Category: स्वास्थ्य

  • बुटवल उपमहानगर:कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित  घोषणा

    बुटवल उपमहानगर:कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

    बुटवल ।
    बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ ।

    बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
    उनले कोभिड–१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रंशसनीय रहेको जनाउँदै आगामी दिनमा प्रदेश सरकारले
    स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए ।

    कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य,जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारूले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको
    सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्णखोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्णखोप सुनिश्चित घोषणा गरेको जानकारी गराए ।

    उनले तथ्याङ्क सङ्कलकलाई अभिमुखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकको तथ्याङ्क सङ्कलन,जनचेतनामूलक कार्यक्रम
    सञ्चालन तथा प्रचार–प्रसार,छुट नागरिकलाई खोप सेवा प्रदान, वडाबाट ‘रेण्डम’ सर्वेक्षण,सबै वडाको पूर्णखोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए ।

    बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवल बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवा प्रदान गरेको बताइन् । उनले बुटवलमा खोेप सुनिश्चित भएको र खोप लगाउन बाँकी रहेकालाई खोप लिन आह्वान गरिन् ।

    उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्णखोप घोषणा गर्नका लागि
    जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस जिल्ला खोप समन्वय समितिबाट भेरिफिकेसन
    गरी पूर्णखोप गर्न अनुमति प्रदान भएको जानकारी गराए।

    उनले बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथि पूर्णखोप लगाएको एक लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारीदिए ।
    रासस

  • कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

    कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

    कपिलवस्तु ।

    कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्क बहादुर ओली र महाराजगन्ज नगरपालिका १० मुजाहनास्थित नेपाल भारत सिमाना नजिकैको खेतमा स्थानीय वर्ष ३८ का धुन्नु धोबी मृत अवस्थामा भेटिएका हुन् ।

    दुवै घटनाको अनुसन्धान जारी रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

  • रुपन्देहीको तिलोत्तमा  एक युवती मृत फेला

    रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला

    बुटवल ।
    रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला परेकी छन् ।

    मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल २ की अस्मिता पटवार शर्मा रहेकी छन् ।
    वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताए ।

    अस्मिताका बुवा नागेन्द्र पटवारले जेठानकी श्रीमतीले छोरी घरमा नभएको भन्दै शनिबार दिउँसो साढे ३ बजे फोन गरेको बताए ।

    उनले फोन जानेवित्तिकै आफू रुपन्देही आई साँझसम्मै छोरीलाई खोज्दा नभेटेको बताए । उनले ईलाका प्रहरी कार्यालय बुटवलमा छोरी हराएको जाहेरीसमेत दिएका थिए । ’रातिसम्मै खोजियो, छोरीको केही पत्ता लागेन,’ उनले भने, ’राति २ छोरालाई पठाएँ, उनीहरुले पनि नभेटेपछि चिन्ता लाग्न थाल्यो ।’

    आइतबार दिउँसो साढे १ बजेतिर भने तिनै जेठानकी श्रीमतीले छोरीको शव खोलामा भेटिएको जानकारी गराएको उनले बताए ।

    मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । अस्मिताको टाउको र शरीरमा चोट रहेको नागेन्द्रले बताए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • भेरी अस्पतालमा  डाक्टर ड्यूटीमा नआउँदा बिरामीलाई सास्ती

    भेरी अस्पतालमा डाक्टर ड्यूटीमा नआउँदा बिरामीलाई सास्ती

    नेपालगञ्ज ।
    भेरी अस्पतालमा कार्यरत डा.सुरेशकुमार नागले एक वर्षदेखि नियमित ड्यूटी नगरेपछि अस्पताल प्रशासनले कारबाहीका लागि पत्र काटेको छ ।

    भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. नागलाई अस्पताल प्रशासनले पटक पटक जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दा पनि नमानेपछि कारबाहीका लागि मन्त्रालयलाई पत्र लेखेको हो ।

    ‘विगतदेखि नै आफ्नो ड्युटी गर्न समयमा नआउने लापबाही गर्ने गरेको पाइएको छ,’अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘विकास समितिको तर्फबाट पटक पटक सुध्रिन अनुरोध गर्दासम्म समेत अटेर गरेको पाइयो,बाध्य भएर कारबाहीका लागि पत्र काटिएको हो ।’

    अस्पतालले २०७८ साउन २२ गतेको समितिको निर्णय अनुसार यसअघि पनि उनलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको थियो ।

  • गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु

    गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु

    गुल्मी ।
    गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।

    मदाने गाउँपालिका वडा –१ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले बताए ।

