Category: समाचार

  • बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई अब स्थानीय उपहार

    बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई अब स्थानीय उपहार

    बुटवल ।
    भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् ।

    स्थानीयले बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादन गरेर पर्यटकलाई दिने तयारी गरेका हुन् । त्यसको आर्थिक तथा प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गर्ने छन् ।यसरी उत्पादन हुने उपहार पर्यटकलाई बिक्री वितरण गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ ।

    लुम्बिनीमा बिक्री वितरण हुने बुद्धसँग सम्बन्धित सामग्री स्थानीय उत्पादन भएपछि आर्थिक र सामाजिक रूपमा लुम्बिनीवासी मजबुद हुने लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले बताए ।

    स्थानीय बासिन्दाले पवित्र लुम्बिनीको माटो–पानी प्रयोग गरेर उपहार सामग्री बनाउन सुरु गरेका छन् । यसले लुम्बिनीको प्रचार हुने छ । लुम्बिनी प्रदेश सरकारको सहयोग र लुम्बिनी होटल संघको सहकार्यमा बुद्ध जन्मस्थलको माटो र पानी प्रयोग गरेर विभिन्न उपहार सामग्री बनाउन सिकाइको छ ।

    पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशअन्तर्गत रहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले स्थानीयवासीलाई सो तालिम दिएपछि बुद्ध उपहार उत्पादनमा सम्भव देखिएको लुम्बिनी विकास कोषले जनाएको छ । रासस

  • प्रदेश मातहत प्रहरी ल्याउन समायोजन कुर्दै लुम्बिनी प्रदेश सरकार

    प्रदेश मातहत प्रहरी ल्याउन समायोजन कुर्दै लुम्बिनी प्रदेश सरकार

    बुटवल ।
    असार १५ गते प्रदेश प्रहरी ऐन ल्याएको लुम्बिनी प्रदेश सरकार सो ऐन कार्यान्वयनका लागि संघीय सरकारबाट प्रहरी समायोजन कहिले होला भन्दै कुर्न थालेको छ ।

    प्रदेशमा सुरक्षाको प्रत्याभूति दिलाउन ऐन प्रभावकारी हुने भए पनि प्रहरी समायोजन नहुँदा ऐनअनुसार प्रदेश सरकारमातहत प्रहरी आउन सकेको छैन ।

    ऐनमा प्रदेश प्रहरीको नेतृत्व अतिरिक्त महानिरीक्षक (एआईजी)ले गर्ने व्यवस्था छ । ऐनअनुसार प्रदेशले डीआईजीसम्म बढुवा गर्न पाउने छ । संघ सरकारले प्रहरी समायोजन नगर्दासम्म ऐन कार्यान्वयन हुन सक्दैन ।

    नेपालको संविधान २०७२ को धारा २६८ को उपधारा २ मा प्रत्येक प्रदेशमा प्रहरी संगठन रहने व्यवस्था छ । सोही अनुसार प्रदेश प्रहरी ऐन बनाएको आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताए ।

    प्रहरी ऐन कार्यान्वयनका लागि हालै सातै प्रदेशका मन्त्रीहरूको जनकपुरमा आयोजित भेलाले छिटै संघ सरकारलाई दबाब दिने निर्णय गरेको बताउदै उनले प्रधानमन्त्रीलाई भेटेर कार्यान्वयन लागि छलफल गरिने समेत जानकारी दिएका छन् ।

  • बुटवल उपमहानगर:कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित  घोषणा

    बुटवल उपमहानगर:कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

    बुटवल ।
    बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ ।

    बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
    उनले कोभिड–१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रंशसनीय रहेको जनाउँदै आगामी दिनमा प्रदेश सरकारले
    स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए ।

    कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य,जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारूले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको
    सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।
    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्णखोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्णखोप सुनिश्चित घोषणा गरेको जानकारी गराए ।

    उनले तथ्याङ्क सङ्कलकलाई अभिमुखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकको तथ्याङ्क सङ्कलन,जनचेतनामूलक कार्यक्रम
    सञ्चालन तथा प्रचार–प्रसार,छुट नागरिकलाई खोप सेवा प्रदान, वडाबाट ‘रेण्डम’ सर्वेक्षण,सबै वडाको पूर्णखोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए ।

    बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवल बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवा प्रदान गरेको बताइन् । उनले बुटवलमा खोेप सुनिश्चित भएको र खोप लगाउन बाँकी रहेकालाई खोप लिन आह्वान गरिन् ।

    उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्णखोप घोषणा गर्नका लागि
    जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस जिल्ला खोप समन्वय समितिबाट भेरिफिकेसन
    गरी पूर्णखोप गर्न अनुमति प्रदान भएको जानकारी गराए।

    उनले बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथि पूर्णखोप लगाएको एक लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारीदिए ।
    रासस

  • रुरुक्षेत्रको भट्कुवामा एक हजार विरुवा रोपियो, थप तिन हजार रोपिने

    रुरुक्षेत्रको भट्कुवामा एक हजार विरुवा रोपियो, थप तिन हजार रोपिने

    रुरुक्षेत्र ।
    गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा न १ भट्कुवा गतेहार भ्युपोइन्टमा औपचारिक कार्यक्रमका बिच १००० बोट बृक्षारोपण कार्यक्रम गरिएको छ ।

    अमला, गोल मोर, तेजपत्ता ,टिमुर ,बेललगायतका बिरुवाहरु लगाइयको वडा न १ वडा सदस्य सुशील श्रेष्ठले जानकारी दिनुभयो। केही दिन् भित्रमा यस सामुदायिक बनमा थप ३००० हजार यस्तै बिरुवाहरुको रोपण गरिने सदस्य श्रेष्ठले जानकारी दिनुभयो ।

    कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बिकको प्रमुख आथित्यता रहेको थियो। समारोहमा जन प्रतिनिधिहरु सुरक्षा निकाय पत्रकार यस्तै विभिन्न पाटिका प्रतिनिधिहरु ,वनका प्रतिनिधि ,समाजसेबि हिमाल श्रेष्ठ विभिन्न संघसस्थाका प्रमुखहरु महिला समुह स्थानीयको उत्साहजनक रुपमा सहभागीता रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अथिती वडा अध्यक्ष नवराज बिकले यस क्षेत्रको हरेक क्षेत्रबाट बिकास गर्नको लागि स्थानीय निकाय बाट सहयोग उपल्ब्ध गराउने ,जनताका समस्याहरु लाई क्रमबद्द रुपमा सम्बोधन गर्ने र धार्मिक पर्यटन प्रबन्धमा टेवा पुर्याउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो ।

    रुरु सत्यबती सब डिभिजन बन कार्यालय तम्घास र डिभिजन बन कार्यालय गुल्मीको आयोजना यस्तै ठूलो बन महिला सामुदायिक बन वडा कार्यालय र स्थानीय महिला समुहको सहकार्यमा कार्यक्रम गरिएको हो ।

    कार्यालय लाई ब्यबस्थापन गर्न आफ्नो कार्यालय बाट सक्दो सहयोग गर्ने बनका प्रतिनिधि नवीन गैरेले प्रतिबद्धता जायर गर्नुभयो । कार्यक्रममा बनका अध्यक्ष मन्जु ज्ञवालीको अध्यक्षता रहेको थियो।

  • छत्रकोट गाउँपालिका कोटडाँडामा बृक्षारोपण

    छत्रकोट गाउँपालिका कोटडाँडामा बृक्षारोपण

    चुरामणि तिमिल्सिना, छत्रकोट ।
    हरिशयनी एकादशी ब्रतको अबसर पारेर कोटडाँडामा बर पिपल संगै अन्य धार्मिक बिरुवाहरु रोपण गरिएको छ ।

    पार्क निर्माण उपभोक्ता समितिको अगुवाइ र छत्रकोट गाउँपालिकाको आर्थिक सहयोगमा गुल्मीको छत्रकोट गाउँपालिका वडा न २ कोटडाँडामा धार्मिक कार्यका लागि चाहिने तथा अक्सिजन पाइने बृक्षारोपण गरिएको छ।

    १ सय ८ पिपल संगै अन्य २६ थरिका धार्मिक बृक्षरोपण कर्यक्रम अन्तर्गत बर,पिपल,स्वामी,रुद्राक्ष,कपुरलगायतका करिब एक दर्जन थरिका बिरुवा रोपण गरिएको हो । बिरुवा रोपण कार्यक्रममा छत्रकोट गाउँ पालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख आथित्यता रहेको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष पाण्डेले तुल्सी पिपल बरको बृक्ष रोप्दै यस डाँडामा विभिन्न किसिमका बिरुवाहरु लगाउन पालिकाले बिगत देखि योजना बनाउदै अगाडी बढेकोमा यसको संरक्षण र बिकासको लागि छत्रकोट सरकारले निरन्तर प्रदान गर्ने प्रतिबद्धता जायर गर्दै पर्यटन प्रबर्द्धनात्मक कार्यक्रमहरु अगाडी सारेर पर्यटकका लागि नयाँ नयाँ योजनाहरु अगाडी सारेको बताउनु भयो।

