Author: रुरु संचार मिडिया प्रा.लि

  • गुल्मीको  सत्यवती गाउँसभाको  दोस्रो  बैठकमा  विभिन्न  प्रगति  प्रतिबेदन प्रस्तुत  हुने  क्रम जारी

    गुल्मीको सत्यवती गाउँसभाको दोस्रो बैठकमा विभिन्न प्रगति प्रतिबेदन प्रस्तुत हुने क्रम जारी

    चुरामणि तिमिल्सिना  असार  ३१

    सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँसभाको दोस्रो बैठक गाउँपालिकाको सभाहलमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टिकारम पाण्डेले बैठकका कार्य सुची बाचन गर्नु भएको हो l बैठकमा विभिन्न समितिले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरिने आर्थिक वर्षमा गरेका कार्यहरु , शिक्षा, स्वास्थ, कृषि, पर्यटन, सडक जस्ता काममा सफलता प्राप्त भएको । यो समाचार तयार गर्दा सम्म वडा २ का वडा अध्यक्ष तथा आर्थिक बिकास समितीका संयोजक खड्ग वीर थापाले आर्थिक बिकास समितीको प्रतिबेदन सभामा पेस गर्नु भएको छ । कार्यक्रममा उपाध्यक्ष निर माया तरामु यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, सभाका सदस्यहरु, वडाका कर्मचारी, पालिकका कर्मचारीको सहभागिता रहेको छ ।

    सभामा भौतिक पुर्वधार बिकासको प्रतिबेदन प्रस्तुत गर्दै संयोजक पिताम्बर ज्ञवालीले सिसि क्यामरा जडान गरिएको, विभिन्न सडकहरु सुधार गरिएको, स्वास्थ्यमा परिवर्तन ल्याइएको थोरै भएपनि सडक कालोपत्रे गरिएको , एक घर एक धारा कार्यक्रमलाई निरन्तरता प्रदान गरिएको, जस्ता महत्त्वपूर्ण कार्यहरु गरिएको सभामा प्रस्तुत गर्नु भयो यस्तै बाताबरण तथा बिपत सम्बन्धि गरेका कामको प्रगति प्रतिबेदन संयोजक वडा नं. ३ का वडा अध्यक्ष जित बहादुर तरामु मगरले सभामा प्रस्तुत गर्नुभएको हो ।

  • सत्यवतीमा १३ औं गाउसभाको दोस्रो बैठक सुरु

    सत्यवतीमा १३ औं गाउसभाको दोस्रो बैठक सुरु

    चुरामणी तिमिल्सिना   असार   ३१

    सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँसभाको दोस्रो बैठक गाउँपालिकाको सभाहलमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टिकारम पाण्डेले बैठकका कार्य सुची बाचन गर्नु भएको हो l बैठकमा विभिन्न समितिले गरेका प्रगति प्रतिवेदन प्रस्तुत गरिने आर्थिक वर्षमा गरेका कार्यहरु , शिक्षा, स्वास्थ, कृषि, पर्यटन, सडक जस्ता काममा सफलता प्राप्त भएको।

    यो समाचार तयार गर्दा सम्म वडा २ का वडा अध्यक्ष तथा आर्थिक बिकास समितीका संयोजक खड्ग वीर थापाले आर्थिक बिकास समितीको प्रतिबेदन सभामा पेस गर्नु भएको छ । कार्यक्रममा उपाध्यक्ष निर माया तरामु यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल, सभाका सदस्यहरु, वडाका कर्मचारी, पालिकका कर्मचारीको सहभागिता रहेको छ । अब यस पछी भौतिक पुर्वधार बिकासको प्रतिबेदन प्रस्तुत हुने छ ।

  • पिपलधारामा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो

    पिपलधारामा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो

    पिपलधारामा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइयो
    रमेश पन्थी गुल्मी,

