चुरामणि तिमिल्सिना फेण्डस कलब रिडी गुल्मी दोस्रो बर्षमा प्रवेश फेण्डस कलव रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडी गुल्मीले ३ दिने कार्यक्रमको आयोजना गरेर स्थापनाको दोस्रो बार्सिउत्सव समारोह रुरु खेल मैदान रिडी गुल्मीमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष प्रयास कसजुको अध्यक्षतामा सन्चालित कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज बिक प्रमुख अतिथि रहनु भएको थियो । समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष बिकले समाज बिकास निर्माण, पुर्वधार निर्माण ,सामाजिक सम्पति संरक्षण भाषा ,कला, साहित्य , सस्कृति, ,परम्परा ,खेल कुद ,सचेतनाका कार्यक्रमहरु ,खेलाडी लाई प्रोत्साहन जस्ता कार्यक्रमहरु सन्चालन गरेर पर्यटनमा समेत टेवा पुर्याएको वताउनु भयो। कार्यक्रममा जिल्ला समन्वय समिती गुल्मीकी पुर्व उप प्रमुख तुल्सि कुमारी श्रेष्ठ पुर्व वडा अध्यक्ष राम लाल बिक वडा सदस्य सुशील श्रेष्ठ घन्स्याम ज्ञवाली युवा समाजसेवि हिमाल श्रेष्ठ यस्तै उधोग बाणिज्य संघ रिडीका अध्यक्ष शुबर्ण लाल कक्षपति मानव कल्याण वृद्ध आश्रम रिडीका अध्यक्ष जिवन कुमार कसजु समाजसेवि अमुल्य श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो । यस्तै कार्यक्रममा सप्तचन्डि महिलासमुह की अध्यक्ष धना राना बितिय सस्थाका प्रमुखहरु रुरु फेण्डस क्लबका सचिव प्रेम भण्डारी सुरक्षा निकाय शैक्षिक सस्थाका प्रतिनिधिहरु लगायतको कार्यक्रममा आथित्यता रहेको थियो। कलबका सचिव अनिश श्रेष्ठले कार्यक्रम माथि प्रकास पार्दै स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको बिचमा रिडी पहिलो म्याराथुन प्रतियोगिता र १६ बर्स भन्दा तलका खेलाडि हरु बिच फुटवल प्रतियोगिता समेत सन्चालन भएको थियोे । दौड प्रतियोगितामा जन बोध माध्यमिक बिध्यालय रानिसाका छात्र राजेश नेपाली प्रथम सस्कृत तथा साधरण माद्यामिक बिध्यालयका बिनोद पौडेल दुत्तिय र रिडी माद्यामिक बिध्यालयका बिद्यार्थी खिम बहादुर कुमाल तृतीय भएका हुन यस्तै बिधाज्वति इङलिस बोडिङ स्कूलका अन्सु श्रेष्ठ र भुवन कुवर लाई समेत नगद प्रमाणपत्र ट्रफि र मेडल प्रदान गरिएको थियो।
Category: समाचार
-

गुल्मीदरबार गाउँपालिकाले औपचारिक कार्यक्रम गरि सुरु गर्यो प्रधानमन्त्री रोजगार कार्यक्रम
गुल्मीदरबार गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम आज मिति २०७९/११/१६ गते देखि अभिमुखिकरण तथा सूचना प्रवाह कार्यक्रम सहित सुभारम्भ भयो । कार्यक्रम वडा नं. ३ को वडाध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा रोजगार संयोजक निर्मला पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन प्रकृया र यसको उद्देश्यको बारेमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले प्रधानमन्त्री रोजगार कार्यक्रममा छनौट भएका नागरिकहरूले पालना गर्नुपर्ने आरचणलाई कडाईका साथ कार्यान्वयन गर्ने र कामको निरन्तर अनुगमन गरिने हुँदा कार्यस्थलमा ईमानदारपुर्बक वडाले तोकेको कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।
-

