Category: समाचार

  • सवारी  साधनमा  पुगेर  नागरिकता  प्रदान   गरे   गुल्मीका सिडियो बिष्टले

    सवारी साधनमा पुगेर नागरिकता प्रदान गरे गुल्मीका सिडियो बिष्टले

    जिल्ला प्रशासन कार्यालय गुल्मीले २ जनालाई सवारी साधनमै पुगेर नागरिकता दियो
    जेठ ३०
    जिल्ला प्रशासन कार्यालय गुल्मीले हिजो सोमबार मुसिकोट नगरपालिकाका अपांगता भएका २ जनालाई सवारी साधनमै पुगेर नागरिकता प्रदान गरिएको छ । प्रशासन कार्यालयको परिसरमा नागरिता लिन पुगेका जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–१ निवासी पार्वती थापा मगर र वडानम्बर ५ निवासी निर्मल खरेलेलाई प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सवारी साधनमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता लिने थापा र खरेल जन्मजात पूर्ण अपांगता भएका व्यक्ति हुन् । उहाँहरुले अपांगता भएकै कारणले नागरिकता प्राप्त गर्न सकेका थिएनन् ।

    नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थापा र खरेलले कुनैपनि कार्यगर्न नसक्ने भएकाले प्रशासनका कर्मचारीको सहयोगमा गाडिमै नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो । पूर्ण अपांगता भएका पार्वती र निर्मल नागरिकता बनाएपछि सामाजिक सुरक्षा भत्ता सहज हुने भएको छ ।

    छोरीको नागरिकता बनाउन पुगेकी छमि थापा मगरलेले सावारी साधनमै नागरिकता प्रदान गरेकोमा प्रशासन कार्यालाई धन्यवाद दिनुभयो । जिल्ला प्रशासन कार्यालय गुल्मी पूर्ण अशक्त नागरिकको घरमै गएर नागरिकता प्रदान गर्ने गरेको छ ।नागरिकता नभएकै कारण राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित नहोउन भन्ने उदेश्यले बिभिन्न समयमा नागरिकको घरदैलोमै पुगेर पनि नागरिकता प्रदान गर्दै आएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले बताउनुभयो ।

  • छत्रकोटमा प्रधानाध्यापक लाई क्षमता वृद्धि तालिम

    छत्रकोटमा प्रधानाध्यापक लाई क्षमता वृद्धि तालिम

    कालिदास आत्रेय जेठ २९

    गुल्मीको छत्रकोट गाउँपालिकामा प्रधानाध्यापकहरुको क्षमता अभिबृदी तालिम सुरु भएको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत छत्रकोट गाउँपालिकाको आयोजनामा संचालित पाँच दिने तालिममा छत्रकोट गाउँपालिका भित्रका विभिन्न विद्यालयका ३७ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । तालीमको सहजकर्ताको रुपमा भूषण भुसाल ,दामोदर ज्ञवाली , ईश्वरी न्यौपाने ,गणेश सिन्जाली र बिनोद न्यौपाने रहनुभएको छ। छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डे को अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली , प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर पुन, सामाजिक बिकास समिति सम्योजक गुणाकर ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो । प्रशासकीय अधिकृत वीर बहादुर पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो ।

  • गुल्मीको  छत्रकोट गापामा  आगामी वर्षका लागि रायसुझाव संकलन सुझावल

    गुल्मीको छत्रकोट गापामा आगामी वर्षका लागि रायसुझाव संकलन सुझावल

    भुवन भुसाल, गुल्मी

    गुल्मीको छत्रकोट गाउँपालिकाले छत्रकोटवासी तथा सरोकारवाला संग राय सुझाव संकलन गरेको छ । आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाका निम्ति पालिकाले सबै पक्षलाई बोलाएर सुझाव संकलन गरेको हो । पालिकाले आज सुझाव संकलनका लागी राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्था, पत्रकार लगायत संग सुझाव संकलन गरेको हो ।

    कार्यक्रमको सुरुमै संबोधन गर्दै पालिका अध्यक्ष राम प्रसाद पाण्डेयले पालिकालाई आफ्नो घर मानी सुझाव दिन सक्रिय सहभागीताका लागि धन्यवाद व्यक्त गरेका छन । कार्यक्रममा सुझाव दिन आएका अधिकांसले पालिका भित्र बाँदरको आतंकले बस्नै नसक्ने अवस्था आएको बताएका छन । पालिकालाई सुझाव दिंदै कतिले बाँदर मार्न पाउनुपर्ने माग गरेका छन भने कतिले अनावश्यक रुख काटेर फलफुलका बिरुवा रोप्न सुझाव दिएका छन ।

    कस्का सुझाव कस्ता ?