    पिपलधारामा २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा सहित शुक्रबार राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव मनाइएको हो । श्री पिपलधारा नमुना कृषि तथा पशु विकास महिला सहकारी संस्था ली.धुर्कोट २पिपलधारा गुल्मीको आयोजना , सामाजिक जागरण तथा विकास अभियान (साडेक नेपाल,गुल्मीको साझेदारीतथा कारितास,नेपालको आर्थिक सहयोगमा शुक्रबार धान रोपाइ गरिएको छ । ।

    परम्परागत ढङ्गबाट कृषि कार्य हुँदै आएकोमा पछिल्ला केही वर्षयता आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग, नयाँ प्रविधिबाट खेतीपाती गर्ने कार्य र कृषकहरूलाई उन्नत जातको विउविजनको व्यवस्थापनले कृषिजन्य उत्पादनमा वृद्धि भएको पाइन्छ । तर जलवायु परिवर्तनका कारण मनसुन भित्रिन ढिलाइ हुँदा धान रोप्ने बेला पर्याप्त पानी नपर्ने र उत्पादन भित्र्याउने समयमा बढी पानी पर्ने गरेका कारण किसानहरु वर्षेनी मर्कामा पर्ने गरेका छन् । अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट सुख्खा जातको धानको विउ वितरण, रसायनिक मल कम गर्न भुईँघास तथा डालेघाँसको विउ वितरण गर्ने र युवापुस्तालाई कृषि पेसामा आकर्षित गर्ने लगायतका कार्य भइरहेको छ ।

    कृषि पेसालाई व्यावसायिक पेसाका रूपमा अवलम्बन गर्ने कृषकहरूलाई संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको समन्वय र सहकार्यमा अनुदानमा कृषि यन्त्र उपकरण, विउविजन र तालिम प्रदान गर्ने गरिएको छ । तर उक्त अनुदान प्रायःजसो पहुँचवालाहरुले मात्रै पाउने गरेको स्वयं किसानहरु बताउँछन् । कृषकहरूको माग अनुसार राज्यका सरोकारवाला निकायले कृषि औजार, विउविजन, मलखाद तथा प्राविधिक सहयोग गर्न सकेमा उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

    कृषि पेसामा युवाहरूलाई समेत आकर्षित गर्ने नीति सरकारले लिएको छ । यद्यपि अनुदानका लागि मात्रै कृषि पेसामा लाग्ने तर उपलब्धि हासिल गर्न नसक्ने व्यक्तिहरूलाई निरुत्साहन गर्नुपर्ने र व्यावसायिक कृषि पेसामा संलग्न परिश्रमी कृषकहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ । उत्पादनमा वृद्धि गर्न वास्तविक किसानहरूलाई प्रोत्साहित गर्न र उत्पादकत्वको बजारीकरणको जिम्मा राज्यले लिनुपर्ने अपरिहार्यता रहेको छ । राज्यका विभिन्न निकायले लागु गरेका योजनाहरूको सफल कार्यान्वयन गर्न नसक्दा कृषि क्षेत्र पनि पछाडि धकेलिएको छ । कृषि क्षेत्रमा आत्मनिर्भर भई समृद्धिको यात्रालाई अगाडि बढाउन सकेमा बेरोजगारी घट्ने सम्भावना रहेको छ

  • भट्कुवा स्थित भ्युपोईन्टमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    भट्कुवा स्थित भ्युपोईन्टमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    भट्कुवा स्थित भ्युपोईन्टमा वृक्षारोपण कार्यक्रम सम्पन्न
    चुरामणि तिमिल्सिना
    असार-३०,२०८०
    गुल्मी।
    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं.-१ भट्कुवा भ्युपोईन्टमा स्थानीय बासिको उत्साहामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
    पाहार पाखो सामुदायिक वन तथा स्थानीय संघ-सस्थाको आयोजनामा कार्यक्रम गरिएको हो। वृक्षारोपण कार्यक्रमलाई उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले पृथ्वीमा भएका सम्पुर्ण जिवित प्राणिहरु बाच्नको निम्ति बोटबिरुवाको महत्त्व भएकोले हामी अवका दिन्मा हरेक टोल बस्ती पनपाखा चौपारि खाली जगामा पालिकाले पनि निति कार्यक्रम मार्फत बृक्षारोपण कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउनु भयो।

