Category: समाचार

  • ग्वाघा  स्वास्थ चौकीको नव निर्मित  भवनको उत्घाटन

    ग्वाघा स्वास्थ चौकीको नव निर्मित भवनको उत्घाटन

    गुल्मी   जेष्ठ ३२

    चन्द्रकाेट गाउँपालिका वडा नं. ५ ग्वाघामा नवनिर्मित ग्वाघा स्वास्थ्य चाैकीकाे समुदघाटन कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री रहनु भएको थियो।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख कोष नियन्त्रक छविन्द्र वेल्वासे, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयाेजना कार्यान्वयन ईकाई रुपन्देहीका प्रमुख विदुर खड्का, ग्वाघा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष पृथ बहादुर कार्की, विभिन्न वडाका वडाध्यक्ष तथा विषयगत समितिका संयोजकहरू, कार्यपालिका सदस्य, वडा सदस्यहरू, स्वास्थ्य कार्यालय गुल्मीका श्रीकृष्ण भट्टराई, स्वास्थ्य शाखा प्रमुख,    आयोजना कार्यान्वयन इकाइ रूपन्देहिका ईन्जिनियर, लेखा अधिकृत, स्थानीय राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरू, स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, स्थानीय समाजसेवी तथा वुद्दिजिविहरू, स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरू, वडा कार्यालयमा कार्यरत कर्मचारीहरू, स्थानीय नागरिकहरू लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमकै अवसरमा वडा नं ५ ग्वाघाको वडा स्तरीय कार्यक्रम स्वयंसेवीका सम्मान अन्तर्गत वडामा कार्यरत ९ जना महिला स्वयंसेवीका हरूलाई सम्मान गरिएको थियो।

  • गुल्मीको  सत्यवतीमा  गयराति चोरी  प्रहरी  अनुसन्धान तर्फ  पुगो

    गुल्मीको सत्यवतीमा गयराति चोरी प्रहरी अनुसन्धान तर्फ पुगो

    चुरामणि  तिमिल्सिना  जेष्ठ ३२

    गएराति सत्यवती १ अस्लेवा चौरमा लाखौ वरावरको गरगहना तथा धनमाल चोरी भएको खवर प्राप्त भएको छ।  वडा न १ का
    तोयनाथ पान्डेय , पुष्पा अर्याल, सन्जय थापा,सिता कुवर, लगायतको घर तथा दराजको चापि काटि घरमा भएका मानिसहरूको अन्य कोठामा चुक्कल लगाइदिएर  चोरले   चोरेको   स्थानीय  संतोष  गौतमले  जानकारी   दिनुभयो।  चोरले  कस्को घर बाट कति लगो भन्ने  अहिले  सम्म  यकिन  नभएको   प्रहरीले मुचुल्का गरे पछी  मात्र  थाहा हुने हुँदा ठ्याक्कै रकम नखुलेको  समाचारमा उल्लेख  गरिएको  छ ।

  • गुल्मीको  सत्यवतीमा सार्वजनिक  सुनुवाइ कार्यक्रम  सम्पन्न

    गुल्मीको सत्यवतीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

    चुरामणि  तिमिल्सिना जेष्ठ  ३२

    गुल्मीको सत्यवती गाउँपालिकामा सार्वजनिक सुनावाइ कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाको सभाहलमा सन्चालन भएको कार्यक्रममा पालिकाका बासि सेवाग्राहिको भिड नै लागेको थियो । सडक, खानेपानी, शिक्षा ,स्वास्थ्य, खेलकुद स्थानीय प्रवर्द्धनात्मक कार्यक्रमहरु कृषि, रोजगारी, भौतिक पुर्वाधार जस्ता विषयमा सेवाग्राहिले चासोको साथ अध्यक्ष, उपाध्यक्ष तथा जनप्रतिनिधि लाई समयमा काम सक्न तथा विभिन्न विषयमा जिज्ञासा समेत राखेका थिए ।कार्यक्रममा पालिकाका अध्यक्ष टिकाराम पाण्डेले १ बर्ष पुरा हुँदा पालिकामा स्वास्थ,शिक्षा, सडक,खानेपानी, बिधुत, हाटबजार , प्रशासनिक क्षेत्र, सडक, भौतिक पुर्वाधार जस्ता कामलाई निरन्तरता दिदै आएको र आगामी समयमा टिमले सोचेभन्दा बढि उपलब्धि हुने दाबि गर्नु भयो।

