Author: रुरु संचार मिडिया प्रा.लि

  • सत्यवतीको रुद्रवेणी र कालीगण्डकीको पुर्तीघाट बजारको अनुगम

    सत्यवतीको रुद्रवेणी र कालीगण्डकीको पुर्तीघाट बजारको अनुगम

    सत्यवतिको रुद्रवेणी र कालीगण्डकीको पुर्तीघाट बजारको अनुगम
    असार-२८,२०८०
    गुल्मी।
    घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सत्यवती गाउँपालिकाको रुन्द्रवेणी तथा कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट बजारको अनुगमन गरेको छ।
    घरेलु तथा साना उद्योग कार्यालय गुल्मी तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, कालिगण्डकी गाउँपालिका गुल्मी, प्रहरी चौकी पूर्तिघाटको टोलिले आज संयुक्त रुपमा बजारको अनुगमन गरेको हो ।अनुगमनको क्रममा भेटिएका म्याद नाघेका अखाद्य वस्तु बरामद गरि कर्मचारी तथा सुरक्षाकर्मीको रोहबरमा नष्ट गरिएको छ ।


    अनुगमनको क्रममा: पसलको साइन बोर्ड नभएको,मुल्य सूचि नराखेको,दर्ता तथा नविकरण नगरेको र मिश्रीत ढंगले पसल सञ्चालन गरेको पाईएकोमा तत्काल सुधार गर्न निर्देशन दिइएको थियो ।अनुगमनमा सहयोग, समन्वय गर्नुहुने सम्पूर्णमा घरेलु कार्यालय गुल्मीले हार्दिक धन्यवाद कृतज्ञता ज्ञापन गरेको छ।

  • स्वर्गद्वारी नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न

    स्वर्गद्वारी नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न

    स्वर्गद्वारी नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न
    असार २८
    बबिता रिजाल, प्युठान ।
    स्वर्गद्वारी नगरपालिकाको असार १० गतेको निति तथा कार्यक्रमको बजेट प्रस्तुत संगै सुरु भएको १३ औँ नगरसभा विहिबार नगर सभाको तेश्रो बैठक सम्पन्न भए पश्चात १३ औँ नगर सभा पनि सम्पन्न भएको छ ।

    स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीको अध्यक्षतमा स्वर्गद्वारी नगरपालिका ४ भिंगृमा सम्पन्न नगरसभाले असार १७ गते बसेको दोश्रो बैठकमा पास हुन नसकेको स्वर्गद्वारी नगरपालिका अन्र्तगतका वडाहरु र विषयगत शाखा तथा कार्यालयबाट भएका खर्चको आय व्ययको विवरण तथा निती अनुमोदन गरेको स्वर्गद्धारी नगरपालिकाका नगर प्रवक्त सुरज संगम सुनारले जानकारी दिनुभयो ।

    यस अघिको दोश्रो बैठकमा आगामी आर्थिक बर्ष २०८०।०८१ को निति तथा कार्यक्रमको बजेट पास गरेपनि आर्थिक बर्ष २०७९।०८० को वडाहरु र विषयगत शाखा तथा कार्यालयबाट भएका खर्चको आय व्यय तथा निती अनुमोदन गर्न सकेको थियन । यस्तै आजको बैठकमा गैर सरकारी सस्थाहरु फुलबारी एकिकृत ग्रामिण विकास संस्था गोल २ र हेफर नेपालको प्रस्तावित निति तथा कार्यक्रमहरु पनि स्विकृत गरेको पनि उहाँले बताउनु भयो ।

    स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीको अध्यक्षता , स्वर्गद्वारी नगरपालिकाका नगर उप प्रमुख मिनराज राना मगर , प्रमुख प्रसासकिय अधिकृत तुल्सीराम गैरे , वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , सभा सदस्यहरु , कर्मचारी लगायतको उपस्थितिमा बसेको नगर सभाको तेश्रो तथा अन्तिम बैठकको सञ्चालन प्रशासन शाखा प्रमुख ऋषिकेश भण्डारीले गर्नुभएको थियो ।

