Category: आर्थिक

  • रैनादेवीछहरामा पहिरोका कारण पसल भत्कियो

    रैनादेवीछहरामा पहिरोका कारण पसल भत्कियो

    पाल्पा ।
    पाल्पाको रैनादेवी छहरा गाउँपालिका भवन नजिकै पहिरो झर्दा एउटा पसल भत्किएको छ।

    वडा नम्बर ४ स्थित गाउँपालिका भवन अगाडि पहिरो जाँदा स्थानीय मंगल हिताङको पसल भत्किएको वडा नम्बर ३ का अध्यक्ष प्रदीप पौडेलले जानकारी दिए।

    पौडेलका अनुसार पहिरोले मानवीय क्षति नभए पनि पसल पूर्ण रूपमा क्षति भएको छ।

    वडा अध्यक्ष पौडेलका अनुसार पहिरोले गाउँपालिका भवन समेत जोखिममा परेको छ। गाउँपालिका भवन जोखिममा परेकोले तत्काल संरक्षण नगरिए ठूलो क्षति हुनसक्ने उनले बताए।

  • ओमसतियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    ओमसतियाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    रुपन्देही ।
    रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

    गरेको कामभन्दा २ लाख ६१ हजार ८५५ रूपैयाँ बढी रकम भुक्तानी गरी अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत नेपालसहित इञ्जिनियर लवकुश चाई,सबइञ्जिनियर सन्तोष भुसाल, उपभोक्ता समिति अध्यक्ष गजराज यादव र सचिव धर्मराज खरविन्दविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

    उक्त गाउँपालिकाको वडा नम्बर ४ स्थित मटेरिया गाउँको मुख्य सडकमा पीसीसी गर्ने कार्यमा लागत अनुमान अनुसारको मोटाइमा ढलान नगरी
    सोभन्दा कम मोटाइमा ढलान गरेको तरनापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख छ ।

  • रुरुमा  दलित बर्ग सचेतना कार्यक्रम  सम्पन्न

    रुरुमा दलित बर्ग सचेतना कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना ।
    रुरुक्षेत्र गाउँपालिका गुल्मीमा दलित बर्ग सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    रुरु क्षेत्र गाउँपालिका गुल्मीको आयोजनमा कार्यक्रम गरिएको हो । समापन समारोहमा अध्यक्ष यदु ज्ञवाली उपाध्यक्ष मिनादेबी गौतम र सामाजिक बिकास समिती संयोजक शेष नारायण पौडेल लगाएतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा दुर्गा घायलले जातिय बिभेदको पृष्ठभुमि , दलित आन्दोलनको पृष्ठभुमि, दलितहरुको राजनैतिक सामाजिक आर्थिक धार्मिक अबस्था र स्थानीय तहले खेल्न सक्ने भुमिका, प्रमुख प्रसासकिय अधिकृत मधुकृष्ण पौडेल, हेम बहादुर कार्की र दामोदर ज्ञवालीले संबिधानमा दलित अधिकार र कानुनी ब्यबस्था,बिधायन समिती संयोजक तथा रुरु ४ कि दलित महिला सदस्य ममता आत्रेय सुनारले न्यायिक समिती र राष्ट्रिय दलित आयोगको काम कर्तव्य र अधिकारका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा सहभागीता जनाएका सहभागीले यो कार्यक्रम प्रभाव कारी भएको भन्दै आगामी दिन्हरुमा टोल बस्ती हरुमा पनि यस्तै कार्यक्रम सन्चालन गर्न आग्रह गर्दै हरेक तह र तप्का बाट दलित कार्यक्रमहरु लाई बजेट निर्माण गर्न समेत आग्रह गरेका थिए ।

  • वर्षाका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित

    वर्षाका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित

    काठमाडौं ।
    मंगलबार बिहानैदेखि भारी वर्षा भएका कारण मुलुकभरका विभिन्न विमानस्थलहरूमा उडान प्रभावित भएका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार भारी वर्षाका कारण समयमै उडान हुन नसकेका हुन्।

    विमानस्थलका अनुसार लुक्ला, पोखरा, धनगढी, नेपालगन्ज, भैरहवा, सुर्खेत, तुम्लिङटार, भद्रपुर विमानस्थलमा उडान डिले भएको हो।

    काठमाडौं विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

    केहीबेर अघि भद्रपुरमा उडान शुरू भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

    काठमाडौंको मौसम राम्रो भए पनि अन्य गन्तब्यहरूमा मौसममा खराबी आउँदा उडान समयमै हुन नसकेको विभानस्थलले जानकारी दिएको छ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

