Category: समाचार

  • छत्रकोटका न्यौपानेले  गरे  नेकपा एमाले  छोडेको घोषणा  गरेका छन

    छत्रकोटका न्यौपानेले गरे नेकपा एमाले छोडेको घोषणा गरेका छन

    युवा संघ गुल्मी कमिटीका पुर्व सचिव तथा पालिका कमिटी सचिवालय सदस्य राम कृष्ण न्यौपानेले आफ्नो सामाजिक सन्जाल बाट विभिन्न बुदामा उल्लेख गर्दै आफुले काम गर्दै आयको पाटि नेकपा एमाले आजै बाट छोडेको प्रेस बक्तब्यमा मा उल्लेख गरेका हुन । करिव १० बर्ष निरन्तर रुपमा पाटिमा दिनरात भनेर लाग्दा पनि आफुलाइ पाटिले बेवास्ता गरेको आफुले राखेका योजनाहरु कहिलै पनि समर्थन नगरेको पाटि भित्र आन्तरिक रुपमा आर्थिक मौलाउदै गयको पटक पटक पाटिले केन्द्रमा नेतृत्व गर्दा जन भावना अनुसरण काम गर्न नसकेको जस्ता महत्त्वपूर्ण विषयलाई समेटीएको छ।

     

    प्रेस व्क्तव्य
    विषय :- दल त्याग सम्बन्धमा ।
    विगत एक दशक देखि सक्रिय रुपमा काम गरेको पार्टी नेकपा (एमाले)आजैका मिति देखि परित्याग गरेको छु ।
    कारण :-
    १) पटक पटक स्थानिय सरकारको नेतृत्व गरिरहदा पनि गाउँ समाजका आवस्यकता अनुसारका आवज उठाउदा , माग गर्दा साथै विभिन्न कार्यहरुको प्रपोजल पेश गर्दा समेत वेवास्ता गर्ने गरेको ।
    २) पार्टी पटक पटक सरकारको नेतृत्व गरिरहदा जनभावना तथा देशको आवश्यकता भन्दा बाहिर गायर काम गरेको । mcc र spp जस्ता अनावस्यक सम्झौता का पछाडि लागेको ।
    ३) पार्टी भित्र आन्तरिक आर्थिक अनियमितता दिन प्रतिदिन मौलाउदै गयको ।
    ४) पाटी नेतृत्व को केहि अनुकुलता नमिले विभिन्न तरिका बाट दवाव श्रीजना गर्ने गरेको ।
    ५) जिल्ला तथा पालिका नेतृत्व नीति सिद्धान्त बाट विचलित भै पुर्वाग्रहि सोच र सतही निर्णय गर्न मा व्यस्त भयको ।
    ६) पार्टी विधान विपरित अबैध तरिकाले कार्वाही गर्ने प्रयास गरेको …..आदि ।
    साथै ,मेरो आग्रह र प्रभावमा परि अन्य दल परित्याग गरि नेकपा ( एमाले ) मा समाहित हुनु भयका सम्पुर्ण साथिहरु को उज्ज्वल भविश्यको कामना गर्दछु र आगामी दिनमा आइपर्ने हरेक समस्या मा क्षमता ले सक्ने सहयोग सदैब गर्ने प्रण गर्दछु ।
    नेकपा ( एमाले ) मा रहि अनेक कार्य सम्पादन गर्ने क्रममा कोहि कसै प्रती जान अन्जानमा चोट पुगेको भय क्षमायाचना गर्दछु ।
    आगामी दिनमा सचेत र जिम्मेवार नागरिक को तह बाट निम्न पुजीवादी चिन्तन ले ग्रसित समाज मा व्यापक पुजिको विकास गरि उत्पादन ,रोजगारी श्रीजना ,स्व रोजगारी श्रीजना गर्ने अभियानमा अनवरत रुपमा लागिरहने छु ।
    अन्तमा ,
    परिवर्तीत समय अनुसार आफुलाइ पनि परिवर्तन गरि समुन्नत गाउँ र सभ्य समाज निर्माण अभियान मा सहकार्य गर्नुहुन आम जनसमुदाय हार्दिक अनुरोध गर्दछु ।
    रामकृष्ण न्यौपाने
    छत्रकोट ४ दिगाम गुल्मी (more…)