  • डडेल्धुरामा खोलाले बगाएर एक महिलाको ज्यान गयो

    डडेल्धुरामा खोलाले बगाएर एक महिलाको ज्यान गयो

    डडेल्धुरामा खोलाले बगाएर एक महिलाको ज्यान गयो
    असार-२८,२०८०
    डडेलधुरा ।
    डडेल्धुरामा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कुलेडी बस्ने अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको ज्यान गएको हो । बिहिबार दिउसो २ बजेको समयमा बोहरालाई खोलाले बगाएको प्रहरी जनाएको छ ।

    बिहीबार दिउँसो गोठालाबाट फर्किने क्रममा खोला तर्दा उनलाई बगाएपछि बेपत्ता भएकी थिइन् । बिहिबार डडेल्धुराका विभिन्न स्थानहरुमा ठुलो बर्षा भएको थियो। बर्षाका कारण खोलामा आएको बाढीले उनलाई बगएको हो उनलाई खोलाले बगाउदा बेपत्ता भएपछि स्थाानीयले प्रहरीलाई खबर गरेका थिए ।

    उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। खोजिगर्दा बगेको स्थानबाट करिब एक किलोमिटर टाढा शव फेला परेको प्रहरीले जनाएको छ ।

  • एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

    एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

    एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित
    असार-२८,२०८०
    बाग्लुङ।
    गलकोट नगरपालिकामा आज एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । गलकोटमा माद्यमिक शिक्षा परिक्षा एसईई २०७९ को नतिजामा उत्कृष्ट नतिजा प्राप्त गर्ने, ३.२ वा सो भन्दा बढी जि.पि.ए. प्राप्त गर्ने विद्यार्थीहरु र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरुलाई सम्मान कार्यक्रम तथा विद्यालयहरुका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र जनप्रतिनिधीहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले शैक्षिक सुधारका लागि नगरपालिका प्रतिवद्ध भएको बताउनुभएको छ । उहाँले शैक्षिक गुणस्तरको लागि नगरपालिकाले गरेका निर्णयहरुलाई सम्बन्धित शैक्षिक सरोकारवालाहरुले निर्णय कार्यान्वयनमा सहयोग गर्नको लागि अनुरोध गर्नुभएको थियो ।गैरेले विद्यालय तथा विद्यार्थिहरुलाई शैक्षिक योजना निर्माण गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि नगरपालिकाले विद्यार्थि तथा विद्यालयको नतिजाको आधारमा प्रोत्साहन गर्ने कार्यक्रम विगत देखि वर्तमानसम्म निरन्तर रुपमा गरिरहेको र यसलाई आगामी दिनहरुमा पनि निरन्तर गरिरहने प्रतिवद्धता जनाउनुभएको थियो ।उहाँले गलकोटको शिक्षामा सुधार ल्याउनको लागि नगरपालिकाले बजेट पनि सहि किसिमले विनियोजन गरेको र अन्तरक्रियामा उठेका गहन विषयवस्तुहरुलाई नगर शिक्षा समितिमा लगेर छलफल गर्ने जानकारी गराउनुभएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०७९ को माद्यमिक शिक्षा परिक्षा एसईईमा गलकोट नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट सहभागि भई ३.२ वा सो भन्दा बढी जि.पि.ए. प्राप्त गर्ने ४१ जना विद्यार्थीहरु र उत्कृष्ट नतिजा प्राप्त गर्ने ३ वटा विद्यालयहरुलाई सम्मान गरिएको थियो । जसमध्ये उत्कृष्ट नतिजा प्राप्त गर्ने ४१ जना विद्यार्थीहरुमध्ये सम्बुद्ध एजुकेशनल एकेडेमीका सन्देश रेग्मी ३.९५ जिपिए सहित प्रथम, एकता सेकेण्डरी बोर्डिङ स्कुलका रेईका विक ३.८ जिपिए सहित द्धितिय र गलकोट मोडनाईज बोर्डिङ स्कुलका गरिमा खत्री ३.७० जिपिए सहित तृतिय हुनुभएको छ । त्यस्तै प्रकाशित नतिजाको आधारमा सम्बुद्ध एजुकेशनल एकडेमी, गलकोट माद्यमिक विद्यालय, शिव माद्यमिक विद्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रत्येक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधीहरुबिच प्राप्त नतिजा र नतिजा सुधारको लागि वृहत् अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा उठेका प्रश्न तथा जिज्ञासाको गलकोट नगरपालिकाका शिक्षा अधिकृत शिव खड्का र सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, गलकोट नगर शिक्षा समितिका सदस्य टंक बहादुर केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गलकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारीको अध्यक्षता, गलकोट नगरपालिका शिक्षा शाखाका प्रास मनु सिंजालीको स्वागत र शिक्षा अधिकृत शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • गुल्मीमा जिप दुर्घटना

