छत्रकोटमा सञ्चालित ३ दिने लेखा तथा खरिद व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न
कालिदास आत्रेय ,
जेठ १२,२०८०
गुल्मी। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत गुल्मीको छत्रकोट गाउँपालीकामा संचालित तिन दिने लेखा तथा खरिद व्यवस्थापन तालिम सम्पन्न भएको छ् । छत्रकोट गाउँपलिकाको आयोजना गाउँपालिकाको शभाहलमा संचालित तालिममा गाउँपालिका भित्रका सामुदायिक विद्यालयका माध्यमिक तहका लेखापाल र आधारभुत तहका प्रधानाध्यापक हरुको सहभागीता रहेको थियो । तालिमको सहजीकरण लेखा अधिकृत सन्तोष जि सी , जिन्सी शाखा प्रमुख होमनाथ पन्थ , आन्तरिक लेखा परिक्षक सहायक खुमानन्द पौडेल र आई टि प्रमुख भूषण भुसाल ले गर्नुभएको थियोे । तालिम निकै व्यबहारिक र प्रभावकारी भयको सहभागीहरुको भनाइ रहेको छ । शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकाराम आचार्यको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रशिक्षकहरुलाई सम्मान पत्र र सहभागी हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सो अबसरमा प्रतिबेदक राधा खनाल काफ्ले ले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे । सहभागीको तर्फबाट कालिदास आत्रेयले मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको समापन गर्दै शिक्षा शाखा प्रमुख टिकाराम आचार्य ले निकट भबिस्यमै प्रविधिको पहुँच नपुगेका बिद्यालयहरुमा ल्यापटप र स्मार्टबोर्ड क्रमश बितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे । कार्यक्रमको सन्चालन प्रा.स विनोद न्यौपानेले गर्नुभएको थियोे ।
Category: समाचार
-

छत्रकोटमा ३ दिने! लेखा तथा खरिद ब्यबस्थापन तालिम सम्पन्न
-

रुरु क्षेत्रमा एकवर्ष भित्रका काम संगै सुझाव संकलन
रुरु क्षेत्र गाउँपालीका गुल्मीले आगामी आर्थीक बर्षको निति तथा कार्यक्रमको लागी स्थानिय सरोकारवाला संग सुझाब संकलन गरेको छ । स्थानिय संध संस्था तथा राजनैतिक दलका प्रमख तथा प्रतिनिधिहरुले मोटरबाटोको स्तरोन्नती स्वास्थ्य शिक्षा तथा कृषीमा विशेष निति निमार्ण गरि दिगो विकासको लागी सुझाव दिएका थिए । कार्यक्रममा गाउपालीकाका पुर्व अध्यक्ष निलकन्ठ गौतमले सामुहिक हित हुने कार्यक्रमहरु मिलाएर निति निमार्ण गर्न सुझाव दिनु भएको थियो । प्रदेशका पुर्व सांसद कमलराज श्रेष्ठले उत्पादन अतिन्युन भएकाले बजारको समस्या रहेको बताउनु भयो । साथै उहाले पकेटक्षेत्र निमार्ण गरि उत्पादन नीति बनाएर प्रयाप्त उत्पादन गर्न सके बजारको समस्या नहुने बताउनु भयो । गाउपालिका अध्यक्ष यदु ज्ञवालिले सबैको अपनोत्व हुने गरि आवस्यक्ताको आधारमा काम गर्ने गरि नीति बनाउने र आगामी बजेट सिलिङ हुने समय सम्म पनि सुझाव तथा रचनात्मक सहयोग निति र बजेटमा समाबेस गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो सोही अबसरमा १ बर्षको गाउपालिकाको उपलब्धिका विषयमा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिबेदनमा स्वास्थ शिक्षा पुर्वाधार निर्माण लगायतका विषयमा गाउपालिकाले प्राप्त गरेको उपलब्धी समाबेश गरिएको थियो । गुणस्तरीय शिक्षाको लागि बिध्यालय संयोजन स्वास्थ क्षेत्रमा थप
भएका उपलब्धि रेबिज तथा लम्की स्कृन बिरुद्द गाउपालिकाको तर्फ बाट भएको पहल देखि मोटरबाटो स्तर उन्नती ३ किलोमीटर भन्दा बढी मोटरबाटो कलोपत्रे गरिएको ,पहुच मार्ग ग्राभेल तथा तटबन्द नालि निर्माण विभिन्न बिधालय तथा सघ सस्थाको भवन निर्माण र प्रसासकिय भवनबाट यसै आर्थिक बर्ष बाट सेवा प्रावाह गरिने सम्मका उपलब्धि सार्वजनिक गर्नु भयो। यश आर्थिक बर्षमा गाउपालिकाले अन्य पालिकाको तुलनामा धेरै बजेट प्राप्त गरि योजनाहरु सम्पन्न गरेको दाबी गर्नु भयो कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत मधु कृष्ण पौडयालले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण कम्प्युटर अपरेटर
दामोदर ज्ञवालिले गर्नु भएको थियो -

