Category: समाचार

  • नेकपा एमाले पाल्पाकाे अध्यक्षमा घर्ती विजयी

    नेकपा एमाले पाल्पाकाे अध्यक्षमा घर्ती विजयी

    पाल्पा – नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । घर्तीमगर सर्वसम्मत रुपमा निर्वाचत हाे ।
    यस्तै उपाध्यक्षमा विमल काफ्ले, सचिवमा भोजराज पोखरेल (रामजी), उपसचिवमा दिपक विश्वकर्मा र मीना जिसी निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि घर्तीमगर र पोखरेलको दावी रहेको थियो । तर सहमतिमा पदाधिकारी टुङ्गिएको नेताहरूले बताएका छन् । अध्यक्षमा निर्वाचित घर्तीमगर यसअघि एमाले जिल्ला कमिटिको सचिव र तिनाउ गाउँपालिकाको अध्यक्ष भइसक्नुभएको छ ।
    पदाधिकारीसहित १०५ जनाको जिल्ला समिति सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको छ । निर्वाचन समितिले केही बेरमै निर्वाचित समिति घोषणा गर्ने तयारी गरेको एमालेका नेताहरूले बताएका छन् ।
    शुक्रबारदेखि तानसेनमा जारी अधिवेशनमा ४५० बढी प्रतिनिधि सहभागीभएका थिए । अधिवेशनको उद्घाटन एमालेका महासचिव शङ्कर पोखरेलले गर्नुभएको थियो ।

  • दुर्गाभवन माध्यमिक  विधालय छापचौर गुल्मीको  ६७  औं  जन्मउत्सव  समारोह सम्पन्न

    दुर्गाभवन माध्यमिक विधालय छापचौर गुल्मीको ६७ औं जन्मउत्सव समारोह सम्पन्न

    चुरामणि  तिमिल्सिना , जेष्ठ   ११

    दुर्गाभवन माध्यमिक बिधालय कालीगण्डकी छापचौर गुल्मीले ६ दिने विविध कार्यक्रमका साथ ६७ औं वाषिर्कोत्सव समारोह सम्पन्न गरेको छ । समापन समारोहमा कालीगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापाको प्रमुख आतिथित्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष थापाले समाज समय निकै परिवर्तन भएको ले अवका हरेक बालबालिकामा प्राबिधिक शिक्षाको आवस्यक रहेको , ग्रामीण भेगका सबै बिद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्ने , ब्यबाहारिक शिक्षामा पनि जोड दिनु पर्ने बताउदै बिद्यालयमा गुणस्तर कायम राख्न बिद्यार्थी , शिक्षक , अभिभावक खटिनु पर्ने बताउनु भयो। उहाँले थप्दै भन्नुभयो कि पछील्लो समय ग्रामीण भेगका बालबालिकाहरु लाई अभिभावकले तराई क्षेत्रमा पठन पाठानको लागि लैजाने क्रम बढ्दो भएकोले यसलाई रोक्न सबै जना एक जुट हुन आवस्यक रहेको बताउनु भयो।

    समारोहमा पालिका उपाध्यक्ष मन्जु कुमारी दर्लामी , वडा न ७ का वडा अध्यक्ष घनश्याम थापा, पालिका शिक्षा शाखा प्रमुख अग्निधर पराजुलीको विशिष्ट आतिथ्यता रहेको थियो। बिद्यालयका सहायक प्रधानाध्यापक प्रलाद शाहानिले कार्यक्रम माथि प्रकास पार्नुभएको थियो।समारोहमा अभिभावक संघक पदाधिकारिहरु , चन्दादाताहरु पुर्व संचालक समिती , अक्षयकोष दाता , विभिन्न संघ सस्थाका प्रमुखहरु , राजनैतिक दल महिला समुहको आतिथ्यता रहेको थियो।

