Category: आर्थिक

  • रिब्दीकोटका खुर्सानी कृषक : गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित

    रिब्दीकोटका खुर्सानी कृषक : गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित

    पाल्पा ।
    जिल्लाको रिब्दीकोट गाउँपालिकाका खुर्सानी कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा आएपछि उत्साहित भएका छन् ।

    उत्पादन गरेको अकबरे खर्सानी विक्री नहुँदा बारीमा कुहाउनु परेको अवस्थामा चिन्तित बनेका यहाँका कृषक गाउँमै संकलन केन्द्र सञ्चालनमा
    आए पछि भने उत्साहित भएका हुन् ।

    गत वर्ष २ सय ८० रुपैयाँ किलोमा बिक्री भएको अकबरे खुर्सानी अहिले बिक्री नभई बारीमै कुहिन थालेपछी यहाँका कृषकहरु चिन्तित बनेका थिए ।
    अहिले गाउँमै सञ्चालन भएको अकबरे खुर्सानी संकलन तथा प्रशोधन उद्योगमा बारीमा कुहिन थालेको खुर्सानी बिक्री गर्न पाएपछी कृषकहरु
    खुसी भएका हुन् ।

    गाउँकै संकलन केन्द्रमा कृषकहरुले प्रति किलो १ सय रुपैयाँमा अहिले अकबरे खुर्सानी विक्रि गरिरहेका छन् ।उत्पादन भएको खुर्सानी गाउँघरमै १ सय रुपैयाँमा बिक्री गर्न पाउँदा आफुहरुलाई ठूलो राहत मिलेको रिव्दीकोट २ देउरालीका कृषक दिपक पाण्डेले बताए । उनले भने ‘दुई चार किलो खुर्सानी लिएर बजार जान पनि सकिएन, घरमा आएर कसैले किन्ने अवस्था भएन ।

    बारीमा अन्य कृषि उत्पादन लगायो जंगली जनावर बादर,दुम्सी,मृग,बदेलले सिध्याइदिन्छन्,नखाने यही खुर्सानी हो,तर उत्पादन भएको खुर्सानी समेत बिक्री नहुँदा हामी चिन्तित बनेका थियो, अहिले गाउँमै संकलन केन्द्र सञ्चालन भएपछी उत्साहित छौं ।’बजारमा प्रति किलो ८० रुपैयाँमा बिक्री हँुदै आएको अकबरे खुर्सानी रिब्दीकोट संकलन केन्द्रले कृषकहरुबाट प्रति केजी १ सय रुपैयाँमा खरिद गरेको छ ।

    पहिलो दिन संकलन केन्द्रमा रिब्दीकोट ७ पालुङमैनादीका कृषकहरुले करीव १ सय ५० किलो अकबरे खुर्सानी बिक्री गरेका छन् ।

    गाउँपालिकालाई कृषि उत्पादन मार्फत परिचित गराउने अभियान पालिकाको ८ वटै वडामा अकबरे खुर्सानी अभियान चलाएका
    निवर्तमान पालिका अध्यक्ष नारायण बहादुर जि.सी. स्थानीय निर्वाचनमा पराजित भएसंगै संकलन केन्द्र सञ्चालन गरी कृषकहरुसँग जोडिएका छन् ।

  • जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी ,विपन्न परिवारलाई खाद्यान्न

    जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी ,विपन्न परिवारलाई खाद्यान्न

    गीता पाण्डे
    साउन १९,गुल्मी ।

    गुल्मीमा जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरी विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

    जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा रहेको रेन्बो इङलिस सेकेन्डरी बोडिङ स्कुलमा रहेका शिक्षक र इच्छुक बिद्यार्थीहरुले जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरी जम्मा गरेको कोषबाट विपन्नलाई खाद्यान्न सहयोग गरिएको ब्यबस्थापक अन्जु खत्रीले जानकारी दिनुभयो ।

    सो कोषमा जम्मा भएको रकमबाट रुरुक्षेत्र गाउँपालिकाका अति विपन्न तीन परिवारलाई करिब तीन महिनालाई पुग्ने खाद्यान्न वितरण गरिएको खत्रीले बताउनुभयो ।

    स्कुलमा कार्यरत शिक्षक ,कर्मचारी र इच्छुक बिद्यार्थीहरुबाट जन्म दिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरी सामाजिक क्षेत्रमा सहयोग गर्ने गरी नविनत्तम कार्यहरु गर्दै आएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष यमबहादुर खत्रीले जानकारी दिनुभयो ।

    सो कोषमा जम्मा भएको रकमबाट यस अघि पनि घातक रोग लागेका अभिभावकहरुलाई रु एक लाख रुपियाँसम्म सहयोग गर्दै आएको र आवश्यक परेमा सहयोग गर्ने कामबाट पछाडि नपर्ने ब्यबस्थापक खत्रीले दाबी गर्नुभयो ।

