Category: विचार

  • आधुनिकीकरण सङ्गै हराइरहेको सभ्यता

    आधुनिकीकरण सङ्गै हराइरहेको सभ्यता

    श्रीराम  गौतम चन्द्रकोट सराङ  गुल्मी

    आधुनिकीकरणले मानव सभ्यतामा क्रान्तिकारी परिवर्तनहरू ल्यायो र निरन्तरताको दिशामा गति पाउने महत्वपूर्ण भूमिका निभाएको छ। यसले सभ्यताको संरचना, व्यवस्था, संगठनता, विचारधाराहरू र जीवनशैलीमा महत्वपूर्ण परिवर्तनहरू ल्याएको हो।

    आधुनिकीकरणले प्रवृत्तिहरूको सट्टामा वैज्ञानिक, सांस्कृतिक, आर्थिक र सामाजिक पहुँचमा महत्वपूर्ण परिवर्तनहरू ल्याएको छ। विज्ञान र प्रविधिले विश्वासमा बिना गम्भीर परिवर्तन ल्याइ बिजुली, यातायात, संचार, संगठन, विनिमय र कार्यप्रणालीहरूमा क्रान्तिकारी परिवर्तनहरू गरेको छ। साथै, सांस्कृतिक आधुनिकीकरणले प्रभावशाली रूपमा देखिएको छ। विविध सांस्कृतिक प्रभावहरूले अब एकदिवसीय जीवनशैलीमा देखा पर्दै छन्। विदेशी संस्कृतिक प्रभावका कारण, वस्त्र, खानपान, संगीत, कला, खेल, अभिनय, र अन्य क्षेत्रमा अधिक समान रूपमा प्रभाव पाएको छ।

    आधुनिकीकरणले सामाजिक र आर्थिक व्यवस्थामा पनि महत्वपूर्ण परिवर्तन ल्याएको छ। उदाहरणका लागि, आधुनिकीकरणले व्यापार, वित्त, नीति र आर्थिक प्रणालीहरूमा गति ल्याएको छ। विश्व व्यापार, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, इन्टरनेटका साधनहरू, सहरीकरण र आर्थिक नेतृत्वले संघीय राज्यहरू र अन्तर्राष्ट्रिय संगठनहरूको संचालनमा महत्वपूर्ण परिवर्तन ल्याएको छ।

    तत्पश्चात, आधुनिकीकरणले मानवीय सम्बन्धहरूमा पनि परिवर्तन ल्याएको छ। यसले संचार र सम्पर्कको ढाँचा र स्वरूपमा परिवर्तन ल्याएको छ। विश्वास, व्यक्तिगतता, परिवार, समुदाय, जातीयता, लैंगिकता र सामाजिक समावेशीकरणका क्षेत्रमा आधुनिकीकरणले असल अस्तित्व र नियमनमा परिवर्तन ल्याएको छ।

    आधुनिकीकरणले सभ्यताको विभिन्न पहलहरूमा महत्वपूर्ण परिवर्तन ल्याएको छ। यसले ज्ञान, प्रगति, साहित्य, कला, संगीत, विज्ञान, तकनिकल प्रगति, व्यवासायिकता, समाजिक समावेशीकरण, विचारधाराहरू, व्यापार, आर्थिक प्रणाली, औद्योगिकी, संगठनता र बहुराष्ट्रिय सम्पर्कहरूमा परिवर्तन ल्याएको छ। हालको समयमा, आधुनिकीकरणले सभ्यतामा विश्वसनीयता, सामरिकता, तकनिकल अग्रगामीता, भौगोलिक अन्तर्राष्ट्रिय सम्बन्ध, बहुसंख्यक सामाजिक मीडिया, डिजिटल प्रवेश, आईटी उपयोग, बैज्ञानिक अनुसन्धान, सांस्कृतिक विविधता, नेपाली भाषा र सांस्कृतिक परम्पराको संरक्षण, व्यापारिक व्यवस्था, अर्थशास्त्र र विकास र पर्यटनमा परिवर्तन ल्याएको छ।

