Category: समाचार

  • रूरूक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका अन्तर्गत आ.व. २०८०-०८१ मा गरिएका स्वास्थ्य  कामहरूको समिक्षा

    रूरूक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका अन्तर्गत आ.व. २०८०-०८१ मा गरिएका स्वास्थ्य कामहरूको समिक्षा

    भदौ  १५

    रूरूक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिका अन्तर्गत आ.व. २०८०-०८१ मा गरिएका स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय समीक्षा गोष्ठी कार्यक्रम रूरूक्षेत्र गाउँ कार्यपालिका भवनको सभाहलमा सम्पन्न भएको छ गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा रुरु स्वास्थ्य चौकी, रुरु प्राथमिक स्वास्थ्य केन्द्र, रिडी आयुर्वेद औषधालय, रुरु आँखा उपचार केन्द्र, ग्वादी स्वास्थ्य चौकी, थानपति स्वास्थ्य चौकी, बलेटक्सार स्वास्थ्य चौकी, बलेटक्सार आयुर्वेद औषधालय, बम्घा स्वास्थ्य चौकी, रिमुवा स्वास्थ्य चौकी र समग्र रुरुक्षेत्र गाउँपालिकाको गत आ.व. मा स्वास्थ्य तर्फका कृयाकलापहरुको समीक्षा गरिएको थियो ।

    कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले रुरु क्षेत्र गाउँपालिकाले स्वास्थ क्षेत्रमा ग्रामीण भेगदेखि नै सुक्ष्म तरिका ले अध्यान गरेर औसधि को ब्यावस्थापन गरिरहेको , घर घरमा जेष्ठ नागरिक अपांग असाय लाई पुगेर निशुल्क सेवा प्रवाहा गरिरहेको सचेतनात्मक कार्यक्रम प्रभावकारी बनाइयको ले यस क्षेत्रमा स्वास्थ्य क्षेत्रमा कमि नभएको बताउदै आगामी दिन्मा सेवा प्रवाहमा थप नयाँ प्रबिधि र नयाँ सोचका साथ अगाडी बढ्ने बताउनु भयो।

  • रानिमहल जाँदै गरेको भारतिय कार नारायण डाँडामा दुर्घटना हुँदा चालकको मृत्यु

    रानिमहल जाँदै गरेको भारतिय कार नारायण डाँडामा दुर्घटना हुँदा चालकको मृत्यु

    पाल्पा,भदौ १० ।

    सुनिल कार्की

    पाल्पाको पर्यटकीय स्थल रानिमहल जाँदै गरेको भारतिय गाडी तानसेन – रानिमहल सडक खण्डको तानसेन १ नारायण डाँडा भन्ने ठाउँमा दुर्घटना हुँदा एक भारतिय नागरिकको मृत्यु भएको छ ।

     

    दुर्घटनामा कार चालक भारतको उत्तर प्रदेश गोरखपुर बस्ने वर्ष २८ का विकास पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । गए राति करिब १० : ३० बजेको समयमा सदरमुकाम तानसेनबाट बास बस्न रानिमहल जाँदै गरेको यूपी १४ डी.एच. ०१०४ नंम्बरको रातो कार तानसेन – रानिमहल खण्डको नारायण डाँडामा दुर्घटना भएको सुचना अधिकारी श्रेष्ठले बताउनुभयो । कारको स्टाट बन्द भएपछि धक्का मार्नेक्रममा कार अनियन्त्रित भई एक सय मिटर तल खेतमा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कारमा अन्य चार जना यात्रु सवार रहेपनि उनिहरु गाडीबाट झरेर गाडी धकेल्ने क्रममा रहेकोले उनिहरुको ज्यान जोगिएको दुर्घटनाका प्रत्यक्षदर्शी गौतम बस्यालले बताउनुभयो ।

     

    मृतक पाठकको शवलाई पोष्टमार्टमको लागि पाल्पा अस्पताल तानसेन लगिएको छ भने कारमा सवार अन्य चार जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुशन्धान सुरु गरेको जनाएको छ ।

     

     

