Category: समाचार

  • पाल्पाको रम्भाको हुमिनमा   ट्याक्टर  दुर्घटना

    पाल्पाको रम्भाको हुमिनमा ट्याक्टर दुर्घटना

    पदम गैरे जेष्ठ  १७

    रम्भा गाउपालिका वडा नम्बर ४ हुमिनमा ट्राक्टर दुर्घटना भएको छ।
    तानसेन बर्तुङ काे गैरे हाड्वयरबाट पुर्वखाेला गाउपालिका वडा नम्बर २ जल्पाकाे सरस्वती माद्यामिक विद्यालयकाे भवन निर्माणकाे लागि निर्माण सामाग्री ल्याउदै गरेकाे लु ३ त ९०४ नम्बरको ट्राक्टर दुर्घटना भएको हाे ।
    दुर्घटनाबाट ट्राक्टर सहचालक ४० वर्षिय झमान सिं गाहाकाे दाहिने खुट्टामा चाेट लागेको छ । चालक २० वर्षिय कमल गाहालाइ चाेट लगेको छ । दुवै जनालाई युनाइटेड मिसन हस्पिटल तानसेन पठाएको ताहु प्रहरी चाैकिका प्रमुख याम बहादुर पुनले बताउनुभयो । पुर्वखाेला जाने बाटाेकाे घुम्तिमा ट्राक्टरले नताने पछि ब्याक हुदा ५० मिटर तह खसेको थियो ।

  • गुल्मीको  रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक  सुचना व्यवस्थापन  प्रणाली सम्बन्धि  ५दिने तालिमको शुभारम्भ

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको शुभारम्भ

    चुरामणि  तिमिल्सिना   जेष्ठ  १६

    गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा एकीकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि ५दिने तालिमको औपचारिक कार्यक्रमका साथ रुरु क्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले उत्घाटन गर्नु भएको हो। मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको हो। शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा कार्यक्रम गरिएको हो। उत्घाटन सत्रमा बोल्दै अध्यक्ष ज्ञवालीले हरेक शिक्षकहरु राजनीति बाट टाडै रहनु पर्ने गुणस्तर वृद्धि गर्न पुरानो प्रबृधि भन्दा नयाँ प्रबिधिका साथ कक्षा सन्चालन गरिनुपर्ने हरेक दिन शिक्षकहरुले नयाँ सोच बिचार र फरक सैलिमा बिद्यार्थी सामु जान आग्रह गर्नु भयो।

    यस्तै उपाध्यक्ष मिना देवि गौतमले हरेक शिक्षकहरु लगन शिल अनुसासित भएर योजनाका साथ अगाडी बढ्न आग्रह गर्नु भयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेलले कम्प्युटरमा प्रबिस्ट गर्दा ठिक तरिकाले डाटालाई प्रबिस्ट गर्नु पर्ने ,सुचना सहि राख्नु पर्ने ,धेरै जनाको भर्दा अलमल हुने हुँदा सम्बन्धित बिद्यालय नै काम आफैले गर्दा सुचना ठिक हुने हुदा यस्को अभ्यास गर्न र तालिम पछी आफैले यो गर्न आवस्यक रहेको बताउनु भयो।

     

     

    तालिममा वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल शिक्षा समितिका सदस्य तोयनारायण ज्ञवाली, नारायण ज्ञवाली , शिक्षा शाखा प्रमुख झविलाल बिक लगायतको आथित्यता रहेको थियो। तालिमामा भैरवहा शिक्षक तालिम केन्द्रिका प्रशिक्षक हरि बिस्ट प्रशिक्षण दिने कार्यक्रम रहेको छ तालिम २० गते सन्चालन हुने छ ।

