Author: रुरु संचार मिडिया प्रा.लि

  • गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा  एक किशोरीको  शव फेला

    गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा एक किशोरीको शव फेला

    आज बिहान छ बजे गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।
    जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी आउन साथ अहिले त्यसतर्फ जादै गरेको बताए ।

    स्थानीयले चन्द्रकोट गाउँपालिका ४ घर भई शान्तिपुर बजारको श्रीलंकाटोल बस्ने १५ की किशोरी उदय मावि अगाडिको झोलोङ्गे पुल तल नग्न अवस्थामा मृत फेला परेको शान्तिपुरका युवा समाजसेवि कमल खत्रीले जानकारी दिए ।
    मृत अवस्थामा भेटिएकी ति किशोरी स्थानीय कक्षा ९ मा अध्ययन गर्ने मनिषा रुचाल भएको स्थानीयलेले दाबी गरेका छन् ।
    शवको बारेमा प्रहरीले भने अनुसन्धान जारी रहेको भन्दै नाम खुलाएको छैन ।

    मृतक कि आम धनमाया का अनुसार बिहान ११ बजे खेतमा धान झाट्दै दाइ लगाउदै थियौ। काम गर्ने खेताला ले सुर्ती लिन आग्रह गरे पछि उनि श्रीलंकाटोलको पसल तर्फ लागेकी थियिन। तत् पश्चात उनि सम्पर्क बिहिन भएको पारिवारिक स्रोत ले जानकारी दिएको छ। हाल उनि शान्तिपुर को पुल मुनि नग्न अवस्थामा मृत फेला परेकी हुन्

  • गुल्मीको रुरुक्षेत्रमा ऐतिहासिक लाखे महोत्सव हुने

    गुल्मीको रुरुक्षेत्रमा ऐतिहासिक लाखे महोत्सव हुने

    ईश्वरी बस्याल, कात्तिक १६ / गुल्मीको रुरुक्षेत्रमा ऐतिहासिक लाखे महोत्सव तथा प्रतियोगिता हुने भएको छ । नेवा: देय दवु:गुल्मीको आयोजनामा आगामी मंसिर ९ गते प्रदेशस्तरीय लाखे महोत्सव हुन लागेको हो । महोत्सवसँगै लाखे नाच प्रतियोगिता पनि संचालन हुने आयोजकले बताएका छन् ।

    महोत्सवमा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट नेवार संस्कृति झल्किने भेषभुषा, कला, खाद्य परिकार लगायत प्रर्दशन गरिने अयोजकको भनाई छ । जातीय भाषा, कला र संस्कृति लगायतका पहिचानको जगेर्ना गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको नेवा: देय दवु :गुल्मीका सह सचिव कमलप्रसाद श्रेष्ठले बताउनुभयो ।

    “प्रदेशस्तरको यो महोत्सव यहाँ आयोजना गर्नु र १२ जिल्लाका विविधताले भरिएका भेषभुषा तथा संस्कृति यसरी साझा गर्ने अवसर भएकोले यसलाई हामी ऐतिहासिक मान्दछौँ “- श्रेष्ठले भन्नुभयो ।

    नयाँ पुस्तामा आफ्नो धर्म, संस्कृति, भेषभुषा, कला लगायतको संचार र विस्तार गरी जीवन्त राख्न यस्ता महोत्सव तथा प्रतियोगिता फलदायी हुने नेवा देय दवु गुल्मीका अध्यक्ष तीर्थलाल श्रेष्ठ बताउनुहुन्छ ।

    अध्यक्ष श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न जिल्ला र क्षेत्रका समुहगत लाखे नाचको प्रतियोगिता समेत राखिएको छ ।

    प्रथम हुने समुहलाई नगद ५० हजार, द्धितियलाई ३५ हजार र तेस्रो हुनेलाई २० हजार नगदसहित सम्मान गर्ने आयोजकको तयारी छ ।

    सांस्कृतिक विविधताको धनी देखिँदै आएको नेवार समुदाय गुल्मीको बलेटक्सार, रिडी, चारपाला, तमघास, वामीटक्सार,खज्र्याङ्ग लगायतका स्थानहरुमा सघन बस्ती रहेको छ ।

