Category: समाचार

  • डडेल्धुरामा खोलाले बगाएर एक महिलाको ज्यान गयो

    डडेल्धुरामा खोलाले बगाएर एक महिलाको ज्यान गयो

    डडेल्धुरामा खोलाले बगाएर एक महिलाको ज्यान गयो
    असार-२८,२०८०
    डडेलधुरा ।
    डडेल्धुरामा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कुलेडी बस्ने अन्दाजी ५८ वर्षीया दुर्गादेवी बोहराको ज्यान गएको हो । बिहिबार दिउसो २ बजेको समयमा बोहरालाई खोलाले बगाएको प्रहरी जनाएको छ ।

    बिहीबार दिउँसो गोठालाबाट फर्किने क्रममा खोला तर्दा उनलाई बगाएपछि बेपत्ता भएकी थिइन् । बिहिबार डडेल्धुराका विभिन्न स्थानहरुमा ठुलो बर्षा भएको थियो। बर्षाका कारण खोलामा आएको बाढीले उनलाई बगएको हो उनलाई खोलाले बगाउदा बेपत्ता भएपछि स्थाानीयले प्रहरीलाई खबर गरेका थिए ।

    उनको खोजतलास गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। खोजिगर्दा बगेको स्थानबाट करिब एक किलोमिटर टाढा शव फेला परेको प्रहरीले जनाएको छ ।

  • एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

    एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित

    एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालय सम्मानित
    असार-२८,२०८०
    बाग्लुङ।
    गलकोट नगरपालिकामा आज एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । गलकोटमा माद्यमिक शिक्षा परिक्षा एसईई २०७९ को नतिजामा उत्कृष्ट नतिजा प्राप्त गर्ने, ३.२ वा सो भन्दा बढी जि.पि.ए. प्राप्त गर्ने विद्यार्थीहरु र उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालयहरुलाई सम्मान कार्यक्रम तथा विद्यालयहरुका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र जनप्रतिनिधीहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले शैक्षिक सुधारका लागि नगरपालिका प्रतिवद्ध भएको बताउनुभएको छ । उहाँले शैक्षिक गुणस्तरको लागि नगरपालिकाले गरेका निर्णयहरुलाई सम्बन्धित शैक्षिक सरोकारवालाहरुले निर्णय कार्यान्वयनमा सहयोग गर्नको लागि अनुरोध गर्नुभएको थियो ।गैरेले विद्यालय तथा विद्यार्थिहरुलाई शैक्षिक योजना निर्माण गरी शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि नगरपालिकाले विद्यार्थि तथा विद्यालयको नतिजाको आधारमा प्रोत्साहन गर्ने कार्यक्रम विगत देखि वर्तमानसम्म निरन्तर रुपमा गरिरहेको र यसलाई आगामी दिनहरुमा पनि निरन्तर गरिरहने प्रतिवद्धता जनाउनुभएको थियो ।उहाँले गलकोटको शिक्षामा सुधार ल्याउनको लागि नगरपालिकाले बजेट पनि सहि किसिमले विनियोजन गरेको र अन्तरक्रियामा उठेका गहन विषयवस्तुहरुलाई नगर शिक्षा समितिमा लगेर छलफल गर्ने जानकारी गराउनुभएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०७९ को माद्यमिक शिक्षा परिक्षा एसईईमा गलकोट नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट सहभागि भई ३.२ वा सो भन्दा बढी जि.पि.ए. प्राप्त गर्ने ४१ जना विद्यार्थीहरु र उत्कृष्ट नतिजा प्राप्त गर्ने ३ वटा विद्यालयहरुलाई सम्मान गरिएको थियो । जसमध्ये उत्कृष्ट नतिजा प्राप्त गर्ने ४१ जना विद्यार्थीहरुमध्ये सम्बुद्ध एजुकेशनल एकेडेमीका सन्देश रेग्मी ३.९५ जिपिए सहित प्रथम, एकता सेकेण्डरी बोर्डिङ स्कुलका रेईका विक ३.८ जिपिए सहित द्धितिय र गलकोट मोडनाईज बोर्डिङ स्कुलका गरिमा खत्री ३.७० जिपिए सहित तृतिय हुनुभएको छ । त्यस्तै प्रकाशित नतिजाको आधारमा सम्बुद्ध एजुकेशनल एकडेमी, गलकोट माद्यमिक विद्यालय, शिव माद्यमिक विद्यालयलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रत्येक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र जनप्रतिनिधीहरुबिच प्राप्त नतिजा र नतिजा सुधारको लागि वृहत् अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा उठेका प्रश्न तथा जिज्ञासाको गलकोट नगरपालिकाका शिक्षा अधिकृत शिव खड्का र सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारीले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, गलकोट नगर शिक्षा समितिका सदस्य टंक बहादुर केसीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम गलकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हिम बहादुर भण्डारीको अध्यक्षता, गलकोट नगरपालिका शिक्षा शाखाका प्रास मनु सिंजालीको स्वागत र शिक्षा अधिकृत शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • गुल्मीमा जिप दुर्घटना