    तर, यसको अवधारणा सबैले स्वीकार गर्नुपर्छ भन्ने त छैन। आधुनिकीकरणले विभिन्न चुनौतीहरू पनि परिवर्तन गरेको छ। उदाहरणका लागि, जलवायु परिवर्तन, जनसंख्या वृद्धि, विभाजन र न्याय, विकासमा असमानता, विद्युतीकरणका पर्यावरणीय प्रभाव, सामाजिक-आर्थिक दुर्बलीकरण, आधिकारिकताको समृद्धी, गोपनीयता र नैतिकताको मुद्दा, साइबरस्थानिक अपराध, मनोविज्ञान र तार्किकताको उपयोग, रोबोटिक्स र एक्सप्लोरेसन, रणनीति र राजनीति, नागरिकता र मानवाधिकारको महत्व, भाषाका मुद्दा, सामाजिक सुरक्षा र न्याय, संघीयता र अन्तर्राष्ट्रिय सहयोग, विद्यार्थीहरूका न्यूनता, स्थानीय सम्प्रदाय र समाज, धर्म र संस्कृति, लैंगिक समानता, मानवीय आवास, समरसता र विदेशी कार्यबाही, आधुनिक युद्ध र सुरक्षा मुद्दा, साधारण रोजगारीका प्रश्नहरू, नगरियता र शहरीकरण, सार्वजनिक स्वास्थ्य र निजीकरण, उच्च शिक्षा र गुणस्तर, मानवीय संपदाका विपणन, गरिबी र खानेपानीका मुद्दाहरू, तराई-पहाड-हिमाल तत्व, विदेशी निवेश, आर्थिक समुन्नति र सामाजिक सद्भाव, साहित्य र संगीत, अभिनय र कला, जीवनका यात्रा र मार्ग, शान्ति र एकता, बौद्धिक समृद्धि र धार्मिकता, जनबादी र साक्षरता, न्याय र समावेशीकरण, जातिभेद, सामुदायआधुनिकीकरणले यी सबै चुनौतीहरूलाई आफ्नो रूपमा परिवर्तन गरेको छ, जसले सभ्यतामा विभिन्न समस्याहरू र परामर्शहरू उत्पन्न गर्न सक्छ। यसका अवसरहरूलाई सम्पूर्ण रूपमा लिई जान र प्रभावित हुन यो सभ्यतालाई अनुकरण गर्न आवश्यक छ ।

  • रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसंग अन्तरक्रियाःमहशुलमा एकरुपता ल्याउन गृहकार्य सुरु

    रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसंग अन्तरक्रियाःमहशुलमा एकरुपता ल्याउन गृहकार्य सुरु

    माधव ज्ञवाली,गुल्मी ।

    रुरुक्षेत्र गाउँपालिका गुल्मीमा गाउँपालिका भित्र संचालित खानेपानी आयोजनाका उपभोक्ता समितिहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
    गाउँपालिकाको सभाहलमा बिहिवार एक कार्यक्रमको बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।

    कार्यक्रममा गाउँपालिका भित्रका झण्डै २० वटा खानेपानी आयोजनाका उपभोक्ता समितिहरुको उपस्थिति रहेको थियो।
    अन्तरक्रिया कार्यक्रममा उपस्थित सबै उपभोक्ता समितिका प्रतिनिधिहरुले आफ्ना आफ्ना खानेपानी आयोजनाहरुको सुरुवात देखि हालसम्मको अवस्था, मासिक तथा वार्षिक आय–व्यय, कर्मचारी,पिउने पानीको अवस्था,पानीको मुलको अवस्था र आयोजनामा प्रयोग गरिने प्रविधी एवं मेसिनरी लगायत आफ्ना समस्याहरुको बारेमा जानकारी गराएका थिए।

    कार्यक्रममा जानकारी गराइए अनुसार गाउँपालिका भित्र संचालित भिन्नाभिन्नै आयोजनाका उपभोक्ताले भिन्नाभिन्नै मासिक महसुस बुझाउने गरेको
    पाइएको छ।सम्बन्धित स्थानको भुगोल लगायत विभिन्न कारणले तिर्नुपर्ने महसुसलमा एकरुपता नभएको पाइएको हो।

