Category: समाचार

  • गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु

    गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु

    असार   १३  गुल्मी

    गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको तम्घास-सिमलटारी सडकखण्ड अन्तर्गत रायढुंगामा छल्दीबाट तम्घास तर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ का ६ वर्षीय शिव वि.क काे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

  • रानिबास गुल्मीमा संचालन भएको  ६५ दिने सिपमुलक  तालिम  सम्पन्न

    रानिबास गुल्मीमा संचालन भएको ६५ दिने सिपमुलक तालिम सम्पन्न

    असार  १३ गुल्मी

    लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोग तथा CTEVT लुम्बिनी प्रदेश कार्यालयको समन्वयमा तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट मजुवा गुल्मीले रुरुक्षेत्र गाउँपालिका रानिबास गुल्मीमा संचालन गरेको ६५ दिने सिपमुलक ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालीमको औपचारिक रुपमा समापन भएको छ ।

    समापन कार्यक्रम शिक्षालय प्रमुख प्रदिप राज पाण्डेको अध्यक्षता , रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालिको प्रमुख आतिथ्यता , रुरुक्षेत्र गा पा उपाध्यक्ष मिना देबि गौतमको बिशिस्ट आतिथ्यता तथा पशु शाखा प्रमुख अमित ज्ञवाली , एग्रो फरेस्ट्री बहुप्राबिधिक शिक्षालयका भेटेरिनरी प्रशिक्षक डा सन्तोष पोख्रेल को आतिथ्यतामा सम्पन्न भएको छ । तालीम कार्यक्रममा उपस्थित भै निरन्तर सहभागी भएका २० जना सहभागीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो ।

  • एसईई नतिजा सार्वजनिक, ५२ प्रतिशत बढी बिध्यार्थी फेल

    एसईई नतिजा सार्वजनिक, ५२ प्रतिशत बढी बिध्यार्थी फेल

    २०८० सालको एसईईको नतिजा सार्वजनिक भएको छ ।

    नतिजा अनुसार २ लाख ४२ हजार ९२ विद्यार्थीको नतिजा एनजी आएको छ ।

    यो ५२.१४ प्रतिशत हो । ४७.८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । अर्थात् यीनीहरुले कक्षा ११ मा पढ्न पाउने छन् ।

    एक सय ८६ जनाले ४ जिपीए प्राप्त गरेका छन् । दुई सय २१ जनाको परीक्षा रद्द भएको परीक्षा बोर्डले जनाएको छ ।

    परीक्षामा ४ लाख ६४ हजार ७ सय ८५ विद्यार्थी सहभागी भएका थिए ।

    एसईई नतिजा सार्वजनिक, दुई लाख ४२ हजारको एनजी
    ४७।८६ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन् । अर्थात् यीनीहरुले कक्षा ११ मा पढ्न पाउने छन् ।

     

  • सत्यवती गाउँपालिका गुल्मीले उत्कृष्ट १६ जना कृषकलाई नगदसहित सम्मान गरेको छ

    सत्यवती गाउँपालिका गुल्मीले उत्कृष्ट १६ जना कृषकलाई नगदसहित सम्मान गरेको छ

    असार  १२

    सत्यवती गाउँपालिका गुल्मीले उत्कृष्ट १६ जना कृषकलाई नगदसहित सम्मान गरेको छ ।

    पालिकाभित्रका कृषकहरुलाई प्रोत्साहन गर्नका लागि पालिका स्तरीय र वडास्तरीय १६ जना कृषकलाई सम्मान गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख नारायण खनालले जानकारी दिनुभयो ।

    पालिकास्तरीय उत्कृष्ट आठ जना कृषकलाई नगद छ हजार र वडास्तरीय आठ जना कृषकहरुलाई नगद पाँच हजार र प्रमाणपत्रले सम्मान गरिएको हो । पालिका स्तरीय उत्कृष्ट कृषकहरुमा तुल्सीराम पाण्डे, प्रेम शाही, कृष्णलाल न्यौपाने, रणबहादुर पुन, दुर्गाबहादुर बुढाथोकी, धनबहादुर पुन, थम्मनप्रसाद भट्टराई र जग्गनाथ ढकाललाई सम्मान गरिएको हो ।