    उहाँले यस क्षेत्रमा माटो हेर्दा जटिबुटिका लागि आवस्यक हुने विभिन्न जातका विरुवाहरु र दैनिकी जिवनमा स्वास्थका लागि आवस्यक पर्ने औसधिका महत्त्वपूर्ण वृक्षहरु हुने सम्भावना देखिएकाले गाउँ नै हरियाली बनाउने महा अभियानलाई पालिकाले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

    कार्यक्रममा मार्फत अमला घाँस , फुल गरी ३००० बोटबिरुवाहरु रोपण गरिएको वडा नं.- १ का वडा सदस्य सुशील श्रेष्ठले जानकारी दिनु भयो।उहाँले अवका ५ वर्ष पछी यस क्षेत्रलाई अमला पकेट क्षेत्र र प्रशोधन केन्द्र गाउँलाई नै आत्मनिर्भर गराउने योजना अगाडी सारीएको छ।

    यस्तै कार्यक्रमका विशिष्ट अतिथी वडा न १ का वडा अध्यक्ष नवराज बि.क, सत्यवती सब डिभिजन वन कार्यालय रिडीका प्रमुख दयाराम पौडेलले पछील्लो समयमा हरेक क्षेत्रमा बिकासका गर्नका लागि ठुला ठुला योजनाहरु सम्पन्न गर्न मेसिन उपकरणहरुको प्रयोग बढदै जाद जमिनहरु थर्किने , पहिरो जाने र खाडल परि जमिनको स्थिती ठिक नहुने हुँदा यसरी हरेक नागरिकले यस्ता बोटबिरुवा लगाउनु पर्ने यसका निम्ति सरकारले सहयोग गर्नु पर्ने र बोट बिरुवा रोपे पछि संरक्षण गर्नु पर्ने पनि उत्तिकै दायित्व भएकोले नगर सरकारले यस्का निम्ति केही योजना बनाउन पर्ने जोड दिनु भयो।

    यस्तै कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी भट्टराई , समजसेवि बिष्णु न्यौपाने ,सहितका बौद्धिक ब्याक्तित्वहरुको आथित्यता रहेको थियो। समारोहमा माया खनालले स्वागत मन्तव्य राख्नु भएको थियो कार्यक्रमको अध्यक्षता बनका अध्यक्ष धन बहादुर सुनारले गर्नु भएको थियो।कार्यक्रमको सञ्चालन वडा सदस्य सुशील श्रेष्ठले गर्नु भएको थियो ।