  • रुरु क्षेत्र गाउँपालिकामा   शिक्षकहरुको ५ दिने तालिमको  समापन

    रुरु क्षेत्र गाउँपालिकामा शिक्षकहरुको ५ दिने तालिमको समापन

    चुरामणि   तिमिल्सिना जेष्ठ  १६

    मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आधारभुत तह (६-८)र माध्यमिक तह(९-१०) मा अध्यापन गर्ने विज्ञान र गणित विषयका शिक्षकहरूको लागि ५ दिने पेसागत क्षमता विकास तालिमको औपचारिक कार्यक्रमका साथ प्रमाणपत्र बितरण गर्दै समापन गरिएको छ।

    रुरु क्षेत्र गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा आयोजनामा कार्यक्रम गरिएको हो। ३३ जना विषयगत शिक्षकहरुको सहभागी रहेको तालिममा बिज्ञान विषय तर्फ शिक्षा तालिम केन्द्र भैरहवका शाखा अधिकृत मनोज सिर्मल महेन्द्र नमुना माद्यामिक बिद्यालय तम्घासका शिक्षक गिरि प्रसाद खनाल यस्तै गणित विषय तर्फ महेन्द्र माध्यमिक बिद्यालय तम्घासका शिक्षक युवराज ज्ञवाली र न्यु होराइज कलेज बुटवलका शिक्षक गोपाल प्रसाद आचार्यले प्रशिक्षण गर्नु भएको थियो।

    समापन सत्रमा पालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षतामा सन्चालित कार्यक्रममा उपाध्यक्ष मिना देवि गौतम प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौडेल शिक्षा समिति सदस्यहरु शेष नारायण पौडेल, तोयनारायण ज्ञवाली , नारायण ज्ञवाली यस्तै शिक्षा शाखा प्रमुख झबिलाल बिकको आथित्यता रहेको थियो ।तालिम समापन सत्रमा बोल्दै अध्यक्ष ज्ञवालीले तालिममा सिकेका कुराहरु लाई कक्षा शिक्षण गर्दा ब्यबहारिक रुपमा प्रयोग गर्दै लैजान आग्रह गर्दै सम्पुर्ण शिक्षक हरु लाई राजनितिमा नहुमि शिक्षाको गुणस्तर वृद्धि गर्न कार्य योजनाका साथ अगाडी बढन आग्रह गर्नु भयो।

    तालिम पछी अनुभव प्रस्तुत गर्दै टिकारम पौडेल केदार पौडेलले यो तालिम निकै प्रभावकारी भएकले तालिम्मा सिकेका कुराहरु लाई आफुहरुले ब्यबहारमा उतार्ने प्रतिबद्धता जायर गर्नु भएको थियो ।कार्यक्रमको सहजीकरण शाखाका प्राबिधिक सहायक तेज बहादुर कुमालले गर्नु भएको थियो।

  • गुल्मीको  चन्द्रकोटमा   विविध  कार्यक्रमका साथ  गणतन्त्र  दिवस मनाइयो

    गुल्मीको चन्द्रकोटमा विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइयो

    जेष्ठ  १५  पालिकाबाट

    चन्द्रकोट गाउँपालिका गुल्मीको आयोजनामा १६ औ गणतन्त्र दिवस २०८० को अवसरमा विविध कार्यक्रम सम्पन्न भएको छ। झण्डोत्वलन सहित सुरू भएको कार्यक्रममा साँस्कृतिक तथा परम्परागत बाजागाजा तथा गणतन्त्र दिवस झल्काउने प्लेकार्ड सहित जनप्रतिनिधि, विभिन्न राजनितिक दल, बैङ्क तथा वित्तिय संस्था, विद्यालय एवम् क्याम्पस, विद्यार्थीहरू, नागरिक समाज, संघ संस्था, आमा समूहहरू, यूवा क्लव लगायत समाहित हुँदै सचेतनामूलक प्रभातफेरी गरिएको थियो भने दोश्रो चरणमा विविध कार्यक्रम संचालन भएको थियो।

    गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा संचालित कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीको प्रमुख आतित्थ्यता रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालको स्वागत मनतव्य सहित सुरू भएको उक्त कार्यक्रममा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला तथा आधारभूत तह स्तरीय निबन्ध लेखन प्रतियोगिता संचालन भएको थियो।