गुल्मीको चन्द्रकोटमा शिक्षकको तालिम सम्पन्न
जेष्ठ १२
गुल्मीको चन्द्रकोट गाउँपालिकामा २ दिने आधारभूत तह (६-८) तथा माध्यमिक तहमा पालिका भित्रका सामुदायिक तथा संस्थागत विध्यालयहरुमा अध्यापनरत गणित बिषयका शिक्षकहरुका लागि क्षमता विकास तालिम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना रहेको तालिमा क्षमता बिकास तालीम ११ र १२ गते सन्चालन भएको हो । (more…)
-

रिमुवामा कृषि तालिम सम्पन्न
तुराङ बहुप्राबिधिक शिक्षालयको आयोजना तथा रुरुक्षेत्र गाउँपालिका वार्ड न ६ को समन्वयमा रिमुवामा संचालन भएको बेमौसमी तरकारी उत्पादन तालीम कार्यक्रम सम्पन्न भएको छ । शिक्षालय प्रमुख प्रदिपराज पाण्डेको अध्यक्षता , वार्ड अध्यक्ष रोमनाथ पौडेलको प्रमुख आतिथ्यता तथा कृषक अगुवा प्रेम थापा , कृषि प्रशिक्षक सुमित भुसाल , कृषि प्राबिधिक ऋषि राम शर्मा , तालीम प्रशिक्षक सरोज आचार्य अतिथि रहनुभएको सो कार्यक्रममा कृषकहरुले आधुनिक तरिका र प्राबिधिक सङ्गै पहिलो पटक यसरी लामो समयको तालीममा आफ्नै ठाउँमा सहभागीता जनाउन पाएकोमा आफुहरु अत्यन्तै खुशी भएको बताउनु भयो।

प्रमुख अतिथि रहनु भएका वार्ड अध्यक्षले CTEVT को यो तालीम अत्यन्तै प्रभावकारी रहेको र सिकेको सिपले पक्कै फाइदा पुर्याउने तथा आगामी दिनमा अझै किसानहरुको लागि सहजीकरण गरिने बताउनु भयो । यसैगरी यस्तो उत्साहपुर्ण सहभागीतामा तालिम संचालन भएको र किसानहरुको समुहमा नै रहेर तालीम प्रदान गर्न पाएकोमा शिक्षालय परिवारबाट शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले आभार व्यक्त गर्नु भयो ।

-

गुल्मीको रिमुवामा बेमौसमी तरकारी सम्बन्धि तालिम सम्पन्न
तुराङ बहुप्राबिधिक शिक्षालयको आयोजना तथा रुरुक्षेत्र गाउँपालिका वार्ड न ६ को समन्वयमा रिमुवामा संचालन भएको बेमौसमी तरकारी उत्पादन तालीम कार्यक्रम सम्पन्न भएको छ । शिक्षालय प्रमुख प्रदिपराज पाण्डेको अध्यक्षता , वार्ड अध्यक्ष रोमनाथ पौडेलको प्रमुख आतिथ्यता तथा कृषक अगुवा प्रेम थापा , कृषि प्रशिक्षक सुमित भुसाल , कृषि प्राबिधिक ऋषि राम शर्मा , तालीम प्रशिक्षक सरोज आचार्य अतिथि रहनुभएको सो कार्यक्रममा कृषकहरुले आधुनिक तरिका र प्राबिधिक सङ्गै पहिलो पटक यसरी लामो समयको तालीममा आफ्नै ठाउँमा सहभागीता जनाउन पाएकोमा आफुहरु अत्यन्तै खुशी भएको बताउनु भयो ।

