चन्द्रकोट गाउँपालिका चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा मेलमिलापकर्ताहरुको लागि २ दिने क्षमता विकास तथा लेखनसिप कार्यक्रम समापन भएको छ। गाउँपालिका उपाध्यक्ष श्री विष्णुप्रसाद भण्डारीज्युको अध्यक्षता र अध्यक्ष श्री युबराज खत्री क्षेत्रीज्युको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आज समापन भएको छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, न्यायिक समिति सदस्य घनश्याम खरेल, मेलमिलापकर्ता, वडा अध्यक्ष्यज्यूहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण अधिवक्ता विनिता गुरुङ, पुर्व जिल्ला न्यायधिस श्रीमान् भरतमणि खनाल तथा अधिवक्ता विपना आले मगरले गर्नु भएको थियो ।
Author: रुरु संचार मिडिया प्रा.लि
-

रुरुक्षेत्र गाउपालिकाको आयोजनामा संचालन गरिएको आधरभुत विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता सपन्न
चुरामणि तिमिल्सिना
रुरुक्षेत्र गाॅउपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजना संचालन गरिएको रुरुक्षेत्र गाउपालिका अन्तर्गत अन्तर आधरभुत विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता रिडी माध्यमिक विद्यालयमा सपन्न भएको हो । १५ बिध्यालयको सहभागिता रहेको प्रतियोगितामा ज्ञवा बलेटक्सार विद्यालय बलेट्क्सार प्रथम रिडी माध्यमिक विद्यालय रिडी द्वितीय र जनबोध माध्यमिक विद्यालय रानिबासले तृतीय स्थान हासिल गरेको हो । ब्यबस्थापन समितिका अध्यक्ष चन्द्र लाल कसजुको अध्यक्षतामा कार्यक्रम गरिएको हो गाउँपालिकाकी उपाध्यक्ष मिना देबि गौतम प्रमुख अतिथि रहनु भएको थियो। ।यस्तै समारोहमा सामाजिक बिकास समितिका संयोजक शेष नारायण पौडेल जन प्रतिनिधिहरु विभिन्न बिध्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको आथित्यता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि उपाध्यक्ष गौतमले बिद्यार्थीहरुको प्रतिभा उजार गर्न बौद्धिकता बिकास गर्न अनुसासनमा वृद्धि गर्न बिद्यार्थीलाई हौसला प्रदान गर्न तथा यस्ता कार्यक्रम ले लोक सेवा लाई समेत ठुलो फाइदा पुग्ने भएकोले शिक्षा कार्यक्रम लाई अगाडी बढाउन पालिकाले निरन्तर कार्यक्रमको आयोजना गर्ने बताउनु भयो। कार्यक्रममा रिडी माध्यमिक बिध्यायका प्रधानाध्यापक रोहित भण्डारीले स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रमहरु शिक्षा शाखाले बर्षमा १ पटक मात्र नभइ पटक पटक आयोजना गर्न सक्ने हो भने बिद्यार्थी लाई थप हौसला प्रदान गर्न सहज हुने बताउनु भयो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले गर्नु थियो भने कार्यक्रमको सन्चालन रिडी माध्यमिक बिध्यालयका शिक्षक दुर्गा प्रसाद ढकालले गर्नु भएको थियो।
-