    गुल्मीमा जिप दुर्घटना

    असार  २८  गुल्मी

    गुल्मीमा जिप दुर्घटना भएको छ। तम्घास सिमलटारी सडक खण्डको रेसुङ्गा नगरपालिका ४ रैदिमा डबल क्याप जिप दुर्घटना हुदा जिपमा सवार ६ मध्य ४ जना घाइते भएका छन।

    सदरमुकाम तम्घासबाट मदाने गाउँपालिका अग्लुङ तर्फ जादै गरेको लु १ च ८०२४ नम्बरको डबल क्याप जिपको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

    घाइतेहरूको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरू मध्ये प्युठान गौमुखी गाउँलिकाका – २२ वर्षीय यम बुढा, र प्युठान गौंमुखी गाउँपालिका-१ अर्खाका २१ वर्षीय नबिन बुढालाई पाल्पा रेफर गरिएको बताइएको छ । भने गुल्मीको मदाने गाउँपालिका-१ अग्लुङ्गका २१ वर्षीय लक्ष्मण जि.सि. सोही स्थानका २८ वर्षीय चन्द्र मगरको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

  • रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था

    रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था

    रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था
    चुरामणि तिमिल्सिना
    असार-२८,२०८०
    गुल्मी।
    गुल्मी,पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थल विश्ववकै धार्मिक, पौराणिक ,ऐतिहासि तथा पवित्र पर्यटकीय तिर्थ स्थल रुरुक्षेत्र धाम रिडीको तिनमुखे पुलमा निशुल्क वाइफाइको व्यवस्था गरिएको छ। विभिन्न क्षेत्र बाट पाल्नुहुने आन्तरीक तथा बाह्य पर्यटक हरुलाई स्थानीय पर्यटकीय गन्तब्यको प्रचार-प्रसार गर्ने महान उदेश्यका साथ “ब्रोडलिङ्क नेटवर्क कम्नीकेशन”का सञ्चालक देव थापा र रुरु क्षेत्र गाउँपालिका वार्ड नं.१ को विशेष पहलका साथै टोल विकास संस्थाको सहयोगमा फ्रि वाई-फाई जडान गरिएको वडा नं. १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो। यस लाई सञ्चालन गर्नका लागि चेतनशिल बहुउद्देश्य सहकारीको संस्थाले विद्युत सेवा निशुल्क नै प्रदान गर्ने सहकारी कि अध्यक्ष लक्ष्मी ज्ञवालीले बताउनु भयो ।

    हिजो आज लाखौको रोजाइमा रहेको यो पुलमा सुटिङ गर्न ,टिक टक बनाउन गितको छायान्कन गर्न आउँदा आफुले खिचेको फोटो नेटवर्क गर्न सहज हुने र आफ्नो परिवार लाई नयाँ ठाउको जानकारी पनि गराउन सकिने भएकोले यसरी यो पुलमा वाइफाइ सेवा सञ्चालन गरिएको रुरु १ टोल विकास संस्थाका अध्यक्ष प्रेम भण्डारीले बताउनु भयो। नेपालकै चार मध्य एक धाम भनीएता पनि प्रचारप्रसारमा कमि आयको र पर्यटकलाई लोभ्याउने कार्यक्रम यस क्षेत्रमा खासै नभएकाले पनि यहाँ पर्यटक अडिन नखोज्ने गरेको पाईएको छ ।

  • रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था

    रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था

    रुरु धाममा आउने पर्यटकहरुलाई नि:शुल्क वाईफाइको व्यवस्था
    चुरामणि तिमिल्सिना
    असार-२८,२०८०
    गुल्मी।
    गुल्मी,पाल्पा र स्याङ्गजा जिल्लाको संगम स्थल विश्ववकै धार्मिक, पौराणिक ,ऐतिहासि तथा पवित्र पर्यटकीय तिर्थ स्थल रुरुक्षेत्र धाम रिडीको तिनमुखे पुलमा निशुल्क वाइफाइको व्यवस्था गरिएको छ। विभिन्न क्षेत्र बाट पाल्नुहुने आन्तरीक तथा बाह्य पर्यटक हरुलाई स्थानीय पर्यटकीय गन्तब्यको प्रचार-प्रसार गर्ने महान उदेश्यका साथ “ब्रोडलिङ्क नेटवर्क कम्नीकेशन”का सञ्चालक देव थापा र रुरु क्षेत्र गाउँपालिका वार्ड नं.१ को विशेष पहलका साथै टोल विकास संस्थाको सहयोगमा फ्रि वाई-फाई जडान गरिएको वडा नं. १ का वडा अध्यक्ष नवराज बिकले जानकारी दिनु भयो।

    यस लाई सञ्चालन गर्नका लागि चेतनशिल बहुउद्देश्य सहकारीको संस्थाले विद्युत सेवा निशुल्क नै प्रदान गर्ने सहकारी कि अध्यक्ष भगवती बराल ले बताउनु भयो । हिजो आज लाखौको रोजाइमा रहेको यो पुलमा सुटिङ गर्न ,टिक टक बनाउन गितको छायान्कन गर्न आउँदा आफुले खिचेको फोटो नेटवर्क गर्न सहज हुने र आफ्नो परिवार लाई नयाँ ठाउको जानकारी पनि गराउन सकिने भएकोले यसरी यो पुलमा वाइफाइ सेवा सञ्चालन गरिएको रुरु १ टोल विकास संस्थाका अध्यक्ष प्रेम भण्डारीले बताउनु भयो। नेपालकै चार मध्य एक धाम भनीएता पनि प्रचारप्रसारमा कमि आयको र पर्यटकलाई लोभ्याउने कार्यक्रम यस क्षेत्रमा खासै नभएकाले पनि यहाँ पर्यटक अडिन नखोज्ने गरेको पाईएको छ ।

  • गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

    गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

    असार २८

    गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी बेगबहादुर बलालकी छोरी टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनुभयो ।

    प्रहरी उपरीक्षक प्रधानका अनुसार बुधबार साँझ ६ बजे आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते हुनुभएको थियो । घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा लगिएको थियो । घाइते टीकाको उपचारको क्रममा बुधबार साँझ १० बजे मृत्यु भएको बुर्तिबाङ स्वास्थ्य केन्द्रले घोषणा गरेको थियो । मुसिकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेका अनुसार मृतक किशोरीको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिनेछ । मृतक बलालको आजै अन्त्येष्टि गरिनेछ ।

    मुसिकोट नगरपालिकाको नेटा र मालिका गाउँपालिकाको नेटामा चट्याङले बढी असर गर्दै आएको छ ।

  • लुम्बिनी प्रदेशका आर्थीक मामिला मन्त्री मास्केले यसै बर्ष श्रृङ्गा जनता माबिलाई भवन उपलब्ध गराउने, उल्यख्य उपलब्धीको लागि पुरस्कृत गर्न पहल गर्ने ।

    लुम्बिनी प्रदेशका आर्थीक मामिला मन्त्री मास्केले यसै बर्ष श्रृङ्गा जनता माबिलाई भवन उपलब्ध गराउने, उल्यख्य उपलब्धीको लागि पुरस्कृत गर्न पहल गर्ने ।

    असार २७ गुल्मी। छत्रकोट गुल्मी लुम्बिनी प्रदेशका आर्थीक मामिला मन्त्री धन बहादुर मास्केले यसै बर्ष श्रृङ्गा जना माध्यमिक बिद्यालयलाई ४ कोठे भवन उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

    आज बिद्यालयको अवलोकन गर्न जानु भएका मन्त्री मास्केलाई, बिद्यालयले स्वागत गरेको समारोहमा यस्तो प्रतिबद्धता ब्यक्त गर्नु भएको हो । उहाले सामुदायिक बिद्यालयले ४ जीपीए अंक प्राप्त गर्नु उल्यख्य उपलब्धी भएको बताउदै, ४ जीपीए प्राप्त गर्ने स्मृती कडेल,सफल सम्पुर्ण बिध्यार्थी र बिद्यालयलाई सुभकामना दिनु भयो । प्राप्त उल्यख्य उपलब्धीको लागि बिद्यालय र बिध्यार्थीलाई प्रदेश सरकार बाट पुरस्कृत गर्न पहल गर्ने बताउनु भयो । पूर्व सामाजिक बिकास मन्त्री एवं नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बलालले सामुदायिक बिद्यालयको उपलब्धी बृद्धीको लागि आफ्ना तर्फ बाट हुनसक्ने पहल गर्ने बताउनु भयो ।

    छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सामुदायिक बिद्यालयको शैक्षिक सुधारको लागि गाउँपालिकाले पहल र लगानी गरिरहेको बताउनु भयो । उहाले यस कार्यमा प्रदेश सरकारको रचनात्मक सहयोगको अपेक्षा राखेको बताउनु भयो । बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कडेलले बिद्यालयको भौतिक आवस्यकताको बारेमा अवगत गराउदै बिद्यालयको भौतिक बिकासको लागि प्रदेश सरकार बाट सहयोगको माग गर्नु भएको थियो । कार्यक्रममा प्रधानाध्यपक बिकास चन्द्र खरेलले स्वागत गर्दै बिद्यालयको भौतिक र शैक्षिक प्रतिबेदन राख्नु भएको थियो ।

    कार्यक्रम शिक्षक रमेश पन्थले संचालन गर्नु भएको थियो । बिगतमा बिद्यालयको आफ्नै लालपूर्जा नभएकोले श्रृङ्गा जना माध्यमिक बिद्यालय आधुनिक संरचना निर्माणमा पछि परेको थियो । पछिल्लो समय पूर्वाधार बिकासमा गति लिएको छ तर प्रयाप्त आधुनिक संरचनाको अभाब छ । शैक्षिक उपलब्धीमा यो बिद्यालय यस क्षेत्रकै अब्बल बिद्यालयमा रहेको छ । बिगतका एस एल सी, एसईई र कक्षा १२ को नतिजामा पनि राम्रै उपलब्धी प्रप्त गरेको छ ।

  • प्रधानमन्त्री  प्रचण्डकी  पत्नी  सीता दाहालको निधन

    प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

    प्रधानमन्त्री ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन
    असार २७

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ।

    आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालले जानकारी दिएको छ। स्वास्थ्य अवस्था गम्भीर बनेर विहान अस्पताल लगिएको थियो ।

    अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्। उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

  • चन्द्रकोट गाउँपालिकामा कृषक लाई  मेसिनरी  सामाग्री वितरण

    चन्द्रकोट गाउँपालिकामा कृषक लाई मेसिनरी सामाग्री वितरण

    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले कृषिलाई माथि उठाउने र कृषिमा निरन्तर लाग्नेहरुका लागि आगामी दिनमा पालिकाले अझै सहयोग गर्दै जाने बताउनुभयो । उहाँले उद्यम गर्न चाहाने समुदायमा रहेका सबैलाई समेटेर अघि बढाउने पाखा पखेरामा उत्पादन गर्न चाहानेका लागि पालिकाले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो

    वडानम्बर ४ वडाध्यक्ष एवं आर्थिक विकास संयोजक बल बहादुर बस्नेतले गाउँपालिकाका विपन्न र कृषिलाई व्यवसायीकीकरण बनाउनको लागि ५० प्रतिशत लागत साझेदारीमा कृषिजन्य यन्त्र उपकरण वितरण गर्न खोजिएको बताउनुभयो ।

    यस्तै कृषकको तर्फबाट बोल्दै वडा नं. ४ का सक्रिय कृषक घनश्याम गौतमले लम्पी स्कीन रोगका कारण गोरु बिरामी भएको र खेतीबाली लगाउने समयमा गोरु मरेकोमा मिनिटिलर वितरणले किसानको पीडामा मलम लाग्ने बताउनुभयो । कार्यक्रमको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले सबैभन्दा सम्मानित र मर्यादित पेशा कृषि रहेको भन्दै कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख शिवप्रसाद ज्ञवालीले गरेका थिए ।

  • भट्कुवाको बेसारलाई  अब देखि बजारमा  प्याकीङको रुपमा लैजाने  किसानको आय श्रोतमा वृद्धि गरिने

