Category: साहित्य

  • कोटिहोममा देवि प्रतिभाको प्रवचनलले  भक्तजन  मन्त्रमुग्ध

    कोटिहोममा देवि प्रतिभाको प्रवचनलले भक्तजन मन्त्रमुग्ध

    कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

    जेष्ठ   १४   पोखरा

    पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमामा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाको कथा वाचनले भक्तजनको मन लोभ्याएको छ । यसअघि १४ दिन कथा वाचन गरेर भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वर सँगै भक्तजनको भेट्नेको ताती नै लागेको छ ।

    देवी प्रतिभाले बिहानको समयमा भक्तजनमा भेट दिने गरेकी छन् । जसले गर्दा भक्तजनले उनलाई घण्टौँ कुरेर प्रत्यक्षे भेट्ने गरेका छन् । कोटिहोममा जव देवी प्रतिभाले प्रवचन सुरु हुन्छ, तब भक्तहरू आनन्दित भएर पुरै समय कथा श्रवण गर्ने गरेका छन् । यसैले पनि महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा भक्तजनको उपस्थिति मन लोभ्याउँदो खालको छ ।

    सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने देवी प्रतिभाले हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै भक्तजनलाई मन्त्रमुग्ध पार्न सफल भएकी छिन् । उनका कथा वाचनले धार्मिक आस्था र आध्यात्मिक चेतनालाई थप प्रगाढ बनाउँदै लाखौँ भक्तजनलाई भक्तिको रसमा चुर्लुम्म डुबाएको छ ।

    भक्तजनको अपार प्रेमलाई देखेर भारतमा कथा विश्राम गरे व्यासपिठ बाट उठेर हजारौँ किलोमिटर यात्रा गरेर विश्राम पनि नगरी सिधा पुन कथा वाचन गर्न आएको बताउँदै गर्दा भक्तजनलाई भावुक बनाएको थियो ।

    ‘जुन प्रेमले महाराजश्रीले बोलाउनुभयो मलाई त यस्तो लाग्छ जुन दिन म जाँदै थिए यहाँबाट पूज्य महाराजश्रीले भन्नुभएको थियो कि देवी जी आज यस्तो लागेको छ जस्तो आफ्नो बहिनिलाई बिदाइ गर्दैछु’ उनले भक्तजनलाई भनिन् ‘त्यो भाव महाराजश्री को थियो महाराजश्री बोलाउनुभयो अनि हजुरहरूले बोलाउनुभयो, र म यहाँ आए । हजुरहरूको मायाले मलाई यहाँ आउन मजवुद भए ।’

    कथा वाचनका क्रममा एक वार जोड से वोल दि जे न, थोडा प्यार से वोल न जी,  पोखरावाला वोल दो न  भन्ने उनको मधुर स्वरले भक्तजनलाई कोटिहोम आउन बाध्य बनाउने गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए ।

    उनीसँगै नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासीले जेठ १७ देखि जेठ २६ गतेसम्म कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोममा देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तहरूले श्रृतिमधुर स्वरमा प्रवचन तथा सन्देश दिने गरेका छन् ।

    बौद्धिक अनुष्ठान फाउन्डेसन, काभ्रे नेपालबाट नारायण प्रपन्न आचार्य, सञ्जय कोइराला, हरि प्रपन्न आचार्य,  शिव दत्त रेग्मी , प्रिया दासी लगायत जनप्रतिनिधि, समाजसेवी उद्योग व्यवसायीले कोटिहोमको दर्शन गरेका थिए ।

    कोटिहोममा दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा १७ बाट १ लाख १ हजार ११, याम कुमारी गुरुङ स–परिवार पोखरा ८ बाट ५१  हजार  ५१, महा विष्णु प्रधान पोखरा १४ बाट २५ हजार २ सय ५२, मातृकेश्वर एकता भवन समूह पोखरा २५ हेमजाबाट ३० हजार ५, विष्णु भट्टराई पोखरा ५ बाट २५ हजार ५ सय ५५, शिवलाल पराजुली पोखरा ६ बाट २५ हजार ५, खहरे आमा समूह पोखरा ६ बाट २५ हजार ५ सय ५, रानाभाट समाज इकाई स परिवार पोखरा १७ बाट २५ हजार ५ सय ५५, चेतनशील पुन महिला समूह बाट ३० हजार ८ सय २५, नमुना आदर्श आमा समूह पोखरा ५ बाट २५ हजार ५ सय ५५, देविस्थान आमा समूह  पोखरा २५ हेमजा बाट २५ हजार ५ सय ५५, नमुना आदर्श आमा समूह पोखरा कास्की बाट १५ हजार १ सय १५ रकम सहयोग भएको छ ।

