Author: रुरु संचार मिडिया प्रा.लि

  • म्यादी प्रहरिका लागि १० दिने तालिम आज देखि शुरु

    म्यादी प्रहरिका लागि १० दिने तालिम आज देखि शुरु

    हरि जि.सी

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि १० दिने तालिम आईतबार देखी तानसेनको बन्दीपोखरामा शुरु भएको छ । जिल्लाको रामपुर,र तानसेनमा एकैसाथ १० दिने म्यादी प्रहरीका लागि तालिम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताउनुभयो ।

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा प्रयोजनार्थ लागि पाल्पा जिल्लामा महिला ३२३ पुरुष ८९२ गरी जम्मा १२१५ जना छनौट गरिएको जानकारी दिनुहुँदै उहाँले पेशागत तालिमको उदघाटन प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले गरिएको बताउनुभयो ।

    सो अवसरमा तालिम उदघाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी पन्तले म्यादी प्रहरीले निर्वाचनको समयमा गर्नुपर्ने कार्य र गर्नुपर्ने सुरक्षाबारे तालिममा सिकाइने बताउनुभयो । उहाँले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबैको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

    कार्यक्रममा प्रहरी उपरीक्षक जनक शाही सहित जिल्ला सुरक्षा निकाएका प्रमुखहरु वडा न.५का वडा अध्यक्ष, लक्ष्मी मा.बिका प्र.अ, शिक्षक अभिभाबक संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । निर्वाचनमा नियमित जनशक्तिबाट मात्र सुरक्षा प्रदान गर्न पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना गरिएको र उहाँहरुलाई नियुक्ति दिएको दिनदेखि ४० दिनसम्म काममा लगाइने जनाइएको छ ।

    प्रहरी नायव उपरीक्षक थापाले छनौट भएका म्यादी प्रहरीलाई निर्धारित पाठ्यक्रमअनुसार आधारभूत कानूनी प्रक्रियासम्बन्धी ज्ञान, सुरक्षा व्यवहारसम्बन्धी व्यवहारिक सीप, निर्वाचनमा म्यादी प्रहरीले पालना गर्नुपर्ने कर्तव्य तथा आचरणसम्बन्धी तालिम दिइने बताउनुभयो

  • जिल्लाकै पहिलो सहकारीले मनायो ५५ औं  साधरण सभा

    जिल्लाकै पहिलो सहकारीले मनायो ५५ औं साधरण सभा

    चुरामणि तिमिल्सिना
    असोज-२९
    और्व कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४ अर्गली पाल्पाको ५५ औ वार्षिक साधारण सभा कार्यक्रम राधाकृष्ण मन्दिरमा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भुपति पाण्डे प्रमुख अतिथि रहनु भएको थियो ।

    समारोहमा सहकारी पूर्व जिल्ला अध्यक्ष दुर्गा दत्त रेग्मी, वडाका जन प्रतिनिधि, पत्रकार, राजनैतिक दलका प्रतिनिधिहरु , बित्तिय संस्थाका पधाधिकारिहरु , महिला समुह , सुरक्षा निकाय , सामाजिक अभियानताहरुको विशिष्ट आथित्यता रहेको थियो।
    सहकारी सस्थाका उपाध्यक्ष चन्डि प्रसाद न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा सस्थाका अध्यक्ष भानु भक्तपाण्डेले संस्थाको अर्थिक प्रतिबेदन प्रस्तुत गर्दै हाल सम्म संस्थाले गरेका क्रियाकलापका बारेमा प्रकाश पार्नु भएको थियो।

    समारोहमा व्यवस्थापक बिष्णु प्रसाद पाण्डेले आर्थिक बर्ष २०७८/७९ को ६४ लाख बराबरको आयव्यय प्रस्तुत गर्नुका साथै १ बर्ष भित्रमा ६४ हजार नाफा गर्न सफल भएको प्रतिबेदनमा प्रस्तुत गर्नु भएको थियो।

    सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी अध्यक्ष पाण्डेले सहकारी संस्थाले गरेका कामको चर्चा गर्दै सहकारीले हरेक बिपन्न बर्गलाई मात्र नभइ सबै सेयर सदस्यहरुलाई प्रत्यक्ष फाइदा पुगेको अर्गलीका किसान बर्ग अन्य क्षेत्रका किसानहरुलाई निकै फाइदा पुगेको बताउनु भयो ।

    पाण्डेले अवको समयमा हरेक नागरिकहरु कुनै न कुनै सहकारी संस्थामा आबद्ध हुनु पर्ने गाउँटोल छिमेकमा सहकारी शिक्षाको चर्चा गर्न आवस्यकता रहेको बताउदै यस सहकारी जिल्लाकै पहिलो सहकारी भएकोले अन्य थप बिषयमा अगाडी बढ्न प्रेरणा प्रदान गर्नु भयो।

    यस्तै कार्यक्रममा विशिष्ट अतिथि दुर्गादत्त रेग्मीले १० रुपैयाँबाट सुरु गरेको सहकारीले अहिले सम्म सदस्यको झन्डै २००० सियर भएको बताउदै सहकारीले मल, बिउ, किटनाषक औसधि, चिनि नुन लगायत खाध्यन्न सामग्री सुपथ मुल्यमा बिक्रि गरिरहेको बताउदै आगमि दिन्मा सहकारी सस्थालाइ अगाडी बढाउन नयाँ योजनका साथ लागि पर्ने बताउनु भयो ।

    कार्यक्रममा आजै नयाँ कार्य समिति समेत गठन भएको छ । जस्को अध्यक्षतामा भानुभक्त पाण्डे , उपाध्यक्ष बिष्णु न्यौपाने सचिवमा पशुपति न्यौपाने कोशाध्यक्ष गिता भट्टराई रहनु भएको छ । यस्तै सदस्यमा कर्ण बहादुर राना , दुर्गा दत्त रेग्मी , बेनिराम गैरे यस्तै लेखा समितिमा , कृष्ण प्रसाद पाण्डे बिष्णु गैरे र केसव भट्टराई रहनु भएको छ । यस्तै कार्यक्रम्मा निर्वाचक मणडलका डा. नेत्र न्यौपाने थानेस्वर गैरे र लक्षमण रेग्मीले निर्वाचित समितिलाई बधाई तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो। अधिबेशनले ब्यबस्थापकमा बिष्णु प्रसाद पाण्डेलाई नै चयन गरेको छ ।
    संस्थास्थाका पधाधि कारिहरु को अवधि ४ रहेको छ ।कार्यक्रमको सन्चालन बिष्णु प्रसाद पराजुलीले गर्नु भएको थियो।

  • स्वरोजगारलाई पहिलो प्राथमिकतामा राख्छु :नेता पाण्डेय

    स्वरोजगारलाई पहिलो प्राथमिकतामा राख्छु :नेता पाण्डेय

    अमर पन्थ , बुटवल
    नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नंं. १ प्रदेश ख बाट फर्सुराम पाण्डेले उम्मेदवारी दर्ता गरेसंगै गुल्मेली जनतामा उत्साह देखिएको छ आज छत्रकोटको स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भने मेरो पहिलो प्राथमिकता स्वरोजगार बनाउनु हो म विगत २५ बर्षदेखि उद्यमशीलता विकास र स्वरोजगार बन्ने प्रेरणा दिने अभियानमा लागेको छु स्थानीय श्रोत साधनलाई प्रयोग गरी सयौं उद्योग स्थापना र संचालन गरेको अनुभव समेत छ ।अबको राजनिती बिकास र आर्थिक समृद्धि संग जोडिएको हुनाले युवा बर्गको भावना समेटेर अगाडि बढ्नुपर्ने बताए ।

    पाण्डेलाई प्रदेशमा उठाउने एमालेको निर्णयले समग्र गुल्मेली जनताले अव गुल्मीको विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छन् । पाण्डेको उम्मेदवारीले गुल्मी जिल्लामा नेकपा एमालेले विजय हासिल गर्ने कुरामा ढुक्क भएको स्थानीय वासिन्दाको विश्वास छ।

    👉👉को हुन् फर्शुराम पाण्डेय ?

