Category: समाचार

  • बाँके प्रहरी द्धारा दुई फरार प्रतिवादी पक्राउ

    बाँके प्रहरी द्धारा दुई फरार प्रतिवादी पक्राउ

    नेपालगञ्ज ।
    बाँके प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

    लागुऔषध मुद्दामा अदालतले सजाय तोकेका कोहलपुरका अजयकुमार चौधरी र सुदीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

    कोहलपुर नगरपालिका वडा नं. १५ का अजयलाई जिल्ला अदालतले २०७८ मंसिर ८ गते नौ महिना २१ दिनको कैद सजाय सुनाएको थियो।

    त्यस्तै,
    कोहलपुर नगरपालिका वडा नं. १० का सुदिपलाई अदालतले २०७८ माघ ३० गते २८ दिनको कैद सजाय तोकेको थियो।

    फैसला हुँदादेखि नै फरार रहेका दुवै जनालाई सोमबार प्रहरीले पक्राउ गरी अदालत समक्ष बुझाएको छ।

  • जबर्जस्ती करणी अभियोगमा गुल्मी मुसिकोटका एकजना पक्राउ

    जबर्जस्ती करणी अभियोगमा गुल्मी मुसिकोटका एकजना पक्राउ

    गुल्मी ।
    जबर्जस्ती करणी गरेको अभियोगमा गुल्मीको मुसिकोट नगरपालिका १ का ५९ वर्षीय लक्ष्मण बलामी पक्राउ परेका छन् ।

    गत शनिबार स्थानीय ५५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बलामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    शनिबार बेलुका साढे ७ बजे स्थानीय महिलालाई बलात्कार गरेको उनीमाथी आरोप रहेको छ ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

  • मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

    गुल्मी ।
    गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ हटियामा लु ६ प २०२० नम्बरको मोटरसाइकल दुर्घटना हुादा २६ वर्षीय लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    प्रहरीका अनुसार सोमबार दिउँसो हटियाबाट ठूलाचौरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।

    मोटरसाइकल आफैले चलाएका पाल्पालीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ ।

  • साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरूको भीड

    साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरूको भीड

    काठमाडौँ ।
    साउनको पहिलो सोमबार देशभरका शिवालयमा भक्तजनहरूको भीड लागेको छ।

    आज बिहानैदेखि पशुपति लगायत देशभरका शिव मन्दिरमा भक्तालुजनहरूको पूजाअर्चनाका लागि भीड लागेको हो।

    काठमाडौँको पशुपतिनाथको मन्दिरमा पनि भक्तजनहरूको उल्लेख्य भीड रहेको छ। साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ।

    सोमबारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोवाञ्छित कामना सिद्ध हुने विश्वास रही आएको छ। यो वर्ष साउनमा ५ वटा सोमबार परेका छन्। पहिलोपटक व्रत लिनेहरूले ५ वटा सोमबार परेको वर्षमा व्रत बस्नु उचित हुने शास्त्रोक्त कथन छ।

    सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा मनाइने साउने सोमवार आजबाट शुरु भएको छ।

    सूर्य दक्षिणायनपछि विशेष चार्डपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमवार आफैँमा विशेष महत्वको महिना हो‍।

    पार्वतीले साउन महिनाभर निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको शास्त्रमा वर्णित भएकोले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन्।

  • न्याय परिषद्को बैठक बस्दै

    न्याय परिषद्को बैठक बस्दै

    काठमाडौं ।
    आज सोमबार न्याय परिषद्को बैठक बस्दै छ।

    न्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो। बैठक दिउँसो १ बजेका लागि तय भएको न्याय परिषद् सचिवालयले जनाएको छ।

    प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्मा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने कानुनी व्यवस्था छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बैठक बस्नेछ।

    बैठकमा न्यायाधीशमाथिको छलफल, उजुरी, छानबिन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।

    हाल उच्च अदालतमा ठूलो संख्यामा न्यायाधीशहरुको दरबन्दी रिक्त छ। यस्तै,सर्वोच्च अदालतमा पनि न्यायाधीशको दरबन्दी रिक्त छ।

  • भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

    भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै

    काठमाडौं ।
    भारतमा आज १५ औं राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ।