  • रुरु धाममा तीर्थयात्रीको संख्यामा वृद्धि

    रुरु धाममा तीर्थयात्रीको संख्यामा वृद्धि

    चुरामणि तिमिल्सिना  बैशाख   १३ रुरु धाम

    पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक एवम् पर्यटकीय पवित्र तीर्थ स्थल रुरु क्षेत्र धाममा केही समय यता देखि आन्तरिक तथा बाहय पर्यटक तथा तीर्थ यात्री बढेका छन। कालीगण्डकी नदिमा स्नाम गर्ने , भगवानको दर्शन , १००८ शालकराम भगवानको दर्शन तथा यहाँ का धार्मिक तथा पुराना सम्पदा हरको अवलोकन गर्ने गर्दछन। यहाँ सुबिधा सम्पन्न राम्रा गुणस्तरीय होटलहरु भएको र तिन मुखे पुल्को कारणले पनि यहाँ पर्यटहरु आउने गर्दछन।

  • रिब्दीकोट कालिका मा .वि मा  हाजिरी जवाफ  प्रतियोगिता  सम्पन्न

    रिब्दीकोट कालिका मा .वि मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

     

    चुरामणि   तिमिल्सिना  बैशाख १२ 

     रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ बतासेको कालिका माद्यामिक बिद्यालयले स्वर्ण महोत्सवको उपल्यक्षमा रिब्दीकोट गाउँपालिका स्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलख बहादुर कार्की को अध्यक्षतामा सन्चालित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको प्रमुख आथित्यता रहेको थियो। कार्यपालिका सदस्य सुनिल बस्याल, प्रधानाध्यापक यादव बहादुर कँुवर, वडा सदस्य रुद्र बहादुर थापा, वडा सचिव कमल ज्ञवाली, यस्तै नारायण बहादुर लाम्टाङ्गे,शिव बहादुर कुँवर लगाएतका अतिथिहरुले बिधालय लाई आफ्ना भनाइ सहित शुभकामना व्यक्त गर्नु भएको थियो।

    कार्यक्रममा बोल्ने बक्ता हरुले यस विद्यालयलाई नमुना विद्यालय बनाउन आफुहरु सधै तत्पर रहने प्रतिबद्धता जनाउदै शिक्षाको गुणस्तरमा वृद्धि गर्नका साथै हरेक क्षेत्र बाट बिध्यालयको नाम राख्न आफुहरु निरन्तर लाग्ने प्रतिबद्धता जायर गर्नु भयो। । हाजिर जवाफ प्रतियागितामा शारदा मा.वि प्रथम दुत्तिय ज्ञानमाला मा.वि, तृतीय नारायण मा.वि ले हासिल गरेको हो । कार्यक्रममा विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सन्चालन शिक्षक टेक बहादुरु वि.क ले गर्नु भएको थियो। (more…)

  • रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप घोषणा

    रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप घोषणा

    रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप घोषण
    इस्वरी बश्याल बैशाख १०,गुल्मी

     

    रुरुक्षेत्र गाउँपालिका गुल्मीलाई आज एक औपचारिक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ ।

     

    कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक यदु ज्ञवालीले पुर्ण खोप सुनिश्चितताको दिगोपनको लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने र हाल आफ्नो पालिकामा कुनै पनि बालबालिकाहरु खोप बाट बन्चित नरहेको दाबी गर्नुभयो ।

     

    कार्यक्रममा रुरुक्षेत्र गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारीले पालिकामा वर्तमान खोपको आवस्था बारे प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