    आइतबार देखि सुरु भएको राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताले पनि कोटिहोममा देशभरका विद्यालयबाट शिक्षक तथा विद्यार्थीहरूको पनि सहभागिता रहेको छ । कोटिहोममा कास्की विद्यालयका विद्यार्थीहरूको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।

    ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षक रहेको उक्त प्रतियोगितामा देशभरबाट ९० जना प्रतियोगीको सहभागिता रहेको प्रतियोगिता संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद्  डा. तुलसी प्रभास खनालले जानकारी दिए। प्रतियोगितामा आज ३१ जना प्रतियोगीले आफ्ना भनाई राखेका थिए ।

    प्रतियोगितामा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको सहभागिता रहेको छ । प्रतियोगितामा भोलि (बुधवार) डा. तारप्रसाद गिरी र डा. तुलसी प्रभासले विद्यार्थीलाई विशेष प्रशिक्षण दिने भएका छन् । निःशुल्क रूपमा हुने प्रशिक्षणमा लाभ लिन विद्यार्थीलाई आग्रह गरिएको छ।

    मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

    अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको सुरुवातसँगै महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभा, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायत साधु सन्तले महायज्ञमा कथा वाचन गरिसकेका छन्। कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

    कोटिहोममा ४ सय बढी व्रामणले दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । पावन भूमिमा आयोजित १ सय कुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गर्ने र हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।

    उनका अनुसार कोटिहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ), रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ,  गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमि दान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सु–स्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृहरूको नाममा २१ कोटि दीप प्रज्वलन, तुला दान गर्ने व्यवस्था रहेको छ।

    कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

  • आज   भगवान कृष्णको  जन्म उत्सव  व्रत गरेर  मनाइदै

    आज भगवान कृष्णको जन्म उत्सव व्रत गरेर मनाइदै

    देवकी तथा वसुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो। प्राचीन अभिलेखहरूको आधारमा तथा खगोलीय गणनाको आधारमा कृष्णको जन्म जन्माष्टमी,[५] १८ जुलाई ३२२८ इसापूर्वमा भएको थियो र उनी १८ फेब्रुअरी ३१०२ इसापूर्वसम्म धर्तीमा रहेका थिए ।[६] कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए।[७]

    मथुरा (वर्तमान समयमा मथुरा जिल्ला, उत्तर प्रदेश) यादवहरूको राजधानी रहेको थियो। देवकीको भाइ राजा कंशले[८] आफ्ना बुवा उग्रसेनलाई जेलमा राखी आफूले राज्यसत्ता कब्जा गरेका थिए। एउटा भविष्यवाणीबाट डराएर उनले दुवै देवकी र उनको पतिलाई जेलभित्र कैद गरेर राखेका थिए। भविष्यवाणी अनुसार उसको मृत्यु देवकीको आठौँ सन्तानको हातबाट हुने भन्ने थियो। कंशले सुरूका छ सन्तानलाई मारेपछि देवकीले सातौँ सन्तानलाई गायब पारेकी थिइन्। (यथार्थमा देवकीले गोप्यरूपले सो बच्चा रोहिणीलाई दिएकी थिइन् जो बलराम थिए।) आठौँ सन्तानको रूपमा कृष्णको जन्म भयो।