    निर्वाचनमा सत्तारूढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ।

    राष्ट्रपति निर्वाचनमा अहिलेसम्म सत्तारूढ दलकी साझा उम्मेदवार अगाडि देखिएकी छन्।

    सत्तारूढ दलसहित केही विपक्षी दलहरूले पनि द्रौपदी मुर्मुलाई समर्थन गर्ने घोषणा गरिसकेकाले उनले सहजै दुई तिहाइ मत प्राप्त गर्नसक्नेछिन्।

    संसदको दुबै सदन, राज्य विधान सभा, राष्ट्रिय राजधानी क्षेत्र दिल्ली र केन्द्र शासित प्रदेश पुडुचेरीका निर्वाचित सदस्यहरूले राष्ट्रपति चुनावमा मतदान गर्नेछन्।

    देशको १५ औं राष्ट्रपतीय निर्वाचनको नतिजा बिहीबार जुलाई २१ मा घोषणा हुँदैछ ।

    यदि द्रौपदी मुर्मु राष्ट्रपति बनिन् भने उनी देशको पहिलो आदिवासी राष्ट्रपति हुनेछिन् । साथै, उनी देशको दोस्रो महिला राष्ट्रपति बन्नेछिन्।

  • लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

    लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

    बुटवल ।
    लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ।

    लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुपर्ने छैन।


    लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग) सेवा र इमर्जेन्सी (आकस्मिक सेवा)को टिकट तथा बेड (शय्या)मा उपचार गर्न आउनेलाई कुनै पनि शुल्क लाग्ने छैन।

    प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशल्क गर्न चालु आर्थिक वर्षमा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो।

  • आज देखि नयाँ आर्थिक वर्ष सुरु : यस्ता व्यवस्थाहरु लागु हुदै

    आज देखि नयाँ आर्थिक वर्ष सुरु : यस्ता व्यवस्थाहरु लागु हुदै

    काठमाडौं ।
    आज देखि नयाँ आर्थिक वर्ष २०७९ ८० सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै केही क्षेत्रमा सरकारका नीति पनि परिवर्तन हुन्छन्।

    आर्थिक वर्षको सुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आउने भएकाले बजेटमार्फत ल्याइएका नयाँ सार्वजनिक नीति पनि लागू हुन्छन्।
    चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले आयकरको सीमा बढाएको छ। नयाँ व्यवस्थाअनुसार अविवाहित व्यक्तिको हकमा वार्षिक पाँच लाख रुपियाँसम्मको आम्दानीमा आयकर लाग्ने छैन।

    त्यस्तै विवाहितको हकमा छ लाख रुपियाँसम्म आयकर लाग्दैन। यद्यपि आफ्नो आम्दानी एक प्रतिशत सामाजिक सुरक्षा कर भने बुझाउनुपर्नेछ।

    यसैगरी अविवाहितको हकमा पाँचदेखि सात लाख रुपियाँसम्मको आम्दानी १० प्रतिशत र सातदेखि दस लाख रुपियाँसम्मको
    आम्दानीमा २० प्रतिशत,१० देखि २० लाख रुपियाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ।
    वार्षिक २० लाख रुपियाँभन्दा आम्दानी हुने अवस्थामा भने त्यसभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ।

    विवाहितको हकमा छ लाखदेखि आठ लाख रुपियाँसम्मको आम्दानीमा १० प्रतिशत आयकर तिर्नुपर्ने नयाँ व्यवस्था छ।
    आठ लाखदेखि ११ लाख रुपियाँसम्मको आम्दानीमा २० प्रतिशत र ११ लाखदेखि २० लाख रुपियाँसम्मको आम्दानीमा ३० प्रतिशत आयकर लाग्नेछ।
    २० लाखभन्दा माथिको आम्दानीमा ३६ प्रतिशत आयकर तिर्नुपर्नेछ।
    सरकारले १५ प्रतिशतले वृद्धि गरेको कर्मचारीको तलब आजैदेखि लागू हुँदैछ।

    विद्युतीय सेवा कर:

    आजदेखि पहिलो पटक विद्युती्य सेवा कर लागू हुँदैछ। यसका लागि विद्युती्य सेवा कर कार्यविधि, २०७९ तयार भएर कार्यान्वयनको चरणमा छ ।
    यो नयाँ व्यवस्थाअनुसार अबदेखि युट्युब, फेसबुक, नेटफ्लिक्सजस्ता प्लेटफर्म करको दायरामा आएका छन् ।
    यी प्लेटफर्मले अबदेखि नेपालमा कर बुझाउनुपर्नेछ ।

