Category: समाचार

  • दलिय सहमति गरी नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने

    दलिय सहमति गरी नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने

    काठमाडौं ।
    गृहमन्त्री बालकृष्ण खाँणले नेपाल सरकारले दलका बीचमा सहमति गरेर नागरिकतासम्बन्धी नयाँ विधेयक चाँडै पारित गराइने बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्तावमाथिको छलफलमा उठेका विषयमाथि जवाफ दिँदै सांसद्को चासोलाई सम्बोधन गर्दै बाधा फुकाउने गरी आजै बस्ने मन्त्रिपरिषद्को बैठकमा नयाँ विधेयक प्रस्तुत गर्नेबारे निर्णय हुने जानकारी दिए ।

    उनले सबै नेपालीलाई नागरिकता प्रदान गर्नु राज्य र सरकारको साझा दायित्व भएकाले यसअघि प्रस्तुत विधेयक छलफल र पारित गर्न समय लाग्न सक्ने भएकाले सार्थक प्रयत्नसहित दलीय छलफल गरेर चाँडै नयाँ विधेयक ल्याएर पारित गराइने जनाएका छन् ।

    उनले नागरिकतासम्बन्धी सङ्घीयतासम्बन्धी ऐनको अभावमा नागरिकता पाउन कुरिरहेको युवालाई नागरिकता दिनुपर्ने दायित्वलाई सरकारले पूरा गर्ने विश्वास व्यक्त गरे ।

    नागरिकता नपाएका कारण जनताले दैनिक जीवन गुजार्नसमेत कठिनाइ भोग्नुपरेको यथार्थलाई आत्मसात् गर्दै नयाँ विधेयक ल्याउने ध्येयका साथ विद्यमान विधेयक फिर्ता लिन लागिएकाले यसमा सबै दलको सहयोगको अपेक्षा व्यक्त गरे । उनले महत्वपूर्ण विधेयक र विषयमा दलबीचको सहमति गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रिय दायित्व पूरा गर्न आग्रह गरे ।

    विसं २०७५ साउन २२ गते सो विधेयक संसद्मा लगेको थियो भने राज्य व्यवस्था तथा सुशासन समितिमा सो विधेयक २२ महिना विचाराधीन रही दफाबार संशोधन भएको थियो । बैठकको बहुमतले सो विधेयक फिर्ताको प्रस्ताव स्वीकृत गरेको छ ।

  • नेपाल ज्योतिष परिषद जिल्लाकार्य समितीमा नयाँ  समिती

    नेपाल ज्योतिष परिषद जिल्लाकार्य समितीमा नयाँ समिती

    चुरामणी तिमिल्सीना,रिडी ।
    पाल्पाको तानसेन र गुल्मीको रिडीमा नेपाल ज्योतिष परिषदको जिल्ला कार्य समितीको नयाँ कार्य समिती गठन कार्य सम्पन्न भएको छ ।

    गुल्मीको रिडीमा सम्पन्न भएको अधिबेशनले शेषनारायण मरासिनिको अध्यक्षतामा १३ जना रहने गरी कार्य समिती गठन गरेको हो।

    यस्तै उपाध्यक्षमा माधब अर्याल,बिष्णु पन्थी ,सचिवमा चुरमणि तिमिल्सिना,सह सचिव माधब राज घिमिरे र अरुण ज्ञवाली,कोषाध्यक्षमा खेम राज ज्ञवाली ,रहनु भएको छ ।

    अधिबेशनले राजन पन्थी ,नवराज पन्थी ,अर्जुन ढकाल ,सुदिप काफ्ले,प्रकाश भट्टराई , हरि सापकोटा सुन्दर ज्ञवाली ,लाई सदस्यमा चयन गरेको हो ।

    यस्तै पाल्पामा सम्पन्न अधिबेशनले हुमनाथ न्यौपानेको अध्यक्षता नयाँ कार्य समिती निर्माण गरेको हो ।

    भेलामा लुम्बिनी प्रदेश का अध्यक्ष ज्योतिष जनार्जन न्यौपाने, केन्द्रिय सदस्य सुन्दर भण्डारी ,केन्द्रिय सदस्य कुष्मा खर न्यौपाने , प्रदेश सचिव मनोहर घिमिरेको आथित्यतामा अधिबेशन सम्पन्न भएको हो ।

    अधिबेशनमा बोल्दै अध्यक्ष न्यौपानेले यस्ता धार्मिक पौराणिक तथा एतिहासिक क्षेत्रमा यस्तो ज्योतिष सदनको आबस्यकता रहेकोले यसलाई स्थापना गरि विभिन्न तालिम यस्तै अंतरकृया र छलफल बाट नयाँ कुराको ज्ञान हुने भएकोले यश सस्था लाई अगाडी बढाउन आफ्नो सस्था र आफूले सबै पक्षबाट सहयोग गर्ने प्रतिबद्धता जायर गर्नुभयो।

