Category: समाचार

  • तिनाउ नदीमा  बाढी आयो

    तिनाउ नदीमा बाढी आयो

    बुटवलको तिनाउँ नदिमा बाढी आयो ।
    असार १६
    लुम्बिनी प्रदेशका बिभिन्न जिल्लामा निरन्तर वर्षा भए पछि तिनाउ नदीमा यस वर्षकै पहिलो बाढी आएको छ । निरन्तरको वर्षासँगै नदीमा जलस्तर बढेकोले देखिएकोले सतर्क रहन चेतावनी दिइएको हो ।
    बाढी मापदन केन्द्र बुटवलले सुचना जारी गर्दै पछिल्लो ३ घन्टा तिनाउको जलाधारका क्षेत्र बुटवल, पाल्पा र आसपासका क्षेत्रमा ठूलो वर्षा भई तटिय क्षेत्रमा बाढीको जोखिम बढेको जानकारी दिएको छ ।
    तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकोले दिउँसो ३ बजे सम्म उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

  • सत्यवती  गाउँपालिका गुल्मीको  उत्पादन  बुटवलमा  सटर बाट  नै पाइने

    सत्यवती गाउँपालिका गुल्मीको उत्पादन बुटवलमा सटर बाट नै पाइने

    कविराज भुसाल   असार  १५

    सत्यवती गाउपालिकाले असार १५ लाई कृषकहरुको महान पर्वको रुपमा मनाएको छ ।
    फोटोसेसनका लागि सुकिला लुगा लगाएर हिलाम्मे खेतमा जाने जनप्रतिनिधिलाई चुनौती दिदै सत्यवतिमा उत्पादन भएको कृषीउपज सामान बुटवलमाबस्ने सत्यवती बासिले सहजै उपयोग गर्न सकुन र सत्यवतीका कृषकको उत्पादन बस्तु सहजै बिक्री होस भन्ने उदेश्यले बुटवलमा आज बिक्री केन्द्रको गाउपालिकाले शुभारम्भ गरेको हो ।
    फेसनमा असार बितिरहेको बेला, मानो रोपि मुरि उब्जाउने समयको स्मरण गर्दै उब्जाएको बस्तुलाई बजारिकरणको लागि गाउपालिकाले प्राथमिक्तामा राखेको छ ।
    बजारीकरण लुहुम्पेकि कृषी बहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा संचालित “सत्यवतीमा उत्पादित स्थानिय कृषी उपज बिक्रि केन्द्रको” बुटवल उपज थोक बजार,बुटवल -६ सब्जीमण्डीमा रहेको छ ।
    उद्घाटन कार्यक्रममा प्रदेश साम्सद चिन्तामणी पाण्डेय, यमु गैरे लगायतले नेपालमै केही गर्ने युवाहरुको लागि हातेमालो गरेकोमा धन्यवाद ब्यक्त गर्दै निरन्तरता र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।
    साम्सद गैरे र पाण्डेयले सुझाव दिदै प्रदेशको तर्फबाट आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

    कृषकले उत्पादन गर्ने तर उचित मूल्य नपाउने समस्याको समाधान गर्नको लागी सत्यवती गाउपालिकाले यो कदम चालेको र आवस्यक सम्पुर्ण कार्यगर्ने गाउपालिका अध्यक्ष टिकाराम पान्डेयले बताउनुभयो ।
    अध्यक्ष पाण्डेयले उत्पादन हुने तरकारी “अर्गानिक तरकारी सेन्टरको रुपमा बिकास गर्दै जाने कुरामा जोड दिनुभयो ।
    सत्यवतीमा उत्पादन भएको कृषि सामाग्रीको बिक्रि नभएर फ्याँक्नु पर्न्न समस्या अन्त्य हुने कृषि शाखा प्रमुख उपकार भन्डारीले बताउनुभएको छ । यस्तै कार्यक्रममा उपाध्यक्ष निरमाया तरामु वडाका जन प्रतिनिधि पत्रकार बौद्धिक ब्यक्तित्वहरु तथा कृषहरुको सहभागीता रहेको थियो।

  • शारदा मा.वि सराङ्ग मा बृक्षारोपण सम्पन्न

    शारदा मा.वि सराङ्ग मा बृक्षारोपण सम्पन्न

    श्रीराम गौतम
    असार १५
    चन्द्रकोट गाउपालिका वडा.नं. १ दिब्रुङ्ग सराङ्ग मा अवस्थित श्री शारदा माध्यमिक बिद्यालयमा शुक्रवार सरिय कार्यक्रम अन्तर्गत आज बृक्षारोपण तथा फुलबारी निर्माण कार्यक्रम सम्पन्न गरिएको छ । बिद्यालयमा रहेको परोपकारी संस्था नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको मुख्य आयोजना र शारदा मा.वि को संयोजकत्वमा संचालित कार्यक्रममा पिपल, धुपी, तुलसी लगायतका विरुवाको साथै उक्त वातावरण अनुकुलका विभिन्न फुलहरु रोपिएको हो।