    छत्रकोट ४ का स्थानिय भेषराज कंडेलले बसाईसराई रोक्न स्वास्थ्य क्षेत्रको सुधारका निम्ति आवस्यक काम गर्न सुझाव दिएका छन । साथै उनले शिक्षा क्षेत्रमा सामुदायिक बिधालयमा गुणस्तर वृद्धिका निम्ति आवस्यक काम गर्न सुझाव दिए ।

    शेषकान्त श्रेष्ठले नेवार समुदायको सम्पदा बचाउन आवस्यक बजेटको व्यवस्था गरिदिन आग्रह गरेका छन । उनले भिमशेन मन्दिर निर्माण, नेवारी भाषाको संरक्षणका लागि तालिमको व्यवस्था गर्न आग्रह गरेका छन । लुम्छाका स्थानिय बाबुराम अर्यालले स्थानीय सरकारको काममा खास गुनासो नभएको भन्दै अधुरा काम पूरा गर्न र सार्वजनिक जग्गा अतिक्रमण रोक्न सुझाव दिएका छन । छत्रकोट ५ को मिलिजुली सहकारीका अध्यक्ष मदन ज्ञवालीले पालिका भित्रका सहकारीहरुलाई पालिका भित्र एक मुल कानुन बनाई निगरानी गर्न सुझाव दिएका छन । ज्ञवालीले बाँदर नियन्त्रणका लागी उपाय बताउँदै बाँदर मारेरै सक्काउनुपर्ने सुझाव दिएका छन। ज्ञवालीले भने “बाँदर अब गाउँमै हतियार बनाएर मार्न पर्छ, उसले हाम्रो सक्काएपछी अब उसलाई पनि सक्काउनु पर्छ, हतियार बनाउने र मार्ने गर्न गाउँकै केटाहरुले सक्छन” ।

    छत्रकोट ४ का स्थानिय यम बहादुर नेपालीले बसाइँसराइ रोक्न, बन्यजन्तुको आक्रमण बाट रोक्न जंगल क्षेत्रलाई घेराबार गर्ने र जंगलमा फलफुल रोप्नुपर्ने सुझाव दिएका छन । नेपालीले आफू दलित अधिकारकर्मी समेत भएको बताउँदै दलित समुदायमाथी हुने अपहेलना अन्त्यका लागि पालिका निर्मम ढंगले लाग्नुपर्ने सुझाव दिएका छन ।

    चुण्ड कंडेलले बिधालय तहको पाठ्यपुस्तकमा बिधुतिय सामाग्री र ग्यासको प्रयोग र यसका जोखिम न्यूनीकरणको उपाय समाबेस गर्न र नैतिक शिक्षा समेत समाबेश गर्न सुझाव दिएका छन ।

    छत्रकोट ३ चोयगा निवासी क्या. कृष्ण थापाले सार्वजनिक जग्गाको अतिक्रमण रोक्न पालिका निर्मम बन्न सुझाव दिएका छन साथै उनले आगोलागी रोक्न आगो लगाउने व्यक्तिलाई कारवाही गर्न सुझाव दिएका छन ।

    प्रकाश पन्थले खानेपानी महशुल छुट गर्न सुझाव दिएका छन भने चोयगा मन्दिर व्यवस्थापन समिति अध्यक्ष बिक्रम कार्किले छत्रकोटको धार्मिक बनमा तारबारको लागि बजेट व्यवस्थापन गर्न, छत्रकोट मन्दिर प्रबेश द्वार देखि मन्दिर सम्म पैदल मार्ग बनाउन, पुराना अधुरा योजना पूरा गर्न, करको दर व्यवसाय अनुसार परिमार्जन गर्न लगायतका सुझाव दिएका छन ।

    छत्रकोट ३ लुम्छाका कमल प्रसाद श्रेष्ठले देउराली खोला भालुपानी खानेपानी आयोजनाको मुहान सुकेकाले थप मुहान बाट पानी ल्याउन बजेट व्यवस्था गर्न आग्रह गरेका छन । उनले बाँदर आतंकले बस्नै समस्या भएको भन्दै आफ्नो जग्गामा खेती गर्न पालिकालाई आग्रह गर्दै आफुले जेलादारी मा आफ्नै बारीमा काम गर्ने र अनाज पालिका संग खरिद गर्न तयार रहेको बताएका छन ।