    घरको अवस्था कमजोर भएका र घातक रोग लागेका बिरामीहरुका लागि यो कार्यक्रम प्रभाबकारी भएको बिद्यालयले बताउँदै आएको छ ।

  • प्रतिनिधि र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा हुने

    प्रतिनिधि र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते एकै चरणमा हुने

    काठमाण्डौ ।
    सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।

    सत्ता गठबन्धनको हिजो बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।

    मन्त्रिपरिषद्को बैठकपछि सञ्चरकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको कार्यकालको विषयमा अहिले सरकारमा छलफल भइरहेको र प्रतिनिधि सभाका सदस्य,सभामुख,उपसभामुखले चुनावका निम्ति निर्वाचन आयोगमा
    गएर आफ्नो उम्मेदवारीको मनोनयन गरेपछि स्वतः प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने बताउनुभयो ।

  • दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिता हुने

    दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिता हुने

    रिडी,गुल्मी ।
    रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेड र कालीगण्डकी पोस्ट डट्कमले आउदो श्रावण २५ गते देखि दोस्रो रुरु कालीगण्डकी अनलाईन तिज नृत्य प्रतियोगिताको शुभारम्भ गर्ने भएको छ ।

    रुरु क्षेत्र धाममा प्रधान कार्यालय राखेर विभिन्न कार्यक्रम गर्दै आएको प्रालिले यसबर्ष पनि बिगतका बर्षहरुमा जस्तै सामाजिक सन्जालबाट खुल्ला तिज नृत्यप्रतियोगिता गर्ने प्रालिका अध्यक्ष चुरामणि तिमिल्सिनाले बताउनु भयो।

    तिमिल्सिनाले गाउँमा लुकेका प्रतिभाहरु लाई सामाजिक सन्जाल बाट प्रचारप्रसार गर्न र नयाँ नया खोजी प्रतिभाको बिकास कला सस्कृतीको संरक्षण मौलिक प्रतिभा लाई स्थान दिन बिगतका दिनमा गरिएको कार्यक्रमले निकै नै सफलता प्राप्त गरेकोले बिगत बर्ष जस्तै यश बर्ष पनि यो कार्यक्रमको आयोजना गर्न लागीएको बताउनु भयो।

    महिला हरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आउदो २५ गते कार्यक्रमको उत्घाटन गरि भाद्र ९ सम्म कार्यक्रम सन्चालन गरिने र तिजकै आसपासमा नतिजा प्रकासन प्रसारण पनि गरिने कालीगण्डकी पोस्टका सम्पदाक यम सोमैले जानकारी दिनु भयो ।

    अनलाईन तिज कार्यक्रममा सहभागी सबै लाई प्रमाण पत्र समेत बितरण गरिने र विभिन्न बिधाका पुरस्कार हरुराखी कार्यक्रम लाई अझ प्रभाव कारी रुपमा सन्चालन गरिने मौलिक प्रतिभा लाई मध्यम नजर गरि विशेष पुरस्कर प्रदान गरिने, नतिजाका आधार हरु पनि केही दिनमा सार्वजनिक गरिने रुरु सन्चार अन्लाईन खबरका सम्पादक बिष्णु प्रसाद पाण्डेले बताउनु भयो ।

  • नवनिर्मित सत्यवती सव डिभिजन बन कार्यालय भवनको उद्घाटन

    नवनिर्मित सत्यवती सव डिभिजन बन कार्यालय भवनको उद्घाटन

    चुरामणी तिमिल्सीना,रिडी ।
    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न १ रातामाटामा नवनिर्मित सत्यवती डिभिजन बन कार्यालय भवनको एक कार्यक्रमका
    बिच लुम्बिनी प्रदेश बन तथा वातावरण मन्त्रालयलका सचिव दुर्गा बहादुर कार्कीले शिला अनावरण गरी उद्घाटन गर्नु भएको छ ।

    डिभिजन बनकार्यालय तम्घास गुल्मीका बन अधिकृत प्रभात सापकोटाको अध्यक्षमा कार्यक्रम गरिएको हो ।
    रिडी सत्यवती सब डिभिजन कार्यालय रिडीका प्रमुख दयाराम पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    ४० लाख लागतमा निर्माण भएको भवनमा ३कोठा सहित एक कार्यक्रम हल समेत निर्माण भएको छ ।
    तिलिस्मि कन्स्ट्रक्सन प्रा लि ले जिम्मेवारी पाएको भवन छोटो समयमै सम्पन्न गर्न सफल भएको भन्दै कम्पनीका सुन्दर भण्डारी र बिष्णु नेपाललाई सम्मान सहित भवन निर्माण पूरा गर्न सहयोग गर्नुहुनेअन्यलाई समेत सम्मान गरिएको थियो।

