Category: समाचार

  • सत्यवतीमा लक्षित बर्गको लागि क्षमता बिकास तालिम उद्घाटन

    सत्यवतीमा लक्षित बर्गको लागि क्षमता बिकास तालिम उद्घाटन

    चुरामणि  तिमिल्सिना असार २२

    सत्यवती गाउँपालिकामा दुई दिने लक्षित बर्गका लागि क्षमता बिकास तालिमको औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गाउँपालिकाको सभाहलमा सन्चालित तालिममा ६५ जना सहभागी रहेका छन । गाउँपालिकाको आयोजना रहेको तालिममा गोबिन्द पुन मगरले प्रशिक्षण गर्नु भएको छ ।
    उद्घाटनशत्रमा गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामु , यस्तै वडा न ६ अध्यक्ष बिष्णु प्रसाद भण्डारी वडा न ७ का वडा अध्यक्ष लोक बहादुर बुढाथोकी, वडा ८ का वडा अध्यक्ष होम बहादुर राना समेतको आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डे ले आदिवासी जनजाती क्षमता बिकाससंगै रोजगारीमा जोडिदै आफ्नो पालिका लाई समृद्ध पालिका बनाउन र सबैलाई हातेमालो गरेर अगाडी बढेमा आयआर्जन समेत हुने बताउनु भयो ।
    यस्तै कार्यक्रममा उपाध्यक्ष निरमायाले आदिवासी जनजातीहरुले संस्कृतिको संरक्षण गरेको र यससँगै हरेक क्षेत्र बिकासका लागि क्षमता बिकासको भावनात्मक आवश्यकता बुझेर यो कार्यक्रम राखिएको भन्नुभयो । नेपाल मगर संघ सत्यवती गाउँपालिका अध्यक्ष टोपला थापा मगरले शुभकामना दिनुभयो भने स्वागत मन्तव्य कार्यपालिका सदस्य कमला पचभैया र सन्चालन रोजगार शाखा प्रमुख सुबास आचार्यले गर्नुभएको हो। तालिम भोलि सम्म सन्चालन हुने छ ।

  • सत्यवति-४मा एक घर एक धारा मार्फत ७३घरधुरी लाभान्वित

    सत्यवति-४मा एक घर एक धारा मार्फत ७३घरधुरी लाभान्वित

    सत्यवति-४मा एक घर एक धारा मार्फत ७३घरधुरी लाभान्वित
    चुरामणि तिमिल्सिना
    असार-२२,२०८०
    सत्यवति गाउँपालिका गुल्मी।
    गुल्मीको सत्यवती गाउँपालिका वडा नं.-४ मा एक घर एक धारा कार्यक्रम अन्तर्गत ढाणगैरा खानेपानीको उत्घाटन गरिएको छ। औपचारिक कार्यक्रमका साथ पालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी टिकाराम पाण्डे र विशिष्ट अतिथि एवम् उपाध्यक्ष निरमाया तरामुले पानीको धारा खोलेर उत्घाटन गर्नु भएको हो। यस्तै उहाँहरुले सामुदायिक भवनको पनि रिबन काटेर उत्घाटन गरेर भवन समुदायलाई हस्तान्तरण गर्नु भएको छ।