    जन्मिने बित्तिकै विष्णुले वासुदेवलाई कृष्णलाई नन्द र यसोदा बसोबास गर्ने स्थान गोकुल पुर्‍याउन लगाए,[९] जहाँ कृष्ण आनन्दले आफ्नो काका कंशबाट टाढा रही बाँच्न सक्थे। वासुदेवले कृष्णलाई लिएर यमुना नदी तारी सकुशल गोकुल पुर्‍याए। त्यहाँ सबैजना सुतिरहेकोले वासुदेवले कसैलाई पत्तो नदिइकनै कृष्णलाई त्यहीँ छाडी यसोधाको छोरी लिएर कारावास फर्केर आए। कंशले त्यस अबोध बच्चालाई देवकीको आठौँ सन्तान ठानी ढुङ्गामा फालेका थिए। तर उनी हावामा उडी योगमाया (विष्णुको सहायक)को रूपमा स्थानान्तरित भइन् र कंशलाई उसको मृत्युको बारेमा चेतावनी दिएर गायब भइन्।[९] कृष्ण गोकुलमै आफ्ना दाइ बलरामसँग हुर्केका थिए। पछि उनी मथुरा फर्के र बलरामको सहायताले कंशको संहार गरे।

  • शिर्षक  भाग्यले ठगेको दमाई

    शिर्षक भाग्यले ठगेको दमाई

    मेरो गाउँ भाग्गे दमाई नामक कविता कोर्दै छु दमाई शब्द ले केही प्रियजन प्रती नकारात्मक भाव पर्न सक्छ त्यसले हजुर सङ माफी पनि माग्दै कोर्ने प्रयास गरे 🙏🙏🙏🙏🙏🙏 कविता भाग्य ले ठगेको भाग्गे दमाई

    ऊ जन्मिनु भन्दा पहिला नै
    उसको भाग्य लेखिइसकेको थियो
    ऊ जन्मेपछि
    उसको नाम पनि लेखियो
    भाग्यले ठगेको भाग्गे दमाई .
    उसलाई
    न आफ्नो नामको अर्थ थाह थियो
    न आफ्नो कामको स्वार्थ थाह थियो
    न कहिल्यै सोध्यो उसले भाग्यलाई
    ऊ किन अछुत भयो ?
    बरु ऊ आफ्नो कर्म गरिरह्यो
    टालो र धागोसँग जीवन साटिरह्यो
    मान्छेहरु भन्थे
    भाग्यमा लेखिएको टर्दैन
    भाग्गेले टार्ने कोसिस पनि गरेन
    आफू पनि मान्छे हो भन्ने
    पटक्कै ज्ञान पाएन

    लुगा सिलाउदा सिलाउदै आमाले
    बिष्टको मतानमा भाग्गेलाई जन्माएपछि
    एउटा खेतालो थपियो भन्दै
    खुसियाली छाएथ्यो गाउँमा
    तर काहिल्यै छाएन खुसियाली
    भाग्गेको दुखिया भाग्यमा
    स्कुल गएन/जान पाएन
    अक्षर चिनेन/चिन्न पाएन
    राम्रो लगाएन/लगाउन पाएन
    मीठो खाएन/खान पाएन
    उसले धेरै कुरा पाएन
    सबभन्दा ठूलो कुरा त
    किन पाएन भन्ने कुरा उसले थाहै पाएन
    वाल्यकाल यसरी नै बित्यो

    जब भाग्गे जवान भयो
    उसले देख्यो भाग्यवादको कुरुप अनुहार
    बिभक्त बलेसी
    बिटुलो बाटो
    अध्याँरो पँधेरो
    विषाक्त हावा
    बिरानो समाज
    अमानवीय मानव
    ऊसँग आफ्नो भन्नु
    आफू बाहेक कोहि नभएको पायो
    ऊ आफैलाई बिरानो देखेर
    पहिलोपल्ट बेस्सरी तर्सियो

    भाग्गेले भाग्य खोज्ने एकल निर्णय गर्‍यो
    र बन्दुक बोक्यो काँधमा
    उसले ठान्यो
    बन्दुकको नालबाट उसको भाग्य जन्मन्छ
    बिद्रोहको बिगुल फुक्दै उसले
    दरबार दाग्यो
    दरबारिया ताक्यो
    शासन लुट्यो
    शासक कुट्यो
    तर भाग्गेको भागमा
    तिघ्रामा गाडिएको बमको छर्रा
    देब्रे पातामा लागेको गोलीको दाग
    र दुई वर्षे काल कोठरी कैद बाहेक
    अरु केही परेन
    अरुको भाग्यामा पद, प्रतिष्ठा र पैसा पारेर
    आफ्नो चाहिँ भाग्यमा परेको
    राहतको एक बोरा चामल पिठ्युँमा बोकेर
    भाग्गे दमाई पुरानै झुप्रोमा आइपुग्यो

