Category: समाचार

  • लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य

    लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य

    बुटवल ।
    लुम्बिनी प्रदेशसभाको चालू दशौं अधिवेशन अन्त्य गरिएको छ ।

    प्रदेशसभा सचिवालयले साउन ८ गतेका लागि बैठक बोलाएको थियो तर शुक्रबार अबेर मन्त्रिपरिषद्को निर्णय भन्दै प्रदेश प्रमुखको कार्यालयले प्रदेश सभा अन्त्य गरिएको जानकारी दिएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम शुक्रवार राती १२ बजेदेखि चालु अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

    प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तीमा मन्त्री परिषादको निर्णयअनुसार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अन्त्य गरेको जनाईएको छ ।

  • तपाईको आजको राशिफल (साउन ७ गते शनिवार  )

    तपाईको आजको राशिफल (साउन ७ गते शनिवार )

    तपाईको आजको राशिफल साउन ७ गते शनिवार

    ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?

    तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

    https://www.youtube.com/watch?v=IUq2egN6bKQ&t=325s

  • रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसंग अन्तरक्रियाःमहशुलमा एकरुपता ल्याउन गृहकार्य सुरु

    रुरुक्षेत्रमा खानेपानी उपभोक्ता समितीसंग अन्तरक्रियाःमहशुलमा एकरुपता ल्याउन गृहकार्य सुरु

    माधव ज्ञवाली,गुल्मी ।

    रुरुक्षेत्र गाउँपालिका गुल्मीमा गाउँपालिका भित्र संचालित खानेपानी आयोजनाका उपभोक्ता समितिहरु सङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
    गाउँपालिकाको सभाहलमा बिहिवार एक कार्यक्रमको बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।

    कार्यक्रममा गाउँपालिका भित्रका झण्डै २० वटा खानेपानी आयोजनाका उपभोक्ता समितिहरुको उपस्थिति रहेको थियो।
    अन्तरक्रिया कार्यक्रममा उपस्थित सबै उपभोक्ता समितिका प्रतिनिधिहरुले आफ्ना आफ्ना खानेपानी आयोजनाहरुको सुरुवात देखि हालसम्मको अवस्था, मासिक तथा वार्षिक आय–व्यय, कर्मचारी,पिउने पानीको अवस्था,पानीको मुलको अवस्था र आयोजनामा प्रयोग गरिने प्रविधी एवं मेसिनरी लगायत आफ्ना समस्याहरुको बारेमा जानकारी गराएका थिए।

    कार्यक्रममा जानकारी गराइए अनुसार गाउँपालिका भित्र संचालित भिन्नाभिन्नै आयोजनाका उपभोक्ताले भिन्नाभिन्नै मासिक महसुस बुझाउने गरेको
    पाइएको छ।सम्बन्धित स्थानको भुगोल लगायत विभिन्न कारणले तिर्नुपर्ने महसुसलमा एकरुपता नभएको पाइएको हो।

    कार्यक्रममा उपस्थित लगभग सबै उपभोक्ता समितिहरुको समस्या भने लगभग उस्तै थियो। आफुहरुले पिउने गरेको पानीको शुद्धतामा प्रश्न रहेको
    लगभग सबैले बताएका थिए ।त्यो समस्या विशेष गरि बर्खाको समयमा हुने उपभोक्ता समितिहरुको रहेको थियो।

    धेरै जसो पानीको मुल खोलामा हुने भएकोले मुलको राम्रो सङ्ग संरक्षण हुन नसक्दा बर्खाको बेलामा शुद्ध पानी पिउन नपाउने भएकोले आउँ र ज्वोरो लगायतका स्वास्थ्य सम्बन्धि समस्या देखिने गरेको उनिहरुले बताए।

    कतिपय खानेपानी आयोजनाहरुको बैंक मौज्दात रहेको, कतिपयको आम्दानी र खर्च बराबर भएकोले भैपरी आउनसक्ने समस्याको लागि बैंक मौज्दात नरहेको र कतिपय खानेपानी आयोजना त घाटामा संचालन गरिरहेको समस्या पनि कार्यक्रममा उठेको थियो।

    त्यस्तै पाइपलाइन, फिल्टर, पानी फाल्ने मोटर, अन्य उपकरण, दक्ष प्राविधिक लगायत विद्धुत महसुलको विषयमा पनि उपस्थित उपभोक्ता समितिका प्रतिनिधिहरुले समस्या राखेका थिए,धेरैको माग पानीको विद्दुत महसुल गाउँपालिकाले तिरिदियोस भन्ने थियो।