    गाउँपालिकाले प्रदान गरेको ४० लाखको लागतमा सम्पन्न उक्त खानेपानी आयोजनाबाट ७३ घर धुरी लाभान्वित भएका छन्। २ वर्ष यता देखि सञ्चालन भएको खानेपानी आयोजना बिगत वर्ष बजेटको अभावमा पूरा हुन सकेको थिएन। गाउँपालिकाले आ.व.२०७९/०८०मा थप रकम विनियोजन गरेपछि एक घर धारा कार्यक्रम सम्पन्न भएको वडा नं.-४ का वडा अध्यक्ष पिताम्बर ज्ञवालीले जानकारी दिनु भयो।
    कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष पाण्डेले बिगतका दिनहरुमा यश भेगका जनताहरुले खानेपानीको समस्या भोगेता पनि अब कुनि पनि समस्या न आउने बताउदै यस भेगमा कुवा पधेरो र पोखराको पानी पनि खान नपर्ने लिन जान पर्ने समस्याको हल समेत भएको बताउदै वडा वासिलाइ बधाई समेत दिनु भयो ।
    यता उपाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी निरमाया तरामुले सत्यवतीका हरेक नागरिक लाई स्वच्छ पिउनेपानी खुवाउने, हरेकका घर घरमा एक घर एक खानेपानी धारा पुर्याउन पालिकाले अभियान नै थालेको बताउदै पानीको धार बाट कोहि पनि बन्चित नहुन आग्रह समेत गर्नु भयो।
    कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर क्षेत्रीले काम सम्पदान भए सम्मका गतिविधि प्रस्तुत गर्दै आफ्नो टोलमा यो योजना सफल पार्न सहयोग गर्नु भएकोमा पालिका प्रती धन्यवाद प्रकट गर्नु भयो।आफ्नो घरको पानीकको धारा खोल्दै दल बहादुर नेपालीले आसा पनि नगरेको काम आज पूरा हुँदा टाडा पानी लिन जान पर्ने बाध्यता सदैका लागि अन्त्य भएकोले अब ढुक्क तरिकाले समयमा घर आगनमा पानी भरिने बताउनु भयो। उपभोक्ता समितिका सदस्य बाबुराम ज्ञवालीको स्वागत मनतव्य रहेको कार्यक्रममा शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद भण्डारी , पुर्व श्रोत ब्यक्ति फणीन्द्र राज ज्ञवाली यस्तै समाज सेविहरु ,उपभोक्ता समितिका पदाधिकारीहरुको आथित्यता रहेको थियो। कार्यक्रमको सञ्चालन पितम्बर ज्ञवालीले गर्नु भएको थियो।

  • सत्यवती गाउँपालिकाले  बितरण  गर्यो  बिरामी लाई आर्थिक सहयोग

    सत्यवती गाउँपालिकाले बितरण गर्यो बिरामी लाई आर्थिक सहयोग

    चुरामणि  तिमिल्सिना असार   २२

    सत्यवती गाउँपालिका गुल्मीले एक कार्यक्रमका बिच आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा पालिका भित्र रहेका मृगौला प्रत्यारोपण गरेका र डाइलायसिस गराइ राखेका तथा क्यान्सर रोगी लाई जनही मासिक रु ५००० हजारका दरले ३५ जनालाइ आर्थिक सहयोग गराइएको स्वास्थ्य शाखा प्रमुख सुर्य बहादुर रानाले जानकारी दिनुभयो । नेपाल सरकारले यो अभियान सन्चालन गरेर आफुहरु लाई निकै नै सहयोग पुगेको वडा न ६ का मेघराज भण्डारीले बताउनु भयो ।

    वितरण कार्यक्रममा पालिकाका अध्यक्ष टिकाराम पाण्डे उपाध्यक्ष निरमाया तरामु वडा न ७ का वडा अध्यक्ष लोक बहादुर बुडाथोकी , यस्तै वडा न ४ का वडा अध्यक्ष पिताम्बर ज्ञवाली , वडा न ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारी वडा न ८ का वडा अध्यक्ष होम बहादुर रानाको आथित्यता रहेको थियो।

    कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले यो रकम बिरामीहरु ला्इ हस्तान्तरण गर्दै उपचारमै खर्च गरि सहि सदुपयोग गर्न आग्रह गर्दै स्वास्थ्य लाभको कामना गर्नु भयो। कार्यक्रम स्वास्थ्य शाखाका कर्मचारी हिमलाल भण्डारीले सन्चालन गर्नु भएको थियो।

  • गुल्मी दरबार गाउँपालिकामा  अध्यक्ष  सम्मान  कार्यक्रम   देखि विभिन्न  सम्मान  कार्यक्रम

    गुल्मी दरबार गाउँपालिकामा अध्यक्ष सम्मान कार्यक्रम देखि विभिन्न सम्मान कार्यक्रम

    “गुल्मीदरबार गाउँपालिकामा “अध्यक्ष कृषक सम्मान”लगायत विभिन्न कार्यक्रम सम्पन्न ”

    नवीन कार्की असार  २१

    गुल्मीको गुल्मीदरबार गाउँपालिकामा अध्यक्ष कृषक सम्मान,सामुदायिक बिधालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि जेहेन्दार छात्रावृत्ति,तथा उपाध्यक्ष छात्रा प्रोत्साहन रकम वितरण,दलित लक्षित कार्यक्रम अन्तर्गत पन्चेबाजा समुहलाई
    पोसाक वितरण तथा व्यावसायिक दुग्ध उत्पादनमा आधारित अनुदान कार्यक्रम एकैपटक गुल्मीदरबार गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ ।