    वार्षिक २० लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने यी प्लेटफर्मले कारोबार मूल्यको दुई प्रतिशत कर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनले गरेको छ ।
    स्थायी लेखा नम्बर नलिए पनि विद्युत्ीय सेवा उपलब्ध गराएर नेपालमा आम्दानी गर्ने सबैले कर बुझाउनुपर्नेछ ।

    दूरसञ्चार सेवा शुल्क :

    आर्थिक ऐनले व्यवस्था गरेको दूरसञ्चार सेवा शुल्क पनि आजदेखि लागू हुँदैछ।
    यसअघि १३ प्रतिशत रहेको सेवा शुल्क नयाँ आर्थिक वर्ष सुरु भएसँगै १० प्रतिशत कायम गरिएको छ।

    आउटसोर्सिङमा कर:

    नेपालमा बसेर विदेशमा आउटसोर्सिङ गरेर आम्दानी गरेबापत करयोग्य आयमा एक प्रतिशत कर बुझाउनुपर्नेछ।
    यो पनि नेपालमा पहिलो पटक लागू गरिएको हो। यो व्यवस्थापछि खासगरी नेपालमा बसेर सूचना प्रविधिको काम गर्ने व्यक्ति अबदेखि करको दायरामा आउने छन्।

    साउनदेखि नै लागू हुने गरी सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्दै छ।
    निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन्।
    साउनदेखि नै सरकारले सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापन गर्ने कार्यक्रम कार्यान्वयन गर्दै छ।

  • आज साउने संक्रान्ति :लुतो फाल्ने दिन

    आज साउने संक्रान्ति :लुतो फाल्ने दिन

    काठमाडौं ।
    आज साउने संक्रान्ति पर्व हरेक नेपालीको घरघरमा मनाइँदैछ।

    सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने अर्थात कर्कट संक्रान्ति पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउन लागिएको हो। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिको रुपमा मनाउने प्राचीन परम्परा छ।

    साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ।
    अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताए।

    परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ।

    लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ। साउन महिनालाई हिन्दु धर्मावलम्बीले विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ।

    महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिएको पनि धर्मशास्त्रविद् गौतमले बताए।

  • आइतबार : सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

    आइतबार : सूर्यदेवको पूजा गरे मिल्छ यस्तो लाभ (जानी राखौं)

    काठमाडौं ।
    हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ ।

    यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ ।

    सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ ।

    किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

    तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ ।
    सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

    हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ ।

    आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन ।व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

    हिन्दु धर्ममा सूर्यलाई प्रत्यक्ष देव भनिन्छ । सूर्यको किरणले पृथ्वी प्रकाशमय हुने भएकाले यसलाई जीवनको आधार समेत मानिन्छ ।
    धर्ममा देवता हुनका साथै ज्योतिष मान्यतामा सूर्य ग्रह पनि हो ।

    यसलाई नौ ग्रह मध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

    त्यसैले कुण्डलीमा सूर्यको स्थिति कमजोर भए मान–सम्मान र सुख–समृद्धिमा कमी हुने मान्यता छ ।

    सूर्यको स्थिति बलियो पार्न र सुर्य देवलाई प्रसन्न पार्न आइतबार पूजा र केहि उपाय अपनाउनु पर्दछः

    १. हरेक नित्य बिहान सबेरै उठेर स्नान गरी सूर्य देवलाई जल अर्पण (अर्घ) गर्नु पर्दछ ।

    २. यो कार्य साताभरी सम्भव नभए पनि आइतबार भने गर्नुपर्ने मान्यता छ ।

    ३. उदाउँदो सुर्यलाई जल अर्पण गर्दा यसमा सख्खर मिसाएर अर्घ दिनु शुभ मानिन्छ ।

    ४. सूर्य देवलाई रातो रंग मनपर्ने भएकाले जलमा एक चिम्टि कुमकुम मिसाउन सकिन्छ ।

    ५. आइतबार जल अर्पण गर्दा रातो फूल पनि सूर्य देवलाई अर्पित गर्नु पर्दछ ।

    ६. रातो फुल र कुमकुम हालेका जल बरको रुखमा चढाए सूर्य देव प्रसन्न हुने मान्यता छ ।

    ७. आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्न अत्यन्त प्रभावशाली मानिन्छ ।

    ८. कुण्डलीमा सुर्य मजबुत पार्न आइतबार सुर्य देवको नुन नखाई व्रत बस्नु पर्दछ । एजेन्सीको सहयोगमा