  • मुसिकोटको मिमिया फाटमा भाद्र १४ मा   तिजगीत प्रतियोगिता हुँदै

    मुसिकोटको मिमिया फाटमा भाद्र १४ मा तिजगीत प्रतियोगिता हुँदै

    चुरामणि  तिमिल्सिना   भदौ  ९  रिडी

    हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसमा बिगतका बर्षहरुमा जस्तै यस वर्ष पनि समाज रुपान्तरण युवा अभियान भन्ने नारा सहित सुन्दर नगरी मिमियाफाटमा कोटेश्वर युवा क्लबले यस वर्षको भाद्र१४ गते स्टेज तिज गित प्रगतियोता आयोजना गर्ने भएको छ । क्लबले कार्यक्रम गरेर सामाजिक कार्यमा हातेमालो गर्ने , पार्टी, पौबा ,पोल पोलमा सडक बत्ति साथै समाज रुपान्तरण लागी परि रहेको क्लब का सचीव गङ्गा लामिछानेले बताउनु भयो। । यस वर्ष हुने तिज गित प्रतियोगितामा प्रथम हुने समुह लाई रु १५००० र प्रमाणपत्र दृितिय हुने समुह लाई रु १०००० र प्रमाणपत्र र तृतिय हुने समुह लाई रु ७५०० , प्रमाणपत्र र सान्त्वना हुने समुह लाई रु २५००र  प्रमाणपत्र  प्रदान गरिने अध्यक्ष उमेस खरेल बताउनु भयो। गाउँमा लुकेका भाका , मौलिक गित नृत्य चेलिका बेदानाहरु र गाउँ लाई पर्व आय जस्तो बनाउन गाउँका अग्रजहरुको सल्लाह सुझाव हरु लिदै साथै आफ्नो परम्परा जोगाइ राख्न् लाई यसरी तिज कार्यक्रम आयोजना गरिएको क्लबका उपाध्यक्ष यादब अर्याल ले बताउनु भयो।
    यता कार्यक्रमका संयाेजक महेश खरेलले धार्मिक कार्यक्रम देखि समाजमा सचेतना जगाउने , पर्यटन प्रवर्धनात्मक कार्यहरु अगाडी बढाउने , कार्यक्रम मा संकलन भएको आर्थिक रकम खर्च गरिबचेको खण्डमा सामाजिक कार्यमा लगाउने र प्रचारप्रसारमा सबै लाई सहयोग गर्न आग्रह गर्नु भयो।

  • विद्यार्थीलाई कलम बितरण अभियानमा जुटेका राष्ट्रप्रेमी

    विद्यार्थीलाई कलम बितरण अभियानमा जुटेका राष्ट्रप्रेमी

    विद्यार्थीलाई कलम बितरण अभियानमा जुटेका राष्ट्रप्रेमी

    पाल्पा बगनासकाली ८ बेलौतिखरकका सुशिल बस्याल “राष्ट्रप्रेमी”ले स्नातक तह तृतीय बर्षका परिक्षार्थीहरुलाई त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा कलम बितरण गरेका छन ।

    सामाजिक क्षेत्रमा निरन्तर काम गर्दैँ आएका बस्यालले कलम बितरण अभियानले सामाजिक एकताको सन्देश जाने कुरामा जोड दिए । बस्याल शिक्षण पेशामा जोडिएको हुनाले कलम बितरण अभियान रोजाईमा परेको र सबै परिक्षार्थी  संग सम्बन्ध मजबुत हुने र समाजिक क्षेत्रमा सबै संगै हुन प्रेरित हुने बताए ।

    त्रिभुवन बहुमुखी क्याम्पस ,तानसेन पाल्पाका स्ववियु सभापति कृष्ण अर्यालले संघ ,संगठनका गतिविधि भैराखेको बेला यो नमुना कार्यले सबैमा सकारात्मक सन्देश प्रबाह भएको र अभियानले पुर्ण सफलता पाउनु पर्ने कुरालाई जोड दिदैँ राष्ट्रप्रेमी बस्याललाई बधाई सहित शुभकामना दिएका थिए।

    त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापकहरु ,पुर्व स्ववियु सभापती हरिवोल भट्टराई लगायत कार्यक्रममा उपस्थित सबैले कार्यक्रमलाई सफलताको शुभकामना दिएका थिए।

    एकघर एक लालिगुँरास अभियानले चर्चा बटुलेका राष्ट्रप्रेमी बस्यालले एक हप्ता अगाडी बृद्द आश्रममा दर खाने कार्यक्रम सम्पन्न गरेका थिए। उनी अहिले त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु सदस्यमा समेत रहेका छन ।

  • छत्रकोट गाउँपालिका खर्ज्याङ्गमा बाढीले घर गोठ बगायो

    छत्रकोट गाउँपालिका खर्ज्याङ्गमा बाढीले घर गोठ बगायो

    भदौ २
    छत्रकोट गाउँपालिका वडा नं. ५ खर्ज्याङ्ग दुमै गुल्मीमा बाढीले एक जनाको घर गोठ बगाएको छ ।

    रातभरीको अबिरल बर्षाका कारण बाख्रे खोलामा आएको बाढीले स्थानिय राम बहादुर बुचाको घर गोठ बगाएको हो । गए राती २ बजे बाढीले घरको छेउ खोल्न थालेपछी घरका सदस्य घर बाहिर गएकोले मानबिय क्षती भएको छैन ।

