Author: रुरु संचार मिडिया प्रा.लि

  • भगवती युवा क्लबको दोस्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

    गुल्मी

    भगवती युवा क्लब धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडे गुल्मिले आफ्नो दोस्रो बार्षिक उत्सव खेलकुद तथा विविध कार्यक्रमको साथमा सम्पन्न गरेको छ ।
    २०७९ कार्तिक ४ देखि ७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा पुरुष भलिबलतर्फ १६ र महिला भलिबल तर्फ ३ समुहको
    सहभागीता रहेको थियो । जसमा पुरुष भलिबल तर्फ

    प्रथम – राजकुमार स्मृति प्रतिष्ठान पिपलधारा

    smart

    दृतिय – आयोजक ( भगवती युवा क्लब )

    smart

    तृतिय – न्यू स्टार मलागिरी

    महिला भलिबल तर्फ
    प्रथम – आयोजक ( भगवती युवा क्लब )
    दृतीय – निन्युखर्क साविक हाडहाडे वडा नं. ४
    तृतिय – देविस्थान युवा क्लब धुर्कोट

    भएका छ्न उक्त कार्यक्रममा प्रमुख अतिथि धुर्कोट गा.पा. अध्यक्ष भूपाल पोख्रेल,विशेष अतिथि धुर्कोट गा.पा. उपाध्यक्ष सीता गिरि त्यसैगरी विशेष अतिथि रा.ज.मो. केन्द्रीय सदस्य लाल बहादुर थापा,अतिथी वडा अध्यक्ष पदम बिष्ट,वडा सदस्यहरु,राजनितिक दलका प्रतिनिधि,समाजसेवी ,बुद्दिजिवी पत्रकार रमेश पन्थी  लागयतको उपस्थिती रहेको थियो।

    कार्यक्रम युवा क्लबका उपाध्यक्ष चेत कुमारी थापा क्षेत्रीको अध्यक्षता कोषाध्यक्ष प्रकाश थापाको स्वागत मन्तव्य र सचिव सरोज खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • भारतमा हुने मिस्टर एण्ड मिस वल्र्ड हेरिटेज : लुम्बिनीका नुर र शितलले नेपालको प्रतिनिधित्व गर्दै

    भारतमा हुने मिस्टर एण्ड मिस वल्र्ड हेरिटेज : लुम्बिनीका नुर र शितलले नेपालको प्रतिनिधित्व गर्दै

    बुटवल
    भारतको मुम्बइमा हुन गइरहेको सौन्दर्य प्रतियायोगिता मिष्टर एण्ड मिस वल्र्ड हेरिटेज इन्टरनेशनलका लागि लुम्बिनी प्रदेशबाट २ जना सहभागी हुँदैछन् । बुटवलबाट विभिन्न प्रतियोगितामा विजयी भई एक महिना लामो कार्यशालाबाट छनौट भएका नवलपरासीका नुर आलम अनसारी र पाल्पाको रामपुरकी सित्तल श्रेष्ठले नेपालकै प्रतनिनिधत्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्न लागेका हुन् ।‘यूनिटी इन डाइभर्सिटी’ भन्ने मूला नारासहित आयोजना हुन लागेको मिष्टर एण्ड मिस वल्र्ड हेरिटेजमा शितलले मिस र नुरले मिस्टर हेरिटेजका लागि प्रतिष्पर्धा गर्ने आयोजक संस्था ट्यालेन्टिका इन्टरनेशनल कम्पनीका नेपाल कन्ट्री डाईरेक्टर प्रशान्त शाहले बताए । उनकाअनुसार करिब ४० देशका प्रतिष्पर्धीहरुबीच प्रतिष्पर्धा गर्नका लागि उनीहरु भारतका मुम्बई जान लागेका हुन्।बुटवल लगाएत नेपालमा भएका विभिन्न प्रतियोगिताका विजेता,लामो समयदेखि सौन्दर्य प्रतियोगितामा सहभागिता र करिब एक् महिनाको कार्यशालाबाट छनौट भई उनीहरु नेपालबाट प्रतिनिधि हुन सफल भएको कोरियोग्राफर समेत रहेका शाहले जनाए ।
    आइतबार बुटवलमा पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतियोगीद्वयले आफूहरु तयारीका साथ सहभागिता जनाउन लागेका बताए । प्रतियोगी दुबै जनाले मोडलिङ क्षेत्रलाई नै करियर बनाउने लक्ष्य रहेको बताउँदै भारतमा हुने प्रतियोगितामा उत्कृष्ट प्रस्तुती दिने जनाए ।
    सहभागितका लागि नेपालबाट सहभागी हुने उनीहरुले ड्रेस र व्यक्तिगत खर्च बाहेक अन्य सबै आयोजक कम्पनीले आँफै व्यवस्थापन गर्ने आयोजक कम्पनीका नेपाल निर्देशक प्रशान्त शाहले जानकारी दिए ।
    नेपालको प्रतनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन जाने लागेका दुबैका लागि मेक अप पार्टनर आष्मा मेकअप स्टूडियो र डे«स पार्टन्र ट्रिनिटी फेसन इन्ष्टिच्यूट रहेको शाहले बताए । पत्रकार सम्मेलनमा आष्मा मेकअप स्टूडियोकी प्रबन्ध निर्देशक विष्णु गैरे पाण्डे, ट्रिनिटी फेसन इन्ष्टिच्यूटकी मनु थापा लगाएतको उपस्थिति रहेको थियो ।

