Category: समाचार

  • गुल्मी -१ प्रदेश सभा `ख´का लागि  काङ्ग्रेसले गर्यो उम्मेदवारको सिफारिस

    गुल्मी -१ प्रदेश सभा `ख´का लागि काङ्ग्रेसले गर्यो उम्मेदवारको सिफारिस

    टोपराम केसी
    भाद्र-१९,२०७९
    गुल्मी।
    आउँदो मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा उम्मेदवार सिरफारिस गरी सकेका छन् भने केही सिफारिसका लागि छलफलमा जुटिरहेको जनाएका छन्।यसै विच नेपाली काङ्ग्रेस ले गुल्मी क्षेत्र नं.१ अन्तर्गत प्रदेश सभा ´ख` का लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ।हिजो वसेको प्रदेश सभा `ख´को कार्यसमितिको वैठकले निर्णय गरि उम्मेदवारहरुको नामावली क्षेत्रीय समिती र जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो।केन्द्रको निर्देशन अनुसार वढी ३जना सम्मको नाम सिफारिस गर्न भएको परिपत्र अनुसार कार्यसमितिको सम्पन्न वैठकले प्रत्यक्ष तर्फ श्रीप्रसाद भलाद्मी ,धनेन्द्र कार्की , मुक्ति कंडेलको नाम सिफारिस गरेको छ।यस्तै समानुपातिक तर्फ पुरुषमा झविन्द्र कार्की र मोतिलाल भण्डारी सिफारिस हुँदा उता महिला तर्फ भने गंगादेवी पाण्डे ,मिना राना मगर,उर्मिला आचार्य नेपाली र राधिका न्यौपाने सिफारिस हुनु भएको नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नं.१ प्रदेश सभा `ख ´का उपसभापति भेषराज कंडेलले जानकारी दिनु भयो।कार्यसमितीले पठाएको सिफारिसलाई जिल्ला कार्यसमितिले हुवहु प्रदेश र केन्द्रमा पठाउनेछ।यद्यपि उम्मेदवारको अन्तिम टुङ्गो भने केन्द्रले नै लगाउने छ।

  • दोस्रो रुरु कालीगण्डकी अन्लाईन  तिज प्रतियोगिताको  नतिजा सार्बजनिक

    दोस्रो रुरु कालीगण्डकी अन्लाईन तिज प्रतियोगिताको नतिजा सार्बजनिक

    दोस्रो रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०७९ को नतिजा प्रकाशन तथा प्रसारण सार्वजनिक गरिएको छ । ९५ जना कलाकारहरुको सहभागी रहेको प्रतियो गितामा रुरु ३ कि आकृति पोख्रेल प्रथम गुल्मी दर्बार ५का रेनु र सलिना ढेङ्गगा दुत्तीय यस्तै गुल्मी छत्रकोट ४ दिगाम कि शुभेच्छा न्यौपाने तृतीय स्थान हासिल गर्नु भएको हो । प्रतियोगितामा गुल्मी अस्लेवा कि बिष्णु बुचा मगरले सान्त्वना र पाचौ नम्बरमा पाल्पा अर्गलीकि आसा पाण्डे बिजेता बन्नु भएको हो।

    यस्तै प्रतियोगितामा उत्कृष्ट नृत्य तर्फ नवलपरकि अनिसा अर्याल मौलिक प्रतिभा पुरस्कार सुवेक्षा राना पृया बिक पाल्पा अर्गलीले हात पारेको हो यस्तै कार्यक्रममा उमेर हक तर्फ गुल्मी दर्बार गाउँपालिकाकि लक्ष्मी अर्याल र बाल प्रतिभा तर्फ छत्रकोट ४ हाल बुटवलकि अग्रिमा पन्थ बिजेता बन्न सफल हुनु भएको आयोजकले बताएको छ ।

    रुरु धार्मिक सेवासन्चार प्राली रुरु धाम कालीगण्डकी पोष्ट डट स्याङ्जाको आयोजना र रुरु सन्चार अन्लाईन खबरको मिडिया समियोजनमा कार्यक्रम गरिएको हो। कार्यक्रममा ९५ जनाको सहभागीता रहेको थियो ।

