Category: समाचार

  • सिद्दबाबामा जीपमा ढुङ्गा खस्दा तीन गम्भीर घाइते

    सिद्दबाबामा जीपमा ढुङ्गा खस्दा तीन गम्भीर घाइते

    तिनाउ गाउपालिका वडा न. ३ दाेभानमा बलेराे जिपमा ढुङ्गा खस्दा तीन जना गम्भीर घाइते भएका छन् । लु २ च २८४९ नम्वरकाे जिपमा साेमबार बिहान ६:४५ वजे माथी देखि खसेकाे ढुङ्गा गाडीमा लागेर गाडी समेत क्षतविच्छेद भएकाे छ ।

    जिपमा सवार ३ जना ब्याक्ति सिकिस्त घाइते भइ उपचारकाे लागि बुटवल लगीएकाे दाेभान प्रहरी चाैकीले जनाएकाे छ । सिद्दार्थ राजमार्गकाे सिद्दबाबा क्षेत्रमा ढुङ्गा खस्ने समस्या कै कारण यस क्षेत्रमा सुरूङमार्ग निर्माणकाे सुरूवात भैसकेकाे छ ।

  • पत्रकार  कृष्ण अन्जानको भोलि कालीगण्डकीमा अन्त्यष्टि गरिने

    पत्रकार कृष्ण अन्जानको भोलि कालीगण्डकीमा अन्त्यष्टि गरिने

    पत्रकार कृष्ण अन्जानको निधन,भोली आईतबार अन्त्यष्टि गरिने ।
    साउन २०

    गुल्मीमा बसेर पत्रकारिता गरिरहेका पत्रकार कृष्ण अन्जान ज्ञवालीको हिजो निधन भएको छ । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा ५५ बर्षको उमेरमा पत्रकार अन्जानको निधन भएको हो ।लामो समयदेखि मधुमेहका बिरामी रहेका उहाकोको उपचारको क्रममा हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ।

    अन्जान पछिल्लो समय गुल्मीको रुरुक्षेत्र गाँउपालिकाको थोर्गामा रहेर रुरु एफ एम लगायत अन्य संचार माध्यममा प्रतिनिधिकोरुपमा पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । गुल्मीको रुरुक्षेत्र थोर्गा स्यालपोखरीमा स्थायी घर भएका ज्ञवाली बिभिन्न संघ संस्था हुदै पछिल्लो समय निरन्तर पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । मृतक अन्जानको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । पारिवारिक श्रोतका अनुसार भोली आईतबार मात्र गुल्मीको रिडीधाममा शवको दाहसंस्कार गरिने छ ।

    उहाको परिवारमा श्रीमती तथा १ छोरी र १ छोरा छन् ।

  • बगनासकाली ६ का वडाध्यक्षलाई २ लाख १० हजार जरिवाना

    बगनासकाली ६ का वडाध्यक्षलाई २ लाख १० हजार जरिवाना

    पाल्पा

    बगनासकाली गाउँपालिकाले ६ नं. वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीलाई दुई लाख १० हजार जरिवाना गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । वडाध्यक्ष अधिकारीले गाउँपालिकाको ६ नं. वडा यम्घा दर्पुकको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको पुष्टि भएपछि जरिवाना गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।

    वडाध्यक्ष अधिकारीलाई अवैध रुपमा बन्द रहेको घाटबाट ढुंगा, गिट्टी, बालुवा चोरी निकासी गरी ४२ टेक्टर नदीजन्य पदार्थ दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा डम्पी· गरी राखेको पाइएकोले प्रतिटेक्टर ५ हजारका दरले हुन आउने रकम दुई लाख दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको हो ।
    गाउँपालिकाको गत असार ३० गते बसेको कार्यपालिका बैठकले आर्थिक ऐन २०७९ को दफा नं. २५ अनुसार जरिवाना गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष चिदीको भनाइ छ ।