    धेरैको भाग्य चम्काएको भाग्गे दमाई
    आफ्नो भाग्य चम्काउन
    देश छोड्ने अन्तिम निर्णय गर्‍यो
    पाखो बारी र घरबारी
    साहुलाई तमसुक गरिदिएर भाग्गे दमाई
    ठूलो जहाज चढेर उड्यो
    क्षितिज भन्दा धेरै टाढाका देशमा
    जहाजमा उड्दा उड्दै उसले सपना देख्यो
    चिटिक्कको घर, वरिपरि फूलबारी
    एउटी सुशील गृहिणी, दुई सुन्दर सन्तान
    गरिखानलाई दस पाथी बिउको दोयम खेत
    एक हल गोरु र दूध दिने भैंसी

    आज दस वर्ष भयो
    भाग्गे दमाई क्षितिज पारि बेपत्ता भएको
    भाग्य र सपना दुबै हराएर
    भाग्गे पनि बिरानो देशमै हरायो ।।
    रचना कविता
    लेखक लालमणी कोईराला कारिकोट
    हाल दोहा कतार

  • आमा

    आमा

    आमा…  कल्पना तिवारी
    हेरन त्यो गैरा बारिको हावा असिना सहेर हुर्काइ बढाइ गरेको हरियो मकैलाइ सडक मा बसेर ताप सहाउदा मुल्य बढेको।
    लटरम्म फलेको कान्लाको आँप टिपेर लगेर औसधिले होस या अरु केही ले पकाउदा मुल्य बढेको।
    माटोखानिको त्यो रातो माटो भट्टीमा लगेर घन्टौ सम्म पोलेर निकाल्दा उस्को पिस पिस को मूल्य बढेको ।
    बडिघाट खोलाको ताजा माछालाइ जाल थापी होटेल मा लगेर तातो तेलमा तताउदा उस्को मूल्य बढेको।
    आमा किन आत्तिन्छौ म परदेशमा छु भन्दैमा,
    म पनि त बालुवाको रापमा आफ्नो मूल्य बढाउदै छु ,
    आमा बिर्सेउ र ती छिमेकी र आफन्तिका सियो जस्तै तिखा बचन,
    आमा तिम्ले पोत्ने दैलो फेर्नु छ,बाको इस्ट्कोट फेर्नु छ,भाइलाइ साइकल किन्नु छ,बैनिको जामा फेर्नु छ।
    आमा नआत्तेउ न है ,आशिष देउ न है,मलाइ पनि रापमा पोलिनु छ ।
    अझ आमा त्यो पोलेको मकै जस्तै, पाकेको आँप जस्तै ,पल्लाघरे साउको घरको इट्टा जस्तै ,होटेलमा फ्राइ हुने माछा जस्तै पाकिएर तातिएर अझ भनु रापिएर मुल्य बढाउनु छ ।।

  • जन्म दिनमा जमुनाले गरिन फलफुल बितरण

    जन्म दिनमा जमुनाले गरिन फलफुल बितरण

    राजन  आचार्य  रिडी

    जिल्ला छत्रकोट गाउँपालिका वडा नं. ३ कि स्वास्थ कर्मी जमुना थापा टन्डनले आज आफ्नो जन्म दिनमा गरिने खर्चलाई कटौती गर्दै धार्मिक कार्यमा जोडिनुभएको छ । छत्रकोट चोयगा कार्यस्थल नरम सामुदायिक स्वास्थ इकाई छत्रकोट गा,पा ३ नरममा : अ न मि पदमा कार्यरत टन्डनले हरेक बर्ष खर्चलाई कटौती गर्दै विभिन्न क्षेत्रमा लगाउने गरेको बताउनुभयो। रुरु धार्मिक सेवा सन्चार प्रा . लि. को कार्यालयमा आज बिहान सन्देश पठाउदै आर्थिक सहयोग उपलब्ध गराउनु भएको हो ।रुरुक्षेत्र भगवानको परिसरमा रहनु हुने बृद्ध बृद्धा तथा भक्तजनहरुलाई उक्त सहयोगबाट प्रा. लि. का अध्यक्ष तथा पत्रकार चुरामणिले फलफुल खरिद गरेर बितरण गर्नुभयो ।अध्यक्ष तिमिल्सिनाले उहाँलाई टेलिफोन सम्पर्क गरि जन्मदिनको शुभकामना समेत व्यक्त गर्नु थियो । यस्तै उहाँले रुरु सन्चार कार्यालय पनि सन्चार क्षेत्रलाई अगाडि बढाउन सहयोग गर्नु भएको छ । धार्मिक क्षेत्रमा काम गर्दै आएको सन्चारले लुकेका प्रतिभालाई उजागर गर्ने संस्कृति संरक्षणमा कार्यक्रम सन्चालन गर्ने जेष्ठ नागरिक बृद्धबृद्धा, गुरुकुलका बटुक तथा असायहरुलाई दाताको सहयोगमा स्वास्थ सिबिर, भण्डारा जस्ता कार्यक्रम पनि गर्दै आएको छ ।

