिङ राखीयका १० जना गर्भ निरोधक सेवा ३३ जना ल्याप सेवा १० ३ जना ले सेवा प्राप्त गरेका हुन।

    ।समापन सत्रमा बोल्दै पालिका उपाध्यक्ष मिना देवि गौतमले पालिकाका हरेक बस्तिहरुमा महिलाहरुले भन्न डराएर तथा लजायर आफ्ना रोगहरु पाल्दै राख्ने क्रम वढेकाले यसरि रोगहरु देखिन साथ स्वास्थ सस्था जान र परामर्स लिन सबै दिदि बैनि हरु लाई आग्रह गर्दै अव हरेक बर्ष यस्तै नयाँ स्वास्थ कार्यक्रमका साथ आफ्नो टिम निरन्तर स्वास्थ क्षेत्रमा अगाडी बढ्ने प्रतिबद्धता जायर गर्नु भयो। कार्यक्रममा डाक्टर मालिले ग्रामीण भेगमा त्यस्ता नयाँ बिरामि नभएकोले पुराना बिरामी लाई उस्तै खालका औसधि चलाउदा उहाँहरुको स्वास्थमा अझ थप उर्जा प्राप्त हुने बताउनु भयो।

    यता पालिका अध्यक्ष यदु ज्ञवालीले हरेक वडा बस्तिहरुमा स्वास्थ कार्यक्रम लाई प्रभाव कारी रुपमा लैजाने जेष्ठ नागरिक अपांग र असाय लाई स्वास्थ टिमले घर दैलोमा सेवा पुर्याइरहेकोले स्वास्थ क्षेत्रमा पालिका रहेको बताउदै आगामी दिन्मा पनि स्वास्थ क्षेत्रको बजेटमा कार्यक्रम समाबेश गरिने प्रतिबद्धता जायर गर्नु भयो । कार्यक्रममा योगदान गर्नु हुने स्वास्थ कर्मि लाई सम्मान समेत गरिएको थियो।

  • साना किसानले सदस्यहरु लाई दियो बित्तीय साक्षरता तालिम

    साना किसानले सदस्यहरु लाई दियो बित्तीय साक्षरता तालिम

    चुरामणि तिमिल्सिना जेष्ठ  १५

    सानाकिसान कृषि सहकारी सस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४मा बित्तीय साक्षरता तथाअन्तरसमुह सुदृढीकरण तालिम सम्पन्न भएको छ । साना किसान कृषि सहकारी सस्था लिमिटेड अर्गली पाल्पाको आयोजनमा कार्यक्रम गरिएको हो ।सस्थाका अध्यक्ष नारायण ध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अथिति तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराई रहनु भएको थियो।

    सस्थाकी उपाध्यक्ष चन्द्रकला खनालको स्वागत मनतब्य रहेको थियो। कार्यक्रमम १७० जना सियर सदस्यहरुको सहभागीता रहेको थियो। कार्यक्रममा साना किसान कृषि सहकारी सस्था लिमिटेड ईलाका कार्यालय बुटवलका ईलाका प्रबन्धक गणेश भट्टराई ले सहकारी लाई अगाडी बढाउने तरिका सदस्यहरुलाई आय आर्जनमा वृद्धि गर्ने तरिका अन्तर समुह सन्चालन गर्ने तरिका कृषि पशु बालि तथा बिमा कार्यक्रम आर्थिक समृद्धि गर्ने योजना समेत जानकारी दिनु भयो । यस्तै सिमलार कृषि सहकारी सस्था लिमिटेड रुपन्देहीका प्रबन्धक शोभाखर न्यौपानेले आफ्नो सस्थाले गरेका रचनात्मक कामहरु र सियर सदस्यहरुले आम्दान गर्ने तरिका लगायतका विषयमा चर्चा गर्नु भएको थियो।

    प्रशिक्षण कार्यक्रममा सियर सस्यहरुले सहकारी सित सम्बन्धित विभिन्न जिज्ञासा समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन सहायक प्रबन्धक सागर गैरेले गर्नु भएको थियो। कार्यक्रमको सहजिकरण प्रबन्धक जानकी पाण्डेले गर्नु भएको थियो। कार्यक्रममा वडा न १४ कि समुह न ५८ कि लक्ष्मी पाण्डेलाई गाइको मृत्यु भएकोले सस्था नियम अनुसार बिमा बापतको रकम रु २४००० समेतको चेक हस्तान्तरण गरिएको थियो ।

