जनता माध्यमिक विद्यालयमा एक दिने सचेतना कार्यक्रम संपन्न

चुरामणि तिमिल्सिना । जनता माध्यमिक विद्यालय सत्यवती गाउँपलिका वडा न १ अस्लेवा गुल्मीमा १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र विद्यालयको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिका भर सचेतना कार्यक्रम सन्चालन गर्न आग्रह गरे पछि…

मनसुनी वायुको प्रभावले देशभर झरी,उच्च सतर्कता अपनाउन अपिल

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ। दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा…

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस,दहीच्यूरा खाने दिन

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दहीच्यूरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले…

रैनादेवीछहरामा पहिरोका कारण पसल भत्कियो

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका भवन नजिकै पहिरो झर्दा एउटा पसल भत्किएको छ। वडा नम्बर ४ स्थित गाउँपालिका भवन अगाडि पहिरो जाँदा स्थानीय मंगल हिताङको पसल भत्किएको वडा नम्बर ३ का अध्यक्ष प्रदीप पौडेलले जानकारी दिए। पौडेलका अनुसार पहिरोले…

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड अवरूद्ध

बुटवल । दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरूद्ध भएको छ। यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।…

निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ । लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन…

भेरी अस्पताल नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन्। अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच…

रूपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु

बुटवल । रूपन्देहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सियारी गाउँपालिका–२ का ४५ वर्षीय रामनाथ बरईको चट्याङ लागेर मृत्यु भएको हो । मंगलबार बिहानै खेतमा काम गर्न गएको बेला चट्याङ लागेर बरईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका…

आगामी तीन दिन मनसुन थप सक्रिय हुने ,सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने देखिएको छ । आगामी तीन…

रुरुमा दलित बर्ग सचेतना कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना । रुरुक्षेत्र गाउँपालिका गुल्मीमा दलित बर्ग सचेतना कार्यक्रम सम्पन्न भएको छ । रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजनमा कार्यक्रम गरिएको हो । समापन समारोहमा अध्यक्ष यदु ज्ञवाली उपाध्यक्ष मिनादेबी गौतम र सामाजिक बिकास समिती संयोजक शेष नारायण पौडेल लगाएतले…