    नतिजा सार्वजनिक गर्दै रुरु सन्चारका अध्यक्ष तथा सन्चालक चुरामणि तिमिल्सिनाले स्थानिय स्तरमा लुकेका प्रतिभा लाई उत्थान गर्न, आफ्नो कला, भाषा, सस्कृती, रितिरिवाज लाई संरक्षण गर्दै गाउँ टोलमा गाइने तिनै पुरना मौलिक तिज लाई संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो । तिमिल्सिनाले यश कार्यक्रम लाई सफल पार्न योग्दान गर्ने , शुभकामना प्रदान गर्ने तथा विभिन्न क्षेत्र बाट विभिन्न सहयोग गर्ने लाई धन्यवाद समेत प्रदान गर्नु भयो ।

    यस्तै कार्यक्रममा सन्चारका प्रधान सम्पादक बिष्णु प्रसाद पाण्डेले बिजेता टोलि लाई औपचारिक कार्यक्रमका साथ पुरस्कार बितरण गरिने आफ्नो कला गला प्रतिभा देखाउन अग्रसर हुने कलाकार बैनी तथा आमाहरु लाई हार्दिक धन्यवाद दिदै प्रतिभा लाई अगाडि बढाउन आगामी दिन्मा फरक कार्यक्रमका साथ कार्यक्रम आयोजना समेत गरिने बताउनु भयो।

    यस्तै कालीगण्डकी पोष्टका कार्यकारी सम्पादक यम सोमैले बिगत बर्ष जती सहभागी नभए पनि भिडियोहरु परिमार्जन सहित कार्यक्रममा आउँदा आयोजक लाई धेरै सहज भएको , प्रतिभा राम्रा राम्रा प्रस्तुत भएको बताउदै आगामी दिन्मा फरक कार्यक्रमका साथ सन्चार टिम लाग्ने बताउनु भयो। कार्यक्रममा मुख्य निर्यायक स्मृती तिमिल्सिना गुरु आमा, यस्तै सिमा पन्थ र दिपिका थापा रहनु भएको थियो। कार्यक्रमलाई सम्पादन गर्न भाष्कर मणि खनाल खुम प्रसाद मरासिनी इन्दिरा पोख्रेल राजन आचार्य र कमला पोख्रेलको योग्दान रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले धन्यवाद प्रकट गर्नु भयो।

  • अर्घाखाँचीमा एकहप्तामै ७ हजार अबैध गाजाका बोट फडानी गरी नष्ट ।

    अर्घाखाँचीमा एकहप्तामै ७ हजार अबैध गाजाका बोट फडानी गरी नष्ट ।

    रुद्रमणि भुसाल ।
    अर्घाखाँची
    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क, नगरपालिका र पाणिनी गाउँलिकाका बिभिन्न ठाउँमा एकहप्तामा अबैध रुपमा खेती गरिएको ७ हजार गाजाँका बोटहरु फडानी गरी नष्ट गरिएको अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो ।

    पछिल्लो समय बिद्यालय र क्याम्पसमा पढ्ने बिद्यार्थी समेत कुलतमा फस्ने गरेको सरोकारवालाले प्रतिक्रिया दिएपछि डिएसपी रिजाल आफ्ै ब्यापक रुपमा सक्रियभइ निरन्तर ग्रामिण क्षेत्रमा गस्ती गरि गाउँमा अबैध रुपमा खेती नै गरेको अवस्थामा भेटिएका गाजाकाबोटहरु फडानी गरि टेक्टरमा राखेर प्रहरी कार्यलयको परिसरमा ल्याइ जिल्ला प्रशा सन , जनप्रतिनिधि , पत्रकारमहा सघंको उपस्थिमा नष्ट गरिएको छ ।
    गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने रिजालाले बताउनु भयो । विभिन्न ठाउँमा लगाईएका र आफै जंगलमा उम्रेको गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने प्रहरी निरिक्षक अर्जुन पौडेलको भनाई छ ।
    डिएसपी रिजालकोे नेतृत्वमा खटिएको प्रहरीटोलीले सन्धिखर्कका खाँचीकोट , डिभर्ना ,अर्घाबिहार ,खिदिम ,धारापानी लगायतका ठाउँमा आफै उम्रिएका र लुकिछिपी अबैध रुपमा गाजाँ खेती नै गरेका ७ हजार गाजाकाबोट फडानी गरि नष्ट गरिएको हो । आजभोली जिल्लाका बिभिन्न ठाउँमा रहेका इलाका प्रहरी कार्यालय ,प्रहरी चौकीहरुलाई दैनिक गस्ती गरि गाउँ गाउँ गाजा फडानी अभियान तिब्र बनाउन डिएसपी रिजालले निर्देशन दिएकका छन् ।