    कार्यक्रममा वक्तृत्वकला तर्फ श्री ज्ञानोदय नमुना मावि तुराङ्गका समिक्षा सापकोटा प्रथम, श्री उदय मावि शान्तिपुरका प्रिस्मा गौतम द्वितीय तथा श्री शारदा मावि दिव्रुङ्ग सराङ्गका शान्ति गौतम तृतिय हुनुभएको थियो भने निबन्ध लेखन प्रतियोगितामा ज्ञानोदय नमुना मावि तुराङ्गका विशाल गौतम प्रथम, श्री ग्वाघा मावि ग्वाघाका रोशनी पुन द्वितीय तथा श्री उदय मावि शान्तिपुरका सुदिप खत्री तृतिय भएका थिए। दुवै प्रतियोगितामा विजेतालाई क्रमशः नगद रू १०,०००/-, ६,०००/- र ४,०००/- र प्रमाणपत्र प्रदान गरिएको थियो। यसैगरी गणतन्त्र दिवसकै अवसरमा कर्मचारी-शिक्षक- स्वास्थ्यकर्मी विचको मैत्रीपूर्ण भलिवल प्रतियोगिता संचालन भएकोमा शिक्षकको समूह विजेता बन्न सफल भएकोमा विजयी समूहलाई शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि द्रोण बहादुर खत्रीले स्थानीय सरकारको अपेक्षित भुमिका र सेवा प्रवाहलाई चुस्त बनाउदै लैजाने कुरामा जोड दिनु भएको थियो भने कार्यक्रमका अध्यक्ष एवम् गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले गणतन्त्रको सुदृढीकरण गर्दै जराधार सम्म यसका प्रतिफलहरूको अनुभूति दिलाउन विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउदै जन जिविकालाई अझ सहज बनाउदै लगिने र यसका लागि गाउँपालिका सदैव तत्पर रहेको बताउनुभयो।

  • साना किसानले सदस्यहरु लाई दियो बित्तीय साक्षरता तालिम

    साना किसानले सदस्यहरु लाई दियो बित्तीय साक्षरता तालिम

    चुरामणि तिमिल्सिना जेष्ठ  १५

    सानाकिसान कृषि सहकारी सस्था लिमिटेड तानसेन नगरपालिका वडा न १४मा बित्तीय साक्षरता तथाअन्तरसमुह सुदृढीकरण तालिम सम्पन्न भएको छ । साना किसान कृषि सहकारी सस्था लिमिटेड अर्गली पाल्पाको आयोजनमा कार्यक्रम गरिएको हो ।सस्थाका अध्यक्ष नारायण ध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अथिति तानसेन नगरपालिका वडा न १४ का वडा अध्यक्ष सोभाखर भट्टराई रहनु भएको थियो।

    सस्थाकी उपाध्यक्ष चन्द्रकला खनालको स्वागत मनतब्य रहेको थियो। कार्यक्रमम १७० जना सियर सदस्यहरुको सहभागीता रहेको थियो। कार्यक्रममा साना किसान कृषि सहकारी सस्था लिमिटेड ईलाका कार्यालय बुटवलका ईलाका प्रबन्धक गणेश भट्टराई ले सहकारी लाई अगाडी बढाउने तरिका सदस्यहरुलाई आय आर्जनमा वृद्धि गर्ने तरिका अन्तर समुह सन्चालन गर्ने तरिका कृषि पशु बालि तथा बिमा कार्यक्रम आर्थिक समृद्धि गर्ने योजना समेत जानकारी दिनु भयो । यस्तै सिमलार कृषि सहकारी सस्था लिमिटेड रुपन्देहीका प्रबन्धक शोभाखर न्यौपानेले आफ्नो सस्थाले गरेका रचनात्मक कामहरु र सियर सदस्यहरुले आम्दान गर्ने तरिका लगायतका विषयमा चर्चा गर्नु भएको थियो।