  • रुरुमा प्रहरीद्धारा सुरक्षित यात्रा अभियान  सुरु

    रुरुमा प्रहरीद्धारा सुरक्षित यात्रा अभियान सुरु

    चुरामणि तिमिल्सिना ।

    रुरु क्षेत्र रिडी बजारमा सडक सुरक्षा कार्यक्रम सम्पन भएको छ । ईलाका प्रहरी कार्यालय रिडी र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीको आयोजनामा सडक सुरक्षा तथा सचेतनात्मक कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा चालक सहचालक, यात्रु हरु लाई ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक येमलाल बञ्जाडे र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीका प्रहरी सहायक निरीक्षक जगनाथ पाण्डेले यात्रा गर्दा ध्यान दिन पर्ने महत्त्वपूर्ण कुराहरु , दुर्घटना हुनबाट बच्न बचाउन दुर्घटना न्यूनीकरणका उपायहरु सवारीमा चड्दा ओर्लिदा ख्याल् गर्नु पर्ने , यात्रामा सवारी साधनका इजाजत कागजात साथमा लिनु पर्ने चालक तथा सहचालकले यात्रु सित गर्नु पर्ने व्यबहार , लगायतका विषयमा कार्यक्रम भएको पोष्टका प्रहरी सहायक निरीक्षक पाण्डेले जानकारी दिनु भयो।

    पाण्डेले करिब दुई महिना रिडीमा रहेर बिध्यालय बस देखि प्राइभेट सवारी साधन मालबहाक सवारी सवारी साधनका यात्री हरुलाइ बाटैमा ओराली तथा बस भित्रै चेक जाँच एवम , विभिन्न विषयमा प्रशिक्षण गरेको बताउनु भयो ।

    यसरी कार्यक्रम सञ्चालन गरिरहदा स्थानियले प्रहरीले चलाएका कार्यक्रमहरु लाई चासो का साथ हेरि कार्यक्रम लाई सफल पुर्याउन सहयोग गरिरहेको स्थानीय बिक्रम रायमाझीले बताउनु भयो ।कार्यक्रममा स्थानिय बासी महिला समुह सँस्थाका प्रमुखहरु ,पत्रकार , चालक सह चालक लगायतको सहभागिता रहेको थियो ।

    खास गरी यस्ता कार्यक्रमहरु हरेक क्षेत्रमा समय अनुकुल सञ्चालन गर्ने ,युवाहरु लाई गति सीमित गरेर मोटर साइकल चलाउन पटक पटक आग्रह गरिरहेको बजार तथा बिध्यालय क्षेत्र आसपासमा हरन नबजाउन तथा यात्रीहरु सित तोकिएको भाडाभन्दा बढी नलिन ,सवारी साधनहरु भित्र डस्बिनको प्रयोग गर्ने र निश्चित ठाउँमा मात्र यात्रीहरु लाई रोक्ने चालक हरु लाई प्रशिक्षण समेत गरेको प्रहरी हवल्दार जगत खनालले जानकारी दिनु भयो।

  • तानसेन १४ मा नयाँ  वडा संयोजकहरुलाई जिम्मेवारी  प्रदान

    तानसेन १४ मा नयाँ वडा संयोजकहरुलाई जिम्मेवारी प्रदान

    चुरामणि तिमिल्सिना ।
    पाल्पाको अर्गली साबिकका सबै वडाहरुमा टोल बिकास सस्था गठन कार्य सम्पन्न भएको छ ।

    साबिकका ९ वडामा गठित समितिमा वडा न १ देउराली बाट संयोजक कृष्ण प्रसाद रेग्मी , वडा न २ फोस्रान बाट गिरिराज पाण्डे ,वडा न ३ रनुवा बाट यज्ञ पाण्डे ,वडा ४ कुसेनि बाट ऋषि राम ज्ञवाली ,वडा न ५ उप्रेत टोल बाट तेज बहादुर राना , वडा न ६ रबिदास बाट नुर बहादुर राना , वडा न ७ अतुङगाबाट बुद्दिनाथ घिमिरे ,वडा न ८ पुरना गाउँ बाट कमल कृष्ण गैरे र वडा न ९ कमल पोखरी बाट मीन बहादुर कुवर चयन हुनु भएको छ।

    वडाले एक कार्यक्रमका बीच परिचयत्माक कार्यक्रम गरी संयोजक हरुलाइ बधाई शुभकामना तथा रु ५०० का दरले संचार खर्च र स्टेस्नरी सामग्री प्रदान गरेको हो ।

    कार्यक्रममा बोल्दै वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराई ले हरेक समस्याहरु लाई सहजीकरण गर्न टोल सस्था गठन गरिएकोले वडाले दिएका निर्देशनमा आधारित रहि कार्य सम्पदान गर्न आग्रह गर्नु भयो । उहाँले अबका दिनमा समय समयमा अन्तर्कृया कार्यक्रम समेत आयोजना गरि बिकासका गतिविधि लाई अगाडी बढाइने बताउनु भयो ।