    । शैक्षिक सत्र २०८० लाई बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि बर्षको रुपमा घोषणा गरिएको र सोको अक्षरस पालना गरि साच्चिकै शैक्षिक गुणस्तर बृद्दी गर्नका लागि बिद्यालयको दैनीक अध्यन अध्यापन मात्रै नभएर विभिन्न अतिरिक्त क्रियाकलाप र वरपरको बातावरणले पनि प्रत्यक्ष प्रभाव पार्ने हुदा बिद्यालयले प्रत्येक शुक्रबार विविध अतिरिक्त क्रियाकलाप सन्चालन गर्दै आएको बिद्यालयका प्र.अ. राम प्रसाद शर्मा अर्यालले जानकारी दिनुभएको छ।

     

    उहाले थप्दै भन्नुभयो उक्त बिद्यालयमा शैक्षिकसत्र २०७३ देखि नै बिद्यार्थीको अन्तर्निहित प्रतिभाको प्रस्फुटन गर्नका लागि शारदा गायन, नृत्य, साहित्य र खेल ताराहरु छनोटका लागि प्रत्येक बिधाबाट प्रत्येक शुक्रबार बिबिध कार्यक्रमहरु सन्चालन गर्दै आएकोले अतिरिक्त क्रियाकलाप यो बिद्यालयको लागि पहिलो प्रयास नभएको र बिद्यालयका शिक्षकहरुको अथक मेहनत र बिद्यार्थीको लगाव साथै समिती र अभिभावकको बिशेष सहयोगले गर्दा विभिन्न समयमा पालिका स्तरिय र जिल्ला स्तरिय प्रतिस्पर्धात्मक कार्यक्रम र बार्षिक परिक्षाहरुमा बिद्यालयले उत्कृष्ट स्थान प्राप्त गर्दै आइराखेको रुरु सन्चार खबरलाइ जानकारी दिनुभएको छ ।

  • पाल्पा अर्गलीको  पहिलो  लिफ्टिङ  खानेपानीको समउत्घाटन सम्पन्न

    पाल्पा अर्गलीको पहिलो लिफ्टिङ खानेपानीको समउत्घाटन सम्पन्न

    चुरामणि  तिमिल्सिना असार   १५

     पाल्पा तानसेन नगरपालिका वडा १४ अर्गलीको पहिलो लिफ्टिङ खानेपानि ऋषिकेश कुसेनी खानेपानि स्किम न १ सम्पन्न भएको छ । कार्यक्रममा वडा न १४ वडा अध्यक्ष श्रीशोभाकर भट्टराई ,निवर्तमान अध्यक्ष श् कमल राना , एस योजनाका सचिब कमल राज खनाल , टोल संयोजक मीन बहादुर कुवर , रुरु प्रा बि का पुर्व प्रअ भिम बहादुर ढेगा को उपस्थितिमा ऋषिकेश मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराई एव खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख अनुप शर्मा द्वारा संयुक्त रुपमा बटन थिचेर उदघाट्न गर्नु भयो

    ।यस योजना वाट कमल पोखरी , बंगला एव ऋषिकेश मन्दिर क्षेत्रका करिब ८० घर धुरी एव ऋषिकेश मन्दिर दर्शनार्थी लाभान्वित हुनेछ्न भने एसै क्षेत्र निवासी आज सम्म पिउने पानी वाट बन्चित रहेका समाजसेबि भुवानन्द पान्डे पनि लाभान्वित हुनुहुने छ ।

    कमलपोखरी गुफा बाट चोर गौडा सम्म पानी पुग्न करिब ३२ मिनेटको समय लागेको थियो खनालले । यसयोजनालाई सफल पार्न सहयोग गर्नुहुने सबैलाइ धन्यवादसमेत प्रदान गर्नु भयो।

