तुराङ बहुप्राबिधिक शिक्षालय मजुवा गुल्मी को आयोजनामा चन्द्रकोट गाउँपालिका वार्ड न ८ मजुवामा ६५ दिने तह १ को बेमौसमी_तरकारी_उत्पादन_तालीम कार्यक्रमको समापन भएको छ । शिक्षालय प्रमुख प्रदिपराज पाण्डे को सभाध्यक्ष रहनु भएको कार्यक्रमको प्रमुख अतिथि चन्द्रकोट गाउँपालिका का अध्यक्ष युबराज के सिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षालयका कृषि कार्यक्रम संयोजक जयन्ती गौतम , कृषि प्रशिक्षक सुमित भुसाल , मेहफुज आलम , सुमन अर्याल , किशोर मल्ल समेतको उपस्थिति रहेको थियो ।
साबिक रुपाकोट , जुगुम , आपचौर , दिगाम , तुराङ का स्थानिय २० जना किसानको सकृय सहभागीता रहेको तालीममा रामरतन पाल तथा मेहफुज आलमले प्रशिक्षण दिनु भएको थियो । तालीममा सहभागीको तर्फबाट सीता बस्नेत तथा शान्ती अर्यालले तालीममा सहभागी भएर नयाँ – नयाँ बिषय र सिकेको कुराहरु प्रयोगात्मक रुपमा नै अभ्यास गर्न पाएको तथा आफुले हालसम्म नजानेको बिषयमा सिक्न पाएको बताउनु भयो साथै शिक्षालयले समुदाय स्तरमा तालीम संचालन गरेकोमा खुशी ब्यक्त गर्नु भयो ।
प्रमुख अतिथि समेत रहनु भएका चन्द्रकोट गाउँपालिका प्रमुख युबराज के सि ले तालिम तालिमको लागी मात्र नभएर उत्पादन मुखी र ब्यबहारिक रहने र सिकाइले उत्पादनमा सहयोग पुर्याउनेमा बिश्वस्त रहेको समेत बताउनु भयो । उत्पादनको बिषयमा बजारीकरणको समस्या तथा अन्य बिषयमा पालिकाले सहयोग गर्ने बताउनु भयो । तालिमले दक्ष जनशक्ति उत्पादन गर्ने र समुदाय सङ समन्वय गर्न शिक्षालयले यस्तो प्रकारको छोटो अबधिको तालिम कार्यक्रम संचालन गरेको र आगामी दिनमा पनि निरंतरता दिने तथा समुदायलाई शिक्षालयको अपनत्व महसुस गराउने खालका कृयाकलाप गर्दै जाने बिषयमा शिक्षालय प्रमुख प्रदिपराज पाण्डेले बताउनु भयो ।

६५ दिने सो तालिमको समापन समारोहमा प्रमुख अतिथि तथा सभाध्यक्ष द्वारा सहभागीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमको संचालन शिक्षालयका प्रशासकिय सहायक संजय महतले गर्नु भएको थियो ।


















हस्तान्तरण गर्दै बिमा समितिका सम्योजक तोयनाराय पाण्डे तथा सम्बन्धित वडा पशु बिमा सदस्य प्रेम माया पोखरेल ले हरेक गाउँका कुना कुनामा सबै कृषकका गाइ भैसि लाई बिमा गर्न आग्रह गर्दै बिमा गर्दा हरेक फाइदा समेत हुने भएकोले सबैतिर यस्को चर्चा गर्न आवस्यक रहेको बताउनु भयो ।











