हरि जि.सी
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि १० दिने तालिम आईतबार देखी तानसेनको बन्दीपोखरामा शुरु भएको छ । जिल्लाको रामपुर,र तानसेनमा एकैसाथ १० दिने म्यादी प्रहरीका लागि तालिम शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताउनुभयो ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा प्रयोजनार्थ लागि पाल्पा जिल्लामा महिला ३२३ पुरुष ८९२ गरी जम्मा १२१५ जना छनौट गरिएको जानकारी दिनुहुँदै उहाँले पेशागत तालिमको उदघाटन प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले गरिएको बताउनुभयो ।
सो अवसरमा तालिम उदघाटन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी पन्तले म्यादी प्रहरीले निर्वाचनको समयमा गर्नुपर्ने कार्य र गर्नुपर्ने सुरक्षाबारे तालिममा सिकाइने बताउनुभयो । उहाँले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सबैको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी उपरीक्षक जनक शाही सहित जिल्ला सुरक्षा निकाएका प्रमुखहरु वडा न.५का वडा अध्यक्ष, लक्ष्मी मा.बिका प्र.अ, शिक्षक अभिभाबक संघका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । निर्वाचनमा नियमित जनशक्तिबाट मात्र सुरक्षा प्रदान गर्न पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना गरिएको र उहाँहरुलाई नियुक्ति दिएको दिनदेखि ४० दिनसम्म काममा लगाइने जनाइएको छ ।
प्रहरी नायव उपरीक्षक थापाले छनौट भएका म्यादी प्रहरीलाई निर्धारित पाठ्यक्रमअनुसार आधारभूत कानूनी प्रक्रियासम्बन्धी ज्ञान, सुरक्षा व्यवहारसम्बन्धी व्यवहारिक सीप, निर्वाचनमा म्यादी प्रहरीले पालना गर्नुपर्ने कर्तव्य तथा आचरणसम्बन्धी तालिम दिइने बताउनुभयो





टोल विकास सस्था र वडा कार्यालयले पहिरो हटाउने कार्य गरिएको छ । विजया दशमी २०७९ अघिल्लाे दिनदेखि परेकाे अविरल वर्षाका कारण विपन्न दलित परिवारका मान बहादुर बिकको घरमाथी बाट पहिरो झरी गोठ पुरिदा एउटा भैंसी र एउटा बाख्रा मरेका थिए ।
पहिरोले घर समेत जोखिमा भएकोले बिकको परिवार विस्थापित भएकोले उनलाई सुरक्षीत स्थानमा सारिएको वडा अध्यक्ष शालिकराम टण्डनले बताउनुभयो ।