    जिल्ला खोप समन्वय समितिका सदस्य तथा स्वास्थ्य कार्यलय गुल्मीका निरिक्षक बोम बहादुर अर्यालले शुभकामना दिदै गाउँपालीकाको स्वास्थ्य क्षेत्रका योजना तथा कार्यक्रमको प्रसंसा गर्नु भएको थियो ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल,जनप्रतिनिधि र सम्पूर्ण स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

    गुल्मीमा धुर्कोट गाउँपालिका र मुसिकोट नगरपालिका पुर्ण खोप घोषणा गर्न बाँकी रहेको र केही दिनमै घोषणा हुने जिल्ला खोप समन्वय समितिका सदस्य अर्यालले जानकारी दिदै त्यस लगत्तै जिल्लालाई घोषणा गरिने बताउनु भयो । कार्यक्रमको सन्चालन स्वास्थ्य शाखामा कार्यरत अमृत ज्ञवालीले गर्नुभएको थियो।

  • रुरु क्षेत्र  गाउँपालिकामा ७ दिने  बाल बिकास  सहजकर्ताको तालिमको उत्घाटन

    रुरु क्षेत्र गाउँपालिकामा ७ दिने बाल बिकास सहजकर्ताको तालिमको उत्घाटन

    चुरामणि तिमिल्सिना  बैशाख  १२

    रुरु क्षेत्र गाउँपालिका बलेटसार गुल्मीमा वालविकास सहजकर्ता शिक्षकहरुको लागि ७ दिने क्षमता विकास तालिमको औपचारिक रूपमा उत्घाटन गरिएको छ। ।उत्घाटन सत्रमा गाउँपालिका अध्यक्ष अध्यक्ष यदु ज्ञवाली,उपाध्यक्ष मिनादेवी गौतम,प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल,गाउँ शिक्षा समितिका सदस्यहरु शेषनारायण पौडेल,हरि प्रसाद ज्ञवाली र तोयनारायण ज्ञवाली,छनौट सिफारिस तथा कार्यान्वयन समितिका सदस्य गीता बमरेल, सामाजिक डिभिजन कार्यालय पाल्पाका प्रमुख हरिलाल अर्याल जनबोध माध्यमिक बिध्यालयका प्रधानाध्यापक वामदेव ज्ञवाली,क्याम्पस प्रमुख शोभाखर पन्थ, आथित्यता रहेको थियो ।सात दिन सम्म सन्चाल्न हुने प्रशिक्षण कार्यक्रममा लिडिया लामा,रोजिना चित्रकार,पुजा आलेले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । तालिममा बोल्दै अध्यक्ष ज्ञवालीले सामुदायिक बिध्यालयको नतिजा संगै गुणस्तर वृद्धि गर्न हरेक शिक्षकहरु लगिन शिल भएर लाग्नु पर्ने बाल शिक्षामा बाल बालिका लाई नयाँपन दिने स्मरण शक्ति , रमाइलो बाताबरण सहित अध्यापन , खेल्दै सिक्दै जस्ता चित्र बाट ज्ञान आर्जन मनोरञ्जन अन्तरगत टेलिभिजन जस्ता कार्यक्रमहरु समेटिने हुँदा यो तालिम अति आवस्यक रहेको उत्घाटन सत्रमा जोड दिनु भएको थियो । तालिममा ४६ जनाको सहभागीता रहेको छ ।उत्घाटन सत्रको सहजिकतण शाखाका तेज बहादुर कुमालले गर्नु भएको थियो।

  • बस दुर्घटनामा १ जनाको  मृत्यु

    बस दुर्घटनामा १ जनाको मृत्यु

    पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, जोरधारा नजिकै भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको भने दुर्घटनामा परी ३८ जना घाइते भएका छन् । बस दुर्घटनामा परेर रुपन्देही जिल्ला देवदह–३, का ३५ वर्षीया राधिका पौडेलको मृत्यु भएको छ ।