प्रमुख अतिथि रहनु भएका वार्ड अध्यक्षले CTEVT को यो तालीम अत्यन्तै प्रभावकारी रहेको र सिकेको सिपले पक्कै फाइदा पुर्याउने तथा आगामी दिनमा अझै किसानहरुको लागि सहजीकरण गरिने बताउनु भयो । यसैगरी यस्तो उत्साहपुर्ण सहभागीतामा तालिम संचालन भएको र किसानहरुको समुहमा नै रहेर तालीम प्रदान गर्न पाएकोमा शिक्षालय परिवारबाट शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले आभार व्यक्त गर्नु भयो ।

-

गुल्मीको चन्द्रकोटमा ३ दिने कृषि उपकरण ममर्त तालिम सम्पन्न
चुरामणि तिमिल्सिना जेष्ठ १२
गुल्मीको चन्द्रकोट गाउँपालिकामा कृषि यन्त्र उपकरण मर्मत सम्बन्धि ३ दिने तालिमको समापन भएको छ । पालिका भित्रका २४ जना युवाहरुको सहभागीता रहेको तालिम समापन सत्रमा सहभागीहरु लाई पालिकाका निमित्त अध्यक्ष बिष्णु प्रसाद भण्डारी योजना शाखा प्रमुख शिव ज्ञवाली यस्तै विभिन्न शाखाका प्रमुख हरुको सहभागिता रहेको थियो। गरिबी निवारणकाका लागि लघु उद्यम बिकास कार्यक्रमअन्तर्गत कार्यक्रमको आयोजना गरिएको हो ।

समापन सत्रमा बोल्दै निमित्त अध्यक्ष भण्डारीले युवाहरु लाई बिदेश पलायन रोक्न , युवा पुस्ता लाई रोजगार दिन ज्ञान दिलाउन, कृषिमा आत्मनिर्भर गराउनुका साथै प्रोत्साहनका लागि यो सिप मुलक तालिम आयोजना गरिएको बताउनु भयो । यस्तै उहाँले थप्दै भनु भयो कि यो तालिम तालिममा मात्र सिमित नराखेर ब्यबहारिक ज्ञानमा लागाउन सकेमा मात्र तालिमको औचित्य हुने बताउनु भयो।

समापन सत्रमा प्रमाणपत्र लिदै सहदेव सार्किले यो तालिम हामि जस्ता युवाहरु लाई अति आवस्यक रहेकोले आफुहरुले ब्यबहारिक जिवनमा उतार्ने र थप माथिल्लो तहको तालिम पनि आफु हरु लाई आवस्यक रहेकोले आगामी कार्यक्रममा राख्न आग्रह समेत गर्नु भएको छ । तालिमा कृषि इन्जिनियर बैज्ञानिक गङगाराम भण्डारी मेकानिक गणेश चौधरीले प्रशिक्षण गराउनु भएको थियो।
-