    कार्यक्रममाउपाध्यक्ष साबित्रा ज्ञवाली,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थ ,निबर्तमान अध्यक्ष मधुकृष्ण पन्थ, निबर्तमान उपाध्यक्ष नर्मदा भण्डारी ,जनप्रतिनिधहरुराजनितिक दलका प्रतिनिधि हरु महिला समुह पत्रकार सरोकारवाला निकाय स्थानीय बासिको सहभागीता रहेको थियो ।

    कार्यक्रममा समितिका अध्यक्ष युगराज बस्यालले कार्यक्रम माथी प्रकाश पार्दै पालिकाले यस क्षेत्रमा पुर्याएको योग्दानको कदर गर्दै पालिका लाई धन्यवाद दिनु भयो। बस्यालले समारोहमा यस क्षेत्रमा भ्युटावर निर्माण, प्रतीक्षालय, हाइवे सडक बाट पदमार्ग निर्माण गर्न सकेमा थप पर्यटनमा टेवा पुग्ने बताउनु भयो ।

    कार्यक्रम समितिका सचिब युनिक रियिारले संचालन गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता बृक्षारोपया गरिएको सर्से सामुदायिक बनका अध्यक्ष मेघराज रजालीले गर्नु भएको थियो ।

  • गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि

    गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि

    बुटवल ।
    भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ ।

    विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ ।

    बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएसँगै बुद्ध जन्मस्थलको दर्शनका लागि
    भारतीय पर्यटक आउनेक्रम बढ्दै गएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

    भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणको डेढ महिनाको अवधिमा ३७ हजार ८३५ भारतीय पर्यटक लुम्बिनी आएका कोषको सूचना शाखाले
    जनाएको छ । उक्त सङ्ख्या विगत वर्षभन्दा बढी हो । यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ ।

    पछिल्लो एक महिनामा ३९ हजार आन्तरिक पर्यटकले लुम्बिनीको भ्रमण गरेको कोषले जनाएको छ ।
    कोभिड–१९ को त्रासका कारण पर्यटक आगमनमा कमी आएको लुम्बिनीमा भारतीय पर्यटक मात्र नभएर आन्तरिक पर्यटक र तेस्रो मुलुकका पर्यटक आउने क्रम समेत बढेको छ ।

    प्रचारप्रसारका कारण संसारभरबाट पर्यटक लुम्बिनी आउन आतुर रहेको लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष गोविन्द ज्ञवाली बताउँछन् ।
    लुम्बिनी आउने पर्यटकका लागि सरकारले विशेष सुविधा र सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

    लुम्बिनीमा आध्यात्मिकका साथै घुमन्ते पर्यटक आउने गर्दछन् ।
    धार्मिक र आध्यात्मिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गर्न आउँछन् भने घुमन्ते पर्यटक यहाँको सौन्दर्यतासँग रमाउन आउने गरेको पाइन्छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन तथा सीमाक्षेत्रमा पर्यटक आगमनमा सहजताका कारण अहिले लुम्बिनी घुम्न आउने पर्यटकले पर्यटन व्यवसायीहरुलाई समेत उत्साह दिएको सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् ।

    लामो समय कोभिड–१९ का कारण चहलपहल नभएको लुम्बिनीमा अहिले भने आन्तरिक,भारतीय पर्यटक तथा तेस्रो मुलुकका पर्यटकको आगमनले रमाइलो बनाएको छ ।

    पर्यटक आगमनमा वृद्धि भएसँगै पर्यटन व्यवसायी मात्र नभएर यहाँका अन्य क्षेत्र पनि चलायमान भएका छन् । रासस

  • कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

    कपिलवस्तुमा २ पुरुष मृत अवस्थामा फेला

    कपिलवस्तु ।

    कपिलवस्तुमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । आइतबार जिल्ला छुट्टाछुटै स्थानमा २ जना पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिका २ बस्ने ४१ वर्षीय खड्क बहादुर ओली र महाराजगन्ज नगरपालिका १० मुजाहनास्थित नेपाल भारत सिमाना नजिकैको खेतमा स्थानीय वर्ष ३८ का धुन्नु धोबी मृत अवस्थामा भेटिएका हुन् ।