    बिद्यालयका प्रधानाध्यापक बिजय ढकालले आर्थिक वर्ष भरि गरेका प्रगति तथा आय ब्य प्रस्तुत गर्नु भएको थियो। ६ दिन सम्म संचालित कार्यक्रममा बिद्यार्थीहरु बीच विभिन्न प्रतियोगिता हरु खेलकुद यस्तै समारोह का बिचमा शैक्षिक सामग्री प्रदर्शन सन्देश मुलक नाटक मंचन सास्कृतिक प्रतिभा पनि प्रस्तुत गरिएको थियो।

    उत्घाटन सत्रमा बिद्यार्थीहरुले अतिथि लाई रेडक्रसको पहिचान सहित सलामी अर्पण गरेका थिए । कार्यक्रममा यस बिद्यालयमा विभिन्न बिदामा योगदान पुर्याउने हुने , पुर्व बिद्यार्थी लाई सम्मान समेत गरिएको थियो।

    यस्तै बिद्यालयकै गहनाका रुपमा रहेकी पुर्व बिद्यार्थी टिका ढकाल ले छात्रा तर्फ पहिलो पटक बिद्याबारधि हासिल गर्नु भएको र निजामती सेवा तर्फ उच्च तहमा रहनु भएका नवराज ढकाल लाई कार्यक्रमका बिच सम्मान पत्र दोसल्ला ओडाइ सम्मान गरिएको थियो। यस्तै पुर्व  प्रधानाध्यापक   सुभास चन्द्र गौतम लाई  पनि  औपचारिक कार्यक्रमको आयोजना  गरेर बिधाइ गरिएको  थियो।

    कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष सुरेश ढकालले ले गर्नु भएको थियो।

  • पाल्पामा पाैडी खेल्दा डुबेर मृत्यु

    पाल्पामा पाैडी खेल्दा डुबेर मृत्यु

    पाल्पामा पाैडी खेल्दा डुबेर मृत्यु
    पाल्पा – तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–७ हिलपार्क बस्ने १७ वर्षका राजिव लामा रहनुभएको छ ।

    बुधबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिका –३, स्थित शिद्धबावानजिक तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जना साथीसँगै पौडी खेल्ने क्रममा लामाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

    गर्मी मौसममा तिनाउ नदीमा डुबेर हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ । तिनाउ नदीमा पौडी खेल्न रोक लगाइए पनि गर्मीबाट बच्न अटेर गरेर पौडी खेल्नेक्रम बढेको प्रहरीले जनाएको छ ।

  • पोखरा बाट  गुल्मी आउँदै गरेको सवारी बस दुर्घटनाको पुरा विवरण

    पोखरा बाट गुल्मी आउँदै गरेको सवारी बस दुर्घटनाको पुरा विवरण

    चुरामणि  तिमिल्सिना   जेष्ठ   ३

    पोखरा बाट गुल्मीको तम्घास आउदै गरेको बस रिडी नजिकै मकवादीमा दुर्घटना भएको छ ।

    लु १ ख ८१७५ नंं. को बस आज बेलुका करिब पौने ५ बजे सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई दुर्घटना भएको हो । दुर्घटनामा १३ जना घाईते भएका छन । घाईते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको रुरु प्राथमिक स्वास्थ केन्द्रले जनाएको छ ।