    उक्त कार्यक्रममा अध्यक्ष कृषक सम्मान कार्यक्रम अन्तर्गत १० जना कृषकलाई सम्मान गरिएको थियो भने दुग्ध उत्पादनमा अनुदान कार्यक्रम अन्तर्गत २६ जना कृषकलाई सम्मान गरिएको छ ।

    यसैगरी उपाध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका विभिन्न बिधालयबाट छनोट गरि पठाइएका १७ जना छात्रालाई सम्मान गरिएको थियो भने
    जेहेन्दार छात्रवृत्ति कार्यक्रम अन्तर्गत ३६ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

    सोहि कार्यक्रममा गुल्मीदरबार गाउँपालिका बडा न.१ मा रहेको बोटेमाझी गाउँमा अध्ययनरत अति सीमान्तकृत ४ जना छात्राहरू लाइपनि प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो ।
    यसैगरी हाम्रो कला संस्कृत जोगाउने अभिप्रायले पन्चेबाजा समुहलाइ पोसाक वितरण गर्नुका साथै २ बटा (दमाह) बाजा हस्तान्तरण गरिएको थियो।

    उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गुल्मीदरबार गाउँपालिकाका
    अध्यक्ष सरोज कुमार थापाले आफू सधैं जनताको साथमा रहेको बताउदै सम्मानित हुने किसानहरु लाई अब अझ बढी चुनौती थपिएको बताउनु भयो। अबदेखि हाम्रो गाउँपालिकाले दुध,तरकारी फलफूल जस्ता चिज बाहिर बाट आयातीत गर्न नपरोस तपाईंहरुले उत्पादन गरेका हरेक चिजको लागि बजारीकरण गर्ने कुरामा ढुक्क हुनुस बन्दै आफनै उत्पादनमा निर्भर हुनुपर्ने कुरामा जोड दिनुभयो ।

    बडा न.२ का बडा अध्यक्ष बिस्नु गौतमको स्वागत मन्तव्य बाट सुरु भएको सो कार्यक्रममा गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा,प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी,सामाजिक बिकास संयोजक मुकेश थापा लागायतले आफनो मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रमको सहजीकरण भने गुल्मीदरबार गाउँपालिका शिक्षा शाखामा कार्यरत खिम थापाले गर्नुभएको थियो।

  • रुरुक्षेत्र  गाउँपालिकाले  रिमुवा र रिडीमा गर्यो  सार्वजनिक सुनुवाइ

    रुरुक्षेत्र गाउँपालिकाले रिमुवा र रिडीमा गर्यो सार्वजनिक सुनुवाइ

    चुरामणि  तिमिल्सिना  असार   २१

    रुरु क्षेत्र गाउँपालिकाको वडा न ६ रिमुवा र वडा नं १ रिडीमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । कार्यक्रममा शुभारम्भमा आफ्ना भनाइ राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले चालू आर्थिक वर्षमा गाउँपालिकाले सम्पन्न गरेका कामका बिषयमा जानकारी राख्दै ती बिषयमा नागरिकका जिज्ञासा भए प्रश्नगर्न आग्रह गर्दै आगामी आर्थिक वर्षको लागि महत्वपूर्ण सुझाव छन भने दिन समेत आग्रह गर्नुभएको थियो। गाउँपालिका गरेका महत्त्वपूर्ण उपलब्धिलाई समाजमा पहिचान गर्न हरेक नागरिकलाई चासो राख्न , भए गरेका कामलाई प्रचारप्रसार गर्न पनि यस कार्यक्रममले टेवा पुर्याउने र आगामी गर्न सल्लाह सुझाव समेत प्राप्त हुने हुँदा यो सार्वजनिक सुनुवाइ कार्यक्रम अत्यन्तै आवस्यक भएको अधिकृत पौडेलले बताउनु भयो।
    कार्यक्रममा पालिकाबासीले स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगार, सडक पुर्वधार निर्माण, पर्यटन क्षेत्र, तटिय क्षेत्र तथा विपन्न बर्गका लागि कार्यक्रम जस्ता विषयहरु लाई केन्द्रबिन्दु बनाइ कार्यक्रममा प्रस्तुत गरेका थिए । सुनुवाइ कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवालीले बजेटको अभाव भएता पनि स्थानीय तहका कामले निरन्तरता पाउने स्वास्थ, शिक्षा, खानेपानी लाई महत्त्वपूर्णका साथ केन्द्र बाट पहल गरेर भए पनि योजनाहरु सम्पन्न गरिने, यस्तै पुर्वधार निर्माण जस्ता काम लाई समेत पालिकाले क्रमिक रुपमा पूरा गर्ने प्रतिबद्धता जायर गर्नुभयो । कार्यक्रममा पालिकाका उपाध्यक्ष मिना देवि गौतम विभिन्न वडाका जनप्रतिनिधिहरु, सरोकारवालाहरुको उल्लेखनिय सहभागीता रहेको र थियो।