  • रुरु कालीगण्डकी अन्लाईन तिजको पुरस्कार बितरण कार्यक्रम सम्पन्न

    रुरु कालीगण्डकी अन्लाईन तिजको पुरस्कार बितरण कार्यक्रम सम्पन्न

     

    प्रतिमा भट्टराई कार्तिक ६ रिडी

    रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०७९को औपचारिक समारोहका बिच रुरु क्षेत्र गाउँपालिका वड वडा न १ कोवडा कार्यालयमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।गत श्रवण २५ गते देखि भाद्द ११ सम्म सन्चालित प्रतियोगितामा १४ जिल्लाका १०० जना कलाकार हरुको सहभागीता रहेको थियो।

    सन्चालित प्रतियोगितामा रुरु क्षेत्र वडा न थानपतिकि आकृति पोख्रेल प्रथम गुल्मी दर्बार गाउँपालिकाका सलिना ढेगा र रेनु ढेगा दुत्तिय यस्तै छत्रकोट ४ दिगामकि सुवेक्षा न्यौपाने तृतीय बिष्णु बुचा मगर र आशापान्डे ले सान्त्वना स्थान हासिल गर्नु भएको थियो यस्तैब उत्कट नृत्य तर्फ नवलपुरकि अनिसा अर्याल , बाल प्रतिभा तर्फ अग्रिमा पन्थ यस्तै उमेर हक पुरस्कार तर्फ लक्ष्मी अर्याल र मौलिक प्रतिभा तर्फ पाल्पा तानसेन नगर पालिका वडा न१४ का सुवेक्षा राना र प्रिय बिक्ले हासिल गर्नु भएको हो। बिजेता टोलि लाई कार्यक्रममा पुर्व घोषित सुचना अनुसार नगद प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।
    कार्यक्रममा प्रमुख अतिथि वडा न १ का वडा अध्यक्ष नवराज बिक वडा सद्स्य लक्ष्मी सुनाव उधोग बाणिज्य संघ रिडीशाखाका अध्यक्ष सुबर्ण लाल कक्षपति मानव कल्याण वृद्धा आश्रमका अध्यक्ष जिवन कुमार कसजु , कालिकामहिला समुहकि अध्यक्ष रेणुकापन्थि समाजसेबि ,निणयक मण्डल सहयोगि दाता सामाजिक अभियन्ता प्रेम भण्डारी लगायतको आथित्यता रहेको थियो।
    कार्यक्रममा सस्थाक अध्यक्ष तथा पत्रकार चुरामणि तिमिल्सिनाले कार्यक्रम माथि जान्कारि गराउदै आउँदो मंसिर १२ मा सन्चार प्रालिले गर्ने नेपालकै आठौं भजन महोत्सवको करोडौं दिप प्रज्वलन तथा विभिन्न बिधाका कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो। यस्तै समारोहमा कार्यक्रममा सहयोग प्रदान गर्नु हुने सबैलाई सम्मान गरिएको थियो।

