आलु महोत्सवका केही तस्बिरहरू

Author: रुरु संचार मिडिया प्रा.लि
-

महाशिवरात्रिको अवसरमा दिब्रुङ्गस्थित लोकेश्वर महादेव मन्दिरमा प्रथम भजन महोत्सव आयोजना हुने
चुरामणि तिमिल्सिना रिडी माघ १७
नेपालकै पवित्र पावनभूमि लोकेश्वर महादेव मन्दिर तथा परमानन्द संन्यास आश्रम, धर्मद्वारी दिब्रुङ्ग, गुल्मीमा प्रथम भजन महोत्सव आयोजना हुने भएको छ।

हिन्दुहरूको महान पर्व महाशिवरात्रिको पावन अवसरमा यही फाल्गुण ३ गते महोत्सव सञ्चालन हुन लागेको हो।
महोत्सवअन्तर्गत लघुरुद्राभिषेक, रथयात्रा, सायंकालीन तथा रात्रीकालीन शृङ्गारिक शिव महाआरतीसहित बृहत् भजन महोत्सव आयोजना गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो।
चन्द्रकोट गाउँपालिकाको तथा वडा नम्बर १ को आर्थिक सहयोग, साथै वडा नम्बर २ को प्राविधिक तथा विशेष सहयोगमा महोत्सव सञ्चालन हुन लागेको अध्यक्ष सापकोटाले बताउनुभयो।
उहाँका अनुसार पछिल्ला वर्षहरूमा लोप हुँदै गएका लोक भजनहरूको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
“सनातन हिन्दू धर्म, संस्कार र संस्कृतिका अभिन्न अङ्गका रूपमा रहेका लोक भजनहरूको संरक्षणका लागि हामी निरन्तर जुट्न आवश्यक छ,” अध्यक्ष सापकोटाले भन्नुभयो।
भजन प्रतियोगितामा
प्रथम हुने समूहले रु ४५,००० नगद तथा प्रमाणपत्र,
द्वितीय हुनेले रु ३५,००० तथा प्रमाणपत्र,
तृतीय हुनेले रु २५,००० तथा प्रमाणपत्र,
सान्त्वना पुरस्कार रु १०,००० तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
साथै कुनै स्थान हासिल गर्न नसकेका समूहहरूलाई दूरीका आधारमा न्यूनतम रु २,००० देखि अधिकतम रु ७,००० सम्म यातायात खर्चको व्यवस्था गरिएको छ।
महोत्सवको प्रचार–प्रसार मर्यादित र प्रभावकारी बनाउन पत्राचार तथा विभिन्न स्थानमा पुगेर तयारी कार्य अघि बढाइएको प्रचारप्रसार संयोजक श्रीराम गौतमले जानकारी दिनुभयो।
उहाँका अनुसार महोत्सवमा सहभागी भक्तजनहरूका लागि भण्डाराको व्यवस्था समेत गरिएको छ।
महोत्सवमा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ, पर्वत तथा रुपन्देही आसपासका जिल्लाबाट भक्तजन तथा भजन समूहहरू सहभागी हुन सक्ने आयोजकले बताएको छ ।
-

