Category: आर्थिक

  • रुरुक्षेत्र गाउँपालिका गाउँसभाको १२ औं अधिबेशन सम्पन्न

    रुरुक्षेत्र गाउँपालिका गाउँसभाको १२ औं अधिबेशन सम्पन्न

    चुरामणि तिमिल्सीना,रुरु ।
    रुरु क्षेत्र गाउँपालिका बलेटक्सार गुल्मीको गाउँसभाको १२ औं अधिबेशन सम्पन्न भएको छ ।

    पालिकाले आर्थिक बर्ष २०७९/०८०को बार्सिक कार्यक्रम पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले पालिका भर गर्ने विभिन्न शीर्षकहरुको रकमका बारेमा प्रष्ट पार्नु भएको थियो ।कार्यक्रममा बोल्दै अधिकृत पौडेलले कृषि पुर्वधारनिर्माण ,लक्षित बर्ग , स्वास्थ ,युवा खेलकुद ,सामाजिक गतिविधि,विभिन्न विषयक स्तर उन्नतिका कार्यहरुमा रकम बिनियोजन गरेको बताउनुभयो।

    सभामा पालिकाका अध्यक्ष तथा सभापती यदु ज्ञवालीले सभाका सदस्यहरले बजेटका विषयबस्तुमा राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो ।
    अध्यक्ष ज्ञवालीले बिगतकामा सन्चालन भैइरहेका योजनाहरुलाई क्रमबद्ध रुपमा पूरा गर्न तथा नयाँ योजनाहरु सन्चालन गर्दा दीर्घकालीन समय सम्म टिकाउ हुने काम गर्ने बताउनु भयो।

    यस्तै सभापछि उपाध्यक्ष मिना देबि गौतमले सञ्चारकर्मी संग कुरागर्दै पालिकाका ठुला साना योजना देखि समाज सुधार सम्म, सचेतना देखि प्रबिधि तालिम सम्म र लक्षितबर्ग सम्म बिनियोजन गरिएकोले सम्बन्धित बजेट सम्बन्धित शीर्षक मानै खर्च गर्ने प्रतिबद्धता व्यक्र गर्नु भयो । जनताको सेवाको लागि आफू निर्बाचित भएकोले सेवा प्रबाहमा कुनै पनि कमि नरहने उहाँले बताउनुभयो।

    सभामा जनप्रतिनिधि, पत्रकार ,पालिकाका कर्मचारी लगायतयको सहभागीता रहेको थियो।

  • नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

    नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

    काठमाडौं ।
    नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदहरूमा २ हजार ९१७ जना कर्मचारी माग गरेको हो ।

    आइतवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर्मचारी माग गरेको हो ।

    पहिले माग गरेको संख्यामा यस दिन थप गरेर कर्मचारी माग गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • दाङमा मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

    दाङमा मोटरसाइकल चोरीमा संलग्न ९ जना पक्राउ

    दाङ ।
    दाङमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बुटवलबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी दाङ ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    पक्राउ पर्नेमा गढवा गाउँपालिका ६ का १७ वर्षीय आनन्द परियार,सोही ठाउँकै १७ वर्षीय क्रम बस्नेत,१६ वर्षीय रातन बस्नेत,१६ वर्षीय नसिब अहमद,१५ वर्षीय बरुण कुमाल,१९ वर्षीय अनिलसिंह ठकुरी, १९ वर्षकै लक्ष्मण विष्ट र लमही नगरपालिका ५ का १९ वर्षीय बसियमसिंह ठकुरी रहेका छन ।

    उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ ।

    पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

  • जन्मदिन मनाउन गरिने खर्च रुरु धार्मिक सेवा संचार प्रालीलाई सहयोग

    जन्मदिन मनाउन गरिने खर्च रुरु धार्मिक सेवा संचार प्रालीलाई सहयोग

    रुरुधाम रीडी ।
    समाजमा हिजो आज फरक फरक तरिकाले जन्मदिन मनाउने गरिन्छ ।

    कहिले केक काट्ने, कहिले पाटी प्यालेसमा कार्यक्रमको आयोजना गर्ने कहिले भने असायबर्ग लाई खाना खुवाउने कार्य गरेको देख्न सकिन्छ, यसै सिलसिलामा गुल्मी जिल्ला सत्यवती गाउँ पालिका वडा न १ अस्लेवाका सामाजिक अभियान्ता तुल्सी पाण्डेले आज आफ्नो जन्म दिन्को खर्च कटाई रुरु धार्मिक सेवा संचार प्रालीको कार्यालयको लागि सन्चार सामाग्री खरिद गर्न आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

    सहयोग प्रदान गर्दै पाण्डेले रुरु क्षेत्रको मात्र यस सस्थाले प्रचारप्रसार नगरी समग्र छिमेकी जिल्लामा हरेक गतिविधि तथा सामाजिक अभियानमा जोडिदै सन्चारका माध्यम बाट प्रकाशन प्रसारण गरिरहेकोले सामाग्री खरिदको लागी सहयोग गरेको बताउनु भयो। पाण्डेले आगामी दिनमा समेत यश धार्मिक सस्थालाइ बलियो बनाइ सन्चालन गर्नको लागि थप सन्चारका सामाग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

    पाण्डे लाई सस्थाका अध्यक्ष चुरामणि तिमिल्सिनाले टेलीफोन गरि शुभकामना प्रदान गर्दै सहयोग र सदभावका लागि धन्यवाद व्यक्त गर्न भयो।

    यश धार्मिक सस्था आर्थिक जगेडा कोश नभएपनि अहिले सम्म दाताकै दानको भरमा सन्चालन हुँदै आयको छ । छोटो समयमा नै प्रचारप्रसारमा संस्थाले टेवा पुर्याउदै आएको अध्यक्ष तिमिल्सिनाले बताउनु भयो।

  • गाउँपालिकाको आर्थिक सहयोगमा उन्नत बोयर बाख्रा वितरण

    गाउँपालिकाको आर्थिक सहयोगमा उन्नत बोयर बाख्रा वितरण

    माधव पौडेल,पाणिनी
    गाउँपालिकाको आर्थिक सहयोगमा व्यवसायिक वाख्रापालनको लागी उन्नत बोयर बाख्रा वितरण गरिएको छ । पाणिनी गाउँपालिका को वडा नं २ पोखराथोक अर्घाखाँचीमा चार वटा बोयर जात का बाख्रा हरु गाउँपालिकाको ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।

    व्यवस्थित आधुनिक बाख्रापालन व्यवसायको विस्तार ,युवा स्वरोजगार र ग्रामीण गरिबी न्यूनीकणको आधार भन्ने मूल नारा सहित साना व्यवसायिक कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रम अन्तर्गत शुक्रवार एक कार्यक्रमका बिच बाख्रा वितरण गरिएको छ ।

    पाणिनी गाउँपालिकाको आर्थिक सहयोग र पाणिनी बाख्रा पकेट समितिको आयोजनामा वितरण गरिएको हो । वितरण कार्यक्रममा वडा न २ का वडा अध्यक्ष चन्द्रकान्त पौडेल ,नायब पशु स्वास्थ्य प्राविधिक प्रकाश बिष्ट ले सहजीकरण गर्नु भएको थियो ।

  • जिल्ला समन्वय समिति नवलपरासीले आफ्नै भवन बनाउने

    जिल्ला समन्वय समिति नवलपरासीले आफ्नै भवन बनाउने

    परासी ।
    जिल्ला समन्वय समिति(जिसस) पश्चिम नवलपरासीको भवन निर्माण हुने भएको छ। आफ्नै भवन नहुँदा जिल्ला प्रशासनको स्वामित्वमा रहेको भवनमा बस्दै आएको छ।
    जिल्ला प्रशासन कार्यालयले नयाँ प्रशासनीक भवन बनाउने भएपछि जिससले भवन खाली गर्नुपर्ने भएको हो।

