Category: साहित्य

  • आज २०९ औँ भानुजयन्ती :विविध कार्यक्रम गरी मनाइँँदै

    आज २०९ औँ भानुजयन्ती :विविध कार्यक्रम गरी मनाइँँदै

    काठमाडौं ।
    असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी बुधबार २०९औँ भानुजयन्ती मनाइँँदै छ।

    आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०८ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए।

    भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए।

    रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। भनिन्छ, जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो।

    भानुजयन्तीको अवसरमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानलगायत स्वदेश र विदेशमा रहेका विभिन्न संघसंस्थाले कार्यक्रम गर्दैछन्।

  • आज आषाढ शुक्ल पूर्णिमा : गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदै

    आज आषाढ शुक्ल पूर्णिमा : गुरुको सम्मान गरी गुरुपूर्णिमा मनाइँदै

    काठमाडौं ।
    आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी बुधबार गुरुपूर्णिमा मनाइँदैछ।

    गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ।

    मानिसको पहिलो गुरु माता र त्यसपछि पितालाई मानिएको छ। मनुस्मृतिअनुसार जन्म दिने, संस्कार दिने र मन्त्र दिने वा वेद पढाउनेलाई गुरु भनिन्छ।

    वैदिक परम्परामा व्यक्तिको ज्ञानप्राप्ति र चरित्रनिर्माणमा माता, पिता र आचार्य (गुरु)को मुख्य भूमिका रहने मानिएको छ। ​व्रतबन्धका बेला गायत्री मन्त्र दिने र वेद पढाउनेलाई गुरु भनिन्छ।

    ‘जसले अरुलाई आचरणमा राख्छन् र स्वयं पनि आचरणको पालना गर्छन्’, स्मृतिमा भनिएको छ, ‘ती नै गुरु हुन्।’

    ​बुधबार नै पुराणका रचनाकार महर्षि व्यासको जन्मजयन्ती मनाइँदैछ। व्यासपूजा र गुरुपूजा बर्खाका समयमा एक ठाउँमा बस्ने अर्वाचीन वैष्णव, शैव सन्यासीहरूको परम्पराबाट आएको वेदका ज्ञाता बताउँछन्।

    बुधबार पूर्णिमा तिथि ४७ घडी ४४ पला अर्थात् मध्यरात १२ बजेर २४ मिनेटसम्म रहेको पञ्चांगमा उल्लेख छ।

  • रुरुक्षेत्रका बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

    रुरुक्षेत्रका बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

    न्युज डेक्स ।
    रुरुक्षेत्र गाउँपालिका शिक्षा शाखा मार्फत शैक्षिक सामाग्री हस्तान्तरण भएको छ ।

    मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गतपालिकाका ४३ बिद्यालयलाई खेलकुदका सामाग्री,शिक्षण सिकाइ सहजीकरण सामाग्री,युरोगार्ड खानेपानी टंकी लगायतका सामग्री औपचारिक कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो।

    हस्तान्तरण कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली,उपाध्यक्ष मिना गौतम,प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल,जनप्रतिनिधिहरु,बिद्यालयका प्रधानाध्यापक,शिक्षक प्रतिनिधि लगायत शिक्षा प्रेमी महानुभावहरुको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा पालिकाका सात सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विद्यालयको कामकाज गर्ने गरी एकएक थान ल्यापटप समेत प्रदान गरिएको अधिकृत पौडेलले बताउनु भयो ।

    हस्तान्तरण समारोहमा बोल्दै उप प्रमुख गौतमले शिक्षाको क्षेत्रमा अपरिहार्य परिवर्तन आवसश्यक रहेकोले हरेक विद्यालयमा शिक्षा समितिले अनुगमन गरी भएका समस्याको समाधान गर्न आफ्नो पालिकाको टिम लाग्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

    यस्तै कार्यक्रममा शैक्षिक जिल्ला समन्वयकर्ता प्रकाश चालिसेले शैक्षिक क्षेत्रलाई सुधार गर्न र प्रबिधिमैत्री बनाउन यो कार्यक्रम स्थानीय तहमा प्रभावकारी हुने कुरामा जोड दिनु भयो।

    कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले आगामी बर्षहरुमा सबै विद्यालयका प्रशासनिक काममा सहजताका लागि कम्प्युर,ल्यापटप,फोटोकपी तथा विद्युतीय सामाग्रीहरु प्रदान गर्न बजेटको ब्यबस्थापन भएको र शिक्षा क्षेत्रबाट कुनै पनि बालबलिका बिद्यालय जान बाट बन्चित नबनाउन र विदयालय सञ्चालनमा सूचना प्रबिधिलाई जोड्न आफुले प्रदेश तथा केन्द्र सरकार समक्ष नयाँ टेक्नोलजीका विषयमा अध्ययन समेत गरेको बताउनु भयो ।

    कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले गर्नु भएको थियो।

  • आइतबार:सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

    आइतबार:सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

    काठमाडौं ।
    हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ ।

    यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ ।

    सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ ।

    किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

    तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ ।
    सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

    हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव,तेज,ओज,पराक्रम तथा दिव्यता प्राप्त हुनेछ ।
    आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन ।
    व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

    हिन्दु धर्ममा सूर्यलाई प्रत्यक्ष देव भनिन्छ ।सूर्यको किरणले पृथ्वी प्रकाशमय हुने भएकाले यसलाई जीवनको आधार समेत मानिन्छ ।
    धर्ममा देवता हुनका साथै ज्योतिष मान्यतामा सूर्य ग्रह पनि हो ।यसलाई नौ ग्रह मध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

    त्यसैले कुण्डलीमा सूर्यको स्थिति कमजोर भए मान–सम्मान र सुख–समृद्धिमा कमी हुने मान्यता छ ।
    सूर्यको स्थिति बलियो पार्न र सुर्य देवलाई प्रसन्न पार्न आइतबार पूजा र केहि उपाय अपनाउनु पर्दछः

    १. हरेक नित्य बिहान सबेरै उठेर स्नान गरी सूर्य देवलाई जल अर्पण (अर्घ) गर्नु पर्दछ ।

    २. यो कार्य साताभरी सम्भव नभए पनि आइतबार भने गर्नुपर्ने मान्यता छ ।

    ३. उदाउँदो सुर्यलाई जल अर्पण गर्दा यसमा सख्खर मिसाएर अर्घ दिनु शुभ मानिन्छ ।

    ४. सूर्य देवलाई रातो रंग मनपर्ने भएकाले जलमा एक चिम्टि कुमकुम मिसाउन सकिन्छ ।

    ५. आइतबार जल अर्पण गर्दा रातो फूल पनि सूर्य देवलाई अर्पित गर्नु पर्दछ ।

    ६. रातो फुल र कुमकुम हालेका जल बरको रुखमा चढाए सूर्य देव प्रसन्न हुने मान्यता छ ।

    ७. आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्न अत्यन्त प्रभावशाली मानिन्छ ।

    ८. कुण्डलीमा सुर्य मजबुत पार्न आइतबार सुर्य देवको नुन नखाई व्रत बस्नु पर्दछ । एजेन्सीको सहयोगमा

  • टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो

    टर्किस ड्रामाकी अभिनेत्रीले भित्री वस्त्रको विज्ञापन खेलेपछि पाकिस्तानमा रोइलो

    काठमाडौं– पछिल्लो समय नेपालमा पनि टर्किस नाटकहरु लोकप्रिय बन्दै गइरहेका छन् । नेपाली युवापुस्ताको एउटा जमातमा टर्किस ड्रामाको खुबै फ्यान फलोइङ छ ।

    यस्तै ‘एर्तुग्रुल’ नामक टर्किस ड्रामाले केही वर्षअघि पाकिस्तानी टेलिभिजन क्षेत्रमा पनि ठूलो चर्चा कमाएको थियो । उस्मानी साम्राज्यका संस्थापक ओसमान गाजीका बाबु भनी विश्वास गरिने एर्तुग्रुल गाजीको जीवनीमा आधारित यो ऐतिहासिक टर्किस ड्रामा उर्दू भाषामा पाकिस्तानी टेलिभिजनमा रिलिज भएपछि यसको चर्चा अझ चुलिन पुग्यो ।

