Category: समाचार

  • आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया

    आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया

    वैशाख २८

    आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन।

    यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा विष्णु महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ। यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ।

    पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत र सातु राखेर बटुवालाई खुवाउने परम्परा पनि छ। गर्मीयाम भएकाले जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ।
    अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ।

    त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ। भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि वैशाख शुक्ल तृतीयाकै दिन मनाइन्छ।

    आज १ घडी ४९ पला अर्थात् बिहान ६ बजेर ३ मिनेटसम्म द्वितीया तिथि रहेको र त्यसपछि तृतीया सुरु पञ्चांगमा उल्लेख छ।

    प्रतिक्रिया

  • सामाजिक  अभियान सङै धार्मिक  सन्चार प्राइभेट  लिमिटेड  दसौं बर्षमा प्रवेश

    सामाजिक अभियान सङै धार्मिक सन्चार प्राइभेट लिमिटेड दसौं बर्षमा प्रवेश

    प्रतिमा भट्टराई  तिमिल्सिना )  बैशाख   २७

    धार्मिक स्थलहरुलाई संरक्षण गरौ पर्यटन आगमनमा वृद्धि गरौ भन्ने मुल नाराका साथ पाल्पा गुल्मी स्याङ्जाको संगम स्थल नेपालकै चार धाम मध्यको एक धाम रुरु क्षेत्र धाममा २०७१ सालमा रुरु धार्मिक सेवा सन्चार प्रालिको स्थापना गरिएको हो ।प्रालिले स्थापना भएको आजकै दिन लाई सम्झना गर्दै १० औ जन्मउत्सव समारोह सामाजिक सन्जालबाट शुभकामना आदान प्रदान गर्दै मनायको हो ।विगतका बर्षहरुमा विभिन्न कार्यक्रम गरि मनाए ता पनि यस वर्ष कुनै पनि कार्यक्रमको आयोजना गर्न नसकियको प्रालिका अध्यक्ष तथा पत्रकार चुरामणि तिमिल्सिनाले जानकारि दिनु भयो।

    प्रालिले स्थापना काल देखिनै धार्मिक पौराणिक सास्कृतिक ऐतिहासिक तथा खोज मुकल पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरिरहेको छ । रुरु क्षेत्रमा चार जिल्लाका कविहरुको माझ कबि गोष्ठी समारोह , असाय, गरिब, बिपन्न , फरक क्षमता , गरिब दुखि बर्ग भक्त भक्तेनि आमा बुवा सन्तहरुको लागि दाताहरुको समन्वयमा स्वास्थ शिबिर , लता कपडा वितरण ,भन्डारा खाध्य सामाग्री वितरण , ठुला ठुला महायज्ञको सन्चालन व्यवस्थापन गर्दै आइरहेको छ । नेपालमै पहिलो पटक रुरु धाममा भजन प्रतियोगिता दोहोरोसंख बजाउने प्रतियोगिता , करोड दिप प्रजवलन , चार जिल्ला पाल्पा, गुल्मी स्याङ्जा र अर्घाखाँचीका पत्रकार सम्मान , सामाजिक अभियानताहरु सम्मान , असल वुहारीको सम्मान निसुल्क चौरासी ब्रतबन्ध दान दाताको सम्मान कार्यक्रमलाई ९ औ वर्ष देखि निरन्तर सन्चालन गरिरहेको छ ।

    प्रालिले यति मात्र हैन विभिन्न स्थानमा आवस्यकता अनुसार भजन मन्डलि संगै ब्राहामण उपलब्ध गराउने,प्रचारप्रसारको लागि रुरु भित्ते पात्रो प्रकाशन गर्ने , सन्चार र सुचना लाई प्रचारप्रसार गर्न विभिन्न बिधालय , महिला समुह,आमा समुह, क्लब उधोग बाणिज्य संघ, वडा परिवार लगायतलाई उत्घोषण, आधारभुत पत्रकारिता, समाचार लेखन, बाचन, नेतृत्व बिकास तालिम पनि सन्चालको कार्यलाई निरन्तरता दिदै आएको छ । सेवा सन्चारको नाम राखेकै आधारमा बिपन्न परिवारका बिरामी लाइ सामाजिक सन्जालको प्रयोग गरि आर्थिक सङ्कलन तथा हस्तान्तरण कार्यक्रमलाइ केही समय यता देखि प्राथमिकता साथ अगाडी बढाइरहेको छ ।प्रालि को कार्यलय सित कुनै पनि आथिक सहयोग जगेडा नभएपनि हाल सम्म दान विर दाताहरुको सहयोग बाट फ्री ईन्टरनेट सुबिधा देखि कार्यलय बसेको भवन सिसि क्यामेरा जडान , अफिसियल सामाग्री हाल सम्म दाताकै सहयोग बाट सन्चालन भएको छ