पाण्डवखानी माध्यमिक विद्यालयमा शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न
सुरेश घरब्जा माघ १६
बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीस्थित पाण्डवखानी माध्यमिक विद्यालयद्वारा शिक्षक सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरिएको छ। विद्यालयबाट हालै शिक्षक सेवाबाट अवकास लिनुभएका नन्द बहादुर पुन बुढा र गिरीप्रसाद थापा घर्तीको सम्मान तथा सार्वजनिक अभिनन्दन गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य एवं पाण्डवखानी माध्यमिक विद्यालयका संरक्षक निरज पुन प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको अवसरमा रमुवा देखि विद्यालयसम्म बाजागाजासहितको सम्मान यात्रा निकालिएको थियो। नन्द बहादुर पुन बुढा र गिरीप्रसाद थापा घर्तीलाई विद्यालय प्राङ्गणमा सम्मानपूर्वक अभिनन्दन गरिएको हो।
सम्मान कार्यक्रममा विभिन्न संघ–संस्था, वडा कार्यालयका प्रतिनिधि, भूपू विद्यार्थी, आमा समूह, टोल सुधार समिति, नेपाल प्रहरी तथा शिक्षक–कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नन्द बहादुर पुन बुढाले विज्ञान तथा गणित विषय अध्यापन गर्दै आउनुभएको थियो भने गिरीप्रसाद थापा घर्ती सूचना अधिकारी तथा अंग्रेजी विषयका शिक्षकका रूपमा कार्यरत रहनुभएको थियो। कार्यक्रमको सञ्चालन नवीन भावुकले गर्नुभएको थियो भने काशीराम विकले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथि निरज पुनले शिक्षकहरूले विद्यालय तथा समाजको शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै अवकासपछिको जीवन सफल र स्वस्थ रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। सम्मानित शिक्षकद्वय नन्द बहादुर पुन बुढा र गिरीप्रसाद थापा घर्तीले आफ्नो कार्यकालका अनुभव सुनाउँदै विद्यालय, सहकर्मी तथा विद्यार्थीप्रति आभार व्यक्त गर्नुभएको थियो। -

हर्मिचौर माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
माघ १६प्रतिमा भट्टराई रिडी
हर्मिचौर माध्यमिक विद्यालय, कालीगण्डकी गाउँपालिका वडा नं. १ हर्मिचौरले आफ्नो स्थापना कालको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह तीनदिने कार्यक्रम गरी सम्पन्न गरेको छ।
समारोहमा प्राध्यापक तिलाचन पाण्डेले विद्यालयको आर्थिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कालीगण्डकी गाउँपालिका, गुल्मीका अध्यक्ष बेदबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विद्यालयको सर्वाङ्गीण विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच घनिष्ठ सम्बन्ध आवश्यक रहेको बताउनुभयो। उहाँले अभिभावकले हरेक दिन विद्यालयप्रति चासो राख्नुपर्ने उल्लेख गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले हरेक प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। यस्तै वडा नं. १ का वडाध्यक्ष लालु प्रसाद पाण्डे तथा कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
समारोहमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षाप्रेमी महानुभाव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यालयका शिक्षक दुर्गा गिरिले स्वागत मन्तव्य राख्नुभएको थियो भने शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले विद्यालयको प्रगति र शैक्षिक अवस्थाको समीक्षा गर्नुभएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न रचनात्मक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। समारोहको अवसरमा उत्कृष्ट नतिजा हासिल गराउने शिक्षकलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूलाई विभिन्न स्मृतिका पुरस्कार तथा शैक्षिक सामग्री वितरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन शिक्षक गणेशराज उपाध्याय, विष्णु प्रसाद पाण्डे र प्रेमकला पराजुलीले संयुक्त रूपमा गर्नुभएको थियो।

-

कालीगण्डकीमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न
कालीगण्डकीमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न
माघ -९
स्याङ्जाको कालीगण्डकीमा अवस्थित जनहित मा.वि.को ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अन्तर मा.वि. स्तरीय बक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ।जनहित मा.वि. भू.पू. विद्यार्थी मंच स्याङ्जाको संयोजनमा आयोजना भएको उक्त कार्यक्रममा पालिका भरिका ८ वटा विद्यालयहरुले सहभागिता जनाएका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।

प्रतियोगितामा मिर्मी आधारभूत विद्यालयकी संस्कृती पाण्डे प्रथम , आदर्श मा.वि.का किरण पाण्डे द्वितीय , जनहित मा. वि. कि पूर्णिमा श्रेष्ठ तृतीय र भगवती नमूना मा.वि. कि रितिका पाण्डेले सान्त्वना स्थान हासिल गरेको समेत कार्यक्रम संयोजक सोमैले जानकारी दिनु भयो।
“लागू पदर्थको सेवन , दुर्व्यसन र यसको सम्मुन्नत समाजमा असर तथा रोकथाम” शिषर्कमा प्रतियोगीहरुले निकै आकर्षक भनाईहरु व्यक्त गरेका विद्यालयका प्रधानाध्यापक केसर वहादुर क्षेत्रीले जानकारी दिनु भयो।