    यस्तै, वडास्तरीय उत्कृष्ट कृषकहरुमा तारा तरामु खत्री, सोमप्रसाद पाण्डे, इन्द्रबहादुर बिक, भोजराज ज्ञवाली, खगेश्वर ढकाल, छबिलाल ढकाल, भुपा भुसाल र प्रेमप्रसाद पुनलाई सम्मान गरिएको हो । सोही कार्यक्रममा दैनिक २० लिटरभन्दा बढी दुध उत्पादन गर्ने १० जना कृषकलाई क्यान पनि वितरण गरिएको छ । पालिकाभित्रका कृषकहरुलाई प्रोत्साहन गर्नका लागि सम्मान कार्यक्रम गरिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।

    गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले व्यावसायिक रुपमा कृषि र पशुपालन गर्नेका लागि कृषकहरुलाई आग्रह गर्नुभएको छ । व्यावसायिक रुपमा कृषि र पशुपालन गर्नेका लागि पालिका सधैँ साथमा रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले तीनै तहका सरकारले व्यवसायीक रुपमा कृषि र पशुपालनलाई जोड दिनुपर्ने बताउनुभयो । युवालाई स्वदेशमै टिकाइराख्नका लागि व्यावसायिक कृषि र पशुपालनै उत्तम रहेको उहाँको भनाइ छ ।

    प्रतिक्रिया

  • चन्द्रकोटमा ३९० घण्टे प्लम्बिङ्ग तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम

    चन्द्रकोटमा ३९० घण्टे प्लम्बिङ्ग तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम

    असार  १२ पालिका पेज

    चन्द्रकोट  गाउँपालिका  गुल्मीको आयोजना तथा तुराङ बहुप्राविधिक शिक्षालय मजुवा गुल्मीको समन्वयमा संचालित ३९० घण्टे प्लम्बिङ्ग तालिमको प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम सम्पन्न भएको छ।
    गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, तुराङ बहु प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख प्रदिपराज पाण्डे, तालिमका प्रशिक्षक गोविन्द पोखरेल लगायतको उपस्थिति रहेको थियो। कुल २२ जना सहभागी रहेको उक्त कार्यक्रम २०८१ बैशाख ७ गतेदेखि संचालन भएको थियो।

  • सत्यवतीमा शिक्षकहरुका लागि दुइ दिने शिक्षक सिविर  सकियो

    सत्यवतीमा शिक्षकहरुका लागि दुइ दिने शिक्षक सिविर सकियो

    चुरामणि तिमिल्सिना असार   १२

    गुल्मी जिल्ला सत्यवती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा २ दिने शिक्षक शिविर गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ दुई दिन सम्म चलेको शिविरमा प्रशिक्षक प्रा.डा. विद्यानाथ कोइराला र नेपाल सरकारका उपसचिव दिपेन्द्र ढकाल ले प्रशिक्षणमा उठेका जिज्ञासा र समाधान गर्ने विषयमा चर्चा गर्नुभएको थियो।

    ७६ जना शिक्षकहरुको सहभागीता रहेको कार्यक्रममा निकै प्रभावकारी भएको, आफुहरुलाई ठुलो उपलब्धी प्राप्त भएको र आगामी दिनहरूमा पनि पालिकाले यस्तै रचनात्मक कार्यक्रम गरिदिए शिक्षकहरु लाई थप प्रेरणा प्राप्त सहभागी शिक्षक मणि ज्ञवालीले बताउनु भयो।
    कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष दोर्ण खत्री , पालिकाका अध्यक्ष टिकाराम पाण्डे , उपाध्यक्ष निरमाया तरामु यस्तै जनप्रतिनिधि हरुको पनि आतिथ्यता रहेको थियो। कार्यक्रममा यत्ता शिक्षक प्रकाश भट्टराईले करार कर्मचारी देखि निजामति कर्मचारी सम्म राज्यका कर्मचारी हुन तर पनि विभेद रहेको छ ।