    । यस अवसरमा आर्थिक भौतिक नैतिक देश तथा बिदेशबाट सहयोग प्रदान गर्नु हुने सम्पुर्ण दानदाताहरु प्रति हार्दिक धन्यवाद प्रदान गरिएको छ। यसो त यस सस्थाले बिगतका बर्षहरुमा शैक्षिक तथा बौद्धिक कार्यक्रम गर्ने , नेपाल प्रहरीको सहयोगमा पिछडिएका महिला बर्ग फरक क्षमता मात्र नभइ गाउँका महिला दिदि बैनिहरुलाइ लैङ्गकि हिम्सा,बाल बिबाह बहुविबाह, चेतना मूलक बिषयबस्तु सामाजिक सन्जाल , गाजा फडानी अबैध मदिरा उत्पादन रोकथाम , सरसफाइ कार्यक्रम जस्ता बिषयमा तालिम पनि प्रदान गरिरहेको छ । यस्ता कार्यक्रम लाई वडा तथा प्रहरीको सहयोग भएमा निरन्तर प्रदान गर्ने अध्यक्ष तिमिल्सिनाले जानकारि गराउनु भयो।

    धार्मिक सस्था प्रालिले केही वर्ष यता देखि आफ्नै कार्यलय वाट कर्ताको माग भएको कारणले अन्लाईन बाट नामकरण , ग्रहसान्ति, जाप, हबन तर्पण तथा विविध पुजा गराउने कार्यक्रम पनि अगाडी बढाइरहेको छ

    । यहाँ पर्यटन प्रबधन गर्न रुरु धाममा बृहत कविगोष्ठी समारोह गर्ने , स्थानीय बासि नेपाल प्रहरी जनप्रतिनिधि सङै सहकार्य गरि कालीगण्डकी सरसफाइ कार्यक्रम लाई अगाडी बढाउने गुरुकुलका बटुक तथा आश्रम परिवार लाई निशुल्क स्वास्थ शिविर सन्चालन गर्ने , आयुर्वेद औषधि सम्बन्धि जानकारी गराउने लगायतका कार्यक्रम पनि गरिने समचारमा उल्लेख गरिएको छ ।

  • बगनासकालीका ९ वटै वडामा संचालित शिविर सम्पन्न २१ सय ३४ जनाले लिए सेवा

    दयाराज न्यौपाने
    पाल्पा – बगनासकाली गाउँपालिकामा प्रजनन स्वास्थ्य रुग्णता व्यवस्थापन तथा निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
    टोल तथा बस्तिहरुमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ बगनासकाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
    शिविर बैशाख १४ गते स्वास्थ्य चौकी खानीछाप बाट सुरु गरिएको थियो ।

    शिविर बराङ्दी,खानीगाउँ,यम्घा,दर्लमडाँडा,नायरनमतलेस,चापपानी, चिर्तुङधारा हुँदै आइतबार पोखराथोक स्वास्थ्य चौकीमा पुगेर सम्पन भएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनु भयो । उहाँले २ हजार १ सय ३४ जनाले सेवा लिएको समेत जानकारी दिनु भयो । शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ भने आङ खस्ने रोगको प्राथमिक उपचार र परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट,आयुसिडी प्रयोग सम्बन्धी सहित प्रयोगशाला सहितको सुबिधा प्रदान गरिएको थियो ।