    दुर्घटनामा स्याङ्जा जिल्ला वालिङका नगरपालिका २८ वर्षका मनोज बस्याल, स्याङ्जा हरिनास गाउँपालिका वडा न ५ का ३५ का खेमराज लमसाल, कास्की जिल्ला माढिगाउँपालिका २३ वर्षकी रोसनी नेपाली, पाल्पा रिब्दिकोट गाउँपालिका वडा न १ ख्याहा ४० वर्षका युवराज कुवर, गुल्मी जिल्ला रुरुक्षेत्र गाउँपालिका वडा न १ की ३० वर्षकी रिता बिस्वकर्मा , छत्रकोट गाउँपालिका वडा न ४ की ४२ वर्षकी शान्ति सुनार, रुरुक्षेत्र ३ कि २३ वर्षकी शुशिला नेपाली, पाल्पा रिब्दिकोट १ ख्याहाका ६५ वर्षका तारा प्रसाद पाण्डे, डेढेल धुरा जिल्ला नवदुर्गा गाउँपलिका वडा न २ का राज बहादुर सारद, गुल्मी रेशुङगा नगरपालिका वडा न १० सिमिचौरका केशव अर्याल सिमिचौरकै २१ वर्षकी ईन्द्रा सुबेदि, गुल्मीदरबार गाउँपलिका वडा न २ का २० वर्षका ओम बहादुर बलाल, रुरुक्षेत्र गाउँपलिका ३ का २३ वर्षका गङगा बहादुर बिक, घाइते हुनु भएको छ । घाइते सबैलाई पाल्पा लुम्बिनी मेडिकलमा थप उपचारको लागि पठाईएको छ ।

    दुर्घटना के कारणले भएको खुल्न्न नसकेको ईलाका प्रहरी कार्यालय रिडी गुल्मीले जनाएको छ ।

  • रिब्दीकोटकाे नागरिक आरोग्य तथानसर्ने रोग सम्बन्धि तीनदिने अभिमुखिकरण कार्यक्रम

    रिब्दीकोटकाे नागरिक आरोग्य तथानसर्ने रोग सम्बन्धि तीनदिने अभिमुखिकरण कार्यक्रम

    पाल्पा प्रतिनिधि  जेष्ठ  ३
    पाल्पा, रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजना र पालुङ्गमैनादी आयुर्वेद औषधालयकाे समन्वयमा “नागरिक आरोग्य कार्यक्रम” स्वस्थ जीवनशैली,योग तथा नसर्ने रोग सम्बन्धी तीनदिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । रिब्दीकाेट गाउँपालिकाका आठवटा वडाका ३७ सामुदायिक विद्यालयका शिक्षक शिक्षिका र ७२ जना स्वास्थ्य स्वयंसेविका गरि करिब २००जनाबढी सहभागीता रहेको कार्यक्रमकाे पहिलो दिन खस्याैली,दाेस्राे दिन पालुङमैनादी र तेस्रो दिन देउरालीमाअभिमुखिकरण कार्यक्रमकाे सञ्चालन हुनेछ ।

    कार्यक्रमका प्रमुखअतिथि एवं रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै स्वस्थ्य रहने उपाय घरमा आफैसँग छ भन्ने कुरालाई आम नागरिकलाई बताउन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बाेल्नुहुँदै प्रमुख अतिथि कार्कीले प्रत्येक व्यक्तिले स्वास्थ्यका सामान्य नियमहरू लाई आत्मसात् गर्ने हाे स्वास्थ्य क्षेत्रकाे उपचारमा हुने ठुलो रकम खर्च समेत बचत हुने बताउँदै उहाँले जीवनशैली परिवर्तनले उच्च मनाेवल वृद्धि हुने र चित्त शुद्ध बनाउन सकिने भएकोले पनि सानो प्रयासमा धेरै लाभ लिन सकिने र सधै स्वस्थ रहन सकिने बताउनुभयो ।

    कार्यक्रममा विशिष्ट अतिथि रिब्दीकाेट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले आयुर्वेद,योग तथा जडिबुटिको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ शरीर,सकारात्मक सोच र व्यक्तित्व विकास गर्न साथै नसर्ने रोगहरुको प्रकोपलाई न्यूनिकरण गरी स्वस्थ समाज निर्माण गर्न सहयोग पुर्‍याउने उद्धेश्य अनुसार नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले स्वस्थ जीवनशैली,सन्तुलित आहार आजको आवश्यकता भएकोले पनि कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    कार्यक्रममा रिब्दीकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पाेखरेलले “मेरो स्वास्थ्य मेरो जिम्मेवारी “भन्ने लक्ष्य रउद्धेश्य अनुसार गरिएको कार्यक्रमलाई सार्थक बनाउन आमनागरिकलाई शारीरिक मानसिक एवं आध्यात्मिक रूपमा स्वस्थ र सफल बनाई विश्वव्यापी रूपमा आक्रान्त बनेको नसर्ने राेगकाेप्रकाेपलाई न्युनीकरण गर्न स्थानीय परिवेशका आवश्यकताकाआधारमा उपलब्ध स्राेतहरूलाई अधिकतम् रूपमा प्रयाेग गरिस्वस्थ शरीर ,सकरात्मक साेँच एवं व्यक्तित्वकाे विकास गर्दै अघि बढनु कार्यक्रमकाे उद्धेश्य रहेको बताउनुभयो ।

