Category: स्वास्थ्य

  • जबर्जस्ती करणी अभियोगमा गुल्मी मुसिकोटका एकजना पक्राउ

    जबर्जस्ती करणी अभियोगमा गुल्मी मुसिकोटका एकजना पक्राउ

    गुल्मी ।
    जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका १ का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका छन् ।

    गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    शनिबार बेलुका साढे ७ बजे स्थानीय महिलालाई बलात्कार गरेको उनीमाथी आरोप रहेको छ ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

  • मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

    गुल्मी ।
    गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ हटियामा लु ६ प २०२० नम्बरको मोटरसाइकल दुर्घटना हुादा २६ वर्षीय लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    प्रहरीका अनुसार सोमबार दिउँसो हटियाबाट ठूलाचौरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।

    मोटरसाइकल आफैले चलाएका पाल्पालीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

  • लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

    लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

    बुटवल ।
    लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ।

    लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुपर्ने छैन।


    लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग) सेवा र इमर्जेन्सी (आकस्मिक सेवा)को टिकट तथा बेड (शय्या)मा उपचार गर्न आउनेलाई कुनै पनि शुल्क लाग्ने छैन।

    प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशल्क गर्न चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो।

  • आज साउने संक्रान्ति :लुतो फाल्ने दिन

    आज साउने संक्रान्ति :लुतो फाल्ने दिन

    काठमाडौं ।
    आज साउने संक्रान्ति पर्व हरेक नेपालीको घरघरमा मनाइँदैछ।

    सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने अर्थात कर्कट संक्रान्ति पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउन लागिएको हो। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिको रुपमा मनाउने प्राचीन परम्परा छ।

    साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ।
    अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए।

    परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

    लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई हिन्दु धर्मावलम्बीले विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ।

    महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए।

  • पछिल्लो तीन महिनामा विपदका कारण १२१ जनाको मृत्यु

    पछिल्लो तीन महिनामा विपदका कारण १२१ जनाको मृत्यु

    काठमाडौं ।
    पछिल्लो तीन महिनामा बाढी, पहिरो, चट्याङ, आगलाजीजस्ता विपदका कारण १२१ जनाको मृत्यु भएको छ ।

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ वैशाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १२१ जनाको मृत्यु भएको हो ।

    यो तीन महिनाको अवधिमा चट्याङका कारण सबैभन्दा धेरै ५० जनाका मृत्यु भएको छ । त्यस्तै आगलागीबाट १९, पहिरोबाट १७ र जनावर आतंबाट १२ जनाको मृत्यु भएको केन्द्रको तथ्यांक छ ।

    विपदका घटनाका कारण २ जना बेपत्ता भएका छन् भने २९९ जना घाइते भएका छन् ।
    विपदमा परी एक हजार ४०३ परिवार प्रभावित भएका छन् र ६८ करोड ५२ लाख ४४ हजार ३६० जनाको मृत्यु भएको अनुमान गरिएको केन्द्रको तथ्यांक छ ।

    केन्द्रले विपदका घटनामा बाढी पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आतंक आदिलाई राखेको छ ।

  • गोठ भत्किएर एक बालिकाको मृत्यु

    गोठ भत्किएर एक बालिकाको मृत्यु

    दाङ ।
    दाङको घोराहीस्थित गोठ भत्किएर शनिबार एक बालिकाको मृत्यु भएको छ ।

    घोराही उपमहानगरपालिका ९ निवासी इब्राहिम मियाकी २ वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

    गोठ भत्किएर चोट लागेपछि गम्भीर घाइते बालिकाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • नेपालमा कोरोना सङ्क्रमण बढ्दै ,२४ घण्टामा दुई सय २९ जना थपिए

    नेपालमा कोरोना सङ्क्रमण बढ्दै ,२४ घण्टामा दुई सय २९ जना थपिए

    काठमाण्डौ ।
    पछिल्लो २४ घण्टामा दुई सय २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय १७ जनाको नमूना परीक्षण गर्दा दुई सय २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनङ्सख्या मन्त्रालयले जनाएको छ ।

    यही अवधिमा ४८ जना सङ्क्रमित निको भएका छन् । नेपालमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

    अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १२ सय ८४ जना पुगेको छ । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

    थप ८७ हजार नौ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

  • पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    पाल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

    पाल्पा ।
    लुम्बिनी प्रदेश सरकारले पाल्पालाई बिहीबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको छ ।

    पाल्पाले प्रदेशमै पहिलो भएर नमुना काम गरेको लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।प्रदेशसभा सदस्य पुरनमान बज्राचार्यले प्रदेशका तर्फबाट प्रतिनिधित्व गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

    पाल्पाका सबै स्थानीय तहले बालबालिकाले खोप पाए÷नपाएको सर्वेक्षण गरेर घोषणा गरिसकेकाले जिल्ला घोषणा गरेको उनले बताए ।
    बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गर्न प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो । सोहीअनुसार पाल्पा पूर्ण खोप सुनिश्चित भएको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले जानकारी दिए ।

    परिवार कल्याण महाशाखा स्वास्थ्य निर्देशनालयका प्रतिनिधि शिव पौडेल र वसन्त श्रेष्ठले जिल्लाले गरेको कामको अनुगमनपछि घोषणाका लागि अनुमति दिएको बताए ।

    १० स्थानीय तहका ८१ वडाका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरेपछि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

    जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि यहाँका पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको उनले बताए ।

    जिल्ला खोप समन्वय समितिले अनुगमन गरी वडा हुँदै पालिका र जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

    पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पूरा गर्नुपर्ने हुन्छ । सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पूरा गरेको स्वास्थ्य कार्यालयका टीकाराम अधिकारीले बताए ।

  • सर्पले डस्दा दाङमा एक जनाको ज्यान गयो

    सर्पले डस्दा दाङमा एक जनाको ज्यान गयो

    दाङ ।
    सर्पले डस्दा दाङमा एक जनाको ज्यान गएको छ । अर्का एक जना बिरामी भएका छन् ।

    सर्पले डस्दा दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुमाललाई हिजो आफ्नै बारीमा सर्पले डसेको थियो ।

    यस्तै सर्पले डस्दा घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदीप बुढामगर बिरामी परेका छन् । मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

  • रुपन्देहीमा तीन बालिकाको डुबेर मृत्यु

    रुपन्देहीमा तीन बालिकाको डुबेर मृत्यु

    बुटवल ।
    रुपन्देहीमा मंगलबार तीन जना बालिकाको डुबेर मृत्यु भएको छ ।

    रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको हो ।

    उनीहरु खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    त्यस्तै ,
    रुपन्देहीकै समरीमाई गाउँपालिका–५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँ स्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी छन् । बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।