    प्रशिक्षण कार्यक्रममा सियर सस्यहरुले सहकारी सित सम्बन्धित विभिन्न जिज्ञासा समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन सहायक प्रबन्धक सागर गैरेले गर्नु भएको थियो। कार्यक्रमको सहजिकरण प्रबन्धक जानकी पाण्डेले गर्नु भएको थियो। कार्यक्रममा वडा न १४ कि समुह न ५८ कि लक्ष्मी पाण्डेलाई गाइको मृत्यु भएकोले सस्था नियम अनुसार बिमा बापतको रकम रु २४००० समेतको चेक हस्तान्तरण गरिएको थियो ।

    हस्तान्तरण गर्दै बिमा समितिका सम्योजक तोयनाराय पाण्डे तथा सम्बन्धित वडा पशु बिमा सदस्य प्रेम माया पोखरेल ले हरेक गाउँका कुना कुनामा सबै कृषकका गाइ भैसि लाई बिमा गर्न आग्रह गर्दै बिमा गर्दा हरेक फाइदा समेत हुने भएकोले सबैतिर यस्को चर्चा गर्न आवस्यक रहेको बताउनु भयो ।

     

    कार्यक्रममा आजै बिमा समितिको पुनर्गठन्समेत गरिएको छ जस्मा तोयनारायण पाण्डे संयोजक रहनु भएको छ । जस्मा गिता भट्टराई , रमेश न्यौपाने गोमा पाण्डे , तेज बहादुर राना कृष्ण कला पाण्डे , कमल सारु यमलाल पाण्डे र बिष्णु प्रसाद सापकोटा सदस्यहरु रहनु भएको छ ।

  • मदन भण्डारी  राज मार्गको  कामले तिब्रता लिदै

    मदन भण्डारी राज मार्गको कामले तिब्रता लिदै

    चुरामणि तिमिल्सिना  जेष्ठ१४

    राष्टिय गौरवकोआयोजना मदन भण्डारी राजमार्गको निर्माण कार्याले तिब्रता लियको छ।रिडी देखि भेडुवा सम्म्को २५ किलोमीटर निर्माणको जिम्मेवारी पायको समानान्तर इलाइट जेभि कम्पनीले अहिले काम लाई कतै पनि नरोकि सडक लाई चौडा बनाउने , वाल लगाउने ,ग्रावेल तथा ढुङ्गा गिटिको बालुवा तथा क्रसरको  ब्यबस्थापन गर्ने जस्ता कार्य लाई अगाडी बढाएको छ।

    काम लाई कतै पनि रोकिन नपोरस र काम गर्दा सहजता प्रदान गर्न कम्पनी ले स्थानीय पालिका सित पनि समन्वयको भुमिका निर्बाहा गरिरहेको छ । चैत्र बाट कम्पनी ले आफ्नो काम सुरु गरेर काम लाई दैनिकी दिन तथा रात्रीमा पनि सन्चालन गरिरहेको छ । कम्पनी लाई काम गर्न सहज होस भनेर दिनमा ३ चरण सडक समेत बन्द गरेर आफ्नो योजना अगाडी बढाएको छ।

    कार्य सम्पादनमा कतै ढिला हुने होकि कतै योजना अलपत्र पर्ने हुन कि जस्ता जिज्ञासा लागेमा यो मनै बाट हटाउन प्रोजेक्ट म्यानेजर राकेश श्रेष्ठले रिपोर्टिङको क्रममा बताउनु भयो । ३६ महिना भित्र आफुहरुले सक्नु पर्ने काम भनेकै समय भन्दा अगाडी नै आफ्नो टिमले सडक पुरा गर्ने समेत बताउनु भयो ।


     

  • सुपथ मुल्यको सहकारी पसलले छोटो समयमा फड्को  मार्दै

    सुपथ मुल्यको सहकारी पसलले छोटो समयमा फड्को मार्दै

    चुरामणि तिमिल्सिना   जेष्ठ  १४

    किसान कृषि सहकारी सस्था लिमिटेड रिब्दीकोट गाउँपालिका वडा न ३ हार्थोक पाल्पाले सन्चालन गरेको उपभोक्ता सुपथ पसलले ग्राहक बर्गको मन जित्न सफल भएको छ ।

