Category: समाचार

  • गुल्मीको  छत्रकोट गाउँपालिकामा १५ औं अधिबेशन

    गुल्मीको छत्रकोट गाउँपालिकामा १५ औं अधिबेशन

    गुल्मी  असार   ५

    गुल्मीको छत्रकोट गाउँपालिकाले आज १५ औं अधिवेशन / आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

    निति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रामप्रसाद पाण्डेले सामाजिक बिकास क्षेत्र अन्तर्गत शिक्षा नितिमा माग पूरा गराउने दवाव स्वरुप विद्यालय बन्द गर्ने गराउने परिपाटीलाई निरुत्साहित गर्ने, “प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार, समृद्ध गाउँपालिका निर्माणको आधार” को नारा लाई साकार पार्न प्राविधिक विद्यालयलाई सीप विकास विद्यालयको रुपमा विकास गर्ने, एस. ई.ई दिएर बसेका छत्रकोट भित्रका विद्यार्थीहरुलाई कम्प्युटर तालिम तथा प्लस टु र स्नातक उतिर्णहरुको लागि शिक्षक सेवा आयोग र लोकसेवा आयोग सम्बन्धी तयारी कक्षा संचालन गरि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्ने,गाउँपालिका भित्र आवासिय सुबिधा सहिततको मेघा बिद्यालय बिकास गर्ने,गणित र विज्ञान विषयमा नतिजा सुधार गर्नको लागि अतिरिक्त कक्षा संचालन अनुदानलाई निरन्तरता, विद्यालयको दिवा खाजामा ‘पत्रु खाना’ लाई निषेध गरि स्थानीय उत्पादन प्रयोग गरिने, विद्यार्थीहरुको शैक्षिक पठनपाठनको सन्दर्भमा आउने गुनासोलाई तत्काल सम्बोधन गर्न “शिक्षक,विद्यार्थी र अभिभावकसंग गाउँपालिका अध्यक्ष ” कार्यक्रम संचालन गरि गाउँपालिकाको शैक्षिक गुणस्तर सुधार गर्ने, बेरोजगार कम गर्न विद्यालयमा पढ्दै कमाउदै र कमाउदै पढ्दै कार्यक्रम संचालन गर्न पहल गर्ने लगायतका विषय उल्लेख गर्नुभएको छ ।

  • बझाङमा जिप दुर्घटना हुँदा  प्रदेश मन्त्री सहित  ३ जनाको ज्यान गयो

    बझाङमा जिप दुर्घटना हुँदा प्रदेश मन्त्री सहित ३ जनाको ज्यान गयो

    बझाङ जीप दुर्घटना : प्रदेशमन्त्री सिंहसहित तीन जनाकाे ज्यान गयाे
    असार-५,२०८०
    बझाङ । बझाङकाे केदारस्युँ गाउँपालिकामा भएकाे जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकाे ज्यान गएकाे छ ।

    दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका सिंहकाे उपचारका क्रममा नेपालगञ्जकाे काेहलपुर मेडिकल कलेजमा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक केशव भट्टले जानकारी भएकाे हाे।

    उहाँलाई बझाङबाट हेलिकप्टरमार्फत् उपचारका लागि नेपालगञ्ज लगिएकाे थियाे । दुर्घटनामा मन्त्री सिंह, उहाँकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहसहित तीन जनाकाे ज्यान गएकाे छ ।

    दुर्घटनामा घाइते भएका जीप चालक धर्मराज जाेशी र सुरक्षागार्ड दीपक भण्डारीकाे नेपालगञ्जमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

    मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको हो।

  • खनालले रुद्रवेणीमा कल्प बासी लाई  १५ औं  वर्ष  सम्म  निरन्तर  सेवा  प्रदान गर्दै

    खनालले रुद्रवेणीमा कल्प बासी लाई १५ औं वर्ष सम्म निरन्तर सेवा प्रदान गर्दै

    चुरामणि तिमिल्सिना असार २

    रुद्रवेणी धाममा १ दिने निशुल्क स्वाथ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।बिगत १५वर्ष देखि निरन्तर रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आउनुभएका रुपन्देही निवासी सर्जिकल ब्यबसायी बिजय खनालले कार्यक्रमको आयोजना गर्नु भएको हो। शिविरमा मन्दिर बासी परिवार र आगन्तुक भक्तजनले सेवा लिनु भएको थियो।