    यो टर्किस ड्रामा फेरि चर्चाको शिखरमा छ । तर अहिले यो चर्चामा आउनुको कारण भने केही अपत्यारिलो छ । एर्तुग्रुलमा एर्तुग्रुल गाजीकी श्रीमती हालिमे हातुनको भूमिका निभाएकी अभिनेत्री एर्जा बिल्गचले भित्री वस्त्रको विज्ञापन खेलेपछि एर्तुग्रुलका पाकिस्तानी फ्यानहरु आक्रोशित भएका हुन् ।

    उनले फेसन ब्राण्ड भिक्टोरिया सिक्रेटको भित्री वस्त्रको विज्ञापन खेलेकी थिइन् । यसबारे उनले सामाजिक सञ्जालमा तस्वीर पोष्ट गरेपछि सामाजिक सञ्जालका पाकिस्तानी प्रयोगकर्तामाझ उनले खेलेको विज्ञापनलाई लिएर खैलाबैला नै मच्चियो ।

    ‘हे ईश्वर ! एर्तुग्रुल भाइको नाक काट्यौ’ एकजना पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘समुदायको इज्जत तिम्रै हातमा थियो, हालिमे’ लेखेका छन् ।

    अर्का प्रयोगकर्ताको टिप्पणी छ, ‘हालिमे यो के गर्दैछौ ? एर्तुग्रुल सरदारले तिमीसँग यसैका लागि बिहे गरेका थिए ? तिम्रा छोरा ओसमान बेले अविश्वासीहरुसँग बहादुरीपूर्वक लडेका थिए र तिमी यहाँ यो गरिरहेकी छौ ? ईश्वरले माफ गरुन्, ईश्वरले माफ गरुन् ।’

     

  • गठबन्धन सबैका लागि बाध्यता हो – झलनाथ खनाल

    गठबन्धन सबैका लागि बाध्यता हो – झलनाथ खनाल

    नेकपा (एकीकृत-समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका पुराना नेता हुन् । २०६६ सालमा बुटवलमा भएको एमालेको आठौँ महाधिवेशनमा केपी शर्मा ओलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका खनाल अहिले एमाले फुटी बनेको समाजवादी पार्टीको सम्मानित नेताका रूपमा पार्टी सङ्गठन बिस्तारमा सक्रिय छन्। ३३ वर्षकै उमेरमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेको महासचिव बनेका खनाल २०४७ सालसम्म नेकपा मालेको नेतृत्वमा रहे।

    एमाले अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचक रहेका खनाल एमालेविरुद्ध सत्तारुढ गठबन्धन सम्पूर्ण रूपमा चुनावी तालमेल गरी एमालेलाई गराउनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। स्थानीय तहमा निर्वाचन, चुनावी गठबन्धन, सत्तारुढ सात दलीय गठबन्धनको भविष्य, नेकपा एकीकृत-समाजवादीको सङ्गठनात्मक अवस्था, लगायतका विषयमा नेता खनालसँग खबरहब सहकर्मी धिरज बस्नेतले गरेको कुराकानीको सारसंक्षेप–

    स्थानीय चुनाव आउन करिब डेढ महिना मात्रै बाँकी छ, एमाले फुटाएर नयाँ पार्टी बनाउनुभएको छ। चुनावी तयारी के छ?