    घरमा भएका सबै सामान घर र गोठ र ठोमा रहेका सबै पशुचौपाय बगाएको स्थानिय बिष्णु भण्डारीले बताउनु भयो । सोहि स्थानमा रहेको कृष्ण बिकको घर पनि जोखिममा रहेको छ । अहिले उद्दारको काम भई रहेको छ । थप बिवरण आउन बाँकी छ ।

     

  • ब्राजिलमा विमान दुर्घटना: सबै यात्रुको मृत्यु

    ब्राजिलमा विमान दुर्घटना: सबै यात्रुको मृत्यु

    श्रावण २६

    साओ पाउलो: २०२४ अगस्ट ९ मा ब्राजिलको साओ पाउलो राज्यको विन्हेदो नगरपालिकामा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ। यो दुर्घटना ब्राजिलियन एयरलाइन वोएपासको एटीआर ७२-५०० विमानले कास्काभेलबाट ग्वारूलहस अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गर्दा भएको हो।

    दुर्घटनापछि विमानलाई आगो लागेको र ठूलो धुवाँको मुस्लो देखा परेको थियो। उद्धारकर्मीहरू घटनास्थलमा पुगे पनि सबै यात्रु र चालक दलका सदस्यको मृत्यु भइसकेको थियो। विमानमा ५८ यात्रु र ३ चालक दलका सदस्य सवार थिए।

    ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले यो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोक मनाउनका लागि एक मिनेटको मौनधारण गर्न आग्रह गरेका थिए। दुर्घटनाको कारण भने हालसम्म पत्ता लाग्न सकेको छैन, र यसबारे अनुसन्धान भइरहेको छ।

    यो दुर्घटना ब्राजिलको हालसम्मकै ठूला हवाई दुर्घटनामध्ये एक मानिएको छ, जसले देशभर शोकको वातावरण सिर्जना गरेको छ।

     

  • ब्रेकिङ न्युज: एयर डाईनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ४ जनाको मृत्यु

    ब्रेकिङ न्युज: एयर डाईनेष्टीको हेलिकप्टर नुवाकोटमा दुर्घटना, ४ जनाको मृत्यु

    एयर डाईनेष्टीको हेलीकप्टर नुवाकोटमा दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । हेलिकप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना भएको भएको प्रहरीले बताएको छ । काठमाण्डौ बाट रसुवाका लागी उडेको हेली दुर्घटनामा परेको बताईएको छ । घटनास्थलमा बागमती प्रदेशका डिआईजी बिष्णु केशी नेतृत्वको प्रहरी टोली पुगेको छ । थप बिवरण आउन बाँकी

  • श्रावण ३१ गते कमल पोखरी गुफामा  धार्मिक  कार्यक्रम हुने

    श्रावण ३१ गते कमल पोखरी गुफामा धार्मिक कार्यक्रम हुने

    हार्दिक निमन्त्रणा

    पाल्पा गुल्मी र स्याङ्जाको संगम स्थल बिस्वकै धार्मिक पौराणिक एतिहासिक यवम पर्यटकीय पवित्र तिर्थ स्थल हृषीकेश मन्दिर नजिकै रहेको एतिहासिक कमल पोखरी तथा बिजुली गुफामा श्रावण ३१ गते एकादशि उप्रान्त दुवादसि तिथिका दिन बिगत बर्ष जस्तै यस वर्ष पनि ब्राह्मणहरु गरुकुलका बटुकहरु , बाट रुद्राभिसेक कार्य , भगवान शिवको पुजा, पवन सुत हुमान जि को पुजा दिनभरि नै भजन कृतन तथा आउने सम्पुर्ण भक्तजन लाई फलाहार बितरण कार्यक्रम , गुफाको ,अवलोकन ,पोखरी स्नान कार्यक्रम आयोजना गरिएकोले उपस्तिथि भैइ पुन्य लाभ लिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ ।
    स्थान कालीगण्डकीको तट कमल पोखरीमा गुफा
    मिति २०८१ साल श्रावण ३१ गते
    स्थान कमल पोखरी गुफा
    समय बिहान ८ बजे बाट

  • गुल्मीको रुरुक्षेत्रमा अरिंगालले टोकेर एक युवाको ज्यान गयो

    गुल्मीको रुरुक्षेत्रमा अरिंगालले टोकेर एक युवाको ज्यान गयो

    भुवन भुसाल, गुल्मी । गुल्मीका एक युवाको अरिंगालले टोकेर मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिका वडा नं २ ग्वादी याडुङ्गका ३५ वर्षिय हरी कुंवरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ ।

    बिहिबार घर नजिकै बारीको छेउमा रहेको सालको रुखमा अरिंगाल पोल्दै गर्दा कुंवरलाई अरिंगालले टोकेको थियो । उहाँको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा आज शुक्रबार बिहान करिब साडे ८ बजे मृत्यु भएको प्रहरीको भनाई छ ।

  • रुरु क्षेत्रगाउँपालिकामा  वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