    बस दुर्घटनामा परी ३८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाइते सबैको तानसेन प्रभासस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।

  • सहकारी को प्रारम्भिक बार्सिक साधरण धुर्कोट नयाँगाउँमा सम्पन्न

    सहकारी को प्रारम्भिक बार्सिक साधरण धुर्कोट नयाँगाउँमा सम्पन्न

     

    बिष्णु कुवर

    गुल्मिको धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउँ मा गठित नयाँगाउ कृषि तथा पशु बिकास महिला बहुउद्देश्यीय सहकारी सस्थाको पहिलो प्रारम्भिक साधरण सभा सम्पन्न भएको छ

    धुर्कोट गापालिका वडा न ०१ का वडा अध्यक्ष चेतमान कुवर को प्रमुख आथित्यता कार्यपालिका सदस्य कस्मिरा अधिकारी,बिमला पाध्यवती वडा सदस्य चन्द्र बिक,लक्ष्मण थापा सचिब नारायण पोख्रेल ,सिर्जनसिल सामुदायिक बिकास केन्द्रबाट नरेस भण्डारी, हेफर प्रोजेक्ट नेपालका बजार सहजकर्ता वसन्त भलामी, पसु प्राबिधिक नारायण जि सि, कृषि प्राबिधिक भावना महत विभिन्न सहकारीका प्रतिनिधि,राजनीति दल लगायतको विशेष आथित्यता रहेको थियो !

    कार्यक्रममा मिना मल्ल को अध्यक्षताबाट सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य गोमादेबी पोख्रेल रहेको थियो भने कार्यक्रम को सन्चालन सहकारीको ब्यबस्थाक पुनम सुनारले गर्नु भएको थियो  /

  • जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु

    जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु

    प्युठान।
    प्युठानको माण्डवी गाउँपालिकामा स्थानीय तहको सेवा प्रवाहमा जनप्रतिनिधि र कर्मचारी विचको भुमिका विषयक प्रशिक्षण सुरु भएको छ।आज देखि गाउँपालिका सभाहल जस्पुरमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नमराज अधिकारीले सवैले आफ्नो सीप अनुसारको ज्ञान दिनु पर्ने बताउँदै जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले दिगो विकास हुने विस्वास व्यक्त गर्नु भयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत टाेपेन्द्र प्रसाद रिजालले शुभकामना मन्तव्य राख्नु भएको थियो।शुभकामना मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष कालाथोकीले जनभावना अनुसार विकास र समृद्धि हासिल गर्न जनप्रतिनिधि र कर्मचारी विचको समन्वय ,सहकार्य तथा सहजिकरण प्रभावकारी हुनु पर्नेमा जोड दिनु भयो।यस्तै उपाध्यक्ष कालाथोकीले आफ्नो जिम्मेवारी अनुसार काम गरे मात्र सेवा प्रवाह राम्रो हुने भएकाले सम्पुर्ण जनप्रतिनिधि तथा कर्मचारीलाई थप जिम्मेवार भएर काम गर्न निर्देशन दिनु भयो।आगामी शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रममा स्थानीय विकास प्रतिष्ठानका टाेपेन्द्र प्रसाद रिजाल,उदयनाथ खनाल,हेमराज थापा,अमित श्रेष्ठ लगायतले तालिमको सहजीकरण गर्नु हुनेछ।प्रशिक्षण कार्यक्रममा जनप्रतिनिधि र विभिन्न विषयगत शाखा प्रमुख सहितका कर्मचारीहरुको सहभागिता रहेको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेको सहजीकरण रहेको कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख बलराम पौडेलले गर्नु भएको थियो।

  • छत्रकोट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि ३ दिने परिमार्जीत HMIS र ३ दिने DHIS-2 तालिम गाउँ पालिकाकाको सभाहलामा सम्पन्न