विद्यालयका प्रधानाध्यापक क्षेत्रीले कार्यक्रम भब्य र सब्य रुपमा सफल पार्ने महत्त्वपूर्ण भूमिका खेल्नु हुने भू.पू. विद्यार्थी मंच जनहित मा.वि. उपस्थित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि , प्रमुख अतिथि , बिशिस्ट अतिथी , जनप्रतिनिधि ,पत्रकार , उपस्थित सम्पूर्ण महानुभाव तथा शिक्षक कर्मचारीलाई हार्दिक आभार व्यक्त गर्नु भयो। कार्यक्रममा कार्यवाहक गाउँपालिका अध्यक्ष सावित्रा कोइरालाले मन्तव्य राख्ने क्रममा यस्ता खालका शैक्षिक प्रतियोगिताले समाजमा सकारात्मक संदेश जाने बताउनु भयो।

अध्यक्ष कोइरालाले पालिकामा आफुले पोषण मैत्री कार्यक्रम र बालमैत्रीकार्यक्रमलाई प्रोत्साहन गरेको समेत बताउनुभयो कार्यक्रममा सभापतिको रुपमा विद्यालय व्यवस्थापन समितका अध्यक्ष वेग प्रसाद श्रेष्ठ रहनु भएको थियो भने प्रमुख अतिथिमा कालीगण्डकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष सावित्रा कोइरला , वडा नम्बर १ का वडा अध्यक्ष एवम् कालीगण्डकी गाउँपालिकाका प्रवक्ता कृष्ण वहादुर लामिछाने , समाजसेवी बम लामिछाने , भगवती नमूना मा.वि. का प्रधानाध्यापक राम प्रसाद पाण्डे , पूर्व शिक्षक यदुनाथ पाण्डे खुसी पाठ्यक्रमका संयोजक डिबि राना लगायत महत्त्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक यज्ञ प्रसाद न्यौपाने र पशुपति पाण्डेले गर्नु भएको थियो।
-

गुल्मी रातामाटाको त्रिभुवन माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न
केशव गौतम, गुल्मी माघ ९ – गुल्मीको रेसुङ्गा नगरपालिका १४ रातामाटामा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयमा शुक्रबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ ।
प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने श्रीपञ्चमी पर्वको अवसरमा आयोजित कार्यक्रममा ६ जना नव आगन्तुक बालबालिकाहरुले अक्षर लेखनको औपचारिक आरम्भ गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ
।बालबालिकाहरुको लागि शैक्षिक सत्र बैशाखबाट सुरु हुने भएतापनि सरस्वती पूजाको दिनदेखि अक्षर लेखन सुरु गराउदा विद्याकी देवी सरस्वतीको कृपाले नविन कामको थालनी गर्ने जो कोहीलाइ पनि सिकाइ सहज हुने र बढि लाभ मिल्ने प्रधानाध्यापक तिलकराम गौतमले बताउनुभयो ।
सरस्वती पूजाको अवसरमा विद्यालयमा अभिभावक र विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा पूजा कार्यक्रम आयोजना सम्पन्न भएको छ। सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमका क्रममा विद्यालयका साना बालबालिकाले सरस्वतीको आराधना,गायन र नृत्य प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको गतिविधिहरूले कार्यक्रममा थप आकर्षण र यसले शिक्षा र संस्कृतिको महत्त्वलाई विद्यालयमा गम्भीरतासाथ मनाउने सन्देश दिएको विद्यालयका प्रधानाध्यापक तिलकराम गौतमले बताउनुभयो।

