तपाईको आजको राशिफल (असार ३२ गते शनिवार )
ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?
तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :
https://www.youtube.com/watch?v=UND25da73qg

तपाईको आजको राशिफल (असार ३२ गते शनिवार )
ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?
तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :
https://www.youtube.com/watch?v=UND25da73qg

काठमाडौँ ।
हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ।
विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्। आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ।
यसरी गरौँ पूजा :
शनिवारको पूजा गर्दा यो कुराको ध्यान राखौँ। यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ।
यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ। शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ।
यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्य प्राप्त हुन्छ।

काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा दुई सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय १७ जनाको नमूना परीक्षण गर्दा दुई सय २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनङ्सख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ४८ जना सङ्क्रमित निको भएका छन् । नेपालमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १२ सय ८४ जना पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
थप ८७ हजार नौ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ ।
प्रतिनिधि सभाको उपसभामुखमा सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित हुनुभएको छ ।
भुसालले एक सय ४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । भुसालको विपक्षमा ९३ मत खसेको थियो । एक सांसद तटस्थ बसेका थिए । प्रतिनिधि सभामा दुई सय ७१ जना सांसद रहेकामा दुई सय ४२ जना उपस्थित भएका थिए ।
भुसाललाई उपसभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पारित भएपछि एमालेकी भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन । उपसभामुखमा भुसाल र भट्टराई उम्मेदवार थिए ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गौतमले प्राप्त गर्नुभएको मत बहुमत भएकाले उहाँ उपसभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो ।
२०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उक्त पद खाली रहेको थियो । झन्डै साढे दुई वर्षपछि प्रतिनिधि सभाले उपसभामुख पाएको हो ।

पाल्पा ।
लुम्बिनी प्रदेश सरकारले पाल्पालाई बिहीबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ ।
पाल्पाले प्रदेशमै पहिलो भएर नमुना काम गरेको लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।प्रदेशसभा सदस्य पुरनमान बज्राचार्यले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।
पाल्पाका सबै स्थानीय तहले बालबालिकाले खोप पाए÷नपाएको सर्वेक्षण गरेर घोषणा गरिसकेकाले जिल्ला घोषणा गरेको उनले बताए ।
बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो । सोहीअनुसार पाल्पा पूर्ण खोप सुनिश्चित भएको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जानकारी दिए ।
परिवार कल्याण महाशाखा स्वास्थ्य निर्देशनालयका प्रतिनिधि शिव पौडेल र वसन्त श्रेष्ठले जिल्लाले गरेको कामको अनुगमनपछि घोषणाका लागि अनुमति दिएको बताए ।
१० स्थानीय तहका ८१ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताए ।
जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि यहाँका पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको उनले बताए ।
जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै पालिका र जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।
पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पूरा गर्नुपर्ने हुन्छ । सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पूरा गरेको स्वास्थ्य कार्यालयका टीकाराम अधिकारीले बताए ।

बुटवल ।
रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ ।
सैनामैना नगरपालिका १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको छ । सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले सैनामैनाका सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे । जनताको सुकुम्बासी समस्या समाधान गर्न संविधानतः सरकारले एक पटकका लागि सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताए ।
मेयर शर्माले हिजो कसले के गरे, के गरेन भन्दा पनि आफूले आफ्नै कार्यकालमा लालपुर्जा आमनागरिक एवम् सर्वसाधारणको हातहातमा थमाउने कुरा व्यक्त गरे ।
आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि नगरपालिका तयार रहेको बताउँदै सबै राजनीतिक दल, जनप्रतिनिधिहरू, कर्मचारी र स्थानीय नागरिक, पत्रकारहरू सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न नगर प्रमुख शर्माले आग्रह गरेका छन् ।

चुरामणि तिमिल्सिना ,रुरु ।
भारतमागयर अर्कैका जुठा भाडा माझन तथा भारतीय नागरिकको गुलामी बन्न भन्दा आफ्नै प्यारो देश नेपालमा दुई चार पैसा कमाइ गरी आफ्ना जहान परिवार पाल्ने भनेर नै आफुले भारतको पन्जाबमा लागेको नोकरी लाई त्याग्ग्दै अटोरिेक्सा चलाउन लागेको फर्स बहादुर कुमालले बताउनु भयो।
पाल्पा रिब्दीकोट गाउँलालिका वडा न् १ जोगिथुममा जन्मिएका फर्स उमेरले ३५ बर्ष पुगेका छन ।
परिवारका ५ छोरा मध्ये जेष्ठ छोरामा रुपमा उनी रहेका छन । अन्य भाइको पेशा भन्दा फर्र्सको पेशा फरक खालको भएकोले सबैले चाखका साथ हेर्ने गर्दछन ।

बिध्यालमा कक्षा २ मात्र पढेका सानै देखि पेपे टिटि भनेर गुर्जी गानो र चप्पलका साना साना प्राङ्ग्रा बनाइ आफ्नै घर वरिपरि ओरालोमा प्राङगा बाला जिप भन्दै कुदाउने गर्थे। खास गरी उनको लक्ष पनि सवारी चलाउने मन भएकोले सानै देखिको इच्छा आफैले कमाएर पूरा गरेको बताउछन ।
अहिले उनि बिहान झन्डै ८ बज्दा घर बाट रिडी आइपुग्ने गर्दछन,रिडी थोर्गा भट्कुवा रातामाटा हुँदै पानी टन्किअर्गली यस्तै कालीगण्डकी करिडोर र खर्ज्याङ सडकमा दैनिकी जीवन बितेको फर्सले बताउछन ।