    अध्यक्ष पाण्डेले सभामा बोल्दै भन्नुभयो कि हामि जनताका प्रतिनिधि हौ जनताका सेवा गर्न यहाँ आएका हौ कसैको दबाब प्रलोभनमा नफसि काम गरेका छौ बजेट बितरणमा कसैलाई काखा र कसैलाई पाखा र नबनाई स्थान परिवेश र आवश्यकताको आधारमा बिनियोजन गरेर काम अगाडी बढाइएको समेत दाबि गर्नुभयो। कृषि क्षेत्रमा अगाडी बढाउन विभिन्न निकाय संग समन्वय, समझदारी गर्दै पालिका कृषि शाखाको बजेटबाट कृषक लाई राहत पुर्याउने अभ्यासले आफ्नो टिम सफल भएको समेत बताउनु भयो । यस्तै उपाध्यक्ष निरमाया तरामुले न्याय सम्पादनको विषय महिला हक, महिला सचेतना, र जनचेतना मुलक कार्यक्रम स्वास्थ शिक्षा जस्ता महत्त्वपूर्ण कार्यहरुलाई प्राथमिकता साथ छलफल गरेर निर्णयमा पुगेकोले समस्या नआएको बताउनु भयो । पालिकाका हरेक वडामा भएका बिकास निर्माणका काम लाई कतै ढिला सुस्ति कतै नापजाच र कतै अनियामितता भएको भए तत्काल लै पालिका मा खबर गर्न र सबै लाई बिकासका काममा हातेमालो गर्दै अगाडी बढ्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल राज भुसालले आग्रह समेत गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि, महिला समुह, स्थानीय संघसस्थाका प्रमुख, शैक्षिक ब्यक्तित्वहरु पत्रकार सुरक्षा निकाय लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संयोजन तम्घास स्थित रहेको जनधार मिडिया प्रा. लि. ले गरेको थियो।

  • गुल्मीको  मजुवामा बजार अनुगमनअखाद्य बस्तु  जफत गरि नष्ट

    गुल्मीको मजुवामा बजार अनुगमनअखाद्य बस्तु जफत गरि नष्ट

    जेष्ठ  ३१  गुल्मी

    घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको संयोजकत्वमा तथा जिल्ला प्रशासन कार्यालय गुल्मी, चन्द्रकोट गाउँपालिका गुल्मी तथा प्रहरी चौकी मजुवाको समन्वयमा चन्द्रकोट गाउँपालिका ८ को मजुवा बजारमा संयुक्त बजार अनुगमन गरिएको छ ।

    अनुगमनको क्रममा भेटिएका म्याद नाघेका अखाद्य वस्तु बरामद गरि कर्मचारी तथा सुरक्षाकर्मीको रोहबरमा नष्ट गरिएको छ ।

    पसलमा देखिएको समस्याको बारेमा मौखिक मात्रै नभई लिखित जानकारी दिइएको छ । साथै अर्कोपटक सुधार नगरे कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

    अनुगमनको क्रममा: पसलको साइन बोर्ड नभएको,मुल्य सूचि नराखेको,दर्ता तथा नविकरण नगरेको र मिश्रीत ढंगले पसल सञ्चालन गरेको पाईएकोमा तत्काल सुधार गर्न निर्देशन  समेत दिइयको हो।

  • रिब्दीकोटमा १ दिने शैक्षिक   कार्याशाला

    रिब्दीकोटमा १ दिने शैक्षिक कार्याशाला

    चुरामणि तिमिल्सिना

    रिब्दीकोट गाउँपालिका खस्यौली, पाल्पाको आयोजनामा विध्यालय स्तरीय शैक्षिक तथ्यांक ( IEMIS ) सम्बन्धी १ दिने कार्यशाला सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा संचालित कार्यक्रममा पालिकाका हरेक बिद्यालयका (IEMIS) सित काम गर्ने प्रधानाध्यापक तथा शिक्षकहरको सहभागीता रहेको थियो ।हरेक बिद्यालयका तत्याङक लाई ब्यबस्थित गर्ने , साना आधारभुत तहका बिद्यालय हरु माध्यमिक तहको आसा नगरी आफै कम्पुटरमा प्रबिस्ट गर्ने ठिक तरिकाले प्रविस्ट गर्दा उपबधि हुने हुँदा तालिम आवस्यक रहेको शिक्षा शाखा प्रमुख मणि खनालले जानकारी दिनु भयो।

  • आउँदो असार ४ मा रुरु धाममा रु ३००० मा  वर्तबन्ध

    आउँदो असार ४ मा रुरु धाममा रु ३००० मा वर्तबन्ध

    चुरामणि  तिमिल्सिना  जेष्ठ ३०

    पाल्पा गुल्मी र स्याङ्जाको सङम स्थल रुरु क्षेत्र रिडीमा आउँदो असार ४गते सोमबारका दिन सामुहि वर्तबन्ध गर्ने कार्यक्रम रहेको छ।बिगतका वर्षहरुमा पनि यस्तै कार्यक्रमहरु गर्दै आयको र प्रचारप्रसारमा टेवा पुर्याउने र संचार प्रा लि का कार्य लाई सबै लाई बुझाउन , अभिभावक लाई पनि झन्झटिलोमा रोमलिन नपर्ने कारणले कार्यक्रमको आयोजना गरिएको हो।