    हस्तान्तरण गर्दै बिमा समितिका सम्योजक तोयनाराय पाण्डे तथा सम्बन्धित वडा पशु बिमा सदस्य प्रेम माया पोखरेल ले हरेक गाउँका कुना कुनामा सबै कृषकका गाइ भैसि लाई बिमा गर्न आग्रह गर्दै बिमा गर्दा हरेक फाइदा समेत हुने भएकोले सबैतिर यस्को चर्चा गर्न आवस्यक रहेको बताउनु भयो ।

     

    कार्यक्रममा आजै बिमा समितिको पुनर्गठन्समेत गरिएको छ जस्मा तोयनारायण पाण्डे संयोजक रहनु भएको छ । जस्मा गिता भट्टराई , रमेश न्यौपाने गोमा पाण्डे , तेज बहादुर राना कृष्ण कला पाण्डे , कमल सारु यमलाल पाण्डे र बिष्णु प्रसाद सापकोटा सदस्यहरु रहनु भएको छ ।

  • मदन भण्डारी  राज मार्गको  कामले तिब्रता लिदै

    मदन भण्डारी राज मार्गको कामले तिब्रता लिदै

    चुरामणि तिमिल्सिना  जेष्ठ१४

    राष्टिय गौरवकोआयोजना मदन भण्डारी राजमार्गको निर्माण कार्याले तिब्रता लियको छ।रिडी देखि भेडुवा सम्म्को २५ किलोमीटर निर्माणको जिम्मेवारी पायको समानान्तर इलाइट जेभि कम्पनीले अहिले काम लाई कतै पनि नरोकि सडक लाई चौडा बनाउने , वाल लगाउने ,ग्रावेल तथा ढुङ्गा गिटिको बालुवा तथा क्रसरको  ब्यबस्थापन गर्ने जस्ता कार्य लाई अगाडी बढाएको छ।

    काम लाई कतै पनि रोकिन नपोरस र काम गर्दा सहजता प्रदान गर्न कम्पनी ले स्थानीय पालिका सित पनि समन्वयको भुमिका निर्बाहा गरिरहेको छ । चैत्र बाट कम्पनी ले आफ्नो काम सुरु गरेर काम लाई दैनिकी दिन तथा रात्रीमा पनि सन्चालन गरिरहेको छ । कम्पनी लाई काम गर्न सहज होस भनेर दिनमा ३ चरण सडक समेत बन्द गरेर आफ्नो योजना अगाडी बढाएको छ।

    कार्य सम्पादनमा कतै ढिला हुने होकि कतै योजना अलपत्र पर्ने हुन कि जस्ता जिज्ञासा लागेमा यो मनै बाट हटाउन प्रोजेक्ट म्यानेजर राकेश श्रेष्ठले रिपोर्टिङको क्रममा बताउनु भयो । ३६ महिना भित्र आफुहरुले सक्नु पर्ने काम भनेकै समय भन्दा अगाडी नै आफ्नो टिमले सडक पुरा गर्ने समेत बताउनु भयो ।


     

  • सुपथ मुल्यको सहकारी पसलले छोटो समयमा फड्को  मार्दै

    सुपथ मुल्यको सहकारी पसलले छोटो समयमा फड्को मार्दै

    चुरामणि तिमिल्सिना   जेष्ठ  १४

    किसान कृषि सहकारी सस्था लिमिटेड रिब्दीकोट गाउँपालिका वडा न ३ हार्थोक पाल्पाले सन्चालन गरेको उपभोक्ता सुपथ पसलले ग्राहक बर्गको मन जित्न सफल भएको छ ।

    ८  महिना अगाडी बाट सन्चालन गरिएको पसल हार्थोक बजारमै रहेको छ । दैनिक घरयासि सामान बिक्रि गर्दै आयको सहकारीले सेवामा थप गरि विभिन्न किसिमका मलहरु र ग्यास समेत बिक्रि गरिरहेको सुपथ पसल सन्चालक समितिका अध्यक्ष बिष्णु प्रसाद ले जानकारी दिनु भयो ।यहाँ कृषकले उत्पादन गरेका हरेक ताजा तरकारी सन्कलन गर्ने बिक्रि गर्ने र बचत भएमा अन्यत्र समेत पठाउने गरेको सहकारी कि प्रबन्धक बिनिता गौतमले बताउनु भयो।