    कार्यक्रममा सपथ पछी सचिव तिमिल्सिनाले यश गुल्मी जिल्लामा ज्योतिष गुरुहरुको ठूलो माग भएकोले पुराना पुस्ता सकिदै जानू र नयाँ पुस्ताले यस्ता विषयको अध्यान नगर्दा ग्रामिण भेगमा निकै समस्या रहेकोले यश सदनले अबका दिन्मा युवा पुस्तालाई समेट्दै योजना अगाडी बढाउने प्रतिबद्धता जायर गर्नु भयो।

  • रुरुक्षेत्रका बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

    रुरुक्षेत्रका बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण

    न्युज डेक्स ।
    रुरुक्षेत्र गाउँपालिका शिक्षा शाखा मार्फत शैक्षिक सामाग्री हस्तान्तरण भएको छ ।

    मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गतपालिकाका ४३ बिद्यालयलाई खेलकुदका सामाग्री,शिक्षण सिकाइ सहजीकरण सामाग्री,युरोगार्ड खानेपानी टंकी लगायतका सामग्री औपचारिक कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो।

    हस्तान्तरण कार्यक्रममा पालिकाका अध्यक्ष यदु ज्ञवाली,उपाध्यक्ष मिना गौतम,प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल,जनप्रतिनिधिहरु,बिद्यालयका प्रधानाध्यापक,शिक्षक प्रतिनिधि लगायत शिक्षा प्रेमी महानुभावहरुको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा पालिकाका सात सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विद्यालयको कामकाज गर्ने गरी एकएक थान ल्यापटप समेत प्रदान गरिएको अधिकृत पौडेलले बताउनु भयो ।

    हस्तान्तरण समारोहमा बोल्दै उप प्रमुख गौतमले शिक्षाको क्षेत्रमा अपरिहार्य परिवर्तन आवसश्यक रहेकोले हरेक विद्यालयमा शिक्षा समितिले अनुगमन गरी भएका समस्याको समाधान गर्न आफ्नो पालिकाको टिम लाग्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

    यस्तै कार्यक्रममा शैक्षिक जिल्ला समन्वयकर्ता प्रकाश चालिसेले शैक्षिक क्षेत्रलाई सुधार गर्न र प्रबिधिमैत्री बनाउन यो कार्यक्रम स्थानीय तहमा प्रभावकारी हुने कुरामा जोड दिनु भयो।

    कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले आगामी बर्षहरुमा सबै विद्यालयका प्रशासनिक काममा सहजताका लागि कम्प्युर,ल्यापटप,फोटोकपी तथा विद्युतीय सामाग्रीहरु प्रदान गर्न बजेटको ब्यबस्थापन भएको र शिक्षा क्षेत्रबाट कुनै पनि बालबलिका बिद्यालय जान बाट बन्चित नबनाउन र विदयालय सञ्चालनमा सूचना प्रबिधिलाई जोड्न आफुले प्रदेश तथा केन्द्र सरकार समक्ष नयाँ टेक्नोलजीका विषयमा अध्ययन समेत गरेको बताउनु भयो ।

    कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख तेज बहादुर कुमालले गर्नु भएको थियो।

  • यात्रु सचेतना जगाउने कार्यमा ट्राफिक  प्रहरी सक्रिय

    यात्रु सचेतना जगाउने कार्यमा ट्राफिक प्रहरी सक्रिय

    चुरामणि तिमिल्सिना,रिडी ।
    अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडी गुल्मीले जनता माध्यमिक बिध्यालय सत्यवती १ अस्लेवाका बिद्यार्थीहरु लाई ट्राफिक नियमहरुको बारेमा जानकारी गराएको छ ।

    सडकमा हिडदा , बाटो क्रस गर्दा , चडदा ,ओर्लिदा ध्यान दिनु पर्ने कुराहरु ,बसमा यात्रा गर्दा हात तथा टाउको बाहिर ननिकाल्न आग्रह,यातायात चालका लाई गन्तव्यमा सफलता पुर्वक पुर्याउन गति सिमित गरी चलाउन आग्रह ,बजार तथा बिध्यालय क्षेत्रमा प्रेसर हर्न नबजाउने,गन्तव्यमा पुग्न बसबाट झरेपछि लाइन बद्द रुपमा बिद्यार्थी हरु लाई हिड्न समेत प्रशिक्षण दिईएको छ ।