बगनासकाली गाउपालिका पाल्पामा एकीकृत घुम्ती शिविर सम्पन्न
पाल्पा÷बगनासकाली गाउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । पालिकाका ९ वटै वडाहरुमा एकीकृत घुम्ती शिविर संचालन गरिएको हो । बगनासकालीका बिभिन्न वडाहरुमा माघ १३ गतेदेखि २२ गतेसम्म शिविर चलेको थियो । जसमा पालिकाभित्र सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राही संख्या ३ हजार १ सय ९ जना रहेकोमा यो घुम्ती शिविरबाट १ हजार ५ सय २५ जनाले सेवा लिएको गाउ“पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बताउनुभयो । यसअघि नेपाल बैंक मार्फत वितरण हुदै आएको सामाजिक सुरक्षाभत्ता नेपाल बैंकसगको सहकार्यमा वडाबाटै वितरण गरिएको हो । यसबाट लाभग्रँही खुशी भएका छन् ।
शिविरमा स्वास्थ्य परीक्षण शिविर पनि चलाइएको थियो । जसमा ९ वटा वडामा गरि ९ सय ७९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यस्तै आर्युवेद स्वास्थ्य जाचतर्फ ९ सय ६५ जनाले लाभ लिएका छन् । पालिकाले यसपटक हरेक वडामा कृषि प्रदर्शनी समेत गरेको छ । प्रर्दशनीमा किसानहरुले आफ्ना उत्पादनहरु प्रदर्शनीका लागि ल्याएको थिए । उनीहरुलाई प्रथम, द्धितिय र तृतीय तथा सान्त्वना गरि पुरस्कृत समेत गरिएको छ । उत्कृष्ट किसानहरुलाई बिउ बिजन समेत वितरण गरिएको छ । कृषि प्रदर्शनीमा ४ सय ६ जना किसानले आफ्नो उत्पादन प्रदर्शनीका लागि ल्याएका थिए । त्यस्तै पशुसेवा अन्तरगत ८ सय ५८ जना किसानले सेवा लिएका छन् । त्यस्तै बिभिन्न वडाहरुमा गरि ३२ जनालाई गरिव परिचयपत्र वितरण गरिएको गाउपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । त्यस्तै २ सय ३९ जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण गरिएको अध्यक्ष चिदीले बताउनुभयो ।
आफूहरुले निर्वाचनको समयमा जनताको घरदैलोमा पुग्दा गरेको प्रतिबद्धता अनुसार यसरी वडावडामा सेवा प्रवाह गरेको र आगामी दिनमा पनि यसै गरि एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना रहेको चिदीले बताउनुभयो । जनताको सच्चा प्रतिनिधिको रुपमा आफूहरु लागिपरेको र जनताको दुःखसुखमा आगामी दिनमा पनि यसैगरि नै लागिपर्ने अध्यक्ष चिदीले बताउनुभयो । पालिकाले यसअघि ३ महिना अघि पनि यसैगरि एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो । त्यस्तै वडा वडामै पुगेर योजना सम्झौताको काम समेत सम्पन्न गरिसकेको छ । यसले सानो कामका लागि पनि पालिका आउनुपर्ने सेवाग्राहीको समस्या सहज रुपमा समाधान भएको उहाको भनाई छ ।
गाउपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले हरेक वडाहरुमा आफू जनप्रतिनिधिहरू समेत पुगेर जनताको समस्याहरु टिपोट गरेको, तत्काल सम्बोधन गर्नुपर्ने विषय सम्वोधन गरिएको र अन्य समस्यालाई बिस्तारै सम्वोधन गर्दै जाने उपाध्यक्ष पाठकले बताउनुभयो । यो एकीकृत घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको र यसले पनि आफूहरुलाई आगामी दिनमा काम गर्नका लागि थप उत्साही बनाएको उपाध्यक्ष पाठकले बताउनुभयो ।
-