    गुल्मीमा जिप दुर्घटना

    असार  २८  गुल्मी

    गुल्मीमा जिप दुर्घटना भएको छ। तम्घास सिमलटारी सडक खण्डको रेसुङ्गा नगरपालिका ४ रैदिमा डबल क्याप जिप दुर्घटना हुदा जिपमा सवार ६ मध्य ४ जना घाइते भएका छन।

    सदरमुकाम तम्घासबाट मदाने गाउँपालिका अग्लुङ तर्फ जादै गरेको लु १ च ८०२४ नम्बरको डबल क्याप जिपको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

    घाइतेहरूको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू मध्ये प्युठान गौमुखी गाउँलिकाका – २२ वर्षीय यम बुढा, र प्युठान गौंमुखी गाउँपालिका-१ अर्खाका २१ वर्षीय नबिन बुढालाई पाल्पा रेफर गरिएको बताइएको छ । भने गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङ्गका २१ वर्षीय लक्ष्मण जि.सि. सोही स्थानका २८ वर्षीय चन्द्र मगरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

  • शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ सराङ्गमा प्राथमिक उपचार तालिम सन्चालन गरिने

    शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ सराङ्गमा प्राथमिक उपचार तालिम सन्चालन गरिने

    श्रीराम  गौतम  चन्द्रकोट    गुल्मी असार  २८

    शारदा माध्यमिक बिद्यालय चन्द्रकोट १ दिब्रुङ्ग सराङ्ग गुल्मिमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना र शारदा माध्यमिक बिद्यालयको संरक्षकत्वमा ३ दिने आधारभुत प्राथमिक उपचार तालिम सन्चालन हुने भएको छ । उक्त तालिम श्रावण ३ गतेदेखि ५ गतेसम्म तीन दिन सन्चालन गरिने भएको छ ।

    सन्चालन हुने तालिममा सोही बिद्यालयको कक्षा ६ देखि १२ सम्म अध्ययनरत बिद्यार्थीहरुमध्ये ३० जना सहभागी हुने जनाइएको छ ।  तालिम लिए पश्चात गाउँघरमा भैरहने सामान्य चोटपटक आदिबाट थप जोखिम न्यूनीकरण गरि बिरामिलाइ सहज रुपमा अस्पताल पुर्याउने काममा सहज बनोस भन्ने उद्देश्यले तालिमको आयोजना गर्न लागिएको सर्कलका शिक्षक नायक श्रीराम गौतमले जानकारी दिनुभयो । तालिम सकिएपछि बिद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिने गरि संचालन गरिने तालिमको प्रशिक्षण सर्कलका सल्लाहकार तथा बिद्यालयका सहायक प्रधानध्यापक लाल बहादुर रानाले गर्नुहुने छ ।

  • रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था

    रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था

    रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था
    चुरामणि तिमिल्सिना
    असार-२८,२०८०
    गुल्मी।
    गुल्मी,पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थल विश्ववकै धार्मिक, पौराणिक ,ऐतिहासि तथा पवित्र पर्यटकीय तिर्थ स्थल रुरुक्षेत्र धाम रिडीको तिनमुखे पुलमा निशुल्क वाइफाइको व्यवस्था गरिएको छ। विभिन्न क्षेत्र बाट पाल्नुहुने आन्तरीक तथा बाह्य पर्यटक हरुलाई स्थानीय पर्यटकीय गन्तब्यको प्रचार-प्रसार गर्ने महान उदेश्यका साथ “ब्रोडलिङ्क नेटवर्क कम्नीकेशन”का सञ्चालक देव थापा र रुरु क्षेत्र गाउँपालिका वार्ड नं.१ को विशेष पहलका साथै टोल विकास संस्थाको सहयोगमा फ्रि वाई-फाई जडान गरिएको वडा नं. १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो। यस लाई सञ्चालन गर्नका लागि चेतनशिल बहुउद्देश्य सहकारीको संस्थाले विद्युत सेवा निशुल्क नै प्रदान गर्ने सहकारी कि अध्यक्ष लक्ष्मी ज्ञवालीले बताउनु भयो ।