    यस्तै गरी गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारको बजेट मार्फत सहरी विकास तथा भवन कार्यालय मातहतबाट ठेक्का भएको दर्पुक बस्ती क्षेत्रको नाली तथा सडक स्तरोन्नतिको योजनामा समेत पारिलेक कन्स्ट्रक्सनका सञ्चालक दामोदर गैरेलाई समेत ७५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । योजनामा अवैध नदीजन्य पदार्थको प्रयोग गरेकोले प्रति टेक्टर ५ हजारका दरले १५ टेक्टर बराबर हुन आउने रकम जरिवाना गर्ने निर्णय गरिएको अध्यक्ष चिदीले जानकारी दिनुभयो ।

    बगनासकाली गाउँपालिका ६ यम्घाको मचेटाघाटबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरी सोही वडाको दर्पुक क्षेत्रको विभिन्न तीन स्थानमा जम्मा गरी राखेको र दर्पुककै नाली र सडक स्तरोन्नति योजनामा अवैध नदीजन्य पर्दाथ प्रयोग गरेको वडाध्यक्ष अधिकारीलाई स्थानीयले आरोप लगाएका थिए । मनोमानी रुपमा अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको भन्दै स्थानीय नागरिकहरुले गरेको गुनासोका आधारमा गत वैशाख १८ गते गाउँपालिकाले अध्यक्ष सरस्वती चिदीको नेतृत्वमा स्थलगत अनुगमन गरेर जिल्ला समन्वय समिति पाल्पामा प्रतिवेदन बुझाइएको थियो । प्रतिवेदनका आधारमा समन्वय समितिले वैशाख २० गते गाउँपालिकालाई अवैध कार्य तत्काल रोक्न र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्यायर कारबाही गर्न पत्रद्वारा निर्देशन गरेको थयो ।

    सोही अनुसार अनुगमनका क्रममा प्राविधिकले संकलन गरेको स्थलगत प्रतिवेदन र स्थानीय स्तरमा भेटिएका प्रमाणका आधारमा वडाध्यक्षलाई जरिवाना गर्ने निर्णय गरिएकोे गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापाले बताउनुभयो । मचेटाघाट क्षेत्रमा नदी कटानले बस्तीमा पारेको असर, दुई जिल्ला जोड्ने पक्की पुन निर्माणको क्षेत्रका साथै बगनासकाली बृहत लिफ्टिंग खानेपानी आयोजनाको मुहान तथा विभिन्न संरचना निर्माण क्षेत्र भएकोले सम्भाव्य असरलाई मध्यनजर गरी यसको ५ सय मिटर वरिपरी उत्खनन् गर्न नमिल्ने भएकोले नदीजन्य पदार्थ निकासी गर्न गाउँपालिकाले
    रोक लगाएको छ ।

    रोक लगाएको क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासीमा वडाध्यक्ष दोषि ठहरिनु गम्भीर कुरा रहेको गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो । उहाँले वातावरणीय प्रभाव मूल्यांकन समेत नभएको स्थानबाट नियमन गर्नुपर्ने व्यक्तिले नै अवैध रुपमा गिट्टी, बालुवा र ढुंगा
    निकासी गर्नु दुःखद भएको समेत बताउनुभयो ।

    कार्यपालिका बैठकले जरिवाना गर्ने निर्णय अनुसार जरिवाना बुझाउन गाउँपालिकाले साउन ५ गते वडाध्यक्ष अधिकारी र निर्माण व्यवसायीलाई पत्राचार गरेको प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जानकारी दिनुभयो ।

  • आफ्नो अ्मुल्य मत दिएर जिताउन अनुरोध गरे  जापन बाट   के सी ले  गुल्मीको  प्रतिनिधित्व  गर्दै

    आफ्नो अ्मुल्य मत दिएर जिताउन अनुरोध गरे जापन बाट के सी ले गुल्मीको प्रतिनिधित्व गर्दै