    वि.सं. २०४२ सालमा पार्टीको सांगठनिक सदस्यता प्राप्त गरी अनेरास्ववियुको दिल्ली नगर कमिटीको सचिवबाट आफ्नो राजनैतिक जीवन सुरू गरेका पाण्डे त्यसयता निरन्तर पार्टीको विभिन्न विभागमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गर्दै आएका छन् ।

    २०४८ सालको आम निर्वाचनमा पार्टीको जनसांस्कृतिक अभियानको नेतृत्व गर्दै लुम्विनी र गण्डकी क्षेत्रमा प्रचार प्रसारको काम गरेका पाण्डेले २०५४ सालमा नेपालगञ्ज महाधिवेशनमा पार्टी विभाजनको प्रतिकार गर्दा माले समूहबाट अपहरण र कुटपिट समेत सहेको स्मरण गर्छन् ।

    गुल्मी–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षको भूमिका कुशलतापूर्वक सम्पन्न गरेका पाण्डे अहिले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, केन्द्रीय सम्पर्क समन्वय कमिटीको सदस्य, लुम्विनी प्रदेश कमिटी सदस्य र पार्टीको उद्योग व्यवसायीवीचको संगठन नेपाल राष्ट्रिय बाणिज्य संघको केन्द्रीय महासचिव छन् ।लायन्स क्लव गुल्मीको अध्यक्ष भैसकेका पाण्डे गुल्मीलाई सेवा क्षेत्र मानेर हजारौं मानिसको आँखाको शल्यक्रिया र उपचार गराएर गुल्मेली जनताको माया र आशिर्वाद पाएका छन् ।
    उनको सरल स्वभाव ,बोलीमा मिठास ,स्वच्छ छवि राजनीतिप्रतिको योगदान र एमालेको बोलियो संगठन लगायत कारणले एमालेको जित निश्चित भएको नेकपा एमाले छत्रकोट गाउँ कमिटी सचिव यज्ञ बहादुर पाण्डेले बताए ।

  • रुरुक्षेत्र गाउँपालिकाले प्रत्येक व्यक्तिको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने

    रुरुक्षेत्र गाउँपालिकाले प्रत्येक व्यक्तिको घरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने

    गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले प्रत्येक व्यक्तिको घरमा पुगेर हरेक व्यक्तिकाे स्वास्थ्य परिक्षण गर्ने भएको छ । शुक्रबार गाउँपालिका स्वास्थ्य शाखा रुरुक्षेत्र गाउँपालिकाद्वारा संचालन गरिने “घर-घरमा स्वास्थ्य सेवा कार्यक्रम ” को स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे छ ।

     कार्तिक महिनादेखि स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका तथा जनप्रतिनिधिहरु रुरुक्षेत्र गाउँपालिकाका सबै घरधुरीमा गई स्वास्थ्य सम्बन्धी तथ्यांकहरु पालिकाद्वारा बनाइएको एप्लिकेसनमा संकलन गर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख छत्र अधिकारीले बताए।
    त्यस्तै  मङ्सिर महिनादेखि स्वास्थ्यकर्मीहरुले प्रत्येक २/२ महिनामा गर्भवती, सुत्केरी, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई घर घरमै गई स्वास्थ्य परिक्षण ( प्रेसर जांच, सुगर जाच, पिसाब जाच आदि ) गरि आवश्यक औषधि तथा परामर्श दिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पाैड्यालले बताए ।

    उनले घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गर्नका लागि आवश्यक स्वास्थ्य उपकरण  लगायतका सामाग्रीहरु स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरण तालिममा बितरण  वितरण गरिएको  बताएका छन् ।