    हाम्रो पार्टी दर्ता भएको करिब ६ महिना मात्रै भएको छ । तर, ६ महिनाको बिचमा हामीले राष्ट्रव्यापी रूपमा पार्टीको सङ्गठन विस्तार गरेका छौँ । सबै निर्वाचन क्षेत्र, पालिका र वार्डमा विस्तार भइरहेको छ । २२ वटा जन वर्गीय सङ्गठन निर्माण गरेका छौँ। यसलाई अझै सुदृढ पार्दै आम जनतालाई अझै गोलबन्द गर्दै अघि बढिरहेका छौँ। देशको राष्ट्रियता जोगाउने, लोकतन्त्रलाई अझै सुदृढ बनाउने र मुलुकलाई समाजवादको लक्ष्यतर्फ अगाडि बढाउने कुराहरूमा दृढ भएर नेपाली जनतालाई प्रशिक्षित गर्दै हामी अघि बढ्छौँ ।

    बल्ल सङ्गठन विस्तार गर्दै हुनुहुन्थ्यो, यो हिसाबले हेर्दा तपाईंहरूका लागि वैशाख ३० को चुनाव त अलि पछि धकेलिएको भए हुन्थ्यो भन्ने लागेको छैन ?

    त्यस्तो होइन । चुनाव जहिले आए पनि हामीले सामना गर्नुपर्छ । चाँडो आएपनि ढिलो आएपनि आखिर चुनावको प्रक्रियामा सामेल भएर जाने हो । यो अन्तिम चुनाव होइन, एउटा मात्रै चुनाव हेरेर राजनीतिक दल अघि बढेको हुँदैन । यस्ता चुनाव अनेक शृङ्खलाका रूपमा आउँछन् । त्यसलाई हामीले कार्यनीतिक रूपमा सामना गर्दै जानुपर्छ । त्यसैले चुनाव जहिले आएपनि हामीलाई केही फरक पर्नेवाला छैन । हामी यो चुनाव सरे हुन्थ्यो अलि पछि भए हुन्थ्यो भनेर कामना गरिरहेका छैनौं । नेकपा एकीकृत समाजवादी पार्टी त्यो ढङ्गको कातरता भएको पार्टी होइन ।

    भर्खरै जन्मिएको पार्टी गाउँ-गाउँ पुग्न अरू दलसँग प्रतिष्पर्धा गर्न निकै कठिन नै होला नि । पार्टी फुटाए जस्तो सजिलो हुन्छ होला र चुनाव जित्न ? के छ योजना ?

    पार्टी हामीले फुटाएका होइनौं । केपी शर्मा ओलीले हामीलाई एमालेमा बस्न नसक्ने अवस्था बनाएपछि विकल्प खोजेका हौँ। हामीले जे गरेका छौँ, ठिक गरेका छौँ । सङ्गठन बलियो बनाउँदै लगेका छौँ। र, चुनावमा हाम्रो उपस्थिति अरू दलको भन्दा कमजोर हुनेछैन । हाम्रो पार्टीले स्पष्ट रूपमा नेपाली समाज जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादी क्रान्तितर्फ अग्रसर हुनु पर्ने रोडम्याप तयार गरेको छ । हाम्रो कार्यदिशा, रणनीति, कार्यक्रम र लक्ष्य त्यसतर्फ केन्द्रित रहेको छ ।

    अब स्थानीय चुनावका निम्ति घोषणापत्र तयार गर्ने काम हामीले गरिरहेका छौँ । केही दिनमा नै सार्वजनिक गर्नेछौँ । त्यो घोषणा पत्रले राष्ट्रको अहिले इस्यु के हो ? जनताको समस्या र सम्बोधन गर्ने उपाय के हो ? भन्ने कुरा प्रष्ट रूपमा राख्ने छ । उनीहरूलाई जागरूक गर्ने, चुनावी अभियानलाई व्यापक बनाउने, जनताको घर घरमा गएर हाम्रा एजेण्डा र योजना सुनाउने र बुझाउने कामलाई तीव्रता दिने छौँ।

    जनताको घर जाँदा जनतालाई भन्ने र देखाउने तपाईंहरूसँग के के एजेण्डा छन् ?