    कार्यक्रममा सुभकामना राख्दै वडा न १ का वडा अध्यक्ष नवराज बिकले यश कार्यालय लाई संरक्षण तथा पर्यटन प्रबन्धनम समेत
    टेवा पुर्याउन सक्ने हुनाले यश क्षेत्रमा रहेको सामुदायिक बनलाई हरियाली बनाउदै पिक निक स्पोट पार्क निर्माण ,चिडिया घर जस्ता
    नयाँ सम्रचना निर्माण गर्न आग्रह गर्नु भयो।

    कार्यक्रममा शुभकामना सहित सम्बोधन गर्दै प्रमुख अतिथी सचिव कार्कीले यश क्षेत्र लाई पर्यटन प्रबधानात्मक कार्यक्रमहरु सन्चालन गरिने , धार्मिक क्षेत्रमा धार्मिक क्षेत्रका लागि उपयुक्त हुने बृक्ष रोपण कार्यक्रम गरिने रुरु आउने पर्यटक लाई रेसुङगामा पुर्याउ विभिन्न योजनाका साथ कार्यक्रम अगाडी सारिने बताउदै यश भवनको लागि आवस्यक पर्ने बजेट्को थप प्रबन्ध मिलाउने प्रतिबद्धता जायर गर्नु भयो ।

    कार्यक्रममा ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक म लाल बन्जाडे समाजसेबि हिमाल श्रेष्ठ ,अमुल्य श्रेष्ठ राजेन्द्र जबरा ,प्रेम भण्डारी, अशोक श्रेष्ठ, उमनाथ पाण्डे , महिला समुह पत्रकार लगायतको आथित्यता रहेको थियो।।

    कार्यक्रम पश्चात् वर पिपल इमिली श्रीखण्ड लगायतका बिरुवा समेत रोपण गरिएको थियो ।कार्यक्रमको सन्चालन मुना शर्माले गर्नु भएको थियो।

  • पाल्पाको  अर्गलीमा   सरसफाइ कार्यक्रम

    पाल्पाको अर्गलीमा सरसफाइ कार्यक्रम

    अर्गली ,पाल्पा ।
    पाल्पाको अर्गलीमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

    अर्गली बजार ब्यबस्थापन समिति अर्गली पाल्पाको आयोजना ,वडा न १४ वडा परिवार र प्रहरी चौकी अर्गली पाल्पाको समन्वयमा कार्यक्रम गरिएको हो। बजार क्षेत्र लाई सफा राख्न अभियान लाई निरन्तर दिने कार्यक्रममा चर्चा गरिएको थियो।

    सरसफाइ टोलिले सामाजिक भवनसडकका कुना कप्चेरा कुला लगायतका स्थानमा सरसफाइ गरेको ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु रेग्मीले बताउनु भयो ।

    कार्यक्रममा तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराईको प्रमुख आथित्यता रहेको थियो।

    कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष भट्टराईले कार्यक्रममा बोल्दै सरसफाइ जस्तो महत्त्वपूर्ण विषयबस्तु लामो समयको अन्तरालामा नगरी सकेसम्म बजार क्षेत्रमा साताको एक बार गर्न सके बजार तथा सडकहरु सफा हुने र विभिन्न रोगबाट वच्न पनि सकिने बताउदै यस्ता कार्यक्रममा वडा परिवारले आवस्यक सम्पुर्ण सहयोग उपलब्धगराउने प्रतिबद्धता जायर गर्नुभयो।

    यस्तै ब्यबस्थापनसमितिका अध्यक्ष बिष्णु रेग्मीले पर्व हरु नजिकिदै गर्दा यातायातमा मानिसहरुको भिड भाड पनि हुने हुँदा सरफाइ गरी चिटिक्क पार्न सके पर्यटनमा समेत टेवा पुग्ने बताउनु भयो ।

  • “छत्रकोटमा रातारात काठ तस्करी“ , कस्ले काट्यो कसैलाई थाहा छैन

    “छत्रकोटमा रातारात काठ तस्करी“ , कस्ले काट्यो कसैलाई थाहा छैन

    भुवन भुसाल, गुल्मी ।
    गुल्मीको छत्रकोटमा रातारात काठ तस्करी भएको भेटिएको छ ।

    भेडुवा बजार बाट राम मन्दिर जाने बाटोमा पर्ने सामुदायिक जंगलमा केही रुख जरैबाट ढालिएको र केही ढालीएको फेला पारिएको हो ।
    छत्रकोट ३ चोयगा देबपुरीमा मध्यरातमा २० भन्दा बढी सल्लाका रुख डोजर लगाएर ढाली गोलिया तस्करी गरिएको छ ।