    उहाँले याेग ध्यान र प्राकृतिक उपचार विधिबाट हुने उपचारलेव्यक्तिमा शारीरिक तन्दुरुस्ती एवं स्वस्थ जीवनशैली जिउनलाईमद्धत समेत पुग्ने बताउनुभयो ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले आयुर्वेद स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य सेवा तथा रोग अनुसार ध्यान र योगा सम्बन्धी छलफलकाे प्रयोगात्मक अभ्यासबाट नागरिकमा पर्ने प्रभाव र सर्ने तथा नसर्ने राेगबाट कसरी बच्ने लगायत विषय केन्द्रित भएर सहजीकरण गर्नुभएको थियो । पालुङमैनादी आयुर्वेद औषधालय प्रमुख डा.राेमहर्ष नेपालले “नागरिक आराेग्य कार्यक्रम “ र स्वास्थ्य जीवनशैली तथा नसर्नेराेग सम्वन्धि आयुर्वेदकाे महत्त्व बुझाउदै आफ्नै भान्सा नै घरकाे अस्पताल रहेकोले व्यक्ति स्वस्थ रहन दैनिक आनीबानी बदल्न र व्यक्तिको खानपिनले स्वास्थ्यमा पर्ने असरबाट कसरी बच्ने भन्ने विषयमा बताउँदै शारीरिक तन्दुरुस्ती रहनका लागि ध्यान याेगकाे बारेमा सहजीकरण गर्नुभएको थियोे ।

    त्यस्तै अर्का प्रशिक्षक डा.प्रशान्त बस्नेतले आयुर्वेदिक उपचार रबैकल्पिक उपचारका बारेमा बताउँदै दैनिक जीवनमा गरिने खानपानमा सतर्कता अपनाउन सके मात्र खानपिनबाट व्यक्तिको स्वास्थ्यमा पर्ने असरबाट जाेगिन सकिन्छ भन्ने विषय केन्द्रित सहजीकरण गर्दै सबै राेगकाे उपचार व्यक्तिकाे बानी व्यवहार भएकोले दैनिक जीवनमा स्वस्थ रहन आफु नै परिवर्तन हुनुपर्ने बताउनुभयो ।

    वडाअध्यक्षहरू ओमप्रसाद पाेखरेल,नारायणबहादुर केसी, साेमबहादुर कार्की,मनबहादुर अस्लामी,कार्यपालिका सदस्य रञ्जना आचार्य र गाेमा पचभैयाकाे आथित्यता रहेको कार्यक्रममा रिब्दीकाेट गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य विषय शिक्षक शिक्षिका तथा महिला स्वास्थ्य स्वयंसेविका लगायत दुई सय बढीको सहभागी रहेको कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पाेखरेलकाे अध्यक्षतामा भएको थियोे । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

  • गुल्मीको कालीगण्डकीमा  जेष्ठनागरिक  सम्मान  कार्यक्रम  सम्पन्न

    गुल्मीको कालीगण्डकीमा जेष्ठनागरिक सम्मान कार्यक्रम सम्पन्न

    प्रतिमा  भट्टराई

    बैशाख   ३०

    गुल्मीको कालिगण्डकी गाउपालिका वडा न १ मा जेष्ठ नागरिक लाई सम्मान गरिएको छ । वडा न १ को आर्थिक सहयोग बाट कार्यक्रम गरिएको हो। सम्मान कार्यक्रममा वडा न १ मा रहेका ८० वर्ष पुरा हुनु भएका ६९ जना जेष्ठ नागरिकहरु लाइ तातो पानी पिउनको लागि थर्मस र लाइट दिएर सम्मान कार्यक्रम सम्पन्न गरियो ।