    हामी राष्ट्रियता र लोकतन्त्रको सवालाई जबरजस्त लिएर जाने छौँ । स्थानीय निकायलाई अझै बढी अधिकार सम्पन्न कसरी बनाउने ? स्थानीय विकास निर्माणका प्रक्रियाहरूलाई कसरी तीव्रता दिने भन्ने विषयलाई हामी विशेष रूपमा उठाउने छौँ, जनता समक्ष लिएर जानेछौँ । जनताले शिक्षा, स्वास्थ्यका जस्ता आधारभूत सेवा कसरी निःशुल्क प्राप्त गर्ने आधार बनाउने, सञ्चार, यातायात कसरी सर्वसुलभ बनाउने भन्ने विषयहरू लिएर जान्छौँ ।

    किसानहरूले आफ्नो उत्पादनको मूल्य पाएका छैनन् । त्यसको मूल्य राज्यले तोकिदिनु पर्‍यो, किनिदिनुपर्‍यो । उत्पादन र बजारीकरणमा सहयोग गर्नुपर्‍यो, किसानको संरक्षण गर्नुपर्‍यो भन्ने एजेण्डा लिएर जान्छौँ। पूर्वाधार निर्माणको कामसँगै राष्ट्रव्यापी रूपमा विकासको लहर कसरी चलाउने भन्ने एजेन्डा पनि हाम्रो प्राथमिकतामा छ । वातावरण, वन संरक्षणलगायतका एजेन्डा लिएर हामी स्थानीय चुनावमा जाने छौँ।

    गठबन्धन गरेरै चुनाव लड्ने भनिरहनु भएको छ । गठबन्धन जोगाउन मरिहत्ते गरिरहनु भएको छ । एक्लै लड्ने आँट नआएर गठबन्धन प्रति यत्रो मोह देखाउनु भएको हो ?

    हामी कुनै पनि प्रकारले गठबन्धनका लागि मरिहत्ते गरिरहेका छैनौं । गठबन्धन अर्थात् संयुक्त मोर्चा आजको आवश्यकता हो । त्यो आवश्यकताका आधारमा गठबन्धनलाई परिचालन गर्ने हो । एउटा दलले मात्रै चाहेर उसलाई मात्रै आवश्यक परेर गठबन्धन बन्ने कुरा हुँदैन । यो कांग्रेसलाई पनि, माओवादीलाई हामीलाई पनि आवश्यक परेर बनेको मोर्चा हो ।

    एक्लै लड्न नसक्ने भएर यो मोर्चा बनाइएको होइन । प्रतिगमनविरुद्ध एकजुट हुन आवश्यक भएकाले यो मोर्चा बनाइएको हो । तर, सबै कुरा गठबन्धन वा मोर्चाको अधीनमा हुँदैन । हामी आफ्नो तरिकाले अघि बढ्ने छौँ । हाम्रो प्राथमिकता भनेको आफ्नै पार्टीलाई सुदृढ बनाएर जाने भन्ने नै हो । वैचारिक, राजनीतिक, साङ्गठनिक रूपमा दरो बनेर जनताको बीचमा जाने र आफ्नो शक्तिमा भरोसा गर्ने कुरामै हाम्रो प्राथमिकता हुन्छ ।

    साथ साथै हामी एकताको कुरालाई पनि अघि बढाएर लिएर जान्छौँ। कहिले काहीँ कार्यनीतिक एकता हुन्छ, यो अल्पकालीन हुन्छ । कहिले काहीँ वर्गीय एकता हुन्छ, यो दीर्घकालीन हुन्छ ।

    तपाईंको सङ्केत अहिलेको चुनावमा कांग्रेससँग तालमेल गर्ने, चुनावपछि एकीकृत समाजवादी, माओवादी र जसपाबीच एकता गर्ने भन्ने हो ?

    हामीहरू अहिले पाँच दलीय गठबन्धनमा छौँ । एमसीसी प्रकरणपछि जनमोर्चा बाहिर गएपनि अहिले हामी चुनावी तालमेलमा पाँचै दल छौँ। कुनै दल थपिए भने पनि नीतिगत हिसाबले हामी स्वागत गर्न तत्पर नै छौँ।

    कांग्रेस बाहेकका सबै दलमा चुनावमा तालमेल गर्ने विषयमा एकमत छ । कांग्रेसमा गठबन्धनका विषयमा दुई धार भएपनि एकमत होला, मिलाउने काम भइरहेको छ ।

    यो तालमेलको कुरा भयो, तर तपाईंहरू तीन दल (एकीकृत समाजवादी, माओवादी र जसपा) बीच एकताको चर्चा र सम्भावनाको कुरा के हो ?

