Category: आर्थिक

  • भट्कुवा आधारभुत  विद्यालयमा शैक्षिक  सामाग्री  बितरण

    भट्कुवा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण

    चुरामणि तिमिल्सिना ,रुरु क्षेत्र ।

    भट्कुवा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

    विद्यालयमा अध्यानरत ९२ जना बिद्यार्थीहरु लाई कापी, कलम, झोला लगायतका सामाग्री हस्तान्तरण गरिएको हो। चाइना फाउन्डेसन नेपालको सहयोगमा सामाग्री हस्तान्तरण भएको बिध्यालयले जानकारी दिएको छ ।

    बितरण कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका चाइना फाउन्डेसन नेपालका प्रतिनिधि मंगल बहादुर रेगामी , विशिष्ट अतिथीमा रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य सुशील श्रेष्ठ , यस्तै समाजसेवी बौद्धिक बर्ग रहनु भएको थियो।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथी वडा सदस्य श्रेष्ठले गरिब बिपन्न दलित बर्गका मात्र नभइ सबै बिद्यार्थीहरुका लागि सामाग्री बितरण कार्यक्रम आयोजना गर्नु भएकोमा प्रतिनिधि रेगामी लगायत लाई धन्यवाद ब्यक्त गर्दै बिद्यार्थी बर्गमा राहत समेत पुग्ने बताउनु भयो ।

    समारोहमा शिक्षक दिपक ज्ञवाली लगायतले शुभकामना राख्दै यस्ता कार्यक्रमले बिपन्न परिवारका बिद्यार्थीहरु लाई ठूलो सहयोग मिल्ने हुँदा आगामी दिन्हरुमा पनि यस्तै कार्यक्रम ल्याउन आयोजक परिवार प्रती आग्रह गर्नु भयो ।

    कार्यक्रमको सन्चालन शिक्षक कृष्ण कला मगरले गर्नु भएको थियो।

  • भेरी अस्पतालमा  डाक्टर ड्यूटीमा नआउँदा बिरामीलाई सास्ती

    भेरी अस्पतालमा डाक्टर ड्यूटीमा नआउँदा बिरामीलाई सास्ती

    नेपालगञ्ज ।
    भेरी अस्पतालमा कार्यरत डा.सुरेशकुमार नागले एक वर्षदेखि नियमित ड्यूटी नगरेपछि अस्पताल प्रशासनले कारबाहीका लागि पत्र काटेको छ ।

    भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. नागलाई अस्पताल प्रशासनले पटक पटक जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दा पनि नमानेपछि कारबाहीका लागि मन्त्रालयलाई पत्र लेखेको हो ।

    ‘विगतदेखि नै आफ्नो ड्युटी गर्न समयमा नआउने लापबाही गर्ने गरेको पाइएको छ,’अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘विकास समितिको तर्फबाट पटक पटक सुध्रिन अनुरोध गर्दासम्म समेत अटेर गरेको पाइयो,बाध्य भएर कारबाहीका लागि पत्र काटिएको हो ।’

    अस्पतालले २०७८ साउन २२ गतेको समितिको निर्णय अनुसार यसअघि पनि उनलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको थियो ।

  • छत्रकोट गाउँपालिकामा शुरु भयो विधुतिय भुक्तानि सेवा

    छत्रकोट गाउँपालिकामा शुरु भयो विधुतिय भुक्तानि सेवा

    कृष्ण अन्जान,छत्रकोट ।
    गुल्मी जिल्लाको छत्रकोट गाउँपालिले सोमबारबाट विद्युतीय भुक्तानी सरवा सुरुवात गरेको छ ।

    गाउँपालिकाले सेवा प्रवाहमा सुचना प्रविधिको प्रयोग गर्दै छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले विधुतिय भुक्तानि सेवाको शुरुवात गरे ।

    गाउँपालिकाले सुरुवात गरेको भ्ँत् (भ्भिअतचयलष्अ ँगलम त्चबलकाभच) मार्फत खातामा रकम ट्रान्सफर गर्ने कार्यले सेवाग्राहीलाई अनावस्यक झण्झट नहुने र सिधै रकम बैँकमा जाने छ ।

    गाउँपालिका प्रमुख राम प्रसाद पाण्डे,उपप्रमुख सावित्रा ज्ञवालीका साथै गाउँपालिकाका कर्मचारी र पत्रकार समेतको उपस्थितिमा ताराहान्ने खानेपानी आयोजना र डाँग्रि पोखरा ट्रस्टलाई इपेमेन्ट गर्दै विधुतिय भुक्तानि सेवा शुरु गरिएको हो।