    भट्कुवाको बेसारलाई अब देखि बजारमा प्याकीङको रुपमा लैजाने किसानको आय श्रोतमा वृद्धि गरिने

    चुरामणि  तिमिल्सिना  असार २६

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नं १ भट्कुवामा ३ दिने खाद्य प्रशोधन तथा उत्पादन तालिमको औपचारिक कार्यक्रमका बीच समापन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना र रुरु क्षेत्र गाउँपालिकाको व्यवस्थापनमा तालिम आयोजना गरिएको हो । समापन कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथी रहनुभएको थियो। घरेलुु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीका उद्योग अधिकृत सुरेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न तालिममा उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशानलय भैरहवाका निर्देशक दामोदर भण्डारी, वडा नं १ का वडा अध्यक्ष नवराज बि.क. पालिका प्रशासनका शाखा प्रमुख राम प्रसाद ज्ञवाली वडा सचिव राम प्रसाद ज्ञवाली टोल संयोजक प्रेम भण्डारी, महिला नेतृत्व लक्ष्मी ज्ञवालीको विशिष्ट आतिथ्यता रहेको थियो ।


    गाउँघरमा अत्यधिक रुपमा जङगली जनावर बादर, राते, मृग, दुम्सी, कालिजले बाली लगाउदा लगाउदै माटोबाट नै निकाल्ने मकै हुनसाथ मकै नै भाचिदिने जस्ता क्रियाकलापले आफुहरु निकै नै हैरानीमा परेकोले घरेलु कार्यलयलाई यो तालिम उक्त क्षेत्रमा ल्याउदाभट्कुवा बासी नै खुसी भएको कार्यक्रमका बक्ताहरुले बताउनु भयो ।

    कार्यक्रममा भनाइ राख्दै कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष यदु ज्ञवालीले अब यो तालिम पछी यस भट्कुवा क्षेत्रमा बैकल्पिक बालिको रुपमा अदुवा बेसारलाई प्रशोधन गरेर सानै भएपनि उद्योग संचालन गरि लेभलिङ गरेर बजारीकरण गर्ने गाउँका कुना कुना बाझो बारिमा सबैले यो अभियान सन्चालन गरेर बेसार लगाउन आग्रह गर्दै आगामी दिनमा पालिकाले उत्पादन कर्ताले उत्पादन गरेको सामग्री नबिकेको अवस्थामा पालिकाले नै बजारमा पुर्याइदिने जिम्मेवारी लिने बताउनु भयो। उहाँले थुप्रै युवाहरु बिदेश भएको र गाउँघर सुन्य अवस्था हुनै राख्दा भट्कुवाका दिदी बैनिले यो कार्यक्रम सन्चालन गरेको देख्दा आफुलाइ खुशी लागेको पालिकाले आवस्यक सहयोग समेत बताउनु भयो ।

    यस क्षेत्रमा धेरै किसिमका नगदे बालीको सम्भावना भएता पनि अहिले सम्म कुनै पनि उद्योग सन्चालन नभएकोले यो तालिम पश्चात् सबैको सहयोगमा उद्योग नै सन्चालन गरेको लक्ष्य समेत यो भट्कुवा ले गरेको देख्दा आफु लाई खुशी लागेको रबेसार बाट वर्षमा लाखौं कमाउन सकिने हुदा नेपालमै केही गरौ भन्ने उद्देश बोकेर गाउँका कुना कुनामा आफ्नो कार्यालय र आफू निरन्तर लागेको निर्देशक भण्डारीले बताउनु भयो। । गाउँ घरमा प्रशस्त मात्रामा कच्चा पदार्थ पाइने र यसलाई प्रशोधन गरेर बजारमा पुर्याउन सकेमात्र पनि किसानको जीवन स्तरमा वृद्धि हुने र राम्रो आम्दानीको श्रोत हुने कुरामा आफु ढुक्क रहेको तालिम प्रशिक्षणणको रुपमा सहभागी भएर कार्यक्रम लाई सहजीकरण गर्नुभएका घरेलुका त्रिबिक्रम ज्ञवालीले बताउनु भयो कार्यक्रम समापन सत्रमा भट्कुवाका महिला समुह लाई बेसार बनाउने विभिन्न उपकरण र नापतौल गर्ने उपकरण पनि घरेलुले हस्तान्तरण गरेको हो । तालिममा महिला समुह स्थानीय बौद्धिक महानुभावहरु समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।