    कार्यक्रममा जन प्रतिनिधि , पुर्व जनप्रतिनिधी , समाजसेबी , महिला समुहका प्रमुखहरु लगायतको आथित्यता रहेको थियो ।

  • ठुलोलुम्पेकमा निर्माणाधिन कफी  प्रशोधन केन्द्रको भवन पहिरोले भत्कायो

    ठुलोलुम्पेकमा निर्माणाधिन कफी प्रशोधन केन्द्रको भवन पहिरोले भत्कायो

    गुल्मी ।
    गुल्मीको ठुलोलुम्पेक गाउँमा निर्माण सकिनै लागेको सरकारी भवन भत्किएको भत्काएको छ ।

    आइतबार साँझ परेको अविरल वर्षापछि बगेको पहिरोका कारण भवन भत्किएको हो । जिल्लाको सत्यवती गाउँपालिका–३, ठुलो लुम्पेकको घारा डाँडामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कफी जोन कार्यक्रम अन्तर्गत निर्माण भएको कफी प्रशोधन केन्द्रको भवन भत्किएको हो ।

    वडाध्यक्ष जितबहादुर तरामुका अनुसार यसै आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट कफी प्रशोधन केन्द्र भवन निर्माणका लागि करिब २० लाख रकम परेको थियो ।

    भवन निर्माणको काम सकेर कफी प्रशोधन गर्ने मेशिन मगाएर उद्घाटनको तयारी भैरहेका बेला भवन भत्किएको हो । माथिबाट एक्कासि खसेको पहिरोले पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

  • कफि अनुसन्धान केन्द्र जाने सडक किनारामा कफिका बिरुवा रोपण

    कफि अनुसन्धान केन्द्र जाने सडक किनारामा कफिका बिरुवा रोपण

    रुरु संचार डेक्स ।
    रुरुक्षेत्र गाउँपालिका गुल्मीको अगुवाइमा कफिका बिरुवा लगाइएको छ।

    रुरुक्षेत्र १ रातामाटा देखि देशकै पहिलो कफि अनुसन्धान केन्द्र रुरुक्षेत्र ४ भण्डारी डाँडा जाने सडकको किनारामा कफिका बिरुवा लगाइएको हो।बिरुवा लगाउने कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको पनि उपस्थिती रहेको थियो ।करिब १५० बिरुवाहरु लगाइएको उनले बताए।

    कफिको बिरुवा लगाउँदै ज्ञवालीले भने,“देशकै पहिलो कफि अनुसन्धान केन्द्रको अस्तित्वलाई अझै उचाइमा पुर्याउनु हामी सबैको दायित्व हो,यहाँका समुदायको हो ।
    यहाको पहिचान कफि पनि मुख्य भएकाले यसलाई चिनाउनु पर्छ,कम्तीमा पनि हामी यो क्षेत्रमा कफिका बगैचाहरु निर्माण गर्नुपर्छ।“

    स्थानीय आमा समूह, बन समिति तथा कफि अनुसन्धान केन्द्रको सहयोगमा कफि रोप्ने कार्य गरेको बताउँदै ज्ञवालीले यो सुरुवात मात्रै रहेको बताए ।
    उनले यस क्षेत्रमा कफिको विकासका लागि गाउँपालिकाले निरन्तर पहल गरिरहने पनि विश्वास दिलाएका छन् ।

    कफिकै माध्यमबाट यहाँका किसानको जिवन स्तर केही माथी पुगेको र स्थानीय रोजगारी पनि बढ्दै गइरहेको बताउँदै उनले यस क्षेत्रका किसानलाई थप उत्साह
    प्रदान गर्न पनि कफिका बिरुवा रोप्ने कार्यको सुरुवात गरिएको बताए।

    साविकको बलेटक्सार साविस वडा न.१ (हालको रुरुक्षेत्र ४) मा अबस्थित भण्डारी डाँडा वि.स २०७१ पहिले झाडीको रुपमा रहेकोमा वि.स २०७१ सालदेखि नेपाल कृषि अनुसन्धान परिषदद्वारा कफि अनुसन्धान कार्यक्रम संचालन भएदेखि यहाँ विभिन्न प्रकारका कफि सम्बन्धि अनुसन्धान हुँदै आइरहेका छन्,जुन नेपालककै पहिलो अनुसन्धान केन्द्र हो।