  • गुल्मी जिल्ला पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गुल्मी

    गुल्मी जिल्ला पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गुल्मी

    गुल्मी जिल्ला पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा
    गुल्मी
    २०८० असार २९ शुक्रबार
    गुल्मी जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गरिएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिब डाक्टर विनोदकुमार गिरीले पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गर्नु भएको हो।
    जिल्लाका १२ वटै स्थानीय तहले पूर्ण खोप दिगोपना सुनिश्चतताको मापदण्ड पूरा गरे पछि गिरीले पूर्ण खोप दिगोपना सुनिश्चतता भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीलाई प्रदान गर्नु भएको थियोे ।
    जिल्लामा १५ महिना सम्मका बालबालिकाहरुले मापदण्ड अनुसार लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गरिने स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनु भयो। गुल्मी जिल्लालाई ३० चैत ०७१ मा नेपालमै सातौ जिल्लाको रुपमा पूर्ण खोप जिल्ला घोषणा गरिएको आचार्यको भनाइ छ।
    पूर्ण खोप दिगोपना सुनिश्चतता घोषणा गर्दै प्रमाणपत्र प्रदान गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा प्रदेश खोप समन्वय समितिका सदस्य सचिब डाक्टर विनोद कुमार गिरीले राष्ट्रिय अभियान पुरा गर्न वडा, पालिकादेखि जिल्ला सम्म खटिने सबैलाई बधाई ज्ञापन गर्नु भयो। उहाँले घोषणा सँगै निरन्तरताको चुनौती पनि सँग सँगै रहने भएकाले थप सक्रियताको लागि आग्रह गर्नु भयो। गुल्मी जिल्लामा १५ महिना भित्रका बच्चाहरुको संख्या चार हजार सातजना बच्चाले पूर्ण खोप प्राप्त गरेका छन्। १६ देखि २४ महिनासम्मका दुई हजार छ सय १४ जना रहेकोमा चार जना आंशिक रुपमा खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिनु भयो। क्षयरोग, रोटा भाइरसबाट हुने झाडापखला, पोलियो, स्टेपटोकोकस निमोनियाँ, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बी, मेनेन्जाइटिस, दादुरा, रुबेला, जापनिज इन्सेफ्लाइटिस र टाइफाइड बिरुद्धका १३ रोगका खोपहरु बालबालिकालाई प्रदान गर्ने गरिएको अर्यालले बताउनु भयो। जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक द्रोर्णबहादुर खत्रीले हरेक क्षेत्रको लक्ष्य अनुसार प्रगति हासिल गर्न सर्वपक्षिय सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गर्नु भयो। हरेक पालिका स्तरबाट स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु समयमै पुरा गर्ने र कार्यान्वयनमा सक्रियता आवश्यक रहेको खत्रीले बताउनु भयो।
    कार्यक्रममा जिल्लाका विभिन्न पालिका, संघ संस्था र निकायहरुका प्रमुख तथा प्रतिनिधीहरुले आफ्नो भनाई राखेका थिए। जिल्लामा तीन सय ३२ वटा खोपकेन्द्र रहेका छन्। भने १२ वटै पालिकामा खोप भण्डारण उपकेन्द्र छन्।
    स्वास्थ्य कार्यालयले पूर्ण खोप दिगोपन सुनिश्चतताका लागि विभिन्न रणनीतिक योजनाहरु निर्माण गरेको छ। प्रभावकारी एवम् गुणस्तरीय नियमित खोप सेवा सञ्चालन, प्रत्येक वर्ष चैत्र महिना भित्र स्वास्थ्यकर्मीको संलग्नतामा घरधुरी सर्वेक्षण, प्रतिवेदनको समिक्षा, विश्लेषण, अभिलेख तथा प्रतिवेदन, खोप सेवाको सुदृढीकरणको लागि सुक्ष्मयोजना अध्यावधिक र छुट बच्चाहरुलाई खोप प्रदान गर्ने गरेको छ।

  • रुरु क्षेत्रले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान

    रुरु क्षेत्रले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान

    रुरु क्षेत्रले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान
    असार-२९,२०८०
    गुल्मी।
    चुरामणि तिमिल्सिना

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले एक कार्यक्रमका बिच उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ।आज गाउँपालिका सभाहल बलेटक्सारमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता सँगै प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्याल, वडा नं. ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक शेषनारायण पौडेल ,वडा नं.४ का अध्यक्ष मोति प्रसाद श्रेष्ठ,वडा नं. ६ का अध्यक्ष रोमनाथ पौडेलको आतिथ्यता रहेको थियो।यस्तै सम्मान कार्यक्रममा शिक्षा समितिका पदाधीकारीहरु जनप्रतिनिधिहरु
    ,कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियोे ।