    शिविर उत्घाटन गर्दै ब्यबस्थापन समितिका अध्यक्ष तथा सत्यवती गाउँपालिका गुल्मीका अध्यक्ष टिकाराम पाण्डे ले निरन्तर रुपमा खनालले यश आश्रम प्रती देखाउनु भएको महान कर्यको प्रशमसा र सम्मान गरेर कहिल्यै पनि नसकिने र आफुहरुले गुन पनि जिन्दगी भरी तिर्न नसक्ने गरी सेवा दिई वृद्ध वृद्धा लाई दीर्घ जीवन बिताउन विभिन्न सेवा प्रदान गर्न अहम भुमिका रहेको बताउदै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रम हरु का साथ आउन आग्रह गर्नु भयो।

     

    शिविरमा डाक्टर गोकर्णराज पन्थीले चेकजाच,राम प्रसाद ढकालले समेत सक्रियतामा कल्पबासी आमाबुवाहरुको नि: शुल्क स्वास्थ्य चेकजाँच र औषधी बितरण गर्नु भयो ।शिविरमा वडा न १ का वडा अध्यक्ष अर्जुन कनौजे , वडा न ६ का वडा सदस्य युवराज न्यौपाने , मन्दिर समितिका उपाध्यक्ष बलराम अधिकारी , सह सचिव गोपाल प्रसाद पाण्डे धार्मिक ब्यक्ति बान प्रस्थी बासुदेव पाण्डे को आथित्यता रहेको थियो। खनालले यश आश्रममा पनि भणडारा तथा अन्य सेवा पनि प्रदान गरिरहनु भएको छ ।

  • जन्म दिन मनाउने  खर्च  श्रेष्ठले  गरिन   पुन्य कर्ममा

    जन्म दिन मनाउने खर्च श्रेष्ठले गरिन पुन्य कर्ममा

    चुरामणि तिमिल्सिना असार   २

    जन्म दिनम गर्ने  खर्च धार्मिक कार्यमा लगाउदै पुन्य आर्जन गरेको गुल्मी रुरु क्षेत्र गाउँपालिका वडा न १ कि मिना श्रेष्ठले बताउनु भयो । रुरु १ कि मिना श्रेष्ठले आज आफ्नो जन्म दिन मनाउने खर्च रुरु गौ सेवा आश्रम यस्तै रुरु धाम मन्दिर परिसरमा रहनु हुने भक्त भक्तेनी लाई सामाग्री  रुरु सन्चार अन्लाईन खबर लाई पनि सहयोग प्रदान गर्नु भयो ।

    समाजमा जन्म दिन हरेकले फरक तरिकाले मनाउने गरेको देख्न र सुन्न पाइन्छ जस्मा प्रशस्त मात्रमा ठूलो धन रासी खर्च गर्ने परिपाटी अहिले पनि समाजमा बिध्यमान छ ।यश लाई समाजमा परिवर्तन गर्न र जन्म दिन सेवा मुखी बनाउन आफ्नो हरेक को  परिवारले परिवारको सदस्यको जन्म दिन सामाजिक सेवामा नै खर्च  गरेर मनाउने अभियान सुरु गरेको उहाँका श्रीमान समाजसेवि अशोक श्रेष्ठले बताउनु भयो। श्रेष्ठले केही  दिन अगाडी आफ्नी छोरीको जन्म दिनको  अवसरमा पनि रुरु धार्मिक सेवा प्रा लिको केन्द्रिय कार्यालयलाई सन्चार सहयोग प्रदान गर्नु भएको थियो।

  • गुल्मी सत्यवतीका  एक युवाको पौडी खेल्ने क्रममाडुबेर मृत्यु

    गुल्मी सत्यवतीका एक युवाको पौडी खेल्ने क्रममाडुबेर मृत्यु

    असार २

    पाल्पाको तिनाउ गाउपालिका वडा नम्बर ३ स्थित सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलाको विद्युत ड्याममा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी जिल्ला सत्यवती गाउँपालिका ७ का १८ वर्षीय अभिशेख परियार रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रुपन्देहीको तिलोत्तमा ३ ड्राइभर टोलमा कोठा गर्ने बस्ने अभिशेख शनिबार दिउँसो नुहाउन भन्दै तिनाउ खोलाको ड्याममा गएका थिए ।अचानक खोलामा वेपत्ता भएपछि दोभान प्रहरी चौकीमा खबर गरिएको थियो । उद्दारका लागि गएको प्रहरीले टोलीले फेला पारी बुटवलका लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

  • अध्याधिक गर्मीका कारण बुटवलमा १ पुरुषको मृत्यु

    अध्याधिक गर्मीका कारण बुटवलमा १ पुरुषको मृत्यु

    असार २
    अत्याधिक गर्मीका कारण बुटवलमा एक जनाको ज्यान गएको छ । लगातारको लु तथा अत्याधिक गर्मी भएपछि एकजनाको मृत्यु भएको हो ।