  • मनकारी वडा सदस्य कुवर  सामाजिक सेवामा रमाउदै

    मनकारी वडा सदस्य कुवर सामाजिक सेवामा रमाउदै

    “आफुले पाउने भत्ता बाट जनप्रतिनिधिले गरे, अपाङ्ग र असहाय लाइ सहयोग”।
    चाहे ठुलै धन राशी होस् वा आफ्नो क्षमताले भ्याए सम्म, स्वोइच्याले अपाङ्ग तथा असहाय लाई गरिने सहयोगले बिसेस अर्थ राख्ने गर्दछ।
    गुल्मी जिल्ला सत्यवती गा पा को १ न वडाका जनप्रतिनिधि (वडा सदस्य)ले आफले पाउने मिटिङ्ग भत्ता बाट ३०% रकम अपाङ्ग असहाय लाइ सहयोग गरेका छन् । दैनिक आफ्ना वडा बासीको समस्या तथा गुनासो सुनुवाही तथा समाधान र वोडा भित्रका योजना तथा बिकाश निर्माणका कामहरुमा वडाध्यक्ष संगै समन्वय गर्दै आएका वडा सदस्य हिमलाल कुँवर तत्पर खटिरहने जनप्रतिनिधिको रुपमा चिनिने गर्दछन। जेष्ठ महिना सकिदै गर्दा अन्तिम आइतबारको मौका पारेर वडा सदस्य हिमलाल कुँवरले आफ्नै वडाका ३ जना गरिब, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई नगद तथा जिन्सी सामान हस्तान्तरण गरेका छन्। “सेवानै धर्म हो” भन्ने भावनाले उत्प्रेरित कुँवर सोहि वडाको रुद्रवेणीमा होटेल ब्यबसाय पनि गर्दै आएका छन्। धर्म संगै कर्ममा विश्वास गर्ने कुँवर लाई यस्तै सामाजिक कार्य गर्न थप हौसला मिलोस।

  • वडा सदस्य कुवले गरे बैठक बापतको  रकम बाट सहयोग

    वडा सदस्य कुवले गरे बैठक बापतको रकम बाट सहयोग

    “आफुले पाउने भत्ता बाट जनप्रतिनिधिले गरे, अपाङ्ग र असहाय लाइ सहयोग”।
    चाहे ठुलै धन राशी होस् वा आफ्नो क्षमताले भ्याए सम्म, स्वोइच्याले अपाङ्ग तथा असहाय लाई गरिने सहयोगले बिसेस अर्थ राख्ने गर्दछ।
    गुल्मी जिल्ला सत्यवती गा पा को १ न वडाका जनप्रतिनिधि (वडा सदस्य)ले आफले पाउने मिटिङ्ग भत्ता बाट ३०% रकम अपाङ्ग असहाय लाइ सहयोग गरेका छन् ।

    दैनिक आफ्ना वडा बासीको समस्या तथा गुनासो सुनुवाही तथा समाधान र वोडा भित्रका योजना तथा बिकाश निर्माणका कामहरुमा वडाध्यक्ष संगै समन्वय गर्दै आएका वडा सदस्य हिमलाल कुँवर तत्पर खटिरहने जनप्रतिनिधिको रुपमा चिनिने गर्दछन।

    जेष्ठ महिना सकिदै गर्दा अन्तिम आइतबारको मौका पारेर वडा सदस्य हिमलाल कुँवरले आफ्नै वडाका ३ जना गरिब, असहाय तथा अपाङ्गता भएका व्यक्तिलाई नगद तथा जिन्सी सामान हस्तान्तरण गरेका छन्। “सेवानै धर्म हो” भन्ने भावनाले उत्प्रेरित कुँवर सोहि वडाको रुद्रवेणीमा होटेल ब्यबसाय पनि गर्दै आएका छन्। धर्म संगै कर्ममा विश्वास गर्ने कुँवर लाई यस्तै सामाजिक कार्य गर्न थप हौसला मिलोस।