    प्रधानाध्यापक र समपालिकाको आर्थिक सहयोग र शिक्षा शाखाको समन्वयमा कार्यक्रम गरिएको हो। कार्यक्रममा कक्षा ५ र कक्षा ८ मा औसतमा सबै भदा अङ्क ल्याउने बिद्यार्थीहरु सम्मानित भएका छन्। यस्तै गणित ,नेपाली, अङ्ग्रेजी, सामाजिक ,बिज्ञान विषयमा राम्रो नतिजा ल्याउन योग्दान दिनु हुने शिक्षक तथा उत्कृष्ट नतिजा हाँसिल गर्ने विद्यार्थीहरुलाई प्रमाणपत्र र नगद पुरस्कार सहित दोसल्ला ओडाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।

    कार्यक्रममा प्रमुख अतिथी अध्यक्ष ज्ञवालीले समग्र रुपमा बिद्यालयलो नतिजा लाई सुधार्न बिद्यार्थी शिक्षक र अभिभावक निकै खटिनु पर्ने ,समयमा अनुसार पालिकाले अनुगमन लाई वृद्धि गर्ने ,पढाउने शिक्षक ले राजनिती नगरि शिक्षण सस्था पुग्नु पर्ने , हरेक बिद्यालय लाई आवस्यक सम्पुर्ण सहयोग उपल्ब्ध गराउने , हरेक बिद्यालय लाई प्रविधिमय बनाउन पनि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।यस्तै अध्यक्ष ज्ञवालीले ग्रामिण भेगमा सञ्चालन भएका निजि विद्यालयहरुले पनि जिल्लामा उत्कृष्ट नतिजा ल्याउदा कतै आफ्ना सामुदायिक विद्यालयको नतिजा खस्केको त होईन भने भनाइ समेत राख्नु भयो

    । यस्तै कार्यक्रम कै अवसरमा विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपल्ब्धी सुधारका लागि विद्यालयका प्रधानाध्यापक र रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली बिच कार्य सम्पदान सम्झौता २०८० समेत गरिएको छ ।यता कम्प्युटर र प्रीन्टर नभएका विद्यालयहरुलाई आजै ती सामग्रीहरु सम्बन्धित विद्यालयहरुलाई हस्तान्तरण गरिएको छ।सम्मान कार्यक्रममा शिक्षा शाखा प्रमुख झविलाल बिकले कार्यक्रम माथि प्रकाश पार्दै कार्यसम्पदानका विषयमा प्रष्ट पार्नु भएको थियो। कार्यक्रमको सञ्चालन शिक्षा शाखाका प्राबिधिक तेज बहादुर कुमालले गर्नु भएको थियो।

    रुरु क्षेत्र गाउँपालिकाले शैक्षिक सत्र २०७८ सालको S.E.E. मा रुरुक्षेत्र गाउँपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयबाट ३.६० G.P.A. भन्दा माथि G.P.A. प्राप्त गर्ने विद्यार्थीहरु अन्तर्गत रेन्बो ईङ्लिल बोर्डिङ स्कुलबाट ६ जना विद्यार्थीहरु सम्मानित भएको प्रिन्सिपल योजन खत्रीले बताउनु भयो। साथै,यस विद्यालयबाट शैक्षिक सत्र २०७९ मा गाउँपालिकाले सञ्चालन गरेको कक्षा ५ को वार्षिक परीक्षामा गाउँपालिका प्रथम हुन सफल सन्देश ज्ञवाली र दोस्रो हुन सफल सन्ध्या गौतम समेत सम्मानित भएका छन्। सम्मानित विद्यार्थीहरुलाई गाउँपालिकाले खादा ,प्रमाणपत्र र उचित नगद पुरस्कार सहित सम्मान गरेको हो।

    सम्मानित विद्यार्थीहरुलाई बधाई तथा सफल उच्च शिक्षाको शुभकामना तथा सम्मान कार्यक्रमको लागि बोर्डिङ स्कुलले रुरुक्षेत्र गाउँपालिका प्रति विषेश आभार व्यक्त गरेको छ।

  • माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग

    माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग

    माथागढीका कर्मचारी माथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न कर्मचारी यूनियन पाल्पाको माग
    पाल्पा,असार २९

    पाल्पाको माथागढी गाउँपालिकामा कर्मचारी माथि भएको दुव्र्यवहारप्रति नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले गम्मभीर ध्यानर्कषण भएको जनाएको छ । गाउँपालिकाको लेखा शाखामा भुक्तानीका लागि ढिला गरि तथा खाता बन्दीको अन्तिम समयमा प्राप्त भएका केही भुक्तानीहरु लेखा प्रणालीमा इन्ट्री गरेता पनि प्राविधिक कारण भुक्तानी प्रक्रिया पुरा हुन नसकेका विषयमा लेखा शाखामा कार्यरत कर्मचारीहरुलाई कार्यकक्ष मै थुनछेक गर्ने प्रयास गर्दै गालीगलौज,अपशब्द,अभद्र व्यवहार,भौतिक आक्रमण गर्ने प्रयास एवं ज्यान मार्ने धम्की दिनु अमर्यादीत भएको ठहर गर्दै नेपाल निजामति कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले दोषी माथि कारबाहीको माग गरेको छ ।

    कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाका अध्यक्ष रवि अर्यालले एक प्रेस विज्ञप्ती जारी गर्दै जनताको सेवामा खटिई ईमान्दारीता पूर्वक कार्यसम्पादनमा लागि परेका राष्ट्रसेवक कर्मचारी माथि कार्यस्थलमा भएको त्यस किसिमका अभद्र व्यवहार, हातपात एवं अवाञ्छित गतिविधिको घोर निन्दा एवं भ्रत्सना गरिएको बताउनुभएको छ । निजामति कर्मचारी माथि भएको अमानवीय घटनामा संलग्न दोषी माथि कारबाही नभए कर्मचारी यूनियन पाल्पा सशक्त आन्दोलनमा जान बाध्य हुने समेत अध्यक्ष अर्यालले जिकिर गर्नुभएको छ ।
    समस्या समाधाका लागि नितिगत एवं प्रणालिगत सुधारको पहल गर्नुको सट्टा सरकारको नीति निर्देशन तथा कानुनको पालना गरि कार्यसम्पादन गरिरहेका कर्मचारीहरु माथि लेखा प्रणाली (सप्टवेर सिस्टम) को कारण भुत्तानी प्रक्रिया पूरा नभएको विषयलाई लिएर जनप्रतिनिधिको संलग्नतामा यस्ता गतिविधिहरु बन्द गरि कानुन हातमा लिने अराजक व्यक्ति तथा समुहलाई आवश्यक कानूनी कारबाहीका लागि माथागढी गाउँपालिका र सम्बन्धित सरोकारवालहरुसँग कर्मचारी यूनियन जिल्ला कार्य समिति पाल्पाले जोडदार माग समेत राखेको अध्यक्ष अर्यालले बताउनुभयो । साथै सम्पुर्ण कार्यालयहरुमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाई राष्ट्रसेवक कर्मचारीहरुले भयरहित तवरले कार्यसम्पादन गर्न सक्ने वातावारण सिर्जन गर्न जिल्लाका जिम्मेवार निकायहरु र नेपाल सरकार समक्ष समेत कर्मचारी यूनियनले जोडदार माग राखेको कर्मचारी यूनियनका जिल्ला कार्यसमिति पाल्पाले अपिल गरेको छ ।