    बुटवलको कालिकानगर स्थित चौराहा अस्पतालमा एक जनाको र अर्को एक अस्पतालमा एकजनाको मृत्यु भएको बताइएको छ । ‘हिट स्ट्रोक’का कारण एकजनाको मृत्यु भएको चौराहा अस्पतालले पुष्टी गरेपनि अर्को व्यक्तिको पुष्टी भएको छैन ।

    ओखलढुंगा घर भएका ६० वर्षका खिम बहादुर मगरको शुक्रबार बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी बुटवलमा ज्याला मजदुरी गर्ने ब्यक्ति भएको बताइएको छ ।
    मानिसको ब्रेनमा गर्मी सहने एक ग्रन्थी रहने र बढी गर्मी भएपनि सो ग्रन्थीले काम गर्न छाड्दा ‘हिट स्ट्रोक’ हुन सक्ने र ग्रन्थीले काम नगर्दा जति गर्मी भएपनि पसिना नआउने, शरिर सुख्खा हुने, अत्याधिक ज्वरो आउने र मानिसको मृत्यु हुने डाक्टरले बताउछन । ।

  • स्याङ्जा  चापकोटका पुर्व नगर प्रमुख गिरीको सवारी दुर्घटनामा मृत्यु

    स्याङ्जा चापकोटका पुर्व नगर प्रमुख गिरीको सवारी दुर्घटनामा मृत्यु

    स्याङ्ज

    स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
    शुक्रबार राति पुतलीबजार नगरपालिका १० बरजा स्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका पूर्वमेयर गिरीको मृत्यु भएको हो ।
    दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

  • सनराइज बैंले दियो धुर्कोट गाउँपालिका लाई डस्बिन

    सनराइज बैंले दियो धुर्कोट गाउँपालिका लाई डस्बिन

     

    सनराइज बैंक लिमिटेड धुर्कोट शाखाको आयोजनामा धुर्कोट गाउपालिकालाइ डस्बिन वितरण
    रमेश पन्थी
    असार १
    धुर्कोट

    सनराइज बैंक लिमिटेड धुर्कोट शाखा को आयोजनामा धुर्कोट गाउपालिका सफा राख्ने उद्देश्यले धुर्कोट गाउपालिका लाइ डस्बिन वितरण कार्यक्रम सम्पन भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सनराइज बैंक प्रदेश ५ का प्रमुख सुनिल मण्डलको रहेको थियो।
    उक्त कार्यक्रममा विशेष अतिथि धुर्कोट गाउपालिका उप.प्रमुख सिता गिरि प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थि उक्त कार्यक्रमको सन्चालन सनराइज बैक तम्घासका शाखा प्रमुख सुनिल ज्ञवालि गर्नृ भएको थियो ।स्वागत मन्तव्य धुर्कोट गाउपालिका शाखा पमुख ध्रुव पोख्रेलले गर्नृ थियो ।
    कार्यक्रममा बोल्दै सनराइज बैकका शाखा प्रमुख धुर्कोट गापालिकालाइ सफा सुग्घर बनाउनको लागि १५ वटा डस्बिन वितरण गरेको धुर्कोट शाखा सनराइज बैकले जानकारि दिएको छ ।

  • रिब्दीकोट पाल्पामा बजेट तथा योजना तर्जुमा  सम्पन्न

    रिब्दीकोट पाल्पामा बजेट तथा योजना तर्जुमा सम्पन्न

    चुरामणि तिमिल्सिना  असार  १

    रिब्दीकोट  गाउँपालिकामा बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । बजेट तर्जुमा समिती संयोजक एवम गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी ज्यूको अध्यक्षतामा सञ्चालित कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की ज्यूको प्रमुख आतिथ्यता रहेको थियो।

    तर्जुमा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मदन अर्याल सम्पुर्ण वडाका वडा अध्यक्ष , गाउँ सभाका सम्पुर्ण सदस्यहरु , कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कृषि पर्यटन स्वास्थ शिक्षारिजगारी लाई प्राथमिक दिदै अगाडी बढ्न समेत आग्रह गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष कार्किले बिगतका तुलनामा बजेट कम भएको मिलायर बितरण गरिने कुरामा ढुक्क हुन आग्रह गर्नु भयो पालिकामा रहदा हरेक वडा देखि पालिकामा सेवाप्रवाह लाई चुस्त दुरुस्त का लैजानु पर्ने जनता लाई सानो सिफारिस देखि श्रमका कागजपत्रमा सेवा लाई ढिलाइ नगर्ने नम्र र सद भाव राखी जन्ताका समस्या लाई क्रमैसित टिमले वडा देखि पालिकाले सम्बोधन गर्दै लैजाने आफ्नो योजन पनि रहेको बताउनु भयो उहाँले थप्दै भनु भयो पालिका सबैको भएकोले पछील्ला दिन्हरुमा पालिकाले बजेट लाई थप घट गर्न सक्ने बजेट लाई वृद्धि गर्न सक्ने आफनै पालिकाले गर्न मिल्ने हुदा न आतिन पनि आग्रह गर्नु भयो । वडामा सानो बजेट भएता पनि सकिने र देखिने काम संगै आवस्यकताका आधरमा काम गर्न गर्न योजना अगाडी सार्न आग्रह गर्नु भयो यस्तै कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरुले आफ्ना कार्यक्रम लागि अगाडी बढाउन बजेट थप् गर्न र कार्यक्रम प्रभाव काम बनाउन अध्यक्ष र उपाध्यक्ष समेत ध्यान केन्द्रित गराउनु ।