    शिविर समापन समारोहमा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले स्वास्थ्य क्षेत्रमा बगनासकालीले गरेको प्रयास अनुकरणीय रहेको बताउनु भएको छ । उहाँले अन्य पालिकामा समेत यस किसिमको कार्यक्रम प्रभावकारी हुने बताउनु भयो ।


    गाउँपालिकाका नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनु भयो ।उहाँले सोही अनुरुप विभिन्न प्रकारका शिविर सञ्चालन गरि नागरिकहरुलाई सेवा प्रवाह गरिरहेको चिदीले बताउनुभयो । गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्य सम्बन्धी जटिल समस्या रहेको बताउँदै उहाँले आगामी दिनहरुमा टोलटोलमा विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराईने बताउनुभयो । बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठकले सबै क्षेत्रको सहयोगले शिविर सम्पन्न भएको बताउनु भयो ।
    गाउँ तथा टोलका नागरिकहरुलाइ स्वास्थ्य क्षेत्रको पहुँचमा पुर्याउन शिविर सफल भएको प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले उल्लेख गर्नु भयो ।


    परिवार नियोजन संघ पाल्पाका प्रवन्धक सोवाकान्त न्यौपानेले शिविरमा पाठेघरको क्यान्सर जस्ता रोग देखापरेको र बेलैमा उपचार गर्ने सुझाएको बताउनु भएको छ । उहाँले बिरामीको थप उपचारमा सहयोग गर्ने प्रतिवद्द्ता समेत जनाउनु भएको थियो ।


    समापन समारोहमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरि,सूचना अधिकारी टीकाराम अधिकारी, बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापा,युनाइटेड मिसन अस्पताल पाल्पाका दिपक बिसि,पोखराथोक स्वास्थ्य चौकीका प्रमुख सरोज काफ्ले, वडा नम्बर २ का वडाध्यक्ष तिर्थप्रसाद भट्टराई लगाएतले बगनासकाली गाउँपालिकाले जनताको पक्षमा गरेको स्वास्थ्य अभियान सफल भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा हुने प्रगति अन्य सुचकको तुलनामा महत्वपूर्ण रहेको बताउनु भएको थियो ।


    लुम्बिनी मेडिकल कलेज प्रभास,युनाइटेड मिसन अस्पताल तानसेन र नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो ।
    सो अवसरमा शिविर सफल बनाउन सहयोग गर्नुभएका स्वास्थ्य कर्मी र सहयोगी संस्थालाई पाल्पाली दोसल्ला,मायाको चिनो, र सम्मान पत्रले सम्मान गरिएको थियो । बगनासकाली गाउँपालिकाका प्रतेक स्वास्थ्य चौकीका कर्मचारीहरु सहितले शिविरमा सेवा प्रदानगर्नु भएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • शृङ्गिस्वर बहुमुखी क्याम्पसको साधारण सभा सम्पन्न,चक्रपणी गौतमको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसहमत चयन

    शृङ्गिस्वर बहुमुखी क्याम्पसको साधारण सभा सम्पन्न,चक्रपणी गौतमको अध्यक्षतामा नयाँ संचालक समिति सर्वसहमत चयन

    वैशाख २३

    शृङ्गिस्वर बहुमुखी क्याम्पस रुरुक्षेत्र गाउँपालिका रानिबास गुल्मीको पाँचौ साधारण सभा हिजो सम्पन्न भएको छ ।

    साधारण सभाले चक्रपणी गौतमको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस संचालक समिति, मिनप्रसद ज्ञवालीको अध्यक्षतामा ३ सदस्यीय लेखा समिति र दलप्रसद श्रेष्ठको अध्यक्षतामा सल्लाहकार समितिको सर्वसहमत चयन गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले देशमा युवा नबसेको बर्तमान समयमा क्यम्पसलाई पनि चुनौती भएको बताउनु भयो । उहाले क्याम्पस संचालनमा प्रदेश सरकारबाट गर्न सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

    कार्यक्रमका अतिथी गाउँपालिका अध्यक्ष यदु ज्ञवलीले गाउँपालिकाले क्यम्पसको लागि गर्नसक्ने सबै सहयो गर्ने प्रतिबद्धता ब्यक्त गर्दै बिध्यार्थीलाई कमाउदै पढ्दै गर्ने बतावरण तयार गर्नु पर्ने बताउनु भयो ।