    श्रावण ७

    आदरणीय जापान वासी नेपाली दाजु ,भाई एवं दिदी ,बहिनीहरू अध्ययनको शिलशिलामा जापान आएको म अध्ययन सँग सँगै विभिन्न सामाजिक कार्यक्रम सहभागिता जनाउदै आएको कुरामा यहाँ हरू सम्पूर्ण अवगत नै हुनु हुन्छ । साथै अध्ययन सकिए लगत्तै पुर्णरूपमा व्यवसायमा सक्रिय भए पछी मेरो समाजिक कार्यक्रमहरूमा झन्न सक्रिय सहभागिता रहेको कुरामा यहाँहरू जानकार हुनु हुन्छ । विश्वमा छरिएर रहेका नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएन) मा पनी विगत देखि प्रत्यक्ष रूप मा अथवा अप्रत्क्ष रूपमा मेरो सहभागिता रहेको छ । (२०१७- २०१९ )मा गैर आवासीय नेपाली संघ (एनआरएन) कियूस्यु क्षेत्रको प्रवक्ता मा रहेर काम गरेको कुरा पनी यहाँ हरूलाई अवगत गराउन चाहान्छु । त्यस्तै विश्व कै ठुलो परोपकारी संस्था लायन्स क्लब मा पनी आबद्ध रहेर काम गरेको म सँग अनुभव रहेको छ । आज सम्मका मेरा समाजिक कार्य हरूले समाजमा सकारात्मक परिणाम प्राप्त गरेको कुरामा म विश्वस्त छु । गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको २०२३-२०२५ कार्यकालमा सदस्य पदमा रहि अझ उत्तरदायित्वका साथ नेपालीको सुख दुःखमा साथ दिने विश्वासका साथ गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको २०२३-२०२५ कार्यकालमा सदस्य पदमा उम्मेदवारी दिने जानकारी गराउदछु । आफ्नो अमूल्य मत र विश्वास दिदै मलाई निर्वाचित गराउने कुरामा म विश्वस्त छु
    धन्यवाद

  • आफ्नो अ्मुल्य मत दिएर जिताउन अनुरोध गरे जापन  बाट, के  सी ले  आफू  गुल्मीको माटोमा  जन्मेको  नाताले

    आफ्नो अ्मुल्य मत दिएर जिताउन अनुरोध गरे जापन बाट, के सी ले आफू गुल्मीको माटोमा जन्मेको नाताले

    श्रावण  ७

    आदरणीय जापान वासी नेपाली दाजु ,भाई एवं दिदी ,बहिनीहरू अध्ययनको शिलशिलामा जापान आएको म अध्ययन सँग सँगै विभिन्न सामाजिक कार्यक्रम सहभागिता जनाउदै आएको कुरामा यहाँ हरू सम्पूर्ण अवगत नै हुनु हुन्छ । साथै अध्ययन सकिए लगत्तै पुर्णरूपमा व्यवसायमा सक्रिय भए पछी मेरो समाजिक कार्यक्रमहरूमा झन्न सक्रिय सहभागिता रहेको कुरामा यहाँहरू जानकार हुनु हुन्छ । विश्वमा छरिएर रहेका नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली संघ (एनआरएन) मा पनी विगत देखि प्रत्यक्ष रूप मा अथवा अप्रत्क्ष रूपमा मेरो सहभागिता रहेको छ । (२०१७- २०१९ )मा गैर आवासीय नेपाली संघ (एनआरएन) कियूस्यु क्षेत्रको प्रवक्ता मा रहेर काम गरेको कुरा पनी यहाँ हरूलाई अवगत गराउन चाहान्छु । त्यस्तै विश्व कै ठुलो परोपकारी संस्था लायन्स क्लब मा पनी आबद्ध रहेर काम गरेको म सँग अनुभव रहेको छ । आज सम्मका मेरा समाजिक कार्य हरूले समाजमा सकारात्मक परिणाम प्राप्त गरेको कुरामा म विश्वस्त छु । गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको २०२३-२०२५ कार्यकालमा सदस्य पदमा रहि अझ उत्तरदायित्वका साथ नेपालीको सुख दुःखमा साथ दिने विश्वासका साथ गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको २०२३-२०२५ कार्यकालमा सदस्य पदमा उम्मेदवारी दिने जानकारी गराउदछु । आफ्नो अमूल्य मत र विश्वास दिदै मलाई निर्वाचित गराउने कुरामा म विश्वस्त छु
    धन्यवाद 🙏

  • छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

    छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

    छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

    साउन ७

    गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको छ । हिजो शनिबार एक समारोहका बिच पोषणमैत्री घोषणा गरिएको हो । छत्रकोटसंगै जिल्लाका तीन स्थानीय तह पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा भएका छन् । नेपालमै पहिलो पटक गुल्मी दरवार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको थियो ।

    केहि समय पहिले धुर्कोट गाउँपालिकाले पनि पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरेको छ । गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले पोषणमैत्री वास्थ्ययुक्त गाउँपालिका घोषणा गरे । भने घोषणा सभाको उद्घाटन जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गरेका थिए ।

    घोषणा सभामा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त हुन सम्पादन गरिएका गतिविधीसहितको अवस्थाका बारेमा स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले शब्द र बृतचित्र मार्फत जानकारी गराएका थिए । कार्यक्रममा स्वास्थ्यचौकीहरुलाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त बनाउन सफल प्रत्येक स्वास्थ्यचौकी व्यावस्थापन समिति र कर्मचारीहरुलाई सम्मन गरिएको थियो ।

    सभामा पोषण कर्नरको लोभ लाग्दो प्रदर्शनी गरिएको थियो । स्वास्थ्यकर्मीहरुका सन्देशमुलक गीत तथा नृत्यहरुको सभामा उपस्थित सवैको ध्यान खिचेको थियो । पोषण मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण बहादुर खत्रीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा छत्रकोटले राम्रो कामहरुको संकेत देखाएको भन्दै प्रसंसा गरे । घोषणालाई संस्थागत र निरन्तरतासहितको दिगोपनामा जोड दिर्दै खत्रीले पुर्वाधार मात्रै विकास नभएको बताए ।

    कार्यक्रममा कार्यक्रममा गुल्मीदरबार गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगा, धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरी, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, स्वास्थ्य कार्यालय प्रमुख पशुपति आचार्य , एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष गणेश श्रीपापाली लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय र संघसंस्थाका प्रतिनिधीले शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले अभियानमा उर्जा दिने सवैप्रति आभारप्रकट गर्दै पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिको घोषणालाई दिगो र निरन्तरताको लागि आफु सचेत र सक्रिय रहेको बताए । जनताका आशाहरु एकैचोकटी पुरा गर्न श्रोत र साधनको अभाव रहेकाले क्रमश शिक्षा, स्वास्थ्य र जनजिविका कार्यक्रमसंग नागरिकलाई जोड्दै लैजाने पाण्डेयले बताए ।

    संघिय संरचनासंगै पालिकामा स्थापना भएको स्वास्थ्य शाखाको नेतृत्वमा छत्रकोट वडा नं ४ दिगाममा श्रृङ्गा प्रा.स्वा.केन्द्र र ५ वटा स्वास्थ्य चौकी, ८ वटा सामुदायिक स्वास्थ्य ईकाइ तथा एउटा नागरिक आरोग्य केन्द्र रहेको छ ।

    सरकारले अबलम्बन गरेको पोषण विशेष कार्यक्रमहरुको व्यवस्थित सन्चालन, नियमित ५ वर्ष मुनिका बच्चाहरुको तौल अनुगमन, गर्भवति महिलालाई आइरन, अलबिन्डाजोल बितरण, सुत्केरि आमालाई भिटामिन ‘ए’ वितरण, गर्भवस्था सुरु भएपछि फोलिक एसिड र क्याल्सियम बितरण नियमित रुपमा पोषण परामर्श जस्ता कार्यहरुलाई प्रभावकारी रुपमा सन्चालन गरिएको छ ।