  • गुल्मीको  पिपलधारामा जिप  दुर्घटना  ३ जना घाइते

    गुल्मीको पिपलधारामा जिप दुर्घटना ३ जना घाइते

    असार २० तम्घास

    तम्घास वाट पिपलधारा बङज्याङका लागि छुटेकाे जिप धुर्काेट गाउँपालिका वडा नं २ पिपलधारा बजार देखि केही पर बङ्जाङ जाने बाटाे मा  दुर्घटना  ग्रस्त  भएको  छ । ध १ ज ३० नं काे वाेलेराे जिप दुर्घटना मा परी ३ जना घाईते   भएका हुन    घाईतेलाई उपचारकाे लागि तम्घास पठाईएकाे  स्थानीयले  बताएका  छन अन्य  थप विवरण आउन  बाकी  रहेको।

    घाईते  हुनेमा  चालक बिमल महत, निरन कुबर  र कपिल कुबर  रहेका  छन  । चालकका अनुसार गाडिकाे ब्रेक पाईप फुटेका कारण ब्रेकले काम नगरेर माडमा दुर्घटना हुन पुगेकाे चालकले बताएका छन्।

  • धुर्कोट वडा न ७ मा सार्वजनिक  सुनुवाइ कार्यक्रम  सम्पन्न

    धुर्कोट वडा न ७ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    रमेश  पन्थी  असार २०धुर्कोट गाउँपलिकामा वडा नम्बर ७ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ७ को वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हो ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष सीता गिरिले जनताका सवै खालका अपेक्षा पुरा गर्ने गरी कार्यपालिकाले काम गरीरहेको जानकारी दिए । जनताबाट आएका गुनासाहरु सम्बोधन गर्नु आफ्नो कर्तब्य रहेको उल्लेख गर्दै गाउँपलिकाका सवै विकास योजनाहरुमा पारदर्शीता हुनुपर्ने धारणा राखे ।

    उहाले सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै आफूले पालिकाबाट मात्र नभई संघ र प्रदेश सरकारसंग समेत समन्वय गरी धुर्कोटमा योजनाहरु भित्राउनका लागि पहल गरीरहेको बताउनु भयो यस्तै   उपाध्यक्ष सीता गिरि पालिकाले न्यायीक, महिला, बालबालिकाको क्षेत्रमा पलिकाले गरेको कामको बारे जानकारी दिएकी छ्न्।

    त्यस्तै ७ वडा अध्यक्ष लिला खनाल वडा सचिव सुवास पन्थीले वडा भित्र उठेका प्रश्नको जबाफ दिएका थिए।

    वडा कार्यालयले आर्थिक बर्ष २०७९/८० मा सञ्चालीत योजनाहरुको विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरेको हो ।

    सार्वजनिक सुनु्वाई कार्यक्रमका सहभागीहरु वडा कार्यालयबाट प्राप्त हुने सेवा तथा सुविधाहरुको सन्तुष्टि, वडामा सञ्चालित विकास योजनाहरुको अनुगमन तथा सडक, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका विषयमा प्रश्नहरु सोधेका थिए ।

  • जन्मदिनमा फजुल खर्च कटौती गरेर चन्द्रकोटका अर्यालले बिद्यालयलाई गरे शैक्षिक सामाग्री प्रदान

    जन्मदिनमा फजुल खर्च कटौती गरेर चन्द्रकोटका अर्यालले बिद्यालयलाई गरे शैक्षिक सामाग्री प्रदान

    श्रीराम गौतम असार २०

    शारदा माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक,अभिभावक एवम शाइन रेशुङ्गा विकास बैंक, शान्तिपुर शाखामा कार्यरत कर्मचारी कमल अर्यालले आफ्नो जन्मदिनको अवसरमा प्रधानाध्यापक राम प्रसाद शर्मा अर्याल विद्यालय व्यवस्थापन समिती अध्यक्ष गोपाल अर्याल,वालशिक्षा सहजकर्ता राधिका सापकोटाको रोहवरमा बालबालिकाको लागि उपयोगी विभिन्न सामग्रीहरु प्रदान गरि रचनात्मक कार्य गर्नुभएको छ ।