    कार्यक्रममा उपस्थित लगभग सबै उपभोक्ता समितिहरुको समस्या भने लगभग उस्तै थियो। आफुहरुले पिउने गरेको पानीको शुद्धतामा प्रश्न रहेको
    लगभग सबैले बताएका थिए ।त्यो समस्या विशेष गरि बर्खाको समयमा हुने उपभोक्ता समितिहरुको रहेको थियो।

    धेरै जसो पानीको मुल खोलामा हुने भएकोले मुलको राम्रो सङ्ग संरक्षण हुन नसक्दा बर्खाको बेलामा शुद्ध पानी पिउन नपाउने भएकोले आउँ र ज्वोरो लगायतका स्वास्थ्य सम्बन्धि समस्या देखिने गरेको उनिहरुले बताए।

    कतिपय खानेपानी आयोजनाहरुको बैंक मौज्दात रहेको, कतिपयको आम्दानी र खर्च बराबर भएकोले भैपरी आउनसक्ने समस्याको लागि बैंक मौज्दात नरहेको र कतिपय खानेपानी आयोजना त घाटामा संचालन गरिरहेको समस्या पनि कार्यक्रममा उठेको थियो।

    त्यस्तै पाइपलाइन, फिल्टर, पानी फाल्ने मोटर, अन्य उपकरण, दक्ष प्राविधिक लगायत विद्धुत महसुलको विषयमा पनि उपस्थित उपभोक्ता समितिका प्रतिनिधिहरुले समस्या राखेका थिए,धेरैको माग पानीको विद्दुत महसुल गाउँपालिकाले तिरिदियोस भन्ने थियो।

    तर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख आवीत हुसेनले भने यो कुराको खण्डन गरेका छन् ।
    उनले गाउँपालिकाले सो महसुल तिरिदिन नहुने बताए। यदि गाउँपालिकाले तिरिदियो भने त्यस प्रति जनताको लगाव नरहने र दिगो रुपमा स्वच्छ खानेपानी उपलब्ध हुन नसक्ने उनको धारणा छ। जनस्तरबाट केही महसुल उठाउनै पर्ने उनको भनाइ छ । पानीको महसुल तिर्नै नसक्ने कोहि भए उनिहरुको पहिचान गरि छुट दिन सकिने उनको तर्क छ।

    खानेपानी र स्वच्छताको मौलिक हक संविधानमै उल्लेख भएकोले त्यसप्रति वितरकको ध्यान पुग्नुपर्ने उनले बताए। गाउँपालिका भित्र कसैले खानेपानी सङ्ग संबंधित उपकरण जोड्न नसकेर पानी पिउनबाट बन्चित भएको भए यदि गाउँपालिकाले वास्तविकता पहिचान गरि सिफारिस गरेर पठाए खानेपानीले निःशुल्क उपलब्ध गराउने पनि उनको भनाइ छ।

    गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कार्यक्रममा उठेका समस्याहरुलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।खानेपानीको क्षेत्रमा साना साना लापरबाहीले गर्दा ठुला समस्या आउन सक्ने भएकोले साना साना कुरामा ख्याल गरेमा ठुला समस्या न आउने उनको भनाइ छ।

    खानेपानीको कुरामा एकदम चनाखो भएर लाग्न उनले उपभोक्ता समितिलाई आग्रह गरेका छन् ।
    उनले प्रदेश बाट आएका ठुला बजेटलाई बेवास्ता गर्ने तर एक दुई लाखको लागि वडा र गाउँपालिका धाउने समस्या रहेको बताउँदै प्रदेशबाट आउने गरेका बजेटलाई समयमै कार्यान्वयन गर्नेगरी चनाखो भएर काम गर्नुपर्ने बताए।

    उनले खानेपानी आयोजनाका नियमित अधिवेशन र नियमित नविकरण गर्न अनुरोध गरेका छन् भने आर्थिक पारदर्शिता सबैभन्दा महत्वपूर्ण रहेकोले आर्थिक पारदर्शितालाई एकदम ख्याल गर्न अनुरोध गरेका छन् ।