    गाउँघरका पाका पुस्ता तथा आफ्नामार्गदर्शक दिने जेष्ठनागरिक गहनाका रुपमा हुने पुराना कुराका दस्ताबेज पनि हुने हुँदा उनिहरु लाई सम्मान जनक तरिकाले बाच्न सिकाउन सानो भएपनि मायाको चिनो र आफुहरु लाई आशिर्वाद दिने बुवा आमा लाई सम्मान गर्न पाउदा आफुहरु अत्यन्त खुशी भएको वडा न १ वडा अध्यक्ष लालु प्रसाद पाण्डेले बताउनु भयो ।


    गाउँ घरमा जेष्ठ नागरिकको सम्मान भएपनि पछील्लो समयमा बढि मात्रमा स्थानीय तहले खोजी खोजि सम्मान गर्ने आशिर्वाद लिने गरेको र आगमी दिन्मा पनि वडाले राखेका यस्ता रचनात्मक कार्यहरु लाई पालिकाले थप सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष बेद बहादुर थापाले जानकारी दिनु भयो ।

    यता कार्यक्रम पछी सम्मान लिदै चिउरेका १०७ वर्षका जेष्ठ नागरिक तुल्सिराम भट्टराइ र सोहि उमेर समुहकी हर्मिचौर निवासी थानिसरा पाण्डेले आफुहरु लाई यसरी आफ्नै भाइ भतिजा र छोरी बुहारी जस्ता आफन्त ले औपचारिक समारोहको आयोजना गरेर सम्मान गर्दा खुशीका आँशु आएको बताउदै जनप्रतिनिधिले अन्य बेलामा पनि स्वास्थको चेक जाँच सत्सङगत कार्यक्रम संगै पुनर्मिलन गराउदा आफुहरुमा सदै खुशी छाएको बताउनु भयो कार्यक्रमको सहजीकरण वडा सचिव सागर आले र सामाजिक परिचालिका मोनिका बस्यालले गर्नु भएको थियो। कार्यक्रममा जनप्रतिनिधि , सामाजिक अभियानताहरु शिक्षाप्रेमि महानुभावहरु बौद्धिक बर्ग लगायतको आतिथ्यता रहेको थियो।

  • औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न

    औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न

    औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको बैठक रेसुङ्गामा र  जिल्ला साधारणसभा तम्घासमा  सम्पन्न ।

    राम कृष्ण कंडेल बैशाख २९ गुल्मी । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रदेश स्तरीय पुर्ण  बैठक गुल्मीको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गा यज्ञशालामा शुक्रबार साझ सम्पन्न भएको छ ।