    एसपी दाहालका अनुसार मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

    यस्तै चट्याङ लागेर उनकी काकी ४२ वर्षीया संगीता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।

    उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीको भनाई रहेको छ ।

  • प्यूठानमा चट्याङ पर्दा ११जना घाइते,२ जना गम्भिर

    प्यूठानमा चट्याङ पर्दा ११जना घाइते,२ जना गम्भिर

    प्यूठान ।
    सोमबार रातिको अविरल वर्षासँगै परेको चट्याङले प्यूठानमा ११ जना घाइते भएका छन् ।

    जिल्लाको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ पर्दा पाँच जना घाइते भएका हुन् ।
    घाइते हुनेहरूमा स्थानीय ७ वर्षीय रोमन परियार, १२ वर्षीय किरण परियार गम्भीर घाइते भएका छन् ।

    त्यस्तै अरू पाँच जना पनि घाइते भएका छन् । घाइते हुनेमा दिपक परियार, सपना परियार, सुवर्ण परियार, एलिसा परियार, सगुन परियार पनि घाइते भएको वडा अध्यक्ष भरत खड्काले जानकारी दिए ।

    यस्तै, ऐरावती गाउँपालिका वडा न–१ दाङवाङमा पनि सोमबार राति चट्याङ पर्दा चार जना घाइते भएका छन् ।
    घाइते हुनेमा एकै घरका तीन जना पनि रहेका छन् । घाइते हुनेमा पबी नेपाली, लिला नेपाली, अञ्जली नेपाली र सीता नेपाली घाइते भएको ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए ।

    बिहान साढे तीन बजेतिरको समयमा चट्याङ परेको थियो । घाइते सबैलाई उपचारका लागि बिजुवार पठाइएको छ ।

  • पाल्पाको बराङ्दीमा एक घर एक लालीगुराँस अभियान

    पाल्पाको बराङ्दीमा एक घर एक लालीगुराँस अभियान

    पाल्प ।
    बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याल “ राष्ट्रप्रेमी“ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन ।

    बस्यालका अनुसार बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल गरेको बताए । उनले आफ्नो घरमा श्री सिद्दबाबा मन्दिर बराङ्दी घिउसिबास ,श्री महामृत्युञ्जय शिवासन धाम , शिवालय मन्दिर बराङ्दी आयुर्बेद औषधालय , श्री बेद माध्यमिक बिद्यालय, कालिगण्डकी बोर्डिङ स्कुल र बराङ्दीको वडा कार्यलय र बेलौतिखरक टोल भरि लाली गुराँस लगाएर अभियानको सुरुवात गरेका छन।

    लालीगुराँसको यो अभियानको कुरा सुन्दा स्थानीय उत्साहित भएका छन । यो अभियानलाई वडाले निरन्तरता दिनुपर्नेमा जोड दिएका छन ।

    स्थानीय चुरामणी बस्यालले अभियान महत्वपुर्ण रहेकोले पुर्णता दिन आबस्यक रहेको बताउछन ।उनि भन्छन ’’लाली गुँरास सौन्दर्य मात्र नभएर महत्वपुर्ण औषधी पनि हो ’’ हृदयरोग कलेजो तथा मिर्गौलाको समस्या भएमा गुरास उपयोगी मानिन्छ । गुराँसको सर्वत गर्मी याममा पिइने स्वस्थ्यकर पेयमा पर्छ ।

    बस्यालले एक बर्ष अगाडि बगनासकाली गाँउपालिकामा लागुपदार्थ तथा जुवातास न्यूनीकरणको लागि सचेतना अभियान चलाएका थिए । बस्याल विभिन्न सामाजिक संघसस्थामा आबद्ध छन ,उनी सामाजिक काममा सक्रिय देखिन्छन् ।उनले दुई महिना अगाडि राष्ट्रप्रेमी गित बिमोचन गरेका थिए ।

  • रुरुक्षेत्र  गाउँपालिका वडा न ४ पुर्ण पोषण मैत्री घोषणा

    रुरुक्षेत्र गाउँपालिका वडा न ४ पुर्ण पोषण मैत्री घोषणा

    चुरामणी तिमिल्सिना,रुरुक्षेत्र ।

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ४ लाई एक कार्यक्रमका विच पुर्ण पोषण मैत्री गाउँपालिका घोषणा गरिएको छ।

    आज सम्पन्न कार्यक्रम मार्फत गाउँपालिका भरका सम्पुर्ण स्वास्थ संस्थाहरुमा ब्यानर अनावरण तथा प्रमाणपत्र हस्तान्तरण गरि पोषण युक्त गाउँपालिका को रुपमा घोषण गरिएको हो ।