यो वर्ष गत वर्षको तुलनामा कार्यक्रम अझ भव्यरुपमा आयोजना गरिएको र आगामी वर्षमा यसभन्दा उत्कृष्ट कार्यक्रमको योजना रहेको छ। यस कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण र समुदायसँगको समन्वयलाई अझ सुदृढ बनाएको छ।
साथै, त्रिभुवन माध्यमिक विद्यालयले निःशुल्क भर्नाको अवसर प्रदान गर्दै ६ जना भन्दा बढी नयाँ विद्यार्थी भर्ना गरेको विद्यालय जनाएको छ । भविष्यमा नयाँ पिढीलाई शिक्षा र संस्कृतिमा अगाडि बढ्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको विद्यालयका सहायक प्रधानध्यापक दुर्गा प्रसाद गौतमले जानकारी दिनुभयो।

त्रिभुवन माध्यमिक विद्यालयका शिक्षकले विद्यालयमा अवस्थित सरस्वती पूजाको लागि मण्डप तयार पारी पण्डित रुद्रप्रसाद आचार्यले पूजा विधि आरम्भ गरी अध्ययनरत सम्पुर्ण विद्यार्थी र शिक्षक मार्फत पूजा आराधना गरी नव आगन्तुक बालबालिकाहरुलाइ अक्षर लेखनको सुरुवात गराइ टिका लगाएर शैक्षिक सामग्री, प्रसाद वितरण गरी भजन किर्तनसमेत गरिएको विद्यालयका सह प्रधानध्यापक गौतमले जानकारी दिनुभयो।
पहिलोपटक विद्यालय आएका नव आगन्तुक बालबालिकाहरु पेन्सिल, कापी, प्रसाद र अन्य फलफुल सङ्गै समुहमा भजनकिर्तनमा नाचगान गरेको देख्दा प्रफुल्ल देखिएका थिए ।
श्री त्रिभुवन माध्यमिक विद्यालयमा हाल कक्षा बालविकासदेखि कक्षा १० सम्म अध्ययन अध्यापन हुने गरेको छ । विद्यालयमा अहिले १ सय ६९ भन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन ।
सरस्वती पूजाको दिन श्री त्रिभुवन माध्यमिक विद्यालय सङ्गसङ्गै रेसुङ्गा नगरपालिका लगायत देशैभर सोही अवसरमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएका छन ।

-

सत्यवतीमा चौथो राष्ट्रपति रनिङ सिल्ड सम्पन्न, धर्मपुर मावि लगातार तेस्रोपटक च्याम्पियन
चुरामणि तिमिल्सिना रिडी माघ ९ गते
सत्यवती गाउँपालिका, गुल्मीमा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगिता बिहीबार गाउँपालिकाको खेलमैदानमा समापन भएको हो।

प्रतियोगितामा १२ माध्यमिक विद्यालय र २ आधारभूत विद्यालय गरी जम्मा १४ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धर्मपुर माध्यमिक विद्यालय, ठुलोलुम्पेकले ११ स्वर्ण र ४ रजत पदक र १ कास्य पदक सहित रनिङ सिल्ड हात पार्दै प्रथम स्थान हासिल गरेको छ।

यस्तै, सरस्वती माध्यमिक विद्यालय, जोहाङले ५ स्वर्ण, ७रजत र ६ कास्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको छ भने सरस्वती माध्यमिक विद्यालय, लिम्घाले ५ स्वर्ण, ४ रजत र ६ कास्य पदकसहित तृतीय स्थानमा चित्त बुझाएको छ।

समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय चिन्तामणि पाण्डेले खेलकुद विद्यार्थीका लागि अत्यन्तै आवश्यक भएको उल्लेख गर्दै विद्यालय, पालिका, जिल्ला, प्रदेश तथा सङ्घीय सरकारबाट यसमा कुनै पनि किसिमको आर्थिक अभाव हुन नदिन आग्रह गर्नुभयो। उहाँले खेलकुद व्यावसायिक रूपमा समेत सञ्चालन हुने क्षेत्र भएकाले विद्यार्थीहरूले अझ बढी अनुशासनका साथ मेहनत गर्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रम गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष निरमाया तरामू, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, जिल्ला समन्वय समितिका पदाधिकारीहरू, वडाध्यक्ष, वडा सदस्यहरू, शिक्षा प्रेमी तथा विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो।
समापन सत्रमा गाउँपालिका अध्यक्ष पाण्डेले विगतका वर्षको तुलनामा यस वर्ष अन्य विद्यालयहरूले पनि उल्लेखनीय पदक हासिल गरेको उल्लेख गर्दै पारदर्शी, विवादरहित र अनुशासित रूपमा प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्ने खेलशिक्षक, प्रशिक्षक, खेलाडी, विद्यार्थी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो। आगामी वर्ष हुने प्रतियोगितामा नयाँ र आकर्षक खेल गतिविधिहरू थप गरिने पनि उहाँले जानकारी दिनुभयो।

लगातार तीन वर्षसम्म रनिङ सिल्ड आफ्नो हातमा पार्न सफल धर्मपुर माध्यमिक विद्यालयको यस उपलब्धिप्रति विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा खुशी छाएको छ।
समारोहमा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विजेता विद्यालयका प्रतिनिधिहरूले प्रतियोगिता अनुशासनपूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए। प्रतियोगिता अवधिभर सहयोग पुर्याउने महानुभावहरूलाई गाउँपालिकाले सम्मान समेत गरेको थियो।
कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख लोकराज गिरी र रोजगार शाखा प्रमुख सुभाष आचार्यले गर्नुभएको थियो।

-

कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै
स्याङ्जा माघ ८
स्याङ्जा कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।
पछिल्लो समयमा लागू पदार्थ सेवन कर्ताहरुको सङ्ख्या बढ्दै गएको, देशका भबिस्यका कर्णधारहरुको भबिस्य अन्धकार र अन्योलमा परिरहेको परिप्रेक्ष्यमा समाजलाई सचेतना दिनकै लागि भएपनी यो कार्यक्रमको आयोजना गरिएको संयोजक सोमैले बताउनुभयो । खेलकुद र शैक्षिक प्रतियोगिताहरुलाई पनि संग-संगै लैजाने तयारी रहेको समेत सोमैले जानकारी दिनु भयो। श्री जनहित माविमा जुनसुकै तहमा अध्ययन गर्नु भएका भू.पू. विद्यार्थीहरुको विद्यालय प्रती समान अधिकार , दायित्व र कर्तव्य रहेको भन्दै सम्पूर्ण भू.पू. विद्यार्थीहरुलाई मंचमा आवद्ध हुन समेत सोमैले अनुरोध गर्नु भयो। कार्यक्रम संचालनका लागि आर्थिक , भौतिक र नैतिक रुपले सहयोग गर्नु हुने सवै प्रती आभार समेत सोमैले व्यक्त गर्नु भयो।
विगत केही वर्ष देखि भू.पू. विद्यार्थी मंचले श्री जनहित मा.वि. मा शैक्षिक प्रतियोगिता आयोजना गर्दै आएको र ६७ औं वार्षिकोत्सवमा मंचले बक्तृत्वकलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक श्री केसर वहादुर क्षेत्रीले जानकारी दिनु भयो। पालिका भित्रका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउने समेत प्रधानाध्यापक क्षेत्रीले जानकारी दिनु भयो। भू.पू. विद्यार्थीहरुको तर्फबाट माघ ९ गते गरिने कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाउन सवैलाई हार्दिक अनुरोध समेत विद्यालयक प्रधानाध्यापक क्षेत्रीले गर्नु भएको छ।
-

कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै
स्याङ्जा माघ ८ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।
पछिल्लो समयमा लागू पदार्थ सेवन कर्ताहरुको सङ्ख्या बढ्दै गएको, देशका भबिस्यका कर्णधारहरुको भबिस्य अन्धकार र अन्योलमा परिरहेको परिप्रेक्ष्यमा समाजलाई सचेतना दिनकै लागि भएपनी यो कार्यक्रमको आयोजना गरिएको संयोजक सोमैले बताउनुभयो । खेलकुद र शैक्षिक प्रतियोगिताहरुलाई पनि संग-संगै लैजाने तयारी रहेको समेत सोमैले जानकारी दिनु भयो। श्री जनहित माविमा जुनसुकै तहमा अध्ययन गर्नु भएका भू.पू. विद्यार्थीहरुको विद्यालय प्रती समान अधिकार , दायित्व र कर्तव्य रहेको भन्दै सम्पूर्ण भू.पू. विद्यार्थीहरुलाई मंचमा आवद्ध हुन समेत सोमैले अनुरोध गर्नु भयो। कार्यक्रम संचालनका लागि आर्थिक , भौतिक र नैतिक रुपले सहयोग गर्नु हुने सवै प्रती आभार समेत सोमैले व्यक्त गर्नु भयो।
विगत केही वर्ष देखि भू.पू. विद्यार्थी मंचले श्री जनहित मा.वि. मा शैक्षिक प्रतियोगिता आयोजना गर्दै आएको र ६७ औं वार्षिकोत्सवमा मंचले बक्तृत्वकलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक श्री केसर वहादुर क्षेत्रीले जानकारी दिनु भयो। पालिका भित्रका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउने समेत प्रधानाध्यापक क्षेत्रीले जानकारी दिनु भयो। भू.पू. विद्यार्थीहरुको तर्फबाट माघ ९ गते गरिने कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाउन सवैलाई हार्दिक अनुरोध समेत विद्यालयक प्रधानाध्यापक क्षेत्रीले गर्नु भएको छ।
-

कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै
चुरामणि तिमिल्सिना रिडी माघ ८
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।
पछिल्लो समयमा लागू पदार्थ सेवन कर्ताहरुको सङ्ख्या बढ्दै गएको, देशका भबिस्यका कर्णधारहरुको भबिस्य अन्धकार र अन्योलमा परिरहेको परिप्रेक्ष्यमा समाजलाई सचेतना दिनकै लागि भएपनी यो कार्यक्रमको आयोजना गरिएको संयोजक सोमैले बताउनुभयो । खेलकुद र शैक्षिक प्रतियोगिताहरुलाई पनि संग-संगै लैजाने तयारी रहेको समेत सोमैले जानकारी दिनु भयो। श्री जनहित माविमा जुनसुकै तहमा अध्ययन गर्नु भएका भू.पू. विद्यार्थीहरुको विद्यालय प्रती समान अधिकार , दायित्व र कर्तव्य रहेको भन्दै सम्पूर्ण भू.पू. विद्यार्थीहरुलाई मंचमा आवद्ध हुन समेत सोमैले अनुरोध गर्नु भयो। कार्यक्रम संचालनका लागि आर्थिक , भौतिक र नैतिक रुपले सहयोग गर्नु हुने सवै प्रती आभार समेत सोमैले व्यक्त गर्नु भयो।
विगत केही वर्ष देखि भू.पू. विद्यार्थी मंचले श्री जनहित मा.वि. मा शैक्षिक प्रतियोगिता आयोजना गर्दै आएको र ६७ औं वार्षिकोत्सवमा मंचले बक्तृत्वकलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक श्री केसर वहादुर क्षेत्रीले जानकारी दिनु भयो। पालिका भित्रका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउने समेत प्रधानाध्यापक क्षेत्रीले जानकारी दिनु भयो। भू.पू. विद्यार्थीहरुको तर्फबाट माघ ९ गते गरिने कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाउन सवैलाई हार्दिक अनुरोध समेत विद्यालयक प्रधानाध्यापक क्षेत्रीले गर्नु भएको छ।