    उनले बैंकमा पैसा दाखिला गर्न र बैंकबाटै पैसा खर्च गर्न सबैलाई आग्रह गरेका छन् ।
    बर्षौ देखि यत्तिकै संचालनमा आएका र अधिवेशन नगरेका र समिति नविकरण पनि नगरेका उपभोक्ता समितिलाई यथाशीघ्र भेला गरेर अधिवेशन गर्न उनले गाउँपालिकाको तर्फबाट निर्देशन समेत दिएका छन् ।

    अध्यक्ष ज्ञवालीले खानेपानीको विषयमा गहन अध्ययन गरेर पालिक भरी नै महसुलमा एकरुपता ल्याउन कार्ययोजना बनाएर अघि बढ्ने बताए।
    खानेपानी आयोजनाका सबै उपभोक्ता समितिसङ्ग बसेर सबैका सुझाव सल्लाहलाई लिएर यस सम्बन्धि कार्ययोजना बनाउने उनको भनाइ छ।

    लामाखर्क,च्युरेक लगायतका क्षेत्रमा पानीको चरम अभाव रहेको र ती स्थानमा अन्य विकल्प नरहेकोले चालू योजनाहरुलाई समयमै सक्नेगरी प्राथमिकतामा राखेर काम गर्न उनले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीलाई अनुरोध गरेका छन् ।

    यसरी खानेपानी उपभोक्ता समिति सङ्ग अन्तरक्रिया कार्यक्रम गरेर नया सुरुवात गरेकोमा उपस्थित सबैले खुसी व्यक्त गरेका थिए।

  • आज शनिबार, शनिदेवको पूजा कसरी गर्ने त ? (जानी राखौं)

    आज शनिबार, शनिदेवको पूजा कसरी गर्ने त ? (जानी राखौं)

    काठमाडौँ ।
    हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ।

    विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्। आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ।

    यसरी गरौँ पूजा :
    शनिवारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ। यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ।

    यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ। शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ।

    यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त हुन्छ।

  • आइतबार:सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

    आइतबार:सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

    काठमाडौं ।
    हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ ।

    यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ ।

    सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ ।

    किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

    तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ ।
    सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

    हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव,तेज,ओज,पराक्रम तथा दिव्यता प्राप्त हुनेछ ।
    आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन ।
    व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

    हिन्दु धर्ममा सूर्यलाई प्रत्यक्ष देव भनिन्छ ।सूर्यको किरणले पृथ्वी प्रकाशमय हुने भएकाले यसलाई जीवनको आधार समेत मानिन्छ ।
    धर्ममा देवता हुनका साथै ज्योतिष मान्यतामा सूर्य ग्रह पनि हो ।यसलाई नौ ग्रह मध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

    त्यसैले कुण्डलीमा सूर्यको स्थिति कमजोर भए मान–सम्मान र सुख–समृद्धिमा कमी हुने मान्यता छ ।
    सूर्यको स्थिति बलियो पार्न र सुर्य देवलाई प्रसन्न पार्न आइतबार पूजा र केहि उपाय अपनाउनु पर्दछः

    १. हरेक नित्य बिहान सबेरै उठेर स्नान गरी सूर्य देवलाई जल अर्पण (अर्घ) गर्नु पर्दछ ।

    २. यो कार्य साताभरी सम्भव नभए पनि आइतबार भने गर्नुपर्ने मान्यता छ ।

    ३. उदाउँदो सुर्यलाई जल अर्पण गर्दा यसमा सख्खर मिसाएर अर्घ दिनु शुभ मानिन्छ ।

    ४. सूर्य देवलाई रातो रंग मनपर्ने भएकाले जलमा एक चिम्टि कुमकुम मिसाउन सकिन्छ ।

    ५. आइतबार जल अर्पण गर्दा रातो फूल पनि सूर्य देवलाई अर्पित गर्नु पर्दछ ।

    ६. रातो फुल र कुमकुम हालेका जल बरको रुखमा चढाए सूर्य देव प्रसन्न हुने मान्यता छ ।

    ७. आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्न अत्यन्त प्रभावशाली मानिन्छ ।

    ८. कुण्डलीमा सुर्य मजबुत पार्न आइतबार सुर्य देवको नुन नखाई व्रत बस्नु पर्दछ । एजेन्सीको सहयोगमा