    बिद्यालयका प्रधानाध्यापक सङ्ग कुरा गर्दै उहाले भन्नुभयो जन्मदिन, बैवाहिक बर्षगाठ तथा अन्य उत्सवहरुमा केक काट्ने र भोज भतेरमा खर्च गर्ने रकम कटौती गरेर शैक्षिक संस्थाहरुमा सहयोग गर्ने हो भने स-साना बालबालिकाले खेल्दै सिक्दै गरि भविष्यको लागि दक्ष जनशक्ति उत्पादन गर्न सहज हुन्छ तसर्थ हामिहरुले शुभकार्य हरुमा फजुल खर्च नगरी यस्ता संस्थाहरुमा सहयोग गर्नु उपयुुक्त हुन्छ । साथै उहाँको यो रचनात्मक कामको प्रशंसा गर्दै बिद्यालय परिवारले कमल अर्यालको जिवनमा उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।

  • सत्यवती गाउँपालिकाले  गाउँमै फुलेका फुलका माला लगाउदै  गर्यो किसान लाई  सम्मान

    सत्यवती गाउँपालिकाले गाउँमै फुलेका फुलका माला लगाउदै गर्यो किसान लाई सम्मान

    कविराज भुसाल असार  २०

    सामुहिक कृषि क्रान्तिलाई अगाडि बढाई सत्यवतिलाई समृद्धि बनाउन समुह/ सहकारीहरु बिच अन्तरक्रिया तथा उत्कृष्ट कृषक समुहलाई सम्मान कार्यक्रम सत्यवतिमा सम्पन्न भएको छ ।
    सत्यवती गाउपालिका पशुपक्षी शाखाले गाउपालिका भित्रका ५६ समूह तथा सहकारिहरुको उपस्थितमा, समूह सहकारीको माध्यमबाट कृषि गर्दा हुने फाईदा, विभिन्न समुह कृषि सहकारीहरुले गरेका प्रागती बिवरण, समुहबाट कृषि गर्दा हुने फाइदाहरुका बारेमा अन्तरक्रिया तथा समूह प्रगती बिवरण प्रस्तुत कार्यक्रम सम्पन्न सङ्गै कृषकहरुलाई सम्मान गरेको हो ।
    कार्यक्रममा सत्यवतीका किसानलाई हिराकोरुपमा प्रसंशा गर्दै सत्यवतिको आर्थिक समृद्धि गर्न सत्यवतीका कृषकहरुको प्रमुख भुमिका रहने कार्यक्रमका प्रमुख अतिथी सत्यवती गाउपालिकाका अध्यक्ष टिकाराम पाण्डेयले बताउनुभयो ।

    अध्यक्ष पाण्डेले सडक तथा भैतिक निर्माणले मात्र सत्यवतिको बिकास हुन नसक्ने भन्दै किसानहरुलाई आर्थिक समृद्धि तर्फ डोर्‍याउन सकेमा मात्र सत्यवतिको समग्र बिकासले आँखा खोल्ने बताउनुभयो ।
    कृषकहरुले अब बृहत कृषि क्रान्ति गर्नुपर्ने भन्दै योजना बोकेर गाउपालिकामा आउन सम्पुर्ण कृषकहरुलाई अनुरोध समेत गर्नुभयो ।
    निरन्तर कृषिमा लागेका समूह सहकारीहरुलाई न्यूनतम शुल्कमा अडिट गर्ने ब्यवस्था समेत गाउपालिकाले गर्ने अध्यक्ष पाण्डेको भनाई छ ।
    कार्यक्रमका विशेष अतिथी गाउपालिका उपाध्यक्ष निरमाया तरामु, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले कृषिको क्रान्ति सत्यवतीको प्रमुख योजना हुनेमा जोड दिनुभयो ।
    कार्यक्रममा १ न. वडा अध्यक्ष अर्जुन कनौजे, ४ न. वडा अध्यक्ष पिताम्बर ज्ञवाली, ५ न. वडा अध्यक्ष बाबुराम ज्ञवाली, ६ न. वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारी, ७ न वडा अध्यक्ष लोक बहादुर बुढाथोकी लगायतका अतिथीहरुले शुभकामना तथा कृषकहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
    हरेक कृषकहरुलाई सम्मान प्रकट गर्दै दुध तथा मासुमा सत्यवती गाउपालिका आत्मनिर्भर रहेको र अब निर्यात गर्ने उद्धेश्यले अगाडि बढ्नु पर्ने र आवस्यक सहयोग पशुपक्षी शाखाले गर्ने पशुपक्षी शाखा प्रमुख नारायण खनालले बताउनुभयो ।
    सत्यवती गाउपालिकाका आर्थिक संयोजक खड्गवीर थापाको सभापतित्व रहेको कार्यक्रमको संचालन कृषि शाखा प्रमुख उपकार भण्डारीले गर्नुभएको थियो ।