  • आमाको नामबाट नागरिकता प्रदान

    आमाको नामबाट नागरिकता प्रदान

    आमाको नामबाट नागरिकता प्रदान ।
    कार्तिक १५

    जिल्लामा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । हिजो जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो ।

    मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिए । उनका अनुसार नेपालको नागरिकता ऐनको पहिलो संशोधन र नियमावलीको तेस्रो संशोधनअनुसार नागरिकता दिइएको हो ।

    स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारबाही हुने व्यवस्था छ ।

    श्रीमान् १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको आमा मायादेवीले बताइन् । उनले भनिन्, “छोरो जन्मिएको एक वर्षपछि छोराको बुबा हराउनुभएको हो । अहिलेसम्म सम्पर्कमा आउनुभएन ।”

  • गुल्मी महोत्सवको तयारी पूरा, १ लाख जनाले अवलोकन गर्ने अनुमान, के के छन महोत्सवका विशेषता ?

    गुल्मी महोत्सवको तयारी पूरा, १ लाख जनाले अवलोकन गर्ने अनुमान, के के छन महोत्सवका विशेषता ?

    भुवन भुसाल, गुल्मी । प्रथम एतिहासिक गुल्मी महोत्सवको तयारी पूरा भएको छ । गुल्मी उद्योग संघ गुल्मीले आयोजना गर्न लागेको प्रथम गुल्मी महोत्सवको तयारी पूरा गरेको आयोजकले बताएको छ ।

     

    महोत्सवको पुर्वसन्ध्यामा महोत्सव स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बिषयमा आज जानकारी गराईएको हो ।

     

    महोत्सवमा कुल ३ सय स्टल रहने र स्टलको माग अझै बढेकाले २० स्टल थप गर्ने तयारी गरिएको उद्योग संघ गुल्मीका उपाध्यक्ष जनक पन्थले बताउनुभयो । स्टल व्यवस्थापन समितीका संयोजक समेत रहनुभएका पन्थका अनुसार महोत्सवमा १२ वटा पालिकाका समेत गरेर ५० वटा गुल्मीकै स्टल रहने छन ।

     

    महोत्सवमा गुल्मीको सोरठी, सराय नाच, लाखे लगायतका सास्कृतिक झाँकी प्रस्तुत गरिने र गुल्मीको कला संस्कारको समेत प्रवर्द्धन गरिने उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताउनुभयो ।

     

    अध्यक्ष भुसालका अनुसार गुल्मीमा साना तथा मझौला उद्योगले उत्पादन गरेका सामाग्री प्रदर्शन एवम् बिक्री गरिने छ । महोत्सव अवधिभर तम्घासथान मन्दिरमा दैनिक पुजा गरि आउने पर्यटकलाई सहज दर्शनको व्यवस्था मिलाईने भएको छ ।

    भोलि १५ गते बुधबार देखि सुरुहुने महोत्सवको उदघाटन रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले गर्नुहुने भएको छ । उदघाटनको दिन तम्घास बजार परिक्रमा गर्ने गरि र्याली बिहान ११ बजे निकालिने र र्यालीमा ७ सय देखि १ हजार सम्मको सहभागीता रहनेगरि तयारी गरिएको गुल्मी उद्योग संघका अध्यक्ष नवराज भुसालले बताउनुभयो ।

     

    १०० रुपैयाँ मूल्य तोकिएको टिकटमा बिद्यार्थीलाई ५० प्रतिशत छुट दिंदै ५० रुपैयाँमा टिकट बिक्री गरिने भएको समेत आयोजकले बताएको छ ।

     

    तम्घास बजार बाट अलिकती टाढा महोत्सव स्थल भएकाले तम्घास बसपार्क देखि निशुल्क बसको व्यवस्था गरिएको समेत आयोजकले बताएको छ । मेला अवलोकन गर्ने किसानको निशुल्क माटो परिक्षण गर्ने व्यवस्था समेत गरिएको गुल्मी उद्योग संघका अध्यक्ष भुसालले बताउनुभयो ।

  • भोली चन्द्रग्रहण लाग्ने

    भोली चन्द्रग्रहण लाग्ने

    भोली चन्द्रग्रहण लाग्ने ।
    कार्तिक १०

    भोली शनिबार आश्विन शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी समितिले दिएको हो।