    लुम्बिनी प्रदेशका पूर्व सांसद कमलराज श्रेष्ठले बिध्यार्थी जति भए पनि गुणस्तरिय शिक्षा दिनु पर्ने बताउनु भयो ।

    कार्यक्रममा नेकपा एमालेका नेता मधुकृष्ण पन्त, रेसङ्गा बहुमुखी क्याम्पसका प्रतिनिधी बुद्धी न्यौपाने,शृङ्गिस्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक बिकासचन्द्र खरेल,स्वबियु सभापती बिशाल थापा, बिध्यार्थी सरिता गन्धर्व लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो ।

    क्याम्पसका कार्यबहाक निमित्त प्रमरख रामप्रसाद श्रेष्ठले करिब ७६ लाख रुपैया बराबरको आयब्याय सार्वजनिक कगर्दै क्याम्पसमा आर्थिक समस्या रहेको बताउनु भयो । कार्यक्रममा स्वागत संचालक समितिका सदस्य हरिप्रसाद ज्ञवालीले गर्नु भएको थियो । कार्यक्रम संचालन उपप्रध्यापक कृष्णप्रसाद ज्ञवालीले गर्नु भएको थियो । समारोहमा बिभिन्न बिधाका ५१ जना आजिवन सदस्यलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया

  • छत्रकोट गाउँपालिका दौघाका अग्नी पीडितहरुलाई बिभिन्न संस्थाबाट राहत वितरण

    छत्रकोट गाउँपालिका दौघाका अग्नी पीडितहरुलाई बिभिन्न संस्थाबाट राहत वितरण

    कालिदास आत्रेय
    वैशाख २३

    गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघा मोहरेका अग्नी पीडितहरुलाई राहत वितरण गरिएको छ।

    गत १९ गतेको आगलागीबाट पीडित परिवारहरुलाई भौतिक समरचना निर्माण कार्यका लागि गुल्मी दौघा रुपन्देही सम्पर्क समाजको तर्फबाट नगद रु १ लाख ३९ हजार र लुम्बिनी फ्रेन्ड सर्कलको तर्फबाट ३० हजार छत्रकोट ६ का वडा अध्यक्ष नारायण रेस्मीलाई हस्तान्तरण गरिएको थियोे ।

    त्यसैगरी लुम्बिनी प्रदेस सरकारका गृह मन्त्री दिनेश पन्थी नेतृत्वको टोलिले अग्नी पीडित क्षेत्रको स्थलगत अबलोकन गरेको थियोे ।

    सो अवसरमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डेले पीडितहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट रु ५० हजार र लायन्स क्लब काठमाडौ गुल्मीको तर्फबाट रु २५ वडा अध्यक्ष नारायण रेस्मीलाई हस्तान्तरण गर्नुभएको थियोे । संकलन भएको रकम छत्रकोट गाउँपालिकाको निर्णय अनुसार एक द्वार प्रणाली बाट भौतिक समरचना निर्माण गर्दा वितरण गरिने भएको छ।

    राहत हस्तान्तरण कार्यक्रममा गुल्मी दौघा सम्पर्क समाजको तर्फबाट कोषाध्यक्ष गोबिन्द ज्ञवाली, लुम्बिनी फ्रेन्ड सर्कलको तर्फबाट सचीव अर्जुन खनाल र अध्यक्ष पदम न्यौपाने , नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य फर्सुराम पाण्डे लगाएतले मन्तव्य राख्दै आफुहरु सधै पीडितको साथमा रहेको बताउनु भएको थियोे ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश गृह मन्त्री दिनेश पन्थीले पीडितहरुलाई धैर्य रहन आग्रह गर्दै प्रदेश सरकारले आफ्नो मापदण्ड अनुसारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता प्रकट गर्नुभएको थियोे ।

    कार्यक्रममा वडा अध्यक्ष नारायण रेस्मीले सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियोे । कार्यक्रमको सन्चालन पुर्ब वडा अध्यक्ष थम्मन ज्ञवालीले गर्नुभएको थियोे । कार्यक्रममा दौघा रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष सचिब सदस्यहरु र लुम्बिनी फ्रेन्ड सर्कलका सदस्यहरुको उपस्थिति रहेको थियोे ।