  • देशभर मनसुनी वायुको प्रभाव : बाढी र पहिरोको जोखिम

    देशभर मनसुनी वायुको प्रभाव : बाढी र पहिरोको जोखिम

    काठमाडौं ।
    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    सोमबार देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू–भागका धेरै स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू–भागमा भू–क्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन÷यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यता मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेश का एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो

    टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो

    काठमाडौं– पछिल्लो समय नेपालमा पनि टर्किस नाटकहरु लोकप्रिय बन्दै गइरहेका छन् । नेपाली युवापुस्ताको एउटा जमातमा टर्किस ड्रामाको खुबै फ्यान फलोइङ छ ।

    यस्तै ‘एर्तुग्रुल’ नामक टर्किस ड्रामाले केही वर्षअघि पाकिस्तानी टेलिभिजन क्षेत्रमा पनि ठूलो चर्चा कमाएको थियो । उस्मानी साम्राज्यका संस्थापक ओसमान गाजीका बाबु भनी विश्वास गरिने एर्तुग्रुल गाजीको जीवनीमा आधारित यो ऐतिहासिक टर्किस ड्रामा उर्दू भाषामा पाकिस्तानी टेलिभिजनमा रिलिज भएपछि यसको चर्चा अझ चुलिन पुग्यो ।

    यो टर्किस ड्रामा फेरि चर्चाको शिखरमा छ । तर अहिले यो चर्चामा आउनुको कारण भने केही अपत्यारिलो छ । एर्तुग्रुलमा एर्तुग्रुल गाजीकी श्रीमती हालिमे हातुनको भूमिका निभाएकी अभिनेत्री एर्जा बिल्गचले भित्री वस्त्रको विज्ञापन खेलेपछि एर्तुग्रुलका पाकिस्तानी फ्यानहरु आक्रोशित भएका हुन् ।

    उनले फेसन ब्राण्ड भिक्टोरिया सिक्रेटको भित्री वस्त्रको विज्ञापन खेलेकी थिइन् । यसबारे उनले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेपछि सामाजिक सञ्जालका पाकिस्तानी प्रयोगकर्तामाझ उनले खेलेको विज्ञापनलाई लिएर खैलाबैला नै मच्चियो ।

    ‘हे ईश्वर ! एर्तुग्रुल भाइको नाक काट्यौ’ एकजना पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘समुदायको इज्जत तिम्रै हातमा थियो, हालिमे’ लेखेका छन् ।

    अर्का प्रयोगकर्ताको टिप्पणी छ, ‘हालिमे यो के गर्दैछौ ? एर्तुग्रुल सरदारले तिमीसँग यसैका लागि बिहे गरेका थिए ? तिम्रा छोरा ओसमान बेले अविश्वासीहरुसँग बहादुरीपूर्वक लडेका थिए र तिमी यहाँ यो गरिरहेकी छौ ? ईश्वरले माफ गरुन्, ईश्वरले माफ गरुन् ।’

     

  • राष्ट्र निर्माणका लागि नीति निर्माता इमान्दार हुनुपर्छ

    राष्ट्र निर्माणका लागि नीति निर्माता इमान्दार हुनुपर्छ

    हाम्रो अर्थतन्त्रको प्रकृति कस्तो छ भन्नेबाट सुरु गरौँ । अनौपाचरिक अर्थतन्त्र झण्डै ५० प्रतिशत जति रहेको छ । सरकारले जति खर्च गरे पनि सही ठाँउमा हुने हो कि होइन ? जनताले जति आर्जन गरे पनि करको दायरामा आउने हो कि होइन ? कसले के गरेको छ भन्ने लेखाजोखा नहुनाले योजनाहरू सम्पन्न नहुने र सरकारले पनि भविष्यमाणी गरेर जान नसकिने अवस्था छ ।