  • शीर्षक :आमा

    शीर्षक :आमा

    राजन आचार्य रुरधाम
    आमानै जननी समस्त जगकी पैदा उनकै भर
    सम्युक्तै जगकै प्रताप रहने आमा बिना के छर?
    सहन्छिन् दु:ख त्यो खटी नसकिने आँखा अधेरो गरि
    स्तनै पान गराउने अमृत समान् आफै पधेरो सरि ।।

    चोटै चोट सहेर आज दुनियाँ आमा उनी बन्दछिन्
    भोको पेट जहाँन पाल्न ममता खोज्दै कुटो खन्दछिन्।
    दिब्यै फूल दिने विशाल भगवान् आमा उनै बन्दछिन्
    सन्तानै जगहो भनेर नभमा आमा सदा रम्दछिन्।।

    आमाको चकिलो मुहार हसिलो आमा जगत् पारखी
    आमाको पसिना लगाम अणिमा आमा रगत् सारथी।
    हेर्दै ओठ चपाउने सरलता ज्ञानै दियौ काखमा
    पर्दा चोट समाउने तिमिथियौ छोप्ने अहो माथमा।

    आमानै जननी समस्त नभकी बाबा उहाँकै भर
    सन्तानै सवको उमङ्ग रहने आमा बिना के छर।
    आमाको ममता अपार मनमा सासै सरीको भयो
    आमानै नभए विशाल तन यो लासै सरीको भयो।।

    तिम्रो रक्त समानको नगरमा पौडेर आईसके
    तिम्रो निस्चल काखको लहरमा दौडेर धाईसके।
    तिम्रा स्वच्छ विचारको छविमहा लौ दृष्टि विश्राम छ
    तिम्रा कोमल पादको नरममा यो माथ प्रणाम छ।।

  • दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिता हुने

    दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिता हुने

    रिडी,गुल्मी ।
    रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेड र कालीगण्डकी पोस्ट डट्कमले आउदो श्रावण २५ गते देखि दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिताको शुभारम्भ गर्ने भएको छ ।

    रुरु क्षेत्र धाममा प्रधान कार्यालय राखेर विभिन्न कार्यक्रम गर्दै आएको प्रालिले यसबर्ष पनि बिगतका बर्षहरुमा जस्तै सामाजिक सन्जालबाट खुल्ला तिज नृत्यप्रतियोगिता गर्ने प्रालिका अध्यक्ष चुरामणि तिमिल्सिनाले बताउनु भयो।

    तिमिल्सिनाले गाउँमा लुकेका प्रतिभाहरु लाई सामाजिक सन्जाल बाट प्रचारप्रसार गर्न र नयाँ नया खोजी प्रतिभाको बिकास कला सस्कृतीको संरक्षण मौलिक प्रतिभा लाई स्थान दिन बिगतका दिनमा गरिएको कार्यक्रमले निकै नै सफलता प्राप्त गरेकोले बिगत बर्ष जस्तै यश बर्ष पनि यो कार्यक्रमको आयोजना गर्न लागीएको बताउनु भयो।

    महिला हरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आउदो २५ गते कार्यक्रमको उत्घाटन गरि भाद्र ९ सम्म कार्यक्रम सन्चालन गरिने र तिजकै आसपासमा नतिजा प्रकासन प्रसारण पनि गरिने कालीगण्डकी पोस्टका सम्पदाक यम सोमैले जानकारी दिनु भयो ।