    ८  महिना अगाडी बाट सन्चालन गरिएको पसल हार्थोक बजारमै रहेको छ । दैनिक घरयासि सामान बिक्रि गर्दै आयको सहकारीले सेवामा थप गरि विभिन्न किसिमका मलहरु र ग्यास समेत बिक्रि गरिरहेको सुपथ पसल सन्चालक समितिका अध्यक्ष बिष्णु प्रसाद ले जानकारी दिनु भयो ।यहाँ कृषकले उत्पादन गरेका हरेक ताजा तरकारी सन्कलन गर्ने बिक्रि गर्ने र बचत भएमा अन्यत्र समेत पठाउने गरेको सहकारी कि प्रबन्धक बिनिता गौतमले बताउनु भयो।

    ग्राहक बर्ग लाई सेवाका लागि सन्चालन गरिएको पसल बिहान ७ बजे  देखि  साझ ७ बजे सम्म खोल्दै आयको पसलमा प्राय गरि चामल , चोक्क्रर ब्राण्ड , मकै ग्यास तथा चिनि बढि मात्रमा ब्यापार हुने पसलमा रहदै आउनु भएका खेम सोमैले बताउनु भयो। गाउँघरमा सहकारि सस्था भएता पनि सुपथ मुल्यको पसल भने यो पालिकामा एक मात्र रहेको अझ थप सेवा प्रबाह लाई योजना पनि बनाउदै आयको सहकारी सन्चालक समितिका अध्यक्ष बिष्णु प्रसाद आचार्य ले जानकारी दिनु भयो ।

    यता सहकारीका उपाध्यक्ष कमला खनाल ले हरेक सद्स्यहरुले यहीँ बाट दैनिकी प्रयोग हुने सामाग्री खरिद गर्ने हो भने सहकारीका सदस्यहरु लाई नै फाइदा हुने यस तर्फ पनि ध्यान आवस्यक रहेको बताउनु भयो।

  • स्व:आत्मराम भण्डारीको सम्झनामा सत्यवतीमा  शैक्षिक  कार्यक्रम

    स्व:आत्मराम भण्डारीको सम्झनामा सत्यवतीमा शैक्षिक कार्यक्रम

     चुरामणि तिमिल्सिना

    सत्यवती माध्यमिक बिद्यालय सत्यवती ५ हसरा गुल्मीमा माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।बिद्यालयका पुर्ब सहायक प्रधानाध्यापक स्व आत्मराम भण्डारीको दोस्रो बार्शिक पुन्य स्मृति का अवसरमा उहाँ कि धर्मपत्नी लक्ष्मी शर्मा भण्डारी ले आयोजना गर्नु भएको हो। माध्यमिक तहको हाजिरी जवाफ प्रतियोगितामा जनता माध्यमिक बिद्यालय अस्लेवाले प्रथम हासिल गरेको हो। यस्तै सत्यवती माध्यमिक बिद्यालय हसरा द्वितीय र सरस्वती माध्यमिक बिद्यालय लिम्घा तृतीय भएका हुन ।

    (more…)

  • लक्ष्मी लेगरिन जन्म दिनमा रुरु धाममा  फलफुल वितरण देखि संचार सम्म सहयोग

    लक्ष्मी लेगरिन जन्म दिनमा रुरु धाममा फलफुल वितरण देखि संचार सम्म सहयोग

    जेष्ठ  १३  रुरु  धाम

    प्राय गरि हिजो आज आफनो जन्म दिन्मा केक काट्ने फजुल खर्च गर्ने ठुलाठुला पाटि प्यालेसमा कार्यक्रम को आयोजना गर्ने चलन अझै पनि समाजमा चलिरहेको छ । यस्ता विभिन्न फजुल खर्च गर्ने र भोज गर्ने कार्यक्रम लाई बिस्तारौ कम गरि समाज लाई सन्देश मुलक चेतना दिलाउन सहयोगिको भावना देखाउन्को लागि आज लक्ष्मी कंडेलले आफ्नो जन्म दिन रुरु धाममा मनाउनु भएको हो।