उपाध्यक्ष कालाथोकीको पछिल्लो गतिविधिले पालिकाबासीमा आशा जगाउँदै
फागुन-१८,२०७९
प्युठान।
प्युठानको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले आफ्नो गतिविधिलाई थप सशक्त तुल्याउनु भएको छ।उहाँले आफ्नो भुमिका र गतिविधिलाई उपयुक्त ढङ्गले दिशानिर्देश गर्न माघ २९ गते कार्यतालिका नै सार्वजनिक गर्नु भएको थियो।त्यस यता उहाँको भुमिकामा उल्लेख्य सुधार आएको अधिकांशको प्रतिक्रिया छ।अनुगमन समितिका संयोजक एवम् गाउँपालिका उपाध्यक्ष कालाथोकीले विकास निर्माणका विभिन्न आयोजना ,महत्त्वपूर्ण परियोजना /कार्यक्रम सँगै गाउँपालिका भित्र सञ्चालित सम्पुर्ण सरकारी तथा गैरसरकारी निकायहरु माथिको अनुगमनलाई तिव्रता दिदै आउनु भएको छ।शैक्षिक क्षेत्रमा उल्लेख्य सुधार आवश्यकता रहेको उल्लेख गर्दै उपाध्यक्ष कालाथोकीले शैक्षिक संस्थाहरुको अनुगमनलाई समेत बढवा दिनु भएको छ।जस अन्तर्गत उपाध्यक्ष कालाथोकीले हाल सम्म गणेश प्राथमिक विद्यालय माण्डवी -१ तिराम,सुन्नानी आधार माध्यमिक विद्यालय माण्डवी -२ मर्काबाङ,माण्डवी माध्यमिक विद्यालय नयागाउँ,कृष्ण आधारभुत विद्यालय माण्डवी -३ मार्सिबाङ ,भवानीश्वरी आधारभुत विद्यालय जस्पुर र कामाक्षी माध्यमिक विद्यालय माण्डवी -४ उदयपुरकोटको अनुगमन सहित विशेष अन्तरक्रिया सम्पन्न गर्नु भएको छ।साथै गाउँपालिका भर सञ्चालित सम्पुर्ण प्राथमिक,आधारभूत तथा माध्यमिक विद्यालयहरुको अनुगमन गरि विशेष अन्तरक्रिया मार्फत शैक्षिक क्षेत्रको समस्या समाधानमा केन्द्रित बन्ने उहाँको प्रतिवद्धता छ।आफुले गरेको अनुगमन तथा अन्तरक्रिया मार्फत शैक्षिक उपलब्धिलमा सुधार ल्याउन शिक्षकमात्र जिम्मेवार नभई सम्बन्धित विद्यार्थी र स्वयम् अभिभावक पनि जिम्मेवार हुने सन्देश प्रवाह गरेको उहाँको विस्वास छ। यस्तै न्यायिक समितिका संयोजक समेत रहनु भएका उपाध्यक्ष कालाथोकीले कार्यतालिका अनुसार हरेक हप्ताको शुक्रबार भने न्यापालिकामा विचाराधीन मुद्दाका विषयमा केन्द्रित बन्नु भएको छ।यसै विच उपाध्यक्ष कालाथोकीले आज माण्डवी गाउँपालिका ३जस्पुर बजार अन्तर्गत जडान गरिएका सडक वत्ती/सोलारको अनुगमन गर्नु भएको छ।यसरीअधिकांश पालिकाबासीहरुले उपाध्यक्ष कालाथोकीको पछिल्लो सक्रियतालाई स्वागत गर्दै स्थानीय सरकार वास्तविक रुपमै विकास र समृद्धि को पाटोमा केन्द्रित बन्न थालेको प्रतिक्रिया दिने गरेका छन्। -

रुरुक्षेत्र गॉउपालिका द्वारा संचालन गरिएको हाजिरि जबाफ प्रतियोगिता सम्पन्न
चुरामणि तिमिल्सिना रुरुक्षेत्र गाॅउपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजना संचालन गरिएको रुरुक्षेत्र गाउपालिका अन्तर्गत अन्तर माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता जनाबोध माध्यमिक विद्यालयमा सपन्न भएको हो ८ बिध्यालयको सहभागिता रहेको प्रतियोगितामा जनबोध माध्यमिक विद्यालय रानिबास प्रथम ,जनाज्योति माध्यमिक विद्यालय रिमुवा द्वितीय र राष्ट्रिय माध्यमिक विद्यालय कोटले तृतीय स्थान हासिल गरेको हो । जनबोध माध्यमिक बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि प्रसाद ज्ञवालीको अध्यक्ष रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आथित्यता रहेको थियो ।यस्तै समारोहमा पालिकाका उपाध्यक्ष मिना देवि यस्तै जनप्रतिनिधि हरुको विशिष्ट आथित्यता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष ज्ञवाली शिक्षा जस्तो महत्त्वपूर्ण विषयलाई हेल च्यक्र्याइ नगरी गम्भीरतापुरक लागेर सबै शिक्षा क्षेत्रमा खटिने गुरु बर्ग लाई नियामित पठन पाठन सङै अतितिक्त क्रियाकलाप पनि संचालन गरेर बिद्यार्थीको प्रतिभा उजागर गर्न आग्रह गर्नुभयो। कार्यक्रममा जनबोध माध्यमिक बिध्यायका प्रधानाध्यापक बाम देव ज्ञवालीले स्वागत गर्नु भएको थियो कार्यक्रम सफल पार्न रमेश पन्थको टोलिले प्रसनपत्र निर्माण गर्नु भएको थियो कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले गर्नु भएको थियो।
-