    प्रतिक्रिया

  • दौघाका अग्निपीडितलाई राहत वितरण

    दौघाका अग्निपीडितलाई राहत वितरण

    कालिदास आत्रेय
    वैशाख २१

    गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघा मोहरेका अग्नि पीडितहरुलाई हिजो राहत वितरण गरिएको छ।

    गत बुधबार दिउँसो जङ्गलबाट आएको आगोले छत्रकोट ६ मोहरेका राम बहादुर ज्ञवाली, मोहन सुनार र महेश सुनारका घर थाराहरु जलेर पुर्ण रुपमा क्षती भई छिमेकीको घरमा बस्न वाध्य भएका छन ।

    अग्नि पीडितहरुलाई प्रारम्भिक राहत स्वरुप छत्रकोट गाउँपालिकाबाट पिफम, बिस्तारा सेट, खाद्य सामग्री, भाडाकुडा, ग्यास चुलो लगाएतका सामग्रीहरु वितरण गरिएको हो ।

    त्यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मी, दिगाम उपशाखा र हर्दिनेटा उपशाखा बाट त्रीपाल, कम्बल,भाडासेट,लत्ताकपडा लगाएतका सामग्रीहरु वितरण गरिएको थियोे ।

    छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेको नेतृत्वमा गाउँपालिका उपाध्यक्ष , वडा अध्यक्ष , कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका सदस्य टंक प्रसाद पन्थको नेतृत्वमा शाखा उपशाखा सदस्यहरु र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिह काउछाको नेतृत्वमा जिल्ला कमिटी उपाध्यक्ष ,सदस्यहरु, पालिका कमिटी अध्यक्ष लगाएतका पदाधिकारीहरुको सो अबसरमा सहभागीता रहेको थियोे ।

    राहत वितरण कार्यक्रममा बोल्दै छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले, दैबीप्रकोपको दुस्खद क्षणमा यो प्रथम चरणको राहत पीडितको घाउमा मलम लगाउने काम भएको र हामी हरपल पीडितको साथमा रहदै अन्य राहतका सम्पुर्ण प्रयासहरु गरि बसोबासको समेत व्यबस्था गर्ने प्रतिबद्धता प्रकट गर्नु भएको थियोे ।

    कार्यक्रमको संचालन पुर्व वडा अध्यक्ष थम्मन ज्ञवालीले गर्नुभएको थियोे । सो अबसरमा अग्नि पीडितहरुलाई राहतदिन इच्छुक व्यक्ति र संघसस्थाहरु छत्रकोट वडा न ६ को भए वडा कार्यालय र बाहिरको भए गाउँपालिकामा समन्वय गरि एक द्वार प्रणालीबाट वितरण गरिने समेत जानाकारी गराइएको थियोे ।

    प्रतिक्रिया

  • रिडी माध्यमिक बिद्यालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

    रिडी माध्यमिक बिद्यालयमा एक दिने स्वास्थ्य शिविर सम्पन्न

    चुरामणि तिमिल्सिना   बैशाख   १८

    रिडी माध्यमिक  बिद्यालय रिडी गुल्मीमा निशुल्क स्वास्थ  शिविर कार्यक्रम  सम्पन्न भएको  छ ।  बिद्यालयका पुर्व प्रधानाध्यापक  स्व : दिवाकर ज्ञवालीको स्मृतिमा  उहाँका परिवारबाट  दिवाकर स्मृति  प्रतिष्ठान  नेपालको आयोजनामा कार्यक्रम  गरिएको  हो ।

    बिद्यालयका शिक्षक बिद्यार्थी  तथा अभिभावक लाई   उहाँका जेष्ठ  छोरा  डा.मेघराज ज्ञवाली सहितको डाक्टर को समुहले सिविर प्रदान गरेको  हो। शिविरमा  नाक,कान,घाटी  तथा दातका रोगिलाई  उपचार  गरिएको  थियो।   बिद्यालय   ब्यवस्थापन  समितिका  अध्यक्ष  चन्द्रलाल कसजु को अध्यक्षतामा रहेको  कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक  रोहित भण्डारीले  कार्यक्रममा स्वागत मन्तब्य  राख्नु भएको  थियो।