    भएको   थियो।कार्यक्रम म्मा सभाका अध्यक्ष अधिकारीले बजेट बिनियोजन गर्दा सबै लाई स्थान आवस्यकता हेरेर बितरण गरिने हुँदा भ्रममा नपर्न र कसैलेको माग लाई मात्र धेरै बजेट बिनियोजन नहुने कुरामा ढुक्क हुन् सबै लाई आग्रह गर्नु भयो। कार्यक्रममा जन प्रतिनिधिले वडामा बजेटको सिमा बढाइ अधुरा योजना र पर्यटन प्रवधनात्मक कार्यक्रम लाई आगामी दिनमा अगाडी बढाउन आग्र्ह गरेका छन कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख कासिनाथ आचार्यले गर्नु भएकोमा थियो।

  • गुल्मीको  छत्रकोटमा प्रधानाध्यापलाई क्षमता बिकास तालिम  प्रदान

    गुल्मीको छत्रकोटमा प्रधानाध्यापलाई क्षमता बिकास तालिम प्रदान

    कालिदास आत्रेय जेठ ३२

    मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत प्रधानाध्यापकहरुको क्षमता अभिबृद्दि तालिम गुल्मीको छत्रकोट गाउँपालिकामा सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाको आयोजनामा संचालित तालिममा पालिका भित्रका विभिन्न विद्यालयका ३७ जना प्रधानाध्यापक हरुको सहभागीता रहेको थियो। पाँच दिन सम्म संचालित तालीमको सहजीकरण छत्रकोट गाउँपालिकाका आइ टि अफिसर भूषण भुसाल , इ एम आई एस अपरेटर गणेश सिन्जाली, रुरु क्षेत्र गाउँपालिकाका आई टि अफिसर दामोदर ज्ञवाली र शिक्षा शाखाका प्रा स बिनोद न्यौपाने ले गर्नुभएको थियोे । आधुनिक प्रबिधिको युगमा विद्यालयका प्रधानाध्यापकहरुलाई प्रबिधि सङ्ग जोडदै सबै विद्यालयहरुलाई प्रबिधि मैत्री बनाउने उद्देश्यका साथ तालिम सन्चालन गरिएको शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बताउनुभएको थियोे । सो अबसरमा गाउँपालिका भित्रका १७ विद्यालयहरुलाई खानेपानीको लागि २५० लिटर क्षमताका स्टिलका युरोगार्ड ड्रम वितरण गरिएको थियोे । साथै विभिन्न १० विद्यालयहरुलाई १।१ थान ल्यापटप समेत बितरण गरिएको थियोे । ल्यापटप बितरण गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले छत्रकोट गाउँपालिकाका सबै विद्यालयहरुलाई प्रबिधि मैत्री बनाउन कम्पुटर र ल्यापटप नभएका अन्य विद्यालयलाई निकट भबिस्यमै ल्यापटप बितरण गरिने साथै युरोगार्ड ड्रम पनि सबै विद्यालयमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे । तालिम निकै फलदायी भएको सहभागीहरुको भनाई रहेको छ। छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न समापन समारोहमा उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रसाशकिय अधिकृत वीर बहादुर पुन र प्रशिक्षकहरु को आतिथ्यता रहेको थियो । सो अबसरमा प्रशिक्षकहरुलाई सम्मान पत्र र सहभागीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियोे । कार्यक्रममा सहभागी जित बहादुर रजालीले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे भने थम्मन घिमिरे ले मन्तव्य राख्नुभएको थियोे । तालिममा सिकेका सीपलाई व्यबहारमा लागू गर्दै प्रधानाध्यापकहरु लागिपरेमा मात्र बिद्यालयलाई प्रबिधि मैत्री बनाउन सकिने र तालिमको सार्थकता हुनेकुरामा जोड दिदै अध्यक्ष राम प्रसाद पाण्डे ले तालिम को समापन गर्नुभएको थियो । कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियो ।