Category: समाचार

  • हर्मिचौर माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

    हर्मिचौर माध्यमिक विद्यालयको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

    माघ १६प्रतिमा भट्टराई  रिडी

    हर्मिचौर माध्यमिक विद्यालय, कालीगण्डकी गाउँपालिका वडा नं. १ हर्मिचौरले आफ्नो स्थापना कालको ६६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह तीनदिने कार्यक्रम गरी सम्पन्न गरेको छ।
    समारोहमा प्राध्यापक तिलाचन पाण्डेले विद्यालयको आर्थिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा कालीगण्डकी गाउँपालिका, गुल्मीका अध्यक्ष बेदबहादुर थापा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
    समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विद्यालयको सर्वाङ्गीण विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच घनिष्ठ सम्बन्ध आवश्यक रहेको बताउनुभयो। उहाँले अभिभावकले हरेक दिन विद्यालयप्रति चासो राख्नुपर्ने उल्लेख गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले हरेक प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। यस्तै वडा नं. १ का वडाध्यक्ष लालु प्रसाद पाण्डे तथा कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
    समारोहमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, शिक्षाप्रेमी महानुभाव, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
    विद्यालयका शिक्षक दुर्गा गिरिले स्वागत मन्तव्य राख्नुभएको थियो भने शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले विद्यालयको प्रगति र शैक्षिक अवस्थाको समीक्षा गर्नुभएको थियो।
    कार्यक्रममा विद्यार्थीहरूले विभिन्न रचनात्मक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। समारोहको अवसरमा उत्कृष्ट नतिजा हासिल गराउने शिक्षकलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरूलाई विभिन्न स्मृतिका पुरस्कार तथा शैक्षिक सामग्री वितरण गरिएको थियो।
    कार्यक्रमको सञ्चालन शिक्षक गणेशराज उपाध्याय, विष्णु प्रसाद पाण्डे र प्रेमकला पराजुलीले संयुक्त रूपमा गर्नुभएको थियो।

  • कालीगण्डकीमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

    कालीगण्डकीमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

    कालीगण्डकीमा मावि स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

    माघ -९
    स्याङ्जाको कालीगण्डकीमा अवस्थित जनहित मा.वि.को ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अन्तर मा.वि. स्तरीय बक्तृत्वकला प्रतियोगिताको सम्पन्न भएको छ।

    जनहित मा.वि. भू.पू. विद्यार्थी मंच स्याङ्जाको संयोजनमा आयोजना भएको उक्त कार्यक्रममा पालिका भरिका ८ वटा विद्यालयहरुले सहभागिता जनाएका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।

    प्रतियोगितामा मिर्मी आधारभूत विद्यालयकी संस्कृती पाण्डे प्रथम , आदर्श मा.वि.का किरण पाण्डे द्वितीय , जनहित मा. वि. कि पूर्णिमा श्रेष्ठ तृतीय र भगवती नमूना मा.वि. कि रितिका पाण्डेले सान्त्वना स्थान हासिल गरेको समेत कार्यक्रम संयोजक सोमैले जानकारी दिनु भयो।

    “लागू पदर्थको सेवन , दुर्व्यसन र यसको सम्मुन्नत समाजमा असर तथा रोकथाम” शिषर्कमा प्रतियोगीहरुले निकै आकर्षक भनाईहरु व्यक्त गरेका विद्यालयका प्रधानाध्यापक केसर वहादुर क्षेत्रीले जानकारी दिनु भयो।

    विद्यालयका प्रधानाध्यापक क्षेत्रीले कार्यक्रम भब्य र सब्य रुपमा सफल पार्ने महत्त्वपूर्ण भूमिका खेल्नु हुने भू.पू. विद्यार्थी मंच जनहित मा.वि. उपस्थित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि , प्रमुख अतिथि , बिशिस्ट अतिथी , जनप्रतिनिधि ,पत्रकार , उपस्थित सम्पूर्ण महानुभाव तथा शिक्षक कर्मचारीलाई हार्दिक आभार व्यक्त गर्नु भयो। कार्यक्रममा कार्यवाहक गाउँपालिका अध्यक्ष सावित्रा कोइरालाले मन्तव्य राख्ने क्रममा यस्ता खालका शैक्षिक प्रतियोगिताले समाजमा सकारात्मक संदेश जाने बताउनु भयो।
    अध्यक्ष कोइरालाले पालिकामा आफुले पोषण मैत्री कार्यक्रम र बालमैत्रीकार्यक्रमलाई प्रोत्साहन गरेको समेत बताउनुभयो कार्यक्रममा सभापतिको रुपमा विद्यालय व्यवस्थापन समितका अध्यक्ष वेग प्रसाद श्रेष्ठ रहनु भएको थियो भने प्रमुख अतिथिमा कालीगण्डकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष सावित्रा कोइरला , वडा नम्बर १ का वडा अध्यक्ष एवम् कालीगण्डकी गाउँपालिकाका प्रवक्ता कृष्ण वहादुर लामिछाने , समाजसेवी बम लामिछाने , भगवती नमूना मा.वि. का प्रधानाध्यापक राम प्रसाद पाण्डे , पूर्व शिक्षक यदुनाथ पाण्डे खुसी पाठ्यक्रमका संयोजक डिबि राना लगायत महत्त्वपूर्ण व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण शिक्षक यज्ञ प्रसाद न्यौपाने र पशुपति पाण्डेले गर्नु भएको थियो।

  • गुल्मी रातामाटाको त्रिभुवन माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न

    गुल्मी रातामाटाको त्रिभुवन माविमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न

    केशव गौतम, गुल्मी माघ  ९  – गुल्मीको रेसुङ्गा नगरपालिका १४ रातामाटामा रहेको श्री त्रिभुवन माध्यमिक विद्यालयमा शुक्रबार सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ ।

    प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने श्रीपञ्चमी पर्वको अवसरमा आयोजित कार्यक्रममा ६ जना नव आगन्तुक बालबालिकाहरुले अक्षर लेखनको औपचारिक आरम्भ गरेको विद्यालय प्रशासनले जानकारी दिएको छ

    बालबालिकाहरुको लागि शैक्षिक सत्र बैशाखबाट सुरु हुने भएतापनि सरस्वती पूजाको दिनदेखि अक्षर लेखन सुरु गराउदा विद्याकी देवी सरस्वतीको कृपाले नविन कामको थालनी गर्ने जो कोहीलाइ पनि सिकाइ सहज हुने र बढि लाभ मिल्ने प्रधानाध्यापक तिलकराम गौतमले बताउनुभयो ।

    सरस्वती पूजाको अवसरमा विद्यालयमा अभिभावक र विद्यार्थीहरूको उत्साहजनक उपस्थितिमा पूजा कार्यक्रम आयोजना सम्पन्न भएको छ। सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमका क्रममा विद्यालयका साना बालबालिकाले सरस्वतीको आराधना,गायन र नृत्य प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको गतिविधिहरूले कार्यक्रममा थप आकर्षण र यसले शिक्षा र संस्कृतिको महत्त्वलाई विद्यालयमा गम्भीरतासाथ मनाउने सन्देश दिएको विद्यालयका प्रधानाध्यापक तिलकराम गौतमले बताउनुभयो।

    यो वर्ष गत वर्षको तुलनामा कार्यक्रम अझ भव्यरुपमा आयोजना गरिएको र आगामी वर्षमा यसभन्दा उत्कृष्ट कार्यक्रमको योजना रहेको छ। यस कार्यक्रमले विद्यालयको शैक्षिक वातावरण र समुदायसँगको समन्वयलाई अझ सुदृढ बनाएको छ।

    साथै, त्रिभुवन माध्यमिक विद्यालयले निःशुल्क भर्नाको अवसर प्रदान गर्दै ६ जना भन्दा बढी नयाँ विद्यार्थी भर्ना गरेको विद्यालय जनाएको छ । भविष्यमा नयाँ पिढीलाई शिक्षा र संस्कृतिमा अगाडि बढ्न प्रोत्साहित गर्ने लक्ष्य राखिएको विद्यालयका सहायक प्रधानध्यापक दुर्गा प्रसाद गौतमले जानकारी दिनुभयो।

    त्रिभुवन माध्यमिक विद्यालयका शिक्षकले विद्यालयमा अवस्थित सरस्वती पूजाको लागि मण्डप तयार पारी पण्डित रुद्रप्रसाद आचार्यले पूजा विधि आरम्भ गरी अध्ययनरत सम्पुर्ण विद्यार्थी र शिक्षक मार्फत पूजा आराधना गरी नव आगन्तुक बालबालिकाहरुलाइ अक्षर लेखनको सुरुवात गराइ टिका लगाएर शैक्षिक सामग्री, प्रसाद वितरण गरी भजन किर्तनसमेत गरिएको विद्यालयका सह प्रधानध्यापक गौतमले जानकारी दिनुभयो।

    पहिलोपटक विद्यालय आएका नव आगन्तुक बालबालिकाहरु पेन्सिल, कापी, प्रसाद र अन्य फलफुल सङ्गै समुहमा भजनकिर्तनमा नाचगान गरेको देख्दा प्रफुल्ल देखिएका थिए ।

    श्री त्रिभुवन माध्यमिक विद्यालयमा हाल कक्षा बालविकासदेखि कक्षा १० सम्म अध्ययन अध्यापन हुने गरेको छ । विद्यालयमा अहिले १ सय ६९ भन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आइरहेका छन ।

    सरस्वती पूजाको दिन श्री त्रिभुवन माध्यमिक विद्यालय सङ्गसङ्गै रेसुङ्गा नगरपालिका लगायत देशैभर सोही अवसरमा सरस्वती पूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएका छन ।

  • सत्यवतीमा चौथो राष्ट्रपति रनिङ सिल्ड सम्पन्न, धर्मपुर मावि लगातार तेस्रोपटक च्याम्पियन

    सत्यवतीमा चौथो राष्ट्रपति रनिङ सिल्ड सम्पन्न, धर्मपुर मावि लगातार तेस्रोपटक च्याम्पियन

    चुरामणि  तिमिल्सिना  रिडी माघ ९ गते

    सत्यवती गाउँपालिका, गुल्मीमा आयोजित चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। मंगलबारदेखि सुरु भएको प्रतियोगिता बिहीबार गाउँपालिकाको खेलमैदानमा समापन भएको हो।

    प्रतियोगितामा १२ माध्यमिक विद्यालय र २ आधारभूत विद्यालय गरी जम्मा १४ वटा विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै धर्मपुर माध्यमिक विद्यालय, ठुलोलुम्पेकले ११ स्वर्ण र ४ रजत पदक र १ कास्य पदक सहित रनिङ सिल्ड हात पार्दै प्रथम स्थान हासिल गरेको छ।

    यस्तै, सरस्वती माध्यमिक विद्यालय, जोहाङले ५ स्वर्ण, ७रजत र ६ कास्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गरेको छ भने सरस्वती माध्यमिक विद्यालय, लिम्घाले ५ स्वर्ण, ४ रजत र ६ कास्य पदकसहित तृतीय स्थानमा चित्त बुझाएको छ।

    समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय चिन्तामणि पाण्डेले खेलकुद विद्यार्थीका लागि अत्यन्तै आवश्यक भएको उल्लेख गर्दै विद्यालय, पालिका, जिल्ला, प्रदेश तथा सङ्घीय सरकारबाट यसमा कुनै पनि किसिमको आर्थिक अभाव हुन नदिन आग्रह गर्नुभयो। उहाँले खेलकुद व्यावसायिक रूपमा समेत सञ्चालन हुने क्षेत्र भएकाले विद्यार्थीहरूले अझ बढी अनुशासनका साथ मेहनत गर्नुपर्ने कुरामा जोड दिनुभयो।


    कार्यक्रम गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष निरमाया तरामू, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल, जिल्ला समन्वय समितिका पदाधिकारीहरू, वडाध्यक्ष, वडा सदस्यहरू, शिक्षा प्रेमी तथा विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो।

    समापन सत्रमा गाउँपालिका अध्यक्ष पाण्डेले विगतका वर्षको तुलनामा यस वर्ष अन्य विद्यालयहरूले पनि उल्लेखनीय पदक हासिल गरेको उल्लेख गर्दै पारदर्शी, विवादरहित र अनुशासित रूपमा प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्ने खेलशिक्षक, प्रशिक्षक, खेलाडी, विद्यार्थी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्नुभयो। आगामी वर्ष हुने प्रतियोगितामा नयाँ र आकर्षक खेल गतिविधिहरू थप गरिने पनि उहाँले जानकारी दिनुभयो।

    लगातार तीन वर्षसम्म रनिङ सिल्ड आफ्नो हातमा पार्न सफल धर्मपुर माध्यमिक विद्यालयको यस उपलब्धिप्रति विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूमा खुशी छाएको छ।
    समारोहमा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा विजेता विद्यालयका प्रतिनिधिहरूले प्रतियोगिता अनुशासनपूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए। प्रतियोगिता अवधिभर सहयोग पुर्‍याउने महानुभावहरूलाई गाउँपालिकाले सम्मान समेत गरेको थियो।

    कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख लोकराज गिरी र रोजगार शाखा प्रमुख सुभाष आचार्यले गर्नुभएको थियो।

  • कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै

    कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै

     

    स्याङ्जा   माघ ८

    स्याङ्जा कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।

    पछिल्लो समयमा लागू पदार्थ सेवन कर्ताहरुको सङ्ख्या बढ्दै गएको, देशका भबिस्यका कर्णधारहरुको भबिस्य अन्धकार र अन्योलमा परिरहेको परिप्रेक्ष्यमा समाजलाई सचेतना दिनकै लागि भएपनी यो कार्यक्रमको आयोजना गरिएको संयोजक सोमैले बताउनुभयो । खेलकुद र शैक्षिक प्रतियोगिताहरुलाई पनि संग-संगै लैजाने तयारी रहेको समेत सोमैले जानकारी दिनु भयो। श्री जनहित माविमा जुनसुकै तहमा अध्ययन गर्नु भएका भू.पू. विद्यार्थीहरुको विद्यालय प्रती समान अधिकार , दायित्व र कर्तव्य रहेको भन्दै  सम्पूर्ण भू.पू. विद्यार्थीहरुलाई मंचमा आवद्ध हुन समेत सोमैले अनुरोध गर्नु भयो। कार्यक्रम संचालनका लागि आर्थिक , भौतिक र नैतिक रुपले सहयोग गर्नु हुने सवै प्रती आभार समेत सोमैले व्यक्त गर्नु भयो।

    विगत केही वर्ष देखि भू.पू. विद्यार्थी मंचले श्री जनहित मा.वि. मा शैक्षिक प्रतियोगिता आयोजना गर्दै आएको र ६७ औं वार्षिकोत्सवमा मंचले बक्तृत्वकलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक श्री केसर वहादुर क्षेत्रीले जानकारी दिनु भयो। पालिका भित्रका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउने समेत प्रधानाध्यापक क्षेत्रीले जानकारी दिनु भयो। भू.पू. विद्यार्थीहरुको तर्फबाट माघ ९ गते गरिने कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाउन सवैलाई हार्दिक अनुरोध समेत विद्यालयक प्रधानाध्यापक क्षेत्रीले गर्नु भएको छ।

  • कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै

    कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै

     

    स्याङ्जा  माघ  ८ स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।

    पछिल्लो समयमा लागू पदार्थ सेवन कर्ताहरुको सङ्ख्या बढ्दै गएको, देशका भबिस्यका कर्णधारहरुको भबिस्य अन्धकार र अन्योलमा परिरहेको परिप्रेक्ष्यमा समाजलाई सचेतना दिनकै लागि भएपनी यो कार्यक्रमको आयोजना गरिएको संयोजक सोमैले बताउनुभयो । खेलकुद र शैक्षिक प्रतियोगिताहरुलाई पनि संग-संगै लैजाने तयारी रहेको समेत सोमैले जानकारी दिनु भयो। श्री जनहित माविमा जुनसुकै तहमा अध्ययन गर्नु भएका भू.पू. विद्यार्थीहरुको विद्यालय प्रती समान अधिकार , दायित्व र कर्तव्य रहेको भन्दै  सम्पूर्ण भू.पू. विद्यार्थीहरुलाई मंचमा आवद्ध हुन समेत सोमैले अनुरोध गर्नु भयो। कार्यक्रम संचालनका लागि आर्थिक , भौतिक र नैतिक रुपले सहयोग गर्नु हुने सवै प्रती आभार समेत सोमैले व्यक्त गर्नु भयो।