  • आफ्ना मागहरु यथासिघ्र संवोधन गर्न माग गर्दै ट्रेड युनियन छत्रकोट  द्वारा गाउँपालिकाको ध्यानाकर्षण

    आफ्ना मागहरु यथासिघ्र संवोधन गर्न माग गर्दै ट्रेड युनियन छत्रकोट द्वारा गाउँपालिकाको ध्यानाकर्षण

    टोपराम केसी
    भाद्र १०,२०७९
    छत्रकोट गाउँपालिका चोयगा गुल्मी।
    कर्मचारीहरुको संयुक्त छाता संगठन ट्रेड युनियन छत्रकोट गाउँकमिटीले आज गुल्मीको छत्रकोट गाउँपालिकामा आफ्ना मागहरु यथा सिघ्र संवोधन गर्न माग गर्दै शान्तिपुर्ण ध्यानाकर्षण गराएको छ।नेपाल निजामती कर्मचारी युनियन र नेपाल निजामती कर्मचारी संगठन गुल्मीको संयुक्त आयोजनामा शान्तिपुर्ण विरोध तथा ध्यानाकर्षण कार्यक्रम राखिएको नेपाल निजामती कर्मचारी युनियन गुल्मीका सदस्य,नेपाल निजामती कर्मचारी युनियन छत्रकोट गाउँकमिटीका सचिव एवम् छत्रकोट गाउँपालिकामा कार्यरत सहायक पाँचौँ हुमनाथ पन्थले बताउनु भयो।राजपत्रांकित कर्मचारी,तथा सम्पुर्ण अस्थायी ,करार एवम् ज्यालादारीमा कार्यरत कर्मचारी माथि सरकारले गरेको अन्योचित तथा असमान व्यवहारका विरुद्ध ध्यानाकर्षण मार्फत विरोध गरिएको उहाँको भनाई छ।यसरी हरेक तह र तप्काबाट कर्मचारीहरुले माग राख्दै जाँदा देशव्यापी विरोध र ध्यानाकर्षण हुने हुँदा अन्ततः सरकार कर्मचारीहरुका जाहेज मागहरु संबोधन गर्न बाध्य हुने आफुहरुको अठोट रहेको समेत पन्थले बताउनु भयो। यसरी ध्यानाकर्षण गर्दा माग संवोधनमा सरकारको चासो नदेखिए पुनःसंयुक्त ट्रेड युनियनको विरोधका फ्रम्याट अनुसारका कार्यक्रमहरुलाई अगाडि वढाउने पनि उहाँले उल्लेख गर्नु भयो।शान्तिपुर्ण विरोध कार्यक्रममा छत्रकोट गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो।सहभागी कर्मचारीहरुले कार्यक्रम मार्फत कर्मचारी मैत्री संघिय निजामती सेवा ऐन,प्रदेश निजामती सेवा ऐन तथा स्थानीय सेवा ऐन तत्काल जारी गर्नु पर्ने,क्षेतीपुर्ती सहितको नागरिक सेवा प्रवाहको तत्काल सुनिश्चितता गर्नु पर्ने,प्रशासनिक एकरुपता कायम गर्न तिनै तहगत प्रणाली लागू गर्नु पर्ने,तिनै तहमा कार्यरत कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा समावेश गरिनु पर्ने लगाएतका मागहरु राखेका थिए ।यस्तै सवै तह,समूह र पदमा आन्तरिक प्रतिष्पर्धा,वढुवा लगाएतका समान वृतको विकास सुनिश्चित गर्नु पर्ने,अस्थायी ,करार र ज्यालादारीमा कार्यरत सवै कर्मचारीहरुको न्योचित व्यवहार गरिनु पर्ने,राष्ट्रिय स्तरका ट्रेड युनियनहरुको सहभागिता रहने गरि “पे” कमिसनको गठन गर्नु पर्ने,सवै पदहरुमा कर्मचारी हरुको पदसोपान वमोजिम तलवमान कायम हुनु पर्ने,तथा संघ ,प्रदेश र स्थानीय मध्ये एक तहबाट अर्को तहमा सेवा प्रवेश गर्दा सेवा निरन्तरता कायम हुनु पर्ने लगाएका मागहरु संयुक्त ट्रेड युनियनले राखेको छ।