  • सत्यवतीका किसानलाई  औपचारिक कार्यक्रमका साथ  सम्मान

    सत्यवतीका किसानलाई औपचारिक कार्यक्रमका साथ सम्मान

    कविराज भुसाल असार  २०

    सामुहिक कृषि क्रान्तिलाई अगाडि बढाई सत्यवतिलाई समृद्धि बनाउन समुह/ सहकारीहरु बिच अन्तरक्रिया तथा उत्कृष्ट कृषक समुहलाई सम्मान कार्यक्रम सत्यवतिमा सम्पन्न भएको छ ।
    सत्यवती गाउपालिका पशुपक्षी शाखाले गाउपालिका भित्रका ५६ समूह तथा सहकारिहरुको उपस्थितमा, समूह सहकारीको माध्यमबाट कृषि गर्दा हुने फाईदा, विभिन्न समुह कृषि सहकारीहरुले गरेका प्रागती बिवरण, समुहबाट कृषि गर्दा हुने फाइदाहरुका बारेमा अन्तरक्रिया तथा समूह प्रगती बिवरण प्रस्तुत कार्यक्रम सम्पन्न सङ्गै कृषकहरुलाई सम्मान गरेको हो ।
    कार्यक्रममा सत्यवतीका किसानलाई हिराकोरुपमा प्रसंशा गर्दै सत्यवतिको आर्थिक समृद्धि गर्न सत्यवतीका कृषकहरुको प्रमुख भुमिका रहने कार्यक्रमका प्रमुख अतिथी सत्यवती गाउपालिकाका अध्यक्ष टिकाराम पाण्डेयले बताउनुभयो ।
    अध्यक्ष पाण्डेले सडक तथा भैतिक निर्माणले मात्र सत्यवतिको बिकास हुन नसक्ने भन्दै किसानहरुलाई आर्थिक समृद्धि तर्फ डोर्‍याउन सकेमा मात्र सत्यवतिको समग्र बिकासले आँखा खोल्ने बताउनुभयो ।
    कृषकहरुले अब बृहत कृषि क्रान्ति गर्नुपर्ने भन्दै योजना बोकेर गाउपालिकामा आउन सम्पुर्ण कृषकहरुलाई अनुरोध समेत गर्नुभयो ।
    निरन्तर कृषिमा लागेका समूह सहकारीहरुलाई न्यूनतम शुल्कमा अडिट गर्ने ब्यवस्था समेत गाउपालिकाले गर्ने अध्यक्ष पाण्डेको भनाई छ ।
    कार्यक्रमका विशेष अतिथी गाउपालिका उपाध्यक्ष निरमाया तरामु, प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले कृषिको क्रान्ति सत्यवतीको प्रमुख योजना हुनेमा जोड दिनुभयो ।
    कार्यक्रममा १ न. वडा अध्यक्ष अर्जुन कनौजे, ४ न. वडा अध्यक्ष पिताम्बर ज्ञवाली, ५ न. वडा अध्यक्ष बाबुराम ज्ञवाली, ६ न. वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारी, ७ न वडा अध्यक्ष लोक बहादुर बुढाथोकी लगायतका अतिथीहरुले शुभकामना तथा कृषकहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
    हरेक कृषकहरुलाई सम्मान प्रकट गर्दै दुध तथा मासुमा सत्यवती गाउपालिका आत्मनिर्भर रहेको र अब निर्यात गर्ने उद्धेश्यले अगाडि बढ्नु पर्ने र आवस्यक सहयोग पशुपक्षी शाखाले गर्ने पशुपक्षी शाखा प्रमुख नारायण खनालले बताउनुभयो ।
    सत्यवती गाउपालिकाका आर्थिक संयोजक खड्गवीर थापाको सभापतित्व रहेको कार्यक्रमको संचालन कृषि शाखा प्रमुख उपकार भण्डारीले गर्नुभएको थियो ।