    गुल्मी जिल्ला छत्रकोटमा जन्मनु भएकी लक्ष्मी कंडेल हाल देवचुलि नगरपालिका दलदलेमा  बस्दै आउनु भएको छ कंडेलले आज आफ्नो जन्म दिन्मा रुरु मन्दिर परिसरमा रहनु भएका वृद्ध वृद्धा बिपन्न बर्ग गुरु बर्ग लाई फल फुल बितरण गर्नु भएको हो।

    उहाँले आजै रुरु धार्मिक सेवा सन्चार प्राइभेट लिमिटेडको केन्द्रिय कार्यालय रुरु धाम लाई सन्चारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको रुरु सन्चार अन्लाईन खबरका सन्चालक तथा सेवा सचारका सन्चालक चुरामणि तिमिल्सिना ले बताउनु भयो। तिमिल्सिनाले लक्ष्मी जि लाई सामाजिक संजाल बाट सुभकामना सन्देश पठाउदै हरेक कार्यक्रममा सहयोग गर्दै आउनु भएकोले र पुन आज जन्म दिन यहाँ मनाउन रु७५०० सात हजार पाँच सय बिनियोजन गर्नु भएकोमा आगामी दिन्मा समेत यस्तै कार्य गर्न भगवानले आशिर्वाद प्रदान गरुन भन्दै शुभकामना प्रकट गर्नु भयो।

     

       जन्म दिन्मामात्र  हैन सम्पदा निर्माण, मठमन्दिर निर्माण चौपारि निर्माण संरक्षण बिद्यार्थी हौसला बाल बालबालिका लाई प्रोत्साहन धार्मिक कार्यक्रममा निरन्तर सहयोग गर्दै आउनु भएको छ ।

  • छत्रकोटमा  ३ दिने! लेखा  तथा खरिद ब्यबस्थापन  तालिम सम्पन्न

    छत्रकोटमा ३ दिने! लेखा तथा खरिद ब्यबस्थापन तालिम सम्पन्न

    छत्रकोटमा सञ्चालित ३ दिने लेखा तथा खरिद व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न
    कालिदास आत्रेय ,
    जेठ १२,२०८०
    गुल्मी। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत गुल्मीको छत्रकोट गाउँपालीकामा संचालित तिन दिने लेखा तथा खरिद व्यवस्थापन तालिम सम्पन्न भएको छ् । छत्रकोट गाउँपलिकाको आयोजना गाउँपालिकाको शभाहलमा संचालित तालिममा गाउँपालिका भित्रका सामुदायिक विद्यालयका माध्यमिक तहका लेखापाल र आधारभुत तहका प्रधानाध्यापक हरुको सहभागीता रहेको थियो । तालिमको सहजीकरण लेखा अधिकृत सन्तोष जि सी , जिन्सी शाखा प्रमुख होमनाथ पन्थ , आन्तरिक लेखा परिक्षक सहायक खुमानन्द पौडेल र आई टि प्रमुख भूषण भुसाल ले गर्नुभएको थियोे । तालिम निकै व्यबहारिक र प्रभावकारी भयको सहभागीहरुको भनाइ रहेको छ । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकाराम आचार्यको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रशिक्षकहरुलाई सम्मान पत्र र सहभागी हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सो अबसरमा प्रतिबेदक राधा खनाल काफ्ले ले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे । सहभागीको तर्फबाट कालिदास आत्रेयले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको समापन गर्दै शिक्षा शाखा प्रमुख टिकाराम आचार्य ले निकट भबिस्यमै प्रविधिको पहुँच नपुगेका बिद्यालयहरुमा ल्यापटप र स्मार्टबोर्ड क्रमश बितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे । कार्यक्रमको सन्चालन प्रा.स विनोद न्यौपानेले गर्नुभएको थियोे ।