फेण्डस कलब रिडी गुल्मी दोस्रो बर्षमा प्रवेश
चुरामणि तिमिल्सिना फेण्डस कलब रिडी गुल्मी दोस्रो बर्षमा प्रवेश फेण्डस कलव रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीले ३ दिने कार्यक्रमको आयोजना गरेर स्थापनाको दोस्रो बार्सिउत्सव समारोह रुरु खेल मैदान रिडी गुल्मीमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रयास कसजुको अध्यक्षतामा सन्चालित कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बिक प्रमुख अतिथि रहनु भएको थियो । समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष बिकले समाज बिकास निर्माण, पुर्वधार निर्माण ,सामाजिक सम्पति संरक्षण भाषा ,कला, साहित्य , सस्कृति, ,परम्परा ,खेल कुद ,सचेतनाका कार्यक्रमहरु ,खेलाडी लाई प्रोत्साहन जस्ता कार्यक्रमहरु सन्चालन गरेर पर्यटनमा समेत टेवा पुर्याएको वताउनु भयो। कार्यक्रममा जिल्ला समन्वय समिती गुल्मीकी पुर्व उप प्रमुख तुल्सि कुमारी श्रेष्ठ पुर्व वडा अध्यक्ष राम लाल बिक वडा सदस्य सुशील श्रेष्ठ घन्स्याम ज्ञवाली युवा समाजसेवि हिमाल श्रेष्ठ यस्तै उधोग बाणिज्य संघ रिडीका अध्यक्ष शुबर्ण लाल कक्षपति मानव कल्याण वृद्ध आश्रम रिडीका अध्यक्ष जिवन कुमार कसजु समाजसेवि अमुल्य श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो । यस्तै कार्यक्रममा सप्तचन्डि महिलासमुह की अध्यक्ष धना राना बितिय सस्थाका प्रमुखहरु रुरु फेण्डस क्लबका सचिव प्रेम भण्डारी सुरक्षा निकाय शैक्षिक सस्थाका प्रतिनिधिहरु लगायतको कार्यक्रममा आथित्यता रहेको थियो। कलबका सचिव अनिश श्रेष्ठले कार्यक्रम माथि प्रकास पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको बिचमा रिडी पहिलो म्याराथुन प्रतियोगिता र १६ बर्स भन्दा तलका खेलाडि हरु बिच फुटवल प्रतियोगिता समेत सन्चालन भएको थियोे । दौड प्रतियोगितामा जन बोध माध्यमिक बिध्यालय रानिसाका छात्र राजेश नेपाली प्रथम सस्कृत तथा साधरण माद्यामिक बिध्यालयका बिनोद पौडेल दुत्तिय र रिडी माद्यामिक बिध्यालयका बिद्यार्थी खिम बहादुर कुमाल तृतीय भएका हुन यस्तै बिधाज्वति इङलिस बोडिङ स्कूलका अन्सु श्रेष्ठ र भुवन कुवर लाई समेत नगद प्रमाणपत्र ट्रफि र मेडल प्रदान गरिएको थियो।
-

गुल्मीदरबार गाउँपालिकाले औपचारिक कार्यक्रम गरि सुरु गर्यो प्रधानमन्त्री रोजगार कार्यक्रम
गुल्मीदरबार गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम आज मिति २०७९/११/१६ गते देखि अभिमुखिकरण तथा सूचना प्रवाह कार्यक्रम सहित सुभारम्भ भयो । कार्यक्रम वडा नं. ३ को वडाध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा रोजगार संयोजक निर्मला पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन प्रकृया र यसको उद्देश्यको बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका नागरिकहरूले पालना गर्नुपर्ने आरचणलाई कडाईका साथ कार्यान्वयन गर्ने र कामको निरन्तर अनुगमन गरिने हुँदा कार्यस्थलमा ईमानदारपुर्बक वडाले तोकेको कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।
-

शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ सराङ्गमा रहेको शारदा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलाको सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको विद्यालयको ५८ औं वार्षिकोत्सव तथा अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामेश्वर अर्यालको अध्यक्षता, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीको प्रमुख आथित्यता रहेको थियो ।
यस्तै गाउँपलिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता घनश्याम खरेल, वडा नम्बर ८ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक फणिन्द्रराज अर्याल, स्वर्णमहोत्सव मुल आयोजक समारोह समिति २०७२ का अध्यक्ष घनश्याम खरेलको विशिष्ट आथित्यता रहेको थियो । कार्यक्रममा अभिभावक, बिद्यार्थि लगायत शिक्षाप्रेमीहरुको सहभागिता रहेको थियो ।
फागुन १२, १३ र १४ गतेसम्म सञ्चालन भएको कार्यक्रममा छात्रछात्रा भलिवल, बाल्टिन बल, बोत्तल भोर्न, अंग्रेजी र नेपाली विधामा वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरिएको थियो । यस्तै हाजिरी जवाफ प्रतियोगिता, छात्रछात्रा कबड्डी प्रतियोगिता लगायतका खेलकुद सम्पन्न भएका छन । कार्यक्रममामा बिद्यालयका प्रधानाध्यापक रामप्रसाद्र अर्यालले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्नभएको थियो ।
यस्तै “मानवताका लागी नैतिक शिक्षा” विषयक चन्द्रकोट गाउँपालिका स्तरिय अन्तर माध्यमिक तह कक्षा ६ देखि १० सम्मको वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको छ । गाउँपालिका भित्रका ७ वटा विद्यालयको सहभागिता रहेको थियो ।
जसमा आयोजक विद्यालय शारदा माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । ज्ञानोदय नमुना माध्यमिक विद्यालय द्धितिय, उदय माध्यमिक विद्यालय तृतिय भएका छन ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष युवराज केसीले शारदा दीप स्वर्ण महोत्सव विशेषांक स्मारिका विमोचन समेत गर्नुभएको छ ।
उहाँले कार्यक्रममा बोल्दै गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा नविनत्म अभ्यास गरेको विद्यालय मध्येको शारदा माबि रहेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक, आर्थिक, भौतिक लगायत हरेक प्रकारका गतिविधिमा स्थानिय सरकार साथमै रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शारदा तारा २०७९ हुन सफल अनिशा क्षेत्री, साहित्य तारा भावना थापा, खेल तारा सिन्दु विक, गायन तारा सुजन विक, नृत्य तारा दुरपती तिवारी सहित अन्य विधामा प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई सम्मान पत्र सहित पुरस्कार वितरण गरिएको थियो ।
यस्तै वसुन्धारा अक्षयकोष, माता डिला, पिता लिला अक्षयकोष, देवनारायण अक्षयकोष, चुरामणी स्मृति अक्षयकोष सहित अन्य अक्षयकोषबाट झण्डै ८० हजार बढी नगद पुरस्कार वितरण गरिएको छ । यस्तै यस वर्षको उत्कृष्ट शिक्षकको रुपमा विद्यालयका शिक्षक बिष्णुप्रसाद सुवेदीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
आगामी दिनमा छात्रावास सहितका कक्षाहरु सञ्चालन गर्ने, वैज्ञानिक र व्यवसायिक शिक्षामा जोड दिने, संस्कार सहितको शिक्षालाई मुल लक्ष्य बनाएर विद्यालय अगाडी बढ्ने बताइएको छ । कार्यक्रमको संचालन शिक्षक बिष्णुप्रसाद सुवेदीले गर्नुभएको थियो ।
-

रुरुक्षेत्रमा निशुल्क स्वास्थ शिविर समपन्न
चुरामणि तिमिल्सिना रुरु क्षेत्रमा निशुल्क स्वास्थ शिविर समपन्न फेण्डस कलब रिडी गुल्मीले रुरु क्षेत्रमा रहेका वृद्ध वृद्धा लाई १ दिने निशुल्क स्वाथ शिबिर कार्यक्रम गरेको हो ।
कलबले आफ्नो दोस्रो बार्सिउत्सव समारोहको अवसरमा करिव १०० जनालाइ निसुल्क औसधि सहित चेक जाच गरेको कलबका अध्यक्ष प्रयास कसजुले बताउनु भयो । डा बिकासले चेक जाच गर्दै वृद्धवृद्धा लाई पुरानै रोगहरु भएकोले त्यस्तो कुनै प्रकारको समस्या नभएको ले बेला बेलामा चेक जाच गर्न आग्रह गर्नु भयो। कलबले दोस्रो बर्ष प्रवेश गरेको अवसरमा १४ र १६ गते विविध कार्यक्रम हरु गर्ने निर्णय गरेको कलबका सचिव अनिस श्रेष्ठले बताउनु भयो । स्थापनाको छोटो समयमा कलबले विभिन्न रचनात्मक क्रियाकलाप गरेर समाजमा विभिन्न चेतना मुलक कार्यक्रमहरु सन्चालन गरिरहेको र लोक पृय बन्दै गयको मानव क्ल्याण वृद्ध आश्रम रिडीका अध्यक्ष जिवन कुमार कसजुले बताउनु भयो । कलबले फागुन १६ गते शुभकामना , प्रतिबेदन प्रस्तुत भाबि योजना र गरेका रचनात्मक क्रियाकलाप को बारेमा जानकारी गराउने कार्यक्रम रहेको कलबका सुनित प्रधान ले जानकारी दिनु भयो। -