    यस्तै कार्यक्रम मार्फत वडा न ४ का २० जना स्वास्थ स्य‌मसेविका , सु(आहारा स्वास्थ कार्यालय गुल्मी, एकिकृत ग्रामीण बिकास समाज गुल्मी , का साथै गाउँपालिकाका स्वास्थ शाखा प्रमुख लाई कदर पत्रले सम्मान गरिएको आयोजकले बताएको छ ।

    वडा स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशन समिती र बलेटक्सार स्वस्थ चौकीको आयोजनामा कार्यक्रम आयोजनाका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आथित्यता रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष ज्ञवालीले समग्र रुपमा स्वास्थ क्षेत्रमा क्रमिक रुपमा सुधारत्मक कार्यक्रमलाई बजेट बिनियोजन गरिएको ,करिब दुई महिनाको एक पटक घुम्ती सेवा वडा तहमा सन्चालन गर्ने, कम्तिमा बर्षको एक पटक सबै बिरामीको लागि निशुल्क स्वास्थ सिबिर सन्चालन गर्ने महिला तथा स्वास्थ क्षेत्रका कार्यक्रम लाई प्रभावकारी रुपमा अगाडी बढाउन स्यमसेविका विच अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन गरिने बताउदै प्राथमिक उपचार सामाग्री हरुको सदैव अभाव हुन नदिने समेत प्रतिबद्धता जनाउनु भयो।

    कार्यक्रममा पालिकाकी उपाध्यक्ष मिना गौतम नि।वर्तमान उपाध्यक्ष लक्ष्मी देबि पन्थ , प्रमुख प्रशासकीय अधिकृत मदु कृष्ण पौडेल जन जनप्रतिनिधिहरु , स्वास्थ शाखाका प्रमुख छत्र बहादुर अधिकारी विशिष्ट अतिथी रहनु भएको थियो ।समारोहमा विभिन्न शाखाका कर्मचारी , पत्रकार, स्वास्थ्य स्वयमसेविकाहरु लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले स्यमसेविकाहरु भनेका गाउँका डाक्टर भएकाले उहाँहरुलाइ सामान्य उपचार सहजको लागि सामाग्री बाकस, झोला उपलब्ध गराइयको, हरेकको घर घर्दैलोमा जेष्ठ नागरिक देखि अपांग वृद्ध हरुलाइ स्वास्थ सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो।
    यस्तै कार्यक्रममा वडा न ४ का स्वास्थ साखाका प्रमुख इन्द्र देवपौडेल ले विभिन्न १७ प्रकार का मापदण्ड पूरा गरि यो वडा पोषण घोषण गरिएको जान्कारी गराउदै करिब १ बर्षको अबधिमा नै सबै मापदण्ड पूरा गरेको बताउनु भयो।

    समारोहमा सामाजिक समितिका सम्योजक शेष नारायण पौडेल निबर्तमान उपाध्यक्ष लक्ष्मी पन्थ सुहाराका प्रतिनिधि स्यम सेबिका प्रतिनिधि लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा उपाध्यक्ष पन्थ लाई सम्मान पत्र मायाको चिनो दोसल्ला सहित पालिकाले बिदाइ समेत गरेको थियो।

    कार्यक्रम को सनञ्चालन कम्प्युटर अप्रेटर दामोदर ज्ञवालीले गर्नु भएको थियो।

  • रेसुङ्गा नगरको मासु मिसन कार्यक्रम :कृषकलाई उन्नत जातका पाडा हस्तान्तरण

    रेसुङ्गा नगरको मासु मिसन कार्यक्रम :कृषकलाई उन्नत जातका पाडा हस्तान्तरण

    केशब गौतम,गुल्मी ।
    गुल्मीको रेसुङ्गा नगरपालिका कृषकको घर–घरमा पुग्न थालेको छ ।

    समुन्नत नगरपालिकाको मुख्य आधारनै कृषि भएकाले कृषकको घर–घरमा पुगेर गुनासो सम्बोधन गर्न थालिएको नगर प्रमुख
    खिल्ध्वज पन्थीले बताए । नगरपालिकाको वडा नम्बर ११ र १२ मा मासु मिसन कार्यक्रमको लागि कृषकलाई उन्नत जातका पाडा हस्तान्तरण
    गरिएको नगरप्रमुख पन्थीले बताए ।

    हस्तान्तरण कार्यक्रम बोल्दै नगरप्रमुख पन्थीले यो कार्यक्रम कृषकको लागि महत्वपूर्ण भएको बताए ।
    नगरप्रमुख पन्थीका अनुसार आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा पनि कृषि पशुपालनलाई प्राथमिकता दिएको बताए ।
    स्वरोजगारले बेरोजगार हटाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