    अनलाईन तिज कार्यक्रममा सहभागी सबै लाई प्रमाण पत्र समेत बितरण गरिने र विभिन्न बिधाका पुरस्कार हरुराखी कार्यक्रम लाई अझ प्रभाव कारी रुपमा सन्चालन गरिने मौलिक प्रतिभा लाई मध्यम नजर गरि विशेष पुरस्कर प्रदान गरिने, नतिजाका आधार हरु पनि केही दिनमा सार्वजनिक गरिने रुरु सन्चार अन्लाईन खबरका सम्पादक बिष्णु प्रसाद पाण्डेले बताउनु भयो ।

  • तपाईको आजको राशिफल (साउन ७ गते शनिवार  )

    तपाईको आजको राशिफल (साउन ७ गते शनिवार )

    तपाईको आजको राशिफल साउन ७ गते शनिवार

    ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?

    तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

    https://www.youtube.com/watch?v=IUq2egN6bKQ&t=325s

  • ज्ञवा बलेटक्सार मावीको व्यवस्थापन समिति अध्यक्षमा पुन ज्ञवाली चयन

    ज्ञवा बलेटक्सार मावीको व्यवस्थापन समिति अध्यक्षमा पुन ज्ञवाली चयन

    चुरामणि तिमिल्सिना ।
    ज्ञवा बलेटक्सार माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउपालिका ४ बलेटक्सारको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

    विहिवार एक कार्यक्रमका बिच बिद्यालयका अभिभावक ,सरोकारवाला शिक्षाप्रेमी तथा स्थानीयले दोस्रो कार्यकालको लागी बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्बसहमत बाटै रुरु क्षेत्र गाउँपालिका वडा न ४ का सामाजिक अभियान्ता तोयनारायण ज्ञवालीलाई चयन गरेको हो ।

    बिद्यालयमा निर्माणधिन भौतिक पुर्वाधारहरुलाई पूरागर्न ,शैक्षिक गतिविधि लाई आधुनिक प्रबिधिको प्रयोग गरि सन्चालन,व्यवस्थापन र गुणस्तरीय शिक्षालाई निरन्तरताका लागि भन्दै पुन दोस्रो कार्यकालको लागी ज्ञवालीलाई नै जिम्मा दिईएको बिद्यालयका प्रधानाध्यापक नारायण ज्ञवालीले जानकारी दिनु भयो।

    ज्ञवालीले पहिलो कार्यकालमा बिद्यालयमा भवन निर्माण कार्य,शैक्षिक सुधार अतिरिक्त क्रियाकलाप अभिभावक भेला नीति नियम लगायत प्रशासन विषयमा राम्रोसङ्ग कार्य सम्पादन गरेको आधारमा आफूलाई अभिभावकले पुनः दोस्रो कार्याकालको लागी अध्यक्ष पदमा चुनेको बताउनु भयो ।

    ज्ञवालीले कुरा थप्दै भन्नुभयो,आफू पदमा रहदा या नरहदा आफ्नै घर दैलोको बिद्यालयलाइ हरेक समयमा सबै पक्षबाट सहयोग गर्ने , भौतिक पुर्वाधारका अधुरा योजना सन्चालन कार्यलाई स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार समक्ष पूरा गर्न कागजी प्रक्रिया गरी अगाडी बढ्ने, शिक्षकहरुको क्षमता वृद्धि गर्न विभिन्न खोज मुलक तालिम प्रदान गर्न योजना अगाडी बढाउनेयस्तै बिद्यार्थीको प्रगति वृद्धि गर्न शिक्षक ,अभिभावक,बिद्यार्थी तथा सरोकारवाला बिच पट्क पटक शैक्षिक अन्तरक्रिया कार्यक्रम सन्चालन गरिने बिद्यार्थी तथा शिक्षकहरुलाई प्रविधिमय बनाइ कक्षा अगाडी लैजाने बताउनु भयो।

    यो बिद्यालय २०२७ सालमा स्वीकृत प्राप्त गरेको भएता पनि अनुमतिका आधारमा कक्षा ६ देखि १० सम्म सन्चालन भएको छ । यस बिद्यालयमा कक्षा ६ देखि १० सम्म कुनै पनि दरबन्दी शिक्षक नभएकोले कुनै बेला समस्या आउन सक्ने प्रधानाध्यापक ज्ञवालीले जानकारी दिनुभयो। निमाबी मा २ राहत शिक्षक र माध्यामिक तहमा ३ राहत शिक्षकले यो बिद्यालय अगाडी बढेको छ ।