    त्यस्तै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले यस कार्यक्रमबाट गाउँपालिका भित्र कुन कुन प्रकारका राेग लागेका कति निराेगि कति भन्ने कुरा पत्ता लाग्ने भएकाले सबैले सहि डाटा उपलब्ध गराउँने उनले आग्रह गरेका छन् ।

  • पहिरो पिडितलाई नगदसहित लत्ताकपडा र खाद्यान्न सहयोग ।

    पहिरो पिडितलाई नगदसहित लत्ताकपडा र खाद्यान्न सहयोग ।

    कृष्ण कडेल , असोज २७ ,गुल्मी । गुल्मीदरवार गाउँपालिका वडा नं . ७ निवासी पहिरो पिडित मान बहादुर वि.क.लाई स्थानीय समाजसेवी कर्ण बहादुर रायमाझीले आफ्ना स्वर्गीय बाबू आमाको सम्झना गर्दै राहतस्वरुप चामल ,दाल, खानेतेल ,नुन तरकारी लगायतका खाद्यान्न सामाग्री घरमै पुगेर प्रदान गर्नुभएको छ । यस अघि बिकको परिवारलाई गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले नगद रु बीस हजार खाद्यान्न सामाग्री र लत्ताकपडा घरमै पुगेर प्रदान गर्नुभएको थियो । टोल विकास सस्था र वडा कार्यालयले पहिरो हटाउने कार्य गरिएको छ । विजया दशमी २०७९ अघिल्लाे दिनदेखि परेकाे अविरल वर्षाका कारण विपन्न दलित परिवारका मान बहादुर बिकको घरमाथी बाट पहिरो झरी गोठ पुरिदा एउटा भैंसी र एउटा बाख्रा मरेका थिए । पहिरोले घर समेत जोखिमा भएकोले बिकको परिवार विस्थापित भएकोले उनलाई सुरक्षीत स्थानमा सारिएको वडा अध्यक्ष शालिकराम टण्डनले बताउनुभयो ।

  • साेता क्षेत्रमा गन्तव्य युवा क्लब गठन,उपाध्यक्षमा महेश गैरे चयन

    साेता क्षेत्रमा गन्तव्य युवा क्लब गठन,उपाध्यक्षमा महेश गैरे चयन

    गोकर्ण पाण्डे,गुल्मी । तम्घासको रेसुङ्गा नगरपालिका वडा नम्बर-७,९ मा मंगलबार सयुक्त रुपमा गन्तव्य युवा क्लब गठन गरिएको छ ।

    रेसुङ्गा नगरपालिका–७,९ मा नयाँ संस्थाका रुपमा गठन गरिएको गन्तव्य युवा क्लबले वडामा हुने विकास निमार्ण तथा सामाजिक उत्तरदायित्वका पक्षमा पहल कदमी राख्ने लक्ष्य बोकेको छ ।

    उक्त वडाका युवाहरुको भेलाले अध्यक्षमा नवीन गैरे उपाध्यक्षमा महेश गैरे, सचिवमा धुर्ब आचार्य , सह-सचिवमा यशाेदा पन्थी, कोषाध्यक्षमा नवराज पाण्डे चयन गरेको छ । यस्तै, सदस्य हरुमा जीवन आचार्य , राम प्रसाद आचार्य , गोकर्ण पाण्डे,चिरञ्जीवी पाण्डे , बर्षा पाण्डे ,सरस्वती भण्डारी लाई चयन गरेको छ । जसमा ७ जनाको सल्लहाकार समिति पनि चयन गरिएको छ ।

    जसका सदस्यहरुमा माेहन प्रसाद पाण्डे , बिनाेद प्रसाद गैरे, रामचन्द्र आचार्य , गणेश प्रसाद गैरे,खेम राज आचार्य र दिपक पाण्डे रहेका छन् ।