    विगत केही वर्ष देखि भू.पू. विद्यार्थी मंचले श्री जनहित मा.वि. मा शैक्षिक प्रतियोगिता आयोजना गर्दै आएको र ६७ औं वार्षिकोत्सवमा मंचले बक्तृत्वकलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक श्री केसर वहादुर क्षेत्रीले जानकारी दिनु भयो। पालिका भित्रका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउने समेत प्रधानाध्यापक क्षेत्रीले जानकारी दिनु भयो। भू.पू. विद्यार्थीहरुको तर्फबाट माघ ९ गते गरिने कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाउन सवैलाई हार्दिक अनुरोध समेत विद्यालयक प्रधानाध्यापक क्षेत्रीले गर्नु भएको छ।

  • कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै

    कालीगण्डकीमा बक्तृत्वकला प्रतियोगिता हुँदै

     

    चुरामणि  तिमिल्सिना  रिडी   माघ  ८

    स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा भू.पू. विद्यार्थी मंच श्री जनहित मा.वि.ले अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ। माघ ९ गते पालिकामा अवस्थित माध्यमिक तह (६-१२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको भू.पू. विद्यार्थी मंचका कार्यक्रम संयोजक यम सोमैले जानकारी दिनु भयो।

    पछिल्लो समयमा लागू पदार्थ सेवन कर्ताहरुको सङ्ख्या बढ्दै गएको, देशका भबिस्यका कर्णधारहरुको भबिस्य अन्धकार र अन्योलमा परिरहेको परिप्रेक्ष्यमा समाजलाई सचेतना दिनकै लागि भएपनी यो कार्यक्रमको आयोजना गरिएको संयोजक सोमैले बताउनुभयो । खेलकुद र शैक्षिक प्रतियोगिताहरुलाई पनि संग-संगै लैजाने तयारी रहेको समेत सोमैले जानकारी दिनु भयो। श्री जनहित माविमा जुनसुकै तहमा अध्ययन गर्नु भएका भू.पू. विद्यार्थीहरुको विद्यालय प्रती समान अधिकार , दायित्व र कर्तव्य रहेको भन्दै  सम्पूर्ण भू.पू. विद्यार्थीहरुलाई मंचमा आवद्ध हुन समेत सोमैले अनुरोध गर्नु भयो। कार्यक्रम संचालनका लागि आर्थिक , भौतिक र नैतिक रुपले सहयोग गर्नु हुने सवै प्रती आभार समेत सोमैले व्यक्त गर्नु भयो।

    विगत केही वर्ष देखि भू.पू. विद्यार्थी मंचले श्री जनहित मा.वि. मा शैक्षिक प्रतियोगिता आयोजना गर्दै आएको र ६७ औं वार्षिकोत्सवमा मंचले बक्तृत्वकलाको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक श्री केसर वहादुर क्षेत्रीले जानकारी दिनु भयो। पालिका भित्रका माध्यमिक विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाउने समेत प्रधानाध्यापक क्षेत्रीले जानकारी दिनु भयो। भू.पू. विद्यार्थीहरुको तर्फबाट माघ ९ गते गरिने कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाउन सवैलाई हार्दिक अनुरोध समेत विद्यालयक प्रधानाध्यापक क्षेत्रीले गर्नु भएको छ।

  • सत्यवती गाउँपालिकाको रनिङ्ग शिल्ड प्रतियोगिता आज  समापन हुदै

    सत्यवती गाउँपालिकाको रनिङ्ग शिल्ड प्रतियोगिता आज समापन हुदै

    चुरामणि  तिमिल्सिना  रिडी

    सत्यवती गाउँपालिका, गुल्मीमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। गाउँपालिकाको खेलमैदानमा सुरु भएको प्रतियोगितामा १२ वटा माध्यमिक विद्यालय र २ वटा आधारभूत विद्यालय गरी जम्मा १४ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाइरहेका छन्।


    गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेका अनुसार खेलकुदले विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै अनुशासन विकास गर्न मद्दत गर्दछ। पछिल्लो समय खेलकुदलाई व्यावसायिक रूपमा समेत अगाडि बढाउन सकिने भएकाले पालिका यसलाई प्रवर्द्धन गर्न सधैं तयार रहेको उहाँले बताउनुभयो।
    यस्तै, गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले खेलकुद विद्यार्थीको गहना भएकाले यसलाई केवल पाठ्यक्रमको हिस्साका रूपमा मात्र सीमित नराखी थप व्यवस्थित र आकर्षक बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। प्रत्येक विद्यालयमा खेल शिक्षकको अनिवार्य व्यवस्था गर्नुपर्नेमा उहाँको जोड रहेको छ।


    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले हरेक विद्यालयमा खेल शिक्षक आवश्यक भएको विषयलाई पालिकाले गम्भीरतापूर्वक मनन गरी सोहीअनुसार प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो।
    प्रतियोगिताअन्तर्गत १५ वटा विभिन्न खेलमा प्रतिस्पर्धा भइरहेको छ। हालसम्मको नतिजाअनुसार धर्मपुर माध्यमिक विद्यालय अग्रता कायम गर्न सफल भएको छ। प्रतियोगिता आज समापन हुने छ

  • सत्यवती गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

    सत्यवती गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

    चुरामणि तिमिल्सिना  माघ ७ रिडी

    सत्यवती गाउँपालिका, गुल्मीमा चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मंगलबारदेखि गाउँपालिकाको खेलमैदानमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष निरमाया तरामुको स्वागत मन्तव्य रहेको थियो।

    स्वागत मन्तव्य राख्दै उपाध्यक्ष तरामुले खेल विद्यार्थीको गहना भएको उल्लेख गर्दै खेलकुदलाई प्रोत्साहन गर्नु पालिकाको दायित्व भएको बताउनुभयो। उहाँले यस्ता रचनात्मक क्रियाकलापमा गाउँपालिका सधैँ तयार रहने बताउँदै सहभागी सबै विद्यालय तथा विद्यार्थी भाइबहिनीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
    १२ वटा माध्यमिक विद्यालय र २आधर भुत गरि १४ बिद्यालयबीच सञ्चालन भएको छ ।
    उद्घाटन सत्रमा विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षा निकाय, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
    कार्यक्रममा शिक्षा शाखा प्रमुख लोकराज गिरीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै हरेक विद्यालयले विद्यार्थीहरूलाई अनुशासनको महत्त्वपूर्ण पाठ सिकाउनुका साथै खेलकुदलाई पनि नियमित समय छुट्याएर अघि बढाउन आग्रह गर्नुभयो।कार्यक्रमका अध्यक्ष गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे रहनुभएको थियो। समापन मन्तव्य राख्दै अध्यक्ष पाण्डेले यस्ता रचनात्मक गतिविधि सञ्चालनका लागि बजेट पर्याप्त भए पनि केही सानातिना समस्या र झन्झटहरू रहेको बताउनुभयो। ती समस्याहरू समाधान गर्दै स्थानीय सरोकारवाला, विद्यालयका प्रधानाध्यापक तथा जनप्रतिनिधिहरू थप सक्रिय हुन सके खेलको स्तर वृद्धि हुने र नयाँ खेलहरू समेत समावेश गर्न सकिने बताउनुभयो। उहाँले प्रतियोगिता विवादरहित रूपमा सञ्चालन गर्न शिक्षक, गाउँपालिका कर्मचारी तथा खेल शिक्षकहरूलाई आग्रह गर्नुभयो।
    आगामी दिनमा खेलकुदलाई थप उत्साह र उमङ्गपूर्ण बनाउन पालिकाले विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गरी निर्णयमा पुग्ने पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो।
    उद्घाटन सत्रमा विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए भने सबै विद्यालयका विद्यार्थीहरू मार्चपास्टमा सहभागी भएका थिए।
    प्रतियोगिता माघ ९ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको सञ्चालन रोजगार प्रमुख सुवास आचार्यले गर्नुभएको थियो।

  • रुरु क्षेत्रमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा

    रुरु क्षेत्रमा माघे सङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी पूरा

    चुरामणि तिमिल्सिना  रिडी

    पाल्पा गुल्मी र स्याङ्जाको सङ्गम स्थल विश्वकै धार्मिक , पौराणिक , एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाम मध्य एक धाम रुरु क्षेत्रमा माघे सङ्क्रान्ति मेलाको तयारी पुरा भएको छ