  • मौलिक संस्कार तथा संस्कृतिको  सम्वर्द्धन गर्न गाउँपालिका द्वारा  खुला तिज गित प्रतियोगिताको आयोजना

    मौलिक संस्कार तथा संस्कृतिको सम्वर्द्धन गर्न गाउँपालिका द्वारा खुला तिज गित प्रतियोगिताको आयोजना

    टोपराम केसी
    भाद्र ,१० ,२०७९
    छत्रकोट गाउँपालिका चोयगा गुल्मी।
    छत्रकोट गाउँपालिकाले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्वलाई मध्यनजर गरि भोलि शनिवारका दिन खुला तिज गित प्रतियोगिताको आयोजना गरेको छ।छत्रकोट गाउँपालिका वडा नं. ४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिता विहान ११:३० वजे देखि सुरु हुनेछ।प्रतियोगितामा छत्रकोट गाउँपालिका भित्रका वडाहरुबाट २-३ समुहले सभागिता जनाउन पाउनेछन्।यस्तै छत्रकोट गाउँपालिका वाहिरवाट भने १समुकोको सहभागिता रहने आयोजकले वताएको छ।यस्तै महिला विकास शाखा छत्रकोट गाउँपालिकाकी शाखा प्रमुख सीता थापा वुढाथोकीका अनुसार प्रतियोगिता मार्फत प्रथम स्थान हाँसिल गर्ने समुहका लागि नगद रु १०००० र प्रमाणपत्र को व्यवस्था गरिएको छ।यस्तै द्वितीय तृतीय र सान्त्वना स्थान प्राप्त समुहहरका लागि क्रमश नगद रु.८०००,नगद रु.६०००र नगद रु ३०००सहित प्रमाणपत्रको व्यवस्था गरिएको पनि उहाँले बताउनु भयो।विशेष गरि तिज गित महिला हकअधिकार ,राष्ट्रिय तथा स्थानीय संस्कृतिको सम्वर्द्धन र गाउँपालिकाको विकाससँग सम्वन्धित हुनु पर्ने गाउँपालिका द्वारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ।सहभागी समुहले १घण्टा भित्रमा सामुहिक प्रस्तुत गरिसक्नु पर्ने पनि सुचनामा उल्लेख गरिएको छ।गाउँपालिकाले ईच्छुक सहभागि समुहलाई समूह दर्ताका लागि आज सम्मको समय दिएको छ।

  • ढिकुरा रुपन्देही समाजले तिज मिलन कार्यक्रम आयोजना गर्दै

    ढिकुरा रुपन्देही समाजले तिज मिलन कार्यक्रम आयोजना गर्दै

    पारस भट्टराई काठमाडौं। नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा बिभिन्न संस्था तथा सरकारी कार्यालय हरुले तिज मिलन र दर खाने कार्यक्रम आयोजना गरिरहेका छन्।

    यसैवीच अर्घाखाँची ढिकुरा रुपन्देही समाजले पनि यहि पर्व लाई लक्षित गर्दै यहि भाद्र १० गते शुक्रबारका दिन अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका बडा नम्बर ९ ढिकुरामा जन्मेर बिभिन्न पेशा, व्यवसाय गर्ने क्रममा रुपन्देही जिल्लामा बस्ने सबै एक ठाउँमा बसेर भेटघाट तथा दर खाने कार्यक्रम आयोजना गरेको अर्घाखाँची ढिकुरा रुपन्देही समाजका अध्यक्ष डिल बिन्दु थापाले जानकारी दिए।