    हिजो आज लाखौको रोजाइमा रहेको यो पुलमा सुटिङ गर्न ,टिक टक बनाउन गितको छायान्कन गर्न आउँदा आफुले खिचेको फोटो नेटवर्क गर्न सहज हुने र आफ्नो परिवार लाई नयाँ ठाउको जानकारी पनि गराउन सकिने भएकोले यसरी यो पुलमा वाइफाइ सेवा सञ्चालन गरिएको रुरु १ टोल विकास संस्थाका अध्यक्ष प्रेम भण्डारीले बताउनु भयो। नेपालकै चार मध्य एक धाम भनीएता पनि प्रचारप्रसारमा कमि आयको र पर्यटकलाई लोभ्याउने कार्यक्रम यस क्षेत्रमा खासै नभएकाले पनि यहाँ पर्यटक अडिन नखोज्ने गरेको पाईएको छ ।

  • रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था

    रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था

    रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था
    चुरामणि तिमिल्सिना
    असार-२८,२०८०
    गुल्मी।
    गुल्मी,पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थल विश्ववकै धार्मिक, पौराणिक ,ऐतिहासि तथा पवित्र पर्यटकीय तिर्थ स्थल रुरुक्षेत्र धाम रिडीको तिनमुखे पुलमा निशुल्क वाइफाइको व्यवस्था गरिएको छ। विभिन्न क्षेत्र बाट पाल्नुहुने आन्तरीक तथा बाह्य पर्यटक हरुलाई स्थानीय पर्यटकीय गन्तब्यको प्रचार-प्रसार गर्ने महान उदेश्यका साथ “ब्रोडलिङ्क नेटवर्क कम्नीकेशन”का सञ्चालक देव थापा र रुरु क्षेत्र गाउँपालिका वार्ड नं.१ को विशेष पहलका साथै टोल विकास संस्थाको सहयोगमा फ्रि वाई-फाई जडान गरिएको वडा नं. १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो।

    यस लाई सञ्चालन गर्नका लागि चेतनशिल बहुउद्देश्य सहकारीको संस्थाले विद्युत सेवा निशुल्क नै प्रदान गर्ने सहकारी कि अध्यक्ष भगवती बराल ले बताउनु भयो । हिजो आज लाखौको रोजाइमा रहेको यो पुलमा सुटिङ गर्न ,टिक टक बनाउन गितको छायान्कन गर्न आउँदा आफुले खिचेको फोटो नेटवर्क गर्न सहज हुने र आफ्नो परिवार लाई नयाँ ठाउको जानकारी पनि गराउन सकिने भएकोले यसरी यो पुलमा वाइफाइ सेवा सञ्चालन गरिएको रुरु १ टोल विकास संस्थाका अध्यक्ष प्रेम भण्डारीले बताउनु भयो। नेपालकै चार मध्य एक धाम भनीएता पनि प्रचारप्रसारमा कमि आयको र पर्यटकलाई लोभ्याउने कार्यक्रम यस क्षेत्रमा खासै नभएकाले पनि यहाँ पर्यटक अडिन नखोज्ने गरेको पाईएको छ ।

  • गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

    गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

    असार २८

    गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी बेगबहादुर बलालकी छोरी टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।

    प्रहरी उपरीक्षक प्रधानका अनुसार बुधबार साँझ ६ बजे आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते हुनुभएको थियो । घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा लगिएको थियो । घाइते टीकाको उपचारको क्रममा बुधबार साँझ १० बजे मृत्यु भएको बुर्तिबाङ स्वास्थ्य केन्द्रले घोषणा गरेको थियो । मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेका अनुसार मृतक किशोरीको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिनेछ । मृतक बलालको आजै अन्त्येष्टि गरिनेछ ।