गुल्मीदरबार गाउँपालिकामा पत्रकार सम्मेलन मार्फत कार्यप्रगति सार्वजनिक
गुल्मीदरवार गाउँपालिकाद्धारा एक बर्षमा सम्पादन भएका कार्यप्रगती सार्वजनिक
जिल्लाको गुल्मीदरवार गाउँपालिकाले एक बर्षमा सम्पादन भएका कार्यप्रगती सार्वजनिक गरेको छ । बुधबार गाउँपालिकाले पत्रकार सम्मेलन मार्फत कार्यप्रगती सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले एक बर्षको अवधीमा पुर्वाधार, शिक्षा स्वास्थ्य कृषि र सुशासनको क्षेत्रमा गरेका मुख्य उपलब्धी सार्वजनिक गरेका थिए । थापाका अनुसार चौमासिक कर्मचारी मूल्यांकन, मासिक ई–बुलेटिन प्रकाशन, पहिचानसहितको लोगो निर्माण, सूचनाको हकका लागि स्वत ः प्रकाशन, गुल्मीदरबार दर्पण नामक पुस्तक र भिडियो डकुमेन्ट्री निर्माण, गुल्मीदरबार नामक गीत, भूमि बैंकको स्थापना, सहायता कक्षको स्थापना, १० सूचकमा कर्मचारीको मूल्यांकन, आन्तारिक आम्दानीको वृद्धि, गाउँपालिकाअन्तर्गतका सबै सरकारी कार्यालयमा ई–हाजिरीको व्यवस्था, बिजुली नहुँदा सोलारको व्यवस्था, अनलाइन राजस्व प्रणालीको सुरुवात लगायतका काम पालिकाले गरेको छ ।
पालिकाले वडाबाट योजना सम्झौता, योजनासम्बन्धी विस्तृत विवरण लेखिएको पुस्तिकाको व्यवस्था पनि गरेको छ । अहिलेसम्म तीन सय नौ योजनामा एक सय २८ सम्पन्न गरेको जनाइएको छ । पुर्वाधारमा कर्भडहल, बिदालय तथा खानेपानी, वडा कार्यालय लगायतका पुर्वाधार रहेका छन् । त्यस्तै अपांग परिचयपत्र वितरण, अनलाइन माध्यमबाट घटना दर्ता, सामाजिक सञ्जाल र वेभसाइटमार्फत सूचना प्रवाह गरिरहेको छ । गाउँपालिकाका महत्वपूर्ण सूचना र कार्यक्रम प्रत्येकको मोबाइलमा म्यासेज जाने व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी विपद् व्यवस्थापन गर्न आवश्यक औजार खरिद, जनतासँग रेडियो कार्यक्रम संचालन, शुद्ध पिउने पानीको व्यवस्था, रणनैतिक योजनाहरू संचालन, वडामा अनलाइन अनुगमन, कृषिसम्बन्धी तालिम, कृषि गणना, विद्यार्थीसँग गाउँपालिका कार्यक्रम संचालन, खेलाडीसँग गाउँपालिका कार्यक्रम संचालन, सबै वडामा मेलमिलाप केन्द्र स्थापना, नियमित बजार अनुगमन, चौमासिक र वार्षिक समीक्षा, सार्वजनिक सुनुवाइ कार्यक्रम र कर्मचारी आचारणको मूल्यांकन तथा सम्मान लगायतका काम गाउँपालिकाबाट भएका छन् ।
नेपाल सरकारले सुरु गरेको ‘एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत गुल्मीदरबार गाउँपालिकामा १५ शैयाको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको छ । जसको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । स्वास्थ्य तर्फ गाउँपालिकामा सेवा प्रवाह अन्तर्गत न्यूनतम सेवा मापदण्ड अन्तर्गत सबै स्वास्थ्य चौकीको सुशासन, व्यवस्थापन, क्लिनिक व्यवस्थापन, पोषण कार्यक्रम, भिटामिन कार्यक्रम, मातृ तथा नवजात शिशु कार्यक्रम लगायतका कार्यक्रम संचालन गरिएको छ । भर्खरै गुल्मी दरवार नेपालमै पहिलो पुर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुतm गाउँपालिका घोषणा भएको छ ।…..
-

प्रभु बैंक रानिबासले शैक्षिक सामाग्री हस्तान्तरण गर्यो
चुरामणि तिमिल्सिना जेष्ठ १०
प्रभु बैंक रानीवास शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न ६ मा अवस्थित जनज्योती माध्यमिक विद्यालय रिमुवामा कार्यक्रम गरिएको प्रभु बैंक शाखा कार्यालय रानिबासका प्रवन्धक नबिन बस्यालले जानकारी दिनु भयो। बैंकले हरेक बर्ष सामाजिक उतरदायित्व कार्यक्रमहरु अंतरगत बिद्यालय संघसस्था कलब लाई सहयोग तथाविभिन्न कार्यक्रम मासहयोग गर्दै आयको बस्याल ले बताउनु भयो।