  • गुल्मीमा देउसी भैलाे राति ९ बजे सम्म मात्र खेल्न पाइने

    गुल्मीमा देउसी भैलाे राति ९ बजे सम्म मात्र खेल्न पाइने

    गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा देउसी–भैलो कार्यक्रम राति ९ बजे सम्म मात्रै खेल्न पाइने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    राति ९ बजे पछि देउसी सम्बन्धी कुनैपनि कार्यक्रम संचालन गर्न नपाइने साहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताएका छन् ।

    तिहारका बेला खेलिने देउसी–भैलोका कार्यक्रम यसवर्ष जिल्लाका विभिन्न संघ संस्था तथा क्लवहरुले संचालन गर्ने तयारी गरेका छन् । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण सामान्य किसिमले मनाइएको तिहारमा यस वर्ष खुल्ला गरिएको छ । यद्यपी रातिको समयमा अबेर सम्म कार्यक्रम संचालन गर्न नपाइने जनाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीले विस्फोटक पदार्थ (पटकाहरू) को ओसारप्रसार, खरिद, बिक्रीमा रोक लगाएको छ । आगलागी, धनजनमा क्षति हुन सक्ने सम्भावना र वातावरणमा समेत प्रतिकुल असर पर्न सक्ने भएकाले रोक लगाएको साहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

    उनले कोही कसैबाट गैरकानुनी क्रियाकलाप भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने बताएका छन् ।

  • रुरु कालीगण्डकी अन्लाईन तिजको पुरस्कार बितरण कार्यक्रम सम्पन्न

    रुरु कालीगण्डकी अन्लाईन तिजको पुरस्कार बितरण कार्यक्रम सम्पन्न

     

    प्रतिमा भट्टराई कार्तिक ६ रिडी

    रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०७९को औपचारिक समारोहका बिच रुरु क्षेत्र गाउँपालिका वड वडा न १ कोवडा कार्यालयमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।गत श्रवण २५ गते देखि भाद्द ११ सम्म सन्चालित प्रतियोगितामा १४ जिल्लाका १०० जना कलाकार हरुको सहभागीता रहेको थियो।

    सन्चालित प्रतियोगितामा रुरु क्षेत्र वडा न थानपतिकि आकृति पोख्रेल प्रथम गुल्मी दर्बार गाउँपालिकाका सलिना ढेगा र रेनु ढेगा दुत्तिय यस्तै छत्रकोट ४ दिगामकि सुवेक्षा न्यौपाने तृतीय बिष्णु बुचा मगर र आशापान्डे ले सान्त्वना स्थान हासिल गर्नु भएको थियो यस्तैब उत्कट नृत्य तर्फ नवलपुरकि अनिसा अर्याल , बाल प्रतिभा तर्फ अग्रिमा पन्थ यस्तै उमेर हक पुरस्कार तर्फ लक्ष्मी अर्याल र मौलिक प्रतिभा तर्फ पाल्पा तानसेन नगर पालिका वडा न१४ का सुवेक्षा राना र प्रिय बिक्ले हासिल गर्नु भएको हो। बिजेता टोलि लाई कार्यक्रममा पुर्व घोषित सुचना अनुसार नगद प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो।
    कार्यक्रममा वडा सद्स्य लक्ष्मी सुनाव उधोग बाणिज्य संघ रिडीशाखाका अध्यक्ष सुबर्ण लाल कक्षपति मानव कल्याण वृद्धा आश्रमका अध्यक्ष जिवन कुमार कसजु , कालिकामहिला समुहकि अध्यक्ष रेणुकापन्थि समाजसेबि ,निणयक मण्डल सहयोगि दाता सामाजिक अभियन्ता प्रेम भण्डारी लगायतको आथित्यता रहेको थियो।
    कार्यक्रममा सस्थाक अध्यक्ष तथा पत्रकार चुरामणि तिमिल्सिनाले कार्यक्रम माथि जान्कारि गराउदै आउँदो मंसिर १२ मा सन्चार प्रालिले गर्ने नेपालकै आठौं भजन महोत्सवको करोडौं दिप प्रज्वलन तथा विभिन्न बिधाका कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो। यस्तै समारोहमा कार्यक्रममा सहयोग प्रदान गर्नु हुने सबैलाई सम्मान गरिएको थियो।