    अहिलेको आवश्यकता भनेको नेपालमा समाजवादको दिशातर्फ अघि बढ्नु हो भनेर विश्वास गर्नेहरू, मार्क्सवाद, लेनिनवादका सिद्धान्तका आधारमा अघि बढ्नु पर्छ भन्ने विश्वास गर्नेहरू र विभिन्न ढङ्गका साम्राज्यवाद, विस्तारवाद, दलाल पूजिवाद, प्रभुत्ववाद विरुद्ध लड्नुपर्छ भनेर आवश्यकता ठान्नेहरूको बीचमा चाही क्रमशः एकता हुन सक्दछ । कतिपय नेतृत्वमा रहेका नेता गुटहरूले यो कुरा महसुस नगर्ला तर आम कार्यकर्तामा चाही वामपन्थी एकताको भावना छ । उनीहरूले आवश्यकता बोध गरिरहेका छन् । त्यसैले एकताको सम्भावना छ । एक आपसमा कुरा समेत भइरहेको छ । कहिले र कुन विन्दुमा टुङ्गिन्छ, कसरी एकता हुनसक्छ त्यो चाँही अहिले भन्न सकिंदैन। तर, यो सम्भावना छ, अनौठो कुरा केही छैन ।

    आफैँले बनाएको पार्टी छाडेर गल्ती गरियो की ? एमालेमै रहेर पनि आफ्ना माग र मुद्दा स्थापित गर्न सक्थ्यौं की भन्ने कहिले काहीँ लाग्दैन ?

    पार्टी भित्रै बसेर अन्तरसंघर्ष गरेर, पार्टीलाई नै रूपान्तरण गर्न धेरै पटक प्रयास गर्‍यौ । तर, त्यो प्रयास असफल भएपछि, केपी ओलीसँगै बस्ने सम्भावना निल भएपछि हामीले नयाँ बाटो रोजेका हौँ। जब अहङ्कार आडम्बर मौलायो, पार्टीको वैचारिक, सैद्धान्तिक, राजनीतिक विकास रोकियो, सङ्गठनमा ठुलो गतिरोध आयो, भ्रष्टाचार नै भ्रष्टाचारका काण्ड आउन थाले, स्वार्थी, लोभिहरुको भीड बढ्दै गयो त्यसपछि हामी त्यो पार्टीमा बसेर रूपान्तरण सम्भव छैन भन्ने निष्कर्षसहित विद्रोहको बाटो रोजेका हौँ । त्यही कारण पार्टी फुटाएर नयाँ दल चलाउन बाध्य भएका हौँ । हामी हाम्रो लक्ष्य, उद्देश्यमा प्रष्ट छौ, त्यसैले हामीले लिएको निर्णय गलत थियो की भनेर सोच्ने फुर्सद छैन । हामी बाटोमा तीव्र गतिमा लम्किसकेका छौँ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले त प्रचण्डको इसारामा उचालिएर तपाईंहरूले पार्टी फुटाएको आरोप लगाइरहनु भएको छ नि ?

    होइन, उनीहरू अमेरिकाले उचालेका आधारमा, रअको चुलोका आधारमा उनीहरू हिँडिरहेका होलान् । तर, हामी नेपालको वस्तुस्थितिका आधारमा, मार्क्सवाद लेलिनवादको वैज्ञानिक सिद्धान्तका आधारमा नेपालको वस्तुस्थिति विश्लेषण गरेर अवसरवादका पापहरु देखेर हामी यो क्रान्तिको बाटोमा हिँडेका हौँ । हामीलाई कसैको छायाँबाट, कसैको आँड भरोसाका आधारमा हिँडेका होइनौं । हामी आफ्नो बाटोबाट, नेपाली जनताको माग र आवश्यकताका आधारमा अगाडि बढ्दै छौँ।

    तपाईंहरूले एमाले त छाड्नु भयो, तर अध्यक्ष ओलीले अझै तपाईंहरूलाई गाली गर्न छाडेका छैनन्। तपाईंहरूबीच कत्रो ठुलो वैमनस्यता रहेछ है ?