    तर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख आवीत हुसेनले भने यो कुराको खण्डन गरेका छन् ।
    उनले गाउँपालिकाले सो महसुल तिरिदिन नहुने बताए। यदि गाउँपालिकाले तिरिदियो भने त्यस प्रति जनताको लगाव नरहने र दिगो रुपमा स्वच्छ खानेपानी उपलब्ध हुन नसक्ने उनको धारणा छ। जनस्तरबाट केही महसुल उठाउनै पर्ने उनको भनाइ छ । पानीको महसुल तिर्नै नसक्ने कोहि भए उनिहरुको पहिचान गरि छुट दिन सकिने उनको तर्क छ।

    खानेपानी र स्वच्छताको मौलिक हक संविधानमै उल्लेख भएकोले त्यसप्रति वितरकको ध्यान पुग्नुपर्ने उनले बताए। गाउँपालिका भित्र कसैले खानेपानी सङ्ग संबंधित उपकरण जोड्न नसकेर पानी पिउनबाट बन्चित भएको भए यदि गाउँपालिकाले वास्तविकता पहिचान गरि सिफारिस गरेर पठाए खानेपानीले निःशुल्क उपलब्ध गराउने पनि उनको भनाइ छ।

    गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले कार्यक्रममा उठेका समस्याहरुलाई प्राथमिकतामा राखेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।खानेपानीको क्षेत्रमा साना साना लापरबाहीले गर्दा ठुला समस्या आउन सक्ने भएकोले साना साना कुरामा ख्याल गरेमा ठुला समस्या न आउने उनको भनाइ छ।

    खानेपानीको कुरामा एकदम चनाखो भएर लाग्न उनले उपभोक्ता समितिलाई आग्रह गरेका छन् ।
    उनले प्रदेश बाट आएका ठुला बजेटलाई बेवास्ता गर्ने तर एक दुई लाखको लागि वडा र गाउँपालिका धाउने समस्या रहेको बताउँदै प्रदेशबाट आउने गरेका बजेटलाई समयमै कार्यान्वयन गर्नेगरी चनाखो भएर काम गर्नुपर्ने बताए।

    उनले खानेपानी आयोजनाका नियमित अधिवेशन र नियमित नविकरण गर्न अनुरोध गरेका छन् भने आर्थिक पारदर्शिता सबैभन्दा महत्वपूर्ण रहेकोले आर्थिक पारदर्शितालाई एकदम ख्याल गर्न अनुरोध गरेका छन् ।

    उनले बैंकमा पैसा दाखिला गर्न र बैंकबाटै पैसा खर्च गर्न सबैलाई आग्रह गरेका छन् ।
    बर्षौ देखि यत्तिकै संचालनमा आएका र अधिवेशन नगरेका र समिति नविकरण पनि नगरेका उपभोक्ता समितिलाई यथाशीघ्र भेला गरेर अधिवेशन गर्न उनले गाउँपालिकाको तर्फबाट निर्देशन समेत दिएका छन् ।

    अध्यक्ष ज्ञवालीले खानेपानीको विषयमा गहन अध्ययन गरेर पालिक भरी नै महसुलमा एकरुपता ल्याउन कार्ययोजना बनाएर अघि बढ्ने बताए।
    खानेपानी आयोजनाका सबै उपभोक्ता समितिसङ्ग बसेर सबैका सुझाव सल्लाहलाई लिएर यस सम्बन्धि कार्ययोजना बनाउने उनको भनाइ छ।

    लामाखर्क,च्युरेक लगायतका क्षेत्रमा पानीको चरम अभाव रहेको र ती स्थानमा अन्य विकल्प नरहेकोले चालू योजनाहरुलाई समयमै सक्नेगरी प्राथमिकतामा राखेर काम गर्न उनले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीलाई अनुरोध गरेका छन् ।

    यसरी खानेपानी उपभोक्ता समिति सङ्ग अन्तरक्रिया कार्यक्रम गरेर नया सुरुवात गरेकोमा उपस्थित सबैले खुसी व्यक्त गरेका थिए।

