Category: आर्थिक

  • राष्ट्रियसभा बैठक : बजेटको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने

    राष्ट्रियसभा बैठक : बजेटको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने

    काठमाडौं ।
    राष्ट्रियसभा बैठकमा आज बजेटको मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने भएका छन्।

    बिहान ११ बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, श्रम, रोजगार तथा समाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रीले जवाफ दिने संसद सचिवालयले जनाएको छ।

    यस्तै महिला, बालिका तथा जेष्ठ नागरिक, कृषि तथा पशुपंक्षी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ। बैठकमा वन तथा वातावरण, शहरी विकास, उद्योग वाणिज्य तथा आपुर्ति र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले पनि मन्त्रालयगत शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    प्रतिनिधिसभाको बैठक :

    संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज विभिन्न विधेयक तथा प्रतिवेदनहरू पेश हुँदैछन्।

    दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “लोक सेवा आयोगको बैसठ्ठीऔं वार्षिक प्रतिवेदन पेश गर्ने संभावित कार्यसूची रहेको छ।

    प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ छलफलका लागि पेश गर्ने कार्यसूची छ।

    यस्तै प्रधानमन्त्री देउवाले नै “लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

  • सार्वजनिक सवारी साधनको नयाँ भाडादर आज सार्वजनिक हुने

    सार्वजनिक सवारी साधनको नयाँ भाडादर आज सार्वजनिक हुने

    काठमाडौं ।
    सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ।

    यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिए।

    महानिर्देशक घिमिरेले कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताए।

    सरकारले हिजो शनिबारका दिन पेट्रोलियम पदार्थको मूल्य घटाएकाले विभागले आज मात्र समायोजनबारे निर्णय गर्न लागेको महानिर्देशक घिमिरेको भनाइ छ।

    यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो।

  • मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने

    मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिने

    काठमाडौं ।
    मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ ।

    अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

    आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ ।
    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिए । हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआरएस)मार्फत नामावली दर्ता भइरहेको छ ।

    उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ । उनले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने बताए । मोबाइलबाट आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ ।
    आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • सत्यवति गाउँपालिका  गुल्मीको  ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न

    सत्यवति गाउँपालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न

    चुरामणी तिमिल्सीना ,रुरुधाम ।
    सत्यवति गाउँ पालिका गुल्मीको ११ औं गाउँ सभा तथा बजेट अधिबेशन संपन्न भएको छ ।अधिवेशनबाट बहुमतले निति तथा कार्यक्रम पारित भएको छ ।

    पालिकाका अध्यक्ष तथा सभाका अध्यक्ष टिकाराम पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो। नीति कार्यक्रममा कृषि, शिक्षा , स्वास्थ ,पर्यटन , तालिम आय आर्जनमुलक कार्यक्रम , बिमा खानेपानी पुर्वधार निर्माण ,सडक लगायतका विषयमा नीति कार्यक्रम प्रस्तुत गरिएको थियोे ।

    नीति कार्यक्रम पछि सभाका उपाध्यक्ष तथा पालिका उपाध्यक्ष नीर माया तरामुले आर्थिक बर्ष २०७९÷८० को लागि बजेट प्रस्तुत गर्नु भयो ।
    बजेट प्रस्तुत गर्दै तरामुले हरेक शीर्षक लाई क्रमश पूरा गर्दै लैजाने ठुला योजना सम्पन्न गर्न प्रदेश र केन्द्र सरकार सित सहकार्य गरिने,हरेक गतिविधि प्रभाव कारी बनाउन पटक पटक नियम अनुसरण अनुगमन गरिने ।

    बजेट बाट नै ठुला ठुला बिपतका कार्यलाई प्राथमिकताका आधरमा कार्य अगाडी बढाइने बताउनु भयो। उहाँले बुदामा नभइ बजेट पुर्ण रुपमा कार्यन्यन हुने बिस्वास दिलाउनु भयो ।
    सभामा प्रमुख प्रशासकीय अधिकृत भविस्वर रेग्मी ,सबै वडाका अध्यक्ष हरु ,कार्य पालिका सदस्यहरु, वडा सदस्यहरु विभिन्न साखाका कर्मचारीहरु ,
    पत्रकार ,सुरक्षा निकाय दलका प्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।