    नव गठित युवा क्लबले आफ्ना हक अधिकारका लागि आबाज उठाउने र गाउँ समाजमा बिभिन्न समयमा सामाजिक कार्यहरु गर्दै जाने खेलकुद क्षेत्रमा रुचि भएका लाई विभिन्न खेलकुदका कार्यक्रम राख्ने गाँउ घरमा सिर्जित हुने विभिन्न किसिमका घटनाहरुमा समाधान मूलक तवरले शान्ति र अमनचयनको वातावरण निमार्ण गर्ने उदेश्यका साथ संस्थागत जाल विछ्याउने नव नियुक्त उपाध्यक्ष महेश गैरेले बताए ।

  • पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द

    पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द

    पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । बिहान पहिरो खसेपछि सडक बन्द भएको हो ।

    पाल्पाको रिब्दीकोट गाउँपालिका–२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जोर्ते बजार नजिकैको सडक चौडा गरेको ठाउँमा पहिरो खसेको हो ।

    सडक बन्द हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँचीबाट बुटबल तथा काठमाण्डौ आउने/जाने गाडी र यात्रु बाटोमै रोकिएका छन् । सकेसम्म छिट्टै सडक खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

  • धुर्कोटमा खोलाले बगाएर एक जनाको मृत्यु

    धुर्कोटमा खोलाले बगाएर एक जनाको मृत्यु

    दशैको टीका लगाउन माइत जाने क्रममा एक महिलाको खोलाले बगाएर मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ५ वस्तुकि ४१ वर्षीया लक्ष्मी कुवरको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।
    आज साझ ६ बजे तिर आफ्नो घर वस्तु बाट माइतीघर धुर्कोट गाउँपालिकाको पिपलधारा जाने क्रममा औरती खोलाले बगाएर उनको मृत्यु भएको हो । करिब एक किलोमीटर तल कुवरको शव भेटिएको प्रहरीले जनाएको छ ।
    शवलाई पोस्ट मार्टमको लागि सदरमुकाम तम्घास ल्याउने प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

  • चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग

    चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग

    रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
    हिन्दुहरुको महान् चाड बडादशैंको आगमनको चहलपल बढिरहेको छ । कतिपयहरुलाई यो पर्व दशैँ भएको छ, भने कतिपयलाई दशा बनेको छ । हुनेखानेलाई बडादशैँ सामान्य लाग्न सक्छ । तर हुँदा खानेहरुको परिवारलाई लागि दशैँ दशा बनेको छ । त्यसको उदारण हुन् रुरुक्षेत्र गाउँपालिका बलेटक्सारका ४ जना स्थानीय । “दशै आइसक्यो तर उनहरुको घरमा दशैँमा खानको लागि चामल, तेल छैन्” । तर उनीहरुको दशैँ पर्व मनाउनको लागि जिल्लाको रुरुक्षेत्र गाउँपालिका ४ स्थित रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलले खाद्यान्न एक कार्यक्रमका बिच सहयोग गरेको हो ।
    सामाजिक भावनाले सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले स्कुलमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले आफ्नो जन्मदिनको अवसरमा अतिरिक्त खर्च कटौती गरी, खडा गरेको birthday Fund बाट स्कुलको सेरोफेरोमा रहेका ४ जना विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलका प्रिन्सीपल योजन खत्रीले जानकारी दिए ।
    विपन्न परिवारहरुलाई चामल २ बोरा प्रति परिवार, दाल ५ किलोग्राम, चिनी २ किलोग्राम, नुन ४ किलोग्राम, चियापत्ति १ प्याकेट, चाउचाउ १ प्याकेट, खानेतेल २ लिटर सहयोग गरिएको प्रिन्सीपल खत्रीले बताए ।

    रेन्वो ईङ्गलिस सेकेन्डरी वोङिग स्कुलको birthday Fund बाट चार विपन्न परिवारहरुलाई आर्थिक तथा खाद्यान्न सहयोग समय समयमा गर्दै आएको छ । त्यहाँका स्थानीयहरुले पनि स्कुलको प्रशंसा गरिरहेका छन् ।