    प्रदेश कार्यसमिति अध्यक्ष लुकराज न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकमा  प्रमुख अतिथि एवम्  रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले प्रदेश स्तरीय बैठक नेपाल कै धार्मिक , पर्यटकीय ऐतिहासिक स्थान  रेसुङ्गा तपोभुमिमा स्वागत गर्न पाँउदा आफू अत्यन्तै हर्षित भएको र  आफूले विकासका कामहरू मध्ये  स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिदै   उल्लेखनीय प्रगति गरेको उदाहरण बताउँदै गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा, मृगौला डाइलाइसिस सेवा लगायतका थुप्रै  सेवा सुचारु गरेको  र निकट भविष्यमा थप सेवा बिस्तार गर्ने योजनाका साथ अघि बढिसकेको बताउदै औषधि व्यवसायीका  समस्या समाधानमा आफू सधै साथमा रहेको बताउनु भएको थियो ।
    तेस्तै शनिबार नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखाको नवौं साधारणसभा तम्घास गुल्मीमा सम्पन्न भएको छ । नवनिर्मित रेसुङ्गा नगरपालिका ७ साखिनडाडामा गुल्मी जिल्ला शाखा अध्यक्ष फर्शुराम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा औषधि व्यवसायी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपानेको बिशिस्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा बिगतमा औषधि ब्यवसायमा लागि योगदान पुर्याउनु भएका अग्रज औषधि व्यवसायी तथा जेष्ठ नागरिकहरु चिरञ्जीवी भण्डारी ,गोविन्द भक्त पौडेल , पुर्ण बहादुर राना , देव बहादुर बुढाथोकी र हरि प्रसाद पोख्रेल गरि पाँच जनालाई  दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको छ । गुल्मी जिल्ला वरिष्ठ उपाध्यक्ष पार्वता थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा लुम्बिनी  प्रदेश पुर्व अध्यक्ष शिव ज्ञवाली आफ्नै भवनमा साधारणसभा गर्न पाउनु  अग्रजहरुको देन र बर्तमान समितिको सक्रियता  रहेको बताउनुभएको थियो । साथै ज्ञवालीले औषधि व्यवसायीहरुमा रहेका अप्ठेरोहरु तथा चुनौती हरुलाई मिलेर समाधान गर्नुपर्ने बताउनु भएको थियो । बिशिस्ट अतिथी लुकराज न्यौपानेले शुभकामना मन्तव्य राख्दै गुल्मी जिल्ला कार्यसमितिले लुम्बिनी प्रदेशभरका सम्पुर्ण जिल्लाहरुको प्रतिनिधित्व गराएकोमा गुल्मी जिल्ला कार्यसमितिलाई धन्यवाद व्यक्त गर्दै व्यवसायीका समस्या समाधान गर्न जिल्ला, प्रदेश र  केन्द्रिय समिती संघ मिलेर अघि बढिरहेको बताउनु भयो ।  प्रमुख अतिथि खरेलले शुभकामना मन्तव्य राख्दै  गुल्मी जिल्लामा भवन  निर्माण  सम्पन्न गर्ने सम्पुर्ण कार्यसमिति तथा व्यवसायीहरुलाई धन्यवाद दिनुभएको थियो । जिल्ला सक्रिय भयो भने मात्रै प्रदेश र केन्द्र मजबुत हुने बताउँदै औषधि व्यवसायी भनेको  अन्य व्यवसाय जस्तो सजिलो नभएको र  अत्यन्तै संवेदनशिल व्यवसाय भएको हुँदा सम्पुर्ण व्यवसायीहरुले आफ्नो व्यवसाय प्रती गर्व महसुस गर्दै   सजकता अपनाउनु पर्ने बताउनु भएको थियो ।

    कार्यक्रममा  औषधि व्यवसायी संघ पाल्पा जिल्ला कार्यसमितिको तर्फबाट पाल्पा जिल्ला अध्यक्ष विष्णु केसीले  गुल्मी जिल्लाको संघको भवन निर्माणकार्यको लागि सहयोग स्वरुप नगद रु अठार हजार बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको संचालन तथा प्रगति प्रतिवेदन प्रस्तुत  महासचिव श्रीकृष्ण भट्टराईले गर्नुभएको थियो ।  बन्दसत्रमा कोषाध्यक्ष अनन्तराज अधिकारीले  २९ लाख   बराबरको आय ब्यय प्रतुत गर्नुभएको थियो ।

  • चन्द्रकोट गाउँपालिकामा निशुल्क स्वास्थ शिविर हुने

    चन्द्रकोट गाउँपालिकामा निशुल्क स्वास्थ शिविर हुने

    अनिल खत्री

    २९ वैशाख, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा जेठ ४ गते एक दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने शनिबार पत्रकार भेटघाट गरेर जानकारी गराएको हो ।