    यो वर्षको एकमात्र चन्द्रग्रहण राति १:१९ बजे स्पर्श हुने छ। चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने छ । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने पात्रोमा उल्लेख छ ।

    ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ। विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन। आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद्ले बताएका छन । यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै ग्रहण भएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

  • भेट्रान्स भलिवलकाे उपाधि रामपुरलाइ

    भेट्रान्स भलिवलकाे उपाधि रामपुरलाइ

    भेट्रान्स भलिवलकाे उपाधि रामपुरलाइ
    कार्तिक ८, स्याङ्जाकालिगण्डकी गाउँपालीका १ खार्दिले अायाेजना गरेकाे ३५ बर्ष माथि उमेर समुहकाे भेट्रान्स भलिबलको उपाधी रामपुर १० ले जितेकाे छ ।


    फाइनल खेलमा गुल्मी चेहेमीलाई २-० काे साेझाे सेटमा पराजित गर्दै रामपुरले उपाधि जितेकाे हाे । विजेता रामपुरले नगद तीस हजार ,सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने उपविजेता चेहेमिले नगद बीस हजार, सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
    यस्तै, गुल्मीकै रुरु गाउँपालीकाले तितृय स्थान हासिल गरेकाे छ । उसले नगद दस हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।
    यसैक्रममा लाेक तथा दाेहाेरी गायक अलिफ खान र श्याम रानाले अाफ्नाे प्रस्तुति पनि दिनुभएकाे थियाे । साथ‌ विचविचमा नृत्यहरु पनि प्रस्तुत गरिएकाे थियाे ।

  • दुर्घटनाको  पहिचान  खुलो

    दुर्घटनाको पहिचान खुलो

    पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ ।

    दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका–१६ की पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी, इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङकाे बेसीसहर नगरपालिका–२ की ५५ वर्षीया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका चालक ३६ वर्षीय ईश्वर लोहनीको तानसेनमा रहेकाे युनाइट मिशन अस्पतालमा उपचार भइरहेको छ ।

    पर्यटकीय स्थल रानीमहल दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको जीप आज आइतवार बैकुण्ठे भीरबाट खोलामा खसेको हो ।

  • पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गयो

    पाल्पाको रानीमहलमा जीप दुर्घटनामा हुँदा ६ जनाको ज्यान गयो

    पाल्पा – पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

    दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका छन् । ज्यान गुमाउनेकाे परिचय भने नखुलेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।

    अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

    पर्यटकीय स्थल रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट जीप खाेलमा खसेकाे प्रहरीले जनाएको छ । घटनास्थलमा पुग्न ठूलो भीर र पहाड भएकाले उद्धारमा कठिनाइ भइरहेको स्थानीयले बताएका छन् ।

  • आज संकट नाश गर्ने कात्यायनीको पूजा आराधना गरिँदै

    आज संकट नाश गर्ने कात्यायनीको पूजा आराधना गरिँदै

    आज संकट नाश गर्ने कात्यायनीको पूजा आराधना गरिँदै ।
    कार्तिक ३

    आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ।

    पुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन्। महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन्।

    यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो। सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ। चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन्। यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ।

  • दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ

    दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ

    दसैँमा बाटो सफा गर्ने क्रममा डोजरले माथिबाट फालेको ढुंगाले लागेर एकजना बृद्धको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर १४ निवासी ९२ बर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको वडाध्यक्ष धन बहादुर थापाले जानकारी दिए ।

    नगरपालिकाको वडा नम्बर १४ स्थित पराल्मीको टानेटादेखि टापु जाने मोटरबाटो सफा गर्ने क्रममा डोजरले फालेको ढुंगाले लागेर बुधबार दिउँसो साढे १ बजे घटनास्थलमै सुनारको मृत्यु भएको हो । अहिले शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल ल्याइएको । घटनामा संलग्न डोजर चालक पाल्पाका अन्दाजी ३२ बर्षिय कृष्ण बहादुर लामिछानेलाई गुल्मी प्रहरीले नियन्त्रणमा लिएको छ ।