    छत्रकोट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि ३ दिने परिमार्जीत HMIS र ३ दिने DHIS-2 तालिम गाउँ पालिकाकाको सभाहलामा सम्पन्न

    चुरामणि तिमिल्सिना गुल्मीको छत्रकोट गाउँपालिकामा स्वास्थ्यकर्मीहरुका लागि ३ दिने परिमार्जीत HMIS र ३ दिने DHIS-2 तालिम गाउँ पालिकाकाको सभाहलामा सम्पन्न भएको छ । १५ जना स्वास्थ्यकर्मीहरुको सहभागी रहेको तालिम २ चरणमा गरी ६ दिन सम्म संचालन भएको छ । तालिममा जनस्वास्थ्य निरीक्षक मनोज पौडेल र दिपक पाण्डेले सहजीकरण गर्नु भएको थियो। तालिम समापन सत्रमा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले स्वास्थ्य सेवाका सबै सुचनाहरुलाई व्यवस्थित गर्न र योजना तयार पार्न यस तालिमले महत्वपूर्ण योगदान पुर्याउनेछ साथै पालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुमा छिटै कम्पयूटरको व्यवस्था गरिने जस्ले गर्दा संस्थाको रिपोर्टिङ लगायतका प्रशासनिक कार्यमा सहजता हुने धारणा व्यक्त गर्नु भएको छ यता स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले तालिमले स्वास्थ्य सेवाका सबैका सुचनाहरुको रेकर्डिङ र रिपोर्टिङलाई डिजीटाईलेशन गर्न स्वास्थ्यकर्मीहरुको ज्ञान सिप र दक्ष बनाउनेछ भन्दै तालिमको सहि सदुपयोगका लागि स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनु भएको थियो । कार्यक्रमको संचालन सि.अ.हे.व. सपना टण्डनले गर्नु भएको थियो ।

  • रुरुक्षेत्र गॉउपालिका द्वारा संचालन  गरिएको हाजिरि जबाफ प्रतियोगिता सम्पन्न

    रुरुक्षेत्र गॉउपालिका द्वारा संचालन गरिएको हाजिरि जबाफ प्रतियोगिता सम्पन्न

    चुरामणि तिमिल्सिना रुरुक्षेत्र गाॅउपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजना संचालन गरिएको रुरुक्षेत्र गाउपालिका अन्तर्गत अन्तर माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगीयता जनाबोध माध्यमिक विद्यालयमा सपन्न भएको हो ८ बिध्यालयको सहभागिता रहेको प्रतियोगितामा जनबोध माध्यमिक विद्यालय रानिबास प्रथम ,जनाज्योति माध्यमिक विद्यालय रिमुवा द्वितीय र राष्ट्रिय माध्यमिक विद्यालय कोटले तृतीय स्थान हासिल गरेको हो । जनबोध माध्यमिक बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि प्रसाद ज्ञवालीको अध्यक्ष रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आथित्यता रहेको थियो ।यस्तै समारोहमा पालिकाका उपाध्यक्ष मिना देवि यस्तै जनप्रतिनिधि हरुको विशिष्ट आथित्यता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष ज्ञवाली शिक्षा जस्तो महत्त्वपूर्ण विषयलाई हेल च्यक्र्याइ नगरी गम्भीरतापुरक लागेर सबै शिक्षा क्षेत्रमा खटिने गुरु बर्ग लाई नियामित पठन पाठन सङै अतितिक्त क्रियाकलाप पनि संचालन गरेर बिद्यार्थीको प्रतिभा उजागर गर्न आग्रह गर्नुभयो। कार्यक्रममा जनबोध माध्यमिक बिध्यायका प्रधानाध्यापक बाम देव ज्ञवालीले स्वागत गर्नु भएको थियो कार्यक्रम सफल पार्न रमेश पन्थको टोलिले प्रसनपत्र निर्माण गर्नु भएको थियो कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले गर्नु भएको थियो।