    गाउँपालिकाले अघिल्लो वर्षबाट नि:शुल्क स्वास्थ्य शिविर गर्ने कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताउनुभयो । शिविरमा विभिन्न रोगका१६ जना बिशेषज्ञ डाक्टरहरुको सहभागीता हुनेछ ।

    चन्द्रकोट गाउँपालिका गुल्मीको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको स्वस्थ नागरिकको परिकल्पनालाई व्यवहारमा लैजादै गाउँपालिका भित्रका नागरिकहरुको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य शिविरमा राख्ने गरेको पालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

    नागरिकको स्वास्थ्य प्रतिको जिम्मेवारी वहन गर्ने क्रममा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा निःशुल्क स्वास्थ्य परिक्षण मार्फत स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिले लिएको छ ।

     

    आर्थिक अभावले अनेत्र गएर उपचार गराउन नसक्ने नागरिकलाई राहत दिने उदेश्यले बृहत नि: शुल्क शिविर राखिएको अध्यक्ष खत्रीले बताउनुभयो । शिविरमा जटिल रोगका बिरामी फेला परे अनेत्र उपचारमा जानको लागि गाउँपालिकाले शहरीकरण गर्ने अध्यक्ष खत्रीको भनाइ छ ।

    यसक्षेत्रका नागरिक विभिन्न रोगका बिशेषज्ञ सेवा लिन पाल्पा, बुटवल, काठमाडौं जानुपर्ने बाध्यता छ । गतवर्ष पालिकाले राखेको शिविरमा २ हजार बढी नागरिकले सेवा लिएका थिए ।

    पालिकाले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्ने पनि गर्ने भएको छ ।

  • रुरुक्षेत्र गाउँपालिकाको आर्थिक बर्ष २०८१ /८२ को नीति तथा कार्यक्रम प्रस्तुत, ४० जनालाई बार्षिक रोजगारी दिईने

    रुरुक्षेत्र गाउँपालिकाको आर्थिक बर्ष २०८१ /८२ को नीति तथा कार्यक्रम प्रस्तुत, ४० जनालाई बार्षिक रोजगारी दिईने

    वैशाख २८
    रुरुक्षेत्र गाउँपालिकाकाको गाउँ सभाको १६ औं अधिवेशनको पहिलो वैठकमा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।

    स्वास्थ्य, शिक्षा र ,स्थानिय रोजगारी प्राथमिकतामा राख्दै आज सुरु भएको १६ औं अधिवेशनको पहिलो बैठकमा चालु आर्थिक बर्षका धेरै कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पेश गर्नु भएको हो ।

    स्वास्थ्यका धेरैकार्यक्रमलाई निरतरता दिदै निशुल्क थाईराईड परिक्षण थपिएको छ । शिक्षामा शिक्षक सरुवा देखि प्रोत्साहन र संचालित स्कूल बसको लागि अनुदान र बिद्युतिय सवारी साधन बिद्यालयलाई उपलब्ध गराउने, संस्कृत माबिमा गुरुकुलिय शिक्षाको लागि आबासको ब्यवस्था गरिने,सबै बिध्यालयलाई प्रबिधि मैत्री बनाउने, पालिकाभित्र संचालित अटोको भाडा निर्धारण र रुटको ब्यवस्था गर्ने, पालिका भित्रका मुख्य बजारमा हार्टबजार संचालन, एक वडा एक ब्यवसायिक नर्ससरी,क्षतिपूर्ती सहितको नागरिक बडा पत्र, लगानी सम्मेलन, १० लाख भन्दा कमका योजना टोलबिकास समिति मार्फत गर्ने र बिकास निर्माणमा ठूला उपकरण प्रयोग नगरि कम्तिमा ४० जना स्थानियलाई रोजगारी दिइने नीति सार्वजनिक गरिएको छ ।