    ग्राहक बर्ग लाई सेवाका लागि सन्चालन गरिएको पसल बिहान ७ बजे  देखि  साझ ७ बजे सम्म खोल्दै आयको पसलमा प्राय गरि चामल , चोक्क्रर ब्राण्ड , मकै ग्यास तथा चिनि बढि मात्रमा ब्यापार हुने पसलमा रहदै आउनु भएका खेम सोमैले बताउनु भयो। गाउँघरमा सहकारि सस्था भएता पनि सुपथ मुल्यको पसल भने यो पालिकामा एक मात्र रहेको अझ थप सेवा प्रबाह लाई योजना पनि बनाउदै आयको सहकारी सन्चालक समितिका अध्यक्ष बिष्णु प्रसाद आचार्य ले जानकारी दिनु भयो ।

    यता सहकारीका उपाध्यक्ष कमला खनाल ले हरेक सद्स्यहरुले यहीँ बाट दैनिकी प्रयोग हुने सामाग्री खरिद गर्ने हो भने सहकारीका सदस्यहरु लाई नै फाइदा हुने यस तर्फ पनि ध्यान आवस्यक रहेको बताउनु भयो।

  • स्व:आत्मराम भण्डारीको सम्झनामा सत्यवतीमा  शैक्षिक  कार्यक्रम

    स्व:आत्मराम भण्डारीको सम्झनामा सत्यवतीमा शैक्षिक कार्यक्रम

     चुरामणि तिमिल्सिना

    सत्यवती माध्यमिक बिद्यालय सत्यवती ५ हसरा गुल्मीमा माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।बिद्यालयका पुर्ब सहायक प्रधानाध्यापक स्व आत्मराम भण्डारीको दोस्रो बार्शिक पुन्य स्मृति का अवसरमा उहाँ कि धर्मपत्नी लक्ष्मी शर्मा भण्डारी ले आयोजना गर्नु भएको हो। माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यमिक बिद्यालय अस्लेवाले प्रथम हासिल गरेको हो। यस्तै सत्यवती माध्यमिक बिद्यालय हसरा द्वितीय र सरस्वती माध्यमिक बिद्यालय लिम्घा तृतीय भएका हुन ।

    (more…)

  • कालीगण्डकी गाउँ पालिका स्याङ्जाका  अध्यक्ष  थापा लाई  खुल्ला सुझाव पत्र

    कालीगण्डकी गाउँ पालिका स्याङ्जाका अध्यक्ष थापा लाई खुल्ला सुझाव पत्र

    गाउँपालिका अध्यक्षलाइ खुला सुझाव पत्र।प्रकाशित : २०८० जेष्ठ १२, शुक्रबार

    श्रीमान गाउँपालिका अध्यक्ष ज्यु!
    कालीगण्डकी गाउँपालिकाको कार्यालय
    बिर्घा स्याङ्जा।

    कालीगण्डकी गाउँपालिकालाइ आगामी आर्थिक बर्ष एवं भविस्यका लागी मनमा उब्जिएका केहि व्यक्तिगत सुझावरुपी बुँदाहरु तपाइँ समक्ष प्रस्तुत गरेको छु। यदि उल्लेखित बुँदाहरु कार्यान्वयनको लागि योग्य ठहरिएको खण्डमा भ्याए कालीगण्डकी गाउँपालिकाको आन्तरिक स्रोत,पालिकाको स्रोतले नभ्याए प्रदेश र संघीय सरकार संग पहल गरेरै भएपनि कार्यान्वयन हुनेछ भन्नेमा आशावादी छु।

    १. कालीगण्डकी गाउँपालिकाको सेवा प्रवाहलाइ छिटोछरितो र अझ प्रभावकारी बनाउन सर्वपक्षीय संयन्त्र गठन गरी सवै पक्षसंग समन्वय र सहकार्य गर्दै कालीगण्डकी गाउँपालिकालाई स्मार्ट, स्वच्छ, समृद्ध, नमूना पालिका बनाउन कार्यविधि बनाइ कार्यान्वयन गर्ने।