उपाध्यक्ष कालाथोकीको भुमिका थप क्रियाशील बन्दै
फागुन-१०,२०७९
प्युठान।
माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले आफ्नो गतिविधि र भुमिकालाई थप सशक्त र क्रियाशील बनाउनु भएको छ।केही समय अगाडि मात्र सार्वजनिक गर्नु भएको आफ्नो लोकप्रिय कार्यतालिका बमोजिम आफ्नो भुमिका लाई थप मजवुत बनाउन लाग्नु भएको हो।जस अन्तर्गत आज वडा नं.-१ तिरामका वडा अध्यक्ष वाम बहादुर बुढा सहित स्थानीय वुद्धिजीवी लगाएतका सरोकारवाला व्यक्तित्वहसँग विविध विषयमा छलफल गर्नु भएको छ।यस्तै उपाध्यक्ष कालाथोकीले आजै तिराम वडा कार्यालय ,घुर्किचौर हुँदै सरुमारानी जोडने मोटर बाटो र बाढीले नष्ट गरेका कुलोहरुको अनुगमन गर्नु भएको छ।अनुगमनका क्रममा उपाध्यक्ष कालाथोकीले प्राबिधिक लागत अनुसार प्रतिवेदन पेस गर्न निर्देशन दिनु भएको छ।अनुगमनमा उपाध्यक्ष कालाथोकी,वडा अध्यक्ष बुढा,गाउँकार्यपालिका सदस्य एवम् गाउँपालिकाका प्रवक्ता जितामित्र सुनार,गाउँसभा सदस्य ऋषि अधिकारी ,प्राविधिक धन बहादुर घर्ती मगर,सहित स्थानीय वुद्धिजीवी ,समाजसेवी लगाएको उपस्थिति रहेकोे थियो। -

स्याङजा का उत्कृष्ट पालिका मध्य कालीगण्डकी गाउँपालिका दोश्रो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्याङ्कनमा कालीगण्डकी गाउँपालिका दोश्रो उत्कृष्ट पालिकामा सूचिकृत भएको छ ।
आयोगले आर्थिक वर्ष २०८०-०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला ११ पालिकामध्ये आधिँखोला गाउँपालिका उत्कृष्ट भएको छ । आधिँखोला गाउँपालिकाले ७४ दशमलव ९४०४ अङ्क प्राप्त गरेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा चापाकोट नगरपालिकाले भने सबैभन्दा कम अङ्क प्राप्त गरेको छ । चापाकोट नगरपालिकाले ४८ दशमलव ६५८६ अङ्क मात्रै प्राप्त गरेको छ ।
आयोगले विभिन्न १७ वटा सूचकका आधारमा देशभरका स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरेकामा आधिँखोला गाउँपालिका प्रथम भएको हो ।
जिल्लामा रहेको पाँच नगरपालिकामध्ये भीरकोट नगरपालिका उत्कृष्ट भएको छ । भीरकोट नगरपालिकाले ६४ दशमलव ००१७ अङ्क प्राप्त गरेको छ । त्यसैगरी पुतलीबजार नगरपालिकाले ५९ दशमलव ०९, वालिङ नगरपालिकाले ५८ दशमलव १६४२, गल्याङ नगरपालिकाले ५२ दशमलव ३४७९ र चापाकोट नगरपालिकाले ४८ दशमलव ६५८६ अङ्क प्राप्त गरेको छ ।
त्यस्तैगरी जिल्लामा रहेको छ पालिकामध्ये आधिँखोला गाउँपालिकाले उत्कृष्ट भएको हो । यसले ७४ दशमलव ९४०४ अङ्क प्राप्त गरेको छ । त्यसैगरी कालीगण्डकी गाउँपालिकाले ६७ दशमल २४२६, फेदीखोला गाउँपालिकाले ६६ दशमलव २९९९, अर्जुनचौपारी गाउँपालिकाले ६० दशमलव १८८९, हरिनास गाउँपालिकाले ५९ दशमलव ७६५६ र विरुवा गाउँपालिकाले ५३ दशमलव ३७७७ अङ्क प्राप्त गरेको छ ।