    यसरी बिद्यालय सन्चालन हुँदा पनि नतिजाका आधारमा आफ्नो बिद्यालयको नतिजा जिल्लामा नखस्किएको खेलकुद बौद्धिक प्रतिभा लगायतका कार्यक्रमहरुमा पनि अगाडी नै रहेको प्रधानाध्यापक नारायण ज्ञवालीले जानकारी गराउनु भयो। ज्ञवालीले थप्दै भन्नुभयो यश बिद्यालयबाट अध्ययन गरेका बिद्यार्थीहरु डाक्टर, इन्जिनियर , शिक्षक नेता, सरकारी कार्यालय बैंक एनजियो क्षेत्रमा फिजारीएको देख्न पाउदा खुसी लागेको बताउनु भयो।

    २०२७ सालमा यहाँ बिद्यालय सन्चालन गर्न पर्छ भनेर योगदानका साथ यस क्षेत्रका बौद्धिक बर्ग सिद्दिनाथ ज्ञवाली , सिद्दिमान श्रेष्ठ , देबि प्रसाद ज्ञवाली , लगायतका अभिभावकहरुको सक्रियता भएको बिद्यालयले बताएको छ । स्थापना पछी यो टिम लगायतले मेहनत का साथ घर दैलोको बिद्यालयलाई अगाडी बढाउन लागि परेकै कारणले यो शैक्षिक सस्था यहाँ सम्म आइपुगेको बिद्यालयले जानकारी दिएको छ।

    अहिले यस बिद्यालयमा कक्षा १देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पठन पाठ्न भैइरहेको छ । यस पालिकामा सबै भन्दा पहिला सामुदायिक बिद्यालयतर्फ अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सन्चालन गरेको आफ्नो बिद्यालय भएको माचारमा उल्लेख गरिएको छ । अध्यक्ष ज्ञवालीले यति मात्र हैन आफनै घर नजिक माध्यामिक तहको बोर्डिङ यस्तै रानिबासमा विभिन्न धारका कक्षा सहित माध्यामिक तह र छिमेकि गाउँ श्रीङगामा पनि माबी सन्चालन हुदा कतै बिद्यार्थी घटने हुन कि भन्ने कत्ति पनि चिन्ता नभएको बताउनु भयो । गुणात्मक शिक्षामा कमि नभए बिद्यार्थी बिद्यालयमा आउने बताउनु भयो।

    अहिले यस बिद्यालय ब्यबस्थापन समितीको समिती सदस्य ,चुरामणि ज्ञवाली ,तारा ज्ञवाली भगवती ज्ञवाली , शालिकराम ज्ञवाली, निर्मला ज्ञवाली , मोतीप्रसाद श्रेष्ठ, शिक्षक प्र .विष्णु, प्र. ज्ञवाली यस्तै सदस्य सचिवमा प्रधानाध्यापक नारायण ज्ञवाली रहनु भएको छ भने शिक्षक अभिभावक संघ तर्फ अध्यक्ष शिव शर्मा रहनु भएको छ ।

    विद्यालयको स्तर वृद्धि गर्दै यसै क्षेत्रका सामाजिक अभियानन्ता देवनारायण ज्ञवाली को अध्यक्षता मा रहेको विद्यालय व्यवस्थान समितिको नेतृत्वमा प्रा.वि. व्यवस्थित गर्दै २०५६ मा नि.मा.वि. र २०६२ देखि कक्षा एक देखि नै अङ्ग्रेजी माध्यम ,कम्प्युटर शिक्षा सहितको विद्यालय सन्चालन हुँदै आएको विद्यालयको विगत २६ बर्ष देखि २०७५ साल सम्म देवनारायण ज्ञवालीले अघिल्लो कार्यकाल सम्म कुशल ढंगले नेतृत्व गर्दै आउनु भएको हो।

  • तपाईको आजको राशिफल (साउन ६ गते शुक्रवार )

    तपाईको आजको राशिफल (साउन ६ गते शुक्रवार )

    तपाईको आजको राशिफल (साउन ६ गते शुक्रवार )

    ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?

    तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

    https://www.youtube.com/watch?v=zw0z5WmwIfo