सामाग्री हस्तान्तरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक
भुवनेवर भुसाल अभिवाबक चेत बहादुर पछाइ तथा बिध्यालयका शिक्षकहरुको सहभागीता रहेको थियो। हस्तान्तरण गर्दै प्रमुख बस्यालले आगामी दिन्हरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु बीच सक्दो सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो।

-

रिब्दीकोटमा प्रधानाध्यापकहरुको बैठक सम्पन्न
चुरामणि तिमिल्सिना जेष्ठ ९
रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले मंगलबार पहिलो पटक भर्चुल माध्यम बाट नियामित प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरेको छ । समयको बचत गर्न शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापक लाई प्रविधि सहित अगाडी बढाउन र हरेक प्रधानाध्यापकहरु लाई कार्यालय बाट नै धेरै कुरा सिकाउन सकिने भएकोले यस्तो बिधि का साथ यो अभ्यास गरिएको शिक्षा शाखा प्रमुख मणि खनालले जानकारी दिनु भयो। गाउँपालिकका अध्यक्ष नारायण बहादुर कार्किको अध्यक्षमा बैठक बसेको हो।
बैठकमा अव सबै बिद्यालयमा यकै खालको म्युजिकल पिटि सन्चालन गरिने, प्राथना पनि यकै बनाइनेजस्को निम्तो पालिकाले १६ देखि १८ सम्म तालिम प्रदान गर्ने जेष्ठ १९ मा ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ र प्रधानाध्यापको बैठक बस्ने छात्रा वृद्धि कार्यक्रम लाई पनि विषय बस्तुमा समाबेस गरिने शाखा प्रमुख खनाल ले बताउनु भयो।

बैठकमा ३६ जनाको सहभागिता रहेको थियो। बैठकमा सहभागीता जनाउदै प्रधानाध्यापकहरुले समय बचत र ज्ञान र आधुनिक संगै आफुहरुले यसरी जोडीयर बैठक बस्दा आफु हरुलाई निकै नै फाइदा पुगेकोले अवका दिन्मा नि यो अभ्यास कायम राख्न आग्रह गरेका हुन ।
-

रिब्दीकोटमा पहिलो पटक प्रधानाध्यापकहरुको बैठक भर्चुल माध्यम बाट सम्पन्न
चुरामणि तिमिल्सिना जेष्ठ ९
रिब्दीकोट गाउँपालिका शिक्षा शाखाले मंगलबार पहिलो पटक भर्चुल माध्यम बाट नियामित प्रधानाध्यापकहरुको बैठक सम्पन्न गरेको छ । समयको बचत गर्न शिक्षक प्रतिनिधि तथा प्रधानाध्यापक लाई प्रविधि सहित अगाडी बढाउन र हरेक प्रधानाध्यापकहरु लाई कार्यालय बाट नै धेरै कुरा सिकाउन सकिने भएकोले यस्तो बिधि का साथ यो अभ्यास गरिएको शिक्षा शाखा प्रमुख मणि खनालले जानकारी दिनु भयो।

गाउँपालिकका अध्यक्ष नारायण बहादुर कार्किको अध्यक्षतामा बैठक बसेको हो । बैठकमा अव सबै बिद्यालयमा यकै खालको म्युजिकल पिटि सन्चालन गरिने, प्राथना पनि यकै बनाइनेजस्को निम्तो पालिकाले १६ देखि १८ सम्म तालिम प्रदान गर्ने जेष्ठ १९ मा ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ र प्रधानाध्यापको बैठक बस्ने छात्रा वृद्धि कार्यक्रम लाई पनि विषय बस्तुमा समाबेस गरिने शाखा प्रमुख खनाल ले बताउनु भयो।

बैठकमा ३६ जनाको सहभागिता रहेको थियो। बैठकमा सहभागीता जनाउदै प्रधानाध्यापकहरुले समय बचत र ज्ञान र आधुनिक संगै आफुहरुले यसरी जोडीयर बैठक बस्दा आफु हरुलाई निकै नै फाइदा पुगेकोले अवका दिन्मा नि यो अभ्यास कायम राख्न आग्रह गरेका हुन।