    पालिकाका लेखा अधिकृत सन्तोष जिसिले विद्युतीय भुक्तानीले सेवाग्राही चेक लिन भौतिक रुपमा उपस्थित हुन नपर्ने र गाउँपालिकाले प्रदान गर्ने सेवामा पारदर्शिता, छिटो, सहज, मितव्ययी र पारदर्शी हुने अपेक्षा व्यक्त गरे ।

    छत्रकोट गाउँपालिकामा सेवा लिने सेवाग्राहीले पनि अब चेक नसाटिने, चेकमा छाप छुट्ने, चेक च्यातिने, चेक हराउने, चेकको म्याद सकिने र पुनः चेक जारी गर्नुपर्ने लगायतका समस्याहरु झेल्न नपर्ने भएको छ ।

  • पाल्पाको बराङ्दीमा एक घर एक लालीगुराँस अभियान

    पाल्पाको बराङ्दीमा एक घर एक लालीगुराँस अभियान

    पाल्प ।
    बगनासकाली ८ बराङ्दी पाल्पाका सुशिल बस्याल “ राष्ट्रप्रेमी“ले बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेका छन ।

    बस्यालका अनुसार बराङ्दीमा एक घर एक लालीगुराँस अभियान सञ्चालन गरेर बराङ्दी वडालाई नमुना वडा बनाउनको लागी पहल गरेको बताए । उनले आफ्नो घरमा श्री सिद्दबाबा मन्दिर बराङ्दी घिउसिबास ,श्री महामृत्युञ्जय शिवासन धाम , शिवालय मन्दिर बराङ्दी आयुर्बेद औषधालय , श्री बेद माध्यमिक बिद्यालय, कालिगण्डकी बोर्डिङ स्कुल र बराङ्दीको वडा कार्यलय र बेलौतिखरक टोल भरि लाली गुराँस लगाएर अभियानको सुरुवात गरेका छन।

    लालीगुराँसको यो अभियानको कुरा सुन्दा स्थानीय उत्साहित भएका छन । यो अभियानलाई वडाले निरन्तरता दिनुपर्नेमा जोड दिएका छन ।

    स्थानीय चुरामणी बस्यालले अभियान महत्वपुर्ण रहेकोले पुर्णता दिन आबस्यक रहेको बताउछन ।उनि भन्छन ’’लाली गुँरास सौन्दर्य मात्र नभएर महत्वपुर्ण औषधी पनि हो ’’ हृदयरोग कलेजो तथा मिर्गौलाको समस्या भएमा गुरास उपयोगी मानिन्छ । गुराँसको सर्वत गर्मी याममा पिइने स्वस्थ्यकर पेयमा पर्छ ।

    बस्यालले एक बर्ष अगाडि बगनासकाली गाँउपालिकामा लागुपदार्थ तथा जुवातास न्यूनीकरणको लागि सचेतना अभियान चलाएका थिए । बस्याल विभिन्न सामाजिक संघसस्थामा आबद्ध छन ,उनी सामाजिक काममा सक्रिय देखिन्छन् ।उनले दुई महिना अगाडि राष्ट्रप्रेमी गित बिमोचन गरेका थिए ।

  • रुरुक्षेत्र  गाउँपालिका वडा न ४ पुर्ण पोषण मैत्री घोषणा

    रुरुक्षेत्र गाउँपालिका वडा न ४ पुर्ण पोषण मैत्री घोषणा

    चुरामणी तिमिल्सिना,रुरुक्षेत्र ।

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ४ लाई एक कार्यक्रमका विच पुर्ण पोषण मैत्री गाउँपालिका घोषणा गरिएको छ।

    आज सम्पन्न कार्यक्रम मार्फत गाउँपालिका भरका सम्पुर्ण स्वास्थ संस्थाहरुमा ब्यानर अनावरण तथा प्रमाणपत्र हस्तान्तरण गरि पोषण युक्त गाउँपालिका को रुपमा घोषण गरिएको हो ।

    यस्तै कार्यक्रम मार्फत वडा न ४ का २० जना स्वास्थ स्य‌मसेविका , सु(आहारा स्वास्थ कार्यालय गुल्मी, एकिकृत ग्रामीण बिकास समाज गुल्मी , का साथै गाउँपालिकाका स्वास्थ शाखा प्रमुख लाई कदर पत्रले सम्मान गरिएको आयोजकले बताएको छ ।