    हामी खन्चुवा भएका छौँ । तथ्यले ०७६/७७ माबैंकिङ सेक्टरले उपभोग खर्चको निमिक्त एक खर्ब रुपैयाँ ऋण प्रदान गरेको छ । यसको निरन्तरता ०७७/७८ मा सात खर्ब बराबरको उपभोग खर्च कर्जा भएको रहेछ । यसले पनि के देखाउछ भने हामी खपतको निमित्तबाट एकदम अग्रसर भइराख्ने रहेछौ । उत्पादनको विषयमा बाहिरबाट आउँछ भनेर टारिरहेको छ । कारोबारको सिलसिलालाई हेर्ने हो भने हामीले दिर्घकालीन किसिमको प्रतिफल दिनको निमित्त उद्योगमा जोड दिनुपर्ने हो । तर हामीले भएका उद्योगहरूलाई निजीकरण गरेर सखाप गरिसक्यौ ।

    अब लगानी गर्नेहरूले पनि उद्योगमा भन्दा व्यापारमा फाइदा देख्न थाले । व्यापारमा लागेपछि रातरात करोडपति/अर्बपति हुने र उनीहरूले चाहे अनुुसारको काम गर्न सक्ने परिस्थिति हुने रहेछ । यो भनेको के पनि हो भने एक करोड नेपाली रुपैयाँ बराबरको भोलिका लागि कुनै पश्चिमेली औद्योगिक मुलुकमा साटसाट गर्नु पर्यो भने नेपाल राष्ट्र बैंकले सक्दैन । किनभने पुँजी खाता हाम्रो अहिले पनि खुल्ला छैन ।

    अब लगानी गर्नेले पनि उद्योगमा भन्दा व्यापारमा फाइदा देख्न थाले । व्यापारमा लागेपछि रातरात करोडपति भएर काम गर्न सक्ने परिस्थिति हुनेरहेछ ।

    यसको मतलब मैले नेपाली रुपैयाँ दिएर मलाई डलर चाहियो भन्ने कुरा गर्यो भने दिदैन । तर व्यापारको निमित्त सुन, प्रतिबन्धित सामानहरू बाहेक व्यापार गर्छु भन्यो भने विदेशी मुद्रा दिन्छ । यो भनेको चल्ती खाता पूर्णरूपमा रुपान्तरण योग्य छ भनेको हो । यसकारण अरु कार्यहरू गरेर उत्पादन गर्ने भन्दा व्यापार गर्यो भने छिटो छरितो भइन्छ र शासन सत्तामा बस्नेलाई पनि खुशी पार्न सजिलो हुन्छ भन्ने भयो ।

    हामीले केराउ आयत गरेको हिसाब गर्ने हो भने दश वर्षसम्म नेपालीलाई पुग्ने किसिमको आयत गरेको देखिन्छ । त्यसैगरी सुपारीको आयत पनि त्यत्तिकै गरिरहेको छ । केराउलाई औद्योगिक कच्चा पदार्थको नाम दिएर आयत गरिरहेको परिस्थिति छ । हाम्रो निर्यात बढ्नुमा सोयाविन तेल प्रमुख रूपमा रहेको छ। हामीले सोयाविन खासगरी भटमासको कच्चा पदार्थलाई पोल्ट्रीमा दानाको रूपमा प्रयोग गरिन्छ ।

    यसलाई औद्योगिक कच्चा पदार्थ मान्ने हो भने एउटा कुरा होला तर ठूलो आकारमा निर्यात गर्ने तेलकै निमित्त कृषिमा लागानी गरेको हो भन्ने बहाना बनाएर भटमास आयत गरेको पाइन्छ । यसलाई चलन चल्तीको भाषामा नीतिगत भ्रष्टचार भनिन्छ । यसरी ल्याउन दिएपछि फाइदाको मार्जीन हेरेर व्यापरीले पनि नीति निर्माता, निणर्य कर्ताहरूलाई दिन सक्ने भयो । यी सबै कुराले गर्दा ट्रेड अग्रपंतिमा आइरहन्छ ।