  • चन्द्रकोटमा काठका पोल बिस्थापन गरिने

    चन्द्रकोटमा काठका पोल बिस्थापन गरिने

    श्रीराम गौतम
    असार,१५
    चन्द्रकोट गाउपालिका भित्रका विभिन्न स्थानमा रहेका काठका पोलहरु बिस्थापन गरि स्टील पोल प्रतिस्थापन गरिने भएको छ । यस पालिका भित्र संचालित दिब्रुङ्ग सामुदायिक उपभोक्ता समिती चन्द्रकोट १ दिब्रुङ्ग र शान्तिपुर ई सामुदायिक बिद्युतिकरण भित्रका बिशुखर्क , हराचौर, शान्तिपुर, हरेवा र ग्वाघामा यस पूर्व नै सम्पुर्ण काठका पोलहरु प्रतिस्थापन गरिसकिएको थियो तर मजुवा ईलाका सामुदायिक ग्रा. बि मार्फत सेवा प्रदान गरिएको सेवाक्षेत्र भित्रका केही स्थानमा अझै पनि काठका पोलबाट नै विद्युत सेवा प्रदान गर्दै आइराखिएको थियो । काठका पोलहरुको प्रयोगले भविष्यमा आउन सक्ने दुर्घटना र त्यस बाट हुन सक्ने जोखिम न्यूनीकरण गरि सहज रुपमा विद्युत सेवा प्रसारण गर्ने उद्देश्यले मजुवा ईलाका ग्रा.वि बाट विद्युत सेवा संचालित स्थान भित्रका सबै काठका पोल बिस्थापन गरि करिव ३. ५ करोडको लागतमा स्टील पोल प्रतिस्थापन गर्ने गरि कार्यक्रम विद्युत स्वीकृत भएको छ । बजेट स्वीकृत भए पश्चात आफुहरु हर्षित भएको र निरन्तर रुपमा विद्युत सेवा उपभोग गर्ने पाउने आशा गरेको स्थानियहरुले बताएका छ्न ।

  • आज २० औं राष्ट्रिय धान दिवस मनाइँदै

    आज २० औं राष्ट्रिय धान दिवस मनाइँदै

    टोपराम  केसी दाङअसार  १५

    २० औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘जलवायु अनूकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ ।
    वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
    असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ ।

    दहीच्युराको संस्कृति
    असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिईन्छ।

  • एसइईको  ल उतरपुस्तिका जाच  गर्ने  कार्य सकियो

    एसइईको ल उतरपुस्तिका जाच गर्ने कार्य सकियो

    असार   १४

    एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएको छ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिले एसइईको उत्तरपुस्तिका परीक्षणको काम सकिएर नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्नेलगायतको काम भइरहेको छ।

  • रेसुङ्गा नगर पालिकामा सामुहिक  सुन्तला  खेती

    रेसुङ्गा नगर पालिकामा सामुहिक सुन्तला खेती

    बाझिएको १५० रोपनी भन्दा वढी उर्वर जमिनमा सामुहिक सुन्तला खेति सुरु
    टोपराम केसी
    असार-१४,२०८०
    गुल्मी।
    ´´समुन्नत रेसुङ्गा हाम्रो सान,उत्कृष्ट नगर सवैको पहिचान´´भन्ने मुलनाराका साथ व्यवसायीक उत्पादनमा जोडिने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिका वडा न. :-४, अर्खलेमा लामो समय देखि बाझिएको करिब १५० रोपनी भन्दा बढी उर्वर जमिनमा सामुहिक सुन्तला खेती सुरु गरिएको छ। कृषि ज्ञान केन्द्र गुल्मी र रेसुङ्गा नगरपालिकाको संयुक्त सहयोगमा सामुहिक सुन्तला खेती सुरु गरिएको हो।

    चाक्लाबन्दि गरि सामुहिक व्यवसायीक सुन्तला खेती गर्न लागिएको स्थानमा आज वृक्षरोपण दिवसको अवसरमा सुन्तलाका बिरुवा रोपण गरिएको छ। करिब ३००० भन्दा बढी विरुवा रोपि व्यावसायिक सुन्तला खेतीमा लागेका कृषकहरु प्रती रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगाएतले उच्च सम्मान सँगै व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै वृक्षारोपण समेत सरिक हुनु भएको थियो। रेसुङ्गा नगरपालिकाले स्थानीय सरकारको भुमिकामा पौरखी कृषकहरुलाई गर्नुप र्ने सम्पुर्ण सहयोग र समन्वय गर्न तत्पर रहेको नगर प्रमुख पन्थीको दावी छ।

     

    अबको समय उद्यमशिलता र उत्पादनको भएकाले नगरपालिकाले भौतिक विकासलाई उत्पादनसँग जोड्ने प्रयत्न गरिरहेकोे छ।