    वडा स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशन समिती र बलेटक्सार स्वस्थ चौकीको आयोजनामा कार्यक्रम आयोजनाका कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आथित्यता रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष ज्ञवालीले समग्र रुपमा स्वास्थ क्षेत्रमा क्रमिक रुपमा सुधारत्मक कार्यक्रमलाई बजेट बिनियोजन गरिएको ,करिब दुई महिनाको एक पटक घुम्ती सेवा वडा तहमा सन्चालन गर्ने, कम्तिमा बर्षको एक पटक सबै बिरामीको लागि निशुल्क स्वास्थ सिबिर सन्चालन गर्ने महिला तथा स्वास्थ क्षेत्रका कार्यक्रम लाई प्रभावकारी रुपमा अगाडी बढाउन स्यमसेविका विच अन्तरक्रियात्मक कार्यक्रम पनि सञ्चालन गरिने बताउदै प्राथमिक उपचार सामाग्री हरुको सदैव अभाव हुन नदिने समेत प्रतिबद्धता जनाउनु भयो।

    कार्यक्रममा पालिकाकी उपाध्यक्ष मिना गौतम नि।वर्तमान उपाध्यक्ष लक्ष्मी देबि पन्थ , प्रमुख प्रशासकीय अधिकृत मदु कृष्ण पौडेल जन जनप्रतिनिधिहरु , स्वास्थ शाखाका प्रमुख छत्र बहादुर अधिकारी विशिष्ट अतिथी रहनु भएको थियो ।समारोहमा विभिन्न शाखाका कर्मचारी , पत्रकार, स्वास्थ्य स्वयमसेविकाहरु लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले स्यमसेविकाहरु भनेका गाउँका डाक्टर भएकाले उहाँहरुलाइ सामान्य उपचार सहजको लागि सामाग्री बाकस, झोला उपलब्ध गराइयको, हरेकको घर घर्दैलोमा जेष्ठ नागरिक देखि अपांग वृद्ध हरुलाइ स्वास्थ सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो।
    यस्तै कार्यक्रममा वडा न ४ का स्वास्थ साखाका प्रमुख इन्द्र देवपौडेल ले विभिन्न १७ प्रकार का मापदण्ड पूरा गरि यो वडा पोषण घोषण गरिएको जान्कारी गराउदै करिब १ बर्षको अबधिमा नै सबै मापदण्ड पूरा गरेको बताउनु भयो।

    समारोहमा सामाजिक समितिका सम्योजक शेष नारायण पौडेल निबर्तमान उपाध्यक्ष लक्ष्मी पन्थ सुहाराका प्रतिनिधि स्यम सेबिका प्रतिनिधि लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा उपाध्यक्ष पन्थ लाई सम्मान पत्र मायाको चिनो दोसल्ला सहित पालिकाले बिदाइ समेत गरेको थियो।

    कार्यक्रम को सनञ्चालन कम्प्युटर अप्रेटर दामोदर ज्ञवालीले गर्नु भएको थियो।

  • कपिलवस्तुमा लागु औषधसहित दुईजना पक्राउ

    कपिलवस्तुमा लागु औषधसहित दुईजना पक्राउ

    कपिलवस्तु ।
    कपिलवस्तुमा लागु औषधसहित दुईजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिकाका, ४ चाकरचौडाबाट लागुऔषधसहित दुईजना पक्राउ परेका हुन् ।

    प्रहरीले जाँचको क्रममा सीमा नाकास्थित भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाईकलमा वाणगंगा १ वैरीयाका २४ वर्षका राजन विक र सोही मोटरसाइकलको पछाडि सवार
    कपिलवस्तु वाणगंगा २ राजपुरकी २४ वर्षीया सोनाक्सी गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट लागुऔषध स्पासमो ४१ ट्याब्लेट र नाइट्रोभेट ४६ ट्याब्लेट फेला पारिएको प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

  • संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

    संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

    काठमाडौं ।
    संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ।
    दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने भएका छन्।

    बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ।

    यस्तै राष्ट्रियसभामा उत्पति भएका औषधि तेस्रो संशोधन विधेयक २०७९,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक २०७९ र रेल्वे विधेयक २०७९ टेबुल गर्ने कार्यसूची छ।

    यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८ र राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७ छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची छ।

    यस्तै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता छलफल र अनुमोदनका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ।