  • आज भानु जयन्ती  विभिन्न  कार्यक्रम  गरि मनाइने

    आज भानु जयन्ती विभिन्न कार्यक्रम गरि मनाइने

    आज भानु जयन्ती, भानुभक्त बारे संक्षिप्त जनकारी ।

    मोतीराम भट्टले भानुभक्त आचार्यको जन्म १८६९ साल लेखे । अनि त्यसलाई सुधारेर भानुभक्तकी नातिनी विष्णुमायादेवीले १८७१ साल असार २९ गते भानुभक्त जन्मेको प्रमाण पेस गरिन् । त्यसैगरी नरनाथ आचार्यले पनि भानुभक्तको जन्मकुण्डलीसहित त्यही प्रमाण प्रमाणित गरिदिए । बालकृष्ण समले पनि भानुभक्तकी पत्नीको नाउँ रेवती भएको ठहर गरे । साथै भानुभक्तबारे अनुसन्धान धेरैले गरेका छन।

    भानुभक्तको बाल्यकालीन समयमा नेपालमा संस्कृत भाषाकै बोलबाला थियो । त्यति बेला नेपाली भाषालाई तुच्छ सम्झिन्थ्यो । तर भानुभक्तले नेपाली भाषालाई आफ्नो शिरको ताज बनाए । उनी सानैमा नेपाली भाषाको कवितामा बोल्थे, कवितामा गाउँथे र कवितामा नाच्थे । एक पटक एक जना बटुवाले उनको परिचय माग्दा उनले कवितामा नै जवाफ दिएका थिए ।

    भानुलाई चिनाउदा मोतीराम पनि चम्किए । वास्तवमा मोतीरामले भानुभक्तलाई उकास्न धेरै संघर्ष गरे । कतिसम्म भने भानुभक्तलाई अमर पार्न उनले भानुभक्तको जीवनी लेखेर त्यसलाई जनमन छुने कला झिके।

    नेपाली जनजीवनमा साहित्यिक र भाषिक जागरण ल्याउनका लागि मोतीरामले घुँडा टेकेर भानुभक्तलाई उठाए । मोतीरामले नेपाली भाषासाहित्यलाई रातोरात उन्नतिको शिखरमा पुर्‍याउने हेतु भानुभक्त आचार्यको यथेष्ट कदर गरे । त्यसैले उनले भानुभक्तलाई आफ्नो। चरित्र नायकका रूपमा काँधमा बोके । वास्तवमा भानुभक्तलाई नेपाली भाषासाहित्यको शिरताज बनाउन मोतीराम एक्लैले कठोर प्रयत्न गरे ।

    भानुभक्तले ३७ वर्षो उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्षमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । लेखकका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहाँ पाँच महिना कैदी हुँदा रामायणको अयोध्या, अरण्य, श्रीकिष्किन्धा र सुन्दर काण्डको पद्य अनुवाद गरेर सके ।

    नेपाली भाषामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुष र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो ।

    भानुभक्त आचार्यलाई संसारभरिका नेपाली जातिले मानसपिताका रूपमा ग्रहण गरेका छन् । अनि नेपालमा भन्दा भारतमा भानुगाथा गाइन्छ । भारतको पनि दार्जिलिङ र सिक्किम राज्यले भानुजयन्तीलाई पर्वकै रूपमा मनाउने गर्छ । त्यस भेकमा भानुजयन्तीका दिन प्रायः सबैले दौरासुरुवाल र गुन्यूचोलो लगाएका हुन्छन् । त्यस दिन नर्सिङ्गा, टयाम्को र दमाहाले त्यस ठाउँ गुन्जिएको हुन्छ । वास्तवमा त्यहाँ अति नै भव्य रूपमा यिनको जयजयकार गरिन्छ । कतिसम्म भने त्यता लागेको भानुजयन्तीको बेठीको आवाज नेपालमा पनि सुनिन्छ । त्यताका नेपालीगोरखालीका लागि भानुजयन्ती दसैभन्दा ठूलो चाड मानिन्छ ।

    भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उनले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेखे । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गरे । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज,सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तकृत रामायणलाई नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो ।

    भानुभक्तले सांस्कृतिक रूपमा नेपाली भाषालाई एउटै मालामा गाँसेर भाषीय एकीकरण गरे । भानुभक्तप्रदत्त नेपाली भाषाका कारण संसारभरिका नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको छ ।