    २. गाउँपालिका भित्र बसोवास गर्ने (६५ वर्ष) माथिका जेष्ठ नागरिक, दिर्घरोगी, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुको लागि वडामा रहेको स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मिहरु परिचालन गरी कम्तिमा महिनाको १ पटक स्वास्थ्य अवस्थाको जाँच गर्ने, आवश्यकता अनुसार उपलब्ध औषधी वितरण गर्ने र सो को रेकर्ड राख्ने तथा मासिक रुपमा गाउँपालिका स्वास्थ्य शाखामा प्रतिवेदन पेश गर्ने साथै जटिल अवस्थाका रोगीहरुलाई उपयुक्त स्थानमा उपचारका लागि सहजिकरण गर्ने गरी गाउँपालिका प्रमुख जेष्ठ नागरिक तथा अशक्त नागरिक स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्ने।

    ३. प्रत्येक वडाको मुख्य एवं शाखा सडक बाह्रै महिना चल्न सक्ने गरी स्तरोन्नती गर्ने र त्यसलाई नियमित गराउने।

    ४. प्रत्येक घरधुरीले न्यूनतम जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न औधोगिक ग्रामको स्थापना गरी “एक घर एक रोजगारी वा व्यवसाय “को कार्यक्रम अगाडि वढाउने।

    ५. गाउँपालिकाबाट प्रवाह हुने सेवालाई थप छिटोछरितो,चुस्त, दुरुस्त,भरपर्दो र पारदर्शी वनाउन कर्मचारीको क्षमता विकास गरी नागरिक सचेतीकरण बढाउदै प्रविधिको प्रयोगमा जोड दिने।

    ६. १ वडा १ प्राविधिक कर्मचारीको व्यवस्था गरी विकास निर्माणका कार्यहरुलाई गुणस्तरीय एवं पारदर्शी वनाई समयमै कार्य सम्पन्न गर्ने साथै योजना प्रणालीलाई प्रविधिमैत्री वनाउने।

    ७ . पूर्ण पशुपन्छि विमा,कृषि एम्बुलेन्स,कृषि विमा र कोल्ड स्टोर निर्माण गरि गाउँपालिकामा कृषि औधोगिकरण कार्यक्रम संचालन गर्ने ।

    ८. एक घर एक धारा कार्यक्रमलाई अति सिघ्र पूर्णता दिने ।

    ९. कालीगण्डकी गाउँपालिका “लोक कल्याणकारी कोष” स्थापना गर्ने र शुरुमा सो कोषमा गाउँपालिका प्रमुख,उप प्रमुखको एक महिनाको पारिश्रमिक जम्मा गरी हरेक महिना सवै जनप्रतिनिधि र कर्मचारीहरु संग १ दिनको आम्दानी/तलव उक्त कोषमा जम्मा गर्न आह्वान गर्ने ।

    १०. युवाहरुको लागि खेलकुद, शैक्षिक कर्जा, व्यवसायिक कर्जा तथा सिपविकास र रोजगारीको व्यवस्थापन गर्दै बिदेशीएका युवाहरुलाइ आफ्नै मातृभुमीमा फर्काउन “गाउँ फर्क अभियान” सन्चालन गर्ने ।

    ११.व्यवस्था परिवर्तन गर्न बलिदान गर्ने शहिद,वेपत्ता घाइतेको सम्मानमा विशेष योजना संचालन गर्ने।

    १२. शिक्षालाई गुणस्तरीय,प्रविधिमैत्री र स्वास्थ्यमा गुणात्मक सुधारको कार्ययोजना बनाइ कार्यान्वयन गर्ने ।

    १३. दलित, महिला, फरक क्षमता भएका नागरिकको सम्मान गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने सो को लागि जनस्तरबाट सुझाव संकलन गरि कार्यक्रम तर्जुमा गर्ने।

    १४. सामाजिक सुरक्षा भत्ता बैंक संग समन्वय, सहकार्य गरी टोल टोलमा वितरणको व्यवस्था गर्ने ।

    १५. कालीगण्डकी गाउँपालिका बासिको गुनासो सुन्न र समाधान गर्न “हेल्लो अध्यक्ष” टोल फ्री नम्बर सुचारु गर्ने।

    १६ .कालीगण्डकी गाउँपालिकाका नागरिकहरुको लागि नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने ।