    यसैबीच राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

  • माण्डव्य वंशको ईतिहासलाई व्यवस्थित गर्ने प्रयास :तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न

    माण्डव्य वंशको ईतिहासलाई व्यवस्थित गर्ने प्रयास :तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न

    कृष्ण अन्जान,गुल्मी ।
    सँघिय राज्य प्रणालीको शुरुवात सँगै जातिय अधिकार र पहिचानका कुरा मात्र उठेनन समानुपातिक राज्य व्यवस्थाले जातिय अधिकारलाई पनि स्थापित गरेको छ ।

    लामो समयसम्म दविएका जाति जनजाति तथा सिमान्तकृत समुदायले अधिकार पाएका छन । राज्यका निकाए हरुमा पुगेका छन ।
    यतिबेला जातिय मात्र नभएर वँशीय ईतिहास खोज्ने काम पनि शुरु भएको छ ।

    आफै खोजौँ आफ्नो पहिचान,अघि बढौ गरौँ पुर्खाको सम्मान यहि अवधारणाका साथ माण्डव्य वंशीय हरुले माण्डव्य ऋषिको तपोभुमी
    पाल्पाको माडि नजिकैको जिल्ला रिडीमा तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न गरेका छन ।

    हाम्रो अभियान पुर्खाको सम्मान गर्नु र माण्डव्य वंशीयहरुको ईतिहास खोज्नु हो यो कुनै राजनीतिक सँगठन होईन र पुर्ण रुपले ईतिहास र पौराणिकताको खोज अनुसन्धान मुलक सँस्था हो माण्डव्य समाजका केन्द्रीय अध्यक्ष हेमन्त राज माण्डव्यले भने ।

    सोध र अनुसन्धानमा जुटेको माण्डव्य सेवा समाजले माण्डव्य वँशको शुरुवात गर्ने माण्डव्य ऋषिको तपोभुमि पाल्पाको माडि फाँट भएको मान्यता राख्छ । यहि माडिफाँटमा माण्डव्य ऋषिले तपस्या यज्ञादि गरेको र यहिवाट वँश शुरुवात भएपछि नेपालका विभिन्न भाग र भारततिर समेत वँश फैलिएको ईतिहासले भन्छ ।

    माण्डव्य गोत्रिय भित्र भण्डारी,ज्ञवाली,अधिकारी,बजगाँई,रावल लगाएतका प्रमुख थर हरु हुन भने माण्डव्य समाजले गरेको अध्ययनले बयानव्वे थरी फेला पारेको र दुई थरी लोप भईसकेको र नव्वे थरि कायमै रहेका छन ।माण्डव्य सेवा समाजले देशका अडसठ्ठि जिल्लामा आफ्नो सँगठन निर्माण गरिसकेको छ र खोज अनुसन्धान भारतमा पनि जारि राखेको छ ।

    माण्डव्य गोत्रियहरुको पुर्ख्यौलीको विगत देखि वर्तमान सम्मलाई पछ्याउँदै जाँदा माडीफाँट क्षेत्रबाट भारतकोकस्मिर,हिमान्चल,उत्तराखण्ड लाई
    छिचोल्दै डोटिो बाँझगाउँमा कर्मथलो बनाए पछि यहाँबाट पनि अछाम जुम्ला हुँदै देशैभरि छरिएको हजारौं वर्षको ईतिहास छ ।

    मनुष्य जातिको उत्पति पछि वँश गोत्रहरु पनि सँगै बने ,यहि गोत्र वँशको ऐतिहासिकतालाई खोज्न सके भावि पुस्ताले समेत गोत्र र वँशबारे
    ज्ञान लिन सक्ने देखिन्छ ।

  • सत्यबतीमा चार दिने बालबिकास सहजकर्ता तालिम सम्पन्न

    सत्यबतीमा चार दिने बालबिकास सहजकर्ता तालिम सम्पन्न

    चुरामणि तिमिल्सिना, रिडी ।
    सत्यवति गाउँपालिका गुल्मीले चारदिने बालविकास सहजकर्ता तालिम सम्पन्न गरेको छ ।

    सामुदायिक र सस्थागत बिद्यालयका ४३ जना शिक्षकहरुको सहभागीता रहेको कार्यक्रममा अनुभवी र दक्ष शिक्षकहरु बाट प्रशिक्षण दिईएको छ ।