    यस्तै संरचना बनाउदा नक्सा पास गर्ने ब्यवस्था, परमपरागत झ्यालढोका बनाउन अनुदान, प्लाष्टिकका झोला बिस्थापित गर्ने झोला बनाउने उद्योग संचालन गर्न अनुदान दिने लगायतका स्थानिय बिभिन्न रोजगारी तथा जिपलाईन जस्ता साहसिक तथा पर्यटकिय कार्यक्रम निजिक्षेत्र संगको साझेदारिमा संचालन गर्ने लगायतका केहि महत्वाकांक्षी योजना समेत आगामी नीति तथा कार्यक्रममा समाबेस गरिएको छ ।

    सभा संचालन प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले गर्नु भएको थियो । आगामी नीति तथा कार्यक्रम रुरु एफ एमको फेसबुक पेजबाट पूर्ण पाठको लाईभ भिडियो हेर्न र सुन्न सकिन्छ ।

    प्रतिक्रिया

  • बगनासकालीमा मकै बिउ उत्पादन प्रविधि सम्बन्धी तालिम सम्पन्न

    बगनासकालीमा मकै बिउ उत्पादन प्रविधि सम्बन्धी तालिम सम्पन्न

    दयाराज न्यौपाने
    पाल्पा – बगनासकाली गाउँपालिका कृषि शाखाको आयोजना र बीउ बिजन प्रयोगशाला भैरहवा रुपन्देहीको समन्वयमा मकै बिउ उत्पादन प्रविधि सम्बन्धी तालिम बगनासकालीमा सम्पन्न भएको छ ।
    मकैबाली प्रर्वद्धन संघीय सशर्त कार्यक्रम अन्र्तगत भएको तालिममा बगनासकाली गाउँपालिकाका मकै बिउ उत्पादन पकेट क्षेत्रका १,२ र ३ वडाका ३५ जना किसानको सहभागिता रहेको थियो ।

    तालिम उद्घाटन समारोहका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका प्रवक्ता टीकाबहादुर थापाले बगनासकालीलाइ मकैमा आत्म निर्भर र बिउको जोन कै रुपमा लैजान पहल गरेको बताउदै आगामी दिनमा थप लगानी गर्ने बताउनु भएको थियो । यहाँले बाहिर बिउको रुपमा समेत जाने गरेको उल्लेख गदै यसलाइ अझ व्यापाक बनाउन जोड दिने बताउनु भयो ।

    कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष शेरबहादुर चिदी,शिक्षा शाआ प्रमुख गुनाराम खनाल, कृषि प्रावधिक निशा मरासीनि,नारायण न्यौपाने, प्राविधिक साहेक किसोरकुमार खत्री लगायतको सहभागिता रहेको थियो । किसानको समस्यामा आधारित प्रविधि,बिउ उत्पादनमा कानुनी प्रक्रिया,बिउ उत्पादन,भण्डार तथा बिक्रीका बारेमा बीउ बिजन प्रयोगशाला भैरहवा रुपन्देहीका बाली विकास अधिकृत शालीकराम गौतम र बगनासकाली गाउँपालिका कृषि शाखा प्रमुख रामहरी गैरेले सहजीकरण गर्नुभएको थियो ।

    मकै प्रवद्र्धन समितिका संयोजक लेखनाथ गैरेले सिङ्गो मकैबाली परिवार एकचित्त भएर लागि परेको बताउदै मकै बालीको बीउ उत्पादनमा संलग्न कृषकहरुको तालिम प्रभावकारी रहेको बताउनु भयो ।
    यस क्षेत्रमा मनकामना ३ जातको बिउ उत्पादन हुने कृषि प्रावधिक खिमराज काइरालाले जानकारी दिनुभयो ।
    बगनासकाली गाउँपालिका कृषि शाखा प्रमुख रामहरी गैरेले नेपालको लागी मकै एउटा महत्वपुर्ण खाद्यन्न बाली भएको बताउदै बगनासकालीको सबै क्षेत्रमा खेती हुने गरेको समेत जानकारी दिनु भयो ।