    यसलाई एकै बनाइ शिक्षक हरुको मनोबल बढाउन अव शिक्षामन्त्रालय लाग्न पर्ने देखिने कुरा कार्यक्रममा प्रस्तुत गर्नु भयो। कार्यक्रमको सहजीकरण शिक्षाशाखा प्रमुख बिष्णु ज्ञवालीले गर्नु भएको थियो।

  • धुर्कोटमा स्थानिय तहमा सुशासन प्रबर्द्धनका लागि अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम

    असार  १२   पालिका  पेज

    धुर्कोट गाउँपालिका र भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाको आयोजनामा स्थानिय तहमा सुशासन प्रबर्द्धनका लागि अभिमुखिकरण र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष सीता गिरी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेल राष्ट्रिय अनुसन्धान आयोग गुल्मीका अनुसन्धान अधिकृत विनय चर्तुवेदि, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, भ्रष्टाचार विरुद्ध नागरिक निगरानी संस्थाका अध्यक्ष पदम प्रसाद पाण्डे, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा बिद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको कार्यक्रमको सन्चालन संस्थाका सचीव जनार्दन घिमिरेले गर्नु भएको थियो ।

  • रुरुक्षेत्र गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको लागि ५६ करोड रुपैयाँ बढिको बजेट सार्वजनिक

    रुरुक्षेत्र गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षको लागि ५६ करोड रुपैयाँ बढिको बजेट सार्वजनिक

    असार १० , गुल्मी ।

    इस्वरी बश्याल गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

    गाउँसभाको १६ औं अधिवेशनमा  गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले आगामी आर्थिक वर्ष २०८१/०८२ को कुल
    ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

    गाउँपालिका उपाध्यक्ष गौतमले संघीय सरकारबाट प्राप्त ७ करोड ६३ लाख रुपैयाँ , लुम्बिनी प्रदेश सरकारबाट ३५ लाख ९९ हजार रुपैयाँ , गाउँपालिकाको आम्दानी १ करोड ३९ लाख २८ हजार रुपैयाँ र अ.ल्या बाट ३ करोड ३९ लाख रुपैयाँ गरि ५६ करोड ९१ लाख ७८ हजार रुपैयाँको बजेट बजेट सार्वजनिक गर्नुभएको हो।

    कुल ५६ करोड ९१ लाख ७८ हजार बजेट मध्ये चालु खर्च ३७ करोड ६६ लाख ८८ हजार छुट्टाईएको छ भने पुँजिगत खर्च १८ करोड २४ करोड ८० हजार विनियोजन गरिएको छ। बजेट पेश हुनु अघि गाउँपालिका अध्यक्ष ज्ञवालीले नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो।

    गाउँपालिकाले ल्याएको बजेटमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, खानेपानी, पर्यटन, विपद् व्यवस्थापन र स्वास्थ्य क्षेत्र प्राथमिकतामा परेका छन ।

    गाउँपालिकाले ल्याएको बजेटमा शिक्षाको लागी ३ करोड २४ लाख ९० हजार रुपैयाँ , स्वास्थ्यमा १ करोड १९ लाख ७० हजार रुपैंया , उद्योग तथा वाणिज्यको लागि २० लाख रकम विनियोजन गरेको छ ।

    गाउँपालिकाले गाउँपालिका स्तरीय एक घर एक धारा कार्यक्रम सञ्चालन गरी सबै नागरिकको घरघरमा खानेपानीको सेवा उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था मिलाएको समेत जानकारी गराएको छ।

    यस्तै गाउँपालिका भित्रका धार्मिक सांस्कृतिक क्रियाकलापलाई प्रवर्धन गर्नको लागि विभिन्न मठ मन्दिर निर्माण तथा मर्मत सम्भार को लागि आवश्यक रकम विनियोजन गरेको छ ।