    त्यस्तै गर्भ रहेदेखि १००० दिन सम्मका आमा र बच्चाको पोषण अवस्था सुधार गर्न नियमित रुपमा आमा समुह बैठक सन्चालन गरि सबै आमाहरुलाई नियमित गर्भ जाँच, आइरन, फोलिक एसिड, क्याल्सियमको नियमित प्रयोग, स्वास्थ्य संस्थामा अनिवार्य प्रसुति हुनका लागि २४ सै घण्टे प्रसुति सेवा प्रदान गर्न सबै स्वास्थ्य संस्थमा ब्रथिङ्ग सेन्टर शुभारम्ब गरी सेवा सुरुवात गरियो ।

    बच्चा जन्मिएको १ घण्टा भित्र स्तनपान गराउने, ६ महिना सम्म पुर्ण स्तनपान, सरकारले निर्धारण गरे बमोजिमको खोप सेवा, ६ महिनापछि थप पुरक खाना सन्तुलित आहार, ४ प्रकारका खानाको महत्व , बच्चाको वृद्धि र विकास बारे नियमित अनुगमन लगायतका बारेमा स्वास्थ्य शिक्षा प्रवाह गरि स्वास्थ्य संस्थाबाट पोषण बिशेष कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउने कार्य सन्चालन गरिएको छ ।

    सामुदायिक स्तरमा वर्षमा २ पटक ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए” र परजिवि नियन्त्रण कार्यक्रम अन्तर्गत अल्बेन्डाजोल वितरण गर्ने कार्यको प्रभावकारी कार्यान्वयन, त्यसैगरेर विधालयमा किशोरीहरुका लागी आइरन फोलिक ऐसिड बितरण विधालयमा मंसिर र ज्येष्ठ महिनामा एलबेन्डाजोल वितरणको कार्य निरन्तर र प्रभाबकारी रुपमा सन्चालन गरिएको छ । ६ महिना देखि २ वर्ष सम्मका बालबालिकाहरुलाई गुल्मी जिल्लामै पहिलो बालबिटा वितरणको कार्यक्रमको शुभारम्भ गरि प्रभावकारी सन्चालन गरिएको छ ।

     

  • बुटवललाई हरियाली बनाउन ४५ दिने अभियान

    बुटवललाई हरियाली बनाउन ४५ दिने अभियान

    कपिल ज्ञवाली   साउन ६ गते  बुटवल

    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले यहाँको हरियाली कायम गर्न सडक सरसफाइ तथा वृक्षरोपण अभियान थाल्ने भएको छ । साउन १५ गतेदेखि सुरु हुने अभियान अन्तर्गत मुख्य सडकका डिभाइडरमा विरुवा रोप्ने र सडक क्षेत्रको सरसफाइ गर्ने उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।

    उहाँले बुटवललाई सफा, सुन्दर र हरियाली सहरका रुपमा स्थापित गर्नका लागि चालु अर्थिक वर्षमा उज्यालो बुटवल अभियानअन्तर्गत मुख्य सडक क्षेत्रमा उच्च क्षमताका बत्ती जडान गर्ने, मुख्य सडक क्षेत्रलाई हरियाली बनाउने र भित्री सडकलाई समेत उज्यालो बनाउँदै रात्रीकालीन बजार सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

    चालु आर्थिक वर्षभित्रमा बुटवललाई उज्यालो, हरियाली, सफा र सुन्दर सहर बनाउँदै उपयुक्त पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजना अगाडि बढाएको उहाँले बताउनुभयो । जसका लागि चालु आर्थिक वर्ष २०८०–८१ का लागि बुटवल उपमहानगरपालिकाले पर्याप्त बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