    यसरी नियम को पालना गर्दा कुनै पनि दुर्घटना र धनजनको क्षति नहुने साथै बिद्यार्थीहरु लाई दुर्घटना न्यूनीकरण सम्बन्धि सचेतना जगाउने कार्यक्रम गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक जगनाथ पाण्डेले जानकारी दिनु भयो

    पाण्डेले केही समय यता रिडी थोर्गा रातामाटा, रिडी खर्याङ सडक खण्ड,कालीगण्डकी करिडोर लगायतका स्थानमा चेक जाच लाई कडा गर्दै सवारी धनी सवारी चालक यात्री लाई विभिन्न चेतनामुलक जानकारी गराउदै बर्षादको समयमा यात्रा गर्दा बाटोमा पहिरो जान सक्ने बाटो अबरोध हुने भएको हुँदा तत्कालै प्रहरी तथा सरोकार बाला निकाय लाई खबर गरी सहयोग गर्न आग्रह गर्नुभयो।

    पछिल्लो समयमा रिडी बजारको पार्किङ लाई ब्यबस्थापन गर्न पुरना तथा अब्यबस्थित ब्रेकर हरुलाइ हटाइ नयाँ टिजिटल ब्रेकर राख्ने कार्य वडा कार्यालय र बजार बासीको समन्वय र सहकार्यम राखीएको पाण्डेले बताउनु भयो ।

  • सेवाग्राहीलाई पाँच मिनेट भन्दा बढि नरोक्न रेसुङ्गा नगर प्रमुख पन्थीको निर्देशन

    सेवाग्राहीलाई पाँच मिनेट भन्दा बढि नरोक्न रेसुङ्गा नगर प्रमुख पन्थीको निर्देशन

    गुल्मी ।
    गुल्मीको रेसुङ्गा नगरपालिका नगर प्रमुख खिलध्वज पन्थीले सेवाग्राहीको कामलाई पाँच मिनेट भन्दा बढि नरोक्न निर्देशन दिएका छन।

    बढि रोकिने र एउटै कामले पटक पटक नगरपालिका धाउँन सेवाग्राहीलाई झनझटिलो हुन नदिन नगरपालिका सम्पुर्ण शाखा प्रमुखलाई नगरपालिकाका प्रमुख पन्थीले निर्देशन दिएका छन ।

    पन्थीले नगरको भौतिक विकास आर्थिक विकास संगै यहाँका हरेक सुशासनका कुरा हरेक बिषयमा पारदर्शी ढङ्गले अगाडि बढ्न निर्देशन दिएका छन् ।
    सेवाग्राहीका कामलाई झनझटिलो नहुने गरि सहज तरिकाले पाँच मिनेटमै सकिने गरि अगाडि बढन पन्थीले निर्देशन दिएका हुन ।

    पन्थीले कर्मचारीलेलाई निर्देशन दिदै भने “सेवाग्राहीले गुनासो नराख्ने गरि काम गरौं काम गर्न सहज र छरितो कसरी हुन्छ त्यसलाई पनि अपनत्व हुने गरि” लाग्न निर्देशन दिएका थिए।

  • भट्कुवा आधारभुत  विद्यालयमा शैक्षिक  सामाग्री  बितरण

    भट्कुवा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण

    चुरामणि तिमिल्सिना ,रुरु क्षेत्र ।

    भट्कुवा आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

    विद्यालयमा अध्यानरत ९२ जना बिद्यार्थीहरु लाई कापी, कलम, झोला लगायतका सामाग्री हस्तान्तरण गरिएको हो। चाइना फाउन्डेसन नेपालको सहयोगमा सामाग्री हस्तान्तरण भएको बिध्यालयले जानकारी दिएको छ ।

    बितरण कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकाका चाइना फाउन्डेसन नेपालका प्रतिनिधि मंगल बहादुर रेगामी , विशिष्ट अतिथीमा रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा सदस्य सुशील श्रेष्ठ , यस्तै समाजसेवी बौद्धिक बर्ग रहनु भएको थियो।

    कार्यक्रममा बोल्दै विशिष्ट अतिथी वडा सदस्य श्रेष्ठले गरिब बिपन्न दलित बर्गका मात्र नभइ सबै बिद्यार्थीहरुका लागि सामाग्री बितरण कार्यक्रम आयोजना गर्नु भएकोमा प्रतिनिधि रेगामी लगायत लाई धन्यवाद ब्यक्त गर्दै बिद्यार्थी बर्गमा राहत समेत पुग्ने बताउनु भयो ।

    समारोहमा शिक्षक दिपक ज्ञवाली लगायतले शुभकामना राख्दै यस्ता कार्यक्रमले बिपन्न परिवारका बिद्यार्थीहरु लाई ठूलो सहयोग मिल्ने हुँदा आगामी दिन्हरुमा पनि यस्तै कार्यक्रम ल्याउन आयोजक परिवार प्रती आग्रह गर्नु भयो ।