    यहाँ केही कुरा मिलाउन सकेर सामान ठूलो बजार दक्षिणतिर पुर्यान सक्यो भने एउटा पुस्तालाई पुग्ने कमाउन सकिन्छ भन्ने धारणा छ । यसले नीतिहरू निर्देशित भएको जस्तो देखिन्छ । यो एकदम नितान्त छोटो समयसम्मको निमिक्त हुन सक्छ । पञ्चायतकालमा सर्लाहीलाई एकदम दुर्गम क्षेत्र भनि परिभाषित गरेर उद्योग सञ्चालन गर्नका लागि लाइसेन्स दिएको जस्ता कुराहरू छन् । त्यसकारण यो नीतिगत किसिमका कुराहरूलाई ‘बिइङ क्यारिड बाई भेस्टे«ड इन्ट्रेस’ भन्ने गरेको छु । यद्यपि यी सबै कुराहरू नकरात्मक किसिमका कुराहरू हुन् ।

    कुन किसिमको विकासको मोडललाई हामीले पछ्याउने भन्ने हो । हामी गरिब भएकाले आफैले फाइनन्सिङ गरेर औद्योगिकरण गर्न सक्दैनौ, भौतिक पूर्वधारहरू निर्माण गर्न सक्दैनौ । तर यसो भनि रहँदा आफ्नो सार्वभौमिक अर्कालाई सुम्पिएर ल्याउनुपर्छ जस्तो लाग्दैन । अहिले लिएको ऋणले भावी पुस्तालाई समेत अफ्ठ्यारोमा पर्ने परिस्थिति आएको छ भने ऋणको विषयमा विचार गर्नुपर्छ ।

    वास्तवमा सबैभन्दा इमान्दार भनेको नीति निर्मताहरू हुनुपर्छ । हाम्रोमा नीति निर्माताहरू सबै मध्यस्तकर्ता छन् । ०६२/६३ को जनआन्दोलनपछि कस्ता मान्छे अर्थ मन्त्री भएका छन् हेरौ । पढेलेखेका युवराज खतिवडा पनि त्यत्ति सफल हुन सकेनन् । यस बाहेकका मन्त्रीहरू हिजो एउटा नीति ल्याउछन् र पछि आफैले परिस्कृत गर्नुपर्ने परिस्थितिमा पनि आएका छन् । तर यो परिस्थितीमा पनि मान्छेहरू सफल हुन्छ भन्ने कुरा अन्तराष्ट्रिय एउटा अध्ययनले पनि भनेको पाइन्छ ।

    वास्तवमा सबैभन्दा इमान्दार भनेको नीति निर्मताहरू हुनुपर्छ । हाम्रोमा नीति निर्माता सबै मध्यस्तकर्ता छन् । ०६२/६३ को जनआन्दोलनपछि कस्ता मान्छे अर्थ मन्त्री भएका छन् हेरौ ।

    जान्ने मान्छेहरू निर्णय गर्न डराउँने रहेछन् । नजान्नेहरूले निर्णय गर्दा नजान्नेले गरेको ठिकै छ भन्ने हुँदो रहेछ । सार्र्वजानिक फोरम प्रयोग गरेर जानेहरूले पनि निर्भिकताका साथ सत्य र तथ्य के हो भन्ने कुराहरू बाहिरा ल्याउनुपर्छ । यो ल्याउन सकियो भने उहाँहरूको इच्छा अनुसारको भए स्वीकार्नु हुन्छ, नभए हुँदैन ।

    चिनियाँ परराष्ट्र मन्त्री आउने किन होला भन्ने प्रश्न आउन सक्छ । एमसीसी पारित भएलगत्तै यी सबै कुराहरू भएको हुनाले के प्रभाव पार्न आएको हो भन्ने कुराहरू आउन सक्छ । ती सबै कुराहरूलाई समयमै उनीहरूसँग बसेर छलफल गनुपर्छ । ती नीति निर्माताहरूलाई यसको सकारात्मक पक्ष र नकारात्मक पक्ष के के हुन सक्छ भन्ने ढंगबाट सचेत गराएर केही सार्वजानिक फोरमबाट सर्वसाधारणबाट आयो भने भविष्य विस्तारै बन्दै जानेछ ।

    नेपाल सरकारले खर्च गर्न नसकेर आफ्नो ढुकुटीमा नाग राजाले ओगटेको जस्तै गरी राखेको छ । तीन खर्ब रुपैयाँको २० प्रतिशत मात्र खर्च भएको देखिन्छ ।