  • रुरु क्षेत्र -१ रिडीमा तीन दिने बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न

    रुरु क्षेत्र -१ रिडीमा तीन दिने बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न

    रुरु क्षेत्र -१ रिडीमा तीन दिने बृहत निशुल्क स्वास्थ शिविर सम्पन्न  भएको छ
    रुरु क्षेत्र गाउँपालिकाको मुख्य आयोजना तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल , नेपाल नेत्र ज्वती संघ , लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा, नेपाल औषधी व्यवसायी संघको सहकार्यमा शिविरको आयोजना गरिएको रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनु भयो । समापन सत्रमा अध्यक्ष ज्ञवालीले उक्त शिविर बाट विभिन्न रोगका २०३१जना बिरामीहरुले सेवा लिएका तथा जटिल प्रकारका बिरामीहरुलाइ प्रत्यक्ष फाइदा पुगेको बताउदै शिविर अवधी भर विभिन्न क्षेत्र बाट सहयोग पुर्याउने महानुभाव विभिन्न संघ संस्था सुरक्षा निकाय सहकर्मी साथिहरु स्वास्थ संस्थाहरु सहयोगी निकाय लाई धन्यवाद प्रकट गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रम संचालन गर्दा सहयोग गर्न आग्रह गर्नु भयो।
    उहाले सबैको साथ सहयोग पाएमा गाउँपालिकाले आगामी दिनहरुमा पनि महिला शिविर आयोजना गरी सेवा प्रदान गर्ने बताउनु भयो। शिविरमा ८६१ जना ले आँखा जाच गर्नु का साथै ४५० जनालाई चस्मा बितरण गरिएको थियो। यस्तै २५७ जनाले पेटको प्ररीक्षण ,३७९ को मुटुको जाच २९५ जनाले इ सिजिको सेवा , २०५ जनाले इको सेवा १९६ जना स्त्री प्रसुति सेवा लिएको गाउँपालिका प्रवक्ता तथा वडा न ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले जानकारी दिनुभयो।

    यस्तै समापन कार्यक्रममा विशिष्ट अतिथी नेपाल सरकारका पुर्व मुख्य सचिव लिलामणी पौड्यालले स्वास्थ्य जस्तो महत्त्वपूर्ण विषयलाई गाउँपालिकाले पहिलो एजेन्डा नै बनायर शिविर सञ्चालन गरेको र हरेक दुखी बिपन्न गरिब असाय बर्गले सहजताका साथ सेवा लिएको देख्दा खुसी व्यक्त गर्दै आगामी सेवा सन्चालन गर्दा थप कार्यक्रमका साथ अगाडी बढाउन सकिने बताउनु भयो।
    नेत्र ज्योती संघ केन्द्रिय सचिव भरत बहादुर चन्द्र , गुल्मी जिल्लाका सभापति शेर बहादुर थापा, रोग निवारण प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष अखिलेस्वर पाण्डे लगाएतको विशिष्ट आतिथ्यता रहेको थियो। वडा न १ का वडा अध्यक्ष नवराज बिकको स्वागत मनतब्य राख्दै शिविरले पाल्पा गुल्मी स्याङ्जा अर्घाखाँचीका जनताले सेवा लिएको बताउनु भयो ।समापन सत्रमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्याल , स्वास्थ शाखा प्रमुख छत्रबहादुर अधिकारी , जन प्रतिनिधिहरु संघ सस्थाका प्रमुख सुरक्षा निकाय पत्रकार स्वास्थ कर्मी महिला समूह लगायतको आथित्यता रहेको थियो। शिबिरमा योग्दान पुर्याउने विभिन्न महानुभाव तथा संघ सस्थालाइ सम्मान गरिएको थियो कार्यक्रमको सन्चालन दामोदर ज्ञवालीले गर्नु भएको थियो।