    मुसिकोट नगरपालिकाको नेटा र मालिका गाउँपालिकाको नेटामा चट्याङले बढी असर गर्दै आएको छ ।

  • बलेट्क्सार रिङरोड कालेपत्रे शिला अनावरण गरि उद्दघाटन

    चुरामणि तिमिल्सिना असार  २७। गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं. ४ मा बलेट्क्सार रिङरोड कालेपत्रे को एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धन बहादुर मास्किले शिला अनावरण तथा सडकमा विधिवत रुपमा पुजा गरेर शिलान्यास गर्नु भएको हो ।

    असार २२ गते राजेस्वरी कन्ट्रक्सन प्रा.लि. का संचालक भागबत गिरीले ८ करोड १७ लाख ५२ हजार ६ सय ६६ रुपियाँ मन्त्रालय सङ्ग सम्झौता गरेको हो । बलेटक्सारमा आयोजना भएको कार्यक्रममा सडक पुर्वधार बिकास कार्यालय तम्घास गुल्मीका कार्यालय प्रमुख सचितानन्द चौधरीको अध्यक्षता रहेको थियो । यस्तै समारोहमा लुम्बिनी प्रदेश सरकारका अर्थ मामिला मन्त्री धन बहादुर मास्किको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका पुर्व सामाजिक बिकास मन्त्री सुदर्शन बराल, गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिना देवि गौतम विशिष्ट अतिथी रहनु भएको थियो । पालिका उपाध्यक्ष मिना देवि गौतमले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा बोल्दै मन्त्री मास्किले रुरु क्षेत्र गाउँपालिकाका विभिन्न अपुरा योजनाहरु तथा अन्य बन्ने भौतिक पुर्वधार लाई कुनै तह बाट पनि बजेटको कमि हुन नदिने र यस आर्थिक वर्ष भित्रमा आफ्नो सरकारले गर्ने विभिन्न योजनाहरु देखिने गरि सम्पन्न गर्न बजेटको व्यवस्थापन गरिने बताउनु भयो । उहाँले यो क्षेत्र धार्मिक क्षेत्र भएकोले पर्यटनलाई केन्द्र बिन्दु बनाइ पर्यटक अडाउने संरचना पनि आवस्यक रहेकोले यो पनि गुरुयोजना बाट अगाडी बढाइने प्रतिबद्धता जायर गर्नु भयो ।

    यस्तै विशिष्ट अतिथि पुर्वमन्त्री बरालले हरेक क्षेत्रको बिकास गर्न सबै राजनैनिक दलहरु संगठित हुनुपर्ने र शिक्षकहरुले राजनिती नगरि बिद्यालयमा नै पुग्नु पर्ने पर्यटनका कार्यक्रमको सूचना प्रवाहको साथमा पुर्वधार निर्माण आकर्षक ताल निर्माण पनि आवस्यक रहेको बताउदै सडक सन्जाल जोडिदा आम नागरिकको जीवन स्तरमा सुधार पनि आउने बताउदै परिकल्पना कार पुर्व मुख्य सचिव लीलामणि पौडेल लाई आभार व्यक्त गर्नुभयो ।

    यस्तै पालिका अध्यक्ष यदु ज्ञवालीले यो योजना लामो समय सम्म यतिकै रहेकाले अब पूरा हुदै गर्दा यस पालिका बासिमा खुशीयाली छाएको र भनेकै समयमा निर्माण व्यवसायी लाई काम गर्न पालिकाले सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जायर गर्नुभयो ।

    यस्तै निर्माण व्यवसायी भागबत गिरिले आफुले निर्माण गरेका हरेक योजनाहरु तोकिएको समय भन्दा अगाबै बुझाउदै आएको र यो पनि बजेटको अभाव नभए तोकिएको समयमा बुझाउन आफुलाइ कुनै प्रकारको समस्या नहुने र काममा गुणस्तरमा कुनै पनि सम्झौतानगरी सरकार सङ्ग भएको सम्झौता अनुसारको कार्य सम्पादन गर्ने प्रतिबद्धता जायर गर्नुभयो ।

    कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, शैक्षिक अभियानता, बौद्धिक ब्यक्ति र उपभोक्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।