    ओली धेरै अगाडिदेखि नीति छाडेका, दर्शन, दृष्टिकोण र नीति छाडेका व्यक्ति हुन् । त्यसकारणले उनले कहिलेदेखि गाली गर्छन् त्यसको कुनै सिमाना देख्दिनन् । जबसम्म उनीसँग अलिअलि बोल्ने तागत र क्षमता रहन्छ त्यो बेलासम्म उनले गाली नै गर्छन् । उनको मुखबाट नीति, विचार, दृष्टिकोण निस्केला भनेर मैंले त कहिल्यै पनि अपेक्षा गर्दिन । त्यसो हुनाले उनले गाली गरिरहन्छन् । हामी अघि बढिरहन्छौँ ।

    काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ । हेर्दै जानु होला अबको केही समयपछि नै नेकपा एकीकृत समाजवादी पार्टी यो देशको कम्युनिष्ट आन्दोलनको केन्द्रबिन्दुमा रहन्छ । सर्वाधिक अग्रगामी पार्टीका रूपमा रहन्छ ।

    नेकपा एमालेको ठाउँ तपाईंहरूको पार्टी एकीकृत समाजवादीले लिन सक्छ ?

    एमालेको मात्रै होइन नेकपाको स्थान लिन्छौं । एमाले भनेको त अदालतको उत्प्रेषण आदेशले बनाइदिएको एउटा गुट मात्रै हो । वास्तविक एमाले भनेको २०७५ जेठ २ गते माओवादीसँग एकता गर्नुअघि थियो । हामीले बनाएको क्रान्तिकारी एमाले त समाप्त भै सक्यो । नेकपा बनिसक्यो । त्यसको उत्तराधिकारी भनेको हामी नेकपा एकीकृत समाजवादी हौँ। अब हामी पहिलेको नेकपा जस्तै शक्तिशाली भएर उदाउने छौँ।

    तपाईंहरूले शक्तिशाली बन्ने सपना देखेपनि जनताले चाहिँ एकीकृत समाजवादी पनि कुरा एउटा काम अर्को गर्दो रहेछ भनेर टिप्पणी गर्न थालेका छन् । एमसीसीको सुरुमा चर्को विरोध गर्नुभयो, पछि पारित हुँदा टुलुटुलु हेरेर बस्नुभयो ?

    एमसीसी भनेको के हो, कसरी सुरुवात भयो ? यसको फाइदादेखि हानी नोक्सानीसमेत समग्र अध्ययन गरेर रिपोर्ट नै प्रस्तुत गरेको थिए । त्यही रिपोर्टका आधारमा नै नेपाली जनतामा नयाँ जनचेतना आयो, त्यसले करिब करिब आन्दोलनकै पनि रूप लियो । संसद्मा पनि त्यही ढङ्गले छलफल भयो । व्याख्यात्मक घोषणा जस्ता चिजहरू पनि आए । त्यही आन्दोलन, प्रयत्न .र जागरणका परिणामहरू हुन् ।

    अब जुन ढङ्गले अनुमोदन भएको छ, त्यो अनुमोदनपछि व्याख्यात्मक घोषणाको अर्थ के हो ? औचित्य के हो ? त्यसलाई अमेरिकाले मान्यो की मानेन, मान्छ की मान्दैन ? त्यो चाहिँ हाम्रो सम्झौताको अङ्ग हुन्छ की हुँदैन ? यी प्रश्नहरू अहिले पनि जीवितै छन् । नेपाली जनताले हेरिरहेका छन् । कसरी कार्यान्वयन हुन्छ भनेर हाम्रा छिमेकीहरूले हेरिरहेका छन् । उनीहरूले पनि आफ्नै ढङ्गले अध्ययन गरिरहेका छन् । यसबारे हुने छलफल ओपन नै छन् ।

    मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने मैंले यसको विपक्षमा आफ्नो धारणा संसद्मा प्रष्ट रूपमा राखेको छु । मेरो समर्थन छैन ।