  • शैक्षिक क्षेत्रको सुधारका लागि विद्यालयले गर्यो त्रिपक्षिय अन्तरक्रिया

    शैक्षिक क्षेत्रको सुधारका लागि विद्यालयले गर्यो त्रिपक्षिय अन्तरक्रिया

    चुरामणि तिमिल्सिना
    असार-१४,२०८०
    गुल्मी ।
    रेन्वो ईङ्लिस बोर्डिङ स्कुल रुरु क्षेत्र गाउँपालिका -४ वलेटक्सार गुल्मीमा शैक्षिक अन्तरक्रिया गरिएको छ।कार्यक्रममा शैक्षिक सत्र २०८०मा भर्ना भएका विद्यार्थी ,अभिभावक , र विद्यालय प्रशासनका बिचमा अन्तरक्रिया सहित अभिमुखिकरण कार्यक्रम गरिएको हो।
    विद्यार्थीहरुको हौसालामा वृद्धि गर्न , ज्ञान,सिप लाई समाजमा प्रदर्शन गर्न तथा विद्यार्थीको बौद्धिकतामा समेत निखारपन ल्याउन यस्तो कार्यक्रमको आयोजना गरिएको विद्यालय प्रशासनले जनाएको छ।कार्यक्रममा पदम अर्याल , खिम बहादुर क्षेत्री , लक्षमण न्यौपाने लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रम को समिक्षा समेत गर्नु भएको थियो।

     

    कार्यक्रममा अभिभावकहरुले विद्यार्थीहरुलाई लगनशिलताका साथ पठनपाठनमा अगाडी बढाउने हो भने सामुदायिक विद्यालयको नतिजा भन्दा निजी विद्यालयकै राम्रो आउने धारणा व्यक्त गरेका थिए।बोर्डिङ स्कुलका सहायक प्रिन्सिपल यज्ञप्रसाद ज्ञवालीको स्वागत मन्तव्य रहेको अन्तरक्रिया कार्यक्रम प्रिन्सिपल योजन खत्रीको अध्यक्षता सँगै लेखपाल अन्जु केसीको सञ्चालनमा सम्पन्न भएको हो।

  • स्व : दाजु पाण्डेको स्मृतीमा भाइ  सुमितले   शैक्षिक  सामाग्री  बितरण गरे

    स्व : दाजु पाण्डेको स्मृतीमा भाइ सुमितले शैक्षिक सामाग्री बितरण गरे

     

    चुरामणि तिमिल्सिना  असार १४

    आफ्ना स्व: दाजु सुधन पाण्डेको स्मृतिमा भाइ सुमित पाण्डेले बिध्यालय बन्द भए पनि सत्यवतीमा बिद्यार्थी लाई शैक्षिक सामाग्री बितरण गर्नु भएको छ। पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ फोस्रानमा जन्मिएका पाण्डे हाल सत्यवती गाउँपालिका गुल्मीमा आइटी अफिसरको रुपमा कार्यरत रहनु भएको छ। सुमितले आज आफ्नै दाजु स्व :भएको दोस्रो पुन्य तिथीको अवसरमा खैरेनी आधरभुत बिधालयका १४ जना माझी र दलित बिद्यार्थी लाई स्टेनरी सामाग्री बितरण गर्नु भएको हो।

    वितरण कार्यक्रममा सत्यवती गाउँपालिका गुल्मीका उपाध्यक्ष निरमाया तरामु (मगर ) सहभागी रहदै स्व दाजुको बैकुण्ठ बासको कामना गर्दै यी साना र कलिला बिद्यार्थी लाई सामाग्री वितरण गरेर स्मृती लाई स्मरण गर्नु भएकोमा पाण्डे परिवार लाई धन्यवाद समेत दिनु भयो। परिवारको आर्थिक अवस्था कमजोर र अल्प संख्याक बोटे माझी तथा दलित बिपन्न बर्गका बिद्यार्थी लाई सामग्रीले केही न केही सहयोग मिल्ने बताउदै आगामी दिन्मा पनि यस्तै सहयोगी दाताहरुको पहिचान गरी बिद्यार्थीलाई सहयोग उपबध गराउने योजना पनि अगाडी सारेको उपाध्यक्ष तरामुको भनाइ रहेको छ । उहाँले

    माझी,दलित , गरिब रआर्थिक नैतिक भौतिक सहयोग आबश्यक परेको ठाउमा सहयोग गर्दा कल्याण हुने हुँदा यस्ता परिवार लाई सहयोग गर्दा पुन्य आर्जन हुने समेत बताउदै सकारात्मक सुझाब दिदा पाण्डेले यो बिध्यालयमा रोज्ने अबसर प्राप्त गरेको सत्यवती गाउँपालिका का आइटी अफिसर सुमित पान्डेले बताउनु भयो ।कार्यक्रम पछी उपाध्यक्ष निरमाया तरामु लाई ज्यू लाई टेलिफोन गर्दा उहाँले अब हरेक ब्यक्तिले आफ्ना समाजमा भट्किलो रुपमा मनाउने गरेका हरेक पर्व जन्म उत्स्व देव कार्य तथा पितृकार्यहरुको खर्च कटाउदै सामाजमा रहेका यस्तै बाल बालिका लाई विभिन्न सहयोग गरेर अगाडी बढ्न आग्रह गर्दै समाज लाई सन्देश मुलक सुचना प्रवाह आवस्यक रहेको बताउनु भयो।