चौथो पटक नमुना जनबोध माबिम ज्ञवाली सर्बम्बत रुपमा अध्यक्ष
चुरामणि तिमिल्सिना नमुना जनबोध माध्यमिक बिध्यालय रुरु क्षेत्र गाउँपालिका गुल्मीको चौथो पटक पनि हरि ज्ञवाली बिध्यालय ब्यबस्थापन समितीको निर्बिरोध अध्यक्ष बन्न सफल हुनु भएको छ । सनिबार बृहत रुपमा सम्पन्न भएको अभिभावक भेलाले वडा न ५ का वडा अध्यक्ष ज्ञवालीले लाई चौथो कार्याकालका लागि निर्बिरोध अध्यक्ष बनाएको बिध्यालयका प्रधानाध्यापक बाम देव ज्ञवालीले बताउनु भयो । बिध्यालय ब्यब्स्थापन समिति चयन गर्ने कार्यक्रममा रुरु क्षेत्र पालिकाका का अध्यक्ष यदु ज्ञवाली प्रमुख अतिथिको आसन बाट बोल्दै शिक्षा जस्तो महत्त्वपूर्ण विषयमा कसैले पनि राजनिती गर्न नहुने हरेक बिकासका पुर्वधारहरु निर्माण गर्न सक्षम टिम लाग्नु पर्ने बताउदै बिद्यार्थीहरुको गुणस्तर वृद्धि गर्न शिक्षक अभिभावक बिद्यार्थी र शिक्षा प्रेमीहरुको एक जुट हुन आवस्यक रहेको बताउनु भयो ।कार्यक्रममा पालिका की उपाध्यक्ष मिना देवि गौतम शिक्षा शाखा प्रमुख तेज बहादुर कुमाल वडा न ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ विशिष्ट अतिथि रहनु भएको थियो। भेलाले कुल चन्द्र ज्ञवाली , तुल्सा आचर्य, मोति कला क्षेत्री बाबुराम पौडेल , र सान्ता परियार लाई सदस्यमा चयन गरेको हो । यस्तै शिक्षक अभिभावक संघ तर्फ बिमल ज्ञवाली अध्यक्ष बन्नु भएको छ । बिध्यालयका गतिबिधि र बिकासका योजनाहरु लाई सरल र पार्दसितापुर्वक सम्म गरेको र हरेक बर्ष नयाँ योजनाका साथ बिध्यालय अगाडी बढेको हुनाले अध्यक्ष ज्ञवाली लाई पुन अध्यक्ष नै दिइयको स्थानियको भनाइ रहेको छ । कार्यक्रममा चक्रपाणि गौतम , हरि ज्ञवाली , मिन प्रसाद ज्ञवाली , नारायण पौडेल शालिक राम पौडेल ले शिक्षालाई बचाउन र अगाडी बढाउन हामि अभिभावकको महत्त्वपूर्ण भुमिका भएकोले सबै लाई हाते मालो गरेर अगाडी बढ्न आग्रह गर्नु भयो यता अध्यक्षज्ञवाली सभामा बोल्दै बिध्यालयको चौतर्फी बिकास गुणस्तर कायम र वृद्धि भौतिक पुर्वधारमा आफ्नो योजना अगाडी बढ्ने प्रतिबद्धता जायर गर्न भयो। अध्यक्ष ज्ञवाली बिध्यालय समिती अध्यक्ष बने पछी शैक्षिक सुधारका कार्यक्रम , नमुना बिध्यालय, कृषि बालि शिक्षा, कम्प्युटर ल्याप भैतिक पुर्वधाराका कार्यक्रम लाई निरन्तर सफल पुर्याउन लाग्ने बताउनु भयो ।
-

प्युठानमा चोरीका घटनाले उग्र रुप लिदै!
प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा सोमबार राती ७ वजे एक घरमा चोरी भएको छ ।
झिमरुक ५, ढाडा बजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगर सहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले बताउनु भयो । टिभी र ल्यापटप नेसनल बोर्डिङ स्कुल नजिक फेला परेको छ ।
घरमा पदम खड्काको बुहारी संगिता खड्का रहेको र उनलाई एक्कासि अपरिचित ब्यक्तिले नसालु पदार्थ सुघाएर बेहोस बनाएपछि चोरी गरेर भागेको स्थानीयले बताएका छन् । संगिता खड्का घरमा चिच्याएपछी स्थानयले थाहा पाएपछि चोर भगेको स्थानीयले बताएका छन् । चोरी गर्ने ब्यक्तिको खोजी भैरहेपनी फेला परेको छैन । संगिता खड्का अहिलेसम्म बेहोस भएकोले उनलाई उपचारको लागि जिल्ला अस्पताल प्युठानको इमर्जेन्सी वाडमा उपचार भैरहेको बिनोद पोख्रेलले जानकारी दिनु भयो ।
प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हिन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । -

स्याङ्जाको कालीगण्डकी वडा न १ को अध्यक्ष कप चापाकोटले हासिल गर्यो
चुरामणी तिमिल्सिना स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा न १ मा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता ५ दिने कार्यक्रमका साथ सम्पन्न भएको छ ।१७ समुहको सहभागीता रहेको प्रतियोगितामा चापकोट वडा न ४ रआयोजक बिच भएको अन्तिम प्रतिस्पर्धामा चापकोट ले प्रथम स्थान हासिल गरेको हो । बिजेता समुह लाई नगद रु १ लाख प्रमाणपत्र ट्रफि र उप बिजेता आयोजक कालीगण्डकी स्पोट्स कलब लाई रु ६० हजार यस्तै तृतीय हुने बाग्लुङले रु ३०००० र चापकोट वडा न २ ले सान्त्वना स्थान हासिल गर्दै रु १५००० प्रमाणपत्र मेडल हात पारेको हो हो । समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापा रहनु भएको थियो। समारोहमा विशिष्ट अतिथि उपाध्यक्ष साबित्रा कोइराला , प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डे वडा न ४ का वडा अध्यक्ष यादव पाण्डे शिक्षा शाखा प्रमुख भिम श्रेष्ठले समजासेवि हिमाल श्रेष्ठ , रामलाल बिक केसर बहादुर क्षेत्री , प्रमुख सल्लाहकार बम लामिछाने रहनु भएको थियो। समारोहमा बोल्दै प्रमुख अतिथि अध्यक्ष थापाले युवा लक्षित कार्यक्रमहरु पालिकामा पनि गर्दै आएको ले युवाहरू लाई खेल जगत बाट अगाडी बढाउन पालिका बाट सबै प्रकारको सहयोग उपब्ध गराउने र आगामी फागुनमा खेल महोत्सव पनि गर्ने उत्कृष्ट खेलाडी उत्पादन , खेलाडी सम्मान , र यो खेल राम्रो र भब्य भएकोले पालिकाले रु १ लाख पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो। वडा न १ का वडा अध्यक्ष तथा पालिकाका प्रबक्ता कृष्ण बहादुर लामिछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। समारोहमा विशिष्ट अतिथि उपाध्यक्ष कोइरालालेअवको समयमा युवाहरू लाई फरक फरक कार्यक्रममा प्रशिक्षण गराइ पालिकाको गहना बनाउने र केन्द्र तह सम्म खेलमा सहभागी गराउने बताउनु भयो । समापन सत्रमा खेलाडी गरु लाई विभिन्न बिधामा नगद प्रमाण मेडमले सम्मान समेत गरिएको थियो। कार्यक्रममा बिच बिचम आइटियफ टेक्वान्डो र सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमको सहजीकरण वडा सदस्य मणिक लाल श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रमको सम्योजक नारायण थापाले गर्नु भएको थियो भने सन्चालन बिकास थापाले गर्नु भएको थियो।
-

गुल्मीको रिडीमा एक दिने खाद्य सचेतना कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना पुस -२१ “खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता ” भन्ने नाराका साथ गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयमा उपभोक्ता भेला तथा अन्य सरोकारला बिच १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेस श्रेष्ठको अध्यक्षतामा सन्चालित कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडा अध्यक्ष नवराज विकको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि उधोग बाणि संघ प्रहरी प्रशासन महिला समुह आमा समुह कलब सामाजिक अभियानताहरु पुर्व जन प्रतिनिधि हरु बौद्धिक बर्ग शिक्षा क्षेत्रका अगुवाहरु बिद्यालयका प्रधानाध्यापकहरु वित्तीय संस्था होटल संचालकहरुलो पनि सहभागीता रहेको थियो। कार्यक्रममा डिभिजन पाल्पाका प्राबिधिक सहायक सरोज खनाल ले होटललमा खाना बनाउने ब्यक्ति स्वछ सफा गरि बनाउन पर्ने पकाएको सामाग्री फ्रीज तथा भाडमा ढाकछेप गरि राख्नु पर्ने मासु जन्य बस्तु हरु लाई राख्दा ध्यान दिनु पर्ने कुराहरु जानकारी गराउनु भयो । यस्तै कार्यक्रममा सभाका अध्यक्ष तथा डिभिजन प्रमुख श्रेष्ठले हरेक सामगृ लाई लेवलको प्रयोग म्याद गुज्रिएका सामाग्रीलाई तत्काल पसलबाट हटाउने , केमिकल मिसावट खाने कुरा निर्माण गर्न निषेध गर्ने तातो चिया तथा खानेकुरा लाई पलास्टिक जन्य थाल पिलेट गिलास प्रयोग नगर्ने , जस्ता विषयमा कार्यक्रममा प्रकाश पार्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष नवराज बिकले यस्ता विशेष कार्यक्रम लाई वडाका माध्यमिक तहमा सन्चालन गर्नु पर्ने महिला समुह तथा टोल टोलमा कार्यक्रम सन्चालन गर्नु पर्ने , रिडीको मुख्य समस्या प्रसिद्ध मानिने गुण मापन गुणस्तर र प्याकिङलाई पालिका सित सहकार्य गरि बजारीकरण गरिने प्रतिबद्धता जायर गर्नु भयो। -

अर्घाखाँचीको सिमलपानी बाट ५ किलो गांजा सहित न्यौपाने पक्राउ
अर्घाखाँची ।
अर्घाखाँचीको शितगङ्गामा ५ किलोग्राम गांजा सहित एक जनालाइ प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएको छ ।
जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १४ सिमलपानी, तल्ला गाउका ६४ बर्षिय भिम प्रसाद न्यौपानेलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।प्रहरीका अनुसार शितगंगा नगरपालिका वडा नं. १४ सिमलपानी तल्ला गाउँमा लागु औषध (गांजा) कारोवार भई रहेको छ भन्ने विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको टोलिले न्यौपानेको घरमा खानतलासि गर्दा ५ किलोग्राम लागु औषध (गाँजा) जस्तो देखिने पदार्थ सहित न्यौपानेलेलाई नियन्त्रणमा लिएको थियो ।
न्यौपानेलाई लागू औषध मुद्धामा जिल्ला अदालत अर्घाखाँचीबाट ४ दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ । -

रुरु धार्मिक सञ्चार प्रा. लि. द्वारा आठौ भजन महोत्सव आयोजना गरिने
कार्तिक १ राजन आचार्य
रुरुधार्मिक सेवा सन्चार प्रा.लि .ले नेपालमै आठौ भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो मंसिर १२ गते विवाह पंचमी पुनित अवसरमा कार्यक्रम गर्न लागेको हो ।
सोहि कार्यक्रममा विगतका बर्षहरुमा जस्तै यश बर्ष पनि दोहोरो शङ्ख बजाउने प्रतियोगिता ,करोड दीप प्रज्वन जेष्ठ नागरिक सम्मान , पत्रकार सम्मान , उत्कृष्ट कृषक सम्मान , असल बुहारी सम्मान , उत्कृष्ट बिद्यार्थी सम्मान दाता सम्मान , दुना टपरी प्रतियोगिता शिखा सुत्र प्रतियोगिता अन्तर्गत शिखा सुत्र प्रतियोगिता , विभिन्न पाठ पारायण ,तथा विविध कार्यक्रम गर्ने प्रा.लि. का अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिनुभयो।
भजन प्रतियोगितामा प्रथम पुरस्कार रु ११ हजार प्रमाणपत्र ,दितिय पुरस्कार रु ७ हजार र प्रमाणपत्र , तृतीय पुरस्कर रु ५ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान गरिने आयोजकले निर्णय गरेको छ ।
साथै सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ । यसै गरि शङख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार रु १५०० र प्रमाणपत्र दितिय पुरस्कर रु १हजार र प्रमाणपत्र , त्तितिय पुरस्कार ७सय र प्रमाणपत्र सान्त्वना पुरस्कार २जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ यस्तै दुना टपरी तर्फ प्रथम हुनेलाइ रु २हजार र प्रमाणपत्र द्वितीय हुनेलाइ रु १५ सय र प्रमाणपत्र तृतीय हुनेलाइ रु१ हजार प्रमाणपत्र सान्त्वना हुनेलाई रु ५ सय दुई जनालाई प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । यस्तै शिखा शुत्र प्रतियोगिता ८ बर्स देखि २५ सम्म १५०० हुदै ५०० सम्म पुरस्कार यस्तै २५ बर्ष देखि ५० सम्मको पुरस्कार १५ ००सय देखि ५०० सम्म यस्तै ५० देखि माथिल्लो उमेर समुहका लागिपनि पुरस्कारको रकम राखिएको छ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक , रुरु गाउँपालिका ४, ५ र ६ वडा सम्म्का जेष्ठ नागरिक ,कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ नागरिक रिब्दीकोट गाउँपालिका १ र २ का ८४ बर्ष पुगेका र सत्यवती गाउँपालिका अस्लेवा १र २ का जेष्ठ नगरिक संमान गरिने छ।
साथै सम्पुर्ण सम्मानित जेष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रा.लि.का अध्यक्ष तिमिल्सिनाले जानकारी गराउनुभयो ।
रुरुधाम रिडीमा कार्यक्रम अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भन्डाराको समेत व्यवस्था गरिने सम्पुर्ण पितृहरुको सम्झना गर्दै श्रीमत भागवत महापुराण पाठपारायण बेद पाठ चण्डी पाठ शिबजिको पुजा , ग्रहसान्ती समेत गरिने, कार्यक्रममा रु १ हजार भन्दा माथी दान गर्ने दातालाइ सम्मान गरिने रुरु अनलाईन सन्चार प्रा लिका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले जानकारी दिनु भयो । कार्यक्रम रुरुक्षेत्र धामको पवित्र स्थल रुरुधाम रिडीमा गरिने छ ।
-

पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द
पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । बिहान पहिरो खसेपछि सडक बन्द भएको हो ।
पाल्पाको रिब्दीकोट गाउँपालिका–२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जोर्ते बजार नजिकैको सडक चौडा गरेको ठाउँमा पहिरो खसेको हो ।
सडक बन्द हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँचीबाट बुटबल तथा काठमाण्डौ आउने/जाने गाडी र यात्रु बाटोमै रोकिएका छन् । सकेसम्म छिट्टै सडक खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