    १७. सबै वडामा सुलभ खाद्यान्न पसल,औषधि पसल गाउँपालिकाको समन्वयमा संचालन गर्ने ।

    १८. गाउँपालिका भित्रका नदि खोलाको तटबन्ध र सिचाईको व्यवस्था गर्ने।

    १९. ल्याडफिल्ड साइटको व्यवस्था गरी बजार एरिया एवं प्रत्येक टोलको फोहोरलाई व्यवस्थापन गर्ने र मोहरमा बदल्ने।

    २०. कालीगण्डकी गाउँपालिकाका भित्रका धार्मिक,सांस्कृतिक र पर्यटकीय स्थानको प्रबर्द्धन गर्दै कुटनैतिक पहल मार्फत अन्तर्राष्ट्रियकरण गर्ने ।

    २१. गाउँपालिका भित्र रहेका बजार एरियामा नि शुल्क सार्वजनिक शौचालयको व्यवस्था गर्ने।

    २२. दिनानुदिन बढ्दो क्रममा रहेको सवारी चापलाइ ध्यानमा राखि आवस्यकता अनुसार पालिका भित्र विभिन्न ठाउँहरुमा बसपार्कको व्यवस्था गर्ने।

    २३. पछिल्लो समयमा नियन्त्रण भन्दा बाहिर गएको बाँदर नियन्त्रणको लागि प्रत्येक वडामा आधुनिक उपकरण,हतियार सहितका “मंकी क्याचर”को व्यवस्था गर्ने।

    २४. विद्यालयमा अध्ययन गर्ने छात्राहरुको लागी प्रत्येक विद्यालयमा नि:शुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने।

    उहि तपाईंको शुभचिन्तक,
    जि.के. पाण्डेय,
    कालीगण्डकी गाउँपालिका स्याङ्जा

  • जन्म दिनमा  लक्ष्मीले  गरिन रुरुमा फलफुल वितरण

    जन्म दिनमा लक्ष्मीले गरिन रुरुमा फलफुल वितरण

    प्राय गरि हिजो आज आफनो जन्म दिन्मा केक काट्ने फजुल खर्च गर्ने ठुलाठुला पाटि प्यालेसमा कार्यक्रम को आयोजना गर्ने चलन अझै पनि समाजमा चलिरहेको छ । यस्ता विभिन्न फजुल खर्च गर्ने र भोज गर्ने कार्यक्रम लाई बिस्तारौ कम गरि समाज लाई सन्देश मुलक चेतना दिलाउन सहयोगिको भावना देखाउन्को लागि आज लक्ष्मी कंडेलले आफ्नो जन्म दिन रुरु धाममा मनाउनु भएको हो। गुल्मी जिल्ला छत्रकोटमा जन्मनु भएकी लक्ष्मी कंडेल हाल देवचुलि नगरपालिका दलदललेमा बस्दै आउनु भएको छ कंडेलले आज आफ्नो जन्म दिन्मा रुरु मन्दिर परिसरमा रहनु भएका वृद्ध वृद्धा बिपन्न बर्ग गुरु बर्ग लाई फल फुल बितरण गर्नु भएको हो। उहाँले आजै रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेडको केन्द्रिय कार्यालय रुरु धाम लाई सन्चारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको रुरु सन्चार अन्लाईन खबरका सन्चालक तथा सेवा सचारका सन्चालक चुरामणि तिमिल्सिना ले बताउनु भयो। तिमिल्सिनाले लक्ष्मी जि लाई सामाजिक संजाल बाट सुभकामनासन्देश पठाउदै हरेक कार्यक्रममा सहयोग गर्दै आउनु भएकोले र पुन आज जन्म दिन यहाँ मनाउन रु७५०० सात हजार पाँच सय बिनियोजन गर्नु भएकोमा आगामी दिन्मा समेत यस्तै कार्य गर्न भगवानले आशिर्वाद प्रदान गरुन भन्दै शुभकामना प्रकट गर्नु भएको थियो। उहाँले जन्म दिन्मा मात्र हैन सामाजिक सम्पदा निर्माण, मठमन्दिर निर्माण चौपारि निर्माण संरक्षण बिद्यार्थी हौसला बाल बालबालिका लाई प्रोत्साहन धार्मिक कार्यक्रममा निरन्तर सहयोग गर्दै आउनु भएको छ