  • ज्ञवा बलेटक्सार मावीको व्यवस्थापन समिति अध्यक्षमा पुन ज्ञवाली चयन

    ज्ञवा बलेटक्सार मावीको व्यवस्थापन समिति अध्यक्षमा पुन ज्ञवाली चयन

    चुरामणि तिमिल्सिना ।
    ज्ञवा बलेटक्सार माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउपालिका ४ बलेटक्सारको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

    विहिवार एक कार्यक्रमका बिच बिद्यालयका अभिभावक ,सरोकारवाला शिक्षाप्रेमी तथा स्थानीयले दोस्रो कार्यकालको लागी बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्बसहमत बाटै रुरु क्षेत्र गाउँपालिका वडा न ४ का सामाजिक अभियान्ता तोयनारायण ज्ञवालीलाई चयन गरेको हो ।

    बिद्यालयमा निर्माणधिन भौतिक पुर्वाधारहरुलाई पूरागर्न ,शैक्षिक गतिविधि लाई आधुनिक प्रबिधिको प्रयोग गरि सन्चालन,व्यवस्थापन र गुणस्तरीय शिक्षालाई निरन्तरताका लागि भन्दै पुन दोस्रो कार्यकालको लागी ज्ञवालीलाई नै जिम्मा दिईएको बिद्यालयका प्रधानाध्यापक नारायण ज्ञवालीले जानकारी दिनु भयो।

    ज्ञवालीले पहिलो कार्यकालमा बिद्यालयमा भवन निर्माण कार्य,शैक्षिक सुधार अतिरिक्त क्रियाकलाप अभिभावक भेला नीति नियम लगायत प्रशासन विषयमा राम्रोसङ्ग कार्य सम्पादन गरेको आधारमा आफूलाई अभिभावकले पुनः दोस्रो कार्याकालको लागी अध्यक्ष पदमा चुनेको बताउनु भयो ।

    ज्ञवालीले कुरा थप्दै भन्नुभयो,आफू पदमा रहदा या नरहदा आफ्नै घर दैलोको बिद्यालयलाइ हरेक समयमा सबै पक्षबाट सहयोग गर्ने , भौतिक पुर्वाधारका अधुरा योजना सन्चालन कार्यलाई स्थानीय सरकार, प्रदेश तथा संघीय सरकार समक्ष पूरा गर्न कागजी प्रक्रिया गरी अगाडी बढ्ने, शिक्षकहरुको क्षमता वृद्धि गर्न विभिन्न खोज मुलक तालिम प्रदान गर्न योजना अगाडी बढाउनेयस्तै बिद्यार्थीको प्रगति वृद्धि गर्न शिक्षक ,अभिभावक,बिद्यार्थी तथा सरोकारवाला बिच पट्क पटक शैक्षिक अन्तरक्रिया कार्यक्रम सन्चालन गरिने बिद्यार्थी तथा शिक्षकहरुलाई प्रविधिमय बनाइ कक्षा अगाडी लैजाने बताउनु भयो।

    यो बिद्यालय २०२७ सालमा स्वीकृत प्राप्त गरेको भएता पनि अनुमतिका आधारमा कक्षा ६ देखि १० सम्म सन्चालन भएको छ । यस बिद्यालयमा कक्षा ६ देखि १० सम्म कुनै पनि दरबन्दी शिक्षक नभएकोले कुनै बेला समस्या आउन सक्ने प्रधानाध्यापक ज्ञवालीले जानकारी दिनुभयो। निमाबी मा २ राहत शिक्षक र माध्यामिक तहमा ३ राहत शिक्षकले यो बिद्यालय अगाडी बढेको छ ।

    यसरी बिद्यालय सन्चालन हुँदा पनि नतिजाका आधारमा आफ्नो बिद्यालयको नतिजा जिल्लामा नखस्किएको खेलकुद बौद्धिक प्रतिभा लगायतका कार्यक्रमहरुमा पनि अगाडी नै रहेको प्रधानाध्यापक नारायण ज्ञवालीले जानकारी गराउनु भयो। ज्ञवालीले थप्दै भन्नुभयो यश बिद्यालयबाट अध्ययन गरेका बिद्यार्थीहरु डाक्टर, इन्जिनियर , शिक्षक नेता, सरकारी कार्यालय बैंक एनजियो क्षेत्रमा फिजारीएको देख्न पाउदा खुसी लागेको बताउनु भयो।