    प्रशासनले भवन खाली गर्न पत्राचार गरेको छ। भवन खाली गर्नुपर्ने भएपछि भवन निर्माण नहुने समयसम्म जिससलाई भाडामा भवन खोजेर बस्नुपर्ने बाध्यता भएको छ।

    आगामी आर्थिक वर्षदेखि प्रशासनले प्रशासनीक भवन निर्माण गर्दैछ। त्यसका लागि १० करोड बजेट विनियोजन भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए।

    जिससको शुक्रबार सम्पन्न पाँचौ जिल्ला सभाले तत्कालीन जिल्ला विकास समितिले रामग्राम नगरपालिका–४ मा खरिद गरेको साढे दुई विघा जग्गामा भवन निर्माण गर्ने निर्णय गरेको हो।

    सभा हलसहितको भवन निर्माणका लागि करिब १२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको जिसस प्रमुख भगौती यादवले बताए।

  • देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं ।
    देशका धेरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    जल तथा मौसम विज्ञान विभागले प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। तराई–मधेश क्षेत्रमा हल्का वर्षाको सम्भावना छ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक्दुई स्थानमा भारी वर्षा हुन अनुमान गरिएको छ।

    बिहान आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

    राति देशभर सामान्य बदली रहने विभागको भनाइ छ।

  • बजेटसम्बन्धी तीन विधेयक राष्ट्रियसभाबाट आज पारित हुने

    बजेटसम्बन्धी तीन विधेयक राष्ट्रियसभाबाट आज पारित हुने

    काठमाडौं ।
    बजेटसँग सम्बन्धित तीन वटा विधेयक शुक्रबार राष्ट्रियसभा बैठकबाट पारित गर्ने तयारी छ।

    बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ती विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

    मन्त्री शर्माले आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (२५ औं संशोधन) विधेयक २०७९ छलफल र पारितका लागि पेश गर्नेछन्।

    शुक्रबारकै बैठकमा स्वास्थ्य र पूर्वाधारसँग सम्बन्धित केही विधेयक पनि पारित गर्ने कार्यसूची छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन)विधेयक २०७९ मा दफावार छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

    बैठकमा रेल्वे विधेयक २०७९ पनि पेश हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयकमाथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सचिवालयले जनाएको छ।

  • मनसुनी वायुको प्रभावले देशभर झरी,उच्च सतर्कता अपनाउन अपिल

    मनसुनी वायुको प्रभावले देशभर झरी,उच्च सतर्कता अपनाउन अपिल

    काठमाडौं ।
    मनसुनी वायुको प्रभावले देशभर झरी परेको छ। हिजोदेखि लगातारको वर्षाले जनजीवन प्रभावित बनेको छ।

    दाङको घोराही र आसपासको क्षेत्रमा आज बिहानै भारी वर्षा भएको छ। बबई लगायत अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले यसका तटीय क्षेत्रमा भोलिसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ।

    त्यस्तै कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएकाले कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने भन्दै सचेत गराइएको छ।
    कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको छ।

    गएरातिदेखि नै कास्की, स्याङजा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत,बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाण्डौ र आसपासका धेरै स्थानमा ठूलो वर्षा भएको छ।

    यी जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च संभावना रहेको बाढी पूर्वानुमान महाशाखाको भनाइ छ ।

  • आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस,दहीच्यूरा खाने दिन

    आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस,दहीच्यूरा खाने दिन

    काठमाडौं ।
    प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दहीच्यूरा खाएर मनाइँदैछ ।

    विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।
    कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो।

    किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

    मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्।
    कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दहीच्यूरा खान्छन्। यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।

    असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्यूरा खाई असार १५ मनाउँछन्।

    हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ।
    शुभकार्यका लागि घरबाहिर निस्कने,विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ।
    यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ।

    दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ।

    आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ ।
    ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।

    पखाला लागेका बेला दहीच्यूरा खाएमा औषधिको काम गर्छ। यसैले दहीच्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ।
    यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।