    हालको अवस्थालाई हेर्दा राजस्व मनग्य उठेको छ । नेपाल सरकारले खर्च गर्न नसकेर आफ्नो ढुकुटीमा नाग राजाले ओगटेको जस्तै गरी राखेको छ । तीन खर्ब रुपैयाँको २० प्रतिशत मात्र खर्च भएको देखिन्छ ।

    दोस्रो कुरा ‘फरेन्ट डाइरेक्ट इन्भेस्टमेन्ट’ तथ्यांकमा हेर्दा बढेको भनिएकोमा पहिला नै कमिटमेन्ट गरिएका हाइड्रोको परियोजनामा थपिएको कारणले देखिएको रहेछ । तेस्रो पक्ष अहिले पनि दुई/चार जना जम्मा गरेर राजनीतिक पार्टी खोल्ने चलन छ । पार्टी खोलेर बसेकाहरूलाई उनीहरूको सन्धि सर्मपण कहाँनिर छ ? उनीहरूलाई समातेर लाज लाग्ने गरी तपाई हामी बोलौ । त्यसपछि पनि उहाँहरू सचेत हुन्छ कि हुन्न हेरौँ । (नेपालको वर्तमान अर्थ व्यवस्था र विकासका बारेमा प्रस्तुत विचारको सम्पादित अंशः)

  • माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं : बलायर

    माओवादी र समाजवादीका लागि कांग्रेसमा आगो लगाउँदैनौं : बलायर

    डडेल्धरा- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले अरूका लागि आफ्नो पार्टीमा आगो नलगाइने बताएका छन् । प्रदेशमा कांग्रेस एक्लै निर्वाचन लड्न सक्षम भएको बताउँदै उनले कुनै पार्टीसँग तालमेल गर्न जरुरी नरहेको बताए ।

    ‘कांग्रेसका कार्यकर्ताले तालमेल चाहेका छैनन्,’ सोमबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा सभापति बलायरले भने, ‘माओवादी र समाजवादीलाई बनाउनका लागि कार्यकर्ताको भावना विपरीत काम गर्ने कुरा पनि भएन ।’ उनले अरूका लागि आफ्नो घरमा आगो नलगाइने बताए ।

    ‘केन्द्रले जस्तोसुकै निर्णय गरे पनि सबैले त्यसलाई मान्नु पर्छ भन्ने हुँदैन,’ उनले भने, ‘अन्य ठाउँमा गठबन्धन गर्नुपर्ने स्थिति हुन पनि सक्छ । तर, सुदूरपश्चिममा गठबन्धन घातक हुने छ । यहाँ कांग्रेस एक्लै चुनाव लड्छ र पहिलो पार्टी बन्छ ।’

    पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै सभापति बलायरले सुदूरपश्चिम प्रदेश सरकारमा दुई पार्टीले मनोमानी गरेको आरोप लगाए । पार्टीको केन्द्रीय निर्णय अनुसार सुदूरपश्चिममा कांग्रेसले सरकारलाई समर्थन दिएको भए पनि हाल सम्म दुई पार्टी माओवादी र समाजवादीले मनमानी गरेर सरकार चलाएको भन्दै उनले कांग्रेसलाई प्रतिपक्षी दलका रूपमा हेरिएको बताए ।

    ‘केन्द्रदेखि प्रदेशसम्म पाँच दलीय गठबन्धनको तालमेल भनिएको छ,’ उनले भने, ‘तर हाम्रो प्रदेशमा कांग्रेसलाई बाहिर राखेर दुई दलको एकलौटी छ, कांग्रेसले उनीहरूलाई चुनाव जिताउन मात्रै किन तालमेल गर्ने ?’

    उनले दुईदलको मनमानी यस्तै भए प्रदेश सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता दिने दाबी समेत गरेका छन् । सभापति बलायरले यसअघि पनि पटक–पटक सुदूरपश्चिममा कसैसँग चुनावी तालमेल नहुने बताइसकेका छन् ।

    बलायरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकोले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको बताए । ‘प्रचण्ड र माधव जीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं,’ उनले भने, ‘हामी कार्यकर्ताको भावना अनुसार अघि बढ्ने छौं ।’