  • भगवती युवा क्लबको दोस्रो वार्षिक उत्सव तथा खेलकुद कार्यक्रम भव्यताका साथ शुरू

    भगवती युवा क्लबको दोस्रो वार्षिक उत्सव तथा खेलकुद कार्यक्रम भव्यताका साथ शुरू

     

    श्री भगवती युवा क्लवको दोस्रो वार्षिक उत्सव भव्यताका साथ सुरु भएको छ । धुर्कोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष श्री पदम विष्ट ज्यूले कार्यक्रमको समुद्घाटन गर्नु भएको हो।
    कार्यक्रममा बोल्दै वडा अध्यक्ष विष्टले क्लबले सामाजिक क्षेत्रमा सराहनिय काम गर्दै समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै क्लबको दोस्रो वार्षिक उत्सव सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
    अग्रजको सम्मान,युवाहरुको ज्ञान, सभ्य समाजको पहिचान, भगवती युवा क्लबको अभियान, भन्ने मूल नाराका साथ २०७७ सालमा स्थापना भएको क्लबले क्लबको दोस्रो वार्षिक उत्सव, विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, साविक वडा स्तरीय महिला भलिबल प्रतियोगिता,घैंटो फोर,कुर्सी दौड तथा विविध सांस्कृतिक कार्यक्रम २०७९ कार्तिक ५ र ६ गते पनि सञ्चालन गर्दैछ । खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिबलमा १६ टिमको र महिला भलिबलमा ३ टीमको सहभागिता रहेको छ । पहिलो दिनको महिला खेल अन्तर्गत आयोजक (भगवती युवा क्लब) र निन्युखर्क बिच प्रतिस्पर्धा भएको थियो । जुन आयोजक (भगवती युवा क्लब) ले आफ्नो पक्षमा पार्न सफल सफल भएको छ । बाँकी खेलका कार्यक्रम भोलि कार्तिक ५ गते ८ बजे देखि सुरु हुने क्लबका सचिव सरोज खत्रीले जानकारी दिनुभएको छ।
    ४,५ गते खेलकुद कार्यक्रम र ६ गते फाइनल खेल,सांस्कृतिक कार्यक्रम तथा समापन हुने आयोजक भगवती युवा क्लबले जनाएको छ ।

  • रिब्दीकोटका १२ सय कृषकलाई सत्तरी हजार केजी आलुको बिउ बितरण

    रिब्दीकोटका १२ सय कृषकलाई सत्तरी हजार केजी आलुको बिउ बितरण

    भुवन रायमाझी

    रिब्दीकोट गाउँपालिकाबाट कृषि कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका १२०० कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कार्डिनल नामको रातो आलु बीउ ७०००० सत्तरी हजार केजी बितरण गरेको छ । गाउँपालिकाले कृषि मार्फत समृद्ध रिव्दीकोट बनाउने योजना अनुरुप व्यवसायिक रुपमा आलु उत्पादन बढाउन आलुको विउ वितरण गरेको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनु भयो । गाउँ गाउँमा दैनिक तरकारीमा उपयोग हुने आलुको व्यवसायिक रुपमा समेत विस्तारमा सहयोग पुगोस भनेर पचास प्रतिशत अनुदानमै भएपनि उत्पादन वृद्धिको लक्ष्य सहित विउ वितरण गरिएको कृषी साखा प्रमुख रन्जीप कुवँरले जानकारी दिनु भयो ।गाउँपालिकाले गाउँमै उत्पादन वृद्धि, स्वरोजगार र आयमूलक कामका लागि आवश्यक बजेट विनियोजन र सोही अनुसारको नीति तथा कार्यक्रम समेत लागु गरेको छ ।रिब्दीकोट भित्रका ८ वटा वडाहरुमा आलु उत्पादनको हिसाबले रामे भएको हुदा रिब्दीकोट गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट बाट बिउ खरीद गरी बितरण गरेको गाउँपालिकाका प्मुख प्रसासकिय अधिकृत पवन अर्यालले बताउनु भयो । गाउँपालिकाले बिउ बितरण देखी व्यवसायिक किसानहरुका लागि तालिम, कृषि औजार बितरण, भकारो तथा गोठ सुधार लगायतका कार्यक्रमहरु सन्चालन गदै आएको छ ।