    २०२७ सालमा यहाँ बिद्यालय सन्चालन गर्न पर्छ भनेर योगदानका साथ यस क्षेत्रका बौद्धिक बर्ग सिद्दिनाथ ज्ञवाली , सिद्दिमान श्रेष्ठ , देबि प्रसाद ज्ञवाली , लगायतका अभिभावकहरुको सक्रियता भएको बिद्यालयले बताएको छ । स्थापना पछी यो टिम लगायतले मेहनत का साथ घर दैलोको बिद्यालयलाई अगाडी बढाउन लागि परेकै कारणले यो शैक्षिक सस्था यहाँ सम्म आइपुगेको बिद्यालयले जानकारी दिएको छ।

    अहिले यस बिद्यालयमा कक्षा १देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पठन पाठ्न भैइरहेको छ । यस पालिकामा सबै भन्दा पहिला सामुदायिक बिद्यालयतर्फ अङ्ग्रेजी माध्यमबाट पनि कक्षा सन्चालन गरेको आफ्नो बिद्यालय भएको माचारमा उल्लेख गरिएको छ । अध्यक्ष ज्ञवालीले यति मात्र हैन आफनै घर नजिक माध्यामिक तहको बोर्डिङ यस्तै रानिबासमा विभिन्न धारका कक्षा सहित माध्यामिक तह र छिमेकि गाउँ श्रीङगामा पनि माबी सन्चालन हुदा कतै बिद्यार्थी घटने हुन कि भन्ने कत्ति पनि चिन्ता नभएको बताउनु भयो । गुणात्मक शिक्षामा कमि नभए बिद्यार्थी बिद्यालयमा आउने बताउनु भयो।

    अहिले यस बिद्यालय ब्यबस्थापन समितीको समिती सदस्य ,चुरामणि ज्ञवाली ,तारा ज्ञवाली भगवती ज्ञवाली , शालिकराम ज्ञवाली, निर्मला ज्ञवाली , मोतीप्रसाद श्रेष्ठ, शिक्षक प्र .विष्णु, प्र. ज्ञवाली यस्तै सदस्य सचिवमा प्रधानाध्यापक नारायण ज्ञवाली रहनु भएको छ भने शिक्षक अभिभावक संघ तर्फ अध्यक्ष शिव शर्मा रहनु भएको छ ।

    विद्यालयको स्तर वृद्धि गर्दै यसै क्षेत्रका सामाजिक अभियानन्ता देवनारायण ज्ञवाली को अध्यक्षता मा रहेको विद्यालय व्यवस्थान समितिको नेतृत्वमा प्रा.वि. व्यवस्थित गर्दै २०५६ मा नि.मा.वि. र २०६२ देखि कक्षा एक देखि नै अङ्ग्रेजी माध्यम ,कम्प्युटर शिक्षा सहितको विद्यालय सन्चालन हुँदै आएको विद्यालयको विगत २६ बर्ष देखि २०७५ साल सम्म देवनारायण ज्ञवालीले अघिल्लो कार्यकाल सम्म कुशल ढंगले नेतृत्व गर्दै आउनु भएको हो।

  • तपाईको आजको राशिफल (साउन ६ गते शुक्रवार )

    तपाईको आजको राशिफल (साउन ६ गते शुक्रवार )

    तपाईको आजको राशिफल (साउन ६ गते शुक्रवार )

    ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?

    तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

    https://www.youtube.com/watch?v=zw0z5WmwIfo

  • सिलाई बुनाई संगै रमाउदै नेपाली :घर खर्च देखि छोरीको उच्च शिक्षा सम्मको खर्च धान्दै

    सिलाई बुनाई संगै रमाउदै नेपाली :घर खर्च देखि छोरीको उच्च शिक्षा सम्मको खर्च धान्दै

    चुरामणी तिमिल्सीना ।
    तालिम पछी सिकेको सिपलाई ब्यबहारमा उतार्नु पर्छ भन्ने उद्देश्यका साथ गङ्गा नेपाली अहिले सिलाइ बुनाइको काममा व्यस्त छन् ।

    गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ३ थानपतीकी नेपालीको अहिलेको दैनिकी संगै आय आर्जको बाटो पनि सिलाई बुनाई बनेको छ ।
    छत्रकोट गाउँपालिका हर्दिनेटामा आज भन्दा चार बर्ष अगाडी तालिम लिएर सिलाइ बुनाइ लाई निरन्तरता दिएको गङ्गाले जानकारी दिनुभयो।