    बुटवलले चालु आर्थिक वर्षमा उज्यालो बुटवल कार्यक्रम अन्तर्गत विद्युतीकरण, सडक बत्ती र सौन्दर्यीकरणका लागि १ करोड ९० लाख रुपियाँ विनियोजन गरेको छ भने एक घर तीन रुख कार्यक्रमका लागि १२ लाख रुपियाँ विनियोजन गरेको छ । यस्तै, रात्रीकालीन बजार सञ्चालन व्यवस्थापनका लागि १० लाख रुपियाँ विनियोजन गरेको छ ।

    पाण्डेयका अनुसार मुख्य सडक क्षेत्रलाई सफा र सुन्दर बनाउन विभिन्न प्रजातिका फूल र विरुवा रोपिनेछ । उपमहानगरस्तरीय अभियान मुख्य सडक, भित्री सडक, खोलानाला र सार्वजनिक स्थलहरु सरसफाइका लागि प्रत्येक महिना नियमित रुपमा सञ्चालन हुने प्रमुख पाण्डेयले बताउनुभयो । यस्तै, वडास्तरमा प्रत्येक शनिबार र आवश्यकताअनुसार अभियानकै रुपमा सञ्चालन हुने उहाँको भनाइ छ ।

    साउन १५ गते योगीकुटीबाट सुरु हुने अभियानअन्तर्गत पहिलो दिन योगीकुटीदेखि राजमार्ग चौराहासम्म, १६ र १७ गते चौराहादेखि भुड्की चोकसम्म, १८ र १९ गते भुड्की चोकदेखि ट्राफिक चोकसम्म, २१ गते देखि २३ गतेसम्म ट्राफिक चोकदेखि गोलपार्कसम्म सरसफाइ गर्दै वृक्षरोपण गरिने पाण्डेयले बताउनुभयो ।

    यस्तै, २५ र २६ गते गोलपार्कदेखि चिडियाचौकीसम्म, २८ र १९ गते अस्पताल चोक प्रहरीदेखि तिनाउ पुलसम्म र भदौ १ गतेदेखि भदौ मसान्तसम्म योगीकुटीदेखि चिडियाचौकीसम्म नियमित सरसफाइ तथा विरुवा संरक्षण, सौन्दर्यीकरण गर्दै बाँकी क्षेत्रमा अभियान सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताउनुभयो ।

    सरसफाइ तथा वृक्षरोपणका लागि बुटवल उपमहानगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघ संस्थाहरु, राजनीतिक दल, स्वयमसेवी संस्थाहरु, क्लबलाई आह्वान गरिएको उहाँले बताउनुभयो ।

  • कमल  पोखरी  गुफाको प्रचारप्रसार गर्न आउँदो  सनिवार   धार्मिक  कार्यक्रमको आयोजना   गरिने

    कमल पोखरी गुफाको प्रचारप्रसार गर्न आउँदो सनिवार धार्मिक कार्यक्रमको आयोजना गरिने

    चुरामणि  तिमिल्सिना   श्रावण ६

    गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको आयोजना गरिने

    पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कालीगण्डकी को तटमा रहेको कमल पोखरिको प्रचारप्रसार पर्यटन प्रबन्धन तथा गुफाको संरक्षणको लागि १ दिने धार्मिक कार्यक्रमको आयोजना  गर्न  लागेको देख्दा  खुशी  व्यक्त  गर्दै आफुले पनि  यश धार्मिक  कार्यक्रमम सहयोग  गर्ने   वडा न१४ का वडा अध्यक्ष  शोभाखर  भट्टराईले  प्रतिबद्धता  जायर   गर्नु भयो।  गुफाको रिपोर्टिङको लागि  र कार्यक्रमको जानकारको लागि  स्थलगमा पुगेको रुरु सन्चार अन्लाईन  सित कुरा  गर्दै   स्थानीय बासी तथा कार्यक्रम संयोजक कमल खनालले    यो पोखरी  ओझेलमा   परेकोले   यस्को  महिमा  पोखरी स्नानको महत्त्व  र यहाँ   पर्यटन लाई   लोभ्याउने  आकर्षक    केही गराउन सकियो भने पकै पनि  यहाँको प्रचारप्रसारमा टेवा पुग्ने बताउनु भयो।