  • सङ्गठन बिस्तार  गर्दै  गुल्मी  वाइसीएल

    सङ्गठन बिस्तार गर्दै गुल्मी वाइसीएल

    चुरामणि तिमिल्सिना जेष्ठ   २८

    ने क पा माओवादी केन्द्र वाइसीएल गुल्मीले केही दिन यता देखि जिल्लाका विभिन्न स्थानमा आफ्नो सङ्गठन बिस्तार गर्ने क्रम लाई तीव्रता दिएको छ। सनिवार जिल्लाका फरक फरक स्थानमा नयाँ नेतृत्व समेत चयन गरेको केन्द्र गुल्मीका सचिव अशोक थापाले जानकारी दिनु भयो। बिस्तार कार्यक्रममा गुल्मीदरबार गाउँपालिकामा प्रकाश स्वर्णकार लाई गाउँपालिका अध्यक्ष चयन गरिएको हो।

    यस्तै छत्रकोट गाउँपालिकामा केशर कंडेल र सत्यवतीमा टिकाराम गैरे लाई अध्यक्षमा चयन गरिएको वाइसीएल केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला संयोजक अशोक श्रेष्ठले बताउनु भयो। सदस्यता नबिकरण , नयाँ सदस्यता प्रदान देशमा मौलाएको भ्रष्टाचार बिरुद्धको आन्दोलन तथा खबरदारी गर्न को लागि कार्यक्रम लाई अगाडी बढाइयको श्रेष्ठले बताउनु भयो।

  • लक्ष्मीपुरमा मनो चिकित्सा सम्बन्धि  २ दिने कार्यक्रम सम्पन

    लक्ष्मीपुरमा मनो चिकित्सा सम्बन्धि २ दिने कार्यक्रम सम्पन

    चुरामणि तिमिल्सिना जेष्ठ २८

    सत्यवती गाउँपालिका,गुल्मीको आयोजना तथा लक्ष्मीपुर माध्यमिक विद्यालय सत्यवती -२ ,चेहेमीको सहआयोजनामा सत्यवती गाउँपालिका भित्रका नि.मा.बि.र मा.बि.संचालित विद्यालयका रेडक्रस विद्यार्थी प्रतिनिधि र शिक्षक नायक/सहनायक र अभिभावकलाई २दिने मनोचिकित्सा परामर्श कार्यक्रम प्रदान गरिएको हो।
    सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे,उपाध्यक्ष निरमाया तरामु,प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल ,शिक्षा शाखा प्रमुख बिष्णु ज्ञवाली,कम्प्युटर सहायक धन बहादुर तरामु,प्रशिक्षक द्वय शिक्षा बिकास तथा समन्वय इकाई रुपन्देही प्रमुख दिपेन्द्र ढकाल,रेडक्रस गुल्मीका उपसभापति कृष्ण प्रसाद भण्डारी, लगायतकको आथित्यता रहेको थियो। समापन सत्रमा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो कार्यक्रममा अध्यक्ष पाण्डेले यो कार्यक्रम प्रभाव कारी रुपमा सम्पन्न भएकोले आगामी दिनमा पनि यस्तै कार्यक्रम पालिकाले सन्चाल्न गरेर सबै माझ सचेतना जगाउने प्रतिबद्धता जायर गर्नु भयो।

  • छत्रकोटमा गणित शिक्षक लाई २दिने तालिम  प्रदान

    छत्रकोटमा गणित शिक्षक लाई २दिने तालिम प्रदान

    कालिदास आत्रेय
    जेठ २७
    मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गुल्मीको छत्रकोट गाउँपालिकामा गणित बिषयमा अध्यापनरत शिक्षकहरुको दुई दिवसीय क्षमता अभिबृद्दि तालीम सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाकाबिभिन्न विद्यालयका माध्यमिक , निम्नमाध्यमिक र प्राथमिक तहमा अध्यापन गर्ने १/१ जना गरि ६५ जना गणित शिक्षकहरुको सहभागीता रहेको थियोे । वरिष्ठ प्रशिक्षक एबम लेखक हुकुम प्रसाद दाहाल ले तालिमको सहजीकरण गर्नुभएको थियोे । छत्रकोट गाउँपालिकामा गणित बिषयको सिकाई उपलब्धि बढाउने उद्देश्य राखेर सन्चालन गरिएको तालिमको सार्थकताको लागि सबै सहभागीहरुलाई कटिबद्ध भएर लाग्न शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले आग्रह गर्नुभएको छ। छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न समापन समारोहमा उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रशिक्षक हुकुम प्रसाद दहाल,शिक्षा शाखाका प्रा स बिनोद न्यौपाने लगायत को आतिथ्यता रहेको थियोे । कार्यक्रममा सहभागी बिच अन्तर्कृया गरिएको थियोे । सो अबसरमा सहभागी हरुलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा सहभागीको तर्फबाट कालिदास आत्रेय , प्रशिक्षक हुकुम प्रसाद दाहाल लगायत ले मन्तव्य राख्नु भएको थियो। तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले गणित बिषयको नतिजा सुधार गर्नको लागि शिक्षकको इच्छाशक्ति , सामर्थ्य र जिम्मेवारी हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियोे ।