    कार्यक्रमको सन्चालन शिक्षक कृष्ण कला मगरले गर्नु भएको थियो।

  • भेरी अस्पतालमा  डाक्टर ड्यूटीमा नआउँदा बिरामीलाई सास्ती

    भेरी अस्पतालमा डाक्टर ड्यूटीमा नआउँदा बिरामीलाई सास्ती

    नेपालगञ्ज ।
    भेरी अस्पतालमा कार्यरत डा.सुरेशकुमार नागले एक वर्षदेखि नियमित ड्यूटी नगरेपछि अस्पताल प्रशासनले कारबाहीका लागि पत्र काटेको छ ।

    भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. नागलाई अस्पताल प्रशासनले पटक पटक जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दा पनि नमानेपछि कारबाहीका लागि मन्त्रालयलाई पत्र लेखेको हो ।

    ‘विगतदेखि नै आफ्नो ड्युटी गर्न समयमा नआउने लापबाही गर्ने गरेको पाइएको छ,’अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने, ‘विकास समितिको तर्फबाट पटक पटक सुध्रिन अनुरोध गर्दासम्म समेत अटेर गरेको पाइयो,बाध्य भएर कारबाहीका लागि पत्र काटिएको हो ।’

    अस्पतालले २०७८ साउन २२ गतेको समितिको निर्णय अनुसार यसअघि पनि उनलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको थियो ।

  • गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु

    गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु

    गुल्मी ।
    गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।

    मदाने गाउँपालिका वडा –१ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी भीमबहादुर दाहालले बताए ।

    एसपी दाहालका अनुसार मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो।

    यस्तै चट्याङ लागेर उनकी काकी ४२ वर्षीया संगीता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।

    उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीको भनाई रहेको छ ।

  • नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

    नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं ।
    सरकारले नागरिकता विधेयक फिर्ता लिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    दलहरुबीच सहमति हुन नसकेपछि सरकार विधेयक फिर्ता लिने अवस्थामा पुगेको हो । २०७५ सालमै सरकारले ल्याएको यो विधेयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले छलफल सकेर बहुमतले प्रतिवेदन पारित गरी प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।

    विधेयकमा रहेको नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद थियो।

    बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको राष्ट्र संघमा जाने भ्रमण स्वीकृत गरेको छ ।गृहमन्त्रीको सिफारिसमा विभिन्न व्यक्तिलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको बिषयमा भने कुनै छलफल भएन ।
    मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अर्थमन्त्रीको राजीनामाका बिषयमा छलफल गर्न लागेको स्रोतले जनाएको छ।

    बिहान खुमलटारमा बसेको माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अर्थमन्त्री शर्माको विषयमा प्रधानमन्त्रीसँग छलफल गरी टुंगो लगाउने निर्णय गरेको थियो।

  • प्यूठानमा चट्याङ पर्दा ११जना घाइते,२ जना गम्भिर

    प्यूठानमा चट्याङ पर्दा ११जना घाइते,२ जना गम्भिर

    प्यूठान ।
    सोमबार रातिको अविरल वर्षासँगै परेको चट्याङले प्यूठानमा ११ जना घाइते भएका छन् ।

    जिल्लाको ऐरावती गाउँपालिका–६ बिजुलीकोटमा चट्याङ पर्दा पाँच जना घाइते भएका हुन् ।
    घाइते हुनेहरूमा स्थानीय ७ वर्षीय रोमन परियार, १२ वर्षीय किरण परियार गम्भीर घाइते भएका छन् ।

    त्यस्तै अरू पाँच जना पनि घाइते भएका छन् । घाइते हुनेमा दिपक परियार, सपना परियार, सुवर्ण परियार, एलिसा परियार, सगुन परियार पनि घाइते भएको वडा अध्यक्ष भरत खड्काले जानकारी दिए ।

    यस्तै, ऐरावती गाउँपालिका वडा न–१ दाङवाङमा पनि सोमबार राति चट्याङ पर्दा चार जना घाइते भएका छन् ।
    घाइते हुनेमा एकै घरका तीन जना पनि रहेका छन् । घाइते हुनेमा पबी नेपाली, लिला नेपाली, अञ्जली नेपाली र सीता नेपाली घाइते भएको ऐरावती गाउँपालिका अध्यक्ष नबिलविक्रम शाहले जानकारी दिए ।

    बिहान साढे तीन बजेतिरको समयमा चट्याङ परेको थियो । घाइते सबैलाई उपचारका लागि बिजुवार पठाइएको छ ।