    कार्यक्रममा वर्त बन्ध रुद्री यस्तै ग्रहशशान्ति समेत गरिने छ बर्तबन्धमा रु ३००० मात्र खर्च लाग्ने छ भने अन्य सम्पुर्ण ब्यबस्थापन आयोजक सस्था रुरु धार्मिक सेवा सन्चार प्रा लिले गर्ने तयारी भएको छ । अन्य आमा बुवा दाजु भाइ दिदि बैनिहरुले आफ्ना बाबुहरुको ब्रतबन्ध गर्ने योजना बनाउनु भएको । जस्मा सम्पर्क समेत गर्न सक्ने आयोजकले बताएको छ ।
    सम्पर्क कार्यक्रम सम्योजक तथा ब्यबस्थाक चुरामणि तिमिल्सिना 9847397323 /9857068323 रुरु क्षेत्र धाम रिडी

  • रेन्वो  इङलिस बोडिङ्ग स्कूलले  छत्रकोट कि  रुचा  लाई  दियो खाधन्न सामाग्री

    रेन्वो इङलिस बोडिङ्ग स्कूलले छत्रकोट कि रुचा लाई दियो खाधन्न सामाग्री

      चुरामणि तिमिल्सिना  जेष्ठ ३०

    हरेकले आफ्नो जन्म दिन मनाउने बिधि फरक फरक रहेको छ । प्राय समाजमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने , रमाइलो कार्यक्रम गर्ने , केक काट्ने पाटि गर्ने जस्ता कार्यक्रमहरु हिजो आज कमि हुँदै गएका छन । यसै सिलसिलामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न ४ बलेटक्सारमा सन्चालित रेन्वो इङलिस बोर्डिङ्ग स्कुलका विद्यार्थी शिक्षक र कर्मचारीले आ-आफ्नो जन्म दिन्को खर्च कटाएर सामाजिक सेवा गरिरहेको दृश्यले उदाहणिय कार्य गरेको देखिन्छ । विद्यालयमा अध्यानरत बिद्यार्थी शिक्षक र कर्मचारी ले आफ्नो जन्मदिनमा कार्यालयमा रहेको बर्थे फन्डमा सक्दो सहयोग गरिरहेको र जम्मा भएको रकमबाट बिपन्न बर्ग , असायलाई जिन्सी सामाग्री खरिद गरेर बिद्यालयबाट नै प्रदान गर्दै आएको विद्यालयका प्रिन्सिपल योजन खत्रीले जानकारी दिनुभयो । मंगलबार छत्रकोट गाउँपालिका वडा न – ४, बासखर्क निवासी रुपा बुचा मगरको परिवारलाई दैनिक जीवनमा प्रयोग हुने खाध्यन्न सामाग्री प्रदान गरिएको हो।साथै, यो कार्य निरन्तर संचालन रहने हुदा समाजमा रहेका विपन्न परिवारलाई विद्यालयमा सम्पर्कमा ल्याईदिन सम्पुर्णमा अनुरोध समेत गरेको कुरा विद्यालयकी लेखा पाल  अन्जु केसीले  बताउनु भयो। वास्तममा  सामाजिक भावानाले सामाजिक उतरदायित्व बहन गर्ने उद्देश्यले यो फण्ड जम्मा गर्न लागिएको समाचारमा उल्लेख गरिएको छ।

  • लिचि  टिप्दा बुटा बाट लडेर  १महिलाको उपचार को क्रममा  मृत्यु

    लिचि टिप्दा बुटा बाट लडेर १महिलाको उपचार को क्रममा मृत्यु

    पाल्पा  जेष्ठ ३०

    जिल्ला को बगनाशकाली गाउँ पालिका मा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिका –९ फक्टुङकी ४५ वर्षीया धना खाँणको आफ्नैै बारीमा रहेको लिची टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

    सोमबार दिउँसो लिची टिप्ने क्रममा रुखबाट लडेर घाइते भएकी खाँणको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । मृतकको शव लाई पोष्टमार्टम का लागि जिल्ला अस्पताल पठाइएको पाल्पाका प्रहरी नायक उपरीक्षक वीरेन्द्र थापाले जनाउनुभयो ।