  • अटिजम पाठशाला नेपाल रुरुको पाचौं बार्षिक साधारण सभा सम्पन्न

    अटिजम पाठशाला नेपाल रुरुको पाचौं बार्षिक साधारण सभा सम्पन्न

     

    चुरामणि तिमिल्सिना कार्तिक २

    अटिजम पाठशाला नेपाल रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीको पाँचौ बार्षिक साधारण सभा आफ्नै कार्यालयमा औपचारिक समारोहका बीच सम्पन्न भएको छ । रुरु क्षेत्र गाउँपालिका का पालिका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आथित्यता रहेको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष ज्ञवालीले सामाजिक संघ सस्थाहरु स्थापना गर्न सजिलो भएता पनि पछिका दिनमा दीर्घ कालिन रुपमा अगाडी सन्चालन गर्न तेतिसहज नभएकोले सवै लाई आग्रह गर्दै यस्लाइ कुनै पनि अवरोध बिना आर्थिक तथा भौतिक रुपमा कमि हुन नदिने पालिकाले सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जायर गर्नु भयो।

    सस्थाका अध्यक्ष अमृता ज्ञवाली को अध्यक्षता रहेको कार्यक्रममा इन्जिनियर लोकेश ज्ञवाली ,डा सतिस रुपाखेति , यस्तै पुर्व पालिकाका उपाध्यक्ष लक्ष्मी देवि पन्थ वडा न १ का पुर्व वडा अध्यक्ष रामलाल बिक , पुर्व जन प्रतिनिधि सिता ज्ञवाली ,भगवती बराल , वडा न १ वडा सचिव तथा जगा दाता राम प्रसाद ज्ञवाली जन प्रतिनिधि सुरक्षा निकाय पत्रकार बितिय सस्थाका प्रमुख हरु अभिभावक , सस्थाका प्रतिनिधिहरु आजिवन सदस्य यस्तै लगायतको आथित्यता रहेको थियो ।
    सस्थाकि उपाध्यक्ष रेणुका पन्थिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा डा सतिस ज्ञवालीले अटिजम बच्चाहरु लाई इतिहास अटिजम हुने तरिका अध्यान गराउने तरिका , खुसि बनाउने विषय बस्तुका विषयमा प्रशिक्षण गर्नुका साथै कार्यक्रममा शुभकामना राख्नुभएको थियो ।

    कार्यक्रममा अध्यक्ष ज्ञवालीले आर्थिक तथा प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो। यस्तै समारोहमा इन्जिनियर लोकेश ज्ञवालीले अटिजम पाठशाला लाई कार्यलयका काम सम्पादन गर्न १ थान ल्यापटप प्रदान गर्नु भएको थियो। कार्यक्रमको सन्चालन बिष्णु प्रसाद भण्डारीले गर्नु भएको थियो।

  • रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा आठौ भजन महोत्सव आयोजना गरिने

    रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा आठौ भजन महोत्सव आयोजना गरिने

    कार्तिक १ राजन आचार्य

    रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै आठौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो मंसिर १२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागेको हो ।

    सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो शङ्ख बजाउने प्रतियोगिता ,करोड दीप प्रज्वन जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान , उत्कृष्ट कृषक सम्मान , असल बुहारी सम्मान , उत्कृष्ट बिद्यार्थी सम्मान दाता सम्मान , दुना टपरी प्रतियोगिता शिखा सुत्र प्रतियोगिता अन्तर्गत शिखा सुत्र प्रतियोगिता , विभिन्न पाठ पारायण ,तथा विविध कार्यक्रम गर्ने प्रा.लि. का अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो।

    भजन प्रतियोगितामा प्रथम पुरस्कार रु ११ हजार प्रमाणपत्र ,दितिय पुरस्कार रु ७ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रु ५ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान गरिने आयोजकले निर्णय गरेको छ ।