    रेसुङ्गा नगरपालिका वडा नम्बर ११ मा तील बहादुर बुचा र वडा नम्बर १२ मा नेत्र बस्नेतलाई उन्नत जातका पाडा हस्तान्तरण गरिएको छ ।

    पाडा हस्तान्तरण गर्दै कृषकको साथमा नगरपालिका रहेकाले निर्धक्क भएर काम गर्न नगर प्रमुख पन्थीले आग्रह गरेका छन् ।
    कषिमा आकर्षित र कृषकलाई उत्साहित बनाउनका लागि उत्कृष्ट काम गर्ने कृषकलाई पुरस्कार स्वरुप निब्र्याजी ऋण उपलब्ध गराउने उनको भनाइ थियो ।

    नगरपालिकाका पशु शाखा प्रमुख रुमाखर मरासिनीले ५० वटा पाडा कपिलवस्तुबाट खरिद गरेर ल्याइएको थियो ।
    कृषकलाई पाडा प्रवद्र्धन मासु मिसन कार्यक्रमको लागि नगरले २० लाख ४४ हजार रुपैयाँ बजेट छुट्याएको थियो । वडा नम्बर ११ मा २५ र १२ मा २५ वटाका दरले पाडा हस्तान्तरण गरिएको पशु शाखा प्रमुख मरासिनीले बताए ।

    कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख पन्थीसहित उपप्रमुख अमृता कुँवर,वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थी,
    वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डे,वडा नम्बर १० का वडाध्यक्ष एवं नगरपालिकाका आर्थिक विकास संयोजक राम बहादुर बस्नेत
    ,वडा नम्बर ११ का वडाध्यक्ष खुम बहादुर राना, वडा नम्बर १२का वडाध्यक्ष चेहरसिह टन्डन,नगरपालिकाका कृषि शाखा प्रमुख हरि शरण पन्थी लगायतको उपस्थित रहेको थियो ।

  • गुल्मीको रुरुक्षेत्र गाउँपालिका पुर्ण सरसफाई उन्मुख घोषणा

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका पुर्ण सरसफाई उन्मुख घोषणा

    गुल्मी। गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न ६ रिमुवालाई औपचारिक समारोहका बिच पुर्ण सरसफाई उन्मुख घोषणा गरिएको छ । पालिका उपाध्यक्ष मिना देबि गौतमले वडा अध्यक्ष तथा कार्यक्रमका सभापति रोमनाथ पौडेललाई घोषण प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो। समारोहमा अध्यक्ष पौडेलले कार्यक्रम माथी प्रकाश पार्दै प्रगति प्रतिबेदन प्रस्तुत गर्दै सबैलाई सहयोग पुर्याउन योग्दान पुर्याउने वडाबासिमा धन्यवाद ब्यक्त गर्नुभएको थियो भने रिमुवा उपस्वास्थ्य चौकिका प्रमुख सचेन्द्र पटेलले कार्यक्रममा स्वागत गर्दै कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो।


    कार्यक्रममा सरसफाई मुक्त बनाउन योगदान गर्नुहुने महिला स्वास्थ्य स्वयंम सेविका, विशिष्ट ब्यक्तिहरु, विभिन्न संघ संस्थालाइ वडाले सम्मान गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपाध्यक्ष गौतमले कार्यक्रम घोषण गरेर मात्र नहुने भएकोले निरीक्षण समितीबाट अबलोकन गर्ने, सचेतना तथा सन्देश मुलक कार्यक्रम आयोजना गरी उक्त कार्यक्रलाई अगाडी बढाउन आग्रह गर्नुभयो। कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका स्वास्थ शाखा प्रमुख छत्रबहादुर अधिकारीले यो कार्यक्रम पालिकामा पहिलो वडाको रुपमा पनि घोषण भएको बताउनु भएको छ।


    कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका स्वास्थ शाखा प्रमुख छत्रबहादुर अधिकारी, एकिकृत ग्रामीण बिकास समाजका कार्यकारी निर्देशक कृष्ण बिस्वकर्मा, एकिकृत ग्रामीण बिकास समाजका जिल्ला अध्यक्ष गणेश श्रीपाली, निबर्तमान वडा अध्यक्ष गिरी सिङजाली, जनप्रतिनिधि, आमा समूह, स्वास्थ कर्मी, पत्रकार, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भुवनेस्वर भुसाल, सुहारा प्रतिनिधि, भन्छिन आमाका प्रतिनिधिहरु, समाजसेबी बौद्धिकबर्ग तथा वडा बासीको आथित्यता रहेको कार्यक्रमको संचालक खडानन्द पौडेलले गर्नुभएको थियो ।