    रुरु क्षेत्रगाउँपालिकामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

    चुरामणि तिमिल्सिना

    रिडी   साउन   ११ शुक्रबार

    रूरूक्षेत्र गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा सम्पादन गरेका विभिन्न कार्यक्रम, योजना तथा सेवा प्रवाहको सम्बन्धमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता, पूर्व प्रतिनिधि सभा सदस्य कमलराज श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले कार्यक्रमको बारेमा प्रकाश पार्दै स्वागत मन्तव्य सहित कार्यालयबाट सम्पादन भएका मुख्य उपलब्धीहरूको बारेमा जानाकारी गराउनु भएको थियो ।
    कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम , राजनीतिक दल, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, शाखा प्रमुखहरू, वडा सचिव, स्वास्थ्य संस्थाका प्रमुख, कार्यालयका विभिन्न शाखामा कार्यरत कर्मचारी, पत्रकार समेतको उपस्थिती रहेको थियो । कार्यक्रममा शाखा प्रमुखहरूले आफ्नो शाखाबाट सम्पादन भएका कार्यक्रमहरूको बारेमा आफ्नो प्रस्तुती प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा
    सडक निर्माण , खानेपानी , शिक्षा ,स्वास्थ्य रोजगारी , भौतिक पुर्वधार , पर्यटन पुर्वधार रुरु कृषि परियोजना जस्ता महत्त्वपूर्ण कार्यक्रमहरुले रुरु क्षेत्र गाउँपालिका केन्द्र , प्रदेश ,जिल्ला हुदै पालिकामा अब्बल बन्न पुगेको प्रमुख प्रशासकीय अधिकृत पाण्डे ले बताउनु भयो। उहाँ ले कार्यक्रममा बोल्दै आगामी दिनमा पालिकाले नयाँ थप कार्यक्रमहरु पनि संचालन गरेर अगाडी बढ्ने बताउनु भयो।
    कार्यक्रममा प्रमुख अतिथि कमलराज श्रेष्ठले हरेक सामाग्री हरु आवस्यकताका आधारमा बितरण गरिनु पर्ने ,पुर्वधार निर्माण गर्दा दिगोबिकास गरिनु पर्ने , रोजगारी कार्यक्रम लाई प्रोत्साहन गर्दै दैनिकी संचालन गरिनु पर्ने , किसानका समस्याहरु वडा तहहुँदै पालिका आउँदा सहज हुने , नगद बितरण नगरेर जिन्सी सामाग्री या सहायक खटाउदा उपयुक्त हुने हुँदा यो पालिका देशकै नमुना बन्ने बताउनु भयो। कार्यक्रममा सहभागीले राखेका जिज्ञासाको जवाफ मेटाउदै कार्यक्रमका अध्यक्ष यदु ज्ञवालीले बहुबर्से योजना अगाडी बढीरहेको , सहकारीलाई ब्यवस्थित गर्ने , कृषकले उत्पादन गरेका सामग्री लाई बजारिकरण गर्ने , हरेक नागरिकको जिवन स्तर उकास्न फरक खालका कार्यक्रमहरु अगाडी सारीएको बताउनु भयो। यस्तै पालिकाले जेष्ठ नागरिक , अपांग , गर्भवती महिला , सुत्केरी महिला असहाय बिपन्न गरिव बर्ग लाई पनि विभिन्न कार्यक्रमहरु प्रदान गरेर जनतालाई सेवा प्रदान गरिरहेको बताउनु भयो ।

    ।यस्तै कार्यक्रममा लामो समय सम्म वडा न ३ मा कार्यरत रहदै सेवा दिनु भएका वडा सचिव बाल कृष्ण गौतम लाई सेवा निबृत हुनु भएकोमा सम्मान पत्र दोसल्ला र करुवा सहित बिदाइ गरिएको थियो।
    यस्तै पालिकामा कार्यरत १२५ जना कर्मचारीहरु मध्य रुरु ६ रिमुवामा लामो समय वडा सचिव रह्दै कार्य सम्पादन गर्दै आउनु भएका र पछील्लो समय गाउँपालिकामा सरुवा भइ आउनु भएका हरि प्रसाद न्यौपाने लाई उत्कृष्ट कर्मचारीको रुपमा छनोट गर्दै दोसल्ला , पाल्पालि टोपि र सम्मान पत्र प्रदान गरिएको थियो। यस्तै अध्यक्ष यदु ज्ञवाली र प्रमुख प्रशासकिय अधिकृत बिच वर्ष भित्र भित्र गरिने कार्य सम्झौता यस्तै प्रमुख प्रशासकिय अधिकृत र अन्य शाखा प्रमुख हरु सित पनि कार्य सम्झौता कार्यक्रम गरिएको हो । कार्यक्रमको सन्चालन दामोदर ज्ञवालीले गर्नु भएको थियो।