    गाउँपालिकाले ऐतिहासिक धार्मिक क्षेत्र रुरुक्षेत्र पूर्वाधार निर्माणको लागि १ करोड १३ लाख रकमको व्यवस्था मिलाएको समेत जनाएको छ ।

    गाउँपालिकाले विनियोजन गरेको बजेटमा सबै नागरिकलाई विद्युत सेवाको सुनिश्चित गर्न न्यूनतम २० युनिटसम्मको विद्युत महसुल गाउँपालिकाबाट भुक्तानी गर्ने भएको छ जसको लागि १५ लाख रकम छुट्टाइएको गाउँपालिका उपाध्यक्ष गौतमले बताउनुभयो।

    यस्तै खेलकुद क्षेत्रलाई चलायमान गराउन ५ लाख रकम व्यवस्थापन गर्दा खेलकुद प्रवर्धनको लागि १० लाख ५५ हजार रकम विनियोजन गरेको छ।

    गाउँपालिकाले महिला दलित आदिवासी जनजाति एकल नागरिक र सामाजिक समावेशीकरण कार्यक्रम सञ्चालनका लागि १४ लाख रुपैयाँ विनियोजन गरेको छ। भने जेष्ठ नागरिकसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालनको लागि ३ लाख रकम विनियोजन गरेको जनाएको छ ।

    यसैबीच गाउँपालिकाले लागत साझेदारीमा रुरु कृषि परियोजना सञ्चालनको लागि १ करोड १५ लाख बजेट विनियोजन गर्दा कृषि तथा पशु विकास सम्बन्धी कार्यक्रमको लागि ८४ लाख रुपैयाँ तथा कृषकसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालनको लागि ६ लाख रकम विनियोजन गरेको छ।

    गाउँपालिकाले विभिन्न महामारी , रोगको रोकथाम तथा प्रकोप नियन्त्रणको लागि विपद व्यवस्थापनको स्थापना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

  • सत्यवती गाउँपालिका गुल्मीको  बजेट  ५३ करोड  ८५ लाख सर्व सम्बत रुपमा सभाबाट  पास

    सत्यवती गाउँपालिका गुल्मीको बजेट ५३ करोड ८५ लाख सर्व सम्बत रुपमा सभाबाट पास

    चुरामणि तिमिल्सिना   असार   ११

    गुल्मीको सत्यवती गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी ५३ करोड ८५ लाख ८ हजार पाँच सयको बजेट प्रस्तुत गरेको छ । आगामी वर्षमा पालिकाले पर्यटन तथा पुर्वधार , कृषि , शैक्षिक गुणस्तर ,जस्ता बिषय लाई केन्द्र बिन्दु बनाइ बजेट लाई परिचालन गरिने सभाका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे ले जानकारी दिनु भयो।
    सभामा गत वर्ष पालिकाले गरेका हरेक कामलाई प्रतिबेदनका माध्यम बाट विभिन्न समितिका संयोजकहरुले प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।
    गाउँसभामा गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले सत्यवती गाउँपालिका लाई बिगतका वर्षहरु देखि नै उजुरी शुन्यमा झार्ने उद्देश्य अनुरुप सिङ्गो टिमनै लागि परेको बताउदै गाउँ घर बस्तिहरुमा विभिन्न चेतनामुलक विषयमा प्रशिक्षण कार्यक्रमहरु पनि गर्दै आएको र आगामी वर्ष पनि यस्ता कार्यक्रम लाई निरन्तर प्रदान गरिने बताउनु भयो।

    पालिकाले सडक, बस्ति बिकास , खानेपानी, स्वास्थ , शिक्षा , आयआर्जन मुलक कार्यहरु र विभिन्न बृहत योजनाहरुको डिपियार पनि तयारी गरेको प्रतिबेदनहरुमा उल्लेख गरिएको थियो।
    सभामा अध्यक्ष टिकाराम पाण्डे ले एकीकृत बस्ति बिकास सङै एक गाउँ एक उत्पादन कार्यक्रम गरिने, पालिकालाइ हरियाली सहितको सडक बनाउने, अति बिपन्न लाई निशुल्क बिमा गरिदिने , पालिका भित्रका धार्मिक मठमन्दिर लाई संरचना निर्माण कार्य गरिने ,समृद्ध सत्यवती मेरो १ दिनको लगानी भन्ने अभियान बाट कोष स्थापना गरि पालिकाका सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्ने , १५ शैयाको अस्पताल पुरा गरिने, सत्यवती गाउँपालिका भरि १ लाख फलका बिरुवा रोपिने , स्थानीय रैथानि बालिको संरक्षण गरिने , फलफुल बाट बनेको मदिरालाई सत्यवतीको ब्राण्ड बनाइने सभामा अध्यक्ष पाण्डेले बताउनु भयो।