  • रुरु  अन्लाईनको समाचारको प्रभाव सडक ब्यवस्थथित

    रुरु अन्लाईनको समाचारको प्रभाव सडक ब्यवस्थथित

    चुरामणि तिमिल्सिना  जेष्ठ २७

    पाल्पा  गुल्मी र स्याङ्जाको को संगम स्थल रुरुधाम नजिकै मन्दिर जाने सडक खण्ड कालीमाटीमा सडक अवस्थाको समाचार रुरु सञ्चारमा प्रकाशन गरेका थियौ। कालीमाटी लामो समय सम्म थोरै मात्र सडक विग्रिदा यातायात सञ्चालनमा निकै कष्टकर बनेको थियो।

    स्थानीयले बारम्बार र सम्बन्धित निकायमा भनिरहदा कसैले चासो नदेखाएकाले रुरु सन्चार मिडिया लाई समाचार संकलन र प्रकाशन गर्न आग्रह गरेका थिए। मिडियाले समाचार प्रकाशन र प्रसारण गरे पछी आज सम्बन्धित निकायले सडक बनायको हो ।यसरी कार्य गरी यातायात सञ्चालन तथा आवज जावत गर्न सहज गराइदिनु भएकोमा मिडिया देखि धन्यवाद समेत प्रकट गर्दछौ।

  • गुल्मीको  छत्रकोटमा क्षमता अभिबृद्दि तालिम

    गुल्मीको छत्रकोटमा क्षमता अभिबृद्दि तालिम

    कालिदास आत्रेय जेठ २६

    मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत गणित विषयमा अध्यापनरत शिक्षकहरुको दुई दिवसीय क्षमता अभिबृद्दि तालिम गुल्मीको छत्रकोट गाउँपालिकामा सुरु भएको छ । छत्रकोट गाउँपालिकाका विभिन्न विद्यालयका माध्यमिक , निम्नमाध्यमिक र प्राथमिक तहमा अध्यापन गर्ने १/१ जना गरि ६५ जना गणित शिक्षकहरुको सहभागीता रहेको छ ।

    वरिष्ठ प्रशिक्षक एबम लेखक हुकुम प्रसाद दाहाल ले तालिमको सहजीकरण गरिरहनु भएको छ । छत्रकोट गाउँपालिकामा गणित बिषयको सिकाइ उपलब्धि बढाउने उद्देश्यका साथ तालिम सन्चालन गरिएको शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बताउनु भएको छ। छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्री रहनुभएको थियोे । त्यसैगरि विशिष्ट अतिथी जिल्ला समन्वय समिति उपप्रमुख तेजेन्द्र सलामी रहनुभएको थियो । छत्रकोट गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रशिक्षक हुकुम प्रसाद दाहालले तालिमको बारेमा प्रकाश पार्नुभएको थियोे ।

    कार्यक्रममा बोल्दै दाहालले गणितको मुख्य समस्या आधारभुत तहमा रहेकोेले गणितलाई जीवन सङ्ग जोडदै शिक्षण गर्नुपर्ने कुरा बताउनु भएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि दोर्ण बहादुर खत्रीले विद्यालयमा गणित शिक्षक सदैब अग्रपंक्तिमा रहने उल्लेख गर्दै गणित शिक्षकले विद्यार्थीलाई गणित बिषय प्रती रुचि जगाउनु पर्ने कुरामा जोड दिनुभएको थियो। उद्घाटन शत्र को समापन गर्दै छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले तालिम कर्मकाण्डी मात्र हुन नहुने भन्दै तालिममा सिकेका कुरा कक्षाकोठामा पुराउन आग्रह गर्नुभएको थियोे । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले गर्नुभएको थियोे ।