  • रुरु धाम रिडीमा आज देखि पाल्पा अर्गली महोत्सव शुभार्म्भ

    रुरु धाम रिडीमा आज देखि पाल्पा अर्गली महोत्सव शुभार्म्भ

    रुरु धाम रिडीमा आज देखि पाल्पा अर्गली महोत्सव शुभार्म्भ भएको छ ।जनचेतना युवा मंच पाल्पाको आयोजना र तानसेन नगरपालिका पाल्पाको सहकार्यमा मेला आयोजना गरिएको हो।
    मेलालाइ सम्बोधन गर्दै लुम्बिनी प्रदेशका कृषि मन्त्री सुमन शर्मा रायमाझीले लुम्बिनी प्रदेशका सबै जिल्लाहरुमा प्रदेशका कार्यक्रमहरु निरन्तर संचालन भएकाले आफ्नो कार्यालयबाट अनुगमन गरिरहेको , किसानको मागको आधारमा बजेट बिनियोजन गरिएको , हरेक युवा बर्गहरु लाई स्वदेशमा नै रोजगार दिलाउन कृषि कार्यक्रमका लागि ठुला ठुला बजेटको ब्यबस्थापन गरिएको बताउनु भयो ।
    समारोहमा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष कमल राना वडा सदस्यहरु बिष्णु रेग्मी सीता ज्ञवाली रमेश न्यौपाने विशिष्ट अतिथी रहनु भएको थियो कार्यक्रममा ,राजनैतिक दलका प्रमुखहरु पत्रकार सुरक्षा निकाय महिला समुह विभिन्न संघ सस्थाका प्रमुखहरु धार्मिक अभियानताहरुको आथित्यता रहेको थियो
    कार्यक्रममा वडा न १४ का वडा अध्यक्ष कमल रानाले मेलाको विषयमा प्रष्ट पार्दै धार्मिक पौराणिक महत्त्वपूर्ण तथा यश भेगमा कृषिमा भएका उप्लब्धी माथी चर्चा गर्नु भएको थियो।
    उत्घाटन सत्रमा सस्कृती झलकने पाल्पाको फागु गित रचुडका भजन प्रस्तुत गरियको हो । मेलालाई आकर्षक बनाउनको लागि कृषि प्रदसनी राष्टिय कलाका स्थानिय कलाकाको बेजोड प्रस्तुति रहने छ महोत्सव चैत्र २७ गते सम्म सन्चलन हुने छ ।कार्यक्रमको सन्चालन पत्रकार भुवन भुसालले गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य वडा न १४ का वडा सदस्य बिष्णु रेग्मीले गर्नु भएको थियो , कार्यक्रमको अध्यक्षता सस्थाका अध्यक्ष अर्जुन कौसलले गर्नु भएको थियो।
  • नेप्सेमा ३०.४३ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

    नेप्सेमा ३०.४३ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

    काठमाडौँ- धितोपत्र बजारमा केही दिनदेखि ओरालो यात्रामा रहेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । आइतबार ४१.४३ अङ्कले घटेर दुई हजार ५७२.२३ मा रोकिएको परिसूचक आज ३०.४३ अङ्कले घट्दै दुई हजार ५४१.८३ मा आएको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचकका साथै कारोबार रकमसमेत घटेको छ । आज २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर रु दुई अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१४ मा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन नेप्सेमा २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर रु चार अर्ब ९८ करोड ९५ लाख १४ हजार ४१६ मूल्यमा खरिद बिक्री भएको थियो ।

    नेप्सेका अनुसार अघिल्लो कारोबार दिनका तुलनामा आजको बजार १.१८ प्रतिशतले घटेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३ अङ्कले ओरालो लाग्दै ४७४.०९ मा आएको छ । जुन अघिल्लो कारोबार दिनका तुलनामा १.११ प्रतिशतले घटी हो ।

    सबै उपसमूहका शेयर मूल्यमा गिरावट

    नेप्सेका अनुसार आज कारोबार भएका १३ वटै उपसमूहका शेयर मूल्य घटेका छन् । आज बैंकिङ ८.६३, व्यापार ६०.५८ होटल तथा पर्यटन २४.४१., विकास बैंक ७५.०९, जलविद्युत् २४.३, वित्त ४९.०५, निर्जीवन बीमा २५२.४९, उत्पादन ८४.८७, अन्य ४३.३६, लघुवित्त ४०.४८, जीवन बीमा ३४२.०६, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९३ अङ्कले ओरालो लागेका छन् ।

    आजको बजारमा कारोबारका आधारमा जीवन विकास लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ । यो कम्पनीको रु २२ करोड २४ लाख ७० हजार ३६७ मूल्य बराबरको कारोबार भयो । यस्तै, अपि पावर कम्पनी रु नौ करोड ३० लाख २३ हजार ११६, हिमालयन डिष्ट्रिलरी लिमिटेडको रु छ करोड आठ लाख ७९ हजार ३४३, नेपाल लाइफ इन्सुरेन्सको रु पाँच करोड ७७ लाख ८६ हजार ८५० र लाइफ इन्सुरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको रु पाँच करोड ६५ लाख ३१ हजार २४४ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन् ।

    राष्ट्रउत्थान लघुवित्त संस्था १० प्रतिशतले बढ्दै सकारात्मक सर्किटमा कारोबार भएको बजारमा इमर्जिङ् नेपाल लिमिटेडको ९.९९ प्रतिशतले र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थको ६.१ प्रतिशतले बढेका छन् । त्यस्तै, ङादी ग्रुप पावर लिमिटेडको २.२९ प्रतिशतले शेयर मूल्य बढेको छ । आइसिएफसी फाइनान्स कम्पनीको शेयर मूल्य भने ४.८२ प्रतिशले घटेको छ । सानिमा लाइफ इन्सुरेन्स ४.५२ प्रतिशतले, ज्योति लाइफ इन्सुरेन्स ४.४५ प्रतिशतले, ग्रीनलाइफ हाइड्रोपावर ४.३८ प्रतिशतले र प्रुडेन्सीयल इन्सुरेन्स कम्पनीको शेयर मूल्य ४.३२ प्रतिशतले घटी शीर्ष पाँचमा परेका छन् ।