    उक्त कार्यक्रममा विशिष्ट व्यक्तिको उपस्थित हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रम बिहान ९ बजे जितगढी बुटवल मा रहेको साइनो पार्टि प्यालेस मा संचालन हुदैछ।

  • सन्चारकर्मी माथी  हात हाल्ने युवाले मागे माफी

    सन्चारकर्मी माथी हात हाल्ने युवाले मागे माफी

    शनिवार मुसिकोट नगरपालिका वडा नं ७ वामी बजारमा सञ्चारकर्मी माथि हातपात गर्ने युवाहरुले सार्वजनिक रुपमा माफि मागेका छन् ।

    मुसिकोट नगरपालिका वडा नं २ निवासी जिटिभि नेपाल अनलाईनका सञ्चारकर्मी सुरज नेपाली माथि मुसिकोट ६ भुवाचिदीका केही युवाहरुले कुटपिट गरेका थिए ।पीडित नेपालीले दिएको किटानी जाहेरीको आधारमा वामी प्रहरी चौकीले कुटपिट घटनामा संलग्न केही युवाहरुलाई आईतबार बिहान नियन्त्रणमा लिएको थियो ।

    त्यसपश्चात प्रहरी, स्थानीय जनप्रतिनिधि, पिडित र पिडक पक्ष तथा दुवै पक्षका अभिभावकहरुको उपस्थितिमा सार्वजनिक रुपमा माफी मागी आगामी दिनमा यस्तो गतिबिधि नहोहोराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    जिटिभि अनलाईनका सञ्चारकर्मीसगं कुनै पनि किसिमको दुश्मनी नरहेको भन्दै उनीहरुले आफुहरुबाट अञ्जानमा गल्ती भएकाले एकपल्टका लागि माफी दिन अनुनय गरेका थिए ।

    उक्त घटनामा संलग्न युवाहरुले आफुहरुबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिबिधि नगर्ने र कुटपिटबाट घाइते सञ्चारकर्मी नेपालीको स्वास्थ्य उपचार तथा परिक्षण गर्ने लिखित प्रतिबद्धता जनाएपनि उनीहरुलाई जनप्रतिनिधि र अभिभावकको रोहबरमा छोडिएको हो ।

    छलफलमा मुसिकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का, वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटा, वडा नं २ का वडाध्यक्ष रविन्द्र केसी, वामीमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।फेरी पनि यस्ता गतिबिधिमा संलग्न भए अन्य कठोर कानुनी उपचार खोज्ने समेत सहमतीमा युवाहरुले हस्ताक्षर गरेका छन् ।

  • मुसिकोकोटकि एक महिला ३१ दिन देखि बेपत्ता

    मुसिकोकोटकि एक महिला ३१ दिन देखि बेपत्ता

    गुल्मी मुसिकोटकी एक युवती एक महिनादेखि बेपत्ता भएकी छिन् । मुसिकोट नगरपालिका वडा न २ भर्जुवा स्थायी घर भई हाल मुसिकोट ६ भुवाचिदी बस्ने पुष्पा नेपाली बेपत्ता भएकी हुन् ।

    श्रावण ६ गतेदेखि बेपत्ता उनी कही कतैबाट सम्पर्कमा नआएको श्रीमान प्रकाश नेपालीले बताए । उनी श्रीमानसगैं भुवाचिदी पसलमा व्यापार गर्दै आएकी थिईन् ।

    ५ वर्षीय छोरीलाई स्कुल छोड्न जान्छु भनेर निस्किएकी उनी त्यसपछि सम्पर्कमा नआएको श्रीमान नेपालीले जानकारी दिए । वामी प्रहरी चौकीमा श्रीमतीको खोजि पाउँ भनी निवेदन दिएको उनले बताए ।