    बिहान १० बजे देखि साझ करिब ५ बजे सम्म टेलरको काममा नै ब्यस्त हुने नेपालीको आर्थिक जीवन शैलि समेत फेरिएको छ ।
    दिनको २ जोड कुर्था सुरुवाल,कमिज तथा अन्य कपडाहरु सिलाउदै बस्ने उहाँको परिवारमा श्रीमान र २ छोरी रहेका छन ।
    यसै सिलाइबाट गङ्गाले छोरिलाई उच्च शिक्षा पढाउनु भएको छ । शिक्षा आर्जन गर्दै आएकी अन्सु नेपालीले बताउनु भयो ।

    गङ्गाले भनु हुन्छ आफुले सिलाइ बुनाइ मात्र नगरी टोपी,सुइटर मजा लगायत सामाग्री पनि समय अनुसार बनाउने गरेको र धेरै समय खाली पनि नरहने उनको भनाइ रहेको छ ।आफुले प्राय गरी ईन्टरनेट बाट नयाँ नंया डिजाइन हेरेर कपडा तयारी गर्ने र भनेकै समयमा ग्राहक लाई सामाग्री तयारी गरिदिने साथै सुपथ मुल्यमा सिलाइदिने हुँदा आफ्नो घरमा दिदी बैनीहरु सेवा लिन आउने गरेको गङ्गाले बताउनु भयो। नेपालीले सिलाइ संगै मुडा समेत बुनेर आफन्त र घरलाई पु¥याउनु भएको छ ।

    उहाँको अर्को आम्दानीको श्रोतको लागि बोयर जातका बाख्रा समेत पाल्नु भएको छ ।
    थोरै समय पालेर धेरै आम्दानी लिन सकिने हुँदा बाख्रा पनि पाल्दै आउनु भएको छ । भैसी पाल्न भन्दा बाख्रा बाट नै आम्दानी हुने हुँदा बाख्रालाइ अझै बढाउने योजना अगाडी बढाएको गङ्गाले बताउनु भयो।

    सिलाइ गर्न बजारमा नै पसल खोल्न पर्ने भएता पनि आफुले भने घरको एक कोठाबाट नै सेवा सन्चालन गरिरहेको बताउनु भयो।

    उहाँले आफ्नो घरमा दिदी बैनीहरु लाई फुर्सदको समयमा आएर सिलाइ सिक्न पनि आग्रह गर्नुभयो।
    उहाँले थप्दै भनुहुन्छ,म सङ्ग केही पुरानो कल छ,र नयाँ कल सम्बन्धित निकायले सहयोग गरिदिए काममा आफू लाई सहज हुने बताउनुभयो ।

  • अवैध लागू औषध गाँजासहित रुपन्देहीमा दुई जना पक्राउ

    अवैध लागू औषध गाँजासहित रुपन्देहीमा दुई जना पक्राउ

    बुटवल ।
    रुपन्देहीमा अवैध लागू औषध डेढ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

    जिल्लाको सैनामैना नगरपालिका –१० झिमपुरका २७ वर्षीय रोशन थारु र सोही नगरपालिका –५ बालपुरका २७ वर्षीय कमल कुमालको घर खानतलासी गर्दा थारूबाट १ किलो ३६० ग्राम र कुमाल बाट २०४ ग्राम सुकेको गाँजा पनि बरामद गरिएको छ ।

    ती दुबै जनालाई सालझण्डी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरुमाथि अदालतमा मुद्धा दायर भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • तपाईको आजको राशिफल ( साउन ५ गते बिहिवार )

    तपाईको आजको राशिफल ( साउन ५ गते बिहिवार )

    तपाईको आजको राशिफल ( साउन ५ गते बिहिवार )

    ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ?

    तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

     

    https://www.youtube.com/watch?v=Vupx8aPprOY

  • मुक्तिनाथ बिकास बैंक द्धारा सन्तमाया श्रेष्ठ परिवारलाई रकम हस्तान्तरण

    मुक्तिनाथ बिकास बैंक द्धारा सन्तमाया श्रेष्ठ परिवारलाई रकम हस्तान्तरण

    चुरामणि तिमिल्सिना ,रुरुक्षेत्र ।
    मुक्तिनाथ बिकास बैंक रिडी शाखाले लघु बैकिङ्ग सदस्यमा आवद्ध सन्तमाया श्रेष्ठको परिवारलाई एक कार्यक्रमका बिच रकम हस्तान्तरण गरेको छ ।

    २०७१ साल भाद्र १४ गते मुक्तिनाथ बिकास बैंकको लघु बैंककिङ सदस्य भइ आवद्ध हुनु भएकी रुरु क्षेत्र गाउँपालिका वडा न १ िक सन्तमाया श्रेष्ठको परिवार लाई बैंकले रु ३ लाख ३८ हजार ४२ रुपियाँ ८५ पैसा कार्यालयमा औपचारिक कार्यक्रमका गरी हस्तान्तरण गरिएको साखा प्रबन्धक मेघराज ज्ञवालीले बताउनुभयो । श्रेष्ठको २०७८ साल चैत्र ३० गते निधन भएको थियो।

    सन्तमायाले २०७७ साल कार्तिक ५ गते विशिष्ट सदस्य विशेष कर्जा २ लाख ९० हजार लिनु भएको थियो र उहाँले मृत्यु अबधी सम्म सावा तथा ब्याज सहित २ लाख ७६ हजार ९ सय ९५ बुझाउनु भएको थियो।

    सो मध्ये बैंकले तिर्न बाकी सावा १३ हजार मिनाहा गरेको र तिरिसकेको सावा ,ब्याज र काज क्रिया खर्च गरि जम्मा रकम रु ३ लाख ३८ हजार ४२ रुपियाँ ८५ पैसा उहाँको परिवार लाई प्रदान गरेको हो ।

    हस्तान्तरण कार्यक्रममा वडा न १ का वडा अध्यक्ष नवराज बिकको प्रमुख आथित्यता रहेको थियो ।

    यस्तै केन्द्र न दुई कि केन्द्र प्रमुख सम्झौता श्रेष्ठ ,सदस्य अन्जना श्रेष्ठ ,बैंकका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष नवराज बिकले लघु बित्तले उधमी दिदी बैनिहरु लाई आबस्यकता अनुसार कर्जा प्रदान गरेर आयार्जन काममा सघाउ पुर्याउइरहेको र थप अझ विभिन्न तालिम तथा सदस्यहरुको मृत्यु पछी काज कृया खर्च ,र सद्स्यक प्रसुती भएको खण्डमा सुत्केरी पोषण खर्च पनि प्रदान गरेकोले समाजका दिदी बैनी यस लघुबित्तमा आकर्षण भएको बताउनु भयो।

    कार्यक्रमम नवनिर्बाचित वडा अध्यक्ष नवराज बिक लाई बधाई तथा सफल कार्य कालको सुभकामना समेत प्रदान गरिएको थियो।

    कार्यक्रमको सन्चालन संतोष मरासिनीले गर्नु भएको थियो ।

  • माध्यमिक तह शिक्षक लाइसेन्स : लुम्बिनीबाट ३ हजार ९ सय ७३ जना उत्तीर्ण

    माध्यमिक तह शिक्षक लाइसेन्स : लुम्बिनीबाट ३ हजार ९ सय ७३ जना उत्तीर्ण

    काठमाडौं ।
    गत असार १८ गते लिइएको माध्यमिक तह, अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ । जसमा देशभरबाट २३ हजार ७२ जना उत्तीर्ण भएका छन्।

    शिक्षक सेवा आयोगका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार १ सय ४५ जना उत्तीर्ण भएका छन्।बागमतीमा १ सय ८ जनाको परीक्षा रद्ध गरिएको छ।

    यस्तै, प्रदेश १ मा ३ हजार ८ सय ८२ उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४३ जनाको परीक्षा रद्ध गरिएको छ।मधेश प्रदेशमा १७ सय २० जना उत्तीर्ण भएका छन्। ९६ जनाको परीक्षा रद्ध गरिएको छ।

    गण्डकी प्रदेशबाट २६ सय ४५, लुम्बिनीबाट ३९ सय ७३, कर्णाली प्रदेशबाट १६ सय ४६ र सुदूरपश्चिमबाट दुई हजार ६१ जना उत्तीर्ण भएका छन्।

    आयोगका अनुसार गण्डकीमा ३६, लुम्बिनीमा ६५, कर्णालीमा ३९ र सुदूरपश्चिममा ५२ जनाको परीक्षा रद्ध भएको छ।