  • रुरुक्षेत्र गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको अनुगमन

    रुरुक्षेत्र गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको अनुगमन

    माधव ज्ञवाली,गुल्मी ।

    जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनको आइतबार अनुगमन गरेका छन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतको टोलिसहित अध्यक्ष ज्ञवालीले रुरुक्षेत्र ४ घ्युवेशीमा निर्माणाधीन गाउँपालिकाको प्रशासकीय भवनको अनुगमन
    गरेका हुन् ।

    गाउँपालिकाको भवन निर्माण कार्य संतोषजनक रहेको बताउँदै समयमै उच्च गुणस्तर सहित निर्माण कार्य सम्पन्न गर्न ज्ञवालीले निर्माण व्यवसायी कम्पनीलाई अनुरोध गरेका
    छन् ।

    निर्माण व्यवसायी कम्पनीका संचालक भागवत गिरिले भवन निर्माणको काम सम्झौता अवधी सकिनु पुर्व नै गुणस्तरीय रुपले सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
    समय अनुकुल मिले र सबै कुराले साथ दिए वि.स २०७९ सालभित्रै काम सम्पन्न गर्ने लक्ष्य सहित आफुले काम गरिरहेको उनले बताए।


    आजसम्म साढे ४ तला सम्मको ढलान सकिएको छ। जुन सम्झौतामा उल्लेख भए मध्यको ५५ प्रतिशत रहेको गिरिले बताए।

    सम्झौता अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्म कुल २५ प्रतिशत मात्र काम सम्पन्न गरेको भएपनि हुनेमा काम छिटोभन्दा छिटो सक्ने
    उदेश्य सहित तीब्र रुपमा काम गरिरहेको उनको भनाइ छ। काम गर्ने क्रममा गुणस्तरमा निकै ध्यान दिइएको उनको दाबी छ।

    गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको निर्माण गर्ने ठेक्का राजेश्वरी कन्स्ट्रक्सन प्रालीले पाएको थियो।
    ठेक्का पाएको कम्पनी र गाउँपालिका विच वि.स २०८१ साल साउन १५ गतेसम्म काम सप्पन्न हुने गरि रु. ६ करोड ३३ लाख २४ हजार ५ सय ९४ रुपैयाँ ५३ पैसा
    बराबरको ठेक्का सम्झौता भएको थियो।

    निर्माणाधीन भवनको गाउँपालिकाका निवर्तमान अध्यक्ष निलकण्ठ गौतमले वि.स २०७८ भाद्र २१ मा शिलान्यास गरेका थिए।
    ठेक्का पाएको कम्पनीले कार्यालय भवन, त्यस अन्तर्गत खानेपानी, बिजुली, ढल,पेन्टिङ लगायत सम्झौतामा उल्लेख्य गरेका कार्यहरू गर्नेछ।

  • पाल्पाको अर्गलीमा दुई  दिने सहकारी  अनुशिक्षण  तालिम

    पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम

    चुरामणि तिमिल्सिना ।
    पाल्पाको अर्गलीमा दुई दिने सहकारी अनुशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ ।

    फोस्रन स्माट कृषि गाउँ कार्यक्रम अर्गली पाल्पाको आयोजना,तथा भेटनरी अस्पताल पशुसेवा बिज्ञ केन्द्र पाल्पाको आयोजनामा कार्यक्रम गरिएको हो।
    सस्थाका अध्यक्ष पुष्कर नाथ पाण्डेको अध्यक्षतामा कार्यक्रम गरिएको हो ।सस्थाका पदाधीहरु तथा सस्थाका सदस्यहरु को लागि दुई दिन सम्म तालिम सन्चालन गरिएको हो ।

    दुई दिन सम्म सहकारी शिक्षा ऐन नियम बिधान, यस्को उद्देश्य,सहकारीका सिद्धान्त सहकारी सन्चालन गर्ने तरिका लगायतका विषयमा प्रशिक्षण गरिएको थियो। तालिममा जिल्ला सहकारी संघ पाल्पाका लेखा समिती सुपारीवेक्षण समितिका संयोजक कृष्ण आत्रेय र सहकारी सहजकर्ता राम प्रसाद ज्ञवालीले सहजीकरण गर्नु भएको थियो।

    तालिम समापन गर्दै अध्यक्ष पाण्डेले आफुहरुले सन्चालन गरेको स्माट कार्यक्रमको परियोजना अन्तिम चरणमा पुगेकोले यश लाई नयाँ ब्यबस्थापन का साथ जिल्लाको सहयोग तथा सल्लाहमा तेहि कार्यलय बाट सहकारी सन्चालन गर्न सदस्य हरु तथा विज्ञ हरु सित परामर्श अगाडी बढाइएको बताउनु भयो ।

    कार्यक्रमको सन्चालन तोयनारायण पाण्डे र राधा कुवरले गर्नु भएको थियो ।