    तिन जिल्लालाई केन्द्र बिन्दु बनाइ यो मेला लाग्ने गर्दछ ।यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिन्छ । प्रत्येक वर्ष लाग्ने यो मेला तिन जिल्लामा फरक फरक कार्यक्रमको आयोजना गर्ने गरिन्छ। पाल्पा जिल्ला तर्फ धार्मिक कार्यक्रम भजन कृतन ,पुजा पाठ ,भण्डारा , दान पुन्य , जस्ता कार्यक्रम बढि मात्रामा गरिन्छ।

    यस्तै गुल्मी तर्फ उधोग बाणिज्य रुरु फ्रेन्डस कलब र फ्रेन्डस क्लब तथा स्थानिय आधा दर्जन भन्दा बढि संघ सस्थाको सहयोग र वडा र पालिका संग समन्वय गरि बृहत सास्कृतिक कार्यक्रमको आयोजना गर्ने तयारी समेत पुरा उधोग बाणिज्य संघ रिडीका अध्यक्ष तार प्रसाद जानकारी दिनु भयो। यस्तै स्याङ्जा तर्फ यस वर्ष पनि युवाहरुको साथ सहयोगमा चौथो पटक वडा अध्यक्षकप भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी समेत अन्तिम चरणमा पुगेको वडा अध्यक्ष कृष्ण बहादुर लामिछानेले बताउनु भयो। यो मेला पौराणिक मेला भएकोले कुनै पनि मेलाको आयोजना गर्न नपरेता पनि ब्यवस्थापन संरक्षण सुरक्षाका कारणले मेला लाई रौनकताका साथ आयोजना समेत गरिदै आइयको रुरु क्षेत्र गाउँ पालिका वडा न १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो । अध्यक्ष नवराजले मेला लाई ब्यवस्थापन र पुर्ण रुपमा सुरक्षाको प्रत्याभुति भक्तजनलाइ दिलाउन्को निम्ति वडा मार्फत पालिका जिल्ला प्रशासन जिल्लाका सुरक्षा निकाय सित सहकार्य गरेर अगाडी बढेको बताउनु भयो।

    मेलामा पाल्पा , गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, रुकुम, रोल्पा, काठमाडौ, दाङ , परासि , झापा , र इटहरी बाट समेत भक्तजन भगवानको दर्शनको निम्ति आउने पौराणिक महत्त्व यो क्षेत्र तिन जिल्लाको संगम भएकोले कालीगण्डकी नदिमा स्नान गरि भगवान ह्षीकेशको दर्शन गर्ने दान पुन्य गर्ने , जप तर्पण मार्जन गर्नाले देव ऋण पितृ ऋण र ऋषि ऋण बाट मुक्त हुने कुरा बराहा पुराणमा उल्लेख भए अनुसार यहाँ तीर्थ यात्रीहरु आउने गर्दछन।

    प्राय :गरि यसै दिन आफ्नो ग्रह शान्ति ग्रह दान , जोगिलाई दान गर्नको लागि यहाँ आउने पनि गर्दछन ।यसरि यहाँको यस दिन्को महत्त्व झलकाउन सकिन्छ ।

    यहाँ रुकुम बाट रुकुमेलिहरु भेडाका उन बाट बनेका चार पाटे काम्ला, लम्बरि काम्ला जुम्लाका अग्रजहरुहरुले जुम्लेलि सुइटर , टोपि, उनका सुइटर , राडि पाखि , उन्का आस्कोट, बिक्री गर्न आउने गर्दछन।

    यस्तै बाग्लुङको जलजला तथा पाल्पाको रैना देवि,अर्घाखाँचीको निहालि पटौति , गुल्मीको लुम्पेक , सत्यवती खैरेनि बाट डाला , सुपा , नाम्ला , चाल्ना हरु ब्यापार गर्न तथा हस्त सामग्रीको प्रदसनि गर्न रिडी मेलामा आउने गर्दछन । मेलामा रुकुम र रोल्पा बाट आउने हाजि , ओखर यहाँ किन बेच पनि हुने गर्दछ। यस्तै मेलामा पाल्पाको रिब्दीकोट ख्याहा बाट ख्यालि बन्चरो , हसिया उदाउने उधिन ढुंङगो , लघुवेलि तावा, हसिया सेल रोटि निकाल्ने जिर लगायतका सामाग्रीहरु यहाँ बिक्री स्थलमा राख्ने गरिनछ ।