  • Untitled post 2507

    जेष्ठ   ३०

    समुदायमा_शिक्षालय_र_सिपका_कामकुरा
    तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट गुल्मीले रेसुङ्गा नगरपालिका वार्ड न १ र ९ सङ्गको समन्वयमा उपल्लो तमघासमा संचालन गरेको ६५ दिने निशुल्क बेमौसमी तरकारी खेती सम्बन्धि तालीमको औपचारिक समापन  गरिएको छ ।सो समापन कार्यक्रममा प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिममा सिकेका बिषयहरुको बारेमा चर्चा गर्नु भएको थियो । तालीममा २० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो भने प्रमुख अतिथि तथा बिशिस्ट अतिथि हरुले तालीमका सहभागीहरुलाइ प्रमाणपत्र समेत बितरण गर्नु भएको थियो । तालीम समापन समारोहमा प्रमुख अतिथि कोष तथा लेखा नियन्त्रण कार्यालय तम्घास गुल्मीका कोष नियन्त्रक श्री छबिन्द्र बेल्बासे रहनुभएको थियो भने रेसुङ्गा नगरपालिका वडा न १ का अध्यक्ष श्री राम प्रसाद पन्थी तथा वडा न ९ का अध्यक्ष श्री कृष्ण प्रसाद पाण्डे बिशिस्ट अतिथि रहनुभएको थियो ।

    सो कार्यक्रममा वडा सदस्यहरु शोभा नेपाली , केशबराज पाण्डे , मोहन श्रेष्ठ र वडा न १ का सचिब राधिका पाण्डे त्यस्तै सरोज आचार्यको आतिथ्यता रहेको थियो । यस्तै गरि सो समापन कार्यक्रमको संचालन शिक्षालयका प्रशासकिय सहायक संजय महतले गर्नु भएको थियो भने सभाध्यक्ष शिक्षालय प्रमुख प्रदिप राज पाण्डे रहनु भएको थियो ।

  • नि शुल्क रक्त पहिचान  तथा रक्त चाप परिक्षण

    नि शुल्क रक्त पहिचान तथा रक्त चाप परिक्षण

    गुल्मी हाम्रा सम्बादाता जेष्ठ ३०

    गुल्मीको रेसुङ्गा बहुमु्खी क्याम्पसमा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण सम्पन्न भएकाे छ । स्वतन्त्र विद्यार्थी यूनियन, रेसुङ्गा बहुमुखी क्याम्पसको आयोजनामा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गरिएको हो ।

    स्वतन्त्र विद्यार्थी यूनियन, रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष पुनाराम घिमिरेको रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गरि शुभारम्भ गरिएको हो । रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण पश्चात् स्ववियू अध्यक्ष घिमिरेले रगत जतिबेला पनि आवश्यक पर्न सक्ने भन्दै विद्यार्थीको निःशुल्क रुपमा रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गरिएको बताउनुभयो ।

    एक सयभन्दा बढी बिद्यार्थीले रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गराएका छन् । क्याम्पसमा अध्ययनरत धेरैजसो विद्यार्थीहरुको रक्त समूहको पहिचान थिएन । आज पहिचान गरिएको रगतबाट कसैलाइ रगत आवश्यक परेको खण्डमा तत्काल उपलब्ध गराउन सहज हुने स्ववियु संरक्षण एवम् क्याम्पसप्रमुख हरि बहादुर खत्रीले बताउनुभयो ।गुल्मीको रेसुङ्गा बहुमु्खी क्याम्पसमा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण सम्पन्न भएकाे छ । स्वतन्त्र विद्यार्थी यूनियन, रेसुङ्गा बहुमुखी क्याम्पसको आयोजनामा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गरिएको हो ।

    स्वतन्त्र विद्यार्थी यूनियन, रेसुङ्गा बहुमुखी क्याम्पसका अध्यक्ष पुनाराम घिमिरेको रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गरि शुभारम्भ गरिएको हो । रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण पश्चात् स्ववियू अध्यक्ष घिमिरेले रगत जतिबेला पनि आवश्यक पर्न सक्ने भन्दै विद्यार्थीको निःशुल्क रुपमा रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गरिएको बताउनुभयो ।

    एक सयभन्दा बढी बिद्यार्थीले रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण गराएका छन् । क्याम्पसमा अध्ययनरत धेरैजसो विद्यार्थीहरुको रक्त समूहको पहिचान थिएन । आज पहिचान गरिएको रगतबाट कसैलाइ रगत आवश्यक परेको खण्डमा तत्काल उपलब्ध गराउन सहज हुने स्ववियु संरक्षण एवम् क्याम्पसप्रमुख हरि बहादुर खत्रीले बताउनुभयो ।