पछिल्लो समयमा यात्रा कम गर्ने,सोचे अनुसार आम्दानी नहुने दैनिक जसो १२ सयको हारहारिमा मात्र आम्दानी भएको बताउछन।
उनले थप्दै भनछन् अहिले बजारमा ९ ओटा अटो रेक्सा दैनिक सन्चालनमा रहेका छन।यसरी नै यात्रीहरु कम हुँदै जाने हो भने बैंकमा किस्ता तीर्न पनि धौ धौ हुने बताउछन ।
फर्सले अब बिदेश तथा भारतमा नफर्की नेपालमा यहीँ अटो रेक्सा लाई नै दैनिक गुजाराको बाटो बनाउने बताउनु भयो।

चुरामणि तिमिल्सिना,रुरु क्षेत्र ।
पाल्पा र स्याङ्जाको संगम स्थल रामनदी धाममा रहेको रामनदी धाम संस्कृत गुरुकुलको तेस्रो वार्षिकउत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
ब्यबस्थापन सामितिका अध्यक्ष बिष्णु देवानन्द सरस्वती महारजको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईको प्रमुख आथित्यता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख भट्टराईले बर्तमान समयमा सस्कृत शिक्षाको जगेर्ना गर्नको लागि यश गुरुकुलले महत्त्वपूर्ण भुमिका निर्बाह गरेको हुनाले जुन सुकै समयमा पनि गुरुकुल बिध्यालय निरन्तर सन्चालन हुने कुरामा प्रतिबद्धता जायर गर्नु भयो।
भट्टराईले गुरुकुल विकास निर्माणका गतिविधि लाई पनि नगरले बजेट सम्बोधन गर्ने प्रतिबद्धता जायर गर्नु भयो।

२०७६ साल्मा स्थापना भएको गुरुकुलमा कक्षा ६ देखि कक्षा ९ सम्म गुरुकुलका माध्यमबाट कक्षा सञ्चालन भएको आवसीय शिक्षक दिपक गैरेले स्वागतका क्रममा जानकारी गराउनु भयो।
समारोहमा गल्याङ नगर पालिकाकि उपप्रमुख कबिता गैरे बगनासकाली गाउँपालिका वडा न ५ का वडा अध्यक्ष ओम प्रकाश भट्टराई छिमेकि पालिका तथा वडाका अध्यक्ष तथा सदस्य कार्यापालिका सदस्यहरु लगायतको विशिष्ट आथित्यता रहेको थियो ।
कार्यक्रममा बिध्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद बस्यालले तीन आर्थिक बर्षको प्रगती प्रतिबेदन तथा आर्थिक गतिविधि प्रकाश पार्नु भएको थियो । यस्तै समारोहमा विभिन्न बिधाका पुरस्कार,साहित्य प्रतिभा सरसफाइ पुरस्कार,गुरु पुजन कार्यक्रम केन्द्रित रहेको थियो ।

यस गुरुकुलमा दैनिक कौमुदी कर्मकाण्ड वेद भाषा अङ्ग्रेजी कम्पुयुटर लगायतका विषयहरु पठनपाठन हुने गुरुकुलमा पाल्पा गुल्मी स्याङ्जा कपिल वस्तु रुपन्देही लगायतका जिल्ला बाट आवासीय रुपमा रहेर अध्यान गर्ने गर्दछन्।

यस गुरुकुलमा बस्ने बिद्यार्थी हरु लाई निशुल्क गुरुकुलबाट सम्पूर्ण खान बस्नको सुविधा प्रबन्ध मिलाइएको थप सुबिधा सम्पन्न भवन समेत निर्माण कार्यलाई अगाडी बढाइएको,गुरुकुल लाई क्रमैसङ्ग कक्षा लाई वृद्धि गर्दै लैजाने व्यवस्थापन समितिका अध्यक्ष बिष्णु देवानन्द सरस्वति महाराजले कार्यक्रममा प्रष्ट पार्नु भएको थियो।
कार्यक्रमको सन्चालन लक्षमण भण्डारीले गर्नुभएको थियो।

तपाईको आजको राशिफल (असार ३१ गते शुक्रवार)
ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?
तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :
https://www.youtube.com/watch?v=KDK506GPfuc

काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सोमबार सुरु भएको बैठकमा समसामयिक विषयमा केन्द्रीय सदस्यले धारणा राखिरहेका छन्। बुधवारको बैठकमा बोल्ने सदस्यहरुले सरकारबाट सन्तोषजनक काम नभएको आरोप लगाएका थिए।
केन्द्रीय सदस्यले गठबन्धनको औचित्य, सरकारका काम र पार्टी नेतृत्वकै कामका विषयमा प्रश्न उठाएपछि पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूले बिहीबार जवाफ दिने तयारी गरेका छन्।