    स्व : दिवाकर  गुल्मी जिल्लाका अङ्ग्रेजी  विषयका  प्रखर  शिक्षक  तथा शिक्षा क्षेत्रको नक्षत्रका  रुपमा परिचित रहनु भएको  थियो।

  • होटल पौवा रेसुङ्गाका प्रबन्धक द्वारा आफ्नो जन्मदिन यसरी मनाय

    होटल पौवा रेसुङ्गाका प्रबन्धक द्वारा आफ्नो जन्मदिन यसरी मनाय

    बैशाख   १५  गुल्मी

    होटल पौवा रेसुङ्गाका प्रबन्धक द्वारा आफ्नो जन्मदिन यसरी मनाय

    पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १३ केरवादी घरभइ हाल रेसुङ्गामा रहेको होटेल पौवा का ब्रान्च ब्य्वस्थापक प्रदिप घिमिरे ले सदाका वर्ष जस्तै यस वर्ष पनि उनले विभिन्न क्षेत्रमा सहयोग गरि जन्म उत्सव मनाय ।

    आफ्नो जन्मदिनमा सकारात्मक सन्देश दिन सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा उक्त सहयोग गरिएको बताए । आफ्नो जन्म क्षेत्र रिडी र रुरु सन्चार साथै गुल्मीको इस्मामा भएको आगलागी पीडितलाई आर्थिक सहयोग गर्न पाउदा निकै खुसी लागेको भन्दै आउदा दिनमा यस्ता सामाजिक कामहरु निरन्तरता गर्दै जाने घिमिरेले बताए ।
    धेरैले जन्म दिनको नाममा केक काट्ने सहित रमाइलोको नाममा साथी भाइ बोलाएर तडक भडक गरेर अनाबश्यक फजुल खर्च गर्ने गरेको भन्दै त्यसलाई चिर्न हरेक वर्षझै यसबर्ष पनि रुरुमा खाद्यान्न तथा फलफूल लगायत समानहरु जन्म दिनको अवसरमा सहयोग गरेको घिमिरे बताउछन । घिमिररे लाई रुरु संचार अन्लाईन मिडियाकाका कार्यकारी प्रमुख पत्रकार चुरामणि तिमिल्सिना ले टेलीफोन गरि शुभकामना प्रदान गर्दै आगामी दिन्मा पनि यस्तै रचनात्मक कार्यमा अगाडी बढ्न आग्रह गर्नु भयो।

  • गुल्मीदरबार गाउँपाालिकामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

    गुल्मीदरबार गाउँपाालिकामा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

    वैशाख १४

    गुल्मीदरबार गाउँपाालिका गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    वडा नम्बर ३ गौंडाकोट राजाका २९ वर्षीय अनिलराज घर्तीको दुर्घटना मृत्यु ‍‍भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार, गौंडाकोटबाट बिरवासतर्फ आउदै गरेको लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल हिजो साँझ दुर्घटना भएको थियो ।

    मोटरसाइकल अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको थियो । दुर्घटनामा गुल्मीदरवार गाउँपालिका वडा नम्बर ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

  • पाल्पामा कार दुर्घटना विवरण सहित

    पाल्पामा कार दुर्घटना विवरण सहित

    पाल्पा  चैत्र  ३० गते

    पाल्पामा कार दुर्घटना हुदा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्षसहित तीनजना घाइते भएका छन। बुटवलबाट गुल्मी जाँदै गरेको बा ११ च ६५५६ नम्बरको कार पाल्पाकाे तानसेन नगरपालिका–५, सेतीपोखरीमा नजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष रेसुंगा नगरपालिका–८ का ईश्वरी पौडेल, रेसुंगा नगरपालिका–१ का चालक रामप्रसाद पन्थी र मृगेन्द्रप्रसाद श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनाग्रस्त कार सडकदेखि करिब ५० मिटर तल अर्को सडकमा खसेको छ । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।