    भानुभक्तले रामायणका बालकाण्ड र अरू काण्ड, प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षानामक कृतिहरू नेपाली भाषासाहित्यको मन्दिरमा चढाए । साथै उनका फुटकर कविताहरूको बिटोले पनि नेपाली भाषासाहित्य धन्य भएको छ । उनका अरू धेरै कृतिहरू हुँदाहुँदै पनि भानुभक्तलाई रामायणले नै अमर बनायो, अनि त्यही रामायणले नेपाली भाषालाई नै लोकप्रिय बनायो । वास्तवमा रामायणको आत्मामा बसेको नेपाली भाषासाहित्य नै पनि अमर बन्यो । सृष्टिको अमरताले पनि स्रष्टालाई अमर पार्‍यो । नेपाली भाषासाहित्यको अमरत्वका साथमा भानुभक्त आचार्यको अमरत्व सदार्सवदाका लागि गाँसियो ।

    भानुभक्त आचार्यले जीवनमृत्युसँग जुधेर पनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको ‘रामगीता’को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यस बेला उनी कालज्वरले मरणासन्न भएका थिए । तर पनि उनले आफ्ना छोरा रमानाथलाई ‘रामगीता’ टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात् १९२५ सालमा भानुभक्तको स्वर्गारोहण भयो।

  • आज भानु जयन्ती   विभिन्न  कार्यक्रम  गरि मनाइदै

    आज भानु जयन्ती विभिन्न कार्यक्रम गरि मनाइदै

    असार  २९

  • नेकपा माओबादी केन्द्र गुल्मीले गर्यो सीता दाहालको निधन प्रति दुःख व्यक्त

    नेकपा माओबादी केन्द्र गुल्मीले गर्यो सीता दाहालको निधन प्रति दुःख व्यक्त

    नेकपा माओबादी केन्द्र गुल्मीले गर्यो सीता दाहालको निधन प्रति दुःख व्यक्त
    असार-२८,२०८०
    गुल्मी ।
    नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्म पत्नि तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सीता दाहालको निधन प्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । आज पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा पार्टीका सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गदै शोकाकुल परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति प्रदान होस भनि कामना गरिएको थियो।
    नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र गुल्मीका इन्चार्ज वीरबहादुर कार्कीले पार्टीका सल्लाहकार सीता दाहालको निधनले पार्टीमा एक असल अभिभावक गुमाउनु परेको बताउनु भयो । उहाँले सीता दहाल पार्टीभित्र एक असल अभिभावक भएको चर्चा गदै उहाँको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको उल्लेख गर्नुभयो । दाहाल सरल ब्यक्तित्व र पार्टीलाई एकताबद्ध गर्नमा उहाँको ठूलो भूमिका रहेको बताउनु भयो ।
    जिल्ला सचिव अशोक थापाले सीता दाहाल पार्टीको असल अभिभावक र योजनाकार भएको चर्चा गर्दै उहाँको निधनले पार्टी स्तब्ध भएको बताउनु भएको छ ।
    यस्तै श्रद्धाञ्जली कार्यक्रममा नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले उहाँ एउटा महान नारी भएको बताउनु भयो। उहाँले पार्टीमा खेलेको भूमिका अतुल्निय रहेको उहाँको भनाई थियो ।यस्तै श्रद्धाञ्जली कार्यक्रममा अनेम संघ क्रान्तिकारी गुल्मका संयोजक गिता थापाले पार्टीले एक कुसल नेतृ गुमाएकोमा दुःख व्यक्त गर्नु भयो।, जिल्ला स्थित जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरु र कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा पार्टीका जिल्ला सचिव असोक थापाको अध्यक्ष र जिल्ला ईन्चार्ज वीर बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । श्रद्धाञ्जली सभामा पार्टीका सल्लाहकार सीता दाहालको तस्विरमा फुलमाला अबिर अर्पण गरिएको थियो ।