    दुवै घटनाको अनुसन्धान जारी रहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

  • रुपन्देहीको तिलोत्तमा  एक युवती मृत फेला

    रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला

    बुटवल ।
    रुपन्देहीको तिलोत्तमा एक युवती मृत फेला परेकी छन् ।

    मृत्यु हुनेमा पश्चिम नवलपरासीको सुनवल २ की अस्मिता पटवार शर्मा रहेकी छन् ।
    वैशाख २६ गते शर्मा थरका युवकसँग मागी विवाह भई तिलोत्तमा आएकी अस्मिता आइतबार बिहान तिलोत्तमा ६, पश्चिम पहुनीस्थित तिनाउखोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताए ।

    अस्मिताका बुवा नागेन्द्र पटवारले जेठानकी श्रीमतीले छोरी घरमा नभएको भन्दै शनिबार दिउँसो साढे ३ बजे फोन गरेको बताए ।

    उनले फोन जानेवित्तिकै आफू रुपन्देही आई साँझसम्मै छोरीलाई खोज्दा नभेटेको बताए । उनले ईलाका प्रहरी कार्यालय बुटवलमा छोरी हराएको जाहेरीसमेत दिएका थिए । ’रातिसम्मै खोजियो, छोरीको केही पत्ता लागेन,’ उनले भने, ’राति २ छोरालाई पठाएँ, उनीहरुले पनि नभेटेपछि चिन्ता लाग्न थाल्यो ।’

    आइतबार दिउँसो साढे १ बजेतिर भने तिनै जेठानकी श्रीमतीले छोरीको शव खोलामा भेटिएको जानकारी गराएको उनले बताए ।

    मृतक अस्मिताका श्रीमान् कामका सिलसिलामा भारत गएका छन् । अस्मिताको टाउको र शरीरमा चोट रहेको नागेन्द्रले बताए । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लालाई

    लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बाँके जिल्लालाई

    दाङ ।
    दाङको बेल्झुन्डीमा सञ्चालित १२ औ संघीय तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता –२०७९ को उपाधि बाँके जिल्लाले जितेको छ।

    नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालित प्रतियोगितामा १९ स्वर्ण ७ रजत र १० कास्य पदक हात पार्दै बाँकेले उपाधि जितेको हो।

    उपाधिसँगै उसले लुम्बिनी प्रदेशस्तरीय रनिङ शिल्ड उचाल्यो। त्यस्तै बर्दिया जिल्ला ९ स्वर्ण ९ रजत र १२ कास्य पदकका साथ द्वितीय हुँदा दाङ ६ स्वर्ण, ११ रजत र १३ कास्य पदक हात पार्दै तृतीय भयो भने कपिलवस्तु जिल्ला ६ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो।

    यसैबीच प्रतियोगिताअन्तर्गत कराते छात्रमा गुल्मी जिल्लाका हिमाल क्षेत्री र छात्रामा दाङकी डोल्मा थापा उत्कृष्ट खेलाडी घोषित भए।

    त्यस्तै एथलेटिक्समा छात्रमा बाकेका युवराज बिक र छात्रामा दाङकी निशा चौधरी उत्कृष्ट खेलाडी भए। त्यस्तै उसुतर्फ छात्रमा बाकेका सुदीप रोका मगर र छात्रामा बर्दियाकी लिन्दा दहित उत्कृष्ट भए। त्यस्तै भलिबल छात्रमा रुपन्देहीका बादल राना र छात्रातर्फ रुपन्देहीकै सपना डागी उत्कृष्ट खेलाडी भए।

    प्रतियोगितामा ब्यक्तिगत विधाअन्तर्गत एथलेटिक्स,उसु,करातेमा प्रथम स्थान हात पारेका खेलाडी र टिम गेमतर्फको कबडी,भलिबलमा छनोटका आधारमा टिम तयार गरिनेछ।

    छनोटमा परेका खेलाडीले असार २८ देखि ३० गतेसम्म हुने राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ्न्।

  • कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

    कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं ।
    नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी उपसभापति धनराज गुरुङले जानकारी दिए।

    भोलि बस्ने केन्द्रीय समिति बैठकका विषयमा छलफल हुने उपसभापति गुरुङले बताए। केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको हो।

    कांग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ। स्थानीय निर्वाचनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दै छ।

    आजको पदाधिकारी बैठकमा भ्रातृ संस्थाको विधानबारे पनि छलफल हुने बताइएको छ।