    गाउँटोलका बस्तिका साना सडक लाई स्तर उन्नति गरिने , पालिकाको प्रशासनिक भवनको लागि आवस्यक कार्यहरु अगाडी सारिने, भान्सा तथा भोज भतेरमा प्लास्टिकका भाडाहरु तथा पालिका परिसर क्षेत्रमा प्लास्टिकलाई निरुसाहित गर्ने , कालीगण्डकी साघुरे देखि ठुला बगर सम्म ताल निर्माण गरी एक लाख शालिग्रामको शिव लिङ्ग तयार गरी पर्यटनमा टेवा पुर्याइने निति कार्यक्रममा उल्लेख गरिएको छ

    । यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रत्येक वडामा ३ ओटा नमुना योजना हरु लाई छनोट गरिने, एकल महिला स्वरोजगार कार्यक्रम पनि सन्चालन गरिने नीति सार्वजनिक गरिएको छ।यस्तै गुणस्तरीय शिक्षाका लागी मेरो बिद्यालय मेरो दायित्व बिद्यालयको लागि कार्यक्रम पनि सन्चालन गरिने हरेक बिद्यालयमा एक बगैचा एक करेसा बारि निर्माण समेत गरिने नीति कार्यक्रममा समेटीएको छ।
    यस्तै नितिमा मेडिकल अधिकृत सहित अध्यक्ष जेष्ठनागरिक भेट्घाट उपचार कार्यक्रम , उपाध्यक्ष सित ग्रामीण अल्ट्रासाउन्ड सहित गर्भवती सुत्केरी आमा र अभिभावक सित भेट ,कार्यक्रम यस्तै बिदेश हैन ब्यापार भन्ने लाई अगाडी सारि कार्यक्रम सन्चालन गरिने नितिमा राखीएको छ। सभामा सभाका सद्स्यहरु सुरक्षा निकाय, पत्रकार ,राष्टसेवक कर्मचारीहरुको सहभागीता रहेको थियो।

  • धुर्कोट गाउँपालिकामा रु ‍५६ करोड २५ लाख ९० हजार ८ सय ९२ बराबरको बजेट विनियोजन

    धुर्कोट गाउँपालिकामा रु ‍५६ करोड २५ लाख ९० हजार ८ सय ९२ बराबरको बजेट विनियोजन

    असार १० धुर्कोट प्रतिनिधि   धुर्कोट_गाउँपालिकाको_बार्षिक_वजेट_सभामा_पेश
    धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक बजेट सभामा पेश भएको छ ।
    गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १५ औ अधिवेशनको तेस्रो बैठकमा उपाध्यक्ष सीता गिरीले आगामी आर्थिक बर्ष २०८१/०८२ को बार्षिक बजेट सभामा पेश गर्नुभएको हो।

    बार्षिक बजेट संगै धुर्कोट गाउँपालिकाको विनियोजन विधेयक २०८१ र धुर्कोट गाउँपालिकाको आर्थिक विधेयक २०८१ समेत सभामा प्रस्तुत भएको छ।
    आगामी आर्थिक बर्षका लागि धुर्कोट गाउँपालिकामा रु ‍५६ करोड २५ लाख ९० हजार ८ सय ९२ बराबरको बजेट विनियोजन भएको छ।
    सभामा पेश भएको बजेट माथिको छलफल असार १३ गतेको गाउँ सभाको चौथो बैठकमा हुनेछ।