    प्रहरी आफन्त र छरछिमेकी जही तहीँ खोज्दा पनि फेला पार्न नसकेपछि उनले खोजि गरिदिन सबैसगं आग्रह गरेका छन् ।उनलाई फेला पारेमा नजिकैको प्रहरी चौकी वा श्रीमान प्रकाश नेपालीको सम्पर्क नम्बर ९८६७८६८५०७ मा सम्पर्क गर्न उनले अनुराध गरेका छन् ।

  • स्याङ्जाको कालीगण्डकी गाउपालिकामा  ‘एक घर, एक धारा’ जडान

    स्याङ्जाको कालीगण्डकी गाउपालिकामा ‘एक घर, एक धारा’ जडान

    स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो ।

    गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै तीन हजार चारसय घरधुरीमा एक घर एक धारा जडान गर्न सकिएको गाउँपालिकाका खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रम (वास) संयोजक भागिरथ अधिकारीले जानकारी दिए ।

    गाउँपालिकाले हालसम्म विभिन्न ३० साना ठूला खानेपानीका योजनाबाट उक्त घरधुरीमा एक घर एक धारामार्फत पानीको पहुँच विस्तार गरेको हो । उक्त आयोजनामध्ये १२ लिफ्टिङ छन् भने १८ ग्राभिटी योजना रहेको उनले जानकारी दिए ।

    यस पालिकालाई तीनतिरबाट कालीगण्डकी नदीले घेरेर गएकाले पानीका मुहान नदी किनारमा धेरै छन् । नदीभन्दा माथिल्लो भूभाग वा पहाडको उच्च भागमा यहाँका बस्ती रहेकाले पिठ्यँुमै पानी बोकेर दैनिकी चलाउनुपर्ने बाध्यता रहेको थियो ।

    “बद्लिँदो स्थानीयको दैनिकी, विद्युतीय उपकरणको प्रयोग, पाइप विस्तार, आधुनिक ट्याङ्की निर्माणलगायतका कार्यले तीव्रता पाएसँगै घरघरमा पानी पु¥याउन सकिएको छ”, उनले भने, “जसले गर्दा स्थानीयको दैनिकीमा सहजता आएको छ भने दैनिकी अब क्रियाकलापसँग जोडिँदै गएको छ ।”

    पशुपालन कृषि कार्य सरसफाइलगायतका काममा पानीको अभाव झेलेका यहाँका स्थानीयको जीवनयापन कष्टकर बनेको थियो । गाउँपालिकाले हालसम्म खानेपानीका क्षेत्रमा रु पन्ध्र करोड ४९ लाख बजेट विनियोजन गरी खर्च गरेको उनले बताए । घरघरमै धारा जडान भई पानी आएसँगै यहाँका स्थानीय बासिन्दा हर्षित छन् ।

  • टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्दै बाग्लुङ प्रहरी

    टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्दै बाग्लुङ प्रहरी

    बाग्लुङ । बागलुङको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक सहितको टोली खटिएको छ।

    निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको शव फेला परेपछि घटनाको विषयमा अनुसन्धानका लागि प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सहितको टोली खटिएको हो । विकको शव बुधबार टाउको चुडिएको अवस्थामा वडा नं. ४ स्थित झिवाखोला बजार नजिकै पखाले भन्ने स्थानमा फेला परेको थियो

    विकको हत्या वा अन्य केहि कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको उपरिक्षक ज्ञवालीले बताए । साथै वडा नं. ५ का ७ जना युवालाई आवश्यक सोधपुछका लागि ईलाका प्रहरी कार्यलय बुर्तिबाङमा राखिएको थियो।

    सोधपुछका लागि लगिएका युवाहरुलाई आवश्यक परेको खण्डमा उपस्थित गराउने सहमतमा वडा नं। ५ का वडा सदस्य भरतसिं सुनार र तारा विकको रोहवरमा छाडिएको ईन्पेक्टर राजेश कुमार शर्मा अधिकारीले बताए । विकको शव पोष्टमार्टम पछि आज आफन्तले बुझेका छन । पोष्टमार्टमको रिपोर्ट भने केहि दिनमा आउने प्रहरीले जनाएको छ ।