    साथै सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ । यसै गरि शङख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार रु १५०० र प्रमाणपत्र दितिय पुरस्कर रु १हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार ७सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ यस्तै दुना टपरी तर्फ प्रथम हुनेलाइ रु २हजार र प्रमाणपत्र द्वितीय हुनेलाइ रु १५ सय र प्रमाणपत्र तृतीय हुनेलाइ रु१ हजार प्रमाणपत्र सान्त्वना हुनेलाई रु ५ सय दुई जनालाई प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै शिखा शुत्र प्रतियोगिता ८ बर्स देखि २५ सम्म १५०० हुदै ५०० सम्म पुरस्कार यस्तै २५ बर्ष देखि ५० सम्मको पुरस्कार १५ ००सय देखि ५०० सम्म यस्तै ५० देखि माथिल्लो उमेर समुहका लागिपनि पुरस्कारको रकम राखिएको छ।

    जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका ४, ५ र ६ वडा सम्म्का जेष्ठ नागरिक ,कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ नागरिक रिब्दीकोट गाउँपालिका १ र २ का ८४ बर्ष पुगेका र सत्यवती गाउँपालिका अस्लेवा १र २ का जेष्ठ नगरिक संमान गरिने छ।

    साथै सम्पुर्ण सम्मानित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रा.लि.का अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभयो ।

    रुरुधाम रिडीमा कार्यक्रम अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भन्डाराको समेत व्यवस्था गरिने सम्पुर्ण पितृहरुको सम्झना गर्दै श्रीमत भागवत महापुराण पाठपारायण बेद पाठ चण्डी पाठ शिबजिको पुजा , ग्रहसान्ती समेत गरिने, कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिने रुरु अनलाईन सन्चार प्रा लिका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो । कार्यक्रम रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा गरिने छ ।

  • सानाकिसानले तालिम दिदै सियर सदस्य हरु लाई टोल टोलमा जाग्रुप बनाउदै

    सानाकिसानले तालिम दिदै सियर सदस्य हरु लाई टोल टोलमा जाग्रुप बनाउदै

    चुरामणि तिमिल्सिना असोज ३०

    मर्यादित ब्यवसाय र प्रबिधिमा सहकारी भन्ने मुल नाराका साथ उत्पादन उपरान्त हुने क्षति न्यूनीकरण व्यवस्थापन सम्बन्धि पाल्पाको अर्गलीमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले टोल बस्तिमा तालिम संचालन गरेको छ । संस्थामा आबद्ध ८०० जना सियर सदस्य हरु लाई उत्पादन गरेका खाद्य सामाग्री भण्डारण गर्ने तरिका रोग नै नलाग्ने तरिका रोग लागेपछि अपनाउन पर्ने घरेलु उपाय तथा ब्यबस्थापनका विषयमा तालिमकि प्रशिक्षक गिता भट्टराईले सहजीकरण गर्नु भएको थियो।
    तालिम पछी सिकेका कुराहरुलाई ब्यबहारमा उतार्न समिति समेत गठन गरिएको छ । जस्को अध्यक्ष दुर्गा गैरे उपाध्यक्ष पार्वती पाण्डे ,सचिवमा शोभा गैरे ,कोषाध्यक्ष सिता पाण्डे , यस्तै सल्लाहकार कृष्ण प्रसाद न्यौपाने कमला पाण्डे र कृष्ण कला पाण्डे रहनु भएको छ ।
    तालिम समापन सत्रमा बोल्दै साना किसान कृषि सहकारी सस्थाका अध्यक्ष नारायण ध्वज रानाले तालिममा सिकेका कुराहरु लाई ब्यबहारिक जिवनमा उतारेर कृषि बाट राम्रो आम्दानी गरेर जिवन स्तर वृद्धि गर्न आग्रह गर्नु भयो । तालिममा धन्यवाद दिदै संस्थाकि प्रबन्धक जानकि पाण्डेले उपस्थित सहभागी सबैलाई धन्यवाद दिदै हरेक विषयलाई सिकाइका रुपमा लैजान आग्रह गर्नु भयो । कार्यक्रमको सहयोगि संस्था हिमालयन सुपर भोर्स प्रा.लि.रहेको छ ।