    आउँदो श्रावण १३ गते सनिबार एकादशी पर्वको अवसर पारेर दिनभर भजन कृतन संगै यस गुफाको महत्त्व , इतिहास र पुर्षोत्तम महात्म्य कार्यक्रम पनि गरिने र आउने सम्पुर्ण भक्तजनलाइ निशुल्क प्रसादिको ब्यवस्थापन गरिने कार्यक्रमका सहयोग दाता खिमानन्द सापकोटाले बताउनु भयो ।

    सनिवार गुफा अवकोलन गर्न पुगेका टोलिका अग्रज भाष्करमणि खनालले यस क्षेत्रमा २०२९ साल तिर पनि अखण्ड भजन कृतन गरेको आफुले अग्रज बाट सुनेको ताजै रहेकोले पछिल्ला दिनमा यसरि यस्तो कार्यक्रमको आयोजना नभएकोले आफुले पनि यश अभियानमा सक्दो सहयोग गर्ने र सहयोग जुटाउन सबै लाई आग्रह समेत गर्ने बताउनु भयो ।

     

    गुफामा हनुमान को मुर्ति पनि रहेकोले सरसफाइ गर्ने। जाने बाटो लाई केही दिनमा सरसफाइ गरेर चिटिक्क पारि धेरै भक्तजन कार्यक्रम स्थानमा पुर्याइने लक्ष राख्दै आफुले कार्यक्रमलाई प्रचारप्रसार गर्न लागि पर्ने बताउनु भयो।

  • ४१ औं  वि . पि स्मृती  दिवस रुरुमा नि मनाइयो

    ४१ औं वि . पि स्मृती दिवस रुरुमा नि मनाइयो

     

    चुरामणि  तिमिल्सिना  साउन   ६

    ४१ औं वि पि स्मृति दिवसको अबसरमा रुरु धाम रिडीमा वूक्षारोपण कार्यक्रम गरिएको हो। नेपाली काङ्रेस वडा न १ गाँउ समितिको आयोजनामा बिष्णु पञ्जरको भिरमा बृक्ष रोपण गरिएको हो। हरेक वर्ष यस्तै स्मृती दिवस पारेर फरक फरक कार्यक्रम गर्दै आयको वडा सभापती अमुल्य श्रेष्ले जानकारी दिनु भयो
    कार्यक्रममा क्षेत्र न १ का क्षेत्रीय सभापती पारिस्वर ढकालले कोइराला ले पाटि र देशमा पुर्याउनु भएको योग्दान को चर्चा गर्दै उहाँले गरेका हरेक विषय कृतिमान रहेकाले उहाँ लाई कहिलै पनि भुल्न नसकिने बताउनु भयो।

     

    यसै सन्दर्भमा काठमाडौ बाट घन्स्याम भण्डारीले सामाजिक सन्जालममा लेख्नु भएको विषय बस्तु जस्ताको त्यस्तै उहाँको केही स्वास्थ जानकारी सहित

    बि पी स्मृति दिवस ।

    नेपालमा भएको ०३६ सालको आन्दोलनताक म अधययनको लागि काशीमा थिएँ । प्रवासी नेपाली विद्यार्थी संघमा आबद्धताको कारणले वि पी कोइरालासँग मेरो पहिलो भेट भएको त्यसै बेलामा हो । तिनताक उहाँ अस्वस्थ नै हुनुहुन्थ्यो घाँटीमा गरिएको क्यान्सरको अप्रेसनको कारणले बोली नबुझिने र मधुरो भएको कारणले बोल्नका लागि सानो माइकको प्रयोग गर्नुहुन्थ्यो । त्यही माइकमा सुनेको सारगर्भित सम्बोधन आज मेरो मानस पटलमा झल्झली आएका छन् । पछि पनि भेट भयो तर त्यो पहिलो भेट धेरै संझना आउँछ । बनारसको लक्सा रोडमा रहेको उहाँको निवासमा हामी पुग्दा उहाँको परिवारले गरेको स्वागतको पनि संझना आउँछ । सबै परिवार बडो मायालु पारामा बोलेको देखेर हामी दंग गरेका थियौं । पछि उहाँको साहित्य पढें उहाँ साच्चै महामानव हुनुहुन्छ । आज ४१ औं स्मृति दिवसमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु !

  • नेपाली हकहितको लागि अग्रसर पौडेलले दिए NRNA माल्टामा सदस्य पदमा उम्मेद्बारी

    नेपाली हकहितको लागि अग्रसर पौडेलले दिए NRNA माल्टामा सदस्य पदमा उम्मेद्बारी

     

    नेपाली हकहितको लागि अग्रसर पौडेलले दिए NRNA माल्टामा सदस्य पदमा उम्मेद्बारी

    वैदेशिक रोजगारको शिलशिलामा माल्टामा रहेर हरेक नेपालीहरुको दुख सुखलाई नियालेर परेको समस्याको समाधानको बाटो खोजेर समाधान गर्ने एक सहयोगि युवा हरि प्रसाद पौडेल गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टा, आसन्न निर्वाचन २०२३/ २०२५ को राष्ट्रिय समन्वय समितीको सदस्य पदमा उम्मेद्बारी दिएका छन्।

    उनी आफू श्रम गरेर कमाएको रकम पनि गरिब,दुखी तथा निमुखाहरुको खाली पेट भरेर र नाङ्गो शरीर ढाकिदिएर जिउँदो भगवान बनेका छन्। नेपाली समाज लगायत माल्टामा बस्नु भएका सबैजना संग सहकार्य गर्दै केही गर्नु पर्छ भन्ने सोँच र हौसला राख्दै पहिलो पटक ( NRNA ) माल्टाको २०२३/२०२५ को आसन्न निर्वाचनमा उम्मेदवारी दिएको उनले बताउँछन।

    उनी बिगत ५ वर्ष देखि माल्टामा रहेर माल्टाबासी र नेपाली बासिहरु सबैको मन जित्दै आएका छन्।उनी पहिले देखि सबैको दुख सुखमा हातेमालो गर्न जानेका छन।

    पौडेल माल्टामा रहेको ठुलो हस्पिटल माटर डेहिमा काम गर्दै आएका थिए। उनी कुनै पनि नेपाली माटर्डेही हस्पिटलमा बिमारी भएर आउने सबैलाई भेट गरेर परिआएको समस्यालाइ आफ्नोको कमाइबाट र साथीहरुको साथ लिएर सहयोग अभियान चलाएरै भए पनि गर्दै आएका थिए। सहयोग र संस्था व्यवस्थित गर्न पौडेल NRNA सदस्य पदम उम्मेद्बारी दिएको पौडेल बताउँछन।

    उम्मेद्वारी दिँदा धेरै नेपाली बासीहरु खुसी मनाएका छन् । उनी नेपालीको मनलै नजिक बाट नियाल्ने र समस्याको समाधान खोज्न सक्ने क्षमता भएका कारण उनलाइ नजिताए समिति निर्बलियो हुने भनेर उनका नजिकबाट बुझेका साथी गुल्मी मुसिकोट, खर्बाङ्गका लक्षु गिरिले जानकारी दिएका थिए।

    नेपाली मिडिया तथा बिदेशी मिडियामा समेत उनको चर्चा परिचर्चा रहेको पाहिन्छ। उनि चितवन जिल्ला भरतपुर ११ मा जन्म लिएर माल्टामा आफ्नो परिवार सहित बसेका छन्। पौडेल दुखी गरिबको सहयात्री भएकै कारण माल्टामा रहेका नेपाली र आफ्नो जन्म जिल्ला चितवनमा समेट उनको तिब्र चर्चा रहेको पाहिन्छ।