    स्थानीय कृष्ण टन्डनका अनुसार राती ढोजर लगाएको स्थानीयले देखेर खबर गरेपछी हेर्न आयौं आउँदा २०/२२ सल्लाको बोट ढालीएको छ
    कस्ले रातारात काट्यो कसैलाई थाहा छैन ।

    छत्रदेबी हरियाली सामुदायिक बन उपभोक्ता समितिका सचिब बिष्णु पन्त पनि तस्करीको खबर पाएपछी अनुगमनमा पुगे ।

    अनुगमनमा पुगेका सचीव पन्तका अनुसार बन समिती सङ्ग कसैले सल्लाह गरेको छैन , जङ्गलका केही सल्लाहरुमा अंक पनि लेखिएको छ
    तर यो सब कस्ले गर्यो समिती र स्थानीयलाई थाहा छैन ।

    काटिएका सल्लाका अधिकांस गोलिया तस्करले लगेका छन भने केही गोलिया सोही जंगलमा छोडेका छन ।
    रातभर काठ काटेर ट्याक्टरमा लोड गरेर लगेको र काम नसक्दै उज्यालो भएकाले केही काठ रहेको हुनसक्ने स्थानियले अनुमान गरेका छन ।

    “काठ तस्करी भएको बारे डिभिजन बन कार्यालय गुल्मीमा खबर पनि गरिएको छ, अब स्थलगत अनुगमन पछि अझै खबर पुर्याउछौं,
    बन कार्यालयले अगाडि केही गर्ला“ समिती सचिव पन्तले भने ।

    डिभिजन बन कार्यालय गुल्मीका प्रमुख प्रभात सापकोटाले के रहेछ बुझ्न अधिकृत सहितको टोलि पठाएको र अनुसन्धान पछि दोषीलाई बन ऐन अनुसार मुद्दा चलाउने प्रतिबद्धता व्यक्त गरे ।

  • कोरोनाभाइरस उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन

    कोरोनाभाइरस उत्पति भएको चीनको वुहानमा फेरि लकडाउन

    काठमाडौं ।
    कोरोनाभाइरस पहिलो पटक उत्पति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ ।

    वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ ।

    चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक परीक्षण, आइसोलेसन नियमको कडा पालना र स्थानीय तहमा लकडाउन समावेश छन् ।
    कोभिडविरुद्ध कडाइका कारण चीनमा अन्य देशहरूको तुलनामा कम मानिसहरूको मृत्यु हुने गरेको छ ।

    तर, लगातारको प्रतिबन्धका कारण मानिस मर्कामा परेका छन् । १ करोड २० लाख जनसंख्या भएको वुहानमा नियमित परीक्षणका क्रममा दुई दिनअघि दुई जनामा लक्षणविहीन कोभिड देखिएको थियो ।

    त्यस्तै कन्ट्र्याक्ट ट्रेसिङबाट अन्य दुई जनामा संक्रमण भेटिएको पाइएको थियो । त्यस लगत्तै लकडाउन घोषणा गरिएको थियो ।

  • जीटूजी सम्झौता अनुसार भारतबाट रासायनिक मल आउने निश्चित

    जीटूजी सम्झौता अनुसार भारतबाट रासायनिक मल आउने निश्चित

    काठमाण्डौ ।
    नेपाल र भारतबीच भएको जीटूजी (सरकारदेखि सरकार) सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ ।

    गएको फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटूजीको माध्यमबाट मल खरिद गर्ने सम्झौता भएको थियो ।

    सम्झौताको ६ महिनापछि मल नेपाल आउने निश्चित भएको त्यसका लागि सरकारले तत्काल पैसाको व्यवस्था गर्नुपर्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताउनुभयो । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर लिमिटेडबाट नेपालले मल खरिद गर्ने सम्झौता गरेको छ ।

    भारत सरकारसँग मूल्य, ढुवानीलगायत अन्य सबै कुरामा सहमति भएको छ । भारतले नेपालको भण्डार स्थलसम्म मल ल्याइदिने सम्झौता गरेको छ ।
    भारतले आफूले खरिद गरेको मल नेपाललाई दिने प्रमुख कार्कीले जानकारी दिनुभयो ।

    नेपाल र भारतबीच पाँच वर्षका लागि रासायनिक मल आपूर्ति गर्ने सम्झौता भएको छ ।

  • लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य

    लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य

    बुटवल ।
    लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य गरिएको छ ।

    प्रदेशसभा सचिवालयले साउन ८ गतेका लागि बैठक बोलाएको थियो तर शुक्रबार अबेर मन्त्रिपरिषद्को निर्णय भन्दै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा अन्त्य गरिएको जानकारी दिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम शुक्रवार राती १२ बजेदेखि चालु अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

    प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तीमा मन्त्री परिषादको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अन्त्य गरेको जनाईएको छ ।