    बाल बालिकाको लागि नयाँपन,हसिलो विषय बस्तुमा आधारित रहदै अध्यापन गराउन टेवा पुगोस तथा बालबालिकाको मनोभावना बुझेर सिकाइ लाई अगाडी बढाउनको लागि तालिम सन्चालन गरिएको हो। बिद्यार्थीहरु नयाँ ज्ञान र तोते बोली लाइ चित्रकला मार्फत अगाडी बढाउन ठूलो टेवा पुग्ने कार्यक्रम पछी सहभागीले बताएका छन् ।

    कार्यक्रममा पालिकाका अध्यक्ष टिकाराम पाण्डे ,उपाध्यक्ष निरमाया तराममुले सहभागी लाई प्रमाणपत्र बितरण गर्नु भएको थियो।

    प्रमाणपत्र बितरण गर्दै अध्यक्ष र उपाध्यक्षले तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा उतार्दै, बाल बच्चाहरुको सिकाइमा अब कमि नहुने बताउदै आबस्यक परे थप शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिमा शिक्षा शाखाले थप तालिम सन्चालन गर्न सक्ने बताउनु भयो ।

    कार्यक्रमको सहजीकरण शिक्षा साखा प्रमुख बिष्णु ज्ञवालीले गर्नु भएको थियो ।

  • रेसुङ्गा नगरको मासु मिसन कार्यक्रम :कृषकलाई उन्नत जातका पाडा हस्तान्तरण

    रेसुङ्गा नगरको मासु मिसन कार्यक्रम :कृषकलाई उन्नत जातका पाडा हस्तान्तरण

    केशब गौतम,गुल्मी ।
    गुल्मीको रेसुङ्गा नगरपालिका कृषकको घर–घरमा पुग्न थालेको छ ।

    समुन्नत नगरपालिकाको मुख्य आधारनै कृषि भएकाले कृषकको घर–घरमा पुगेर गुनासो सम्बोधन गर्न थालिएको नगर प्रमुख
    खिल्ध्वज पन्थीले बताए । नगरपालिकाको वडा नम्बर ११ र १२ मा मासु मिसन कार्यक्रमको लागि कृषकलाई उन्नत जातका पाडा हस्तान्तरण
    गरिएको नगरप्रमुख पन्थीले बताए ।

    हस्तान्तरण कार्यक्रम बोल्दै नगरप्रमुख पन्थीले यो कार्यक्रम कृषकको लागि महत्वपूर्ण भएको बताए ।
    नगरप्रमुख पन्थीका अनुसार आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा पनि कृषि पशुपालनलाई प्राथमिकता दिएको बताए ।
    स्वरोजगारले बेरोजगार हटाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

    रेसुङ्गा नगरपालिका वडा नम्बर ११ मा तील बहादुर बुचा र वडा नम्बर १२ मा नेत्र बस्नेतलाई उन्नत जातका पाडा हस्तान्तरण गरिएको छ ।

    पाडा हस्तान्तरण गर्दै कृषकको साथमा नगरपालिका रहेकाले निर्धक्क भएर काम गर्न नगर प्रमुख पन्थीले आग्रह गरेका छन् ।
    कषिमा आकर्षित र कृषकलाई उत्साहित बनाउनका लागि उत्कृष्ट काम गर्ने कृषकलाई पुरस्कार स्वरुप निब्र्याजी ऋण उपलब्ध गराउने उनको भनाइ थियो ।

    नगरपालिकाका पशु शाखा प्रमुख रुमाखर मरासिनीले ५० वटा पाडा कपिलवस्तुबाट खरिद गरेर ल्याइएको थियो ।
    कृषकलाई पाडा प्रवद्र्धन मासु मिसन कार्यक्रमको लागि नगरले २० लाख ४४ हजार रुपैयाँ बजेट छुट्याएको थियो । वडा नम्बर ११ मा २५ र १२ मा २५ वटाका दरले पाडा हस्तान्तरण गरिएको पशु शाखा प्रमुख मरासिनीले बताए ।

    कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख पन्थीसहित उपप्रमुख अमृता कुँवर,वडा नम्बर १ का वडाध्यक्ष रामप्रसाद पन्थी,
    वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डे,वडा नम्बर १० का वडाध्यक्ष एवं नगरपालिकाका आर्थिक विकास संयोजक राम बहादुर बस्नेत
    ,वडा नम्बर ११ का वडाध्यक्ष खुम बहादुर राना, वडा नम्बर १२का वडाध्यक्ष चेहरसिह टन्डन,नगरपालिकाका कृषि शाखा प्रमुख हरि शरण पन्थी लगायतको उपस्थित रहेको थियो ।