    यहाँ धेरै जसो बुटवल लगायतअन्य स्थानबाट विभिन्न प्रकारका ताता कपडा लता कपडाहरु भान्सामा प्रयोग हुने सामग्रीहरु, गलैचा, तथा घरेलु ढाका तथा ढाका बाट बनेका अन्य सामग्रीहरु बाट ब्यापारीहरुले लाखौको आम्दानी गर्ने गर्दछन ।यति मात्र हैन यहाँ यस क्षेत्रकै पाहुरको रुपमा पठाइने थोर्गेलि गुड खुदो गुल्मेलि कफि लेकको टिमुर , बन्पाखाको बाको , पैचोको उत्पादन सिन्कि अचार ग्रामीण भेगमा पाइने महत्त्वपूर्ण तथा आर्युर्बेदिक औसधि पनि यहाँ ठुलो मात्रमा किन बेच हुने गर्दछ।

    यस वर्ष स्थानीय ब्यापारीहरु झविलाल ढकाल , कृष्ण ज्ञवाली बिष्णु सापकोटा र खिम प्रसाद गौतम पुस्पा सारुले करिव ३० लाख भन्दा माथिको गुड तथा खुदोको ब्यापार हुने बताउनु भयो ।गाउँ घरबाट आउने सुन्तलाको मात्र करिव २० लाखको सेरोफेरोमा ब्यापार हुने सन्केत देखिएको छ।

    मेला लाई आकर्षक बनाउन गुल्मी बाट आयोजना हुन गैइरहेको बृहत सास्कृतिक कार्यक्रमा राष्टिय कलाकार बाट बेजोड प्रस्तुती स्थानिय कला सस्कृति मौलिक परम्परा चर्के पिङ बचाका लागि रेल तथा जादु घर समेत तयारी गरिरहेको रुरु फेन्डसस कलबका अध्यक्ष सोभित थापाले बताउनु भयो । मेला लाई लक्षित गर्दै नेपाल प्रहरीले शान्ति सुरक्षाको ब्यबस्थापनको निम्ति आफनो कार्यालय लाई आएको जिम्मेवारी पुरा गर्ने र ढुक्क सित मेला भर्न आउने भक्तजनलाई सुरक्षामा कमि हुन नदिने ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक ज्ञान बहादुर माझीले बताउनु भयो । यस्तै मेलामा बढि मात्रमा ठुला देखि साना सवारी साधनहरुको अध्याधिक चाप हुने हुँदा मेलामा सवारी पार्किङमा कुनै पनि किसिमको झन्झट बिना सवारी साधन पार्किङको ब्यवस्थापन गरिने अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडीका इन्चार्ज हुमलाल पाण्डे ले बताउनु भयो।

    उहाले खालि स्थानमा पार्किङ को ब्यबस्थापन गरिने ,सडकका दाया बाया सवारी साधन लाई मिलाइ राख्ने ,आउने भक्तजनलाई कुनै पनि किसिमको झन्झट बेहोर्न नपर्ने बताउनु भयो। मेलामा गाउँमै कुदियका गिठिका ठेका टुनिका ठेका ठेकि यस्तै गिठिकै आरि बास्बाट बनेका बासका काइया मुडा , ढकिया , स्थानिय महिला समुहले बनायका अगबति विभिन्न परकारका अचार गुल्मी पाल्पा र स्याङ्जाको प्रसिद्ध आलु बाट बनेको चुकौनि बटुक फापरका परिकारहरु यस्तै सखर खन्ड पनि यहाँ किन बेच राम्रो भएको देखिन्छ । यता तीर्थ यात्री लाई मन्दिरमा दर्शनको निम्तो लाइनको प्रबन्ध मिलाइने मन्दिर क्षेत्रमा सिसि केमराको ब्यबस्थापन गरिएको   अध्यक्ष  पर्सुराम भट्टराईले बताउनु भयो।